पार्टी विभाजनको असर र क्रान्तिकारीहरुको दायित्व
यतिबेला नेपालका राजनैतिक पार्टीहरुमा देखिने गरेका विवाद फुट,बिघटन र पुर्नगठनका घटनाहरुले नेपाली मिडियाहरुमा प्रायजसो प्रत्येक दिन शिर्ष समाचारहरु बनिरहेका छन् । संसदवादी पार्टीहरुमा हुने फुट, एकता र गठबन्धनजन्य घटनाहरु संसदीय निर्वाचनको परिवेशमा स्वभाविक रुपमा भैरहने हुनाले आम जनमानसमा यसले खासै अर्थ राखेको हुदैन तर एउटा क्रान्ति गरिरहेको पार्टीमा हुने फुटले क्रान्तिकारी नेता,कार्यकर्ता र जन समुदायमा निश्चित रुपमा सांगठनिक र मनोबैज्ञानिक असर पारेकै हुन्छ । पछिल्लो समयमा नेपालको क्रान्तिकारी आन्दोलन र त्यसको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीको जिवनमा कंचन – सुदर्शनमा र त्यसपछि केहि नेताहरुमा देखिएको पलायनताले कम्युनिष्ट नेता, कार्यकर्ता तथा सुभचिन्तकहरुमा केहि हदसम्म फुटका नकारात्मक पराकम्पनहरु छोडेर गएको छ जुन दुखद नै मान्नुपर्छ । सतही रुपले परिणाममा हेर्दा वहाँहरुको फुट आकस्मिक जस्तो देखियता पनि माक्सवादी ढंगले विश्लेषण गर्दा यसका पछाडि केहि बस्तुगत कारणहरु छन् । यसका पछाडी वहाँहरुमा देखिएका केही दार्शनिक,राजनैतिक,सांगठनिक,आर्थिकरुपमा बिजातिय चिन्तनहरुको भुमिका रहेको छ । हरेक बस्तुको बिकास र विनासका गुणहरु वस्तु स्वयम भित्र अन्तरनिहित हुन्छन् । खास खास अवस्थामा वस्तुगत जगतमा हुने परिवर्तनले वस्तुमा अन्तरनिहित जिवनशिल वा मरणशिल पक्ष कुन विजय हुने बिषय नै विकास वा विनासको कारण बन्दछ । यस लेखमा कंचन सुदर्शनहरुको पलायनता पछाडि वहाँहरुमा अन्र्तनिहित दार्शनिक राजनैतिक÷बैचारिक,सांगठनिक र आर्थिक आदि कारणहरुबारे चर्चा गर्न खोजिएको छ ।
राजनैतिक-बैचारिक कारण ः आफ्ना कमिकमजोरीहरुमा पर्दा हाल्दै कंचन–सुदर्शन र अन्य पलायनवादीहरुले अहिले पनि चुनावी कार्यनितिलाई विभाजनको कारण बताउदै ईमान्दार कार्यकर्ता र जनतामा भ्रम छरिरहेका छन् । पछाडीतिर आखा भएकाहरुले चुनाव प्रयोेगको कार्यनितीलाई संसदवादको रुपमा बुझ्ने र भ्रम छर्ने काम गरिरहेका छन् । यो भ्रम क्रान्तिकारी कार्यदिशा, पार्टी र नेतृत्व माथि प्रहार गर्ने वनावटी हतियार मात्र हो । मुख्य कारण भनेको २०६९ जेठ २० गते जारी नेकपाको प्रेस विज्ञेप्तीमा भनेझै ¾यो विचलन भनेको वस्तु र चेतना बिचमा पैदा भएको अवस्तुवादी एवम् अवैज्ञानिक विचारको पतन हो ® हो । विगत देखि नै एकिकृत जनक्रान्तिको कार्यदिशा र यसको प्रयोगमा लिईने कार्यनैतिक विषयलाई लिएर दुई वटा अतिवादी कोणबाट बुझ्ने कमजोरी हुदै आएको छ । एउटा जडसुत्रिय र अर्को अनुभववादी कोणबाट बुझ्ने कमजोरी । जडसुत्रवाद र अनुभववादको स्रोत भनेकै अधिभूतवाद नै हो । जडसुत्रिय सोचले माक्र्सवादको आत्मालाई नै डम्पिè गरेर बुझ्ने गर्दछ । यसले वस्तुगत दुनिया र राजनैतिक÷सामाजिक जिवनमा घटिरहने परिघटनाहरुलाई गतिहिन अवस्थामा बुझ्ने गर्दछ । जस्तै माक्र्स,लेनिन,माओ आदिले यसो भनेका थिए यहाँ अर्कै किन भनियो ? अक्टुवर क्रान्ति र चिनिया क्रान्तिमा यसो गरिएको थियो नेपाली क्रान्तिमा किन अर्कै गरियो ? भन्दै माक्र्स,लेनिन् र माओका उद्धरणहरुलाई स्लोकको रुपमा भट्याई रहने समस्या रहीआएको थियो र छ । जुन एकिकृत जनक्रान्तिको कार्यदिशा, यसका अन्र्तरबस्तु र यसका कार्यनैतिक श्रृखलाहरुलाई बुझ्ने तथा प्रयोगमा लैजाने क्रममा यो गैरमाक्र्सवादी चिन्तन टक्राउने गर्छ । यसैगरी अर्को अनुभववादी सोच हो । एकिकृत जनक्रान्तिको आधार नै नेपालमा चलेको १० बर्षे जनयुद्धको बिघटनबाट लिएका सकारात्मक तथा नकारात्मकताको शिक्षा हो । पार्टी भित्रको ठुलो हिस्सा जनयुद्धको प्रत्यक्ष अनुभव सहित एकिकृत जनक्रान्तिमा सहभागी रहेको छ । क्रान्तिलाई बुझ्ने सवालमा जनयुद्धका नकारात्मक पक्षहरुले प्रत्यक्ष प्रभाव पारेकै हुन्छ । यसो हुदा अनुभववादी सोचले जनयुद्धमा प्रयोग भएका राजनैतिक तथा फौजी रणनीती र कार्यनैतिक श्रृखलाहरुलाई एकिकृत जनक्रान्तिको प्रयोगको बिषयसँग जोडेर बुझ्ने र त्यसैमा हराउने गर्दछ । यसले फौजीरुपमा रणनैतिक रक्षा, सन्तुलन र प्रत्याकर्मण तथा राजनैतिक रुपमा वार्ता सम्झौता हुदै निर्वाचनमा बिलयको रुपमा बुझ्दछ । एकिकृत जनक्रान्तिमा प्रयोग भएका कार्यनैतिक बिषयलाई यी दुई वटा अधिभुतवादी बुझाईले एकिकृत जनक्रान्तिको कार्यदिशा र यसका बिषेशताहरुसँग जोडेर कहिले बुझ्न चाहेन वा बुझेन । पछिल्लो समयमा स्थानिय तहको चुनाव प्रयोगको बिषयलाई पहिलो, निरपेक्ष वहिस्कारको जडसुत्रीय कोणबाट बुझियो र सोही अनुसार ब्याख्या गर्दै, भ्रम छर्दै र सराप्दै भाग्ने बाटो तयार पारियो । दोस्रो जनयुद्धमा प्रचण्डहरुले गरेको वार्ता र संसदीय व्यवस्थामा सेफ ल्याण्डिङ्गको रुपमा बुझ्दै चुनावलाई जिवन मरणको बिषय बनाएर परिणाम सोचेअनुसार आउने सम्भावना नदेखेपछि वा नआएपछि निराश हुन पुग्यो । अतः कंचन–सुर्दशन र अन्य पलायनवादीहरुको बर्हिगमनको मुख्य कारण एकिकृत जनक्रान्तिलाई बुझ्ने गैरमाक्र्सवादी अधिभूतवादी दृष्टिकोणको समस्या नै हो जसलाई क्रान्तिकारीहरुले शिक्षाको रुपमा ग्रहण गर्नुपर्दछ । यसले निरन्तर परिवर्तन भईरहने राष्टिÇय,अन्तराष्टिÇय अर्थराजनैतिक घटनाहरु र पार्टीको आत्मगत अवस्थालाई अलग थलग गरेर धारणा बनाउछ ।
संगठनमा देखिएको बुर्जुवा अराजकता ः कुनैपनि बस्तु, परिघटना, पार्टी संगठन तथा त्यसले तय गरेको क्रान्तिको कार्यदिशा,रणनिती,कार्यनीति र कार्यक्रमहरुलाई बुझ्ने दृष्टिकोण कस्तो अपनाउने भन्नेकुराले नै पार्टी संगठनको जिवन निर्धारण गर्दछ । जब पार्टी संगठन निर्माण र त्यसलाई बुझ्ने दृष्टिकोण नै अधिभूतवादी हुन्छ भने त्यसले दिने परिणाम बुर्जुवा अराजकता नै हुनजान्छ । कंचन–सुर्दशन लगायतको पलायनताको मुख्य कारण संगठनात्मक क्षेत्रमा वहाहरुमा रहेको अधिभूतवादी चिन्तन हो । यसैको जगमा उभिएर संगठनलाई बुझ्ने, निर्माण गर्ने र परिचालन गर्ने वहाँहरुमा रहेको दृष्टिकोण नै बुर्जुवा अराजकतावादी थियो । माक्र्सवादीहरु बस्तुगत जगतमा सत्ताको अस्तित्वलाई स्वीकार्दछन् तथा ब्रहमाण्डका प्रत्येक बस्तु ,समाज तथा पार्टी संगनहरुको अस्तित्व र तिनको परिचालन निश्चित नियमहरुद्धारा हुन्छ भन्ने विश्वास राख्दछन् । बुर्जुवा अराजकताले पार्टी विधान,मुल्य मान्यता र परिपाटीलाई लत्याउदै आफ्नो निहित स्वार्थ अनुसार संगठन निर्माण र परिचालन गर्न खोज्दछ । पार्टीको लाईन भन्दा बाहिर गएर कार्यकर्ता र जनताहरुमा भ्रमित हुने किसिमले पार्टीका निर्णित निति तथा योजनाहरुको अपब्याख्या गर्न खोज्दछ । र नीति , मुल्यमान्यता भन्दा बाहिर रहेर राजनैतिक,संगठनिक, आर्थिक तथा सांस्कृतिक आचरणहरु प्रर्दशन गर्दै बरालिन्छ । जब यस्ता गैर माक्र्र्सवादी बुर्जुवा अराजक तौरतरिकाहरुमाथि प्रहार वा आलोचनाको डण्डा बर्साइन्छ तब क्रान्तिकारी रुपान्तरण सहित जिवनशिल पक्षलाई पकड्नुको सट्टा मरणाशील पक्ष रोज्दै पलायनको बाटो समात्न पुग्दछ । कंचन–सुदर्शन र अन्यहरुको पलायनता कुनै प्राकृतिक थिएन । ती अप्राकृतिक खालका थिए, ती पकेटमार शैलीका थिए । वहाहरुले न कुनै फरक लिखित मत दर्ज गर्नुभयो न त कुनै बिशेष बैठक वा भेला वा सम्मेलनको माग गर्नु भयो । पार्टीको १२ औ केन्द्रिय समितीको बैठकमा वहाहरुमा देखिएका पार्टी संगठनको विधि,मुल्य मान्यता र आदर्श विपरितका कार्यशैली माथि आलोचना भयो । त्यसको बस्तुनिष्ट जवाफ दिन नसकेर वहाहरु मिडियामा कराउन थाल्नुभो । ¾गौडा कुरेर बसेको® साम्राज्यवाद तथा दलाल पुजीवादीहरुका लागी क्रान्तिकारी बिचार पार्टी र नेतृत्वमाथि प्रहार गर्ने हतियार प्रदान गर्नु भयो र अन्ततः त्यही आत्मघाती हतियार वहाहरुलाई पलायनतातिर डोे¥याउने टेको बन्न पुग्यो ।
पुजीवादी आर्थिक अराजकताः वहाहरुको पलायनतामा आर्थिक सम्बन्धको पक्षले महत्वपुर्ण भुमिका खेलेको छ । कार्ल माक्र्सले भन्नु भएझै ¾मान्छेको जस्तो किसिमको जिउने तरिका हुन्छ सोही अनुसारको उसको सोच्ने तरिका हुन्छ® मान्छेको निजी चाहना र पार्टीका आर्थिक दृष्टिकोण, मान्यता र नीतिबिच हुने अन्तरले पनि उसले पलायनताको बाटो समात्न पुग्दछ । बिगत देखिको अनुभव नै यहि हो । पुजीवादी आर्थिक अराजकताको जग भनेको सांगठनिक अराजकता हो भने यी दुईवटै प्रवृतिको स्रोत भनेको अधिभूतवाद हो । वहाँहरुमा देखिएको पुजीवादी आर्थिक अराजकताले नेपाल कम्युनिष्ट पार्टीको आर्थिक दृष्टिकोण, मान्यता र नीतिको पालना कहिल्यै गरेन बरु आफ्ना निजी चाहना र आवश्यकता परिपुर्तिको लागी अपार्दर्शी,अनुत्तरदायी र पार्टीको संस्थागत मान्यतासँग मेल नखानेखालका गतिविधीलाई बढावा दिईयो । जव पार्टीले सिंगो पार्टीपंक्तिलाई उत्पादक शक्तिमा रुपान्तरण गर्नुपर्छ, सबै नेता कार्यकर्ता र परिवारलाई समेत उत्पादन र श्रमसँग जोड्नुपर्छ भन्ने निती ल्यायो यस प्रति वहाहरुको उदाशीनता देखियो बरु सामुहिक उत्पादसँग जोडिने कुरा श्रमसँग जोडिने नितीलाई लाजै नमानि महासचिवलाई माली र जमिन्दार तथा कार्यकर्ताहरुलाई दासको उपमा दिदै घटिया तरिकाले पोखिदै हिड्नु भयो । वहाँहरुमा देखिएकोे निम्न कोटीको बुर्जुवा चिन्तनले शहरिया विलाशीपुर्ण जीवनलाई धान्नको निम्ति समानान्तर आर्थिक गतिविधी चलाउन थाल्नुभयो । जव वहाँहरुमा देखिएका आर्थिक अराजकताका बिषयमा केन्द्रिय समितीको बैठकमा आलोचना हुनथाल्यो त्यसको तथ्यसँगत जवाफ दिनुको साटो पलायनको बाटो रोज्नुभयो ।
साम्राज्यवादको हस्तक्षेप ः अमेरिकी साम्राज्यवादको विशेषता नै के देखिदै आएको छ भने आफ्नो कठपुतली बन्न नचाहने राष्टÇ र शासक तथा विश्वभरी कम्युनिष्ट पार्टीको नेतृत्वमा भईरहेका क्रान्तिकारी आन्दोलन र नेतृत्व बिरुद्ध घेराबन्दी गर्ने, दबाव दिने , बिभाजन ल्याउने र सिध्याउने रहेको छ । पछिल्लो समयमा जव अमेरिकी साम्राज्यवादले ःऋऋ लाई नेपालको संसदबाट जबरजस्ती अगाडि बढाउने प्रक्रियाको थालनी ग¥यो त्यसका बिरुद्ध देशै भरि स्वाभिमानी नेपालीहरु विरोधमा उत्रिए । हजारौ युवा तथा देशभक्त नागरिकहरु सडकमा आए । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी जनताको माझ एकमात्र राष्टÇवादी शक्तिको रुपमा स्थापित हुदै गयो । ःऋऋ का कारण अमेरिकी साम्राज्यवाद बिरुद्धको आन्दोलन र त्यसको नेतृत्वदायी भुमिका खेलेको नेकपा साम्राज्यवादी स्वार्थको बाटोमा तगारो बन्ने देखे पश्चात पार्टी र यसको नेतृत्वलाई सिध्याउने भनी एम्बुस थापेर बसेको साम्राज्यवादलाई स्पेस दिने काम सुदर्शन–कंचनहरुको अराजकताले ग¥यो । अन्ततः पार्टी भित्र नै छलफल गरि टुग्याउन सकिने बिषयहरु मिडियामा छताछुल्ल पार्दै वहाँहरु पार्टी, नेतृत्व र क्रान्ति माथि प्राह्रर गर्ने साम्राज्यवादी हतियार बन्दै पार्टी र क्रान्तिबाट पकेटमार शैलीमा भाग्नु भयो ।
दलाल पुजीवादको प्रभाव ः नेपाल कम्युनिष्ट पार्टीले एकिकृत जनक्रान्ति मार्फत नेपालको विद्यमान दलाल पुजीवादी राज्य व्यवस्था बिरुद्ध क्रान्ति अगाडि बढाए देखि नै शासकहरु क्रान्तिको शिशुअवस्थामा नै घाटी निमोठ्ने रणनितीमा अगाडि बढेका थिए । क्रान्तिले प्रतिक्रियाबादी शासकहरुका अनेकौ घेराबन्दी र चक्रव्युहरु तोड्दै, दलाल पुजीवादी सत्ताको राष्टÇघाती चरित्रको भण्डाफोर गर्दै, जनतामाझ पार्टी, नेतृत्व र क्रान्ति विकल्पको रुपमा स्थापित हुदै जादा शासकहरुको लुटको स्वर्ग नै डगमगाउने स्थिती बन्यो । प्रतिबन्ध, फौजी दमन, हत्या, आंतक, गिरफ्तारी जस्ता सबै खालका फासीवादी हतकण्डा असफल भईसकेको अवस्थामा, एकिकृत जनक्रान्तिलाई कसरी कमजोर पार्न सकिन्छ भनेर कमजोर छिद्रहरु खोज्दै बसेको साम्राज्यवादी एजेन्टहरुले कंचन–सुर्दशनहरुमा देखिएको अराजक गतिविधीहरु उपयोग गर्दै आफ्नो शिकार बनाउन सफल भएका छन् ।
फुटको असर र क्रान्तिकारीहरुको दायित्व ः नेपालका राजनैतिक पार्टीहरु त्यसमा पनि क्रान्तिकारी पार्टीहरुमा भैरहने टुटफुटहरुले निराश बन्दै आएको कम्युनिष्ट जनमतमा यो पटकको फुटले मनोबैज्ञानिक हिसाबले अलि बढी नै असर पारेको देखिन्छ । सांगठनिक रुपमा पनि केहि न केहि क्षति भएकै छ । क्रान्तिकारी नेतृत्व माथि हमला भएकै छ । तर निराशा,क्षति, नकारात्मक असरहरु अस्थाई खालका हुन । यो फुट दक्षिणपन्थी र जडसुत्रीय प्रवृतिको अन्तिम परिणाम हो । यसको अन्तिम गन्तव्य संसदवाद नै हो, र त्यसैमा पतन भएर विलिन हुने निश्चित छ । क्रान्तिकारीहरुको दायित्व दक्षिणपन्थी अवसरवाद र जडसुत्रीय प्रवृति र सोचहरुको भण्डाफोर गर्नु, गैर क्रान्तिकारी स्कुलबाट पार्टीलाई मुक्त पार्नु, क्रान्तिकारी भाव सहित फुटवादीहरुसँग रहेका युवाहरुलाई भ्रममुक्त गर्दै क्रान्तिमा गोलबन्ध गर्नु, क्रान्तिलाई अहिलेको विश्व र नेपालमा समेत देखिएकोे अर्थराजनैतिक ध्रुर्वीकरणले अझ नजिक ल्याएको यथार्थतालाई आत्मसात गर्नु र पार्टी र क्रान्तिमाथि भैरहेका हमलाहरुको डटेर सामना गर्नु तथा हाम्रो आदर्शको गौरवमय गन्तव्य वैज्ञानिक समाजवाद–साम्यवादको पक्षमा दरोसँग उभिनु नै हो ।