महान जनयुद्ध , अधुरा सपना र हाम्रो दायित्व

२०७९ माघ २९ गते, आईतवार
रणदिप सी



बिषय प्रबेश
आम शोषित पिडित श्रमजिबी बर्गको पुर्ण मुक्तीका खातिर तत्कालिन नेकपा ( माओवादी) को नेतृत्वमा संचालित महान जनयुद्ध ले अाफ्ना गौरबमय २७ बर्ष पूरा गरि २८ बर्ष प्रबेशका लागि एक दिन मात्रबाकी छ । राजनितिक , अार्थिक , सामाजिक र सास्कृतिक रुपामा जकडियको समाजरुपान्तरणको लक्ष्य बोकेर उदाएको जनयुद्धरुपी लालकिरण अाज कुन अबस्था बाट गुज्रिरहेको छ ? यस्ले आफ्नो गन्तब्यको यात्रा पूरा ग-यो या गरेन ? जनयुद्धकालिन स्थापित एजेण्डा पूरा ग-यो वा छोड्यो ?लक्ष्य प्राप्तिको अभिलासा सहित बलिदान गर्ने महान वीर बिरंङ्गनाहरुको रातो रगत लाई कुल्च्यो या सिरोधार्य ग-यो ? जनयुद्दका सिपाही हरु सिपाही को स्तर बाट माथी छन् वा गरायो ।? कम्ब्याडले सज्जिएका जनमुक्ती सेना बिर्सजन पछीको अबस्था कस्तो रहेकोछ खोजी भयो या भएन ? जनयुद्ध प्रेमीहरुको दिनचर्या कसरी बितेको छ र जनयुद्ध लडाउने नेताहरुको दिनचर्या कसरी बितेको छ हिसाब छ या छैन ? माओवादी हरु माओवादी भएको मा गर्भ गर्छ वा पश्चताप ? यी र यस्ता प्रश्नहरुले समाज र माओवादी मनहरुलाई तिर हानिरहेको छ ।हलो कोदालो र डोको नाम्लोमा रमाईरहेको किसान मजदुरहरु र स्कुले युनिफम मा सज्जिएका नौ जवान युवाहरु झोलामा कपीकलम थन्काएर परिबर्तनको अभिलासा बोकी जनयुद्धमा ज्यान हत्केलामा राखेर माओवादी पार्टीमा सामेल भयो र भन्यो हामी योदेशलाई बर्षौ देखिको अर्धसामान्ती र अर्धअौपनीबेशिक शोषण बाट मुक्त गर्ने छौ र नयाँ जनवाद , समाजवाद हुँदै साम्यवादमा पुग्नेछौ र आम नेपालीको मुहार फेर्ने छौ , बरु बलिदानको कोटा चुक्ता गर्ने छौ हामी झुक्ने छैनौ कायर र काँतरहरुको जीवन ज्युने छैनौ यो आदर्श बोकेर नथाकी पार्टी निर्देशनको पालना गर्दै अगाडि बढ्यो । दिन प्रतिदिन बिजय , पराजय र फेरि बिजयको चक्कर युक्त बाटो हिन्यो तर शाहासका साथ हिन्यो । कहिल्यै बिचलित भएन नत उस्ले बिजयको तिथि मिती देखेको थियो नत पराजयका खाडलहरु नै देखेको थियो उ अघि बढ्यो त केवल लिडरसिप को बिश्वास ले मात्र बढ्यो । उस्को सहारा मात्र लिडरसिप प्रतिको अघात बिश्वास , बिजयका मोर्चा र जनसमुदाय बाहेक केही पनि थिएन । अाज सम्म जति पनि युद्धहरु भएमा छन् तिनिहरुको बाटो सुरुमा सत प्रतिसत देख्न सम्भवभएको पनि छैन र देखिदैन पनि । जनयुद्धको यात्रा पनि यसको अपबाद हुन सक्दैनथ्यो यसै बिषयमा क लेनिन भन्नू हुन्छ युद्धकस्तो हुन्छ भन्ने कुरा तपाईं जान्न चहानुहुन्छ ? भने युद्द गर्नुहोस भने जस्तै समाजमा अन्याय शोषण , दमन ब्याप्त थियो यस्तो समाज लाई विशेष गरि युवाहरुले बदल्न चाहान्थ्यो र सम्पुर्ण खाले शोषण उत्पिडन बाट मुक्त समाज चाहान्थ्यो ठिक यसै समय २०५२ साल फाल्गुण १ गते जनयुद्धको सुरुवात भयो र युद्धमा लेनिन कै भनाई अनुसार बुझ्न र लागू गर्न सम्पुर्ण शक्ति लामबद्द भयो । बुझेर लाग्यो वा लहटमा लाग्यो फरक कुरा हो । यही कुराको सन्धर्भ लिएर लेनिन भन्नू हुन्छ ” कुनै पनि क्रान्तिकाे बाटो सुरुमा पुरापुर देख्न सकिँदैन र अनेक पटक अन्धकारमा पाईला चाल्नु पर्नेछ अध्यरामा छामछाम छुमछुम गर्नु पर्ने छ तर अघि लम्कने तरिका चाहिँ यही नै ह‍ो ।” यही भनाई हामी जनयुद्द प्रेमी को जिवनमा लागू भयो । हार्दै जित्दै लड्दै पड्दै यात्रा जारी राख्यौ एक अर्का प्रती संका बिश्वास तर बिश्वास गरिरहेयौ । गाउँमा पुरानो प्रतिक्रियावादी सत्ता का स्थानिय निकायहरु रित्तिदै खाली हुने क्रम र त्यसको स्थान मा जनताको जनवादी सत्ता धमाधम घोषणा हुने क्रम निकै तिब्र रुपले चल्यो अाधार ईलाकिय कामकाजमा जनता पार्टी अभ्यस्त भैसकेको थियो । जनतामा ठूलो अाशाको किरण देखिन्थ्यो । माओवादी नभएको गाउँ थिएन बलिदान नभएको ठाउँ रहेन यस्तो अबस्था बाट अगाडि बढीरहेको माओवादी आन्दोलन राष्टिय रुपमा मात्र हैन अन्तराष्टियरुपमा समेत स्थापित भैसकेको सन्धर्भमा क्रान्तिका नायक को उपमा पाएका क प्रचण्ड र बाबुराम मा बिचित्रको आत्मसमर्पण को बिज भित्र भित्रै उम्रिएको दोस्रो तहका लिडरले बुझेन र कथित कार्यनितीको बाहाना बनाएर ठोस बस्तुको ठोस विश्लेषण को गलत व्याख्या गर्दै दरवार हत्याकाण्ड पछीको बिकसित घटनाक्रमलाई आधार बनाउदै १२ बुदे सहमती हुँदै बिस्तृत शान्ती सम्झौतन सम्म आउदा जनयुद्धको बिधिवत अन्त गरियो र रिघिघुमी रुम्झाटार भनेजस्तैअघोसित रुपमा संसदिय ब्यबस्थाको हिस्सेदार बन्ने माओवादी प्रकृया सुरु भयो र माओवादी जनयुद्धको उपलब्धीको रक्षाको बाहाना बनाउदै संघियता , धर्म निरपक्षेता समाबेसीता जस्ता नाराहरु ngo मार्फत अध्यन गर्दै गराउदै माओवादी अान्दोलन लाई संसदवादी अाहालमा डुवाउने नयाँ अबतार देखेपछी पार्टीभित्र चर्को दुईलायन संघर्ष ले स्थान लियो र माओवादी अान्दोलनको बिघटनको प्रकृया सुरुवात भयो र जनयुद्धको यात्रामा पुर्णबिराम लाग्यो । जुन उदेश्यका साथ संसदवादी दलले बार्ताको कार्ड फ्याकेका थियो त्यो उदेश्यमा उनी सफल भए तर देश ले गरेको अपेक्षा पूरा भएन हुने कुरा पनि थिएन । युद्ध या क्रान्ति निर्णायक बिजयमा नपुगुन्जेल एक न एक क्रान्तिकारी शक्ति जाग्नु समाजबिकास को अनिबार्य नियम संगत कुरा हो । जनयुद्ध बारे जुन भ्रमहरु छन किन छन भन्दा जनयुद्धको पुर्ण बिजय बिना यी भ्रमहरुको अन्त नहुनु अनौठो कुरा होईन रहिरहन्छ किनकी जित्नेगरी उठाज गरिएको जनयुद्ध सम्झौतामा तुहाए पछी यस्तै हुनु थियो र भयो । यति मात्र होईन बिस्थापित गर्नु पर्ने शक्ति स्थापित भयो स्थापित हुनु पर्ने शक्ति बिस्थापित भयो यी सबै कुरा यसैको परिणामहरु हुन भन्दा अतिसयुक्ती नहोला । २८ अौ बा्षिकिको अबसरमा यतिकुराको स्मरण अनिबार्य हुनु अस्वभाबिक बिल्कुल हुदैन ।
अधुरा सपना र हाम्रो दाहित्व
जनयुद्धको सुरुवात देखि बिधिवत अन्त सम्म आउदा जनता लाई युद्धमा हाम फाल्न तयार गर्ने माओवादी पार्टी संग बलिया एजेण्डाहरु थिए जो अाज सम्म अाउदा त्यो शक्ति ले पुराको पुरै छोडेको छ र खोजीकार्य जारी रहेको छ त्यो मध्यको पहिलो सपना हो ब्यबस्था , संबैधानिक संसदिय राजतन्त्रात्मक बहुदलिय ब्यबस्थाको ठाउमा नया जनवाद, समाजवाद हुँदै साम्यवाद को सपना र यस्प्रती भएको जनस्कुलिङ जस्ले जनतामा ठूलो जागरण ल्याएको थियो मुठ्ठीभर ब्याक्तीहरुको हातमा रहेको नोकरशाही पुजी र अधिकांस जनता ले भोग्दै अाएको गरिबीको चक्रब्यु बाट अगाडि बढीरहेको समाज लाई यो एजेण्डा ले चुम्बक झै तानेको थियो । बाहिर र भित्र निजिकरणको अन्तको नारा निकै स्थापित थियो । सामुहिक्तातिर समाज क्रमस अग्रसर गराउदै थियो । तत्कालिन पार्टी नेतृत्वमा अाएको बैचारिक बिचलनता र बर्गप्रतिको निष्ठा गुम्दै जानुले सपना सपनामै सिमित रहे । ब्यबस्था परिबर्तन संगै जनता लाई गाँस , बाँस, कपास, स्वास्थ्य, शिक्षा , रोजगारी र स्वाधिनता संग सम्बन्धित तत्कालिन नाराले निकै ठूलो स्थापित को स्थान लिएको माओवादी पार्टी जनताको आशा र भरोसाको केन्द्र बनेको नै थियो । आज त्यो सबै सपनामा सिमित हुदा घृणा अाक्रोस र आबेग मात्र जन्माएको छ । कसैले खाडी मुलुक बाट बिचलित नेतृत्वलाई सत्तोसराप गरिरहेको छ भने कसैले बिगतका अाधार ईलाकाको झुपडीको अागनबाट कसैले अाफु रहेको माटोमुनी बाट त कसैले अाशु पसिना चुवाएको भुमिबाट यस्बाट तत्कालिन नेतृत्वले कुनै पनि सहज बाटो बाट उन्मुक्ती पक्कै पनि नपाउने कुरा पक्कापक्की देखिन्छ । तथापी यिनै अधुरा सपना लेमाओवादी अान्दोलनलाई बिर्सजित हुन दिने थिएन र छैन पनि क्रमस माओवादी अान्दोलन नयाँ बिचार नयाँ नेतृत्व र नया कार्यदिशाको सस्लेषण , बिकास र प्रयोग सहित सुसंगठित हुँदै अगाडि बढ्दै अाईरहेको छ ।जनयुद्धको एउटा हिस्सा सकिएपनी बाकी कार्यभारका लागि अगाडि बढ्ने जमर्को गरिरहेकै छ । एकीकृत जनक्रान्तीको सुनौलो र बस्तुसंगत बैज्ञानिक कार्यदिशा बोकेर अगाडि बढी रहेको छ । बैज्ञानिक समाजवादको रानितिक लक्ष्य सहितक्रान्तीको यात्रा लाई जारी राखेको पनि साढे नौ बर्ष भैसकेको छ अाजको समाजको बस्तुसंगत व्याख्या र बिषेस्ता सहित अगाडि बढीरहेको एकीकृत जनक्रान्ती लाई बिजयको गन्तव्य सम्म पु-याउनु र चिहान घाटमा पुगेको संसिय ब्यबस्था कुरुप अनुहार सहित जसरी पुर्नरजिवित भै संघिय लोकतान्त्रिक गणतन्त्रात्मक दलाल पुजिवादी संसदिय ब्यबस्था को रुपमा अाएको छ यस्को अन्तका लागि युद्दहोईन एकीकृत जनक्रान्ती मार्फत अगाडि बढ्नु अाजको अाबश्यक्ता हो । गलत नीति नेतृत्व र ब्यवहारको पछी लागणदा परिणाम सहि र असल अाउने पक्कै पनि थिएन र आएन पनि । अाज नाम मात्रको जिबित माओवादी पार्टीको हालसम्मको परिणाम ले यही तथ्य लाई उजागर गरेको छ । तसर्थ नयाँ बिचार नयाँ नेतृत्व बैज्ञानिक कार्यदिशा अाजको अाबश्यक्ता हो यसैको उपज हो एकीकृत जनक्रान्ती! जनयुद्दका अधुरा सपना हरु एकीकृत जनक्रान्तिमार्फत अबश्य पूरा भै छाड्ने छन् । वास्तविक सहिद घाईते अपाङ्ग ब्यपत्ता र जनयुद्द प्रेमी जनसमुदायकाे आशा एकीकृत जनक्रान्ती मार्फत पूरा हुनेछन् । हामी बिश्वस्तमात्र हैन दायित्वबोधका साथ एकताबद्ध हौ जनयुद्धका अधुरा सपना पूरा भएरै छाड्नेछन् ।
जनयुद्ध – जिन्दावाद
एकीकृत जनक्रन्ती – जिन्दावाद ।

  • लेखक : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एबं बाके जिल्ला ईन्चार्ज हुन्।

प्रतिक्रियाहरु

[anycomment]