चुनावी गठबन्धन दलहरुको रहर कि बाध्यता ?
नेपालका नेताहरूले जनतालार्ई हेर्ने दृष्टिकोणमा समस्या अएको देखिन्छ, त्यो भनेको दृष्टिकोणमा समस्या आउनु भनेको दर्शन र ब्यवहार राजनैतिक आउनु नै हुन्छ । दृष्टिकोण र ब्यवहार समस्य आएपछि उसले देश र जनता पक्षमा होइन कि आफ्नो दृष्टिकोणअनुसारको कुनै विदेशी दलालहरुको डिजाइन र आदेशमा चल्दारहेछन् भन्ने कुरा मंसिर ४ गतेको संघ र प्रदेशको चुनावी गठबन्धनमा देखिएको विजातिय चुनावी गठबन्धन यसको ज्वलन्त उदाहरण हो ।
आजभोलि नेपालमा चुनावले सम्पूर्ण नेपालीलार्ई तताएको छ । चुनाव भन्ने बित्तिकै पार्टी र पार्टीका नेताहरुको बारेमा सम्पूर्ण नेपाली जनताहरुले बहस गर्ने एउटा साझा चौतारी बन्ने गर्छ किनभने घर, टोल, गाउँ हुँदै केन्द्रसम्म बहसको बाताबरण बनाएको छ । त्यो बहस फलानो पार्टी फलानो नेताहरुको बारेमा सकारात्मक नकारात्मक बहसहरु चिया गफदेखि सेमिनारसम्म, गाउँ, टोलदेखि केन्द्रसम्म सम्पूर्ण नेपाली जनता र राजनीतिक दलहरुमा चुनावसम्बन्धी साना या ठूला बहस भएकै हुन्छ र होलान । यसलार्ई केमा र कसरी निष्कर्ष निकाल्ने होला यो नै अहिलेको मुख्य विषय भएर आएको छ । त्यो भनेको अहिलेको चुनावमा कसको र कस्तो मान्छेलार्ई जिताउने होला भन्ने कुरा आज नेपालमा र नेपाली जनत्ताको मनमनमा खेल्दै आएको प्रश्न भएको कारणले गर्दा चुनावी गठबन्धन रहर कि बाध्यता भन्ने खोजिएको छ । यो कुरा आज नेपाली राजनीतिकमा धेरै महत्वको विषय बनेर आएको छ र नेपाली जनतामा चासो र जिज्ञासा चलिराखेको छ ।
१) दलहरुको चुनावी दृष्टिकोण
चुनावी दृष्टिकोणमा नेपालका राजनीतिक दल र दलभित्रका नेताहरूका आ–आफ्नै खालका दृष्टिकोणहरु देखिन्छ । त्यो भनेको चुनाव जसरी पनि जित्ने लक्ष्य मात्र होइन कि चुनाव जितेपछि कसरी जाने भन्ने विचार र दृष्टिकोणहरु नभएका नेपालका राजनीतिक दल र दलका नेताहरुमा देखिन्छ । नेपाली जनतालार्ई यो कुरा बुझ्न गाह्रो भएको देखिन्छ किनभने देश बनाउने दल को हो ? नेपाल बेच्ने नेता को हो भन्ने कुरा आज नेपाल बहस भएकै छ । चुनाव नजिक आउँदा धेरै दलहरुको दृष्टिकोणहरु आजभोलि गाउँ, घर, आगनमा नेपाली जनतालार्ई हामी यो बनाउँछौ, यो गर्छौ भन्दै आ– आफ्ना चुनावी नारामार्फत् गाउँ – गाउँमा भन्दै आएका छन् ।
खासमा भन्नु पर्दा नेपालका दलहरूको दृष्टिकोण खराब देखिन्छ, त्यो भनेको चुनाव जिते भने देश बनाउनेभन्दा देश बेच्ने, देशमा रोजगारीको ग्यरेन्टी गर्नुभन्दा नेपालका सम्पूर्ण युवा शक्तिलार्ई विदेशीको गुलाम बनाउने दृष्टिकोण भएका नेताहरु छन् । तिनै नेता गर्व गर्दै गाउँमा चुनावी अभियान लिएर आएका होलान, धेरै पैसा लिएर गाउँ गाउँमा आफ्नो दृष्टिकोण राख्दै छन् । भ्रमको खेती गर्दै आफ्नो पक्षमा मत माग्दै सबैभन्दा धेरै सक्रिय भएको देखिन्छन् ।
जनताबाट विजय भएर वैधानिक रुपले देश बेच्ने दृष्टिकोण भएका दल र दलका नेताहरूलार्ई कुनै पनि हालतमा जिताउनु हुँदैन । बरु, तिनीहरुलार्ई भन्नू पर्छ कि देश बेच्ने दलाल भ्रस्टाचारी नेता र दलहरुलार्ई हाम्रो गाउँमा आउने अधिकार छैन । नेपाली जनताले ख्याल गर्नै पर्छ कि संघ र प्रदेश चुनाव होइन कि यसको विकल्पमा वैज्ञानिक समाजवादी संघियताको बारेमा बहस गर्नु आजको आवश्यकता हो । यसको बारेमा राष्ट्रवादी, देशभक्त, क्रान्तिकारी सबैले ख्याल पु¥याउनु आवश्यक भएको छ ।
२) चुनावमा दलहरुका चुनौती
हामी सबै नेपाली नागरिकहरुलार्ई चुनावमा चुनौतीहरु त छन् । संघ र प्रदेश चुनावमा आफ्नै भाइ, भतिजो, दाइ, मामा आदि दलबाट संघ र प्रदेशमा चुनावी प्रतिस्पर्धामा आएका हुन्छन् । मत दिउ उसको पार्टी राष्ट्र«घाती छ, नदिउ उ आफ्नो नेतादार मान्छे हुन्छ । के गर्नु के गर्नु भन्ने आमनेपाली नागरिकलार्ई संघ र प्रदेश चुनावमा चुनौती भएर आएका हुन्छन्् । यसलार्ई सही तरिकाले नसोच्ने हो भने देशमा ठूल –ठूला कठिनाइहरुको बादलहरु हाम्रो आकाशमा बढी रहेकै छन्, त्यो कठिनाइ र चुनौतीको सामना गर्नु पर्ने अर्को चुनौती सिङ्गो राष्ट्रलार्ई परेकै छ ।
यी सबै खालका चुनावी चुनौतीहरुलार्ई कसरी समाधान गर्ने होला भन्नेकुरा आज नेपालमा हुन लागेको संघ र प्रदेश चुनावमा नेपाली जनताको अगाडि एक प्ररकारको चुनौतीको रुपमा आएको छ । हाम्रोभन्दा राम्रो मान्छेलार्ई नै यो चुनावमा विजय बनाउने योजना अहिलेको आवश्यकता हो । अहिले नेपालका ठूला दल र नेता भन्नेहरूले नै देशमा ठूल–ठूला राष्ट्र«घात गर्दै आएका छन् । संघ र प्रदेश चुनावबाट राष्ट्रघातीहरुलार्ई सचेत गराउने अधिकार नेपाली जनतालार्ई भएको कारणले गर्दा भ्रष्टाचारी दल र नेतालार्ई मत होइन कि देश बचाउन चुनाव खारेजी गर्ने आँट गर्नु पर्दछ । नेपाल र नेपाली जनताको हितअनुसारको कार्य नगर्ने राष्ट्रघातीहरुलार्ई हाम्रो गाउँमा आउन पाउदैनौ भन्ने अधिकार जनतामा निहित छ ।
३) चुनावमा नेपाली जनताको सहभागिता
नेपाली जनतालार्ई चुनावमा कसरी सहभागी हुने भन्ने गहकिलो विषय हो । त्यो भनेको चुनावमा कसलार्ई मत दिने होला भन्ने नै हो । उसलार्ई दिउँ कि यसलार्ई भन्ने कुरा आज नेपालमा १६ वर्षदेखि ७०–८० वर्षसम्मका सम्पूर्ण नेपाली नागरिकहरुमा सामुहिक या एकल हिसाबले चुनावको बारेमा हिसाब गर्दै हुनुहुन्छ होला ? कसैको सोच फलानो पार्टीलार्ई, कसैको सोच फलानो पार्टीभन्दा पनि ब्यक्तिलार्ई मतदान हाल्नै पर्ला भन्दै त्यो पार्टी त ठिक हो तर ब्यक्तिचाहिँ ठिक छैन बरु जे पर्ला पर्ला पार्टीभन्दा व्यक्तिलार्ई दिदा राम्रो हुन्छ भन्दै यो समयमा भाग लिनै पर्ला र सहभागी हुनै पर्ला भन्ने सोच आएकै होलान । यही बहसअन्तर्गत दलहरुको चुनावी गठबन्धन रहर हो या बाध्यता हो भन्दै बहस पनि चलेकै छन् । यस्ता कुरा चुनावसम्म मात्र हुन्छ कि अलिक पछिसम्म रहन्छ भन्ने कुराको बहस पनि चल्दै आएको देखिन्छ ।
यी सम्पूर्ण बहसलार्ई नजिकबाट हेर्दै जाने हो भने आउदो संघ र प्रदेशको चुनावमा सहभागिता कस्तो र कस्को पक्षमा जनमत आउला भन्ने कुरा अहिले नै भन्न सकिँदैन । तर, यतिचाहिँ भन्न सकिन्छ कि नेपालका संसदवादी राजनीतिक दलहरुको चुनावी गठबन्धन रहर होइन ब्यध्यता हो किनभने २०७४ सालमा नेपाली जनतालार्ई जुन आश्वासन देखाएका थिए, त्योबाट धेरै टाढा गएका कारणले आफ्नो पक्षमा जनमत नआउने भएको कारणले गर्दा नै नेपालका राजनीतिक दलहरुको चुनावी गठबन्धन गर्न खोजेको हो भन्ने कुरामा कुनै शंका छैन । यस विषयमा नेपाली जनताको घर आँगनमा बहस भएकै छन् । चुनावमा कसलार्ई जिताउने, कसको दल या गठबन्धनमा सहभागी हुने के गर्दा राम्रो नेता आउछ आदि– आदि कुराहरू चलेकै छन् ।
नेपाली जनताको सहभागितको बारेमा धेरै दलका नेताहरू कामभन्दा कुरा धेरै गर्दै फेरि नेपाली जनताबाट विजय भएर जनतालार्ई ठक्ने योजना बनाउदै छन् । विदेशी दलालहरुलार्ई सहयोग गर्ने भित्र – भित्र केही न केही रुपमा खुशी बनाउने खेल पनि चल्दै छ । यस्तो समयमा नेपाली जनताको चुनावमा सहभागित हुने कुराले धेरै महत्व छैन तर अर्को विकल्प पनि छैन ? के गर्ने होला भने पनि बहस छन् ।
मङ्सिर ४ मा हुने संघ प्रदेशको चुनावमा नेपाली जनताको सहभागित धेरै महत्वपूर्ण हुन्छ किनभने नेपालका राष्ट्रवादी, देशभक्त एमसीसी, एसपीपी पास गर्ने साम्राज्यवादीका दलालहरुलार्ई जिताउने होइन बरु यस्ता दलालहरुलार्ई गाउँबाट लखेट्दै चुनाव खारेज गर्नु नै राम्रो हुन्छ । यो आजको आवश्यकता हो नेपाली नागरिकहरुले बुझ्न आवश्यक छ ।
अहिले हाम्रो देशको राजनीतिक बहस राज्यसत्ताको पार्टी ओझेलमा परेको देखिन्छ । धेरै जसो नेपालका नागरिकहरु अधिकारको कुरा मात्र गर्दछन्, राज्यको कुरा गर्दैनन । कस्तो राज्यले कस्तो अधिकार दिन्छ, कस्तो राज्यसँग कस्तो अधिकारको अपेक्षा गर्न सकिन्छ भन्ने कुरा हामीले नटुङग्यई अधिकारको कुरा मात्र गर्नु उल्टो हुन्छ । त्यसैले यो चुनावमा कस्तो दलभन्दा पहिला राज्य सत्ताको बारेमा छलफल गर्नु राम्रो हुन्छ । दल रोज्ने चुनावभन्दा पनि राज्य सत्ता रोज्ने चुनावको बारेमा बहस चलाउनु पर्छ र अहिले रास्ट्रिय राजनीतिमा आएको संकटको निकास दिनेतर्फ उन्मुख हुनु पर्छ किनकि दलभन्दा माथि राज्यसत्ता हुन्छ, त्यो सत्ता जनतालार्ई नयाँ दिने खालको हुनुपर्छ । नेपाली जनतालार्ई आफ्नो अधिकारको सुनिश्चित हुने जनताको सत्ता चाहिन्छ र त्यस्तै चुनावमा सहभागी हुने वातावरण बनाउनेतिर लाग्नु पर्छ अहिलेको आवश्यकता यही हो ।
४) नेपालका नेताहरुले जनतालार्ई हेर्ने दृष्टिकोण
नेपालमा धेरै राजनीतिक दलहरु छन् र ती दलहरुसँग नेपाली जनताको कुनै न कुनै तरिकाबाट नेपाली जनता जोडिएकै हुन्छन्् । तर, नेपालका रानीतिक दलहरुले नेपाली जनतालार्ई हेर्ने दृष्टिकोण फरक खालको देखिन्छ । न्यायको लागि हामीहरुलार्ई जिताउनु होस भन्ने तर जितिसके पछि आफ्नै दुनो सोझ्याउने राजनीतिक दलहरुका दृष्टिकोणको देखिन्छ । नेपालको राजनीतिक दलहरुले गठबन्धन बनाएर पार्टीभन्दा व्यक्ति ठूलो बनाएका छन् । जसका कारण नेपाली जनतालार्ई कुन दल कस्तो भनेर बुझ्न गाह्रो भएको देखिन्छ । यसको एउटै कारण हो, नेपालका राजनीतिक दलहरुले नेपाली जनताको कामभन्दा विदेशीको काम धेरै गरे । त्यसकारण नेपाली जनताबाट हार्ने डरले राजनीतिक दलहरुको गठबन्धन रहर नभएर बाध्यता भएको देखिन्छ ।
राजनीतिक दलहरुको गठबन्धनले जनताको मनोबललार्ई बिकेन्द्रित गर्ने, मिलेको समाजलार्ई विघटन गर्ने र आफ्नो स्वर्थ पूरा गर्ने कार्य गरेको छ । उनीहरुको यस्तो दृष्टिकोण नेपाली जनताभन्दा साम्राज्यवादीलार्ई खुशी पार्ने देखिन्छ । अर्को कुरा, संघ र प्रदेशको चुनाव भनेको राष्ट्रिय राजनीतिकको जग हो तर नेपालका राजनीतिक दलहरुले यसलार्ई नातावाद, कृपावाद, पुँजीवादमा लगेर टुङ्ग्याउन लागेको देखिन्छ । गठबन्धनको यस्तो विचारहीन, अराजनीतिक गठबन्धन गरेर नेपाली समाजलार्ई बिकेन्द्रित र विघटन गरेर पुँजीवादलार्ई जोगाउने दृष्टिकोणबाहेक अरु केही होइन । संघ र प्रदेशको चुनावमा नमिल्ने दलहरुको पार्टी र पार्टीभित्र पनि विभिन्न खालको गठबन्धन गरेर आएको कारणले गर्दा दलहरुको दृष्टिकोण नै खराब भएको पुष्टि हुन्छ र यही कारण नेपालमा राजनीतिक संकट आएको देखिन्छ । यी सबै विषयको सही निकास भनेको एकीकृत जनक्रान्तिमार्फत् प्राप्त हुने वैज्ञानिक समाजवादी संघियता नै हो । जुन कुरा ब्यवहारत सम्पूर्ण राष्ट्रवादी, देशभक्त नागरिकहरुले देख्ने गरी पुष्टि भएको छ ।