नेपालभित्रको आदिवासी वर्णवाद ‘बाहुनवाद बारे
आदिवासी जनजाति र दलित समुदायको अधिकार मर्यादा र सुरक्षाको निम्ति भनी सुरु भएको जातिय र सामुदायिक संगठनको लहर आखिरमा क्षेत्री र बाहुन सम्म पनि पुग्यो । खस क्षेत्रीले आपूmलाई पनि आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्ने माग भित्ता–भित्तामा लेख्न थाले, पछि बाहुनहरुले पनि ब्राह्मण समाजको स्थापना गरी आफ्नो अधिकारका निम्ति अधिवेशन गरे । बि.स. १९८८ मा काठमाडौँमा युवाहरुले ‘प्रचण्ड गोर्खा’ को स्थापना गरेको देखिन्छ त्यसयता २००७ देखि २०६३ सम्मका आन्दोलन क्रान्तिहरु सामन्ती व्यवस्था र विदेशी–हस्तक्षेपविरुद्ध लक्षित वर्गीय र राष्ट्रिय चरित्रका थिए । तर, अहिले एकएक किन र कसरी जातिय र क्षेत्रीय कुराले तिनलाई छोप्दै आए यो एउटा विचारणीय छ । विश्वका अन्य देश महादेशभन्दा फरक खालको दक्षिण एसियाको सामन्ती व्यवस्थाभित्र वर्ण–व्यवस्थाको रुपमा जातजातिको भेदभाव र छुवाछूत जस्तो अमानवीय प्रणालीको बीस प्राचीन कालदेखि नै फैलिँदै आएको हो ।
त्यसको विरुद्ध समाज सुधारकहरुले सुरुदेखि नै आवाज उठाउँदै आएका थिए जैन र बौद्धहरुदेखि शुरु भएको त्यो अभियान कविर र जोसमनी सम्प्रदाय हुँदै हालका राजनीतिक समुदायहरुसम्म चल्दै आएको छ । वास्तवमा वर्णव्यवस्थाले सामन्तवादको आश्रम पाएर यस्तो जटिल रुप लियो । त्यसले वर्णव्यवस्था वाहिरका जाति–जनजातिहरुलाई समेत अपमान र भेदभावको भुमरीमा फसाउदै ल्यायो । विश्वका अरु मुलुककोभन्दा दक्षिण एसियाका भारत–नेपाललगायतका विभिन्न देशको यो विशिष्ट समस्या हो । यसरी सामन्ती व्यवस्थाभित्र वर्णव्यवस्था जेलिएकोले यहाँका क्रान्तिहरुको संगठन र कार्यक्रम अरु–अरु राष्ट्रहरुकोभन्दा भिन्न प्रकृतिबाट हुन्छ र हुने छ । यहाँको सामन्ती वर्गीय सत्तालाई राजनीतिक क्रान्तिबाट, आर्थिक असमानतालाई समाजवादमुखी आर्थिक क्रान्तिबाट वर्णगत र जातिय विभेदलाई सामाजिक सांस्कृतिक र शैक्षिक क्रान्तिबाट समाधान गर्न सकिन्छ । यस सम्बन्धमा राजनीतिक दलका नेताहरुको व्यापक दृष्टि योजना नराम्रो भएकोले आन्दोलन क्रमशः जातिय दलदलमा फस्ने अवस्था छ । यो जातिय दलदलमा फस्दै गएपछी द्वन्द्व वढदैजाने हुन्छ त्यसपछि क्रमशः कतिपयले आपूmलाई यहाँका खाटी आदिवासी र फलना ढिस्कना जाति पछि आएका भगौडा शरणार्थी जस्ता गलत प्रचार आक्षेप गर्न थाले
को आदिवासी, को जनजाति ?
नेपालका कुन–कुन जाति आदिवासी हुन ? कोको जनजाति हुन ? कैलेदेखि वसेकालाई आदिवासी भन्ने, के कस्ता लक्षण भएकालाई जनजाति या गैरजाति भन्ने यी विषयको स्पष्ट अध्ययन र विश्लेषण गर्नु आवश्यक छ । केही इतिहास टिपोटअनुसार मानव समाजको इतिहासमा मध्यढुङ्गे युगको अन्त्री आजको वाह्र हजार वर्ष अघिसम्म संसारमा कही पनि स्थायी घर र गाउँ बस्ती वनेका थिएनन् । हाल विभिन्न ठाउँमा प्राचीन मध्यढुङ्गे युगका अवशेष भेटिए तापनि ती स्थायी वसोवासका प्रविक मानिदैनन् । नयाँ ढुङगे युगमा प्रारम्भिक छाप्रे वस्तीहरु शुरु भएको मानिन्छ । दक्षिण एसियाको भूगोल अरु महादेशको भन्दा विशेष अवस्थितमा छ । पूर्वी गोलार्धका चारै महादेशको ठिक मध्य भागमा पर्ने यो क्षेत्र चारै महादेशका मानिस ओहोर–दोहोर गर्ने चौबाटो पर्छ । यो राम्रो जलवायु भएको उर्वर क्षेत्र हुनाले उहिलेदेखिनै मानिसहरू त्यस ठाउँमा गएर बस्ने होड चल्दथ्यो एकथरीको वस्तिलाई लखेटी अर्काको कव्जा गर्ने क्रम चलिरहन्थ्यो । चार पाँच सय वर्ष अघिसम्म नेपालको अधिकांश भूमिमा जङ्गल थियो । मान्छेका वस्तिहरु पातला थिए । केही दशक अघिसम्म कुसुण्डा जस्ता घुमन्ते जंगली समुदाय यहाँ पूर्व पश्चिम घुम्दै थिए । तीमध्ये राउटे समुदाय अझै जङ्गलमै छ । यहाँ कुन–कुन जाति आठ दस हजार वर्षदेखि लगातार स्थायी बसोबास गर्दै आएका छन् भन्ने कुरा खोजद्वारा प्रष्ट प्रमाणित गर्न बाँकी नै छ । ठाउँ ठाउँमा ढुङगे युगका अवशेष भेटिएका छन् तर ती कुन जातिका पुर्खाका संरचना थिए भन्ने पनि खोज भएको छैन अहिले सबैले अनुमान पुराण दन्त्यकथा साङ्केतिक आधारमा आपूmलाई आदिवासी भन्न खोज्दै छन् । पहिले पुरातत्व र इतिहासका प्रामाणिक आधारमा सबैका पुर्वजको वसोवासको अवधि निर्धारित गरेपछि मात्र कोभन्दा को पहिलादेखिको यहाँको वासिन्दाहो भन्ने ठहर हुनसक्छ । यो कुरा मनन गरौँ यहाँ कुनै जातिका पू्र्खा एकैचोटि हजारौंको संख्यामा आएर बसेका होइनन् । आउनेहरू पहिले सानै संख्यामा आएर यहाँ वस्दावस्दै तिनको वंश विस्तार भई संख्या बढदै गयो । बाहुन–क्षेत्रीहरु सवभन्दा पछि आएका हुन भन्ने आक्षेप लागिरहेको सन्दर्भमा यहाँ थोरै विषय जोडौँ । अहिलेसम्मका अनेकौँ खोजहरुले ऋग्वेदलाई विश्वको जेठो ग्रन्थ मानेका छन् । त्यसको रचनाकाल ई.पु. दुई–ढाई हजार वर्षतिर रहेकोमा धेरै अनुसन्धादाता सहमत छन् । कतिपयले त त्यसलार्ई ई.पु. पाँच –छ हजार वर्षको समेत भनेका छन् । ऋग्वेदको प्रथम मण्डल र शतपथ ब्राह्मण आदि प्रामाणिक ग्रन्थका अनुसार ऋग्वेद युगको प्रारम्भिक अवस्थातिर क्षेत्रीय गणराज मिथी र तिनका पुरोहित ब्राह्मण गौतम रहुगण आएर जङ्गल ढलाइ मिथिलाको वस्ती वसाएको इतिहास भेटिन्छ । संस्कृत ग्रन्थ पढेका सबलाई थाहा होला दुप्रसिद्ध वैदिक ऋषी याग्य्वल्क्या राजा जनकको सभामा सम्मानित दार्शनिक थिए । तिनले नै यजुर्वेदको सम्पादन गरेका थिए । जनक सभाका अर्का ऋषी अष्टाबक्रको गिता प्रसिद्ध सम्पादन गरेका थिए । जनक सभामा शतानन्दलगायत ब्राह्मणहरुको जमात थियो । मध्यएसियादेखि काश्मिर र पश्चिम नेपालसम्म खस आर्यहरु बुद्धभन्दा धेरै अघिनै फैलिइसकेका थिए । वैदिककाल र रामायणकालदेखि नै नेपालको तराई र पहाडमा यसरी वाहुन, क्षेत्रीहरु फैलिँदै आएको प्रष्ट छ । त्यसैले नै नेपालका विभिन्न ठाउँ विश्वामित्र, भृकुटी, और्व, देवदत्त, दुर्वासा, और्व, माण्ड्त्य, आदि ऋषिका तापोभूमिका रुपमा पुराणमा वर्णित छन् । ई.पु. छैटौं शताब्दीतिर कपिलवस्तु वरिपरि वर्ण व्यवस्थाको प्रचलन बढी सकेको थियो । गौतमवुद्व स्वयं क्षेत्री कुलका थिए । उनले वर्णव्यवस्था मन नपरी समान मानवताको विचार प्रचारमै आफ्नो सम्पूर्ण शक्ति लगाए । कपिलवस्तुबाट काठमाडौँ आएका सबै शाक्री र कोलिय क्षेत्री थिए । बुद्धभन्दा एक दुई सय वर्ष पछि नेपाल आएका वैशालिका लिच्छवि र कुशिनगर (गोरखपुर) का मल्लहरु क्षेत्री थिए । लिच्छवि कालका शिलालेखहरुमा ब्राह्मणदेखि चण्डालसम्मका आठार प्रकृतिका जातिलाई सम्बोधन गरिएको छ । के यसरी चार हजार वर्षभन्दा अघिदेखि नेपालका विभिन्न ठाउँमा वसोवास गर्दै आएका वाहुन क्षेत्रीका वंशजहरु आदिवासी ठहर्दैनन् ? नेपालको इतिहासले भन्छ ई.पु. १३०० सम्म काठमाडौँ वरिपरि नाग जाति थिए । तराईबाट निस्केका गोपाल र महिषपाल वंशी यादवहरुले तिनलाई जितेर आफ्ना गणतन्त्र चलाए ।
ई.पु. आठौं शताब्दीमा ती यादवलाई जितेर किराँतहरुले ८०० वर्ष गणराज्य चलाए । महाभारतमा हिमाली क्षेत्रमा किराँतहरु रहेको वर्णन छ । वेदमा यो कुरा देखिन्छ । तर, अहिलेका तिब्बतवर्मेली भाषिक परिवारका सबै नेपालीहरु तिनै प्राचीन किराँतहरुका वंशज मात्र होइनन । इमानसिंह चेमजोङको खोजअनुसार लिम्बू, धिमाल, आदि किराँतकालभन्दा निकै पछि (दशौँ–एघारौं शताब्दीतिर) आसामतिरको बाटो नेपाल आएका थिए । तिब्बती मूलका थुप्रै जनसमुदाय स्रोङचन गम्यो र भृकुटीको विवाह (सातौँ शताब्दी ) पछि क्रमशः नेपाल आउँदै गरेको इतिहास छ । त्यसैले नेपालमा किराँत – मंगोल मूलका जाति या तराईका थारु, राजवंशी, सतार आदि मात्र आदिवासी हुन् भन्ने विश्लेषण नितान्त एकाङ्गी छ । त्यसैले आर्यमूलका विभिन्न जातिहरुको नेपाल वसोवासको प्राचीन इतिहासलाई पुरै नकार्न खोजेको प्रष्ट छ । भारतमा मुसलमान आक्रमणपछि नेपाल आएका सीमित बाहुन–क्षेत्री र दलित समुदायको आधारमा अरु प्राचीन बाहुन–क्षेत्रीको इतिहासलाई पुरै नकार्न खोज्नु कतिको जायज होला ? नेपालमा वाहुनहरुले वर्णव्यवस्था फैलाएर धार्मिक ग्रन्थद्वारा जनजातिहरुलाई पछाडि पारी ठग्दै आए भन्ने पनि आरोप लगाईदैछ । वर्णव्यवस्था दक्षिण एसियाको बहुजातिय विशिष्ट स्थितिमा उब्जेको विचित्र प्रथा हो । त्यो नेपालको मात्र कुरा होइन । संसारका अरु भागमा वर्ण व्यवस्था न उब्जि दक्षिण एसियामै उब्जनुका अनेकौँ कारण छन् । त्यसलाई अहिले बाहुनवाद भनी सामन्ती प्रतिकृयावादलाई मात्र फाइदा पुग्छ । धार्मिक तन्त्रमन्त्रका परम्परा या पुस्तक सबै जातजातिका हुन । ती सबैका पुरोहित, झाँक्री, ओझा, लामा, आदिले आ– आफ्नै जातिमा धार्मिक क्रियाकलाप गरी आर्थिक लाभ गरिरहेकै छन् । अन्धविश्वास भजाएर बोका कुखुरा पनि खाइरहेकै छन् । किराँत– मंगोल मूलका मान्छे र स्वयम् दलित समुदाय भित्रैकाले पनि जातपात छुवाछूतको भेदभाव गर्दै नै आएका छन् । ती सबैले महिलालाई बोक्सी भन्ने आरोपलगाई धामी झाँक्री बसाएकै छन् । वर्णव्यवस्थाका आंशिक रुपमा किराँत मंगोल र दलित समुदायमा पनि छन् । गुरुङको चार जाते र सोह्रो जाते बिभाजन पनि एउटा बान्की हो । थकालीमा पनि त्यस्तो जातिय भेदभाव छ । दयाललाई कामी र सार्किले तल्लो जात भन्ने गरेकै छ दलित समुदायमा पनि छुवाछुतको शृंखला छ । वर्ण व्यवस्थालाई ‘बाहुनवाद’ भन्ने हो भने यादव कुलका क्षेत्री कृष्णले ‘चातुर्वय’ मया सृष्टम गुण कर्म विभागस गुण र कामको विभागको आधारमा चार वर्णको सृष्टि गरे भनी गितामा गर्जेको कुरालाई के भन्ने ? नेवारहरुले पनि बाहुनवाद भन्दै झटारो हान्ने हो भने आपूmभित्रकै चार वर्ण चौसठ्ठी जातलाई के भन्ने ? त्यसको पुनव्र्यवस्थ गर्ने नेवार राजा जयस्थिति मल्ललाई के भन्ने ? क्षेत्रीहरुले छुट्टै जातिय संगठन बनाई बाहुनतिर बन्दुक सोझ्याउने हो भने आफ्नै राज खलकका वर्ण व्यवस्थाका प्रख्यात व्यवस्थापक रामशाहलाई के भन्ने ? नेपाली जनाताको विगत इतिहास मूल्यांकन र भविष्यबारे चिन्तन गरेर अगाडि वढनु आवश्यक छ । अहिलेको परिवेशअनुसार मानव स्वभाव मानव चिन्तनको विकास फरक ढंगले भएको छ जसरी देशमा एकपछि अर्को अवस्थाबाट संघियतामा देश पुग्यो । त्यस्तै मानव जातिको पनि सबै क्षेत्रमा विकास भएको देख्न सकिन्छ । राजनीतिक रुपमा अरु राष्ट्रभन्दा पछाडि रहेको नेपाल हाललाई भने प्रत्येक व्यक्ति राजनीतिबाट अलग छ भन्न सकिँदैन एकपछि अर्को युग व्यवस्था परिवर्तित भए नेपाली जनता पनि त्यसरी नै परिवर्तित भएको देख्न सकिन्छ । ।
(लेखक ः नेकपा पाँचथरका सेक्रेटरी हुन्)