समाजवादी संयुक्त मोर्चा आजको आवश्यकता

२०८० असार ११ गते, सोमबार
झपेन्द्रराज बैद्य



राजनीतिको बदलिदो परिस्थितिमा मेरो गोरुको बाह्रै टक्का भनेर बस्नु ठीक छैन । राजनीतिको सानो पसल राखेर पश्चगमनको यात्रा गनु संशोधनवादी नीति हो । आफ्नो पार्टीको विचार र कार्यक्रमलाई थाती राखेर धेरै पार्टीहरुको बीचमा संयुक्त मोर्चा बनाएर अगाडि बढ्नु आजको आवश्यकता हो । अहिले चार पार्टीहरुको बीचमा समाजवादी मोर्चा गठन भएको छ जुन स्वागतयोग्य छ । एकता नै ठूलो बल हो । अनेकता दुर्बल पक्ष हो । सही विचार छ भने एउटै पार्टी पनि ठीक हुन्छ । मिलिसिया नभए मिलिसिया पनि हुन्छ भनिन्छ । तर, ब्यबहारमा उल्टो हुन्छ । जड सूत्रवादी भएर माला जप्दै जाने हो भने भएको पनि गुम्दै जाने हुन्छ । पश्चगामी हुन्छ । सारसंक्षेपवादी हुन्छ । अन्ततः संशोधनवादी हुन्छ । संशोधनवाद बाजा बजाएर आउँदैन । यो हरियो घाँस भित्रको हरियो साप हो । धान भित्रको सामा हो । फल्ने बेला मात्र यो सामा हो भनेर थाहा हुन्छ ।
क माओको भनाइ अनुसार यदि हामीहरु साँघुरो घेरा भित्र फन्को मारिरहन्छौं भने कहिले पनि ठूलो उपलब्धी हाशिल गर्न सक्दैनौं । हामीहरुले सारा छेकाबन्दवादलाई तोडेर ब्यापक मोर्चा बनाउनुपर्छ । संयुक्त मोर्चा एउटा कार्यनीतिक संगठन हो । शत्रूलाई घेर्न र खतम पार्नको लागि ब्यापक मोर्चा बनाउनुपर्छ । ढोका बन्दवाद गद्दारहरुको बाटो हो । हामीहरुलाई चाहिएको क्रन्तिकारी संयुक्त मोर्चा हो । अहिले माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी जसपा उपेन्द्र यादब बीच संयुक्त मोर्चा घोषण भएको छ । जसमा पालै पालो अध्यक्ष हुने प्राबधान राखिएको छ । सानो तिनो चुलो चौका बनाएर बीरबलको खिचडी पकाउनु भन्दा बृहत क्रान्तिकारी मोर्चा बनाएर अगाडि बढ्रनु आजको आवश्यकता हो । यसो भन्दैमा एउटा पार्टीले अर्को पार्टीलाई आलोचना बाहिर राख्ने होइन । एकता संघर्ष र रुपान्तरणको प्रक्रियाबाट अगाडि बढ्नुपर्छ । अहिले साम्राज्यवादले आक्रमण गरिरहेको बेला वामपन्थीहरु एकता बद्ध भई समाजवादी मोर्चा गठन गरिएको अवस्था छ । यो ऐतिहासिक मोर्चा हो । यही मोर्चा वैज्ञानिक समाजवादमा पुग्छ । यसका पात्रहरुले कम्युनिष्ट सिद्धान्त छोड्न सक्छन्् । पैसा कमाउन साम्राज्यवादको गीत गाउँसक्छन् । तर, मोर्चा अटुट हुन्छ । अहिले समयको आवश्यकताले संयुक्त मोर्चा गठन भएको छ । भोटको हिसाब गर्ने हो भने यसमा ८५ भोट हुन्छन् । तर, शक्तिको सवालमा समाजवादी मोर्चा ठूलो हुन्छ । तर अगाडि बढ्नेहरुका खुट्टा काटने चलन छ । आपूmले सिन्को नभाच्ने अरुको आलोचना गर्ने खालका मानिसहरु पनि हाम्रो समाजमा छन् । नेत्रबिक्रम चन्द विप्लवको अगुवाईमा यो मोर्चाले क्रान्तिलाई अगाडि बढाउँछ । क प्रचण्डको भनाइमा संसदमा अब भासिएको धुलो जानेछ । जनयुद्ध पछि जनमुक्ति सेनाले धोका खाएका थिए । अब विप्लवको साथमा क्रान्ति अगाडि बढ्नेछ भनी अपेक्षा गर्न सकिन्छ । विप्लवको एकीकृत क्रान्तिको विकास संयुक्त मोर्चा हो । क प्रचण्डको भनाइमा अब क्रान्ति मूल बाटोमा आएको छ । अब सडक, सदन र सहर बस्तीबाट क्रान्ति अगाडि बढ्छ । अब जनलहर बढाउनुपर्छ । अहिले फलाम तातो भएको अवस्था छ । महंगीले आकास छोएको छ । लूटतन्त्र कमिशन तन्त्र र ब्यापक भ्रष्टाचार छ । मक्किएको संसदीय ब्यबस्थामा भ्रष्टाचार मौलाएको हुन्छ । भ्रष्टाचार कुनै पार्टीको हुँदैन । यो साझा रोग हो । अब कार्यकर्ताहरु कुनै पार्टी बिशेषको हनुमान नभई निश्वार्थरुपले अगाडि बढ्नुको बिकल्प छैन । राजनीतिमा लाग्नु भनेको कमाउन लाग्ने होइन । कमाउने भए यो पंक्तिकारले २०२२ सालदेखि अथाह कमाउने थियो । तर, निस्वार्थ रुपले समाजको विकास र परिवर्तनको लागि गरेको काम संझदा मीठो अनुभूति हुन्छ । अहिले गर्व लाग्छ । सम्पत्ती भन्नु नै यसैको खुसी हो । अब युबकको पालो छ । युवक बृद्ध सबै देशको लागि अगाडि बढ्नुपर्छ ।
पुँजीवादी समाजमा अग्रगमनकारी देशभक्तहरुको खासै मूल्यांकन हुँदैन । तर, जनताले गरेका हुन्छन् । अहिले साम्राज्यवाद ढोकाबाट भित्र पस्दैछ । एमसीसी, एसपीपी जुनसुकैको नामबाट पनि साम्राज्यवाद भित्र पसेको छ । नेपालको बहुमूल्य खनिज पदार्थ र नेपालको छातीमा टेकेर चीनलाई हिर्काउने अभिप्रायले अमेरिका नेपालमा लालायित छ । उता भारतीय हस्तक्षेप छ । कालापानीमा भारतीय चेक पोष्ट छ । भनौ भने संबेदनशील कुरा त भारतको नवनिर्मित संसद भवनमा अखण्ड भारतको नक्सा राखिएको छ । यसमा लुम्बिनी र कपिलवस्तुको नक्सा छ । अहिले जानकी भारतीय हुन् भनिएको छ भारतीय फिल्ममा । यही कुराको नेपालमा विरोध भएको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्रले शाहबाट उक्त कुराको सशक्त विरोध भएकोछ । यी तमाम कुराहरुको हल गर्न पनि संयुक्त मोर्चा अपरिहार्य भएको छ । अपेक्षा गरौं यो संयुक्त मोर्चाले देशलाई परिवर्तन गरिछाड्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]