सी जाति निर्माणको उद्देश्य
नेकपाको ९ औँ महाधिवेशद्वारा सी जाति एकमतले पास गरेर निर्माण गरेको छ । हामीले सी जातिको विकास गरेपछि समाजमा सकारात्मक र नकारात्मक तरंगहरू आउने प्रक्रिया जारी छन् । यो स्वभाविक प्रक्रिया हो । समाजमा नयाँ कामको थालनी गर्दा बहसको विषय बन्नुपर्दछ । बहसले नै पूर्णता पाउँदछ । सी जाति के हो ? यसको उद्देश्य के छ ? यसले समाज रूपान्तरणमा कस्तो प्रभाव राख्दछ, यसका विरोधीहरूले के के भ्रमहरू छाडिरहेका छन् ? यो जाति निर्माणले जातीय उत्पीडन कसरी अन्त्य गर्दछ । यसबारेमा थप स्पस्ट पार्न आवश्यक छ ।
यसको शाब्दिक अर्थ
सी भनेको अङ्ग्रेजी Communist शब्दको अगाडि C अक्षरलाई झिकेर बनएको हो । यसको अर्थ कम्युनिस्ट अथवा समाजवादी भन्ने बुझिन्छ । सी जातिको अर्थ कम्युनिस्ट जाति भनेको हो । सी समाज भनेको साम्यवादी समाज भन्ने बुझ्नुपर्दछ । यसको जे जति अर्थ लगाए पनि हामीले निर्माण गर्न खोजेकोे यही कम्युनिस्ट जात हो, यही बुझ्नुुपर्र्दछ । हाम्रै साथीहरूले भ्रममा परेर चाइनिज राष्ट्रपतिको नाम XEE राखेर लेख्दछन् । कसैले नामको अगाडि लेख्दछन् र कसैले केही भन्छन् । जसले जे भने पनि नामको पछाडि सी लेख्ने हो र सही कुरा यही हो । सबैको बुझाइमा एकरूपता हुन जरुरी छ
सी जाति निर्माणको उद्देश्य
सी जाति निर्माणको मुख्य उद्देश्य भनेकै विश्वमा भएको जातीय उत्पीडन अन्त्य गर्नु हो या यसको एउटै मानव जाति निर्माण गर्ने पवित्र उद्देश्य छ । विश्व या नेपालमा मानव जातिको विकास कामको आधारमा पहिचान दिएर निर्माण गरिएको थियो । पछि त्यो पहिचान या जात जातिमा विकास भयो । जाता जातिमा विकास हुन धेरै शताब्दी र युगहरू बिताउनुप-यो । राजा–रजौटाहरूले निर्माण गरेको जात आज जाति या राष्ट्रियतामा विकास भइसकेको छ । फरक फरक जातहरू विकास भएर त्यो जातिको समाज, भाषा, संस्कार, संकृति सबै निर्माण भएर हिजोको जात आज राष्ट्रियतामा परिणत भइसकेको छ । जब जात नेसनमा परिणत हुन्छ, तब त्यो कुनै निजी विषय नभई सबैको साझा विषय हुन्छ । आज नेपालमा आर्य जाति, नेवा जाति, मैथली, ताम्सालिङ, थारु मगरातलगायत सबै राष्ट्रियतामा परिणत भैसकेका छन् । निजी विषय आज सामूहिक विषय बनेको छ । हिजोको जात आज राष्ट्रियतामा विकास भएको छ । तर समाजमा नकारात्मक छाप के परेको छ भने हरेक जातिमा पनि तल–माथि भनेर वर्गविभाजन गरेको छ । सानो ठूलो जात भनेर क्लस्टर छुट्याइएको छ । माथिल्लो जातभित्र पनि धेरै वर्ग बनाएको छ । तल्लो जात भनेर त्यहाँ पनि विभिन्न वर्ग विभाजित गरेको छ, जसमा जातीय विभेद, छुवाछुत र मानवीय हिंसाको बिजारोपण गरेको छ । यसको अन्त्य गर्न अब भाषण गरेर मात्र अन्त्य सम्भव छैन ।
हामीले यो वर्णव्यवस्था हटाउन नयाँ सामूहिक जात कम्युनिस्ट जात विकास गर्न खेजेका छौँ । यो जब सी जातिलाई सबैले लागू गरेपछि नेपाल या संसारमा एउटै जातको विकास हुन्छ र जातीय उत्पीडन सदाको लागि यो धर्तीबाट बिदा लिनेछ । यो सी जात अहिले हाम्रो पार्टीमा सीमित छ । भोलि सबैको इच्छाएको विषय हुनेछ । यो जात अहिले नयाँ लागे पनि शताब्दीपछि यो कम्युनिटी या समाजमा रूपान्तरण हनेछ । सी समाज भोलि विभेदरहित आदर्श समाज बन्नेछ । किनकि हामीले सिंगो मानव जातिको भलाईको लागि यो मानवको एउटै जात संस्कार संस्कृतिमा विकास गर्न चाहेर निर्माण गरेका छौँ । हिजो जातको व्यवस्था बनाउनेहरूले एकअर्कामा अन्तरविरोध पैदा गर्ने र फुटाउने र आफ्नो लुटको संसार बचाइराख्ने शासकहरूको गलत उद्देश्य थियो । अहिले समाज वर्गमा विभाजित भएको छ । यो शासकहरूले बनाएको जात जनतालाई लडाएर तमासा हेर्ने उद्देश्यले निर्माण गरेकै कारण आज मानव समाज तहस–नहस भएको छ । क्षेत्रीले क्षेत्रीहरूमाथि दमन गरेको छ । दलितले दलितभित्रै दमन गरिरहेको छ । यो हटाउन जरुरी छ । यो हटाउन एउटै जाति निर्मा गरेर मात्र सम्भव छ । कुरा गरेर या एकअर्कामा लडाइँ गरेर यो समस्या समाधान गर्न सम्भव छैन ।
गलत संस्कार खारेज गर्न सी जाति
हरेक कम्युनिस्टहरूको उद्देश्य भनेकै वर्गविभाजित समाजको अन्त्य गरी एउटै वर्ग एउटै जाति भएको समाज बनाउन चाहन्छन् । विश्वमा नै अझ बढी नेपालमा जातीय उत्पीडन भएको छ । यसको अन्त्य गरी अन्तर्र्राष्ट्रिय जाति निर्माण गर्नु रहेको छ । हामी जहिले पनि अन्तर्र्राष्ट्रिय जाति निर्माण गर्नेछौँ भनेर गीत गाउँछौँ तर अन्तर्र्राष्ट्रिय जात बनाउँन तयार कोही भएनौँ । यो गीत गाउने कुरा नभै जाति बनाउने कुरा थियो । यो काम हामीले सुरु गरेका छौँ । सुरुआत भएको छ । उद्देश्य सुन्दर छ । यसले कम्युनिस्टहरूलाई खुसी बनाएको छ । सी जातिले पनि कम्युनिस्ट समाज निर्माण गर्ने उद्देश्य राखेको छ । अहिले हामीले जन्म, मृत्यु र विवाह संस्कार निर्माण गरेका छौँ । जसरी विश्वका जुनसुकै भ्रमका आ–आफ्नै संस्कार निर्माण गरेका छन् । यसो हेर्दा एकअर्काका विरोधी पनि छन् । जस्तो हिन्दुसंस्कार मुस्लिमहरूको भन्दा ठीक उल्टो छ तर उद्देश्य साझा छ । जनताको बीचमा अन्तरविरोध हालेर राज गर्ने शासकहरूको उद्देश्य साझा छ । हामीले सी समाजको संस्कारको विकास यो गलत उद्देश्य बोकेको संस्कार संस्कृतिको विकल्प दिनका लागि निर्माण गरेका छौँ । जिउँदो छउन्जेल बेवास्ता गर्ने अनि मरेपछि कपाल फाल्ने, नुन छोड्ने, कपडा अन्न अनाज दिने, पिण्डको नाममा मरिसकेपछि खीर पकाएर माटोमा हाल्ने संस्कारविरुद्ध जिउँदो छउन्जेलनै सहयोग गर्ने अनि मरेपछि नाटक मञ्चन गर्ने संस्कारको अन्त्य गर्न सी जातिको मृत्यु संस्कार हामीले विकास गरेका छौँ ।
सी जातिको मृत्यु संस्कारमा मृत्यु भएको दिन ‘त्रि रोपनी’ गर्ने, फल, पूmल र जडीबुटीको बिरुवा रोप्ने, तेस्रो दिनमा गरिब असहायहरूलाई कपडा सहयोग गर्ने, पाँचौँ दिनमा श्रद्धाञ्जली कार्यक्रम गर्ने, अक्षयकोष निर्माण गर्ने, सार्वजनिक ठाउँमा धारोपानी, चौतारो निर्माण या मर्मत गरेर समाज सेवा गर्ने । यो नै सी जातिको मृत्यु संस्कार हो । हामीले जन्म संस्कार पनि बनाएका छौँ । नाचगान गर्ने, सामान्य खानेकुरा खाने जन्मदिनको शुभकामना आदानप्रदान गर्ने, हाम्रो विवाह संस्कार पनि बनाएका छौँ । पुँजीवादीहरूको जस्तो भँड्किलो र खर्चिलो विवाह छोडेर सामान्य भोजन गरी रमाइलो गर्ने, विवाहित जोडीलाई शुभकामना दिने र विवाहोत्सव मनाउने संस्कार निर्माण गरेका छौँ । अन्य संस्कार संस्कृतिको विकास गर्ने उद्देश्य छ, जुन वैज्ञानिक विचारद्वारा निर्देशित मानवहरूलाई फाइदा पुग्नेखालको बनाउने लक्ष्य छ । पुँजीवादले ल्याएका हरेक गलत संस्कारका विरुद्ध नयाँ वैकल्पिक संस्कारको विकास गर्नु सी जाति मुख्य उद्देश्य छ । त्यो बन्दै पनि जान्छ ।
कथित छुवाछुतको अन्त्य गर्न सी जाति
दलित र गैरदलितको बीचको असमानताको खाडल अन्त्य गर्नको लागि विकास गरिएको हो । नेपाली समाजमा कुवा, धारो पँधेरोमा धजा बाँध्ने प्रचलन छ । अहिले पनि छुवाछुत गर्नेलाई दण्डित गर्ने कानुन भए पनि कानुनकै उल्लंघन गर्ने, पानी छोएको, अन्तरजातीय विवाह गरेको भनेर दिसा खुवाउने, हत्या गर्ने प्रचलन अहिले पनि छ । यो सारा समस्याबाट मुक्त कसरी गर्ने भन्ने चिन्ताका साथ सी जातको विकास भएको छ । यो सबै उत्पीडनको सीमा अन्त्य गर्न राजनीतिबाटै हल खोजिनुपर्दछ । उत्पीडनका सीमाहरू राजनीतिले निर्धारण गर्ने कुरा हो । दोस्रो विश्वयुद्धभन्दा अघि आज देखिएका थुप्रै देशको स्वतन्त्र मानचित्र नै थिएन । त्यसैले राजनीतिका आधारमा मात्रै कुनै विषय राष्ट्रिय वा अन्तर्र्राष्ट्रिय मान्ने अवधारणा नै सही होइन । मुख्य कुरा भनेको मानवजातिभित्रको समस्याको विषय हो त्यो सानो मानिएको समस्या होला तर यो नेपालको मात्र नभई अन्तर्र्राष्ट्रिय समस्या नै हो । जहाँसम्म जातव्यवस्था र दलित उत्पीडनको सवाल छ, जनसङ्ख्याकै दृष्टिबाट हेर्दा पनि यो संसारको जनसंख्याको करिब तीन प्रतिशत मानिसले सबैभन्दा बढी उत्पीडन भोगेको समस्या हो । आज भारत, नेपाललगायत देशमा रहेका दलित जनसङ््ख्या २० करोडभन्दा बढी छ ।
संसारमा २० करोडभन्दा मुनि जनसंख्या भएका कतिवटा देश होलान् ? यस कोणबाट हे¥यो भने संख्यात्मक दृष्टिले पनि आजको विश्वको जातव्यवस्था र दलित उत्पीडन निकै ठूलो समस्या हो । जातव्यवस्थाको सबैभन्दा पिँधको जनसंख्या मात्र त्यति हो, जसमाथि उत्कर्षको छुवाछुतसमेत लादिएको छ । त्यसबाहेक आमरूपमा छुवाछुत नहुने तर जातव्यवस्थामा आधारित अर्थतन्त्र, राजनीति र संस्कृतिद्वारा प्रत्यक्ष प्रभावित हुन पुगेकाको संख्या कम्तीमा पनि दलितको संख्याभन्दा दोब्बर छ । कथित अछुतमा नपर्ने तर शूद्रअन्तर्गत पर्दै आएका विशाल जनसंख्या यो कोटिमा पर्छन् । अर्कोतिर जातव्यवस्थाले सिङ्गो गैरदलित समाजलाई पनि अगाडि बढ्न रोकिरहेको सन्दर्भलाई समेत हेर्दा विश्वको करिब १५ प्रतिशत जनसंख्या यसको मारमा परेको छ । तसर्थ, दलितको कोणबाट मात्रै होइन, सिङ्गै जातव्यवस्थाबाट निर्धारित हिन्दु समाजको विषय विश्व मानवजातिको अनिवार्य सरोकारभित्रको विषय नै हो । त्यसकारण समस्या कुन स्तरको हो भन्ने सन्दर्भमा होइन; बरु विश्वमा स्थापित राजनीतिक व्यवस्थाले यो समस्यालाई कसरी हेरिरहेछ भन्ने कुरा महत्वपूर्ण हो । यो समस्या मानवजातिको गम्भीर समस्या भएकै कारण आज संसारका विभिन्न विश्वविद्यालय र प्राज्ञिक क्षेत्रमा अध्ययन–अनुसन्धान र छलफलको विषय बनेकै छ ।
प्राज्ञिक क्षेत्रमा जति विषय बनिरहेको छ, स्थापित विश्व राजनीतिक वृत्तमा भने यस विषयले त्यसले झिनो स्थान पनि प्राप्त गर्न पाएको छैन । यसो हुनुका पछाडि आजको विश्व पुँजीवादी राजनीतिले यो विषयअन्तर्गत भइरहेको मानवताविरोधी उत्पीडनलाई आफ्नो सरोकारको विषयका रूपमा गम्भीरतापूर्वक नलिनुको परिण्राम हो । बरु, आजको दक्षिण एसियाको पुँजीवाद जातव्यवस्थालाई पनि पुँजीवादको भविष्यका लागि प्रयोग गर्न कटिबद्ध देखिन्छ । यो जातव्यवस्थाको उत्पीडन नहुने हो भने पुँजीवादको जीवन पनि धराममा पर्नेछ । सी जातको उद्देश्य यी सबै उत्पीडनबाट मुक्त समाज बनाउने हो । सी जात र कम्युनिस्ट समाजको संस्कार लागू गरियो भने संस्कारबाटै समाजवाद जन्मिनेछ र पुँजीवादको अन्त्य गर्ने गर्नेछ । जातिय उत्पीडन गर्ने कुरा व्यवस्था परिवर्तनसँग जोडिने कुरा हो । सी समाजले दलित गैरदलितबीचको खाडल त पुर्छ नै, सत्ता परिवर्तनमा समेत मुख्य भूमिका खेल्नेछ ।
गोत्र र थरको अन्त्य गर्न सी जाति
नेपाली समाज हिन्दुवर्णमा आधारित जातव्यवस्था भएको समाज हो । समाजमा गोत्र, थरको महत्व बढी नै गरेको पाइन्छ । विवाह हुनुभन्दा पहिला गोत्र थर सोधिन्छ र सहगोत्री भएपछि विवाह सम्बन्ध गरिँदैन । मानिसको एउटै गाोत्र हो भन्ने कुरामा पर्दा हालेर काल्पनिक ईश्वरले सृजना गरेको गोत्र थर भन्ने भ्रम छाडिएको छ । विज्ञानले यो सबै गलत सावित गरिदिएको छ । चाल्र्स डार्बिनको जीव विज्ञानले यो सबै भ्रम भएको पुष्टि गरेको छ । मानवको उत्मति एककोषीय जीवबाट सुरु भई बहुकोषीय जीवमा परिणत हुँदै पृथ्वीको विकसित रूप नै आजको मानव हो । आफ्नो उत्पत्ति कसरी भयो भन्ने कुरा नै थाहा नपाउने दर्शनले कसरी गोत्र बनायो, अचम्म र रहरलाग्दो विषय छ । मानिसहरू सुरु–सुरुमा समूहमा बस्दथे । आदिम साम्यवादी युगमा मानिसहरूको शरीर र दिमागको नै राम्रोसँग विकास भएको थिएन, त्यतिबेला मानिसको एउटै गोत्र थियो ।
त्यतिबेला आमा पहिचान हुन्थ्यो । बाबु पहिचान हुन्थेन या मातृप्रधान समाज थियो । त्यो समूहको मालिक आमा हुन्थिन् । त्यो प्रकृतिले दिएको अधिकार थियो । पछि युगहरू परिवर्तन हुँदै गए र कबिलाहरूको विकास भयो । कानुन, राज्य, धर्म, संस्कार सबै बनाउँदै आए । यो बनाउँदा आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गोत्र थर निर्माण गरेको नै सत्य हो । सी जातको विकास गरेको भनेकै आदिम साम्यवादी समाजको मानव जाति निर्माण गर्न बनाइएको हो । यसले मानव निर्मित वर्ण, गोत्र, थर हटाउने र एउटै मानव जाति बनाउने उद्देश्य बोकेछ । हामी सबैले सी जाति लेखौँ र सी जातिको संस्कारलाई लागू गरौँ । वैचारिक अन्धता आजैबाट हटाऊँ ईश्वरीय कल्पनाले तपाईंंलाई अन्धकारतिर धकेल्छ । सत्य ज्ञानबकाट पर काल्पनिक र अन्धविश्वासतिर लग्छ । मानवको जीवनलाई सङ्कटमा धकेल्छ । त्यसैले विज्ञानलाई विश्वास गरौँ । वैज्ञानिक चेतना भरौँ र समाजलाई आधुनिक समाजवाद स्थापना गरौँ ।