सम्झाना : क. माओ–त्सेतुङको
कमरेड माओ–त्सेतुङ विश्व कम्युनिष्ट आन्दोलनका एक जना चिन्तकहरु(Think tank), दार्शनिक र अर्थशास्त्री र राजनीतिक गुरु हुनुहुन्थ्यो । वहाँको नयाँ योगदान माओवाद हो । त्यसैले आजको माक्र्सवाद माक्र्सवाद–लेलिनवाद–माओवाद बन्न पुग्यो । वहाँ जनयुद्धको युद्ध सिद्धान्तका प्रतिपादक हुनुहुन्छ । वहाँले विश्व सर्वहारा वर्गलाई एउटा अजेय हतियार थम्याएर जानु भएको छ । वहाँ समाज विज्ञानका एक अन्वेषक, अनुसन्धानकर्ता र सफल वैज्ञानिक र प्रयोगकर्ता पनि हुनुहुन्छ । वहाँले माक्र्सवादका तीन संघटक अंगमा पु-याउनु भएको योग्दान विश्व क्रान्तिका लागि एक अमूल्य पुँजी हो । त्यसैले नै विश्वभरिका कम्युनिष्टहरु वहाँलाई संझने गर्दछन् र वहाँबाट अभिप्रेरित हुँदै विश्व बदल्ने महान कार्यमा जुट्दै आएकाछन् । क्रान्तिको सफलताका लागि माओका शिक्षा अनिवार्य छ । आज माओको जन्म भएको १२९ बर्ष पूरा भएर १३०औं बर्षमा प्रवेश गरेको छ । यस सन्दर्भमा मैले कमरेड माओप्रति यो सानो आलेख समर्पण गर्न चाहान्छु ।
कमरेड माओको संक्षिप्त परिचय ः
कमरेड माओलाई प्रायः सवैले कमरेड माओ भनेर पुकार्ने र चिन्ने गर्दछौं । माओ नै वहाँको संक्षिप्त परिचय हो । वहाँको नाम त्सेतुङ थियो । माओ वहाँको पारिवारिक नाम थियो । वहाँको पूरा नाम माओत्सेतुङ हो । यसैलाई कसैले माओत्सेतुङ, कसैले माओचतुङ, कसैले माओजेदोङ र धेरैले संक्षिप्तमा माओ भन्ने गर्दछन् । चीनको सीमा क्षेत्रका जिल्लाहरुमा पुराना समकालिन मान्छेहरु सवैले माओतुसे भनेको सुनें । माओतुसे भनेको के हो भनेर सोद्धा अध्यक्ष माओ भनेको हो भन्ने जवाफ पाएँ । जे होस यी सवैको सार कम्युनिष्ट आन्दोलनमा कमरेड माओबाट चिनिने गरेको छ ।
क. माओको जन्म १९९३ दिसेम्बर २६ मा चीनको हुनान प्रान्तको शाओशान गाउँमा एक मध्यम परिवारमा आमा माओ विमाइ र बुवा माओ सननेगको पहिलो सन्तानको रुपमा भएको थियो । वहाँका दुई भाईहरु माओ जेमिन र माओ जेतान तथा एक धर्म बहिनी माओ जेजियान पनि थिइन् । यो परिवारमा बुवा अलि कमाउने र धनी हुने चिन्तनका भएकोले बुवासंग वहाँको सानैदेखि विचार मिल्दैनथ्यो । बुवासंगको अन्तरविरोधका कारण वहाँले ११ बर्षको कलिलै उमेरमा घर परिवार छोडेर हिड्नु भयो । सानै तर यो घटना निकै मार्मिक र भावनात्मक अनुभूति हुने घटना थियो । नेपालमा एउटा उखान छ — “हुने विरुवाको चिल्लो पात” । वहाँ यस्तै हुनुहुन्थ्यो । वहाँ सानो हुँदै गरिवहरुप्रति माया गर्ने दयालु स्वभावका हुनुहुन्थ्यो । संयोग कस्तो भएको रहेछ भने वहाँको जन्मेको घर अर्को छिमेकीको घरसंग छाना जोडिएको छ । संयोगले चीन भ्रमणको बेला म पनि माओको त्यो छिमेकीसंग जोडिएको घरमा पुगेको छु । चीन सरकारले जस्तातस्तै राखेर एक टुरिष्ट सेन्टर बनाएको रहेछ । आफ्नो घरसंग जोडिएको त्यो छिमेकी परिवार गरिव परिवार रहेछ । आफ्नो परिवार छिमेकीकोभन्दा अलि हुनेखाने परिवार रहेछ, त्यो घर हेर्दा पनि त्यो थाहा हुन्छ । बुवा चिनियाँ सेनामा भर्ति हुनुपूर्व माओ परिवार पनि सामान्य परिवार नै रहेछ तर बुवाले केही समय सरकारी सेनामा जागिर खाएर केही धन आर्जन गरेछन् र परिवारको आर्थिक सुधार गर्ने अवसर पाएछन् । त्यहि कमाइमा थप श्रम गरेर परिवारलाई मध्यम किसान परिवारमा उकालेछन् । त्यसैले बुवाको चिन्तन गरिव गुरुवालाई त्यति माया गर्ने खालको थिएन । यहि कुरामा बाउ छोराको कुरा मिलेन ।
मैले सवभन्दा पहिले कमरेड माओको जीवनी हिन्दीमा पढ्ने मौका पाएँ । त्यसले निकै प्रभाव पा¥यो र प्रारंभिक हिन्दी सिक्न पनि प्रेरित ग¥यो । त्यो नै मेरो वहाँप्रतिको एउटा अगाढ श्रद्वा बन्न पुग्यो । माओको आफ्नै भनाईमा ‘माओ परिवार’मा बुवा, आमा, आफु गरी तीन ओटा वर्ग थियो । बुवा सामन्ती सोचको, आमा दयालु र धार्मिक स्वाभकी र आपूm क्रान्तिकारी विचारको । हरेक चीजलाई हेर्ने, बुझ्ने र सोच्ने कुरामा बुवासंग मिल्दैनथ्यो । दुबै जनाका बीच झगडा परिरहन्थ्यो । बुवासंग बहस र कहिले काहिँ भगडा हुँदा आमाले माओलाई साथ दिनु हुन्थ्यो । आमा, छोराको मोर्चा हुन्थ्यो, बुवा एक्लो पर्नु हुन्थ्यो । परिवारमा आमाछोरा बहुमतमा हुन्थे, बुवा अल्पमतमा पर्नु हुन्थ्यो । माओको भनाई छ एक पटक ९ बर्ष हुने बेला र दोस्रो ११ बर्ष हुने बेला बुवासंग नराम्रोसंग झगडा भयो । “एक पटकको घटना यस्तो भएछ, छिमेकीसंगको घरसंगै भएकोले आँगन पनि एउटै थियो । आँगनमा विस्कुन संगसंगै वरपर सुकाउने गर्थे । एक दिन अकस्मात पानी प¥यो । आमाले विस्कुन उठाउन पठाए माओलाई तर माओले आफ्नो उठाउनुको सट्टा छिमेकीको विस्कुन उठाउन थाले । बुवा आएर पिटिहालेछन् । कारण आफ्नो नउठाएर अर्काको उठाएकोले रहेछ । माओले जवाफ फर्काए छन् – आफूहरुको त त्यो भिझे पनि अर्को छ खाने तर विचरा छिमेकीको त त्यो भिझ्यो भने खाने विस्कुन छैन, के खान्छ विचराल!े भनेछन् । यस्तै पटक पटक झगडा हुने गर्दथ्यो, वहाँको भनाई छ । छोरोलाई तह लाउन माओ ११ बर्ष हुँदा आफूभन्दा १४ बर्ष जेठी केटी विहे गरिदिएछन् बा ले । तर माओ सानै भएकोले उनीहरु बीच कुनै श्रीमान श्रीमतिको सम्बन्ध भएन । यसै बेला ११ बर्ष हुने बेलै यस्तै दोस्रो अलि ठूलो संघर्ष भयो र माओ बुवाबाट विद्रोह गरेर घरबाट निस्कनु भएछ । अगाडिका दिनहरुमा संझाई बुझाई गरी घर फर्काउँथे रे । यस पटक माओ घर नफर्कने गरी निस्के । त्यसपछि माओ कहिल्यै घर फर्केनन् । (वहाँको जीवनीबाट वहाँकै उदृढ भनाईहरुका सार)
यसरी कमरेड माओले सानै उमेरमा नै सहि र गलत छुटाउन सक्ने र गलतका विरुद्ध विद्रोह गर्ने स्वभाव बोकेको र आफ्नै परिवारमा पनि आफ्नै बुवाका अत्याचारका विरुद्ध विद्रोह गर्नु भएको छ । आमाप्रति भने अगाढ माया थियो तर बुवाका कारण वहाँले परिवार, आमा, श्रीमति सबै त्यागेर हिड्नुभयो ।
परिवार त्यागपछि माओ आफ्नै मेहनतले औपचारिक अनौपचारिक शिक्षा लिदै जानुभयो । औपचारिक शिक्षामा कलेज युनिभरसिटीको शिक्षासम्म लिनुभयो । औपचारिकभन्दा अनौपचारिक शिक्षाबाट बढी ज्ञान हासिल गर्नुभयो । विद्यार्थी आन्दोलनमा सरिक हुनु भयो । पछि एकजना कलेज पढाउने आफ्नै एक जना गुरुका छोरी याङकाइहुईसंग वहाँको प्रेम विवाह भयो, जो पछि सहिद पनि बनिन् । खोज्दै गएका च्याङकाइसेकका सेनाले माओलाई नभेटाएमपछि श्रीमतिलाई गोली हानी मारे ।
२०२१ सालमा चिनियाँ कम्युनिष्ट पार्टी गठन गर्ने बेला वहाँ पनि एक जना संस्थापक सदस्य हुनुुहुन्थ्यो । वहाँ १९२२ मा २९ बर्षको कलिलो उमेरमै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बन्नु भयो । वहाँले कम्युनिष्ट हुनु पूर्व कम्फ्युसियस दर्शनको पनि अध्ययन गर्नु भयो । वहाँले चिनियाँ सरकारी सेनामा पनि अढाई बर्ष जागिर गर्नु भयो । वहाँले कलेज र युनिभरसिटी पढ्ने बेला क्रान्तिकारी विद्यार्थी आन्दोलनको पनि नेतृत्व गर्नु भयो । पछि पार्टीभित्र पनि १० ओटा ठूला दुई लाइन संघर्षको नेतृत्व गर्नु भयो ।
माओका बिरोधीहरुको प्रचार र यथार्तता ः
कमरेड माओका ४ श्रीमतिहरु थिए यो यथार्त हो तर विरोधीहरु यसलाई बंग्याएर नकारात्मक रुपमा पेश गर्छन् जो सत्य होइन । कमरेड माओका घोषित ४ श्रीमतिहरु पहिलो माओ मिचिङ (१८७९–१९१०), दोस्रो याङ काइ हुई (१९०१–१९३०), तेस्रो हेजिजिन (१९१०–१९८४) र चौथो च्याङचिङ (१९१४–१९७६) थिए ।
पहिलो श्रीमति आपूmभन्दा १४ बर्षले जेठी बुवाले जवरजस्त ल्याइदिएको थियो । जोससंग वहाँकोे कुनै सम्बन्ध नै भएन । दोस्रो श्रीमति वहाँ आफैले मन पराएर प्रेम विवाह गर्नु भएको याङ काइ हुई थिइन् । उनी माओभन्दा ८ बर्षले कान्छी थिइन । उनीबाट माओ आनचिङ, माओ आनहङ, माओ आनलङ नाम गरेका तीन छोराहरु भए । तिनीमध्ये एक जना कोरिया युद्धमा सहिद भए । अन्य दुई जनाको या त चिनियाँ क्रान्तिको दौरानमा सहिद भए या मारिए कुनै अत्तोपत्तो छैन, भन्ने छ । तिनको आमा याङलाई १९३० को कठिन अवस्थामा च्याङका प्रतिक्रियावादी सेनाले गोली हानी मारे । यसरी दोस्रो श्रीमतिपट्टीका सपरिवार सवै क्रान्तिमा सहिद भए ।
तेस्रो श्रीमति हेजिजिन नामकी पार्टी कै एक युवती थिइन । यो विवाह पार्टीमा दुई लाइन संघर्षहरु चलिरहेको बेला विपक्ष लाइनका कमरेडहरुले योजनाबद्ध गरिदिएका थिए । शुरुमा माओले यो प्रस्ताव स्वीकार गर्नु भएन तर पार्टीभित्र सबैले प्रेसर दिएपछि वहाँले प्रस्ताव स्वीकार्नु भयो र पार्टीले नै यो दोस्रो विवाह गरिदियो तर उनी दक्षिणपन्थी विचारबाट प्रभावित भएकोले त्यति टर्म मिलेन । हेजिजिनले कतिपय अति गोप्य सूचनाहरु लिग गर्ने, शंकास्पद काम गर्ने, आन्तरिक मामिलाहरुमा चियोचर्चो गर्न थालेपछि र कतिपय त्यो बेलाको बस्तुगत अफ्ठयाराका कारणले पनि हुन सक्छ, माओले सिधा सम्पर्कबाट अलि टाडा राखेको भन्ने छ । पछि उनी लामो समय मास्को गएर बसिन् । क्रान्ति पछि माओले आफै बोलाए र माओलाई भेटिन पनि आइन् । माओले राम्रो सत्कार गरेर विगतका सवै घटनाहरु परिस्थितिका उपज भएको भन्दै संझाई बुझाई गरी खर्चपर्च दिएर पठाउनु भयो । उनीबाट पनि एक सन्तान छोरी भए । जो अहिले पनि छन् । उनीसंग हाम्रो महासचिव कमरेड विप्लवले चीन भ्रमणको बेला फोनबाट कुराकानी पनि गर्नुभएको थियो । हेजिजिन उमेरले माओभन्दा १७ बर्षले कान्छी थिइन् ।


चौथो श्रीमति च्याङ चिङ थिइन । च्याङ चिङ एक सुन्दर युवती, एक हिरोइन, सिने नायिका पनि थिइन् । उनी क्रान्तिकारी र जुझारु युवती थिइन । उनले साँस्कृतिक (कला) क्षेत्रमा काम गर्दै आएकी थिइन । उनले माओलाई भेटिन र मन पराइन् । माओभन्दा २१ बर्षले कान्छी च्याङ चिङले माओलाई विहे गर्ने प्रस्ताव पनि राखे । माओलाई पनि च्याङ चिङप्रति आकर्षण बढ्यो, प्रस्ताव स्वीकार गर्नु भयो । दुवै जनाको सहमतिले माओले पार्टीमा च्याङ चिङसित विहेको प्रस्ताव राख्नु भयो तर पार्टीले स्वीकार गरेन । सायद यसको भित्री कारण पार्टीभित्रको अन्तरसंघर्ष हुन सक्छ किन कि उनी जुझारु र क्रान्तिकारी थिइन् । पछि पार्टीले यो प्रस्तावलाई च्याङ चिङको एउटा उमेर हद देखाएर च्याङचिङले एउटा उमेर हद नकाट्दासम्म राजनीतिमा हात नहाल्ने (राजनीति नगर्ने) सर्तमा प्रस्ताव स्वीकार ग¥यो । यस बेला पार्टीमा विपक्षी दक्षिणपन्थीहरुको हालीमुहाली भएको कारणले वहाँले यो सर्तबद्ध प्रस्ताव मान्न माओ बाध्य हुनु परेको दखिन्छ । विहे भयो तर यो सर्तका कारण च्याङ चिङले लामो समय राजनीतिबाट कट्नु प¥यो । पछि यो कुरा बुझेपछि च्याङ चिङ आफै राजनीतिमा सक्रिय हुनुभयो । पछि पार्टीमा दक्षिणपन्थीहरुको हालीमुहाली बढेपछि माओले पार्टीमा युवाहरुको भर्ति अभियान चलाउनु भयो र रेडगार्डहरुमा युुवाहरुलाई व्यापक भर्ति अभियान चलाउनु भयो । क. च्याङ चिङ नेता भएर यसको नेतृत्व लिनु भयो । पछि १९७६ बाट शुरु गरिएको सर्वहारा साँस्कृतिक क्रान्तिमा वहाँले नेतृत्वको महत्वपूर्ण भूमिका खेल्नुभयो । वहाँबाट पनि एक सन्तान (छोरी) भए । कमरेड माओको निधनपछि सत्ता हडप्न खोजेको आरोपमा देङ नेतृत्वको सरकारले कथित “ग्याङ अफ फोर”को नाममा च्याङ चिङसहितका चार जनालाई आजीवन कारावासको सजाय दियो र अन्तमा बाहिर मिडियाहरुमा च्याङ चिङले आत्महत्या गरेको प्रचार गरे पनि च्याङ चिङलाई जेलभित्रै बीष खुवााएर मारियो भन्ने एउटा बृत्तको भनाई रहँदै आएको छ । यसको सत्य–तथ्य बाहिर आएको छैन ।
यसरी कमरेड माओको जीवन (राजनीतिक वा पारिवारिक रुपमा) निकै संघर्षपूर्ण र कष्टपूर्ण देखिन्छ । तर वहाँ कुनै पनि अवस्थामा विचलित हुनु भएन । यसलाई विपक्षीहरु र कम्युनिष्ट विरोधीहरु आफ्नो स्वार्थको निम्ति आफ्नो जस्तो अनैतिक संझेर कमरेड माओलाई अनैतिक बिल्ला भिराउन खोज्छन् र बदनाम गराउने नियतले माओमाथि आक्रमण गरिरहन्छन् । जुन नितान्त गलत, भ्रामक र नियोजित छ । यसको पनि प्रतिरोध र रक्षा क्रान्तिरकारीहरुको दायित्व बन्न आएको छ । सवै क्रान्तिकारी कम्युनिष्टहरु यसको प्रतिरक्षा गर्न जरुरी छ ।
अन्तमा कमरेड माओ ः
यसरी कमरेड माओ सन १८९३ डिसेम्बर २६, मा जन्मेर जीवनभरी संघर्षमय जीवन विताएर अन्तमा संघर्षकै बीचमा ८२ बर्षको उमेरमा सन १९७६ सेप्टेम्बर ९ मा वहाँको देहान्त भयो । कम्युनिष्ट गुरुहरुमा तुलनात्मक रुपले बढी बाँच्ने वहाँ नै हुनुहुन्थ्यो । कार्ल माक्र्सको ६५ बर्षकै उमेरमा निधन भयो । लेनिनको ५४ बर्षमा र स्टालिनको ७४ बर्षको उमेरमा निधन भयो भने क. माओ अरुकोभन्दा तुलनात्मक रुपमा अलि बढी बाँचेर क्रान्तिमा महत्वपूर्ण योगदान दिएर जानु भएको छ ।
माओबाट सिकौं ः
आज पौष ११, दिसेम्बर २६ । क्रान्तिकारीहरुका लागि एक विशेष दिन । आजको यो दिनमा म एक पटक कमरेड माओलाई संझन चाहान्छु । वहाँका योगदानहरुलाई संझन चाहान्छु र क. माओका शिक्षाहरुको आलोकमा उभिएर नेपालमा नयाँ ढंगको क्रान्ति गर्ने र निरन्तर क्रान्ति गरिरहने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।
म १८ बर्ष हुँदै कम्युनिष्ट पार्टीमा संगठित भएँ । मलाई कम्युनिष्ट बन्न अभिप्रेरित गर्ने एउटा कडी कमरेड माओको जीवनी पढेर पनि हो । म अहिले ६१ बर्ष पुगेर ६२ बर्षमा रनिङ गरिरहेको छु । म निरन्तर क्रान्तिमा छु । १९ बर्षमा वारेन्टेड भएँ । २० बर्षमा राजकाज मुद्दा लगायतका अन्य मुद्दाहरु पनि बेहोर्दै निरन्तर क्रान्तिमा छु । अहिलेसम्म क्रान्तिभन्दा दायाँ बायाँ केही भएको छैन । पञ्चायतका विरुद्ध, राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध दश बर्षको जनयुद्ध लड्दै मोहनविक्रमसिंह, निर्मल लामा, प्रचण्ड र अन्तमा क. किरणका कार्यदिशाहरुमा असमत मात्र होइन विद्रोह गर्दै अहिले नेकपाको एकीकृत जनक्रान्तिको कार्यदिशाको पक्षमा उभिएको छु । अहिलेसम्मका मेरा सोंच, शैली र विचारहरुमा कमरेड माओको अमित छाप छ । म कमरेड माओको यो १३० औं जन्म दिवसको अवसरमा वहाँलाई लालसलाम गर्न चाहान्छु र वहाँप्रति मेरो शब्द श्रद्धा छ । सबै कम्युनिष्ट क्रान्तिकारीहरुमा मेरो आग्रह छ — कमरेड माओबाट सिकौंं र चिनियाँ क्रान्तिको सारतत्वलाई आत्मसात गरौं । कमरेड माओबाट सिक्ने भनेको कसैको अन्ध नक्कल होइन त्यसको सार्वभौम सारतत्वलाई आत्मसात गर्दै सिर्जनशील र गतिशील माक्र्सवादलाई पकड्नु हो । यसो गरेर मात्र माओवादको रक्षा गर्न सकिन्छ र क. माओप्रतिको सच्चा श्रद्धा हुनेछ ।
अन्तमा कमरेड माओका शिक्षाहरु
जनयुद्धको सिद्धान्त, निरन्तर क्रान्ति (सर्वहार साँस्कृतिक क्रान्ति), संयुक्त मोर्चा, क्रान्तिको नयाँ मोडेल, विद्रोहको चेत, कम्युनिष्ट आन्दोलनलाई (पार्टीलाई) एकताबद्ध गराई रहने, सशस्त्र संघर्ष, माक्र्सवादको सिर्जनशील प्रयोग, राष्ट्रिय मुक्ति युद्ध र वर्गयदुद्धको समायोजन, चिनियाँ समाजको नयाँ वर्ग विश्लेषण, सिद्धान्त र व्यवहार बीचको तालमेल आदि, कमरेड माओका अमूल्य योगदान हुन् र आममा विश्व क्रान्ति र विशेषतः नेपाली क्रान्तिका लागि अमूल्य शिक्षा हुन् ।