कम्युनिस्ट एकता : आजको आवश्यक्ता
विषय प्रवेश
एकता भनेको शक्ती हो । एकता भनेको वल हो । एकता भनेको क्रान्ति र परिवर्तनको मुख्य आधार हो । समाज परिवर्तन गर्नु छ भने एकता अपरिहार्य छ । समाजवाद ल्याउँनुछ भने आम कम्युनिस्टहरु बीच एकता हुन जरुरी छ । आम जनताहरु जसले नेपालमा समाजवाद चाहन्छन ती सबै क्रान्तिकारीहरुका बीचमा एकता हुन जरुरी छ । क्रान्तिकारी भनेको केवल माओवादी मात्र हो भन्ने भ्रममा कोही पनि पर्नु हुँदैन र परिवर्तका लागि या समाजवाद प्राप्तिका लागिआ–आफ्नो ठाउँमा योगदान दिने सबै जनता, किसान, मजदुर, पत्रकार, बुद्धिजीवि, युवा सबै क्रान्तिकारी हुन्छन, उनीहरु सबैसँग हामीले एकता गर्दै जानुपर्दछ । यो अभियान नै हामीले सुरु गरेका छौ जुनपार्टीले जहाँ सुरु गरेपनि त्यो सकारात्मक कुरा हो । एकतामा वास्तविक वल प्राप्त हुन्छ । एकता आन्दोलनको सुरुवात पनि हो, एकता क्रान्ति हो, एकता प्रगति र विकास हो । एकता विचार हो एकता नयाँ भविश्य पनि हो । एकताले असम्भव भएका कुराहरुलाई सम्भव बनाउने एउटा साधन पनि हो । आजको यो परिवर्तन पनि जनताको एकताबाट पैदा भएको हो । कुनै बेला राजा रजौटाहरुको वारेमा चुईक्क वोले पनि जेल हालिन्थ्यो, गोलि हानिन्थ्यो, हत्या गरिन्थ्यो तर आज सडकमा आएर खुल्लम खुल्ला बोल्दा पनि हुने अधिकार वास्तविक जनताको एकता र संघर्षको बलमा प्राप्त भएको हो । एकता पुरानोको विदाई र नयाँको स्वागत पनि हो । एकता कोसँग र कोसँग या कुन नेतासँग भयो भन्ने कुरा ठुुलो कुरा होईन । ठुलो कुरा त त्यो हो छरिएर रहेका माओवादी र सबै कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याउँनु त्यो ठुलो कुरा हो । नेपाल कम्युनिस्ट पार्टीले त्यसको सुरुवात गरेको छ । क.कर्णजीत वुढाथोकीको माओवादी समाजवादी र हाम्रो नेकपा बीचको जुन एकता सुरुवात भएको छ यो सकारात्मक कुरा हो ।उता क्रान्तिकारी माओवादीले सुरु गरेको एकता पनि सकारात्मक कुरा हो । सबै माओवादीहरु एक हुन जरुरी छ । समस्या पर्दा एक हुने वातावारण आपूmअनुकुल हुँदा एक्लै बसेर रमाउँने प्रवृती गलत हो । नेपालका सबै कम्युनिस्टहरु एक हुन जरुरी छ । यसको सुरुवात हामीले गर्नु पर्दछ हामीलाई विश्वास छ एकदिन सबै कम्युनिस्टहरु एकढिक्का हुनेछन ।की त आपूm कम्युनिस्ट होईन भन्नु पर्छ कि त एक हुनुको विकल्प छैन । हामी कम्युनिस्टहरु समाजवाद ल्याउन चाहन्छौ, नेपालमा समाजवाद चाहने जनता ६५ प्रतिशत छन् या कम्युनिस्टहरुलाई मनपराउछन तर नेपालका कम्युनिस्ट पार्टीहरु स–साना पसल थापेर बसिरहेका छन् । यो किन भइरहेको छ ? हामी सबैले विना संकोच सोच्नुपर्ने बेला आएको छ । आफ्ना शैलीहरु फरक फरक होलान, तवर तरिकाहरु फरक फरक होलान तर समाजवाद र साम्यावाद ल्याउने कुरामा एक हुनै पर्दछ । मै ठुलो भनेर व्याक्तिगत हठ र ईगो राखेर केही हुनेवाला छैन ।एकता किन गर्ने ? जनताको नयाँ भविश्यको लागि, जनताको साम्यवाद प्राप्तिको चाहाना पुरा गर्नको लागि, जनतालाई समाजवादसम्म पु¥याउनको लागि एकता जरुरीछ । एकताको सुरुवात हामीले गर्नुपर्छ, हामीलाई विश्वास छ एकदिन हामी सबै माओवादी कम्युनिस्टहरुलाई एक ठाउँमा ल्यार्ई छोड्छौ । कसैले पिर नगर्दा हुन्छ । यहाँ माओवादी र कम्युनिस्टको एकताको कुरा गर्दा कसैलाई निद्रा नै नलाग्ने अवस्था छ । अझ कैयौँ माओवादीका नेताहरु रकम्युनिस्ट भन्ने नेताहरुकै बीचमा निन्द्रा नलाग्ने अवस्था पनि छ । तर केही छैन हामीले एकता गरेरै छाड्नुपर्दछ । निरास कोही हुन जरुरी छैन । कम्युनिस्ट व्यवस्थामा सबैको संरक्षण र विकास हुन्छ त्यसैले सबैजनताको भलाई हुने व्यवस्था वैज्ञानिक समाजवाद हो । यो सबै कुरा प्राप्ति गर्न पनि एकता आवश्यक छ ।
माओवादी एकता जरुरी
नेपालमा माओवादी जनयुद्ध भयो । हजारौं हजार जनताहरुमा जागरण पैदा ग¥यो । भारि वोक्ने जनतालाई आफ्नो अधिकार प्राप्तिको लागि वन्दुक वोक्न सिकायो । चुलो चौकोमा सिमित महिलाहरुलाई सेना बनेर लड्न सिकायो, जातीय बिभेदको अन्त्य गरायो । गरिव जनतालाई अधिकारको लागि एके फाटी सेभेन चलाउन सिकायो । तर अज त्यसैका प्रमुख नेताहरुलाई मुद्धा हाल्ने, धम्क्याउने अवस्थामा नेपालका प्रतिक्रियावादीहरु आइसकेका छन, हिजो अधिकार माग्दा जनतालाई गोली हानेर हत्या गराउँने राजावादीहरु फेरी जनताको सानो परिवर्तनका विरुद्ध धावा वोल्न थालिसकेका छन । यो सबै माओवादी आन्दोलनको विभाजनले पैदा गरेको समस्या हो । सबै माओवादीहरु एक हुनु पर्ने बेला भइसकेको छ । छरिएर रहेका सबै माओवादीहरु एक भएर अगडी बढ्नु पर्दछ नेपालमा क्रान्ति गर्नु पर्दछ र नेपाललाई नयाँ ठाउँमा पु¥याउँनु पर्दछ । “मेरै काखमा बसेर मेरै दुध टोक्ने” भने जस्तो माओवदीले वलिदान गरेर ल्याएको गणतन्त्रमा बस्ने र माओवादीलाई नै सत्तोसराप गर्ने खेती अहिलेका राजावादी र प्रतिक्रियावादीहरुले गरेका छन । यो कुनैपनि माओवादी या जनतालाई सैह्य हँुदैन । माओवादी कुनै व्यक्ति होईन यो विचार हो, यहाँ माओवादी भने पछि व्यक्ति सम्झिन्छन यो हो त्यो हो भनेर भन्छन तर यो गलत बुझाई हो । माओवादी आन्दोलन हो, माओवादी समाजवाद प्राप्त गर्ने एक विचार हो, माओवादी दलाल पँुजीवाद फाल्ने र वैज्ञानिक समाजवाद ल्याउने एउटा नयाँ हतियार हो । माओवादी या कम्युनिस्टहरु एक हँुदा कोही अत्तालिनु पर्दैन कोही आतिनु या मातिनु पर्दैन त्यसैले कम्युनिस्टहरु मिल्दैछन । हामीेले मिलाउनै पर्दछ । यो हामी कम्युनिस्टहरुको चाहाना हो । माओवादी मात्र होइन हामी ६५ प्रतिशत जनचाहना बोकेका सबै कम्युनिस्टहरुलाई एक बनाएर लिनु पर्दछ । अझ गाउँगाउँमा सबै कम्युनिस्टहरुले भन्नु पर्दछ हामी कम्युनिस्टहरुको नीति छ नेपालमा समाजवाद ल्याउने जनताको ६५ प्रतिशत चाहना पुरा गर्ने । तपार्इंहरु चिन्ता नगर्नु हामी एक हुदैछांै नेपालमा समाजवाद ल्याउदैछौं, यदि समाजवाद ल्याउनको लागि हामीले ज्यान दिनुपर्छ हामी तयार भएर आएकाछौं, यदि भोकभोकै लड्नुपर्छ हामी तयार, रगत बगाउनु पर्छ हामी तयार भएर आएका छौ भनेर एकपटक गाउँमा दिदीवहिनी दाजुभाई किसान, मजदुर सबैलाई भन्नु पर्ने बेला आएको छ । निरासावादले केही हुँदैन, आशावादले नै सामाजिक परिवर्तन गर्न सकिन्छ । समाजमा एकपटक कम्युनिस्टहरु एक भएर जनताको सामाजवादको चाहाना पुरा गर्नु पर्दछ ।
समाजवादका लागि आम एकता
नेपालको समाधान समाजवाद हो अहिले पँुजीवाद र हिन्दु अतिवादले समेत एक ढिक्का भएर कम्युनिस्टहरुका विरुद्ध लागिरहेका छन । हामी कम्युनिस्टहरु पनि एक हुन जरुरी छ । आज विश्वमा सवै पँुजीवादले ईश्वर मान्द छन । जस्तो मुस्लिमहरु अल्हा मान्दछन, क्रिश्चियनहरु परमेश्वर यसु मान्दछन, हिन्दुहरु भगवान मान्दछन र लामाहरु वौद्ध मान्दछन यिनिहरुबीच धेरै ठुल्ठुला अन्तरविरोधहरु छन, एकअर्काका कट्टर विरोधी छन् तर यिनिहरु सबै धर्मको सार प्रमेश्वर एकै हुन्छ भनि विश्वास गर्दछन र पँुजीवादी व्यवस्था लागु गर्न र प्रमेश्वर एक हुन्छ भन्ने कुरामा यीनिहरु बीच एकता छ र कम्युनिस्टहरुलाई आक्रमण गर्न एक ढिक्का भएर आएका छन् तर हामी कम्युनिस्टहरु एकले अर्कालाई देखि नसहने कम्तीमासमाजवाद ल्याउने कुरामा त हामी एक हुन सक्छौं नी तर हामी कम्युनिस्टहरु यति संकिर्ण भयौँ की हामी एकअर्कासँग सामान्य वोलीचाली, भेघाट पनि गर्दैनौ, संगै हिँडेको वाटो हिड्दैनांै, सँगै बसेको ठाउँमा बस्दैनांै । यो त सारै अति भएनर ? समाजवाद ल्याउने कुरामा हामी एक हुन सकिरहेका छैनौं । पँुजीवादी धर्मका ठेकादारहरुका जति पनि हाम्रो नेताहरुमा बुद्धि भएन । अब हामीले सबै संकिर्णताहरु त्यागेर हाम्रा तबरतरिका जे भए पनि हामी समाजवाद चाहानेहरु एक ठाउँमा आउन जरुरी छ । हामी सबै कम्युनिस्टहरु एक भएर पुँजीवादका विरुद्ध लड्नुपर्ने भएको छ । सबै कम्युनिस्ट एक ढिक्का भयौं भने मात्र पुँजीवादी व्यवस्थालाई यो धर्तीबाटै सदाको लागि अन्त्य गर्नु पर्दछ । यसको बारेमा कम्युनिस्टहरुले बेलैमा सोच्न जरुरी छ । आज कम्युनिस्टहरुको जनमत विस्तारै विदेशीले बनाई दिएका पार्टीहरुका पछाडी लाग्ने सम्भावना देखिँदैछ । जनतालाई भ्रममा परिदैछ । जनताहरु हल्लै हल्लामा लाग्ने दुःख पाउने भईरहेको छ । कम्युनिस्टहरुले भन्नैपर्दछ हामीले विदेशीहरुले बनाईदिएका मान्छेहरुका पछाडी लाग्नु हुँदैन । सडकमा मनपरि बोल्नेहरुबाट केही हुनेबाला छैन तिनै मान्छेहरुको विचारले होईन ? हिजो जनतालाई अधिकार देउ भन्दा मान्छे मार्दै हिँड्ने, राष्ट्रघाती एमसीसी सम्भौता हुँदा समर्थन गर्ने तिनै होईनन, ज्ञानेन्द्र, रवि, स्वर्णीम वाक्लेहरु सारा कोही राजाबचाउँन त कोही अमेरिकन योजना लागु गर्न मरिमेटी लाग्ने तिनै होईनन् । अनि तिनिहरुका पछाडी जनताहरु लागेर हुन्छ । याद गर्नु पर्छ, बुझ्नु पर्छ, गाउँका सोझा सिदा महिला दिदिवहिनीहरुले फेसवुके भाषणको भरमा पछाडी कुद्नु हुँदैन भनेर हामीले सचेत पूर्वक भन्नु पर्नेबेला आएको छ । हामी कम्युनिस्टहरु एक हुनु पर्छ र यी चाटुकारहरुको बारेमा भन्नै पर्छ यी अमेरिकन योजनामा नेपाल कंगाल बनाउन आएका पात्रहरु हुन । हामीले धेरै पटक धोका पाईसकेका छांै । केही चिन्ता लिनुपर्दैन हामीले यो देशका समस्याको समाधान गरिछाड्नेछौं । जनताको सुन्दर भविश्य दिने भनेकै कम्युनिस्टहरु हुन । हामीलाई मौका दिनुहोस् हामी समाजवाद ल्याएर समस्याको समाधान गरिछाड्ने छौं भनेर भन्नु पर्दछ । यीनिहरु को हुन, के गर्दछन, के खान्छन, यीनिहरुको धन्दा के हो ? कती चन्दा मागे ? आज मामुलि कार्यकर्ताको हरिविजोक बनाएका छन ढाँका कुमारको स्वर हो भनेर कारवाही गर्ने तर उसले भनेको कोर मान्छेहरुलाई कारवाही नगर्ने यो के तरिका हो ? यस्ता नकचराले देश बनाउने अझ यहि व्यवस्थाको रंगरोगन गर्ने मान्छेहरुबाट केही हुनेबाला छैन बरु उम्लेको दुध झुप्प्रोमा पर्छ यती छिटै देख्यौ नीहामीले स्वतन्त्र भन्नेहरुको हविगत । के भयो ? मान्छे कति भ्रष्ट छन् ? कति पतित् छन् । यस्ता मान्छेहरुबाट देश बन्ने कुरा त कल्पना नै गर्न सकिदैन भनेर भन्ने बेला आएको छ । यो सबै कुराको लागि पनि सबै माओवादीहरु एक हुन जरुरी छ । अझ सारा कम्युनिस्टहरु नै एक हुनुपर्दछ । हामी सबै कम्युनिस्टहरु एक भएपछि मात्र हामीले देशमा समाजवाद ल्याउन सक्छौं र समाजवादले मात्र जनताको सुदिन आउनेछ भन्ने कुरा राम्रोसँग हामीले जनतालाई बुझाउनु पर्ने बेला भएको छ ।
निष्कर्ष
एकता वल हो, एकता संघर्ष हो, एकता समाज रुपान्तरण हो, एकता क्रान्तिको आधार हो । विश्वका सबै आन्दोलन, संघर्ष र परिवर्तनहरु एकताबाट मात्र सम्भव भएका हुन । एकता नभए शक्ति पैदा हुँदैन । शक्ति नभए संसारमा कुनैपनि परिवर्तन सम्भव छैन ।नेपालमा हालसम्म भएका सबै परिवर्तनहरु सबै जनताको एकताको तागतबाट मात्र सम्भव भएको हो । नेपालको जनयुद्ध पनि जनता, किसान, मजदुरहरु, व्यापारी वुद्धिजिवी, कर्मचारी पत्रकार, सुरक्षाकर्मी, कानुनव्यावसायी र राष्ट्रवादी जनताहरुको एकताबाट मात्र सम्भव भएको हो । यदि जनताले साथ दिँदैन्थे भने नेपालबाट राजतन्त्र या सामन्ती व्यवस्था अहिलेसम्म पनि खारेज हुने थिएन । त्यसैले हामी सबै कम्युनिस्टहरुले बुझ्नै पर्ने कुरा के हो ?भने हामीले हाम्रो एकता बिना नेपालमा समाजवाद ल्याउने कल्पना नगरे पनि हुन्छ । त्यसैले हामी नेपालका सबै कम्युनिस्ट पार्टीहरु एक भएर ६५ प्रतिशत जनताको चाहना अनुसार नेपाली जनताको समाजवादमा जाने सपना पुरा गर्नुपर्छ । यदि कम्युनिस्ट पार्टी हो र समाजवाद ल्याउने चाहना छ भने हाम्रा अरुसबै संकिर्णताहरु त्यागेर हामी कम्युनिस्टहरु जनताको समाजवादका लागि एक भएर लाग्नुको कुनै विकल्प छैन । हामी आपूmलाई कम्युनिस्ट भन्छौ तर जनताको चाहना अनुुसार हामी आफ्ना व्यवहारहरु मिलाउन सक्दैनौं भने हामी असल कम्युनिस्ट बन्न सक्दैनौं । यदि असल कम्युनिस्ट बन्न पनि सक्ने छैनौ । हामी सबै माओवादी र कम्युनिस्टहरु एकठाउँमा आउन जरुरी छ । हाम्रा नमिलेका विषयहरु विस्तारै मिलाउदै जाउँला तर विश्वभरिबाट लोप हुन लागेको पूँजीवादी व्यवस्था, जनतालाई दमन गर्ने पुँजीवादी सत्ताको अन्त्यका लागि हामी युवा, जनता, व्यपारी उद्योगपती, समाजसेवी, वुद्धिजीवि, कलाकार, वकिल, सुरक्षाकर्मी, राष्ट्रवादी कर्मचारी र देशमा परिवर्तन चाहने सम्पुर्ण राष्ट्रवादी जनसमुदायहरु र कम्युनिस्टहरु एक ढिक्का हुन जरुरी छ । कोही पनि निरास हुनु पर्दैन । हामी निरास भएपछि, हामीले हाम्रो अधिकार गुमाउछौं, अवसर गुमाउछौं, जीवन, खेत, घर र राष्ट्र गुमाउँछौ । हामी उत्साहित भएर यो दुनियाँ परिवर्तन गर्न अघि बढौं । आसावाद जगायौं भने हामीले यो देशलाई विश्वकै नमुना देश बनाउन सक्नेछौं। नेपालका सबै सहिदहरुलाई र जनतालाई साँची राख्दै हामी एकपटक प्रण गरौं एकढिक्का बनौ हाम्रो एकता दुनियामा कसैले भाँड्न सक्ने छैन । नेपालको समस्याको समाधान वैज्ञानिक समाजवाद हो । अहिलेको समस्या पँुजीवाद हो, यसको खारेज गरेर हामीले तीन करोड जनताको भविष्यको लागि यो देशलाई संसारको आकर्षक देश बनाउने तागतराख्नु पर्दछ । त्यो तागत कम्युनिस्टसँग मात्र हुन्छ । त्यसका लागि सबै कम्युनिस्ट बीच एकता चाहिन्छ । हामीसँग थुप्रै सम्भावनाहरु छन् । वन, पानि, खानी, जमिन, फाँट, तराई, पहाड, हिमाल, जडिवुटी, थुप्रै सम्भावना छन् । हामीसँग नभएको एउटैकुरा हो यहाँ देशको नेतृत्व गर्नेनेता छैन, सत्ता छैन, जनताको सरकार र सत्ता छैन सबै कम्युनिस्टहरु एक भएर व्यवस्था ग¥यौं भने यो देशमा निकट भविश्यमै समाजवादी देश बनाउने छौं र जनताको उज्ज्वल भविश्य निर्माण गर्नेछौं । त्यसकालागि अलगअलग भएर होइन । एकता एकता फेरिपनि एकता आवश्यक छ ।