कम्युनिस्टको काम र कर्तव्य
कम्युनिस्टको हृदय विशाल हुनुपर्छ, उ इमान्दार र सक्रिय हुनुपर्छ, क्रान्तिका हितहरुलाई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ र आफ्नो अधीनमा राख्नुपर्छ । पार्टीको सामुहिक जीवनलाई मजबुत तुल्याउनु र पार्टी र जनताका सम्बन्धहरुलाई अझ बलियो पार्न उसले सधैँँ र जहाँ पनि सही सिद्धान्तमा अडिरहनुपर्छ र सबै गलत विचार एवं कामहरुको विरोधमा अथक संघर्ष चलाउनुपर्छ, कुनै व्यक्तिकोभन्दा बढ्ता उसले पार्टी र जनताको चिन्ता लिनुपर्छ र आफ्नोभन्दा बढ्ता अरुहरुको वास्ता गर्नुपर्छ । यसो भए मात्र उसलाई कम्युनिस्ट मान्न सकिन्छ ।
कम्युनिस्टको कुनै पनि कुरा र काम जाँच्ने सर्वोत्तम कसी उनीहरुसित बहुसंख्यक जनताको हितहरु गाँसिएका छन्–छैनन् र समर्थन प्राप्त गर्छन् – गर्दैनन् भन्ने हो भन्ने कुरा प्रत्येकलाई बुझ्न लगाउनैपर्छ ।
कुनै पनि समय र अवस्थामा, कम्युनिस्टले आफ्नो व्यक्तिगत हितलाई पहिलो स्थान दिनुहुँदैन, उसले आफ्ना हितहरुलाई राष्ट्र र जनताका हितहरुको अधीनमा राख्नुपर्छ । अतः स्वार्थीपना, शिथिलता, भ्रष्टाचार, आपूm प्रकाशमा आउन खोज्नु र यस्तै कुरा अति घृणित छन् । जब निस्वार्थ, तत्परताका साथ काम गर्ने भावनाले मात्र सम्मान पाउनेछन् । कम्युनिस्टहरुले सधैँँ सत्यको पक्षमा डट्न तयार हुनुपर्छ, किनभने सत्य जनताका हितहरुको अनुकुल हुन्छ, कम्युनिस्टहरुले सधैँँ आफ्ना गल्तीहरु सच्याउन तयार हुनैपर्छ, किनभने गल्तीहरु जनताको हितभन्दा बाहिर हुन्छ ।
कम्युनिस्टहरुले सधैँ हरेक कुरामा किन, केको निम्ति भनी खोतल्नुपर्छ, आफ्नो बुद्धि खियाउनैपर्छ र त्यो कुरा वास्तविकताशीत मेल खान्छ खाँदैन साँच्ची नै तर्कयुक्त हो होइन भनी होशियारपूर्वक विचार गर्नुपर्छ, कुनै पनि किसिमबाट उनीहरुले आँखा चिम्लेर पछि लाग्नुहुँदैन र दासत्वलाई प्रोत्साहन दिनुहुँदैन । कम्युनिस्ट बनेपछि हामीले सम्पूर्णका हितहरुलाई ध्यानमा राख्न हौसल्ला दिनुपर्छ । प्रत्येक पार्टी – सदस्य, कार्यको प्रत्येक शाखा, प्रत्येक भनाइ र प्रत्येक कार्य सम्पूर्ण पार्टीको हितलाई ध्यानमा राखेर नै शुरु गर्नुपर्छ, यो सिद्धान्तलाई कुनै हालतमा पनि उल्लंघन गर्न दिनुहुँदैन ।
कम्युनिस्टहरु व्यवहारिक तथा दुरदर्शी हुनुमा दृष्टान्त प्रस्तुत गर्नुपर्छ । किनभने व्यवहारिक भए मात्र उनीहरु दिइएको कामलाई पूरा गर्न सक्छन् र दुरदर्शिताले मात्र अघि लम्कने कुरामा घच्घच्याइरहन्छ । कम्युनिस्टहरुले सबभन्दा बढी दूरदर्शी, सबभन्दा बढी त्यागी, सबभन्दा बढी दृढ हुनुपर्छ र स्थितिहरु बुझ्नमा विनम्र हुन सक्नुपर्छ र जनसमुदायहरुको बहुसंख्यामा भर गर्नुपर्छ र उनीहरुको समर्थन पाउनुपर्छ । कम्युनिस्टहरुले अध्ययनमा दृष्टान्त प्रस्तुत गर्नुपर्छ, सधैँभरि उनीहरुले जनताका शिष्य तथा शिक्षक बन्नुपर्छ ।
जनताको आन्दोलनमा काम गरिरहेका प्रत्येक कम्युनिस्टले जनताको साथी बन्नुनुपर्छ, उनीहरुको मालिक बन्ने होइन, असल गुरु बन्नुपर्छ र नोकरशाही राजनीतिज्ञ होइन । कम्युनिस्टहरुले बहुसंख्यक जनसमुदायको माझबाट कहिल्यै अलग्गिनु हुँदैन एक्लो परेका केही प्रगतिशील समूहहरुलाई अघि सारेर बहुसंख्यक जनसमूहको बेवास्ता गर्नुहुँदैन । जनसमूहको बहुसंख्या र प्रगतिशील तत्वहरुमा घनिष्ठ सम्बन्धहरु जोड्न अवश्य ध्यान दिनुपर्छ । बहुसंख्यकको विषयमा विचार गर्नुको अर्थ यही हो । हामी कम्युनिस्टहरु बीउ झैँ हौँ र जनता माटो झैँ हुन् । हामीहरु जहाँ पुग्छौँ त्यहाँका जनतासित एक हुनुपर्छ, जनतामा जरा–जरा हालेर जनतामै फुल्नु पर्छ ।
हामी कम्युनिस्टहरुले सबै कुरामा जनसमूहसित मिसिन सक्नुपर्छ । हाम्रा पार्टी सदस्यहरू आफ्नो सम्पूर्ण जीवन कोठाभित्र बसी निदाउँछन्, आँधीसित जुध्ने आँट गर्दैनन्, र संसारको सामुन्ने पर्न बाहिर निस्कदैनन् भने, नेपालमा चलिरहेको एकीकृत जनक्रान्तिका निमित्त र नेपाली जनताका निमित्त उनीहरु के कामका होलान् ? बिल्कुल फाइदा हुनेछैन, र हामीलाई पार्टी सदस्यहरुका रुपमा त्यस्ता मानिसको आवश्यकता छैन । हामी कम्युनिस्टहरुले बहादूरीसित लड्नुमा, आदेशहरुलाई कार्यान्वयन गर्नुमा र भित्र एकता र सुदृढता बढाउनुमा दृष्टान्त प्रस्तुत गर्नुहुन्न ।
कम्युनिस्टहरुले पार्टी बाहिरका व्यक्तिहरुका विचारलाई पनि ध्यान दिएर सुन्नैपर्छ ! उनीहरुलाई आफ्नो कुरा भन्न दिनुपर्छ । उनीहरुले भनेको कुरा सही छ भने हामीले त्यसलाई स्वागत गर्नुपर्छ र उनीहरुका असल गुणबाट सिक्नुपर्छ । उनीहरुले भनेका कुरा गलत छन् भने पनि हामीले कुरा भनिसक्न दिनुपर्छ र त्यसपछि धैर्यपूर्वक उनीहरुलाई ती कुराको व्याख्या गरिदिनुपर्छ ।
आफ्नो काममा गल्ती गर्ने व्यक्तिहरुमध्ये सुध्रनै नसक्नेहरु बाहेक कम्युनिस्टहरुको प्रवृत्ति उनीहरुलाई हटाउने होइन कि सुध्रन र फेरि प्रयत्न गर्न उनीहरुलाई सघाउने, प्रोत्साहनपूर्ण हुनुपर्छ । राजनैतिक रुपले पछि परेकाहरुको हकमा, कम्युनिस्टहरुले उनीहरुलाई हेला वा घृणा गर्नुहुँदैन, बरु उनीहरुलाई साथी तुल्याउनुपर्छ, उनीहरुसँग मिल्नुपर्छ, उनीहरुको चित्त बुझाउनुपर्छ र अघि लम्कन उनीहरुलाई हौसला दिनुपर्छ ।
हामीले सही बाटो र सही नीतिहरु मात्र लिएर पुग्दैन, एकीकृत जनक्रान्तिको उद्देश्यलाई अगाडि बढाउँदै लैजाने लाखौँ उत्तराधिकारीहरुलाई तालिम दिनु र हुर्काउनु पनि पर्छ । अन्तिम विश्लेषणमा, सर्वहाराहरुको क्रान्तिकारी उद्देश्यको लागि उत्तराधिकारीहरुलाई तालिम दिने प्रश्न सर्वहारावादी क्रान्तिकारीहरुको पुरानो पुस्ताले चलाएको माक्र्सवादी – लेनिनवादी– माओवादी क्रान्तिकारी उद्देश्यलाई बढाउँदै लान सक्ने मानिसहरू होलान् कि नहोलान् सर्वहारावादी क्रान्तिकारीहरुकै हातमा हाम्रो पार्टी र राज्यको नेतृत्व रहन्छ कि रहँदैन, माक्र्सवाद – लेनिनवाद माओवादले स्थापित गरेको सही बाटोबाट हाम्रा सन्तान हिँडने हुन कि होइन अथवा अर्को शब्दमा नेपालमा माओवादी केन्द्र संशोधनवादको उत्पत्तिलाई सफलतापूर्वक रोक्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न हो । छोटकरीमा, यो अति नै महत्वपूर्ण सवाल हो, हाम्रो पार्टी र देशको निम्ति जीवन र मरणको सवाल हो । यो सय र हजार मात्र होइन दस हजार वर्षसम्मलाई, एकीकृत जनक्रान्तिको उद्देश्यको निम्ति आधारभूत महत्वको सवाल हो । सोभियत संघमा आएको परिवर्तनमा भर परेर, साम्राज्यवादी भविष्यवक्ता भनाउँदाहरु जसरी चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो वा चौथो पुस्ता “शान्तिपूर्ण विकास” को आशा गरेका थिए माओले यी साम्राज्यवादी भविष्यवाणीलाई चकनाचुर गरेका थिए । त्यस्तै हाम्रो सर्वोच्च संगठनहरुदेखि लिएर सबभन्दा तल्लो तहसम्म हामीले जहाँतहीँ क्रान्तिकारी उद्देश्यको निम्ति उत्तराधिकारीहरुलाई तालिम दिने र हुर्काउने कुरामा सधैँभरि ध्यान दिनैपर्छ ।
एकीकृत जनक्रान्तिको क्रान्तिकारी उद्देश्यको निम्ति लायक उत्तराधिकारी हुन चाहिने आवश्यकताहरु के–के हुन् ? उनीहरुले सच्चा मालेमावादी हुनैपर्छ, मालेमावादको साइनबोर्ड झुन्ड्याएको एमाले माके जस्तो संशोधनवादी होइन । उनीहरुले नेपाल र सम्पूर्ण संसारका अति बहुसंख्यक जनताको सम्पूर्ण हृदयले सेवा गर्ने क्रान्तिकारी हुनैपर्छ र आफ्नो देशको सुविधा सम्पन्न बुर्जुवा वर्गका एक मुठी सदस्यहरुको हित र विदेशी साम्राज्यवाद तथा घरेलु प्रतिक्रियावादका हितहरुको लागि सेवा गर्ने एमाले माके जस्तो होइन ।
उनीहरु अति बहुसंख्यक जनतासित एकगठ हुन र सँगै काम गर्न सक्ने सर्वहारावादी राजनीतिज्ञ हुनुपर्छ । उनीहरुले आपूmसित सहमत हुनेहरुसित मात्र होइन, सहमत नहुनेहरुसँग, अझ आफ्नो विरोध गरेका र पछि व्यवहारमा गलतसिद्ध भइसकेकाहरुसित पनि एकगठ हुन सक्नुपर्छ । तर, उनीहरुले विशेष गरी माके जस्ता महत्वाकांक्षी र षड्यन्त्रकारीहरुमाथि सतर्कतापूर्ण दृष्टि राख्नुपर्छ र यस्ता खराब तत्वहरुलाई पार्टीको कुनै पनि स्तरको नेतृत्व हात पार्नुबाट रोक्नैपर्छ ।
उनीहरुले पार्टीको जनवादी केन्द्रियतालाई प्रयोग गर्न नमुना बन्नैपर्छ “जनताबाट ल्याई जनतामा लैजाने” सिद्धान्तमा आधारित नेतृत्वको तरिकामा राम्ररी दक्षता हासिल गर्नैपर्छ र जनतान्त्रिक प्रणालीमा आफ्नो बानी बेहोरालाई ढाल्नुपर्छ र जनताको कुरा चाख दिएर सुन्नसक्ने हुनुपर्छ । उनीहरु अरु संसदिय पार्टी जस्तो निरंकुश हुनुहुँदैन र पार्टीको जनवादी केन्द्रियतालाई उल्लंघन गर्नुहुँदैन, कमरेडहरुमाथि आकस्मिक हमला गर्नु अथवा स्वेच्छाचारी र अधीनायकवादीरुपले काम गर्नु हुँदैन ।
कम्युनिस्ट पार्टीले कार्यकर्तासम्बन्धी आफ्नो नीतिमा लागू गर्नुपर्ने सिद्धान्त एउटा कार्यकर्ता पार्टीको नीतिलाई कार्यान्वयन गर्ने दृढ छ छैन, पार्टी अनुशासनलाई पालन गर्छ गर्दैन, जनतासित उसको गहिरो सम्पर्क छ छैन, उसमा आफ्नो स्थिति स्वतन्त्रतापूर्वक पहिल्याउन सक्ने सामथ्र्य छ छैन र उ सक्रिय, मेहनती र निःस्वार्थि छ छैन भन्ने हो । “गुण हेरी मानिसहरुलाई भर्ना गर्नु” भन्ने नीति यही हो । सामुहिक उत्पादन श्रममा कार्यकर्ताहरुलाई भाग लिन लगाउने व्यवस्थालाई कायम राख्नु आवश्यक छ । हाम्रो पार्टीका कार्यकर्ताहरु साधारण श्रमजीवि हुन, जनताको बुई चढेका शासकहरु होइनन् । सामुहिक उत्पादनको श्रममा भाग लिएर कार्यकर्ताहरुले श्रमजीवि जनतासित व्यापक, निरन्तर र घनिष्ठ सम्पर्क राख्दछ । वैज्ञानिक समाजवादी व्यवस्थाको निमित्त यो आधारभूत महत्वको ठूलो साधन हो । यसले नोकरशाही दलाल पुँजीवादीलाई हटाउन र संशोधन तथा कट्टर मतवादलाई रोक्न मद्दत गर्छ ।
कार्यकर्तालाई कसरी जाँच्ने भनी हामीले थाहा पाउनैपर्छ । हामीले आफ्नो निर्णयलाई कार्यकर्ताको जीवनको छोटो अवधि वा एउटै घटनाको सीमाभित्र आधारित पार्नुहुँदैन तर उसको जीवन र कार्यको सम्पूर्ण रुपमा विचार गर्नुपर्छ । कार्यकर्तालाई जाच्ने मुख्य तरिका यही हो । हामीलाई कार्यकर्ताको कसरी राम्ररी प्रयोग गर्ने भन्ने कुरा थाहा हुनैपर्छ । अन्तिम विश्लेषणमा, नेतृत्वका दुई मुख्य जिम्मेवारी हुन्छन् एकमा “विचारहरुलाई कार्य रुप दिनु” मा योजना दिनु र दोस्रो “कार्यकर्ताको राम्ररी प्रयोग गर्न“ विचारलाई कार्य रुप दिनु मा योजना बनाउनु, निर्णय लिनु र आदेश तथा निर्देशनहरु दिनु जस्ता जम्मै कुराहरु पर्छन् । विचारलाई व्यवहारमा परिणत गर्न हामीले कार्यकर्ताहरुलाई एकगठ तुल्याउनुपर्छ र कार्यक्षेत्रमा जान उनीहरुलाई हौसला दिनुपर्छ । यो कुरा कार्यकर्ताहरुको राम्ररी प्रयोग गर्नु हो भन्ने विभागमा पर्छ ।
हामीले कार्यकर्ताहरुको राम्ररी हेरविचार कसरी गर्ने भनी थाहा पाउनैपर्छ । विधिहरु यस्ता छन् पहिला उनीहरुलाई निर्देशन देउ । यसको अर्थ आफ्नो काममा उनीहरुलाई स्वतन्त्रतापूर्वक चल्न दिनु हो जसबाट उनीहरुमा जिम्मेवारी वहन गर्ने आँट होस् र साथसाथै उनीहरुलाई समयोचित निर्देशन दिनु हो जसबाट पार्टीको राजनैतिक दिशामा डोरिएर उनीहरु आफ्नो कार्यतत्परतालाई पूर्णतय प्रयोग गर्न समर्थ हुन्छन् । दोस्रो उनीहरुको स्तर उठाउँ । यसको अर्थ उनीहरुलाई अध्ययन गर्ने अवसर दिएर शिक्षित पार्नु हो । जसबाट उनीहरुले आफ्नो सैद्धान्तिक समझदारी र काम गर्ने क्षमतालाई बढाउन सकुन ।
तेस्रो उनीहरुको काम जाँच र उनीहरुको अनुभवको सार झिक्न सघाउ, उनीहरुका उपलब्धिहरुलाई अघि बढाउ र उनीहरुका भुलहरु सच्याउ । बिना जाँचको काम गर्न दिनु र ठुल्ठुला गल्ती भइसकेपछि मात्र हेर्ने कार्यकर्ताहरुको हेर विचार गर्ने तरिका होइन ।
चौथो, सामन्यतया गल्ती गरेका कार्यकर्ताहरुप्रति सम्झाउने बुझाउने तरिकाको प्रयोग गर र उनीहरुलाई आफ्ना गल्तीहरु सच्याउन मद्दत गर । ठुल्ठुला गल्ती गरे पनि निर्देशन लिन नमान्नेहरुप्रति मात्र संघर्षको तरिका अपनाउनु पर्छ । यहाँ धैर्यको आवश्यकता हुन्छ । सजिलैसित अवसरवादी भनी मानिसलाई दोष लाउनु र उनीहरुको विरोधमा सजिलैसित संघर्ष छेडन खोज्नु गल्ती हो ।
पाचौं, उनीहरुका कठिनाइमा मद्दत गर । बिरामी पर्नाले, आर्थिक सङ्कटले अथवा घरेलु अरु दुःखले गर्दा आपतमा परेका कार्यकर्तालाई हामीले जति सक्यो उति बढता हेरविचार गर्न सक्नुपर्छ । कार्यकर्ताहरुको राम्ररी हेरविचार गर्ने तरिका यही हो । साँच्चै नै संयुक्त र जनसमूहसित सम्बन्ध जोडेको नेतृत्वदायी समूह जनसंघर्षको क्रममा मात्र क्रमशः सक्रिय बन्न सक्छ यसबाट अलग रहेर होइन । महान् संघर्षको क्रममा, सबैजसो अवस्थामा नेतृत्वदायी समूहको स्वरुप शुरु, मध्य र अन्तिम चरणहरुमा पूर्णतया अपरिवर्तित भएर रहनुहुँदैन र त्यसरी रहन पनि सक्दैन । संघर्षको क्रममा अगाडि आउने सक्रियहरुलाई यीभन्दा थोरै गुणा वा योग्यता भएका अथवा पतन भएका नेतृत्वदायी समूहका पुराना सदस्यहरुको ठाउँमा अवश्य पदोन्नति गर्दै जानुपर्छ । हाम्रो पार्टीमा धेरै नयाँ कार्यकर्ताहरु पुराना कार्यकर्ताहरुसित एकता र सहयोगअन्तर्गत काम गरिरहेका छैनन् भने हामी जुन लक्ष्यका साथ अगाडि बढी रहेका छौँ त्यो पूरा हुन सक्दैन । अतः सबै पुराना कार्यकर्ताहरुले नयाँ कार्यकर्ताहरुलाई अत्यन्त उत्साहित पार्दै स्वागत गर्नुपर्छ र उनीहरुको हेरचाह गर्नुपर्छ । साँच्चिकै नै नयाँ कार्यकर्ताहरुका कमीकमजोरीहरु हुन्छन् । उनीहरुले क्रान्तिमा धेरै समय बिताएको हुँदैन र अनुभवको अभाव हुन्छ । छाड्न नसक्दा केहीले पुरानो समाजको गलत विचारधाराका अवशेषहरु निम्न बुर्जुवा व्यक्तिवादी विचारधाराका अवशेषहरु ल्याएका हुन्छन् । तर, यस्ता कमीहरुलाई शिक्षाद्वारा र क्रान्तिमा खार्दै क्रमशः हटाउन सकिन्छ । नयाँ कार्यकर्ताहरुको असल गुण स्टालिनले भन्नुभए झै के हो भने उनीहरु नयाँ विषयप्रति तीव्ररुपले चेतनशील हुन्छन् तर्सथ उनीहरु प्रशस्त मात्रामा उत्साहित तथा सक्रिय हुन्छन् यो गुणको केही पुराना कार्यकर्ताहरुमा अभाव हुन्छ । समान उद्देश्यमा एक भई बाधिन र सङ्कचित प्रवृत्तिहरुको विरोधमा सजक हुन नयाँ पुराना कार्यकर्ताहरुले परस्परमा सिक्नुपर्छ र परस्परका असल गुणहरुबाट सिकेर आफ्नो गल्तीलाई हटाउनुपर्छ ।
हाम्रो ध्यान पार्टी कार्यकर्ताहरुका साथै पार्टीका सदस्य नभैसकेका कार्यकर्ताहरुमा पनि जानुपर्छ । पार्टीदेखि बाहिर पनि सुयोग्य मानिसहरु धेरै छन् । कम्युनिस्ट पार्टीले कहिल्यै तिनको बेवास्ता गर्नुहुँदैन । प्रत्येक सच्चा क्रान्तिकारी कम्युनिस्टको कर्तव्य एकलकाटेपन र घमण्डबाट आपूmलाई मुक्त पार्नु, पार्टीका सदस्य नभएका कार्यकर्ताहरुसित राम्ररी काम गर्नु, उनीहरुलाई हृदयदेखि मद्दत दिनु, उनीहरुप्रति घनिष्ठ, बन्धुत्वपूर्ण दृस्टिकोण लिनु र विदेशी हस्तक्षेपको विरोधमा लड्ने र राष्ट्रको पुनर्निर्माण गर्ने महान् उद्देश्यमा उनीहरुको कार्यतत्परतालाई सामेल गर्नु हो ।