सही र गलत–एक टिप्पणी
मानव समाज अनन्तकालदेखि सही र गलत दुई परस्पर विरोधी विचार, प्रवृति र संघर्षका विचवाट अघि बढिरहेकोछ । यो प्रक्रिया समाज विकासको ऐतिहासिक कालदेखि चल्दै आइरहेको कुरा एतिहासिक भौतिकवादी सच्याइले पुष्टि गर्दछ । यसलाई अझ ठोसरुपमा भन्नु पर्दा आदिम साम्यवादी युगबाट जब मानव समाज दास युगमा प्रवेश ग¥यो, त्यस यताका सामन्ती युग हुँदै आजको आधुनिक पुँजीवादी युगसम्म पुग्दा सही र गलतबीचको संघर्ष व्यापक क्षेत्रमा विस्तारित हुँदै अगाडि बढिरहेको छ । सही र गलत परस्पर विरोधी विचार र प्रवृतिहरु भएकोले मानव समाजमा यसका बीचमा निरपेक्ष संघर्ष चलिरहेको हुन्छ र छ । यसमा मूलतः दुईवटा सच्याई भने अकाट्य रुपमा अन्तरनिहित रहेको हुन्छ । पहिलो–मानव जातिले लामो समय झेलेर आएको समाज विज्ञानमा सही र गलत बीचको संघर्षमा मुख्यत वर्गीय पक्षधरता र व्यक्तिगत÷सामुहिक लाभ र हानी प्रधान पक्षको रुपमा देखा पर्दछ दोश्रो–यस प्रकारको संघर्षमा ढिलो या चाँडो निरपेक्ष र निशर्त रुपमा सहीको विजय र गलतको पराजय सावित हुँदै आइरहेको छ, यो प्रक्रिया वर्तमानमा मात्र होइन, भविष्यको अनन्तकालसम्म चलिरहने छ ।
सही र गलतबीचको संघर्षलाई हेर्दा प्रारम्भमा पृथ्वी गोलो छ भन्ने वैज्ञानिकलाई शरीरमा आगो लगाएर हत्या गरिएको थियो । दार्शनिक शुकरातलाई विष पिलाएर हत्या गरिएको थियो । दाश युगको वर्वरताका विरुद्ध सञ्चालन गरिएको संघर्षमा स्पाटाकर्शलगायतका हजारौँ मानिसहरु, सामन्ती व्यावस्थाका विरुद्ध सञ्चालन गरिएको संघर्षमा लाखौँ मानिसहरु, आधुनिक पुँजीवादको स्थापनाका लागि सञ्चालन गरिएको संघर्षको दौरानमा लाखौ मानिसहरु तथा राष्ट्रिय स्वाधीनताको आन्दोलन एवं समाजवादी–साम्यवादी व्यावस्थाको स्थापना गर्ने महान् क्रान्तिका दौरान करोडौ मानिसहरुको मृत्यु भएको कुरा इतिहास र वर्तमानका तथ्यहरुले स्पष्ट गरिरहेका छन् । अहिले पनि विश्व व्यापी रुपमा यस प्रकारको संघर्षका दौरानमा हजारौ–लाखौ मानिसहरुको मृत्यु भइरहेको छ । दाश युगमा दाश मालिकहरुले तथा सामन्ती युगमा राजा–महाराजाहरुले आफ्नो निजी जीवन र पारिवारिक तथा सानो भाइ भारदारको स्वार्थका लागि कैयौ असत्यलाई सत्य र सत्यलाई असत्य भनेर आमजनतालाई भ्रम दिने अर्थात् तथ्यहरुलाई विषयान्तर गर्दथे । पुँजीवादको शुभारम्भसँगै आफ्नो साम्राज्य विस्तारको दौरानमा जर्मनका तानाशाह तथा फासीवादी नेता हिटलरको सँश्लेषण थियो– ‘असत्य कुरालाई हजारौ पटक सत्य भनेर प्रचार गरियो भने त्यो सत्य नै सावित हुन्छ ।” जसलाई उनको सँचारमन्त्री गोयवल्सले प्रयोगमा ल्याएका थिए । नेपालको राजनैतिक आन्दोलनको इतिहासमा पनि यो निकै सघन संघर्षका साथ अघि वढेको पाइन्छ । खासगरी पृथ्वीनारायण शाहको राज्य विस्तारका क्रममा र त्यसपछि राज्य सञ्चालनको दौराणमा अझ पछि जँगबहादुर राणाको उदय पूर्व र पश्चात यसले निर्मम र क्रुरतम रुप धारण गर्न पुगेको पाईन्छ । जँगबहादुर राणद्वारा आफ्नै मामा माथवरसिंह थापाको षडयन्त्रपूर्वक हत्या, कोतपर्व, भण्डारखाल पर्व हुँदै घटाइएका कैयौँ दृष्य–अदृष्य कहालीलाग्दा षड्यन्त्रकारी घटनाक्रमहरु र राणा शासनको लामो कालखण्डमा व्यक्त भएका मामिलाहरु साँचो अर्थमा सही र गलतलाई विषयान्तर गर्ने संघर्षका उच्चतम अभिव्यक्तिहरु हुन् । नेपालको २००७ पछिको राजनैतिक आन्दोलनको इतिहासमा पनि सही र गलतका बीचमा निर्मम संघर्षहरु सञ्चालन गरिएका छन् । वाह्य रुपमा राजा–राणा र राजनैतिक दलहरुका बीचमा चलेका संघर्षहरु–जो कैयौ सही र गलतका बीचमा शत्रुतापूर्ण रुपमा व्यक्त भएका छन् । आन्तरिक रुपले नेपालको प्रजातान्त्रिक आन्दोलनको पहिलो दल नेपाली काँग्रेस पार्टीमा देखापरेको सही र गलतबीचको संघर्षका कारण पुराना पुस्ताका नेता अर्थात् २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरुले जीवनको अन्तिम कालखण्डमा पार्टी परित्याग गर्नुप¥यो भने इतिहासदेखि वर्तमानसम्मको लामो राजनैतिक आन्दोलनको दौराणमा कैयौ नेता–कार्यकर्ताहरुले राजनीतिबाट सन्यास, आत्महत्या र पार्टी परित्याग गर्नुप¥यो । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासदेखि वर्तमानसम्म पनि यो रोगले निकै सताइरहेको छ । संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ जसले नेपालमा नयाँ जनवादी क्रान्तिमार्फत् नौलो जनवादी व्यावस्था हुँदै समाजवाद–साम्यवादमा मानव जातिलाई पु¥याउने महान् ध्येय राख्नु भएको थियो । तर, उहाँलाई विभिन्न वाहनामा सदाका लागि पार्टीको मूल नेतृत्वमा पुग्न दिइएन । त्यति मात्र होइन, उहाँलाई गद्दार पुष्पलालको उपमा दिइयो । हाम्रो पार्टीले २०५७ मा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनबाट पुष्पलाल गद्दार नभई एउटा क्रान्तिकारी नेता भएको सँश्लेषण गरेको थियो । नेपाली कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीमा सही र गलतकालाई आफ्नो अनुकूलतामा विषयान्तर गर्ने गलत प्रवृत्तिहरु यत्रतत्र देखिन खोजी रहेका छन् । राजनैतिक क्रान्ति या आन्दोलन एउटा स्वयम्सेवी सामाजिक सेवा हो । जहाँ निस्वार्थ भावनाले समाजको सेवा गर्नुपर्ने हुन्छ तर आज नेपालको निकै लामो, कठिन र वलिदानीपूर्ण संघर्षको वलमा स्थापित सँविधानमा र यससँग सम्वन्धित ऐन–नियम, नियमावलीमा संघीय संसद्देखि स्थानीय निकायका निर्वाचित प्रतिनिधिसम्म तलव तथा विभिन्न सेवा–सुविधाको व्यावस्था गरिएको कारण राजनीतिमा अस्वस्थ प्रतिस्प्रधाको होडवाजी चलिरहेको छ । राजनीतिमा यस प्रकारको सेवा–सुविधा सही हो या गलत यस बारेमा भिन्नै चर्चा गरिनेछ । यहाँ चर्चा गर्न खोजिएको सवाल राजनीति भनेको राष्ट्रको नीति निर्माण गर्ने थलो हो । नीतिहरुको पनि नीति भएकै कारण यसलाई राजनीति भनिएको हो । यसर्थमा राजनीतिको दायरा निकै फराकिलो रहेको हुन्छ फलत यसमा निम्न दुई कुरा व्यक्त हुनुपर्दछ । पहिलो–यो क्षेत्र निःस्वार्थ भावनाले समाजको सेवा गर्ने हुनुपर्दछ दोश्रो–‘सामाजिक अन्र्तविरोधहरुको समाधानमा सही र गलतको भेदलाई तथ्यगत रुपमा अध्यन गरी हल गर्न सक्नुपर्दछ । यसलाई प्रयोग गर्दा जे सत्य हो त्यो नभन्ने, जे सत्य होइन त्यो भन्ने’ व्यक्तिवादबाट मुक्त हुनुपर्दछ । व्यक्तिवाद त्यस्तो प्रवृति हो जसले आफ्नो अनुकूलतामा सही र गलतलाई विषयान्तर गर्दछ र आफ्नो नाफा÷घाटाको लागि पार्टी आन्दोलनको केन्द्र भागमा आपूmलाई राख्ने गर्दछ । सही र गलतलाई विषयान्तर गर्ने व्यक्तिवाद राजनैतिक आन्दोलनको क्षेत्रमा निकै घातक हुने प्रमाणित हुँदै आइरहेकोछ । व्यक्तिवादले समाज, पार्टी आन्दोलनको हित विपरित आफ्नो निजी स्वार्थ र आडम्वरका लागि समग्र वस्तुगत र आत्मगत परिस्थितिको विश्लेषण–संश्लेषणमा सही र गलतलाई विषयान्तर गरिरहेको हुन्छ र त्यसअनुरुप पार्टी संगठनको निर्माण सञ्चालन र परिचालन गरिरहेको हुन्छ । संगठनात्मक क्षेत्रमा यो प्रवृतिले सामुहिक या कमिटीको निर्णय वा सरसल्लाहलाई अवज्ञा गरिरहेको हुन्छ । संगठनको जनवादी–केन्द्रियताको संगठनात्मक सिद्धान्त तथा पार्टीका नियम–नियमावलीहरुलाई लत्याउँदै आपूmलाई सबैभन्दा सिनियर, सबैभन्दा विज्ञताका रुपमा प्रस्तुत गर्दछ र एकलकाटे निर्णयलाई पार्टी संगठन सञ्चालनको आधारका रुपमा प्रस्तुत गर्दछ । आर्थिक क्षेत्रमा यो प्रवृतिलै पार्टीको अर्थनीति सम्वन्धि स्थापित मूल्य र नीतिहरुको वे–वास्ता गर्दै आफ्नो व्यक्तिगत हित अनुकुल आर्थिक परिचालन गर्न पुग्दछ । लेवी सँकलन, सामुहिक आर्थिक उत्पादन र उपल्लो कमिटीको कोटा वुझाउने कुरामा अनादर देखाउने, आर्थिक पारदर्शितालाई हात्तीको देखाउने दातमा परिणत गर्ने, सहयात्रीहरुबाट लिईएका ऋण–सापटीहरु फिर्ता गर्ने कुरामा न्युनतम इमान्दारीता पनि पस्तुत गर्न नसक्ने, सम्बन्धित पार्टी समितिको निर्णय, सल्लाहको अवमूल्यन गर्दै आपूmखुशी सहयोग सँकलन र खर्च गर्ने आदि रुपमा व्यक्त हुने गर्दछ । राजनैतिक–वैचारिक क्षेत्रमा यो प्रवृतिले पार्टीका स्थापित सिद्धान्त–नीति, कार्यदिशा र कार्यनीतिलाई आपूm अनुकुल व्याख्या गर्ने, कैयौ अनाधिकृत स्थानहरुमा निराशा व्यक्त गर्दै पार्टी संगठनलाई लगामविनाको घोडाको रुपमा छोडिदिन्छ । भावनात्मक रुपमा व्यक्त हुने यो प्रवृतिले पार्टी भित्रको अन्तरसंघर्षलाई शत्रुतापूर्ण रुपमा व्यक्त गर्न पुग्दछ । साँस्कृतिक क्षेत्रमा यो प्रवृतिले कम्युनिष्ट मूल्य र संस्कृतिलाई होइन वरु पुँजीवादी छाडावादलाई प्रश्रय दिन पुग्दछ । यौन–प्रेमको क्षेत्रमा एक निष्ठतामा आधारित माक्र्सवादी मान्यतामा होइन वरु बहुनिष्ठतावादी पुँजीवादी अराजकतावादलाई अँगाल्न पुग्दछ । पार्टी संगठनमा देखापर्ने व्यक्तिवादको यस प्रकारको कार्यतरिका र कार्यशैलीका कारण पार्टी संगठन र आन्दोलनमा पार्टी, क्रान्तिकारी आन्दोलन र नेतृत्वप्रति नै ठूलो अविश्वास र आशँका पैदा हुन गई अन्ततः पार्टी संगठन विर्सजनको अवस्थामा पुग्दछ । पार्टी संगठनको निर्माण र परिचालनमा यस प्रकारको व्यक्तिवादलाई पराजित नगरिकन कम्युनिष्ट आन्दोलन अगाडि बढन सक्दैन । पार्टी संगठनलाई निरन्तर क्रान्तिकारीकरण गरिरहन क्रान्तिकारी राजनैतिक आन्दोलनमा सही र गलतलाई विषयान्तर गर्ने हरियो सर्परुपी व्यक्तिवादका विरुद्ध विचारधारात्मक रुपमा विजय हासिल गर्नुको विकल्प छैन । समाज र पार्टीमा लामो समयदेखि चल्दै आईरहेको संघर्षमा सही अर्थात सच्याईको निशर्त र निरपेक्ष रुपमा विजय हुने गरेको छ भने गलत अर्थात् असत्यको पनि निःशर्त र निरपेक्ष रुपमा पराजय हुने गरेकोछ । यो इतिहास र वर्तमानको साश्वत नियम हो । सत्य र असत्यलाई विषयान्तर गर्न खोज्ने जँगवहादुर रुपी केही व्यक्तिवादी मुर्खहरुले हजारवार कोशिस गरे पनि सत्य सत्यनै हो र असत्य असत्य नै हो । अव सत्य र असत्यलाई विषयान्तर गर्न सम्भव छैन, किनकि इतिहासदेखि वर्तमानसम्म यो हजारौ पटक पटाक्षेप र प्रमाणित भइसकेकोछ ।