एकीकृत जनक्रान्ति ः संगठन निर्माण, संम्भावना र चुनौती
नेपाल राष्ट्र र नेपाली श्रमजीवि तथा उत्पीडित जनतालाई दलाल पुँजीवादी संसदीय व्यवस्थाको अत्याचारपूर्ण उत्पीडनबाट मुक्त गर्न र राजनीति, आर्थिक, समाजिक र सांस्कृतिक रुपमा अधिकार सम्पन्न गर्नका लागि नेपाल कम्युनिष्टले विगत ९ वर्षदेखि संघर्षको यात्रालाई निरन्तर अगाडि बढाइरहेको छ । संघर्ष अगाडि बढाउने क्रममा निश्चत कार्यदिशा कार्यक्रम नीति र विचारको अंगीकार गरेको छ । सोही कार्यदिशा कार्यक्रम, नीति, र विचारको आधारमा संगठन निर्माण र परिचालन गर्दै नयाँ गोरेटोलाई फराकिलो राजमार्ग बनाउने लक्ष्यसहित अगाडि बढिरहेको छ । मालेमावादलाई मार्गदर्शन सिद्धान्त र ऐतिहासिक द्वन्द्वत्मक भौतिकवादलाई विश्व दृष्टिकोण मान्दै एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको लागि गाउँ र शहर, पूर्व र पश्चिम, हिमाल र तराई सबै ठाउँबाट क्रान्तिको ज्वारभाटालाई हरेक संभावना र चुनौतीको बीचबाट अगाडि बढाउँदै मात्र होइन, आपूmलाई सुदृढ गर्दै दर्शनको क्षेत्र, विचारको क्षेत्र अर्थनीति राजनीतिको सामजिक तथा साँस्कृतिक र संगठन परिचालनको क्षेत्रमा नयाँ ढाँचा अथवा नयाँ–नयाँ र वैज्ञानिक संश्लेषण गर्दै बढी रहेको छ तथापि यसको कार्यान्वयनका क्रममा अझै पनि कार्यदिशा कार्यान्वयन संगठन निर्माण र नयाँ संश्लेषणको आत्मसातिकरणमा केही सम्भावना र चुनौतिहरु छन् यसबारे गहन छलफल जरुरी छ मूलभूतरुपमा यो लेखमा यही विषयमा चर्चा गर्नखोजिएको छ ।
कार्यदिशा कार्यन्वयन र संगठन निर्माण
दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि तय गरिएको रणनीति र कार्यनीतिलाई नै दिशा भनिन्छ जस्लाई हाम्रो पार्टीले एकीकृत जनक्रान्तिको रुपमा संश्लेषण गरेको छ । पार्टी र आन्दोलनका लागि कार्यदिशा नै मुख्य प्रश्न हुने गर्दछ । सिङ्गो पार्टी र क्रान्तिकारी आन्दोलनको भविष्य नै कार्यदिशामा अडिएको हुन्छ । त्यसैले माओले कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ भन्नुभयो । विश्वमा र नेपाली कम्युनिष्ट आन्दोलनमा हालसम्म प्रयोगमा ल्याईएका कार्यदिशाका मोडेलहरु सशस्त्र बिद्रोह र दीर्घकालिन जनयुद्ध नै हुन जुन कार्यदिशाको हुबहुप्रोयोगको तरिका असफल भयो र कही पनि कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्न सकेन मात्र होइन जुन व्यवस्थाका विरुद्ध आनदोलन ग¥यो त्यही व्यवस्थामा गएर आत्मसर्मपण गरेर धोका खाएको नकारात्मक अनुभव ब्यहोर्दै आएका छौँ त्यसैले नेपाल कम्युनिष्ट पार्टीले विगतका आन्दोलको अनुभव, अख्तियार गरेका कार्यदिशाबाट शिक्षा लिदै एकीकृत जनक्रान्तिको कार्यदिशाको संश्लेषण गरेको छ । यो कुनै मनोगत नभएर बृहत् खोज अनुसन्धान ग्रेड बहसबाट संश्लेषण गरिएको कार्दिशा हो । तथ्यसहित ७ वटा आधारहरुलाई आधार मान्दै संश्लेषण गरिएको छ । जो वैज्ञानिक र वस्तुवादी छ मात्र यस्लाई बुझ्ने र लागू गर्ने सवालमा केही समस्या देखिन्छ । एकथरीले जनयुद्धको कार्यदिशाको रुपमा बुझ्ने र अर्कोथरीले सशस्त्र जनबिद्रोहको रुपमा बुझ्ने समस्या विद्यमान छ । शहरका केही समुदायमा निकै ठूलो अस्पस्टता छ भने गाउँमा पनि देखिन्छ । किनकि बहस छलफलको क्रममा तपाईंको पार्टीले उठाएका कुरा सबै ठिक छ नेतृत्व पनि सही छ तर अरु कहिले हुन्छ सुरु गर्नुहोस् हामी साथ दिन्छौँ त्यो बेला साथ दिएनौँ भने हाम्रो कमजोरी भन्नु होला । यो कुरालाई हेर्दा र बुझ्दा कार्यदिशालाई बुझ्नेमा नै समस्या हो भन्न सकिन्छ । यसमा पार्टी पंक्तिको क्रियाशिलता र कपी ओली नेतृत्वको सरकारले लगाएको प्रतिबन्ध मुख्य जिम्मेवार छ । आन्तरिक पंक्तिमा आउने निरासा कुण्ठा अराजकता शीघ्र विजयको मनस्थितिलगायतका समस्याहरु पनि कार्यदिशामा बुझाईको समस्या हो । पार्टी पंक्ति नै हिउँदको सिजनको सर्प जस्तो भएपछि बुझ्ने बुझाउनेमा समस्या आउँछ जस्तो कि हिउँदको सर्पले दुलाभित्र बस्ने भोक लागे आहाराको खोजीमा फुत्त निस्कने ट्वाप्प आहारा टिपेर दुला भित्र पस्ने नपचुन्जे भित्रै बस्ने पचिसके फेरि निस्कने जस्तो पार्टी पंक्ति भएपछि मूल विषयमा स्पस्टताको अभाव हुनेमा समस्या आइनै हाल्छ । जनतामा नजाने विषयलाई प्रष्ट राख्न हिचकिचाउने बरु उल्टै उनीहरुको कुरामा कन्भिन्स भएर फर्किने जस्ता समस्याहरु छिटफुट देखिन्छ । यस खालको सोचले न त संगठन निर्माण हुन्छ न त भएकाको रक्षा नै हुन्छ । त्यसैले पहिलो कुरा पार्टीले अख्तियार गरेको कार्यदिशा कार्यक्रम, नीति, विचारहरु स्पस्ट जनताको बीचमा निर्धक्क राख्न सक्ने क्याडर बन्न सक्नु पर्छ । जनताका दुःख सुखमा मलम बन्दिने जनतालाई खोज्ने नीति लिने बहस छलफलमा रमाउने सहायक कामभन्दा मुख्य कामलाई प्राथमिकता दिने कमिटीमा बेहिचकिचावट आलोचना र आत्मआलोचना गर्न सक्ने पार्टी पंक्तिले मात्र संगठन निर्माण गर्न सक्दछ । यसमा मुख्यगरी जनबर्गिय संगठनको निर्माणमा जोड दिनु पर्दछ । उत्पीडित समुदायका बीचमा जबस पुग्ने बिचारहरु राख्ने गलत तत्वसँग सम्झोता होइन भण्डाफोर र संघर्षको नीति लिने लायनमा जबस र पार्टी पंक्ति जाने हो भने संगठन बिनाको कुनै गाउँ बस्ती हुने छैनन् लागौँ जुटौँ पार्टी र संगठनको कामलाई प्राथमिक्ता दिउ केही समयमा आपूm रहेको कार्यक्षेत्रमा संगठनको जालो फिजाउन सकिन्छ ।
सम्भावना र चुनौतीहरु
हरेक तहको नेतृत्व पंक्तिले सिद्धान्त र ब्यवहारको तालमेल मिलाउने भने गाउँ वा शहरमा जनाकर्षण बढ्ने सम्भावना प्रष्टै छ । साम्राज्यवादी दलाल पुँजीवादीहरुले बाढेको निरासालाई चिर्दै सरकारी मान्यता प्राप्त निकायबाट जनता यति धेरै प्रताडित छन् जुन कुरा उल्लेख नै गर्न सकिँदैन समात्ने हो र जनतालाई बुझाउने हो भने क्रान्तिको विषय निकट भबिश्यको विषय अबश्य छ । जुन खालको जनतामा शोषण, दमन, अन्याय, अत्यचार अहिले छ त्योभन्दा धेरै कम थियो २०५२ सालभन्दा अघि तर पनि जनयुद्धमा जनताले मौजुदा उत्पीडनबाट मुक्त हुन पार्टी र आन्दोलनलाई साथ दियो भने आज किन दिँदैन हाम्रो सक्रियताको अभाव र केही कार्यशैलीको रुपान्तरणमा देखिएको अविश्वास जनयुद्धबाट खाएको धोकाले जनता विश्वस्त नहुनुले जनआकर्षण नबढेको जस्तो देखिए पनि पछिल्लो समयमा जनताले नयाँ निकास अबश्य खोजेको छ । र, हाम्रो पार्टी याङ्छे नदी जस्तो भएर निर्धक्कका साथ फिल्डमा अगाडि बढ्ने बित्तिकै एकीकृत जनक्रान्तिको विजयलाई दसनियाको कुनै पनि तागतले रोक्न सक्ने सम्भावना नै देखिँदैन र विजय पनि निकट भबिश्यमै देखिन्छ त्यसैले देखिएका हजारौँ सम्भावानालाई चुम्न सकौ कार्यदिशाले अपेक्षा गरेको सबै थोक उपलब्ध हुन्छ । तर, चुनौती भने अबश्य आउँछ र छिचल्नु भने पक्कै पर्छ । यसका लागि पहिलो चुनौ ती भनेकै मालेमावादी सिद्धान्त र ऐतिहासिक द्वन्द्वत्मक भौतिकवादी विश्व दृष्टिकोणले लैस भएको पार्टी बनाउनु रहेको छ भने दोस्रो चुनौती भनेको दलाल पँसजीवादी प्रदुषण मुक्त पार्टी र संगठन निर्माण रहेको छ तेस्रो चुनौती छलछाम नगरी खुल्ला र स्पस्ट ढंगले परिचालन हुने सदस्यहरुको दस्ता निर्माण संख्यामा होइन गुणमा चौथो गाउँ शहर गल्ली गल्लीमा रहेको साम्राज्यवादी दलाल पुँजीवादी संघसंस्थाहरुको शोषण अन्याय अत्यचार र भ्रमहरुको वास्तविक पहिचान र संघर्षको चुनौती वा अन्तरविरोधको सही पहिचान र परिचालनको चुनौती पाचौ मातृभूमि छोडेर खाडी मुलुकहरुमा तपतप पसिना चुहाउँदै ८० डिग्रीको तापक्रममा काम गर्न बिबस युवाहरुलाई क्रान्तिमा सहभागी गराउने, मध्यम बर्गलाई क्रान्तिको सहयोगी शक्तीको रुपमा माथि उठाउने ब्यपारी ब्यबसायिकका समस्या बुझ्ने र संगठित गर्ने मजदुर वा श्रमिक समुदायमा पुग्ने र संगठित गर्न सक्ने नेतृत्व उत्पादन गर्ने चुनौतीहरु हाम्रा सामु छन् यी सबै चुनौतीहरु समाधान गर्न नसकिने भने पटक्कै होइनन् मात्रै क्रान्तिकारी आशावादितासहितको क्रियासिलता जुझारुपना नीति सिद्धान्त र कार्यक्रमप्रतिको आत्मविश्वास पार्टीका नया संश्लेषणहरुको अध्यनले मात्र कार्यदिशालाई बुझ्ने बुझाउने संगठन निर्माणमा गतिसिलता पैदा हुने हरेक सम्भावना र चुनौतीलाई चुम्न सक्ने पार्टी र संगठन निर्माणमा सफल हुने कुरा निश्चित प्रायः छ ।