आसन्न चुनावबारे दोहोरो कार्यनीति जरुरी
अहिले एमसीसी निर्वाध लागू गराउन, एसपीपी सम्झौता स्वीकार गराई अमेरिकी सेनालाई आधिकारिक रुपमा नेपाल भित्र्याएर देशलाई युद्ध अखाडा बनाई क्षेत्रीयरुपमा नै अशान्ति र अस्थिरता निम्ताउन, नागरिकता विधेयक प्रमाणीकरण गराई विदेशीहरु, खासगरी भारतीय आप्रवासी अनि तिब्बती, भुटानी र रोहिङ्ग्या शरणार्थीहरुलाई नेपालको जन्मसिद्ध र वंशजको नागरिकता दिलाउन र अन्ततः नेपाल र नेपालीको सम्पदा र स्वाधीनता अनि अस्मिता र अस्तित्व समाप्त पार्न इन्डो–पश्चिमा शक्तिहरु ज्यान फालेर लागिपरेका छन् । यसक्रममा यो संसदीय चुनावमा यी विदेशी दुश्मनहरुले आफ्ना दलाल, नोकर, जासुस, कठ्पुतली, गुण्डा, भरौटे, भाट र भक्तहरुलाई मुख्य–मुख्य पार्टीहरुबाट उम्मेदवार बनाउन लगाउने र जिताउने ग्रान्ड डिजाइन गरिरहेका छन् । आफ्ना यी घोषित–अघोषित, स्थापित–विस्थापित र राम्रा–नराम्रा रुपमा परिचित–अपरिचित शक्ति र व्यक्तिहरुलाई आसन्न चुनावमा संघीय र प्रदेश दुवै सभासदस्यको लागि टिकट दिलाउनेदेखि जिताएर मुख्य–मुख्य पोष्टहरुमा पदासीन गराउने रणनीतिमा उनीहरु घनीभूतरुपमा खटेका छन् । यसै सन्दर्भमा उनीहरुले एकातिर आफ्नो साधन–श्रोत, पावर–पैसा र बुद्धि–विवेकको पूर्ण प्रयोग गरिरहेका छन् भने अर्कातिर सच्चा र स्वच्छ, स्वाभिमानी र स्वाधीनताप्रेमी, देशभक्त र क्रान्तिकारी अनि वामपन्थी र कम्युनिस्ट शक्ति र व्यक्तिहरुलाई हराउनको लागि आपसमा बुझाउने–जुधाउने, टुटाउने–फुटाउने, विद्रोही–बागी बन्न बढावा दिने र स्वतन्त्र व्यक्ति र शक्तिहरुका नाममा धेरैलाई चुनावमा सहभागी गराए भ्रम छर्ने र भोट काट्ने पनि गराएका छन् । यति मात्र होइन, कतिपय व्यक्ति र शक्तिहरुलाई कुख्यात धोवीघाट भेलामा जस्तै प्रत्यक्ष–अप्रत्यक्ष रुपमा वाञ्छित–अवाञ्छित प्रभावमा पारेर चुनाव बहिष्कार, बेवास्ता, अवज्ञा, ल्य ख्यतभ वा ऋबलअभ िख्यतभ जस्ता नीति–निर्णय र विधि–विधानसहित निर्देशन–अनुगमन गरेर संगठन र संघर्षका कार्यक्रम र अभियानहरु संचालन गराई चुनावबाट पन्छिन्–पन्छाउन सुझाव–दवाव दिइरहेका छन् ।
फलतः आज देशका राष्ट्रिय भनिएका संसदवादी दलाल र गद्दार दलहरु र तिनका शीर्ष नेतृत्व पंक्तिमा भएका सबैजसो नेताहरु मात्र होइन, आपूmलाई सदाबहार सिद्धान्तनिष्ठ र व्यवहारनिष्ठ क्रान्तिकारी बताउने धेरैजसो राजनीतिक, सामाजिक, सांस्कृतिक र नागरिक शक्ति, समूह र व्यक्ति–व्यक्तित्वहरु साम्राज्यवाद र विस्तारवादको गुरुयोजनामा जानाजान, जानअन्जान वा चाहेर–नचाहेर फसिरहेका छन् । यो कुरा एमसीसी, एसपीपी, नागरिकता, सीमाना, अपरकर्णाली, पश्चिम सेती, अरुण तेस्रो, महङ्गी, मल अभाव, भ्रष्टाचार, मिटर ब्याज, आदि धेरै विषयहरुबारे सत्ता, व्यवस्था, सरकार र संसद–सांसदहरुद्वारा मात्र होइन, संसदका संसदवादी प्रतिपक्षी र सडकका क्रान्तिकारी प्रतिरोधी शक्ति र नेतृत्वबाट समेत संयुक्त र सशक्त आन्दोलन गरेर यी समस्याविरुद्धका संघर्षहरुलाई प्रभावकारी र परिणाममुखी बनाउनु पर्नेमा त्यसो नगरी आआफ्ना संकीर्ण सोच र स्वार्थका कारण आन्दोलन विभाजित र कमजोर बनाएर वैदेशिक शक्तिकेन्द्रका सोच र स्वार्थ एवं इच्छा र एजेन्डाहरुलाई पूरा गर्ने–गराउने जस्ता राष्ट्रघाती र जनघाती हर्कतहरु सफल हुन दिएको विचित्र विडम्बनापूर्ण अवस्था छ । देशको आजको यो अवस्थामा हुन गइरहेको चुनावमा पनि कतिपय आपूmलाई देशभक्त र क्रान्तिकारी सोच्ने र बताउने व्यक्ति र समूहहरु तिनका विरुद्ध बोल्न र विद्रोह गर्न नसक्नु, बोले वा विद्रोह गरेपछि पनि तावाको माछो भुङ्ग्रोमा परेझैं पर्नु र प्रकारान्तरले तिनै प्रतिक्रियावादी शक्ति र व्यक्तिहरुको सेवामा समर्पित हुनु थप दुखद विडम्बना भएको छ । यस्तो जटिल, गम्भीर र संवेदनशील अवस्थामा चुनावलाई उपयोग गरेर जाने सच्चा र स्वच्छ देशभक्त, जनवादी र क्रान्तिकारी भनिएका शक्ति–समूह र व्यक्ति–व्यक्तित्वहरु आपसमा मिलेर दलाल शक्ति र व्यक्तिहरुका विरुद्ध चुनावी मोर्चा बनाएर एकता, तालमेल, सहयोग आदि जे जस्तो गरेर हुन्छ देश, जनता र क्रान्तिले जित्ने गरी जानुपर्नेमा त्यस्तो भए–गरिएको छैन । यिनीहरु नै स्वतन्त्र, संगठित वा मोर्चाबद्ध भएर आपसमै लडिरहेका छन् र प्रत्यक्ष रुपमा विदेशी एजेण्डा बोकेका एक वा अर्को एजेण्ट शक्ति र व्यक्तिलाई नै जिताउने खेलमा परोक्ष रुपमा सामेल छन् । यति मात्र होइन, अर्काथरी संसदभित्रका तुलनात्मक रुपले इमान्दार, स्वच्छ, स्वाभिमानी, स्वाधीनताप्रेमी र देशभक्त भनिने शक्ति र व्यक्तिहरु पनि तिनै घोषित घोर दलाल शक्तिहरुमा चिप्किएर सांसद बनी गास र बासको आसमा बाँच्ने र बस्ने गरेका छन् । हुँदाहुँदा त आपूmलाई क्रान्तिकारी कम्युनिस्ट बताउने जनयुद्धद्वारा प्रतिक्रियावादी सत्ता ध्वंश गरी नयाँ जनवादी व्यवस्था ल्याउन भनेर १७ हजारको बलिदानबाट बनेको कम्युनिस्ट पार्टी माओवादी केन्द्र र यसको नेतृत्व आफ्नै टाउकाको मोल तोक्ने चरम प्रतिक्रियावादी दलाल देउवा र उसको फासिवादी काँग्रेसी गुटसँग घाँटी जोडेर देश, जनता र क्रान्तिको हुर्मत लिन पुगेको छ भने आपूmलाई देशभक्त कम्युनिस्ट बताउने झापा आन्दोलनबाट सामन्तका टाउका गिंड्दै आएको एमाले नामको अर्को निरंकुश तानाशाही केपी नेतृत्वको गुट आफैँलाई १४ वर्ष जेल, नेल, हत्कडी हालेर र आफ्ना सहयोद्धाहरुलाई हत्या गरेर सिद्धाउने राजावादी पंचे शक्ति र व्यक्तिहरुसित आँत, बात र हात मिलाई देशभक्त र क्रान्तिकारीहरुका माथमा लात हान्न पुगेको छ ।
वर्तमानको यो विषम र विचित्र विडम्बनाका बीचमा विचारवान् वर्गवादी र देशवादी शक्ति, समुदाय, समूह र नागरिकहरुले आसन्न चुनावमा दोहोरो कार्यनीति अवलम्बन गर्नु नै सर्वाधिक उचित र आवश्यक देखिन्छ । आज इन्डो–अमेरिकी साम्राज्यवादले यो चुनावमार्फत् देशलाई पूर्णउपनिवेश बनाएर आफ्नो हुकुम–हैकम र हालीमुहाली चलाउनको लागि यही आर्थिक आधार अर्थात् यही दलाल पुँजीवादी पराधीन उत्पादन–प्रणाली र अन्यायपूर्ण उत्पादन–सम्बन्ध कायमै राखेर यही दलाल पुँजीवादी उपरिसंरचना अर्थात् यही दलाल संसदीय व्यवस्था, यो क्रान्तिविरोधी संविधान, यो खर्चिलो, अल्पमतीय, अलोकतान्त्रिक र जनविरोधी चुनाव–प्रणाली, यिनै भ्रष्ट, दलाल र गद्दार राजनीतिक शक्ति र व्यक्तिहरुलाई सुरक्षित राख्दै यिनैलाई अझ बढी सुदृढ र सम्बद्र्धन गर्ने र अझ बढी सबल र सकृय बनाउने षड्यन्त्र गरिरहेका छन् । यो षड्यन्त्र सफल र सार्थक पार्न उनीहरुले मुख्यतः यही चुनावमा आफ्ना पपेटहरुलाई जिताएर संसद पूरै कब्जा गरेपछि मात्र पूरा गर्न सकिने सुनिश्चितता देखेका छन् । त्यसैले हाम्रो पहिलो देशवादी क्रान्तिकारी चुनावी कार्यनीति यी साम्राज्यवादी–विस्तारवादी शक्ति र तिनका दलाल राजनीतिक व्यवस्था (सत्ता), संविधान, सरकार, दल, नेता, शासक र शोषण–दमन अर्थात् समग्रमा वर्तमान दलाल पुँजीवादी आर्थिक आधार र उपरिसंरचनाको पूरा भण्डाफोर गर्दै यिनलाई पराजित विस्थापित गरी यिनको विकल्पमा जनवादी–समाजवादी आर्थिक आधार र उपरिसंरचनालाई स्थापित गर्नु जरुरी छ । नयाँ वैकल्पिक व्यवस्थालाई स्थापित नगरेर पुरानो विद्यमान व्यवस्थालाई बदल्न वा विस्थापित गर्न सकिन्न । कथंकदा यो मक्किएको र जर्जर बनेको पुरानो प्रतिक्रियावादी व्यवस्था ढलीनै हाल्यो भने पनि त्यसको स्थानमा नयाँ क्रान्तिकारी र देशमुखी व्यवस्था स्थापित गर्न सकिन्न । यो अवस्थामा या त प्रतिगमन हुन्छ या अस्थिरता र अस्तव्यस्तताका बीचबाट टालटुल गर्दै यही व्यवस्था कार्यमै रहन्छ अर्थात् यथास्थिति नै रहन्छ । त्यसैले सच्चा देशभक्त, जनवादी र क्रान्तिकारीहरुले सचेततापूर्वक आफ्ना कार्यनीतिहरुलाई रणनीतिको सेवा गर्ने गरी अवलम्बन गर्नु जरुरी छ ।
अहिले नेपालमा नयाँ जनवादी वा वैज्ञानिक समाजवादी क्रान्तिको रणनीति बोकेका वामपन्थी कम्युनिस्ट क्रान्तिकारी राजनीतिक शक्ति–व्यक्ति र समूह–समुदायहरुले आफ्नो यो रणनीतिक व्यवस्था नयाँ जनवाद वा समाजवादलाई स्थापित गर्नको लागि विद्यमान पुरानो प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थालाई विस्थापित गर्नै पर्छ । त्यस क्रममा यसको तीव्र र व्यापक भण्डाफोर गर्नु जरुरी छ । यसरी भण्डाफोर गर्ने एउटा सुवर्ण अवसर यो चुनाव हो । त्यसकारण रणनीतिक रुपले यो व्यवस्थालाई ध्वंश गर्नको लागि तत्कालको कार्यनीति यो व्यवस्थाको दलाल र प्रतिक्रियावादी चरित्रको भण्डाफोर गर्दै आसन्न संसदीय चुनावलाई बहिस्कारद्वारा यो दलाल पुँजीवादी संसदीय व्यवस्थालाई विस्थापित गर्ने र त्यसको निम्ति दलाल र गद्दार, भ्रष्ट र दुष्ट उम्मेदवारहरुलाई पराजित गर्ने पहिलो कार्यनीति लिनु अनिवार्य छ । दोस्रो कार्यनीति भनेको चुनावको क्रान्तिकारी, देशभक्तीय र जनपक्षीय उपयोग हो । यो उपयोग भनेको पनि देश, जनता र क्रान्तिको हित गर्न सिद्धान्त र व्यवहारमा प्रस्ट, प्रतिबद्ध, कटिबद्ध र कतिपय स्थिति र सन्दर्भमा शर्तबद्ध अर्थात् देश, जनता र क्रान्तिको अहित हुने काम गरेमा तत्काल पद छोड्नु पर्ने र नछोडेमा मतदाताहरुबाट जस्तोसुकै कारवाही भोग्न राजी हुने शक्ति, समूह वा व्यक्तिलाई चुनावमा समर्थन, साथ, सहयोग र सहभागिता जनाउनु, दिलाउनु र जिताउनु हो । जहाँसम्म यस्ता शक्ति, समूह र व्यक्ति भए र यस्तो मन्जुरी गरेमा त तिनलाई समर्थन गर्नु स्वाभाविक, आवश्यक, सम्भव र उपयुक्त नै हुन्छ तर जब यस्ता शक्ति वा उम्मेदवार सबै ठाउँमा हुँदैनन् तब त्यहाँ बहिष्कार अर्थात् चुनावलाई हुन नदिनेसम्मका गतिविधिहरु गर्ने–गराउने गरेर यो सत्ता–व्यवस्थालाई धक्का दिने गर्नु उचित र आवश्यक हुन्छ । यस सन्दर्भमा चुनावमा सहभागी शक्ति र व्यक्तिहरुको सशक्त भण्डाफोर गर्दै यस्तो व्यवस्था अन्तर्गतको यो चुनावमा भोट दिनुको कुनै अर्थ र औचित्य नभएकोले ‘नो भोट’ को कार्यनीति अवलम्बन गर्नु पर्छ । हाल नेपालमा नो भोटको कानूनी प्रावधान राख्न संविधान र सर्वोच्च अदालतले आदेश जारी गर्दा पनि यो व्यवस्था नगरिएकाले नो भोट गर्न नबन्ने अवस्थामा नो भोटको वैकल्पिक व्यवस्थाको पक्षमा मतपत्रको पछाडि बिम्बात्मक रुपमा ‘ब्याक भोट’ गर्ने । यसको अर्थात् नो भोटको संकेत स्वरुप द्यबअप ख्यतभ गर्नुको अर्थ हुन्छ कि आज चुनावमा सहभागी कुनै पनि दल र उम्मेदवार देश, जनता र क्रान्तिप्रति इमान्दार र प्रतिबद्ध छैनन् । त्यसैले अहिले यी कसैलाई भोट नदिएर मतपत्रको बाहिर छाप ठोकेर ९द्यबअप ख्यतभ० गरेर “चुनावमा सहभागी आजका यी दलाल र गद्दार अनि भ्रष्ट र बेइमान व्यक्ति, शक्ति र सत्ताका ठिक विपरीत विद्रोही देशभक्त, जनवादी र इमान्दार क्रान्तिकारी वैकल्पिक शक्तिको रुपमा हामी विद्यमान छौं” भनी एउटा नयाँ सन्देश दिने हो । यसरी यसै नयाँ सन्देशको आधारमा देशभरमा छरिएर रहेका क्रान्तिकारी देशवादीहरुलाई गोलबद्ध गर्ने बाटो खोल्नु पर्दछ । यस्तो दोहोरो वा दुईथरी कार्यनीतिको समुचित, सन्तुलित र सुसंयोजित तरिकाले प्रयोग गरेर मात्रै नेपाल र नेपाली जनता, जनतन्त्र र क्रान्तिको रणनीति अर्थात् नयाँ जनवादी वा वैज्ञानिक समाजवादी क्रान्तिको रणनीतिलाई प्रत्यक्ष र पूर्ण सहयोग गर्न सकिन्छ र सक्नै पर्ने भएकोछ ।