माक्र्सवाद जन्मका पूर्वाधार

२०८० असार ३१ गते, आईतवार

हस्तबहादुर के.सी.

२) माक्र्सवादका जन्मका पूर्वाधार

माक्र्सवाद विश्व सर्वहारावर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त क्रान्तिको विज्ञान हो । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई सर्वहारावर्गको विश्वदृष्टिकोण भनिन्छ । माक्र्सवाद र माक्र्सवादी दर्शनको जन्म दर्शनशास्त्र को इतिहासको लामो प्रक्रियाका बीचबाट भएको हो । जुनसुकै वस्तुको जन्म र विकासका लागि निश्चित वैज्ञानिक आधारहरु विद्यमान रहेका हुन्छन् । जुन परिस्थिति र परिवेशमा माक्र्सवाद र माक्र्सवादी दर्शनको जन्म भयो, त्यसका आवश्यक पूर्वाधारहरु रहेका छन्, जो निम्न प्रकार रहेका छन्–

१) सामाजिक – आर्थिक पूर्वाधार

विश्व मानव समाजको विकासको क्रममा १६ औँदेखि १८ अठारौं शताब्दीको पूर्बाद्र्धसम्म आइपुग्ने क्रममा युरोपका इङ्गल्याण्ड, फ्रान्सलगायतका देशहरूमा सामन्तवादका विरुद्ध पुँजीवादी क्रान्ति सम्पन्न हुँदै गएका थिए । विश्व सर्वहारा वर्गको मुक्तिको अस्त्र यो माक्र्सवाद एकैचोटी, आकस्मिक ढंगबाट रंगमञ्चमा देखापरेको थिएन । यसको निर्माण स्वयं नै एउटा ऐतिहासिक प्रक्रिया थियो । २६ औँ शताब्दीदेखि विकसित भएको ब्रिटेनको औद्योगिक क्रान्तिले ल्याएको परिवर्तनले पनि माक्र्सवादको जन्मका लागि एउटा आधारशीलाको काम गरेको थियो । ब्रिटेनमा सबैभन्दा पहिले पुँजीवादको स्थापना भएको थियो ।

उत्पादक शक्तिको तीव्र विकास भएर गयो र यसै प्रक्रियामा उक्त व्रिटेनमा औद्योगिक क्रान्ति भयो । त्यस प्रक्रियामा समाजमा पुँजीपतिवर्ग र सर्वहारावर्गका बीचमा वर्गसंघर्ष चल्दै जान थाल्यो । समाज विकासका क्रममा पुँजीपतिवर्गका विरुद्धको संघर्षमा सर्वहारा ( औद्योगिक मजदुर) वर्ग इतिहासमा सबैभन्दा प्रगतिशील वर्गको रुपमा विकसित हुँदै गयो । त्यस परिस्थितिमा मजदुर वर्गले आफ्नो हक, हित र अधिकार प्राप्तिका लागि आन्दोलनको प्रक्रिया अगाडि बढाउन थाल्यो ।

सन् १७८९ मा फ्रान्सिसि राज्य क्रान्ति सम्पन्न भएको थियो । यो नै पहिलो पुँजीवादी क्रान्ति थियो र विश्व मै पहिलो पटक सामन्तवादी राज्यसत्तालाई ध्वस्त पारेर पुँजीवादी राज्यसत्ता स्थापना गरेको थियो । सामन्तवादी राज्य सत्ताभन्दा पुँजीवादी राज्य सत्ता एक कदम अगाडिको प्रगतिशील राज्य व्यवस्था हो ।

सन् १८११ – १२ मा बेलायतका मजदुरहरुले संवतः स्पूmर्त ढंगले मेसिन तोड आन्दोलन चलाएका थिए । तत्कालीन बेलायती सरकारले मजदुरहरुमाथि भीषण दमन अभियान चलाएको थियो । त्यसपछि मजदुरहरुले संगठित हुने कुरालाई महसुस गर्न थाले । त्यसकै अडानका आधारमा सन १८१५ देखि बेलायतका मजदुरहरु संगठित हुन थालेका थियो । बेलायतका मजदुरहरुले सन १८३२ देखि १८४२ सम्म पुरै दस वर्ष चार्टिस्ट आन्दोलन चलाएका थिए । त्यस चार्टिस्ट आन्दोलनमा हजारौं मजदुरहरु सहभागी भएका थिए । सन् १८३२ मा पेरिसका मजदुरहरुले विद्रोह गरेका थिए । ठिक यसै परिस्थितिमा मजदुर वर्गको मुक्ति, उद्देश्य र आन्दोलनका लागि सुसंगत वैज्ञानिक तथा क्रान्तिकारी विचारधाराको निर्माण एक ऐतिहासिक आवश्यकता बन्न गयो । त्यसैले यो नै माक्र्सवादको जन्मको पहिलो पूर्वाधार बन्न गयो ।

२) प्रकृतिविज्ञानका पूर्वाधार

माक्र्सवादी दर्शनको उदय र विकासमा विज्ञानले गरेका अति महत्वपूर्ण आविष्कार खोज अनुसन्धान र विकासले पनि महत्वपूर्ण भूमिका खेलेको छ । उन्नाइसौं शताब्दीको प्रारम्भसँगैै प्रकृति विज्ञानमा महत्वपूर्ण आविष्कारहरू र विज्ञानको विभिन्न क्षेत्रमा अध्ययन एवं विश्लेषण गरिरहेका थिए । त्यस बखत प्राणी जगत्का भ्रुणहरूको अध्ययन गर्ने भ्रुण विज्ञान, जैविक प्रक्रियाहरूको अध्ययन गर्ने शरीरक्रिया विज्ञान, भुगर्भ विज्ञानजस्ता विज्ञानका नयाँ–नयाँ शाखाहरूको विकास भएको थियो । त्यसबेला भएका गहन अध्ययन र चमत्कारिक आविष्कारको परिणामस्वरूप जीवकोषको आविष्कार र जीव विकासको सिद्धान्तको आविष्कारलगायतका दर्जनौ वैज्ञानिक आविष्कारहरू भएका थिए । जर्मन एम.जे. श्लेइडेन (१८०४–१८८१) र टी.स्वान (सन् १८१०–१८८२) ले १८३८–१८६९ मा वनस्पति कोष ९अभिि० र पशुकोष पत्ता लगाएर स्थापित गरे । तिनले जैविक प्रणालीको अधारभूत प्रणालीगत ईकाइ कोष हो भन्ने कुरा प्रमाणित गरे । जैविक वस्तुको ढाँचाको कोष सिद्धान्त विकास गरे । उनीहरूले जैविक संसारको एकता प्रस्तुत गरे । जैविक कोष परिवर्तनीय छ । पछि यसलाई रसियन वैज्ञानिक गोप्या निमोभ र चेक भार्निकले विकास गरे । सन् १८४२ देखि १८७४ काविचमा जर्मन भौतिकशास्त्री जुलियस रवर्ट मायरद्वारा आविष्कार भएको ऊर्जाशक्तिको संरक्षण एवं रूपान्तरणको नियमबाट पदार्थका विभिन्न रूपहरूका बीचको अन्तरसम्बन्ध तथा एकबाट अर्कोमा रूपान्तरणको सम्बन्ध पदार्थ र गतिको बीचको अविभाज्य सम्बन्ध र पदार्थको गतिको विभिन्न रूपहरू बीचको सार्वभौमिक अन्तरसम्बन्ध एवं अन्तरक्रिया नै प्रकृतिमा परिवर्तनका भौतिक कारण हुन् भन्ने कुरा पुष्टि भएको थियो ।

सन् १८७४ का बीचमा शक्तिको संरक्षण र रूपान्तरणको सिद्धान्त पत्ता लगाएर प्रमाणित गरे यसबाट के कुरा प्रष्ट भयो भने शक्तिलाई एउटा रूपबाट अर्को रूपमा बदल्न सकिन्छ । यसलाई न त सिर्जना गर्न सकिन्छ न त विकास एंगेल्सले १९औं शताब्दीमा विज्ञानका सम्पूर्ण बिजहरूमा यसको बिजलाई सबभन्दा महत्वपूर्ण स्थानमा राख्नु भएको छ । फ्रेडरिक एंगेल्सले यस नियमलाई भौतिकशास्त्रको शब्दमा भौतिक संसारको एकताको रूपमा अभिव्यक्त गर्नुभएको छ । अंग्रेज वैज्ञानिक चाल्र्स डार्बिन (१८०९–१८८२) ले १८५९ मा आफ्नो भौतिक रचना यल तजभ यचष्नष्ल या क्उभअष्भक दथ mभबलक या लबतगचब िक्भभिअतष्यल प्रकाशित गरे । उनले त्यसमा विकासवादी सिद्धान्त ९भ्खयगितष्यलबचथ तजभयचथ० को व्याख्या गरे र जीवशास्त्रको आधुनिक आधार प्रदान गरे । उनले जीवन भगवानको सृष्टि होइन बरु पदार्थको विकास हो भनेर धर्ममाथि र धार्मिक विश्वासमाथि मर्मान्तक प्रहार गरे । डार्बिनले के पनि प्रमाणित गरे भने मानव जातिको विकास पदार्थको उच्चभन्दा उच्च रूपमा र जटिल विकासको प्रक्रियाबाट सम्भव भएको हो । यस विषयमा वैज्ञानिक चाल्र्स डार्बिनले भनेका छन् । यदि मलाई स्वयंले नै छान्नु पर्नेभयो भने म एउटा बाँदरलाई नै आफ्ना हजुरवुबाको रूपमा स्वीकार गर्दछु, तर अक्सफ्रेडका पादरीलाई होइन । माथिको भनाइले के देखायो भने विशिष्ट र संक्षिप्तरूपमा प्रकृति विज्ञानको चरित्र द्वन्द्वात्मक छ । यसले वैज्ञानिकहरूको अधिभूतवादमाथि प्रदान गरेको छ । चाल्र्स डार्बिनको जीव विकासको सिद्धान्तले जैविक जगत्मा निरन्तर विकास र परिवर्तन भईरहन्छ भन्ने कुराको साथै संसारमा रहेका जीवका जाति प्रजातिहरू विकासको लामो प्रक्रियाका परिणाम हुन भन्ने स्पष्ट पारिदिएको छ । यी माथिका तीन वैज्ञानिक खोज र आविष्कारका बारेमा फ्रेडरिक एंगेल्सले भन्नुभएको छ सबभन्दामाथि तीन महान् खोजहरूले प्राकृतिक प्रक्रियाको अन्तरसम्बन्धबारे हाम्रो ज्ञानलाई अत्यधिक वर्गसँग अघि बढाएका छन् । पहिलो हो त्यस लडाईको रूपमा कोषिकाको जसको गुण र विभेदनबाट सबै वनस्पति र जैविक शरीर विकसित हन्छ त्यसैले सम्पूर्ण उच्चतर जीवधारीको विकास एउटै सामान्य नियमको अधीन हुन्छ नै भन्ने कुरा स्वीकार गरिएको छैन भन्ने कुरा स्वीकार गरिएको छैन् । अरू कोषिकाको परिवर्तन क्षमताद्वारा यो पनि जाहेर हुन जान्छ कि जीवनधारीहरूले कसरी आप्mनो जाति परिवर्तन गर्न सक्छन् र यस्तो अवस्थामा तिनीहरू कसरी विकसित हुन्छन् जुन वैयक्तिकभन्दा बढी हुन्छ । दोस्रो खोज हो शक्तिको रूपान्तरण जसले सबै तथाकथित शक्तिहरू जुन प्रथमतः अजैव प्रकृतिमा क्रियाशील छन् । यान्त्रिक शक्ति र त्यसको फरक तथाकथित स्थितिशक्ति, ताप, विकिरण विद्युत्, चुम्बकत्व र रासायनिक शक्ति जुन निश्चित अनुपातमा एक अर्कामा परिवर्तन भइरहन्छन् भन्ने कुरा देखाएको छ, जसबाट जब कुनै एक मात्र लोप हुन जान्छ भने त्यसको ठाउँमा अर्काको एउटा खास मात्रामा अवतरण हुन जान्छ र यसरी प्रकृतिको सम्पूर्ण गति एउटा रूपबाट दोस्रोमा रूपान्तरणको अवतरणमा प्रक्रियामा सीमित हुन्छ ।

अन्ततः चाल्र्स डार्बिनको सुसम्बन्ध रूपमा सर्वप्रथम यो सिद्ध गरेका छन् कि प्राकृतिक जैविक पदार्थ जुन हाम्रो चौतर्फी मौजुद छन् त्यसमा मानिस पनि सामेल छ मूलतः एककोषिय जीवाणुहरूको विकास एउटा लामो प्रक्रियाको परिमाण हो । यी जीवाणु सबै प्रोटेप्लाज्इ वा एल्मुनियमबाट, रासायनिक विधिबाट अस्तित्वमा आएका छन् । यी तीन आविष्कारहरू र प्रकृति विज्ञानमा अरू बृहत् विकासलाई साधुवाद । प्रकृतिको प्रक्रियाको अन्य सम्बन्धलाई केवल विशेष क्षेत्रमा मात्र होइन बरु यी समग्र क्षेत्रका अन्तर सम्बन्धलाई पनि दिग्दर्शन गर्न सक्छ र यसरी इन्द्रीयानुभविक प्रकृति विज्ञानद्वारा प्रस्तुत तथ्यहरूद्वारा हामी धेरैभन्दा धेरै क्रमबद्ध रूपमा प्रकृतिको अन्तरसम्बन्धको व्यापक चित्र दिन सक्छ । यी सबै नयाँ नयाँ खोजको परिणाम प्रकृतिविज्ञानमा विद्यमान यान्त्रिक तथा अधिभूतवादी चिन्तनका विरुद्ध द्वन्द्ववादको स्थापना, प्रकृति तथा प्रकृतिविज्ञान द्वन्द्ववादी रहे पुष्टि, प्रकृतिका प्रक्रियाहरुबारे परिकल्पित अन्तः सम्बन्धका ठाउँमा वास्तविक अन्तः सम्बन्धको स्थापना र भौतिकवादको पुष्टि हुन पुग्यो । त्यस स्थितिमा तथाकथित प्रकृति दर्शनको अन्त्य भई प्रकृतिविज्ञानका विविध शाखाहरुले स्वतन्त्र विज्ञान बन्नका लागि राम्रो आधार तयार भयो । र, यश प्रकारको वैज्ञानिक विकासले माक्र्सवादको जन्मका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

३) सैद्धान्तिक पूर्वाधार

माक्र्सवादका सैद्धान्तिक पूर्वाधार तीन रहेका छन्, तीन हुन् ः जर्मन दर्शनशास्त्र, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद । उन्नाइसौं शताब्दीमा दर्शनशास्त्रका क्षेत्रमा जर्मनी एक महत्वपूर्ण देश बन्न पुगेको थियोे । जर्मनीमा जर्ज फेडरिक हेगेल (२७७० – २८३१) र जुडविक फायरवाख (२८०४ – २८७२) को समयमा आएर दर्शनले एउटा उत्कर्ष प्राप्त गरेको थियो । हेगेलले द्वन्द्ववादको चरम रुपमा विकास गरेको भए पनि त्यो हेगेलबाट अगाडि विकसित हुनसक्दैनथ्यो । किनभने हेगेलको द्वन्द्ववाद हेगेलकै विरुद्ध परिलक्षित थियो । किनकि उनले भनेका थिए– “द्वन्द्ववादको चरम सीमा निरपेक्ष विचार हो ।” पछि फ्रेडरिक एंगेल्स ( २८२० – २८९५ ) ले यसलाई हेगेलीय प्रणालीको एक भयंकर र अन्तिम भूणपात बताउनु भएको थियो । हेगेलको यो निरपेक्ष विचार उनको आदर्शवादकै अभिव्यक्ति थियो । त्यसैगरी, त्यो बेला आदर्शवादका विरुद्ध फायरवाखको भौतिकवाद थियो तर त्यो पनि यान्त्रिक र नैतिकताको मामिलामा आदर्शवादी थियो । फायरवाख भौतिकवाद भए पनि चिन्तनको क्षेत्रमा आदर्शवादी अधिभूतवादी थिए । त्यसै अबधिमा इङ्गल्याण्डमा राजनीतिक अर्थशास्त्रको नयाँ ढंगले विकास हुँदै गएको थियो । त्यस कार्यमा आदम स्मिथ (१७२३ – १७९०) र डेविड रिकार्डो (१७७२ – १८२३) ले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनीहरूले भनेका थिए– “सबै सम्पत्ति र सबै मूल्यको मूल श्रोत श्रम हो ।” त्यो एक महत्वपूर्ण प्रस्थापना थियो । त्यसले के प्रश्न खडा गरेको थियो भने मजदुरले आफ्नो श्रमबाट जुन मूल्यको सृष्टि गर्दछ, त्यो त्यसले पुरै प्राप्त नगरी किन पुँजीपतिवर्गलाई दिनु पर्दछ ? यो अन्तर्विरोधको समाधान कसरी हुन सक्छ ? उनीहरूले यी प्रश्नहरुको समाधान खोज्न सकेका थिएनन् ।

त्यसै बेला फ्रान्सेली समाजवादको धारा पनि निकै नयाँ विचार लिएर अगाडि बढी रहेको थियो । यस सन्दर्भमा फ्रान्सका सेन्ट साइमन तथा फुुरिए र इङ्गल्याण्डका रवर्ड ओवेनहरु प्रमुख रहेका छन् । उनीहरूले समाजमा बढ्दै गएको पुँजीवादी उत्पीडन, पुँजीपति र मजदुर वर्गबीचको अन्तर्विरोध, फ्रान्सेली राज्यक्रान्तिका स्वतन्त्रता, समानता र भ्रातृत्वका सपनाहरूको ध्वंस, पुँजीपति वर्गको छलकपट, होडबाजी, भ्रष्टाचार र चरम अनैतिकताका कारण तिनको पुँजीवादप्रतिको मोह समाप्त हुँदै गयो । तिनले दार्शनिक तर्कबुद्धिवादका आधारमा एक सुन्दर, सामञ्जस्यपूर्ण र शोषणविहीन समाज स्थापना गर्ने कुराको अर्थात् समाजवाद र साम्यवादको आदर्श प्रस्तुत गरेका थिए । तर, वास्तविक जीवनमा त्यस प्रकारको समाज कसरी स्थापना गर्न सकिन्छ ? त्यसबारे उनीहरूले ठोस विचार र रुपरेखा प्रस्तुत गर्न सकेका थिएनन् ।

यी माथि उल्लेखित सबैक सही संश्लेषण र विज्ञानसम्मत स्पष्टीकरण अनिवार्य बन्न गएको थियो, त्यो काम कार्ल माक्र्स (१८१८ – १८८३) द्वारा सन् २८४८ मा कम्युनिस्ट घोषणापत्रमार्फत् प्रतिपादन गरिएको माक्र्सवादले मात्र गर्न सक्यो ।

प्रतिक्रियाहरु

[anycomment]