नयाँ विश्व व्यवस्थाको सम्भावना र सि–पुटिनको नेतृत्व
१. ताईवान र युक्रेन युद्ध पछिको विश्व व्यवस्था – आजको विश्व व्यवस्थामा ठूलो परिवर्तनको सम्भावना बढेको छ । खासगरी वर्तमान विश्वमा एकछत्र साम्राज्य स्थापना गरेको अमेरिका र उसको नेटो गठबन्धन अस्तित्वको अन्तिम संघर्षमा छटपटाइरहेको भान हुन्छ । आजको विश्व पुँजीवादी शोषण उत्पीडनबाट वाक्कदिक्क भएको छ । पुँजीवादले मान्छे–मान्छेबीचको शोषणलाई प्रोत्साहित र संस्थागत गर्दछ । जसले पैसा कमाउँछ, त्यो सफल हुन्छ अर्थात् आजको विश्व खासगरी अरबपति र खरबपतिहरुको बनेको छ । जसले शोषण ग¥यो, उ विजयी बन्यो । आजको मानव चेतनाले यो. प्रणालीलाई अस्विकार गर्दछ । पैसा र शक्तिको बलमा सम्पूर्ण पृथ्वी नै केही धनाढ्यहरुको नियन्त्रणमा पुगेको छ । विकास र सभ्यताको उचाइसँगै पुँजीवादको अन्त्य अपरिहार्य छ । अहिले हामी सम्भावित तेस्रो विश्वयुद्धको मुखमा छौँ तर तेस्रो विश्वयुद्धमा हाम फाल्ने दुस्साहस अमेरिका र नेटोले गर्लान् जस्तो लाग्दैन । मेरो विचारमा उनीहरु विस्तारै विस्तारै पछाडि हट्दै जानेछन् । कारण के हो भने अहिलेको विश्व परिस्थिति विस्तारै अमेरिकाको लागि प्रतिकुल र रक्षात्मक बन्दै छ । साना–साना देशहरु पनि अमेरिकी हस्तक्षेपको विरुद्ध उभिदै छन् । विश्वमा विकसित भइरहेको यो परिदृश्यसँगै चीन र रुस आपूmलाई सुदृढ गर्दै गइरहेका छन् । राजनीतिक स्थिरता, आर्थिक विकास र सैन्य सुदृढीकरणको माध्यमबाट चीन र रुस विश्वकै नेतृत्वदायी भूमिकामा आएका छन् । अहिले युक्रेन युद्धको वारेमा प्रशस्त बहसहरु भएका छन् । युक्रेनमा अमेरिका र नेटो भएभरको शक्ति लिएर आउन भन्ने प्रतिक्षामा रुस बसेको छ । यो युद्ध जीत्नासाथ रुसले पूर्वसोभियत संघको एकीकरण वा कब्जा गर्ने रणनीति बनाउँदैछ । उता चीनले ताइवानलाई आफ्नो बनाउने, तयारी गरिसकेको छ । चीन र रुसको सहकार्य र एकताले अमेरिका अनि नेटोलाई कमजोर बनाउने छ । युक्रेन युद्धको प्रारम्भिक दृश्यमा हामीले देख्यौँ कि अमेरिका र नेटो सेना प्रत्यक्ष रुपमा त्यहाँ आउने हिम्मत गरेन । आएमा के गर्ने भन्ने तयारीका साथ रुस अगाडि बढेको थियो । रुस अब लिथुआनियातिर अघि बढ्दै छ र त्यसबाट बेलायत बढी नै तरङ्गित र उत्तेजित बनेको छ । रुसको पहिलो निशानामा बेलायत बन्ने चर्चाहरु भाइरल बनेका छन् । आजको युरोपभित्र ठूलो त्रास र विवाद बढेको छ । प्रश्न उठेको छ ः युरोप के अमेरिका र बेलायतको सती जान तयार होला ?
२. अबको विश्वमा रुस र चीनको नेतृत्व– आजको विश्वले अमेरिकी हस्तक्षेपबाट मुक्ति चाहन्छ । अमेरिकाले विश्वका धेरै देशहरुमा अन्यायपूर्ण युद्ध र आक्रमण थोप¥यो । त्यसको परिणाम आज विश्वभर अमेरिका विरोधी समीकरण बन्दै छ । चीन र रुसको नयाँ गठबन्धन वा सहकार्य बन्नासाथ विश्वमै नयाँ हलचल मच्चिएका छन । आज खासगरी अमेरिका र युरोपमा खलबली मच्चिएको छ । एकातर्फ चीन र रुस आक्रामक ढंगले अगाडि बढेका छन् भने अर्कोतिर अमेरिका रक्षात्मक बन्दै छ । सबैलाई थाहा छ, युक्रेन युद्धको जड अमेरिका नेटो र राष्ट्रपति जेलेन्सकी हुन । युक्रेन नेटो गठबन्धनमा आबद्ध भएर रुसलाई धेरै नै उत्तेजित बनायो । त्यसो त हिजो सोभियत संघबाट छुट्टिएका केही राज्यहरुलाई प्रयोग गरेर रुसलाई ध्वस्त बनाउने अमेरिकी योजनालाई रुसको पछिल्लो कदमले ध्वस्त बनाइदिएको छ । युक्रेन पछि रुसले लिथुआनियालाई गाभ्ने निश्चित बनेको छ । सोभियत संघको विघटन पनि अमेरिकाकै कारण भएको तथ्यलाई रुसले नकार्ने कुरै भएन । रुस र चीनलाई घेराबन्दी गर्ने अमेरिकी षड्यन्त्रहरु विस्तारै ध्वस्त हँुदैछन । चीनविरुद्ध अमेरिकाको पछि लागेको भारत पनि अहिले पछाडि हट्न बाध्य भएको छ । जब रुस अग्रमोर्चामा आयो तब विश्वमा नयाँ हलचल मच्चियो । उता रुस र चीनको सहकार्यले उनीहरुको जीतलाई सुनिश्चित गरेको छ । उता रुसको महत्वकांक्षा पूर्वसोभियत संघबाट पनि अगाडि बढ्ने खतरा हुन सक्छ । रुसले युरोपका धेरै भूगोलहरु ताकेको हुन सक्छ । त्यो यूरोपले गर्ने प्रतिक्रियामा भर पर्दछ । आज बेलायत र रुसको ठूलो टक्कर पर्ने चित्र देखिँदै छ । बेलायतले निहँु खोजे उसलाई समुद्रमा डुबाइ दिन सक्नेसम्मका धम्कीपूर्ण समाचारहरु चर्चामा छन् ।
३. विश्व नेतामा भ्लादमीर पुटिन र सि जिनपिड्ड– भनिन्छ, आजको चीन सि जिनपिङ्गको नेतृत्वमा अगाडि बढेको छ । सि जिनपिङ्गले चाहुञ्जेल उनी चीनका राष्ट्रपति बन्न सक्ने छन् । उता रुसका राष्ट्रपति भ्लादमीर पुटिनले पनि यही रणनीतिलाई सुदृढ बनाइसकेका छन् । संविधानकै संशोधन गरेर भए पनि दुबै नेताहरु आफ्नो सत्तालाई सुदृढ गर्न सफल भएका छन् । राष्ट्रियरूपमा हेर्दा पनि चीन र रुस राजनीतिक स्थिरतातर्फ अगाडि बढेका छन् भने अमेरिका अस्थिरतातर्फ धकेलिएको छ । इतिहासबाट के सिक्न सकिन्छ भने देश बनाउने भिजन भएको नेतालाई नै स्थायीरूपमा सत्ताको अधिकार दिन सही हँुदोरहेछ । त्यसकारण सि जिनपिङले विश्व मानवजातिकै नेतृत्व गर्ने विचारधारा अगाडि बढाएका छन् । चीनको मात्र होइन समग्र मानव जातिको विकास र समृद्धीको लागि काम गर्ने वा नेतृत्व गर्ने उनको महत्वकांक्षा छ । उता भ्लादमीर पुटिनले पनि समग्र विश्वको नेता बन्ने महत्वाकांक्षा जाहेर गरेका छन् ।
४. नयाँ विश्व व्यावस्थाको बारेमा बहस– समाजको विकासक्रमलाई अध्ययन गर्ने हो भने पँुजीवाद अब विकासको चरम सीमामा पुगेको छ । यो ज्यादै बुढो भएको छ । पुँजीवादले मान्छेलाई केवल पैसा वा पुँजीको दास बनाएको छ । आज जीवनको सार्थकता केवल पैसा वा सम्पत्तिसँग तुलना गरिन्छ । यो व्यवस्थाले सीमित धनी र आममानिसलाई गरीब बनाउँछ । मानिसले मानिसलाई शोषण गर्नुपर्ने सिद्धान्तलाई पुँजीवादको आधारशीला मान्निछ । त्यसकारण पुँजीवाद मानवमैत्री छैन । आजको मानव चेतनाले समानता खोज्छ । त्यसकारण आजको विश्व परिस्थितिले पुँजीवादको अन्त्यको माग गरेको छ । अबको नयाँ विश्व व्यवस्था कस्तो होला त्यसको बारेमा नयाँ–नयाँ परिकल्पनाहरु हुनु स्वभाविक हुन्छ । यति चाहिँ निश्चित छ कि अबको विश्व विस्तारै विकासात्मक मोडलमा जानेछ । कसरी आफ्नो देशको विकास गर्ने अनि जनतालाई त्यसमा लगाउने भन्नेमा केन्द्रित देखिन्छ । धनी र गरिबबीचका खाडललाई कम गर्नेतर्फ अबको विश्व केन्द्रित हुनेछ । नागरिकका न्यूनतम अधिकारको ग्यारेन्टी गर्नेतर्फ विश्वको ध्यान केन्द्रित हुनेछ ।
५. सम्भावित आर्थिक संकट र विश्वयुद्ध– रुस–युक्रेन युद्धको प्रभावले विश्वमै आर्थिक संकट बढ्ने स्पष्ट संकेत देखिदै छ । यदि आर्थिक संकटहरु बढे भने विश्वमै ठूला–ठूला उथलपुथलहरु आउन सक्छन् । आर्थिक संकटको पहिलो शिकार श्रीलङ्का बनेको छ । धेरै देशहरु टाट पल्टिन सक्छन् । मुख्य कुरा ठूला र धनी देशहरुमा यो संकट कुन रुपमा बढ्ला भन्नेमा निर्भर रहन्छ । टाट पल्टेका देशहरुमा सरकार बिहीनता, राज्य बिहीनता र अराजकता हाबी हुन सक्छ । त्यसकारण यूरोप र अमेरिकामा यो भयावह स्थिति आउन सक्ला वा नसक्ला ? चीन र रुसमा यस्तो अवस्था आउला वा नआउला ? निश्चित छ, आजको विश्व युद्धोन्मुख छ र आर्थिक संकटोन्मुख छ । जब चीन र रुसको अस्तित्वमाथि अमेरिका र नेटो गठबन्धन अवरोध बनेर आउँछ भने अब य्ुद्धको विकल्प छैन । अबको विश्वले नयाँ शक्ति सन्तुलनको माग गरेको छ । विश्वमा भएको आर्थिक असन्तुलनले पनि भीषण युद्धको माग गरेको छ । यो अन्र्तविरोधलाई समाधान गर्ने विधिको विकास हुने सम्भावना कम छ । बरु युद्धको स्वरुप कस्तो होला भन्नेसम्मका चिन्ता र बहसहरु भएका छन् । युद्ध भन्नासाथ त्यो युक्रेन, लिथुआनिया, ताईवान जस्ता ठाउँमा मात्र होला कि सम्पूर्ण विश्वभर होला ? युक्रेन त त्यसको शिकार भइसकेको छ र त्यो अझै ध्वस्त हुने दिशामा छ । के त्यो य्ुद्ध युरोपमा पनि सर्ला ? अमेरिकाले युरोपमा २०० परमाणु बम राखेको रुसी राष्ट्रपति पुटिनको आरोप छ । रुसका रक्षामन्त्रीले भनेका छन् कि रुस परमाणु युद्धका लागि पनि तयार छ । उता राष्ट्रपति पुटिनको चेतावनी बाबजुद पनि स्वीडेन र फिनलण्ड नेटोको सदस्यता लिएका छन् । युद्ध भड्किँदै गएमा युरोप कब्जा गर्ने रुसको योजना बन्न सक्छ । यसरी हेर्दा रुस अब कस्सिएर उठेको छ र आक्रामक ढंगले अघि बढेको छ । रुसको पहिलो निशानामा पूर्वसोभियत संघको एकीकरण छ र त्यसपछि उसँग लड्न आउने राष्ट्रलाई पनि कब्जा गर्ने उसको रणनीति छ । रुस चाहन्छ कि अमेरिका र नेटो उसँग भौतिक र प्रत्यक्षरूपमा युद्ध लड्न आउन । युद्धलाई लम्बाउने रुसको रणनीति छ । युद्ध लिथुआनिया हुँदै बेलायतसम्म पुग्ने आँकलन भइसकेको छ । उता नेटो र अमेरिका डराउँदै र पछाडि हट्दै गरेको छ । यो युद्धको प्रारम्भिक परिदृश्यले अमेरिका कागजी बाघमा परिणत भएको छ भन्नेहरुको तर्क बलियो भएको छ । रुसी राष्ट्रपति भ्लादामिर पुटिन अमेरिका र नेटोविरुद्ध मोर्चाबन्दी गरेर अगाडि बढेका छन् । हाललाई रुस एकातिर र नेटो अनि अमेरिका अर्कोतिर भएको छन् । चीनको समर्थन रुसलाई छ । रुसले पनि मोर्चा र गठबन्धन बनाउने तयारी कस्दै छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि युक्रेनलाई रुसविरुद्ध भडकाएर बाईडेन प्रशासनले विश्वयुद्धको खतरा बढाएको छ । ट्रम्पले भनेका छन् पुटिनलाई जिस्काउनु अमेरिकाको दुस्साहस हुन सक्छ किनकि ट्रम्प रुससँग सहकार्य गरेर चीनसँग लड्न चाहन्थे । उता चीन अलि छोटो र चमत्कारी ढंगले ताइवान कब्जा गर्ने रणनीतिमा छ ।
६. युद्धको अन्त्य कहाँ गएर होला– विश्वयुद्ध त युक्रेनबाट शुरु भइसकेको छ । वास्तवमा युक्रेन रुसविरुद्ध नेटोको गठबन्धनमा जानु नै युद्धको मुख्य कारण हो । युक्रेन र सोभियत संघको हिस्सा थियो । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आत्मघाती निर्णय गरे । कहिलेकाहीँ देशलाई नै सिद्धाउने उग्र र मुर्ख राष्ट्रवाद पनि घातक बन्दो रहेछ । आज करिब करिब युद्धलाई भड्काउने अभ्यासहरु भएका छन् । रुस र युक्रेन मामलामा अमेरिका र नेटोको हस्तक्षेपले युद्धलाई बिजारोपण गरेका छन् । उता रुसी राष्ट्रपति पुटिनले सोभियत संघ विघटनको रिस वा बदला लिने ठाउँमा पुगेका छन् । निश्चित छ यो य्ुद्धले अबको विश्वमा पुटिनको उदय हुने नै छ । अबको सुपरपावरमा चीन र रुसको उदय भइसकेको छ । अब शित युद्धमात्र भौतिक युद्ध भन्नेमा आ–आफ्नौ अड्कलबाजीहरु छन् । युद्धको राँको युरोपसम्म फैलिने निश्चित छ । युरोपमा भएका अमेरिकी हतियार अनि रुसविरुद्धको नाकाबन्दीले युरोपलाई तहसनहस पार्न सक्छन् । फेरि पनि युद्धविराम वा सम्झौता कहाँ पुगेर होला, त्यो सहजै अनुमान गर्न सकिँदैन । युद्धको प्रकृति कस्तो होला त्यो पनि अनुमान गर्न सकिँदैन । अल्बर्ट आइन्सटाइनले भनेको वाक्य सबैको स्मरणमा हुनुपर्छ– ‘‘यदि तेस्रोे विश्वयुद्ध भएमा चौथो विश्वयुद्ध ढुङ्गाका भरमा हुनेछ ।’’ युद्धको अन्त्य युद्धद्वारा नै होला कि वार्ता अनि सम्झौताद्वारा होला, त्यो भने हेर्न बाँकी छ ।