भौतिकवादी दृष्टिकोणवाट मात्र समृद्धि सम्भव

२०७९ चैत्र २७ गते, सोमबार

विक्रम सी

विषय प्रवेश

जीवन र जगतलार्ई वुझ्ने विश्व दृष्टिकोण दुईवटा छन्, जसमा आदर्शवादी दृष्टिकोण र भौतिकवादी दृष्टिकोण, पहिलो आदर्शवादी दृष्टिकोण कल्पना भ्रम र शोषण गर्नका लागि शासकवर्गले निर्माण गरेका हुन भने दोस्रो भौतिकवादी दृष्टिकोण तथ्यपरक, सत्य विज्ञानमा आधारित दृष्टिकोण हो । दिमागमा कुन दृष्टिकोण रहेको छ त्यही अनुरुप धारणाहरु निर्माण हुन्छन् र मानिसको जीवन पनि त्यसरी नै चल्ने गरेको हुन्छ । भौतिकवादबाट हेर्ने मान्छेले संसार वोधगम्य छ, यसको व्याख्या गर्न सकिन्छ र प्रमाणित भएको कुरा मात्र विश्वास गर्दछ अरु सबै भ्रम हो भन्छ, आध्यात्मवादलार्ई त्याग्न निर्देशन गर्दछ । तर, आध्यात्मवादी दृष्टिकोणले यो संसार वुझ्न र व्याख्या गर्न सकिँदैन भन्छ, यो सारा संसार इश्वरले निर्माण गरेको हो भन्छ । समाजमा धनी गरिव हुनु पापको कारण हो भन्छ । अन्धविश्वास, रुढीवाद, धामी, वोक्सी, भूत प्रेत हुन्छ भनि विश्वास गर्छ र आफ्नो सुन्दर जीवन संकटमा धकेल्छ, जसले समाजमा अराजकता र अशान्ति पैदा गर्दछ । जीवन र जगतलार्ई गलत बुझ्ने मानिसले परिवर्तनलार्ई विश्वास गर्दैन । या यसो भनौ आदर्शवादी दृष्टिकोण मान्ने मानिसले सधैँ ईश्वरलार्ई देख्छ र भगवान्लार्ई पुकार्छ । वास्तविक वस्तु स्थितिलार्ई बुझ्न चाहँदैन । जीवन र जगतलार्ई बुझ्ने सवालमा मानव जातिको एउटा ठूलो हिस्सा भ्रममा बाँचिरहेको छ । कैयौ पुस्ताहरु अधुरो जीवन लिएर संसारबाट बिदा लिइरहेको छ । यो पृथ्वी, नदीनाला, वनजंगल, मान्छेको सृष्टि, पशु पन्छीको उत्पत्ति कसरी भयो होला ? रात र दिन कसरी अदलबदल हुन्छ ? ठूला–ठूला तुफान कसरी आउँछन् ? पानी कसरी पर्छ ? जाडो र गर्मी कसरी भएको छ ? असिना कसरी पर्छ ? हिउँ कसरी जम्छ ? भन्ने प्रकृतिको नियमलार्ई सही ढङ्गले बुझ्न नसक्नुमा मान्छेको ठूलो संख्यामा अझै पनि भ्रमहरु छन् । मानिसहरूले जिज्ञासा राख्नु स्वभाविक पनि हो । प्रकृतिमा भएको फेरबदललार्ई ठिक ढङ्गले बुझ्नुभन्दा पनि बेठिक ढङ्गले बुझ्नु, गलत तर्क गर्नु, गलत दृष्टिकोण बनाउनु भनेको मानिसमा भएको अज्ञानता र आदर्शवादी वुझाई हो । प्रकृतिमा भएको फेरबदललार्ई वस्तुगत ढङ्गले देख्न र बुझ्न छोडी सवै भगमाले गराएको हो यसमा अरुकुनै कारण छैन भनेर यथार्तबाट अलग गरिदिन्छ । आध्यात्मवादले कल्पनाको स्वर्ग देख्छ, कल्पना गरेको स्वर्गलाई विश्वास गर्छ, नभएको ईश्वर देख्ने, देवीदेवता खडा गर्ने, जहाँ गयो ढुङ्गा मूर्ति पूजा गर्ने, जातजाति खडा गर्ने, मानिस–मानिसलार्ई ठूलो र सानो बनाउने धनी र गरीब बनाएर वर्ग विभाजन गर्ने र मानिसमा हिंसा पैदा गराउने सबै आध्यात्मवादी दृष्टिकोणको नेतृत्वमा भएको छ । मानिसलार्ई ठगी गर्न धर्म बनाउने, कर्मलार्ई विश्वास नगर्ने, धर्मलार्ई विश्वास गर्ने भनेको यही आदर्शवादी भ्रम र अज्ञानताको उपज हो । वस्तुगत तथ्यलार्ई नकार्न हुँदैन शोषक वर्गले अध्यात्मवादलार्ई विश्वस गर्छ । वस्तुभन्दा बाहिरको शक्तिलार्ई मान्यता दिन्छ । श्रमजीविवर्गलार्ई समेत भ्रममा राखेर आफ्नो विचार र दृष्टिकोणमा बाध्य पार्छ । त्यसो नगरे आफ्नो स्वार्थ टिकाउन गारो हुन्छ । आजको वैज्ञानिक युगमा भ्रम फिजाएर मानिसलार्ई भ्रमजालमा ठगी गर्ने युग थामिराख्नु भनेको मानिसले जीवन र जगतको कुरा वस्तुवादी तरिकाले नबुझ्नु हो । जीवन र जगतको लामो अध्ययनपछि माक्र्स र एंगेल्सले समाजशास्त्रको बारेमा वैज्ञानिक निष्कर्ष निकाल्नु भएको थियो, समाजवाद साम्यवादमा मानव समाजको विकास हुन्छ । समाजवाद र साम्यवादमा मानव समाजमा शान्ति हुन्छ । समाजवाद र साम्यवादमा मान्छेको समृद्धि हुन्छ । आज पुँजीवादका एजेन्टहरू, साम्राज्यवादका एजेन्टहरू पनि समाजवादको नारा लगाउँछन्, समाजवादको भजन गाउँछन् । साम्राज्यवाद र पुँजीवादले जति नारा लगाए पनि समाजवादको स्थापना गर्न सक्दैन । कारण, पुँजीवादले मानिसलार्ई वर्ग विभाजनमा अग्रसर गराउँछ । वर्गसंघर्ष गर्ने थलो स्थापना गर्दछ ।

आध्यात्मवादमा ईश्वरीय भ्रम

मानिसहरूले मान्ने भगवान वा ईश्वरको इतिहास अध्यायन गर्दा ६ हजार वर्षयताको मात्र पाइन्छ । सृष्टिकर्ता ब्रम्हा भनेर एकथरि मान्छेले पूजापाठ गर्छन, ईश्वर सम्झन्छन्, उनको इतिहास पाँच हजार वर्षभन्दा पुरानो छैन । क्रिश्चियनहरू यशुलार्ई परमेश्वर भन्छन् र सबै सृष्टिको मालिक ठान्दछन् । मुस्लिमहरू अल्लाहलार्ई भगवान ठान्दछन् । यी सबैको इतिहास पाँचहजार वर्षभन्दा पुरानो छैन । पाँच अरब वर्ष सूर्यबाट छुट्टिएर बनेको पृथ्वीलार्ई पाँच हजार वर्ष पछि जन्मेको उनीहरूले मान्ने भगवान परमेश्वरले कसरी पृथ्वी सृष्टि गरे होला यो त ढाँटेर, झुट कुरा गरेर मानिसलार्ई भ्रम सृजना गर्ने, मानिस र मानिसले लेखेका कथा पढेर नभएको स्वर्ग र नर्कका कुरा गर्नेभन्दा योभन्दा पागलमन अरु के होला ? यो भ्रम नभएर अरु के हुन्छ । मान्छेलार्ई जात भातमा बिभाजन गर्ने तिनै ईश्वरवादीहरू हुन् । मान्छेको जात हुँदैन भन्ने कुरा साचो सत्य हो, मान्छेको जात हुन्छ भन्ने कुराको कुनै प्रमाण छैन । मान्छेको जात हुँदैन भन्ने प्रमाण धेरै छन् । पशु पन्छिहरूको जात हुन्छ । मान्छेलार्ई जात हुन्छ भनेपछि मानिसलार्ई पशु बनाइएको छ । मान्छेलार्ई मान्छेले जातभात बनाएपछि त्यस्तो समाजमा कसरी विकास हुन्छ ? पृथ्वीमा मानिसलार्ई बाँच्न हावा, पानी, ताप जमिन सबै चाहिन्छ । त्यो बिना संसारमा प्राणीहरू जिउनै मुस्किल छ । आपूmसँग भएको भौतिक शक्तिलार्ई देख्न नसक्ने मान्छेले यो लोक र परलोकमा नभएको शक्ति कसरी देख्न सकेको ? आपूmसँग भएको दिमाग, आँखा, नाक, कान, जिब्रो छालाको महत्व बुझ्न सकेको छैन । त्यसैले मान्छेले सबभन्दा पहिले जीवन र जगतलार्ई बुझ्नु पर्छ । जीवन र जगतलार्ई बुझ्न नसक्ने मान्छेको । जीवन अधुरो अशान्ति पीडादायक हुन्छ । जब मान्छे पृथ्वीमा उत्पत्ति भयो तब समाजमा एकअर्काको संरक्षणमा विकास भयो । आफन्तको मायाको कारण एक अर्कालार्ई सहयोग गर्न मान्छे अग्रसर भएको थियो । एक अर्कालार्ई आवश्यक भएकै कारण मानिसको समूहको विकास र प्रारम्भ भएको थियो । त्यसै कारणले मानिसको समाज बन्न थालेको थियो । यसैको परिणामले समाज देश प्रदेश क्रमशः विकास हुँदै आज मानिस आधुनिक मानव समाजमा संलग्न भएको छ । मान्छेको जीवनसँग माया गासिएको छ मायामान्छेको जीवन छ । त्यसैमा मान्छेको समस्या गाँसिएको छ । त्यसैमा मान्छेको मृत्यु गाँसिएको छ । मृत्युलार्ई स्वीकार गर्नेहरू नै भौतिकवादी हुन्छन् ।

अध्यात्मवादीहरू मृत्युलार्ई स्वीकार गर्दैनन् । मृत्युपछि पनि नभएको अर्को जुनीको सपना देख्छन् । संसारका प्राणीहरूमा मानिस सबभन्दा चलाख र चतुर प्राणी भएका कारण मानिसले मानिसलार्ई शासन गर्न थालेको छ । एकले अर्कोलार्ई ठग्न एकले अर्कोलार्ई झुक्याउन सिपालु भएको छ । छलकपट गर्न मानिस सक्रिय छन् । त्यसैको कारण समाजमा मानिस वर्गमा विभाजित भएको छ । वर्ग स्वार्थले नै मानिसको समाजमा राजनीति सुरु भएको छ । मानिसको बीचमा वर्ग स्वार्थ छ । वर्गीय समाजमा वर्गीय दृष्टिकोण छ । शोषक वर्ग र शोषितवर्गबीचको स्वार्थले समाजमा झैझगडा लुटपाट मच्चिने गर्छ । त्यसैको कारण देश देशको समेत लडाइँ, युद्ध र झगडा निरन्तर भइरहन्छ । वर्ग दृष्टिकोण भनेको एकथरी काम गर्ने र अर्कोथरि काम नगर्नेबीचको संघर्ष हो । काम गर्नेले गरेको उत्पादन समान रूपले वितरण गर्ने भन्छ तर काम नगर्नेले काम गर्नेसँग ठगेर खाना खोज्दछ । ठगी खाने र काम गर्नेबीच संघर्ष हुनु स्वभाविक हो । काम नगर्नेले ठगी खान स्वर्ग र नर्कको कुरा गरी दिन बिताउँछन् । काम गर्नेलार्ई नभएको स्वर्ग देखाउँछन् । अनि नर्क देखाउँछन् । त्यस्तै खालको धर्म बनाउने, त्यस्तै खालको जात बनाउँछन् त्यसैसँग मिल्ने संविधान बनाउँछ, नियम कानुन कार्यविधि बनाउँछ, त्यसैसँग मिल्ने प्रशासन बनाउँछ, सेना पुलिस खडा गर्छ, जेल अदालत बनाउँछन्, ठगहरूको विरूद्ध केही बोले जेलमा लगेर थन्काउँछ । आध्यत्मवादी दृष्टिकोणले पुँजीवादको संरक्षण विकास गर्दछ । पुँजीवादले समाजमा असमानता, अशान्ति, अराजकता पैदा गर्दछ । आज नेपालमा पनि दलाल पुँजीवादी व्यवस्था कायम छ । जनताको जीवनमा अशान्ति, असुरक्षा र संकटहरु पैदा गरिरहेको छ । सरकारका प्रतिनिधिहरु छोडेका साँढेहरुजस्तो स्तानियतहरुमा भ्रस्टाचार गरिरहेका छन् । जनतालार्ई हेपिरहेका छन् । त्यसैले आदर्शवादी दृष्टिकोण छोडौं विज्ञानमा आधारित भौतिकवादी दृष्टिकोण आत्मसात गरौं जीवनलार्ई सही तरिकाले जीउन सिकौं । अव श्रमजीवि वर्गले भौतिकवादलार्ई विश्वास गरी समुन्नत समाजको निर्माणमा अघि बढ्नुको विकल्प छैन ।

निष्कर्ष

भौतिकवादी दृष्टिकोणले जगत र जीवनलार्ई सही तरिकाले वुझ्ने गर्दछ । यसले विज्ञानलार्ई विश्वास गर्दछ अन्धविश्वास र इश्वरीय कल्पनालार्ई खारेज गर्दछ । यसले माक्र्सवादी विचारलार्ई विश्वास गर्दछ । समाजमा धनी गरिव हुनुको कारण कुनै पूर्वजुनीको पापको कारण नभई पुँजीवादी दमन र शोषणको कारणले हो भन्ने चेतना भरिदिन्छ । माक्र्सवादी विचारले समाजवाद हुँदै साम्यवाद प्राप्त गर्दछ । समाजवाद र साम्यवादले वर्ग विभेद मेटाउने काम गर्छ । वर्गविहीन समाज स्थापना गर्छ । समाजवाद र साम्यवादले मात्र उत्पादन प्रणाली र वितरण प्रणालीको व्यवस्थापन गर्न सक्छ भन्ने वैज्ञानिक विश्लेषणद्वारा माक्र्स र एंगेल्सले समाजलार्ई ठूलो द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको वैचारिक हतियार प्रदान गर्नुभएको छ । आजको युगमा भौतिकवादी दृष्टिकोण र वैज्ञानिक समाजवादले मात्र आजका आममानिसहरूको आवश्यकता पुरा गर्छ । आमजनताका आवश्यकता पुरा भए मात्र जनताको जीवन खुसी र सुखी हुन्छ तब मात्र समाजमा शान्ति र समृद्धि प्राप्त हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]