राजनीतिज्ञहरुमाथि प्रश्नचिन्ह
१. वैकल्पिक राजनीतिको तरंग ः नेपालमा गणतन्त्र र संघीयताको कार्यान्वयनमा ठूला-ठूला वितृष्णाहरु उत्पन्न भए । देश र जनताप्रति निष्ठावान नेतृत्वको विकास हुन नसक्नु नेपालको नियति जस्तै बन्यो । राजनीति सेवा हुनुपर्नेमा व्यापारमा परिणत भयो । पछिल्लो चरणमा खासगरी माओवादीबाट जनताले ठूलो अपेक्षा गरेका थिए तर त्यो विघटन र प्रतिक्रान्तिको शिकार बन्यो ।
आजको माओवादी केन्द्र गणतन्त्र अगाडिको राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तै बन्यो । एक जमानमा थियो संसदीय अंकगणितको केन्द्रमा राप्रपा थियो अर्थात् सत्ताको चाबी उसमा अन्तरनिहित थियो । यसरी हेर्दा संसदीय राजनीतिमा माओवादी केन्द्रले जितेर पनि हारेको छ । उता नेपाली कांग्रेस हारि हारि जितिरहेको छ । हालै सम्पन्न भएको स्थानीय निर्वाचन केही रोचक बन्यो । खासगरी काठमाडौँ र धरानमा स्वतन्त्र उम्मेदवार मेयरमा विजयी बने र त्यसले राष्ट्रिय राजनीतिमा नयाँ तरंग उत्पन्न गरायो ।
काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाह र धरानमा हर्क राईको जीतले राजनीतिमा हलचल मच्चाइदिएको छ । वास्तवमा स्वतन्त्र उम्मेदवारको जीतले नेपाली राजनीतिलार्ई कता लैजाला भन्ने प्रश्नहरु उब्जिएका छन्् । यसको मुख्य र सही विश्लेषण हुन्छ ः जनताले विकल्पको खोजी गरेका छन्् । विकल्पको प्यासले भौतारिएका र छट्पटाएका जनताहरु कहिलेकाहीँ नानीमैया दाहाललार्ई पनि जिताएर यसको सन्देश दिएका थिए ।
पछिल्लो पटक पत्रकार रवि लामिछानेको नेतृत्वमा नेपाल स्वतन्त्र पार्टी दर्ता भएको छ र त्यसले झनै नयाँ तरंगहरु उत्पन्न गरेको छ । जनताले दलका झोेलेहरु होइन स्वतन्त्रको चाहना गरे भन्ने सन्देश दिनका लागि नाम नै स्वतन्त्र दल राखिएको छ । जब विचारमाथि व्यापार भयो तब यस्तो आन्दोलनको सुरुवात भयो । विचारले मुठ्ठीभर नेताहरुको जीवन रसिलो बन्यो तर जनताको जीवन सुख्खा र निरश बन्यो । आज कम्युनिष्ट संस्कारका बारेमा प्रशस्त प्रश्नहरु उठेका छन्् । के माक्र्सवाद भनेको अर्काको खेदो खन्नु र तुच्छ आरोप लगाउनु मात्र हो ? आपसमा लडेरै कम्युनिष्टहरु सिद्धिने भए ।
कम्युनिष्ट पार्टीलार्ई जोगाउने हो भने माक्र्सवादी संस्कृतिको बारेमा नयाँ बहसहरु गर्नुपर्ने भएको छ । त्यसकारण जनताले यो संसदीय गणतन्त्र र संघीयतालार्ई पटक्कै मन पराएका छैनन् । जनताले यसको विकल्प खोजेका छन्् । बालेन्द्र शाह र हर्क राईमार्फत जनताले दलहरुलार्ई अनि नेताहरुलार्ई चेतावनी दिएका छन्् । यदि अग्रगामी विकल्प तयार नभएर जनताले प्रतिगामी विकल्प खोज्छन्् । जनताले राजनीतिक नेतृत्वमाथि प्रश्न गरेका छन्् ः सच्चिने कि पछारिने ? राजनीति देश र जनताको लागि गर्ने कि गुटगत व्यापारका लागि ? राजनीति राजनीतिक स्थिरताका लागि कि अस्थिरताका लागि ? राजनीति भ्रष्टाचार हो कि सुशासन ?
राजनीति अरबपति र खरबपति बन्नका लागि हो र ? के भ्रष्टाचारको अन्त्य गर्न सकिँदैन ? के राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिँदैन ? के युवाहरु वा नागरिकको रोजगारीको ज्ञारेन्टी राज्यले गर्न सक्दैन ? कम्तीमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीमा समानता कायम गर्न सकिँदैन ? त्यसकारण राजनीतिमा स्वतन्त्रहरुको उदय हुनु अर्को दुर्भाग्य हो । यदि राजनीतिहरु विस्थापित भए भने त्यो ठाउँ कलाकार वा सेलीबे्रटीहरुले लिनेछन्् । यसको अर्थ हुन्छ ः राजनीतिज्ञहरु राजनीतिमा असफल ।
२. नया शक्तिको खोजी ः आजको स्पष्ट संकेत हो ः जनताले नयाँ शक्तिको खोजी गरेको छ । जनताले फ्रेस अर्थात् ताजा अनुहारहरुको माग गरेको छ । पुराना अनुहारबाट जनता वाक्कदिक्क बनेका छन्् । यो आजको जनताको भावना अनि मनोविज्ञान हो । जनताले सिद्धान्त बुझ्दैन व्यवहार बुझ्छ । नेताहरुले गर्ने कोरा सैद्धान्तिक विवादलार्ई जनताले बुझ्दैनन् । जनताले देखिने र दैनिक जीवनमा प्रभाव पार्ने परिवर्तन खोजेका हुन्छन्् । वैज्ञानिक समाजवाद भनेको छ, केही नगरी बसेको छ, त्यसको कुनै अर्थ छैन । समाजवाद भनेको छ, भ्रष्टाचारमा डुबेको छ, त्यसले केही पनि अर्थ राख्दैन । त्यसकारण आज हामीले २०६२/०६३ पछि विकास गरेको राज्य प्रणालीको बारेमा गम्भीर समीक्षा गर्न जरुरी छ । राजनीतिक स्थिरता, भ्रष्टाचारको नियन्त्रण, राष्ट्रिय स्वाधिनता र आर्थिक क्रान्तिका विषयमा नयाँ विकास गर्नुपर्ने भएको छ । गत चुनावमा कम्युनिष्टहरुले बहुमत ल्याएका थिए तर सत्तामा कांग्रेस छ भने राजनीतिमा योभन्दा मजाक के हुन्छ ? जब विचार-धारात्मक पक्षधरता, धु्रवीकरण, सहकार्य र सहअस्तित्वमै संकट आउँछ तब त्योभन्दा पतन के हुन्छ ? कांग्रेस र कम्युनिष्टको गठबन्धन, राप्रपा र कम्युनिष्टको गठबन्धन अनि बिखण्डनवादी, दक्षिणपन्थी तथा राष्ट्रवादीबीचको एकताको अर्थ के हुन्छ ? त्यसकारण यो दृश्यले राजनीतिमा वितृष्णा, निराशा र पलाइनलार्ई जन्माउँछ । माओवादी र कांग्रेस वा एमाले र कांग्रेसबीच कुनै फरक भएन भने जनताले के गर्ने ? जनता चाहन्छन्् कम्युनिष्ट पार्टी कम्युनिष्ट जस्तै बनोस् र कांग्रेस कांग्रेस जस्तै बनोस् । जब यी दुई ध्रुवीय नयाँ व्यवस्था, नयाँ शक्ति, नयाँ नेतृत्व खोजेका छन््, त्यसकारण आगामी चुनावमा नयाँ हलचल मच्चिने खतरा बढ्दै छ । प्रगतिशील, क्रान्तिकारी र राष्ट्रवादी शक्तिहरु ओझेलमा पर्ने अनि अराजक शक्तिहरु अग्रमोर्चामा आउने खतरा देखिँदैछ ।
३. आजको आवश्यकता वाम ध्रुवीकरण ः जनताले वाम ध्रुवीकरणको माग गरेका छन्् तर त्यो विचारप्रधान वा धु्रवीकरण । जनताले परिर्वतनकारी शक्तिलार्ई खोजेका छन्् तर त्यो यथास्थितिवादी शक्तिलार्ई होइन । जनतामा कांग्रेस वा कम्युनिष्टको नाममा जुन निराशा उत्पन्न गरिएको छ, त्यसलार्ई हटाउने विषयमा सोच्न जरुरी बनेको छ । जनतामा नयाँ उत्साह सिर्जना गर्ने विकल्प खोज्नुपर्छ । यदि नेपालको वामपन्थी आन्दोलनलार्ई जोगाउने हो भने नयाँ ढंगले पुनर्गठन र धु्रवीकरण गर्नुपर्छ । शायद कम्युनिष्ट पार्टीहरुभित्र फुट र विभाजन प्रधान नबनेको भए राजनीतिमा अराजकता हाबी हुने थिएन । सानादेखि ठूला अनि संसदवादीदेखि क्रान्तिकारी सबै कम्युनिष्टहरुलार्ई एक ठाउँमा ल्याउनु पहिलो आवश्यकता हो । एक आपसमा लड्ने होइन सहकार्य गर्ने संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता छ । निषेध र सत्रुतापूणर् संघर्षले कम्युनिष्टहरुलार्ई बदनामित गरेको छ । सहकार्यलार्ई जोड दिने संस्कृतिको विकास गर्नुपर्छ । कम्युनिष्टका विरुद्ध कम्युनिष्ट लड्नु भनेको वर्ग दुश्मनलार्ई जिताउने सिद्धान्त हो । त्यसकारण प्रतिस्पर्धा र सहकार्यको नीति अंगाल्न सके फेरि पनि नेपालमा वाम शक्तिको विकल्प हुने छैन । सबैलार्ई समेटेर अगाडि बढ्ने वास्तविक नेतृत्वको आवश्यकता बढेको छ । समयमै यो बुद्धि पलाइन भने अबको चुनाव पछि देश पछाडि तिर धकेलिने खतरा छ । फेरि पनि यो देशलार्ई अगाडि बढाउनुको विकल्प छैन । प्रतिगमन होइन अग्रगमन अनि अराजकता होइन वैचारिक स्पष्टता आजको आवश्यकता हो । अराजकतावाद हाबी भएमा देश झन् ठूलो दुर्घटनामा फस्ने निश्चित छ ।
४. आजको युवा पुस्ता र विचार शून्यता ः भोलिको देशको भविष्यलार्ई आजको युवा पुस्ताले दिशानिर्देश गर्दछ । आज युक्रेन त्यहाँका राष्ट्रपति जेलेन्सीका कारण ध्वस्त भएको छ । त्यसकारण युवा पुस्तालार्ई राजनीति सिकाउन जरुरी छ । राजनीतिमा युवा पुस्ताको आर्कषण जरुरी छ । आजको बिडम्बना हो कि युवा पुस्ता अराजनीतिक बन्दै छ । आजको युवा पुस्ता सामाजिक सञ्जालको शिकार बन्ने खतरा छ । सामाजिक सञ्जालको दुरुपयोगबाट युवाहरुको दिमागमा गलत सूचना प्रवाह हुने खतरा छ । सायद राजनीतिक संस्कारमा आएको वितृष्णा वा निराशाले यो अवस्था सिर्जना गरेको छ । सायद यो अवस्थाले भोलिको भविष्य अन्धकार बनाउने छ । त्यसकारण त्यसको सही निकास हो – राजनीतिक मुहानलार्ई सफा गरौं । राजनीतिक प्रणालीलार्ई परिर्वतन गरौं अनि राष्ट्रिय पुनर्निर्माण अभियानको विकास गरौं । अन्यथा राजनीतिमा स्वतन्त्रको नाममा अरु नै हाबी हुनेछन्् ।