नेपालमा राजनीतिक संकट ः कारण र प्रभाव
नेपालको राजनैतिक संस्कारलाई हेर्ने हो भने संसारको सबैभन्दा फोहोरी राजनीतिक खेल भएको देश नेपाल हो भनेर चिनिएको छ भन्दा अन्यथा नहोला । किनभने राजनीति भनेको देशको भविष्य कस्तो बनाउने र त्यो देशका जनताहरुलाई त्यो राजनीतिकमार्फत् आफ्नो देशको सुरक्षानीति कस्तो बनाउने र त्यो देशका जनताहरुको शासनसत्ता सन्चालकहरुको नीति कस्तो बनाउने भन्ने कुरालाई नै राजनीति भनिन्छ । तर, हाम्रो देशका मुख्य राजनीति नीति निर्माताहरू अरू देशको इसरामा चल्ने र विदेशी दलालहरू भएका कारणले गर्दा नेपालका सम्पूर्ण भित्रीय योजना जुन देशको दलाल हो त्यो देशमा रिपोर्टिङ गर्ने भएको कारणले गर्दा यहाँको राजनीतिमा संवैधानिक र प्रशासिनक रूपमा संकट आएको देखिन्छ । यी माथिका सम्पूर्ण ठाउँहरूमा संकट आएका कारणले आज नेपाली जनताहरूले धेरै ठूल–ठूला आर्थिक, राजनीतिक, साँस्कृतिक संकटको सामना गर्नु परेको छ ।
उद्योग ब्यवसाय, व्यापारी, कर्मचारी, किसान, मजदुर, शिक्षक, विद्यार्थीलगायत सम्पूर्ण नेपाली जनताले दुःख पाएका छन् त्यो भनेको नेपालका दलाल नेता र संसदीय व्यवस्थाले निम्त्याएको राजनीतिक संकट नै हो । यो संकटबाट मुक्त हुन र नेपाललाई स्वतन्त्र बनाउनका लागि सबैभन्दा पहिला सम्पूर्ण नेपालका असमान सन्धि सम्झौताहरू खारेजी र वैज्ञानिक समाजवादी व्यवस्था आजको एक मात्र निर्विकल्प विषय हो भन्ने कुरा संसद्वादी दल र दलका गतिविधिबाट क्लियर भएरआएकोछ । त्यो भनेको पुराना सन्धि खारेज होइन नयाँ सन्धि गरेर देश अरूलाई दिने दल र दलका केही नेता भएको कारणले नै हो ।
सन् १८१६ को सुगौलि सन्धि देखियता भएका सम्पूर्ण असमान र राष्ट्रिय हितविपरीतका सन्धिसम्झौता खारेज नगरेसम्म न त नेपाली जनताले शान्ति पाउनेछन्, न त विदेशी दलालहरूलाई यो देशबाट हटाउन सकिने छ । यसको लागि निम्न विषयहरूमा सम्पूर्ण नेपाली जनताले राष्ट्रिय स्वाधीनता र जनजीविकाको बारेमा बुझ्न आवश्यक देखिन्छ ।
परनिर्भर राजनीतिक संस्कारको अन्त्य
राजनीति भनेको राज्य सन्चाल गर्ने नीति हुन्छ, त्यो नीति निर्माण गर्ने ठाउँ सबैभन्दा राम्रो र स्वतन्त्र राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर सम्पूर्ण योजना निर्माण र कार्यान्वयन गर्न र देशको उन्नति, प्रगति, स्वाधीनता, स्वतन्त्रता, शान्ति र समृद्धिलगायतका सम्पूर्ण कुराहरू जनताहरूको भविष्यसँग सम्बन्धित रहेर देश विकासमा लैजाने मुख्य थलो भने कै राजनीतिक हुन्छ । यसलाई जुन देशले सही तरिकाबाट प्रयोग गर्न सक्छ, त्यो देशले प्रगति गरेको हुन्छ । जुनदेश राजनीतिक रूपमा आत्मनिर्भर हुन्छ, स्वतन्त्र हुन्छ, त्यो देश विकास निर्माणमा अग्रभागमा नै हुन्छन् तर जुनदेश परनिर्भर भएर बसेको हुन्छ ती देशहरू गरिव, विदेशीको हस्ताक्षेपमा चुर्लुम्मै डुबेका हुन्छन् । राज्य र जनताबीचको अविश्वसनियता यति धेरै हुन्छ कि कसैले कन्ट्रोल गर्न नै नसकिने भएको हुन्छ । भ्रष्टाचारले देशकै बेइज्जत भएको हुन्छ र दलालहरूको बिगबिगी, भ्रष्टाचार, कमिसनको खेलले देश नै आक्रान्त भएको हुन्छ । सम्पूर्ण शासन सत्तामा त्यो देशका दलालहरूमार्फत् विदेशीहरूले हस्ताक्षेप गरेका हुन्छन् । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकालगायत सम्पूर्ण संरचना संकटै संकटबाट चलेको हुन्छ र आफ्ना देशका जनतालाई अरू देशका शरणार्थी बनाएर बस्ने दलालहरू हुन्छन् । यो व्यवस्था जहिलेसम्म रहन्छ, त्यो बेलासम्म देश परनिर्भर हुन्छ ।
यी माथिका सम्मपूर्ण कुराहरूलाई अध्ययन गर्ने हो भने आज नेपाली राजनीतिमा धेरैजसो कुराहरू मिल्दोजुल्दोछ र यसको मुख्य कारण भनेको नै परनिर्भर राजनीतिक संस्कार असहमान सन्धि सम्झौताहरू कै कारणले भएको हो । सबैभन्दा पहिला परनिर्भर राजनीतिक संस्कारको अन्त्यको लागि अवस्था मात्र होइन कि दलाल व्यवस्था नै मुख्य समस्या भएर आएको देखिन्छ । यसको सही तरिकाले हल नगरीकन खाली कोरा भाषण, चुनाव र सरकार परिवर्तनले मात्र हल गर्न खोजे भने आजभन्दा भोलि झन् धेरै ठूलठूला बिपत्तिहरू नेपाल देश र नेपाली जनताले भोग्नु पर्नेछ । नेपालमा राजनीतिक संकट अन्त्यको लागि सबैभन्दा पहिला राज्य र जनताबीचको विश्वासको बाताबरण, दलाल राज्य व्यवस्थाको अन्त्य दलगत राजनीतिभन्दा राष्ट्र र जनताको लागि राजनीति भन्ने राजनीति संस्कारको विकास आजको राजनीति संकटको सही समाधान र परनिर्भर राजनीति संकटको अन्त्य वैज्ञानिक समाजवादले मात्र गर्न सकिन्छ । अरू आजको व्यवस्था र नेताहरूबाट होइन कि एकीकृत जनक्रान्ति र त्यो बहसका पर्वत कमरेड बिप्लव सीलगायका नेताहरूबाट मात्र सम्भाव छ ।
यो परनिर्भर राजनीतिकको बारेमा नेपालका राष्ट्र«वादी, देशभक्त, क्रान्तिकारी दलहरू र नेपाली जनताको बीचमा अन्तरक्रिया वा जनमत संग्रहले मात्र परनिर्भर राजनीतिक संकटको सही समाधन दिन सकिन्छ । यो विषयमा तयार हुने राष्ट्रवादी दलहरूको एक संयुक्त मोर्चा बनाएर अगाडि जाने सोच भएका दलहरू राष्ट्रवादी हुन सक्छन्, यो कुराको बिरोध गर्ने दलहरू विदेशीका दलालहरू हुन् भन्नेबारे सबैभन्दा पहिला नेपाली जनताले बुझ्नुपर्छ ।
परिवर्तनकारी र क्रान्तिकारी राजनीतिक दलहरूले यो विषयमा एक मोर्चा बनाए जानुपर्ने हुन्छ । यो प्रक्रियाको सुरुवात नेपाल कम्युनिस्ट पार्टीको ९ औं महाधिवेशन र महाधिवेशनबाट निर्वाचित नेतृत्वले साहसिक कदम चालेको छ । यो नेतृत्वलाई हामी सम्पूर्ण नेपाली जनताले साथ दिनु आजको आवश्यकता भएको छ । यो कुरा जबसमम्म नेपाली जनताले बुभ्mदैन तबसम्म परनिर्भर राजनीतिक संकटको अन्त्य गर्न गाह्रो हुन्छ । किनभने नेपालमा दलाल संसदीय व्यवस्था छ, यो व्यवस्था भनेको जनताबाट चुनिने र जनतालाई नै ढाटेर आफ्ना देशका जनताभन्दा विदेशीको गुलाम हुनु गर्व गर्ने व्यवस्था भएको कारण परनिर्भर राजनीतिबाट माथि उठाउन गाह्रो हुन्छ । यसको लागि नेपाली जनताको आफ्नै राज्य व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र परनिर्भर राजनीतिक संकटको अन्त्य गर्न सकिन्छ ।
राज्य र जनताबीचको सम्बन्ध
राज्य भन्ने बित्तिकै जनताको अभिभावकत्व भनेर बुझ्नु पर्दछ र हो पनि । देशको अभिभावक भनेको सम्पूर्ण जनताहरुको सुख–दुःखमा न्याय दिने र देश अप्ठ्यारोमा पर्दा साथ दिने राज्य र राज्य माथि विदेशीको हस्तक्षेप हुँदा राज्यलाई सात दिने जनता चाहिन्छ । जबसम्म जनता र राज्य को सम्बन्ध राम्रो हुँदैन तबसम्म जनता र राज्यको सम्बन्ध पनि राम्रो हुँदैन किनभने जनताबिनाको राज्य र राज्यबिनाको जनता हुनुहुँदैन । यी दुबै एक सिक्काका दुईभाग जस्तै हुन्छन् । यो कुरा नेपालमा लागू हुन नसकेको कारणले गर्दा आज नेपालमा राजनीतिक संकट आएको हो भने कुरा ब्यवहारतः सतहमा आएको छ । त्यो भनेको राज्य सञ्चालक र नेपाली जनताका बीचमा धेरै ठुल्ठूला अन्तरबिरोध देखिन्छन् । यो अन्तरबिरोध आउनुका मुख्य कारण भनेकै अहिलेको दलाल संसदीय व्यवस्था र त्यो व्यवस्था भित्रका मुख्य सत्ता सञ्चालन गर्ने नेता र नेताहहरुको जनताहरुलाई हेर्ने दृस्टिकोण खराब हुनु हो भन्ने कुरा नेपाली जनताले बुझ्ने गरी बाहिर आएको छ ।
यो व्यवस्था र व्यवस्था सञ्चालकहरु नफेरिँदासम्म न त नेपालीको न्यायको संभावना हुनेछ न त जनताको राज्य आउनेछ । किनभने यो त दलाल राज्यव्यवस्था हो । जनताबाट निर्बाचित भएर जनतालाई नै लुट्ने व्यवस्थालाई दलाल राज्य व्यवस्था भन्दछन् । यो व्यवस्था नै आज नेपालमा चली रहेकोे कारणले गर्दा नेपालका सम्पूर्ण जनताले दुःख पाएका छौं ।
दलाल राज्य व्यवस्थाको नीति भनेको आत्मनिर्भर होइन कि परनिर्भर भएर बस्ने हुन्छ । त्यति मात्र होइन आफ्नो देशको उत्पादनभन्दा अरु देशको उत्पदन ल्याएर खाने, आफ्ना देशका सम्पूर्ण नदीनाला, उद्योग, कलकारखानाहरु विदेशी दलालहरुलाई सुम्पने र त्यो देशको दलालहरुलाई सम्पूर्ण चिज दिएर खुसी बनाउने र जनताहरुको बारेमा, देशको बारेमा केही पनि नसोचेर विदेशी दलालहरुलाई देशका जनताभन्दा ठूलो संस्कार गर्ने र ठूलठूला राष्ट्र«घाती सन्धिसम्झौता गरेर देशलाई परनिर्भर बनाउने दलाल संसदीय व्यवस्थाको नीति भएको कारणले आज नेपालमा राज्यसत्ता र नेपाली जनताहरुको बीचमा सम्बन्ध बिग्रिएको हो । यसलाई सुधार्ने हो भने दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको बारेमा नेपाली जनताले सही समाधान दिनका निम्ति व्यवस्था होइन कि अवस्था फेरे पुग्छ भन्नेहरूलाई होइन व्यवस्था नै खराव भन्ने दल र पार्टीलाई साथ दिनुपर्छ ।
त्यसको लागि दलाल राज्य व्यवस्था होइन कि नेपाली जनताको आफ्नै राज्य व्यवस्था– वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने त्यो महान अभियानमा लाग्नु पर्छ र दलाल संसदीय राज्य व्यवस्थाको भ्रममा लाग्नु हुँदैन भने कुरा आज नेपालको राजनीतिक संकटले देखाइदिएकोछ । किनकि दलाल राज्य व्यवस्था र दलाल सत्ता भनेको नेपाली जनताको होइन रहेछ भन्ने कुरा चुनावी गठबन्धनदेखि राष्ट्र«पति चुनावसम्म नेपालका संसदवादी दलहरुको राजनीतिक खेलहरुले प्रमाणित गरिसकेको कारणले गर्दा राज्य र जनताहरूको सम्बन्धमा संकट आएको हो । यो समस्या र संकटलाई हल गर्न अब हामीहरू दलाल संसदीय पुँजीवादी राज्य सत्ता होइन कि वैज्ञानिक समाजवादी राज्य सत्ता निमार्णको अभियानमा लाग्न आजको एक मात्र विकल्प देखिन्छ । देश र जनताको बारेमा काम नगर्ने दलाल पुँजीवादी व्यवस्थाको भन्दा सयौं गुणा वैज्ञानिक समाजवादी व्यवस्था राम्रो हुन्छन् भने कुरा विश्वमा कोभिड महामारीमा स्पस्ट हुन पुग्यो ।
यी माथिका राजनीति, आर्थिक, सांस्कृतिक संकटहरू अहिलेको दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट गाह्रो छ । र विदेशीहरूको हस्तक्षेपको अन्त्य सम्भव छैन । बैदेशिक हस्ताक्षेप अन्त्य गर्न र जनताको आफ्नै व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र गर्न सक्छ । त्यो भनेको एकीकृत जनक्रान्तिको कार्यदिशा र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वले मात्र पूरा गर्न सक्छ ।
आत्मनिर्भर उत्पादन प्रणाली र अर्थतन्त्रको विकास
जुन नेताले समय र गतिलाई बुझेको हुन्छ, त्यो नेताले आफ्नो देशको उत्पादन प्रणाली र अर्थतन्त्र विकासको गतिकोबारेमा बुझेको हुन्छ । जुन देशको नेताले समय, गति, श्रमसँग आफ्नो जीवनलाई बुझेका हुन्छन् ती नेताहरूले मात्र आत्मनिर्भर उत्पादन प्रणाली र अर्थतन्त्रको विकासको नियमलाई बुझ्ने गर्दछन् । आत्मनिर्भर उत्पादन प्रणाली र अर्थतन्त्रको विकासको नियमलाई बुझ्ने नेताहरूले आफ्नो देश आत्मनिर्भर बनाउने योजनाको कामलाई आफ्नो दैनिकीमा हालेर देशलाई अगाडि बढाउने पनि गरेका हुन्छन् । जुन नेताले समय र गतिलाई बुझेको हुँदैन तिनीहरूले आत्मनिर्भर उत्पादन प्रणाली र अर्थतन्त्र विकासको कुरै छोडौ स्वयम आफ्नो जीवनलाई पनि बुझेका हुँदैनन् । आत्मनिर्भर होइन कि परनिर्भर भएर बसेका हुन्छन् । अर्को शब्द पयोग गर्ने हो भने विदेशीका दास या भिख मागुवा भएर बसेका हुन्छन् ।
जुनदेश आत्मनिर्भर हुन्छ त्यो देशलाई स्वाविवेकी तयारीका साथ आफ्नो दैनिकी र योजनामा कुनै बाधा अबरोधहरू प्राय कमै आउने गर्दछन् । जुन देश र देशका नेताहरू परनिर्भर भएर बसेका हुन्छन् तिनीहरूलाई दैनिकी रूपमा हरेक खालका समस्यहरु कुनै न कुनै रूपमा आएकै हुन्छन् । देशको काम र योजनामा स्वतन्त्र हुने बाताबरण नै हुँदैन बरू अरूदेशका कमार (दास) भएर बस्नुको विकल्पभन्दा अरू हुन सक्दैन । यो कुरा देशमा मात्र होइन कि त्यो देशका जनतामा पनि लागू हुन्छ । अनि देश र जनतामा लागू भएपछि राज्य सत्तामा पनि लागू हुन्छ र देश विकास होइन कि विनाशको प्रक्रियामा अगाडि बढेको हुन्छ । खाने गाँसदेखि बस्ने बाससम्म सम्पूर्ण कुराहरूमा परनिर्भर भएर बस्नुपर्ने बाध्यता हुन्छ र त्यो देश सम्पूर्ण रूपले अरू देशको अधिनायकत्वमा बस्नुको वुकल्प हुँदैन ।
यी माथि उल्लेखित कुराहरु हेर्दा सामान्य तर नपत्याउने खालका पनि छन् । साँच्चै आफ्नो जीवनको दैनिकी र आजको नेपाली राजनीतिलाई हेर्दै जानुभयो भने आत्मनिर्भर उत्पादन प्रणाली र अर्थतन्त्रको विकास गर्ने अवसर, समय र नेपालमा आएको राजनीतिक, आर्थिक, सांस्कृति संकटलाई मिलाएर जोड्नु भयो भने यो समस्याको समाधान के अहिलेको दलाल संसदीय हुन्छ र ? यो कुरा जुनदेशले बुझेको हुन्छ, त्यो देशले प्रगति गरेर अगाडि जान्छ जुन देशका नेताहरूले बुझेका हुँदैन ती देशहरू लोप भएर हराएका हुन्छन् भन्ने उदाहरणहरू धेरै छन् यो कुरा विश्वमा पनि पाइन्छन् । हाम्रो देश नेपाल नजिकै सिक्किमको इतिहासलाई हेर्दा हुन्छ । नेपालमा पनि विदेशीको खेलमैदान हुँदैछ भन्ने कुरामा सम्पूर्ण नेपाली जनताले बुझ्न आवश्यक देखिन्छ ।
वैज्ञानिक समाजवादी राज्य व्यवस्था आजको आवश्यकता
वैज्ञानिक समाजवाद मानव जातिलाई वर्गविहीन, जातिविहीन, राष्ट्र«विहीन, धर्मविहीन, स्वतन्त्र, समान, शान्त, वैज्ञानिक र समृद्ध दुनियाँमा पु¥याउने मानव सभ्यता हो । वैज्ञानिक समाजवादी विचारधारा अकाट्य बिज्ञानका तथ्यहरूसहित उन्नासौँ शताब्दीमा संसार हल्लाउँदै उदय भएको व्यवस्था हो । आज वैज्ञानिक समाजवादका विरुद्ध ककर्स हल्लाहरु फैलिँदै छन् भने त्यो हल्ला पछाडि आज पनि पुँजीवादी मात्र होइन कि कैयौं नक्ल्ली कम्युनिस्ट दलाल संसदीय भासमा चुर्लुमै डुबेकाहरूले पनि यो हल्ला फिजाउँदै श्रमिक वर्गलाई भ्रम पार्दै आएका छन् ।
उपहास, भ्रम, आतंकको छायामुनि सम्राट पोप र मालिकहरूलाई स्तब्ध पार्दै वैज्ञानिक समाजवादी सत्ता एक मात्र विकल्प हो भन्ने कुरा नेपाली राजनीतिमा देखिँदै आएको छ । यो आज मात्र होइन कि माक्र्स, एङ्गेल्सको समयदेखि आजसम्म वैज्ञानिक समाजवाद –साम्यवादी राज्य व्यवस्थाको जनताको राज्यव्यवस्था हो भने कुरामा कुनै भ्रम छैन तर पनि आउँदैन किन ? यसको बारेमा आज नेपाली राजनीतिमा बहस गर्न आवश्यक छ । वैज्ञानिक समाजवाद– साम्यवादी राज्य व्यवस्थाको क्षेत्रमा सबैभन्दा महत्वपूर्ण र प्रमुख अनुसन्धान नै वैज्ञानिक साम्यवाद हो । वैज्ञानिक साम्यवाद आजसम्मका मानव समाज र सभ्यताहरूको उच्चतम एबम् उत्कर्षको संश्लेषण हो । यो यस्तो परिकल्पना हो जसलाई झट्ट हेर्दा एक आदर्शवादी स्वप्न, कल्पना जस्तो महसुस हुन्छ तर यो त्यस्तो काल्पनिक या आदर्शवादको कल्पना होइन जो सिर्फ काल्पनिक मनोकाङ्क्षाको मन्त्रद्वारा निर्देशित हुन्छ । बरू यो यस्तो वैज्ञानिक र वस्तुवादी परिकल्पना हो, जो हजारौं तथ्यहरूद्वारा परिस्कृत भएकोछ र एक वैज्ञानिक प्रतिबिम्बको रूपमा अभिब्यक्त भएको छ । यो व्यवस्था नै जनताको व्यवस्था–वैज्ञानिक राज्य व्यवस्था हुन्छ ।
वैज्ञानिक समाजवाद भनेको कम्युनिस्ट समाज हो । कम्युनिस्टको अर्थ समुहिक भने हुन्छ । कम्युनिस्ट समाज भनेको यस्तो समाज हो जसमा सबै मानिसहरू मिलिजुली सामुहिक श्रम गर्दछन् यो व्यवस्थालाई वैज्ञानिक समाजवादी राज्य व्यवस्था भन्दछन् । वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा प्रत्येक ब्यक्तिले आफ्नो योग्यताअनुसारको काम र काम अनुसारको दाम पाउने जनताको राज्य व्यवस्थालाई वैज्ञानिक समाजवादी व्यवस्था भन्दछन् । आज नेपालमा दलाल राज्य व्यवस्थामा रहेका लेखनदासहरू वैज्ञानिक समाजवादको विरुद्धमा लेख्दैछन् किनभने तिनीहरू पुँजीवादका नाइके र दलाल राज्यव्यवस्थाका लेखक र पुँजीवादका लम्पटहरू भएको कारणले बिरोध गर्दछन् । तिनीहरूलाई यो कुराको ज्ञान छ कि दलाल पुँजीवाद र पुँजीवादी राज्य व्यवस्थाको बारेमा लेख नलेख्दा आपूm र आफ्नो लेखनशौलीको अन्त्य हुन्छ भन्ने डर हो या पुँजीवादका लम्पट नै भएकाले हो भन्ने कुरा भोलि प्रमाणित होला । अर्को कुरा वैज्ञानिक समाजवाद साम्यवादी राज्य व्यवस्थाको बारेमा माक्र्सदेखि आजसम्मका कम्युनिस्ट पार्टी र पार्टीका नेताहरूले धेरै लामा–लामा ब्यख्या गरेका छन् तर यसलाई वैज्ञानिक समाजवादी सत्ता र राज्य व्यवस्थामा रूपान्तरण गर्न सकेका छैन्नन ।
यसले गर्दा पनि पुँजीवादीहरूका ती लम्पट लेखकहरूले वैज्ञानिक समाजवादको विरुद्ध लेख लेखने मौका पाएका छन् । यसको बारेमा नेपालका प्रगतिशील, राष्ट्रवादी युवाहरूले धेरै लेख लेखेर वैज्ञानिक राज्य व्यवस्था र एकीकृत जनक्रान्तिले मात्र आज नेपालको सही राज्य व्यवस्था ल्याउन सक्छ भन्ने कुराको निष्कर्ष निकाल्नु पर्दछ । त्यो भनेको सन् १८२४ को ब्रिटेन, फ्रान्स, जर्मनी, आदिका काल्पनिक समाजवादीहरू ओवेन, फुरिय, साइमनहरूले शासकलाई खुशी पार्न अपनाएको काल्पनिक समाजवाद शान्तिपूर्ण तरिकाले ल्याउन सकिन्छ भन्ने नेपालका नक्कली कम्युनिस्ट विचारको लेखहरू होइन कि माक्र्स एङ्गेल्सले सन १८४८ को घोषणा पत्रमा लेखेको वैज्ञानिक समाजवादी राज्य व्यवस्था आज नेपालमा अनिवार्य भएकोछ भने लेखहरू लेख्न आवश्यक देखिन्छ । त्यो भनेको दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी राज्यव्यवस्था नै जनताको व्यवस्था हो ।
आज नेपालमा मात्र होइन कि विश्वमा नै आवश्यक देखिन्छ । किनभने जुन ठाउँमा दलाल संसदीय व्यवस्था छ ती देश हरेक हिसाबले असफल भएका छन् । यो किन असफल भन्ने कुरा संसदीय व्यवस्थालाई सन् १९५६ मा गद्दार ख्रुश्चोभले दलाल संसदीय व्यवस्थामार्फत् वैज्ञानिक समाजवाद ल्याउन सकिन्छ भन्दै विश्वको कम्युनिस्ट समाजवादी आन्दोलनलाई भ्रष्टिकरण गरेर श्रमिक वर्ग र क्रान्तिकारी जनतालाई राज्य सत्ताबाट अलग राखेर बल प्रयोगबाट होइन कि शान्तिपूर्ण तरिकाले ल्याउन सकिन्छ भन्दै साम्राज्यवादी र दलाल पुँजीवादीसँग सहकार्य गरेर सत्ता निर्माण गर्न सकिन्छ भन्ने भ्रम ल्याएको कुरा आज नेपालका कम्युनिस्ट पार्टीहरू पनि मुक्त हुन सकेनन् र जनताको बल प्रयोगबाट पुरानो सत्ता ध्वंश र नयाँ सत्ता÷ जनताको वैज्ञानिक समाजवादी सत्ता निर्माण सकिँदैन भने नकारात्मक सोच भएका कम्युनिस्ट धेरै भएको कारणले पनि नेपालको राजनीतिमा संकट आएको हो ।
च) सही राजनीतिक नेतृत्व
नेतुत्व भन्बे बितिकै सबैभन्दा राम्रो र राष्ट्र तथा जनताको लागि काम गर्ने राजनीतिक नेतृत्व गर्न सक्ने सबैको नेतालाई सही राजनीतिक नेतृत्व भन्दछन् । नेतृत्वको परिभाषा धेरै छन् र होलान् पनि मुख्य गरेर विश्वमा दुई प्रकारका नेतृत्वहरू हामीले सुनेका र देखेका छौं ।
१) पुँजीवादी नेतृत्व ः पुँजीवादी नेतृत्व भनेको पुँजीपति वर्ग र पुँजीवादी चेतनाबाट परिचालित भएको सारा संसारका सम्पूर्ण वस्तु आफ्नो अधिनायत्वमा राख्ने र शोषण, दमन, अन्याय, अत्याचार गर्ने र विश्वका जनताकोबारेमा होइन कि आफ्नो बारेमा जे पनि गर्न तयार हुने र निजी स्वामित्वमा रमाउने पुँजीवादी व्यवस्थालाई आफ्नो व्यवस्थामा सीमित केही मान्छेहरूको अधिनायकत्वमा राखेर सिङ्गै विश्व नियन्त्रण गरेर ब्यक्ति बिशेष नीति बनाएर चलाउन खोच्ने नेतृत्वलाई पुँजीवादी नेतृत्व भनिन्छ । यो नेतृत्वले शान्ति होइन द्वन्द्व रूचाउने, जनतालाई अधिकार होइन दमनमा राख्ने, नीति निर्माण गर्दा जनताको पक्षमा होइन कि केही पुँजीपति वर्गको हित र विदेशी दलालहरू खुसी पार्ने नीति निर्माण कार्यमा रूचाउने नेतृत्वलाई पुँजीवादी नेतुत्व भनिन्छ ।
जस्तै सिक्किमको लेण्डुप दोर्जे, युक्रेनका जेलेनेस्की, नेपालका नयाँ भनिने दलहरू जस्तै, रबि, ज्ञानेन्द्र, गंगन जस्ता किनभने कुरा राष्ट्रियता धेरै गर्ने तर काम चाहिँ विदेशी दलालहरूको गर्ने र देश बेचेर आफ्नो देशलाई दलाल पुँजीवादीहरूलाई दिने र देश र जनतालाई अरूको मजदुर दास बनाएर राख्ने नेतुत्वहरूलाई पुँजीपति नेतृत्व भन्दछन् ।
२) सर्वाहारा वर्गको नेतृत्व ः सर्वहारा वर्गको नेतृत्व भन्नाले गरिखाने श्रमिक, किसान, मजदुर, मध्यम वर्गको आफ्नै राज्य सत्ता निर्माण गरेर वैज्ञानिक समाजवादी व्यवस्थामा लैजाने नेयृत्वलाई सर्वहाराको नेतृत्व भन्दछन् । खास गरेर आज विश्वको राजनीतिमा दुईवटा धारमा अगाडि आइरहेको परिबेशमा विश्वले सर्वहारावर्गको सही नेतृत्व खोजिरहेको र भूमण्डलीकृत पुँजीवादले सर्वहारा–श्रमिक वर्गलाई नयाँ तरिकाले दास बनाउन खोजिरहेको राखेको बेला सर्वहारावर्गको २१ औं शताब्दी र श्रमिक वर्गको वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गरेर पुँजीवादका हरेक चुनौतीसँग लडने साहस गर्ने नेतृत्वलाई सर्वहारा वर्गको सही नेतृत्व गर्न सक्ने नेतृत्वलाई सर्बाहारावर्गको नेतृत्व भन्दछन् ।
नेतृत्व भनेको राष्ट्र र जनताको हित हुने, राष्ट्रियताका हरेक चुनौतिको सामना गर्न सक्ने सही र सहासिक विषय हो । यो नेतृत्व आज नेपालमा छ त्यो भनेको एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी राज्य व्यवस्था एक मात्र जनताको व्यवस्था हो, दलाल संसदीय व्यवस्था होइन र हुन सक्दैन भन्ने नेतृत्व हो । त्यो भनेको एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवादी राज्यव्यवस्था ल्याउने उद्देश्य र लक्ष्यमा दृढ रहेको नेतृत्व हो । यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी र यसका महासचिव बिप्लव सीको नेतृत्व नै हो । किनभने अब नेपालमा पटक–पटक असफल भएको दलाल संसदीय पुँजीवादी राज्य व्यवस्थाबाट होइन कि नेपाली जनताको आफ्नै राज्यव्यवस्थाले मात्र सही समाधान दिन सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ ।