सामाजवादी बिकल्पको बहस

२०८० जेष्ठ २३ गते, मंगलवार
असल सी



समाजवाद किसान मजदुर र उत्पिडित बर्गको आफ्नो स्वामित्वको एक राजनितिक बिचारधारामा आधारीत राजनितिक ब्यवस्था हो । यो ब्यवस्थामा जनताका अधिकारहरु सुनिश्चित गरिएको हुन्छ र जनताले अर्को कुनै ब्यवस्था वा परिवर्तनको लागी ठुलो संर्घष गर्नु पर्ने आवस्यकता रहदैन । मालेमावादी बैज्ञानिक समाववादका कयौ आयामहरुलाई पकडेर आजको पुँजीवाद बाँचिरहेको छ तर त्यसले समाजवादको मुख्य दर्शनलाई पकड्न सकेको छैन या पकडन नै चाहदैन । पुँजीवाद पनि एउटा दशर्न नै हो यो केही धनिमानी हुने खाने अर्थात अमिरहरुको दर्शन हो भने समाजवाद उत्पिडितहरुको दर्शन हो । पुँजीवाद सामन्तवादभन्दा अलि प्रगतिशिल ब्यवस्था त हो तर समाजवादको निम्ति पूजिंवाद मरणशिल ब्यवस्था हो । समाजवाद जिवनशिल परिर्वतनकामी ब्यवस्था हो भने पूजिंवाद एक मरणशिल ब्यवस्था हो । आजको पूजिंवाद झन भ्रष्ट बदनाम र अन्तिम छटपटाहटमा बाँचिरहेको छ भने समाजवाद भरभराउदो अवस्थामा खडा हुदै गएको छ । बिश्वभरका पूजिंवादी स्यालहरु आफ्नो ढल्दै गरेको पुँजीवाद स्वर्ग बचाउन र समाजवादी क्रान्तिहरुलाई असफल तुल्याउन भएभरको तागत लगाएर बिश्वभरका श्रमिक जनतामा युद्ध थोपरीरहेका छन युरोपमा चलिरहेको युद्ध त्यसैको एउटा प्रष्ट उदाहरण हो । श्रमिक जनताको समाजवाद प्रतिको आकांक्षा अर्थात परिवर्तनकामी क्रान्तिहरुलाइ उठन नदिनको निम्ति पुँजीवादहरु जवरजस्त युद्धहरु थोपर्ने गर्दछन । यी सबै खाले चुनौतिहरुको सामना गर्दै समाजवादी क्रान्तिले नयाँ गति पैदा गर्दैै गएको छ ।
नेपालको बर्तमान परिस्थिति :
नेपालमा आज दलाल संसदिय पुँजीवाद ब्यवस्था चलिरहेको छ । दशबर्ष सम्म चलेको जनयुद्ध र बिभिन्न आन्दोलनको बलमा जनबिरोधी राजतन्त्र अर्थात सामन्तवादको अन्त्य गरेर आज यो लोकतान्त्रिक गाणतन्त्र नामको दलाल ब्यवस्थाको स्थापना भएको हो । लोकतान्त्रिक गणतन्त्र शब्दावली प्रयोगको रुपमा यो ब्यवस्था ठिकै लाग्नु स्वभाविक हो । तर २०६४ मा स्थापना भएको यो ब्यवस्था करिव १५ बर्षभित्र नै अलोकतान्त्रिक भ्रष्ट बदनाम र जनबिश्वास गुमाउदै पतनको दिशामा गएको छ । संसदवादी पार्टीहरु प्रति जनताको एकरत्ति बिश्वास छैन । संसदवादी पार्टीहरु बैदेशिक शक्तिकेन्द्रका गोटीको रुपमा मात्र रहेका छन । जनता परनिर्भर छन, पार्टी र नेताहरु भ्रष्ट र बदनाम छन, देश बैदेशिक शक्ति केन्द्रको खेल मैदान बन्दै गैरहेको छ यस्तो जर्जर अवस्थाको सृजना हुनुमा कुनै नेता बिशेषको मात्र दोष भन्दा पनि राज्य ब्यवस्था नै यसको मुख्य दोषी हो भन्ने देखिन्छ । राज्य ब्यवस्था नै दलाल संरचनामा आधारीत हुनु हो । हाम्रो देश राजतन्त्रात्मक सामन्तवादको चंगुलवाट मुक्त त भयो तर दलाल संरचनावाट मुक्त गरेर अगाडी बढनु आजको ज्वलन्त आवस्यकताको वोध नेपाली जनतामा भएको छ । आज नेपालको राजनितिमा दलाल संसदिय ब्यवस्थाको पक्षपाती अर्थात पक्षधरता, पश्चगामी प्रबृत्ी एवं सोच र समाजवादी क्रान्तिकारी प्रबृती गरी तिनवटा शक्तिबिचमा राजनितिक टक्राव बन्दै गएको छ ।
नेपालमा धेरै जसो संसदिय पार्टीहरु दलाल संसदिय ब्यवस्थाको पक्षपाती अर्थात पक्षधर हुन भने मुलतः काग्रेस र एमाले यसका असली नायकहरु मानिन्छन । काग्रेस नेपालको एकमात्र पुँजीवादी संसदिय पार्टी हो । यसको सिद्धान्त नै सक्नेले खाना पाउनु पर्दछ भन्ने हो । भन्न त समाजवादको नारा बाहिर भनिएता पनि यसको एउटै कारण बहुसंख्यक कम्युनिष्ट मनोबिज्ञानलाई बिकेन्द्रित गर्न अथवा आफुतिर केन्द्रित गर्न लगाइएको नारा मात्र हो भन्ने देखिन्छ, यसको कुनै सैदान्तिक आधारहरु भेटिदैन्न् । एमाले नेपालको कम्युनिष्ट स्कुलवाट जन्मिएको एउटा संसदिय कम्युनिष्ट पार्टीको रुपमा देखिन्छ । मुलत कम्युनिष्टहरु रणनितिक हिसावले संसदिय ब्यवस्थाका बिरोधि हुन तर नेपालको एमालेले संसदिय ब्यवस्थालाई रणनितिक उद्देश्य बनाएकोले यसलाइ कम्युनिष्ट मान्यता भित्र राख्न मिल्ने कुनै आधार भेटीदैन । जनमतको रुपमा बलियो देखिएता पनि एमाले एउटा संसदिय पार्टी नै हो । संसदवादी ब्यवस्था वा पार्टीहरु जनतालाई शुसाशन र अधिकार दिदैनन बरु सबै अधिकार केही धनिमानि अर्थात पुँजीपतिहरुको हातमा थमाइ दिन्छन । जनताको मताधिकारवाट चुनिएको लोकतान्त्रिक सत्ता भनिएता पनि पुंजीपतिहरुको एकाधिकारपूर्ण सत्ता संचालन हुन्छ । पुँजी अर्थात पैसावालहरु नै सत्ताको मालिक हुने भएको कारण यो ब्यवस्थालाई संसदिय पुँजीपति ब्यवस्था भनिएको हो । पुँजीका मालिकहरु संसद हुन्छन र तिनिहरु जनतावाट चुनिएको नाटक गर्दछन । यो नाटक गर्नुको एक मात्र ध्येय यो ब्यवस्था लोकतान्त्रिक हो र हामी जनताका प्रतिनिधी हौ भनेर देखाउनु हो । आज नेपालमा चलेको कथित लोकतन्त्र नाम दिइएको राजनितिक ब्यवस्थाको मुकुण्डो जनताले पहिचान गर्ने गरी उदाङ्गिएको छ ।
यो ब्यवस्था प्रतिको जनताको मोह भङ्ग भैसके पछि बिकल्प के हो ? भन्ने प्रश्न खडा हुने गर्दछ । यसमा तीनखाले तर्कहरु तथा बिकल्पहरु देखा परेका छन वा तिन प्रकारका प्रबृतीहरु छन । पहिलो यो ब्यवस्थाको समस्या होइन ब्यवस्था बदलिएकै हो तर जनताको अवस्था बदलिएन । जनताको अवस्था बदल्ने नेतृत्व नहुनु नै अहिलेको मुल समस्या हो, यो तर्क त्यही संसदवादी पुँजीवादी तर्क हो । यो धाराका नेताहरु नव संसदवादी नेताहरु हुन । पुराना संसदवादी नेता वा प्रबृतीवाट वाक्क भएको केही युवा पंक्तिले यो प्रबृतीलाई समेत साथ दिएको देखिन्छ । पछिल्लो समयसम्म आउदा यो प्रबृतीबाट पनि रक्सि उहि राखेर बोतलमात्र फेर्ने कुराले देश र जनताका समस्याहरु पुरा हुदैनन भन्ने प्रस्टिदै गएको छ । यो तर्क जनतालाइ ठगि खाने तर्क मात्र हो । यो तर्कसंग आजको बौदिक युवा शक्ति सहमत हुन सक्दैन वा संभव छैन । नेपालका संसदवादी नेताहरुको असफलतालाई नयाँ रङ्ग दिन साम्राज्यवादी पूजिंवादीहरुले पैदा गरेका नयाँ पात्रहरु नै ति पात्रहरु ह्ुन भन्ने कुरा जनताले बिस्तारै बुझ्दै गएका छन । जव आफ्नो पुँजीवादी सत्ता र नेता असफल हुन्छन त्यसलाइ बिस्तारै नयाँ रङ्ग दिन अन्य नयाँ नयाँ रुपका पात्रहरुको खोजी र निमार्ण गर्नु साम्राज्यवादीहरुको कुत्सित प्रयत्न भैरहन्छ । नयाँ रुपमा दलाल जव खडा हुन्छन ति नयाँ जोगीले धेरै खरानी घसे सरी साम्राज्यवादका कुत्ताको रुपमा खडा हुन्छन र धेरै भुक्ने गर्दछन । किनकि तिनको उदस्य आफ्नो ब्यवस्था र मालीकको असाध्य गुलामी गर्नु अर्थात रिझाउनु हुन्छ । केही समय त्यस्तो शक्तिले जनतामा भ्रम पार्नु स्वभाबिक नै हुन्छ । आज ठयाक्कै नेपाल त्यही बिन्दुमा खडा भएको छ । पुरानो सत्ता शक्ति बिगठनको अन्तिम संघारमा छ भने पुँजीवादी साम्राज्यवादीहरुले यसलाई जोगाउन नयाँ नयाँ रुपका पात्रहरु खडा गरीरहेका छन । राजनितिक रुपमा यो शक्ति पनि यथास्थितिवादी शक्ति नै हो । तर यो ब्यवस्था प्रतिको जनताको मोह भंग भैसकेकोले पात्र परिवर्तन हुने वा नहुने भन्ने कुराले तात्विक फरक पार्दैन ।
अर्को हो पश्चगामी शक्ति, यो शक्ति हिजो जनताको संघर्षको बलमा बढारिएको अर्थात मशानघाटमा लगेर जलाइएको शक्ति हो । यो शक्ति पनि बेला बेला तर्साउन भुत ( अन्धबिस्वासी कुरा ) बनेर आइरहन्छ । नेपालमा पैदा भएको राजनितिक अस्थिरता भ्रष्टिकरण र कुशासनको कारण कतै स्पेस पाउन सकिन्छ कि भन्ने दाउमा रहेको यो शक्ति पूर्व राजावादीहरुकै आशिरवादमा चलेको देखिन्छ । तीस बर्षसम्म सत्ता शक्ति र एकतन्त्रिय राजतन्त्रको शासणवाट प्रताडित नेपाली जनता पुरानो वाटो रोज्न सम्भव देखिदैन । हत्या आतंक र दमनको भरमा चलेको राजतन्त्र संसदिय ब्यवस्था भन्दा पनि कयौ गुणा पश्चगामी अनुदारवादी अलोकतान्त्रिक ब्यवस्था हो । आजको अग्रगामी नेपाली जनताको चेतनाले यो ब्यवस्थालाइ रुचाउने देखिदैन । धमिलो पानिमा माछा मार्न सकिन्छ कि भन्ने पश्चगामी सोच कुनै तरीकावाट नाप्दा पनि जनताको हितकर हुदैन । अहिले कतिपय ठाउमा देखिएको राजावादी बितण्डता मुतमाथीको न्यानो मात्र हो । जहिने पनि समाज अगाडी बढन चाहन्छ र परिवर्तनको पक्षमा हुन्छ जनतावाट नै अस्विकृत नेपालको राजाको शक्ति केही मुठिभर मान्छेहरुको चिच्याहटले पुनरागमन हुने छैन वा समाज पश्चगमनतिर फर्कन रुचाउने छैन । नेपालको परिवर्तकामी आन्दोलनलाइ कमजोर बनाउन र आफ्नो स्वार्थ सिद्ध गर्न केही बिदेशी धार्मिक अतिवादी शक्ति केन्द्रहरुले पैदा गरेको वा परिचालित शक्ति नै यो अभियानमा क्रियाशिल देखिन्छ । यो शक्ति आम जनतालाइ लपेटिहाल्ने वा समाजलाइ पछाडी फर्काइहाल्ने तागतमा भने अहिले छैन । समाजलाइ अगाडी बढन नदिने अवस्था सृजना भएमा यो शक्ति भुतप्रेतको रुपमा नेपाल र नेपाली जनतालाई तर्साउन काविल हुदैन भन्न सकिदैन । तथापी यो कमजोर सम्भावना हो ।
अव तेश्रो तर्क अर्थात अग्रगामी वा परिवर्तनकामी बिकल्प – हामीले माथी नै भन्यौ की समाज अगाडी बढन चाहन्छ । समाज न अहिले कै गोलचक्करमा रहन सम्भव छ न पछाडी फर्कन, उसो भए उपयुक्त बिकल्प के हो भन्ने प्रश्न खडा हुन्छ । अहिले देखा परेको असफलता कुनै पात्र वा ब्यक्ति परिवर्तन गर्दैमा समस्याको समाधान हुने हैन । पात्र बेठिक भएर आजको समस्या निम्तिएको पनि हैन । आज देखिएको समस्या मुलतः प्रणाली असफल हुनु नै हो । पात्र परिवर्तनको कुरा सर्जरी गर्नु पर्ने मान्छेलाइ सिटामोल दिनु जस्तै हुन्छ, एकछिनको दुखाई त कम होला तर त्यसले दिर्धकालीन समस्याको समाधान दिन सम्भव हुदैन । आजको समस्याको दिर्धकालीन समाधान केवल प्रणालीमाथी आएको खराबीको सही उपचार गर्नु हो । त्यो भनेको ब्यवस्था परिवर्तन हो । राजतन्त्रमा जव खरावी आयो जनताले बिद्रोह गरे र अहिलेको ब्यवस्थाको स्थापना भयो, यहि ब्यवस्थाको लागी अर्थात राजतन्त्रका बिरुद्ध लडदा हजारौ होनहार नेपाली आमाका छोराहरुले बलिदान गर्न परेको थियो । आज नेपाली जनताले लडेर नै प्राप्त गरको ब्यवस्थामा पूनः खरावी आएको छ वा जनताले लडेर प्राप्त गरेको ब्यवस्था दलालहरुको पोल्टामा पुगेको छ । यो ब्यवस्थालाइ पनि जरैदैखी उखेलेर नयाँ जनताको ब्यवस्था समाजवादको स्थापना गर्नु पर्दछ । यहि बिकल्प नै आजको सही अर्थात अग्रगामी बिकल्प हो । सबै बिकल्पहरुको बहस आज सतहमा देखिएका छन तर सबै भन्दा उपयुक्त बहस समाजवाद निमार्ण गर्ने कुरा नै मजवुत बन्दै गएको छ । उसो भए समाजवाद के हो र कस्तो समाजवाद भन्ने कुराको मसिनो अध्ययन अर्थात बहस गर्न जरुरी छ । माथीका दुइ बिकल्पहरु पछाडी परेको तर्क हुन जान्छ भने समाजवादमा पनि कस्तो समाजवाद भन्ने कुरा आउछ । कम्युनिष्टहरुले भन्ने बैज्ञानिक समाजवाद वा अन्य कतिपय पार्टीहरुले भन्ने गरेकै समाजवाद ? यसमा गंभिरतापूर्बक बहस हुन जरुरी छ । समाजवादले जनतालाइ के दिन्छ वा जनताको समाजवाद कस्तो हुन जरुरी छ ? त्यसका आर्थीक आधार स्वास्थ्य शिक्षा र बिकास निमार्णमा कस्तो मोडल खडा गर्न सक्दछ ? अव बहसको केन्द्र यहाँ बनाउन जरुरी हुन्छ । के माक्र्स लेनिन माओहरुले नै भन्ने गरेको अवस्थावाट आजको समाजवादको जग खडा हुन्छ वा आजको बिकसित दुनियामा समाजवादको नयाँ स्वरुपहरु खडा गर्न सकिन्छ ? यी र यस्ता तमाम बिषयहरु छन नै तर आजको नेपाली समाजले खोजेको समाजवादको मोडल एक्काइसौ सताब्दीको बिकसित चेतनालाइ पकडेको मालेमावादका आधारभुत सिद्धान्तमा आधारीत हुन जरुरी हुन्छ । आज बिकसित हुने समाजवादको आधारभुत खाका नेपाल कम्युनिष्ट पार्टीले बाहीर सार्बजनिक गर्दै आएको छ । आजको सामाजको चरित्र आधारभूत हिसावले गतिशिल र परिवर्तित खालको छ सामाजीक चरित्र जहिले पनि गतिशिल नै हुन्छ तर आज बिज्ञान र प्रबृधीको प्रयोगले त्यसलाइ अतिरिक्त्त गति प्रदान गरेको छ तथापी समाज बिगतको तुलनामा सिघ्र गतिशिलतामा छ । आजको सामाजिक चरित्रलाई नेतृत्व गर्ने रुपमा राजनितिक सिद्धान्तहरु परिमार्जित हुन्छन वा गरीन्छन सोही अनुरुपको राजनितिक ब्यवस्थाको परिकल्पना हुन्छ । राजनितिक सिद्धान्त बिनाको राजनितिक संगठनहरु हुदैनन् र राजनितिक ब्यवस्था पनि हुदैन । आज नेपाली मौलिकता र बिकसित कम्युनिष्ट निति सिद्धान्त अनुरुपको राजनितिक ब्यवस्था नै आजको समाजवाद हो ।
संसदवादी राजनितिक शक्तिहरु पनि समाजवाद उन्मुख संविधान भनेका छन त्यो केवल बनावटी कुरा मात्र हो तर समाजवादलाई इन्कार गर्न भने कुनै पनि राजनितिक पार्टीहरु सकेका छैनन । अव रहयो कस्तो समाजवाद ? समाजवाद कागजमा लेखेर वा कसैले उपहार दिएर प्राप्त हुने ब्यवस्था हैन । यदि हामी जनताको समाजवादको कुरा गर्दछौ भने बल प्रयोगको माध्ययमवाट पूजिंवादी संसदवादीहरुवाट छिनेर नै लिनु पर्दछ यो सत्य कुरा हो तर आउने सक्ने अन्य संभावित अवसरहरुलाइ छोडनु पर्दछ भन्ने हैन । समाजवादी शक्ति निमार्ण गरेर जनमत संग्रह मार्फत जान पनि सकिन्छ त्यसको लागी पनि ठुलो क्रान्तिकारी जनताको शक्तिको आवस्यकता पर्ने गर्दछ । त्यो समाजवाद बैज्ञानिक हुन्छ वा हुदैन भन्ने कुरा हो, क्रान्तिकारी कम्युनिष्टहरु त्यो अवसरलाई बैज्ञानिक समाजवादमा लिने प्रयत्न गर्दछन भने संसदवादी यथास्थितिवादीहरु संसदवादी समाजवादमा कम्युनिष्टहरुलाई घिसार्ने प्रयत्न गरीरहने छन जो आज माओवादी एमालेहरु घिसारिहेका छन । त्यो बेला शक्तिको आवश्यकता पर्ने गर्दछ त्यो शक्तिको प्रयोग द्धारा बैज्ञानिक समाजवादको दिशामा देशलाई अगाडी लिन सकिन्छ वा लिनु पर्ने हुन्छ । आज बिश्वभर र नेपालमा पनि समाजवाद कि पूजिंवाद भन्नेमा ठुलो बहस छ । कस्ले जित्ने भन्ने कुरा बहुसंख्यक जनताको हित अनुकुल नितिहरु निमार्ण जस्ले गर्दछ, श्रमिक जनतालाई संगठित गोलवन्द जस्ले गर्दछ उसैले जित्ने कुरा हो, त्यो कम्युनिष्ट क्रान्तिकारीहरुले संक्दछन र सक्नु पर्दछ । नेपालको बहुसंख्यक कम्युनिष्ट जनमतलाइ एकढिक्का गर्दै २१ सौ सताब्दीका आधुनिक कम्युनिष्टहरुले नेतृत्व प्रदान गर्न सक्नु पर्दछ । आजको जनताको चेतनाको नेतृत्व गर्न आधुनिक चेतनाले लेस क्रान्तिकारी कम्युनिष्ट बन्न सक्नु पर्दछ र त्यसले मात्र समाजवादको मन्जिल चुम्न सक्दछन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु