‘नो नट अगेन’, पश्चगमन र क्रान्ति
राष्ट्र«पतिय प्रणाली भएका कतिपय पुँजीवादी मुलुकहरुमा एउटा व्यक्ति कति पटक राष्ट्र«पति बन्न पाउने भन्ने कुरा निश्चित गरे तापनि विभिन्न जालसाझी गरेर पुनः एउटै पात्रलार्ई पटक पटक राष्ट्र«पति बनाएका उदाहरणहरु थुप्रै देखिन्छन् । जस्तो कि रुसमा एउतै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्र«पति बन्न नपाउने संबैधानिक व्यवस्था गरियो । तर, संबिधानमा ‘दुई पटकभन्दा बढी’ भन्ने शब्दको अघि ‘लगातार’ भन्ने शब्द राखेर कसैले चाहेमा दुई अबधि पुरा गरेपछिको एक अबधि छोडेर पुनः राष्ट्र«पति बन्न पाउने छुट राखियो । भ्लादिमिर पुटिनको पुनरागमन यसैको परिणाम हो । तर, संसदीय व्यवस्था र प्रधानमन्त्रीय प्रणाली भएका पुँजीवादी मुलुकहरुमा राज्य वा राजनैतिक पार्टी कुनैले पनि कुनै निश्चित व्यक्ति कति पटक संसदमा चुनिएर जाने ? कति पटक मन्त्री, प्रधानमन्त्री बन्न पाउने ? भन्ने कुराको ठोस गरेका हुँदैनन् । जो जति पटक पनि सांसद, मन्त्री, प्रधानमन्त्री बन्न सक्ने÷पाउने छुटको बैधानिक व्यवस्था गरिएको हुन्छ । राज्यले संबैधानिक ढंगले वा पार्टीहरुले बिधानत कुनै व्यक्ति सांसद, मन्त्री, प्रधानमन्त्री बन्न पाउने निश्चित अवधि ठोस गरिएको हुन्थ्यो भने सायद संसदीय व्यवस्था र संसदीय पार्टीहरुको कुरुपता छोप्ने एउटा सानो अस्थाई त्यान्द्रो बन्थ्यो होला त्यो । तर, त्यति सद्बुद्धि पनि संसदीय व्यवस्था र संसदीय राजनैतिक पार्टीहरुमा देखिदैन ।
चुनावी सरगर्मी बढेसँगै राजनैतिक वृतमा एउटा नारा देखिएको छ ‘नो नट अगेन’ । यसको चुनावी सार हुन्छ’ होइन, फेरि हुँदैन’ अर्थात पुरानालार्ई फेरि दिनुहुँदैन । सधैको चुनावमा जस्तो बहिस्कार र उपयोगका दुईवटा नाराको बीच पहिलो पटक चर्चामा आएको यो नयाँ तेस्रो नारा आफैँमा अर्थपूर्ण छ । जरुर यसको असफल परिणामले प्रभाव शून्य स्थिति हुने भए तापनि यसका सफल परिणामले देश र जनतालार्ई केही न केही प्रभाव पार्न सक्दछ । राजनैतिक पार्टीहरुले राज्यको सन्दर्भमा र राजनैतिक पार्टीहरुको नेता–कार्यकर्ताहरुले आ–आफ्नो पार्टीहरुको सन्दर्भमा योकुरा उठाएका हुन्थे भने अवस्य संसदीय व्यवस्थाको सिमित प्रगतिशील रुपान्तरणको निम्ति सायद यो सकारात्मक कुरा हुने थियो । तर कुनै पनि राजनैतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोणसँग लगाव नभएका, राजनीतिमा कुनै योगदान, अनुभव र ज्ञान नभएका, राजनीतिमा कहिल्यै नदेखिएका नभेटिएका राजनैतिक संगठनमा आवद्ध नभएका व्यक्तिहरु नै प्रायः यो नाराका पछाडि देखिन्छन् । त्यसकारण सजिलैसँग बुझ्न सकिन्छ राजनैतिक पार्टीहरु र राजनैतिक पात्रहरुलार्ई निषेध गरेर गैरराजनैतिक पात्रहरुले नेपालको राजनीति माथि पकड जमाउन प्रयास गर्नु नै ‘नो नट अगेन’ को उद्देश्य हो । तसर्थ निश्चितरुपमा यो नाराले अराजकता र अस्थिरताको निम्ति आधार निर्माण गर्दछ ।
कोभिड– १९ ले देश आक्रान्त बनेको वेला मुलुकमा राज्यको लापरवाही, लाचारी, भ्रस्टाचारीले सिमा नाघिरहेको अवस्थामा एउटा नारा चर्चामा थियो ‘ईन अफ टु ईन अफ’ । त्यतिवेला राज्यका ती कुकृत्यका विरुद्ध देशका जिम्मेवार राजनैतिक पार्टीहरुले आन्दोलनका निम्ति सडकमा मान्छे उतार्ने र आन्दोलनकारीका टाउको फुट्ने, हात खुट्टा भाँचिने तथा आन्दोलनकारीहरु हिरासत कोचिने कार्य दैनिक भए । तथापि राजधानीका सडकमा कहिल्यै पनि ५ – ७ दर्जनभन्दा बढी मान्छे देखिएनन् । तर ‘ईन अफ टु ईन अफ’ नारासहितको आह्वानमा भएको विरोध प्रदर्शनमा सयौ होइन हजारौ मान्छे काठमाडौँँको सडकमा देखिए ।
आज ‘नो नट अगेन’ भन्ने र हिजो ‘ईन अफ टु ईन अफ’ भन्नेहरु उही व्यक्तिहरु र उही जोडकोणका व्यक्तिहरु हुन् । बालेनलार्ई काठमाडौँँमा जिताउने पनि यिनै हुन् । यिनले हिजो ‘ईन अफ टु ईन अफ’ नारा दिएर सडकमा मानव परिचालन गर्न सफल भएको तथा महानगरको चुनावमा विजयी बन्न सफल भएको तथ्यलार्ई हेर्दा यो चुनावमा दीएको ‘नो नट अगेन’ नारामा पनि सफलता हात पार्न सक्दैनन् भन्न सकिन्न । तर, गलत राजनैतिक प्रणालीले पुराना शक्ति, व्यक्तिसँग दिक्क भएका जनतालार्ई कुनै लोकप्रिय नारामा उद्वेलित गर्नु जति सजिलो हुन्छ राज्य सत्ता चलाउन त्यति सजिलो हुँदैन ।
‘नो नट अगेन’ को उद्देश्य हो सबै राजनैतिक शक्ति र व्यक्तिहरुलार्ई निषेध गर्ने र गैरराजनैतिक शक्ति तथा व्यक्तिलार्ई राज्यसत्तामा पु¥याउने । सहजै अनुमान गर्न सकिन्छ ‘नो नट अगेन’ का सम्बाहकहरुले भने झैँ देशको राज्यसत्ताको बागडोर सवै अराजनैतिक र अपरिपक्व व्यक्तिहरुको हातमा पुग्यो भने अवस्था के होला ? भनिन्छ, राज्यसत्ताको मियो राजनीति हो । तसर्थ राजनीति भनेको राज्य चलाइने नीति हो । त्यसैले राज्यसत्ता संचालनको निम्ति राजनीति बुझेको हुनुपर्दछ । राजनीति बुझ्नको निम्ति किताव पढेर मात्र पुग्दैन ब्यबहारमा पर्नु पर्दछ अर्थात राजनैतिक कर्म गर्नुपर्दछ । अराजनैतिक क्षेत्रको व्यक्ति राजनीतिमा काँचो र अपरिपक्व हुनु अस्वभाविक होइन ।
राजनीतिमा काँचो र अपरिपक्व पात्रले राज्यसत्ता संचालन गर्न खोज्नु र बाँदरले घैटो बनाउन प्रयत्न गर्नु एउटै हो । बाँदरले घैटो बनाउन खोजेर कहिल्यै घैटो बन्दैन घैटो बन्नको निम्ति कुमाले नै चाहिन्छ । त्यस्तै राज्यसत्ता संचालनको निम्ति अराजनैतिक शक्ति र व्यक्तिले हुँदैन राजनैतिक शक्ति र व्यक्ति नै चाहिन्छ । निश्चय नै अराजनैतिक र अपरिपक्व शक्ति तथा व्यक्तिको हातमा राज्यसत्ता पुग्यो भने राज्यमा अराजकता, अन्यौलता र अस्थिरता पैदा हुन्छ । त्यो अराजकता, अन्यौलता र अस्थिरताले राज्यलार्ई पश्चगमनतिर डो¥याउने काम गर्न सक्छ । देश, जनता र जनाअन्दोलनले हिजो रछ्यानमा मिल्काएका शक्ति र व्यक्ति तथा तिनका शासन सत्तालार्ई पश्चगमनले पुनस्र्थापना गर्दछ । यदि त्यसो भयो भने देश र जनताको निम्ति त्यो ज्यादै नराम्रो र दुखद दुर्घटना हुन् सक्दछ । ‘नो नट अगेन’ को सफलता ले दिन सक्ने नकारात्मक परिणाम हो यो ।
दाससँग मालिक हुन्छ, मालिकसँग दास । किशानसँग सामन्त हुन्छ, सामन्तसँग किशान । पुँजीपतिसँग मजदुर हुन्छ, मजदुरसँग पुँजीपति । असत्यमा सत्य लुकेको हुन्छ त्यस्तै सत्यमा असत्य छिपेको हुन्छ । उज्यालोमा अँध्यारो पनि हुन्छ, अँध्यारोमा उज्यालो पनि । कालोमा सेतोको अंश हुन्छ, सेतोमा कालोको अंश । ठिक त्यसरी नै कुनै पनि गलत चिज भित्र सही चिज लुकेको हुन्छ । अवस्य ‘नो नट अगेन’ को नारा भित्र अराजकता, अन्यौलता र अस्थिरता छिपेको छ । त्यही अराजकता, अन्यौलता र अस्थिरता भित्र नै कहिलेकाहीँ क्रान्ति लुकेको हुन्छ ।
समाजमा सवैले सुखानुभूति गरिरहेको अवस्थामा दुनियाँमा कहीँ पनि क्रान्ति भएको छैन । देश, समाज अस्तव्यस्त भएको स्थिति, जनताले के खाउँ के लाउँको अवस्था, देश विदेशी साम्राज्यवाद र विस्तारवादको क्रीडास्थल बनिरहेको अवस्था, जनता स्वदेशी तथा विदेशी सामन्त, दलाल र नोकरशाह पुँजीपतिहरुको चर्को शोषण, दमन, उत्पीडन र अन्याय, अत्याचारमा पिल्सिएको अवस्था क्रान्तिका निम्ति सुगम अवस्था हुन् । यो अवस्थामा क्रान्तिकारीहरुको बुद्धिमतापूर्ण पहलकद्मीले नयाँ क्रान्ति सम्पन्न हुन सक्दछ । तसर्थ ‘नो नट अगेन’ को कारण सिर्जित अराजकता, अस्थिरता र अन्यौलताको अँध्यारो पक्ष भित्र क्रान्तिको उज्यालो पक्ष पनि लुकेको कुरालार्ई कसैले बिर्सनु हुँदैन । यदि ‘नो नट अगेन’ सफल भयो भने अवश्य त्यसको सफलताले देश र जनतालार्ई दिनसक्ने सकारात्मक पक्ष भनेको यही हो । तर, ‘नो नट अगेन’ को सफलता देश र जनताको निम्ति पक्कै पनि एउटा खतरनाक परिस्थिति हुनसक्छ । किनकि ‘नो नट अगेन’को कारण सिर्जित अराजकता, अन्यौलता र अस्थिरताको अवस्थामा पश्चगमन र अग्रगमनबीच खतरनाक र जोखिमपूर्ण भिडन्त हुनेछ । पश्चगमनले जितेर अग्रगमन हा¥यो भने जनताको विभिन्न बलिदानीपूर्ण संघर्षबाट प्राप्त सीमित हक, अधिकारहरु पनि सबै खोसिने छन् । मुलुक मध्ययुगिन अँध्यारोतिर जानेछ । त्यस्तै त्यो भिडन्तमा अग्रगमनले जित्यो भने पश्चगमन सधैँको निम्ति समाप्त हुनेछ, नेपालमा नयाँ क्रान्ति सम्पन्न हुनेछ । नयाँ राज्यसत्ता स्थापना हुनेछ । सर्वहारा, सुकुम्वासी, मजदुर र किसान त्यो नयाँ राज्यसत्ताको शासक बन्नेछन् ।