नेपाल भित्रको आदिवासी वर्णवाद ‘बाहुनवाद’ बारे

२०७९ फाल्गुन १० गते, बुधबार

सन्तोष सी

आदिवासी जनजाति र दलित समुदायको अधिकार मर्यादा र सुरक्षाको निम्ति भनी सुरु भएको जातिय र सामुदायिक संगठनको लहर आखिरमा क्षेत्री र बाहुनसम्म पनि पुग्यो । खस क्षेत्रीले आपूmलाई पनि आदिवासी जनजातिमा सूचीकृत गर्नुपर्ने माग भित्ता–भित्तामा लेख्नथाले, पछि बाहुनहरुले पनि ब्राह्मण समाजको स्थापना गरी आफ्नो अधिकारका निम्ति अधिवेशन गरे । बि.स. १९८८ मा काठमाडौँमा युवाहरुले ‘प्रचण्ड गोर्खा’ को स्थापना गरेको देखिन्छ त्यसयता २००७ देखि २०६३ सम्मका आन्दोलन क्रान्तिहरु सामन्ती व्यवस्था र विदेशी–हस्तक्षेपविरुद्ध लक्षित वर्गीय र राष्ट्रिय चरित्रका थिए । तर, अहिले एकएक किन र कसरी जातिय र क्षेत्रीय कुराले तिनलार्ई छोप्दै आए यो एउटा विचारणीय छ । विश्वका अन्य देश महादेशभन्दा फरक खालको दक्षिण एसियाको सामन्ती व्यवस्थाभित्र वर्ण–व्यवस्थाको रुपमा जातजातिको भेदभाव र छुवाछूत जस्तो अमानवीय प्रणालीको बीस प्राचीनकालदेखि नै फैलिदै आएको हो ।

त्यसको विरुद्ध समाज सुधारकहरुले शुरुदेखिनै आवाज उठाउँदै आएका थिए जैन र बौद्धहरुदेखि शुरु भएको त्यो अभियान कविर र जोसमनी सम्प्रदाय हुँदै हालका राजनीतिक समुदायहरुसम्म चल्दै आएको छ । वास्तवमा वर्णव्यवस्थाले सामन्तवादको आश्रम पाएर यस्तो जटिल रुप लियो । त्यसले वर्णव्यवस्था वाहिरका जाति–जनजातिहरुलार्ई समेत अपमान र भेदभावको भूमरीमा फसाउँदै ल्यायो । विश्वका अरु मुलुककोभन्दा दक्षिण एसियाका भारत–नेपाललगायतका विभिन्न देशको यो विशिष्ठ समस्या हो । यसरी सामन्ती व्यवस्थाभित्र वर्णव्यवस्था जेलिएकोले यहाँका क्रान्तिहरुको संगठन र कार्यक्रम अरु–अरु राष्ट्रहरुको भन्दा भिन्न प्रकृतिबाट हुन्छ र हुने छ । यहाँको सामन्ती वर्गीय सत्तालार्ई राजनीतिक क्रान्तिबाट, आर्थिक असमानतालार्ई समाजवादमुखी आर्थिक क्रान्तिबाट वर्णगत र जातिय विभेदलाई सामाजिक सांस्कृतिक र शैक्षिक क्रान्तिबाट समाधान गर्न सकिन्छ । यस सम्बन्धमा राजनीतिक दलका नेताहरुको व्यापक दृष्टि योजना नराम्रो भएकोले आन्दोलन क्रमशः जातिय दलदलमा फस्ने अवस्था छ । यो जातिय दलदलमा फस्दै गएपछि द्वन्द्व वढदैजाने हुन्छ त्यसपछि क्रमशः कतिपयले आपूmलार्ई यहाँका खाटी आदिवासी र फलना ढिस्कनाजाति पछि आएका भगौडा शरणार्थी जस्ता गलत प्रचार आक्षेप गर्न थाले

को आदिवासी को जनजाति ?

नेपालका कुनकुन जाति आदिवासी हुन ? कोको जनजाति हुन ? कैलेदेखि वसेकालार्ई आदिवासी भन्ने, के कस्ता लक्षण भएकालाई जनजाति या गैरजाति भन्ने यी विषयको स्पष्ट अध्ययन र विश्लेषण गर्नु आवश्यक छ । केही इतिहास टिपोटअनुसार मानव समाजको इतिहासमा मध्यढुङ्गे युगको अन्त्री आजको वाह्र हजार वर्ष अघिसम्म संसारमा कहीँ पनि स्थायी घर र गाउँ बस्ती वनेका थिएनन् । हाल विभिन्न ठाउँमा प्राचीन मध्य ढुङ्गेयुगका अवशेष भेटिए तापनि ती स्थायी वसोवासका प्रविक मानिदैनन् । नयाँ ढुङगे युगमा प्रारम्भिक छाप्रे वस्तीहरु शुरु भएको मानिन्छ । दक्षिण एसियाको भूगोल अरु महादेशको भन्दा विशेष अवस्थितमा छ । पूर्वी गोलद्र्धका चारै महादेशको ठिक मध्य भागमा पर्ने यो क्षेत्रचारै महादेशका मानिस ओहोर–दोहोर गर्ने चौवाटो पर्छ । यो राम्रो जलवायु भएको उर्वर क्षेत्र हुनाले उहिलेदेखिनै मानिसहरू त्यस ठाउँमा गएर बस्ने होड चल्दथ्यो एकथरिको वस्तीलार्ई लखेटी अर्काको कव्जा गर्ने क्रम चलिरहन्थ्यो । चार पाँच सय वर्ष अघिसम्म नेपालको अधिकांश भूमिमा जङ्गल थियो । मान्छेका वस्तीहरु पातला थिए । केही दशक अघिसम्म कुसुण्डा जस्ता घुमन्ते जंगली समुदाय यहाँ पूर्व–पश्चिम घुम्दै थिए । तीमध्ये राउटे समुदाय अझै जङ्गलमै छ । यहाँ कुन–कुन जाति आठ दस हजार वर्षदेखि लगातार स्थायी बसोबास गर्दै आएका छन् भन्ने कुरा खोजद्वारा प्रष्ट प्रमाणित गर्न बाँकी नै छ । ठाउँ–ठाउँमा ढुङ्गे युगका अवसेश भेटिएका छन् तर ती कुन जातिका पुर्खाका संरचना थिए भन्ने पनि खोज भएको छैन अहिले सबैले अनुमान पुराण दन्त्यकथा साङ्केतिक आधारमा आपूmलाई आदिवासी भन्न खोज्दै छन् । पहिले पुरातत्व र इतिहासका प्रामाणिक आधारमा सबैका पूर्वजको वसोवासको अवधि निर्धारित गरेपछि मात्र को भन्दा को पहिलादेखिको यहाँको वासिन्दा हो भन्ने ठहर हुन सक्छ । यो कुरा मनन गरौँ यहाँ कुनै जातिका पू्र्खा एकैचोटि हजारौंको संख्यामा आएर वसेका होइनन् । आउनेहरू पहिले सानै संख्यामा आएर यहाँ वस्दावस्दै तिनको वंश विस्तार भई संख्या बढ्दै गयो । बाहुन–क्षेत्रीहरु सबभन्दा पछि आएका हुन भन्ने आक्षेप लागिरहेको सन्दर्भमा यहाँ थोरै विषय जोडौँ । अहिलेसम्मका अनेकौ खोजहरुले ऋग्वेदलार्ई विश्वको जेठो ग्रन्थ मानेका छन् । त्यसकी रचनाकाल ई.पु. दुई–ढाई हजार वर्षतिर रहेकोमा धेरै अनुसन्धानदाता सहमत छन् । कतिपयले त त्यसलार्ई ई.पु. पाँच –छ हजार वर्षको समेत भनेका छन् । ऋग्वेदको प्रथम मण्डल र शतपथ ब्राहमण आदि प्रामाणिक ग्रन्थका अनुसार रिग्वेद युगको प्रारम्भिक अवस्थातिर क्षेत्रीय गणराज मिथी र तिनका पुरोहित ब्राह्मण गौतम रहुगण आएर जङ्गल ल्याई मिथिलाको वस्ती वसाएको इतिहास भेटिन्छ । संस्कृत ग्रन्थ पढेका सबलार्ई थाहा होला दुप्रसिद्व वैदिक ऋृषी याज्ञवल्क्या राजा जनकको सभामा सम्मानित दार्शनिक थिए । तिनले नै यजुर्वेदको सम्पादन गरेका थिए । जनक सभाका अर्का ऋषी अष्टाबक्रको गिता प्रसिद्ध सम्पादन गरेका थिए । जनक सभामा शतानन्द लगायत ब्राह्मणहरुको जमात थियो । मध्य एसियादेखि काश्मिर र पश्चिम नेपालसम्म खस आर्यहरु बुद्धभन्दा धेरै अघिनै फैलिइसकेका थिए । वैदिककाल र रामायणकालदेखि नै नेपालको तराई र पहाडमा यसरी वाहुन, क्षेत्रीहरु फैलिँदै आएको प्रष्ट छ । त्यसैले नै नेपालका विभिन्न ठाउँ विश्वामित्र, भृकुटी, और्व, देवदत्त, दुर्वासा, और्व, माण्ड्त्य, आदि ऋषिका तापोभूमिका रुपमा पुराणमा वर्णित छन् । ई.पु. छैठौं शताब्दीतिर कपिलवस्तु वरिपरि वर्ण व्यवस्थाको प्रचलन बढी सकेको थियो । गौतमवुद्व स्वयं क्षेत्री कुलका थिए । उनले वर्ण व्यवस्था मन नपरी समान मानवताको विचार प्रचारमै आफ्नो सम्पूर्ण शक्ति लगाए । कपिलवस्तुबाट काठमाडौँ आएका सबै शाक्री र कोलिय क्षेत्री थिए । बुद्धभन्दा एक दुई सय वर्ष पछि नेपाल आएका वैशालिका लिच्छवि र कुशिनगर (गोरखपुर) का मल्लहरु क्षेत्री थिए । लिच्छवि कालका शिलालेखहरुमा ब्राहमणदेखि चण्डालसम्मका आठार प्रकृतिका जातिलार्ई सम्बोधन गरिएको छ । के यसरी चार हजार वर्षभन्दा अघिदेखि नेपालका विभिन्न ठाउँमा वसोवास गर्दै आएका वाहुन क्षेत्रीका वंशजहरु आदिवासी ठहर्दैनन् ? नेपालको इतिहासले भन्छ ई.पु. १३०० सम्म काठमाडौँ वरिपरि नाग जाति थिए । तराईबाट निस्केका गोपाल र महिषपाल वंशी यादवहरुले तिनलार्ई जितेर आफ्ना गणतन्त्र चलाए ।

ई.पु. आठौं शताब्दीमा ती यादवलार्ई जितेर किराँतहरुले ८०० वर्ष गणराज्य चलाए । महाभारतमा हिमाली क्षेत्रमा किराँतहरु रहेको वर्णन छ । वेदमा यो कुरा देखिन्छ । तर, अहिलेका तिब्बतर्मेली भाषिक परिवारका सबै नेपालीहरु तिनै प्राचीन किराँतहरुका वंशज मात्र होइनन् । इमानसिंह चेमजोङको खोजअनुसार लिम्बू, धिमाल, आदि किराँतकालभन्दा निकै पछि (दशौ–एघारौं शताब्दीतिर) आसामतिरको बाटो नेपाल आएका थिए । तिब्बती मूलका थुप्रै जनसमुदाय स्रोङचन गम्यो र भृकुटीको विवाह (सातौँ शताब्दी) पछि क्रमशः नेपाल आउँदै गरेको इतिहास छ । त्यसैले नेपालमा किराँत – मंगोल मूलका जाति या तराईका थारु, राजवङशी, सतार आदि मात्र आदिवासी हुन भन्ने विश्लेषण नितान्त एकाङ्गी छ । त्यसैले आर्यमूलका विभिन्न जातिहरुको नेपाल वसोवासको प्राचीन इतिहासलार्ई पुरै नकार्न खोजेको प्रष्ट छ । भारतमा मुसलमान आक्रमणपछि नेपाल आएका सीमित बाहुन–क्षेत्री र दलित समुदायको आधारमा अरु प्राचीन बाहुन–क्षेत्रीको इतिहासलार्ई पुरै नकार्न खोज्नु कतिको जायज होला ? नेपालमा वाहुनहरुले वर्णव्यवस्था फैलाएर धार्मिक ग्रन्थद्वारा जनजातिहरुलार्ई पछाडि पारी ठग्दै आए भन्ने पनि आरोप लगाईदैछ । वर्णव्यवस्था दक्षिण एसियाको बहुजातिय विशिष्ट स्थितिमा उब्जेको विचित्र प्रथा हो । त्यो नेपालको मात्र कुरा होइन । संसारका अरु भागमा वर्ण व्यवस्था न उब्जी दक्षिण एसियामै उब्जनुका अनेकौ कारण छन् । त्यसलार्ई अहिले बाहुनवाद भनी सामन्ती प्रतिकृयावादलार्ई मात्र फाइदा पुग्छ । धार्मिक तन्त्रमन्त्रका परम्परा या पुस्तक सबै जातजातिका हुन । ती सवैका पुरोहित, झाँक्री, ओझा, लामा, आदिले आ– आफ्नै जातिमा धार्मिक कृयाकलाप गरी आर्थिक लाभ गरिरहेकै छन् । अन्धविश्वास भजाएर वोका कुखुरा पनि खाइरहेकै छन् । किराँत– मंगोल मूलका मान्छे र स्वयं दलित समुदाय भित्रैकाले पनि जातपात छुवाछूतको भेदभाव गर्दै नै आएका छन् । ती सबैले महिलालार्ई बोक्सी भन्ने आरोपलगाई धामी झाँक्री बसाएकै छन् । वर्णव्यवस्थाका आंशिक रुपमा किराँत मंगोल र दलित समुदायमा पनि छन् । गुरुङको चारजाते र सोह्रो जाते बिभाजन पनि एउटा बान्की हो । थकालीमा पनि त्यस्तो जातिय भेदभाव छ । दयाललार्ई कामी र सार्कीले तल्लोजात भन्ने गरेकै छ दलित समुदायमा पनि छुवाछूतको शृंखला छ । वर्ण व्यवस्थालार्ई ‘बाहुनवाद’ भन्ने हो भने यादव कुलका क्षेत्री कृष्णले ‘चातुर्वय’ मया सृष्टम गुण कर्म बिभागस गुण र कामको बिभागको आधारमा चार वर्णको सृष्टि गरे भनी गितामा गर्जेको कुरालार्ई के भन्ने ? नेवारहरुले पनि बाहुनवाद भन्दै झटारो हान्ने हो भने आपूmभित्रकै चार वर्ण चौसठ्ठी जातलार्ई के भन्ने ? त्यसको पुनव्र्यवस्थ गर्ने नेवार राजा जयस्थिती मल्ललार्ई के भन्ने ? क्षेत्रीहरुले छुट्टै जातिय संगठन बनाई वाहुनतिर बन्दुक सोझ्याउने हो भने आफ्नै राज खलकका वर्ण व्यवस्थाका प्रख्यात व्यवस्थापक रामशाहलार्ई के भन्ने ? नेपाली जनाताको विगत इतिहास मूल्यांकन र भविस्यबारे चिन्तन गरेर अगाडि वढनु आवश्यक छ । अहिलेको परवेश अनुसार मानव स्वभाव मानव चिन्तनको विकास फरक ढंगले भएको छ जसरी देशमा एकपछि अर्को अवस्था बाट संघियतामा देश पुग्यो त्यस्तै मानव जातिको पनि सबै क्षेत्रमा विकास भएको देख्न सकिन्छ । राजनीतिक रुपमा अरु राष्ट्रभन्दा पछाडि रहेको नेपाल हाललार्ई भने प्रत्येक व्यक्ति राजनीतिबाट अलग छ भन्न सकिँदैन एकपछि अर्को युग व्यवस्था परिवर्तित भए नेपाली जनता पनि त्यसरी नै परिवर्तित भएको देख्न सकिन्छ ।

(लेखकः नेकपा पाँचथर जिल्लाका पूर्व जिल्ला सेक्रेटरी हुन् ।)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु