बहुप्रतिभाका धनी रेशमकुमार शाह (रेकुशा)
उमेरले वहाको र मेरो ५ बर्षले फरक, जन्मस्थान फरक, जाति फरक, जिल्ला फरक तर विचार, सिद्धान्त, भावना र उद्देश्य एउटै, सहकार्य र सहयात्रा एउटै, काम, पेशा र वर्ग एउटै पछिल्लो समय स्थायी बसोवास गरेपछि गाउ“ पनि एउटै धेरै कुराहरुमा मन मिल्ने एक सहयोद्धा रेशमकुमार शाह भौतिक रुपले अव हाम्रो माझ रहेनन् । भन्दछन् – राम्रा मान्छेमा दैवको पनि आखा लाग्छ रे वहा दैवको आखा लाग्ने मान्छेहरुमा एक हुनुहुन्थ्यो । भौतिक रुपले हामीबाट सदाका लागि विदा भइसक्नु भएको छ । कमरेड रेशम तपाईलाई हामी संझिरहने छौं ।
दिन हिजोको थियो – ३० असार २०८० । अस्ती असार २७ गते विहान मात्र म बस चड्दै थिए , हाम्रो पार्टी नेकपाका उपत्यका व्यूरो इञ्चार्ज कमरेड कृतिले हाम्रो पार्टी केन्द्रीय सदस्य तथा उत्तर मेची–कोशी व्यूरो इञ्चार्ज कमरेड देब सी को ममतामयी आमा दिवंगत पदमकुमारी गुरुङको काठ्माण्डौंमा उपचारको शिलशिलामा निधन भएको खबर गर्नुभएको थियो । आधा बाटोमा पुग्दा प्रधानमन्त्री क. प्रचण्डका धर्मपत्नी सीता दहालको निधन भएको खबर सुनें । यी खबरहरुले निकै दुखित तुल्यायो । वहाहरुलाई प्रत्यक्ष श्रद्धाञ्जली दिन नपाए पनि फेसबुक स्टाटस मार्फत “श्रद्धाञ्जली” लेखें । आजभोली सामाजिक सञ्जालले यो सुविधा ल्याएपछि । जानी नजानी श्रद्धाञ्जली र रिप, बधाई र शुभकामनाका लहरै चलिरहेको छ । मैले पनि जानी नजानी त्यसै गरें ।
हिजो विहान मात्र विहान ८ बजेतिर हाम्रो पार्टीको तर्फबाट संस्थागत रुपमै महासचिव कमरेड विप्लवसहित उपलब्ध स्थायी कमिटी सदस्यहरु क्रमशः प्रबक्ता क. प्रकाण्ड, म र क. भरत सी बालुवाटार प्रधानमन्त्री निमवासमै गएर प्रधानमन्त्री पुष्पकमल दहाल र दुई छोरीहरु रेणु र गंगालाई औपचारिक रुपमा भेटेरै समवेदना दिएर कार्यालय फर्कियौं । कार्यालय पुग्ने वितिकै फेरी एउटा खाबर आयो काठ्माण्डौंको एकजना हाम्रो पार्टीका डीसीएम कमरेड कुमारको जीवन संगिनी क. पशुपति श्रेष्ठको मोटर बाइक दूर्घनामा परेर निधन भयो । यो खबर सेलाउन नपाउ“दै रोल्पा नमूना जिल्ला सेक्रेटरी क. अमित घर्तीमार्फत क. रेशमकुमार शाहको निधन भएको खबर प्राप्त भयो । यी एक पछि अर्को दुःखद घटनाहरुले हामीलाई भावनात्मक रुपमा निकै चोट पु¥याएको छ । यस्ता खबरहरु हामी जनयुद्धको बेला सुन्ने गथ्र्यौंं । जनयुद्धमा क्षण क्षणमा सुनिने यस्ता घटनाका खबरहरुले कहिले उत्साहित बनाउथ्यो कहिले दुखित बनाउथ्यो । किन कि त्यस बेला हामीकहा दुई किसिमका खबरहरु आउथ्यो – एउटा विजय र सफलताका र अर्को पराजय र असफलताका । तर आज शान्तिकाल छ । फेसबुकमा श्रद्धाञ्जली लेख्ने भन्दा अरु उत्साहित खबरहरु हुदैनन् । बधाई-शुभकामना लेख्नु प¥यो भने खाली जन्मदिनका, विवाह एनिभर्सरीका बाहेक अरु हुदैन । हिजोका तातै खबरहरु पनि यस्तै दुखित तुल्याउने खबरहरु नै थिए ।
हिजो दिनभरि जहा जे गरेपनि मन–मस्तिष्कमा कमरेड रेशम नै छाइरह्यो । हाम्रो गाउ“मा पुरानो परंपरागत एउटा चलन अझै पनि छ । गाउमा विपेबाजा (मान्छे मर्दा बजाइने शोक बाजा) बज्यो भने कोही पनि बन जादैनन् । उ मलामी जान तयार हुन्छ । प्रत्येक घरबाट भए लोग्ने मान्छे नभए घरको महिला अनिवार्य जाने चलन छ । यो अनिवार्य कुनै कानूनी वा संस्थागत उर्दी, दबाब होइन, गाउको रीति संस्कार हो । मर्ने मान्छे त मरिहाल्यो तर उसका जिउदा साथीभाई, दौतरी, इस्तमित्र, गाउले, नालनाता त्यो शवयात्रा जसलाई गाउघरमा मलाम जाने भन्छन् स्वतः सहभागी बन्छन् कसैले जा भन्नु पर्दैन । हरेक घरबाट एक जना उसलाई घाटसम्म पु¥याई लग्छन् अर्थात मर्ने मान्छेको नाममा अनिवार्य एक दिन समय छुटाउछन् । जिउदोको जन्ती, मर्दाको मलामी भन्छन् । सायद समाज र मानिस हुनुको अर्थ यहि होला । कम्तीमा यो अन्तिम क्षणमा मरेको मानछेलाई एक पटक उचाल्न पाए आफ्नो मानवीय धर्म पूरा हुन्छ भन्ने चलन छ । यहि नै त मानवीयता हो । यो चलन गाउ“ घरमा अझै जिउदो छ । तर सोरी, म दुखित छु । हिजो म सहयोद्धा कमरेड रेशमलाई घाटसम्म पु¥याउन जान पाइन । किन कि म ज्यादै टाडां छु । यो कुरा कमरेड रेशमलाई थाहा थियो । अहिले पुरानो भाषामा जुनी बदल्नु भएको छ र हाम्रो नया जमानामा वहाले रुप परिवर्तन गर्नु भएको छ । वहा“ले यो संसारको महारंगमञ्चमा एउटा सकारात्मक भूमिका खेल्ने पात्रको रुपमा वियोगान्त नाटकको पात्रको रोल खेलेर पर्दापछाडि विलोप हुनुभएको छ ।

मैले हिजो दिनभरि गोविन सहयात्रीले पलपलमा हालीरहेको फेसबुक लाइफमा हेरिरहें उदय अमितहरुको फेसबुक पछ्रयाइरहें । म पनि संगसंगै भार्नाखासै र माखङ झरेजस्तै अनुभूति गरें । कसैले नदेख्ने गरी वहाको संझनामा केही थोपा आशु अर्पण गरें । यो भन्दा अरु मैले केही गर्न सकेन । कमरेड रेशम शाह जो संग मैले सास्कृतिक, शैक्षिक, राजनीतिक, संगठनात्मक कार्यहरुमा लामो सहकार्य र सहयात्रा गरेको छु । हामी महिनौ दिन सास्कृतिक टोलीहरु लिएर गाउ गाउ घुम्थ्यौं । हाम्रा विचार मात्र मिलेको नभएर शारीरिक कद, झट्ट हेर्दा एकपट देखेकालाई अल्मलिने अनुहार मोटापनले धेरैलाई भ्रम पनि पारेको छ । वहालाई के भने थाहा छैन तर मलाई भने कयौं ठाउ“मा रेशम सर भनेर नमस्कार खाएको छु । प्रशानको हामीप्रतिको गिद्धे दृष्टि वहा र हामी सबैमा समान रुपले परेको छ । वहालाई थबाङमा पनि शान्त पूर्वक बस्न दिएन । जागिर खान रुकुमको कोलसम्म सपरिवार पुग्नुपर्ने बाध्यता बनेको थियो । पञ्चायत काल कति कठिन थियो । शासकहरु कति कठोर हुन्छन् । त्यो हामीले संगसंगै भोगेका छौंं ।
मैले वहा“लाई मावि रुकुमकोट स्थित रुकमिणी माविमा संगठन गर्न जाने दौरानमा पहिलो पल्ट चिनाजानी भयो । म २०३६ देखि २०३९ सम्म विद्यार्थी संगठन अनेरास्ववियू (छैटौं) को रोल्पा जिल्ला अध्यक्ष थिए । त्यो बेलामा अनेरास्ववियू पाचौं र छैटौं भएको थियो । त्यति ब््ेला रुकुमकोटको माविको प्रअ सर मस्तबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । वहाले रुकुमकोटमा विद्यार्थी संगठन बनाउन र प्रशिक्ष्ँणहरु गर्न मलाई बोलाउनु भएको थियो । वहाको सहयोगमा अनेरास्ववियू संगठन गर्न जाने बेला कमरेड रेशमसंग साक्षत चिनजान भयो । पटक पटक गएर बैठक र प्रशिक्षण दिएको छु । त्यस बेला रुकुमकोट माविमा हेडसर मस्तबहादुर श्रेष्ठ र अर्को प्यूठानी मावि इङ्लिश टिचर मोहन गिरी सर हुनुहुन्थ्यो । वहाहरुको देरा संगसंगै थियो । बजारमा गासबास पाइदैनथ्यो । म हरेक पटक जा“दा मस्त सरको देरामै खाने बस्ने र दिउसो स्कूलमा कार्यक्रम गर्थें । एक दुई पटक थबाङबाट पढ्न गएका एकाधजना विद्यार्थीहरु कहा बसें । त्यसबेला कमरेड रेशम यस्तै ६÷७ कक्षामा पढ्नु हुन्थ्यो तर संगठनमा निकै सक्रिय देखिनुहुन्थ्यो । त्यसै क्रममा एक पटक म रुकुम गइरहेको बेला रुमालबारा छेडाभन्दा अलि तल उकालोनिरको एउटा घरको आगनमा आधा पुरानो भइसकेको टाइड जिनको हाफ जागिया लगाएको पुड्कोपुड्को कालो कालो केटो हातमा पेन्टिङ बु्रश समातेको कालो टोपी लाएको एक ठिटोले मलाई नमस्कार गरे । मैले मैले नमस्कार त फर्काए तर ठ्याकै चिनिन । वहाले आफै चिनाउनु भयो । म रेशम शाह, स्कूलमा भएको कार्यक्रममा तपाईको कलाशमा बसेको भने पछि मात्र मैले अनुमान गरें र नजिकबाट चिनजान भयो । त्यसबेला त्यो आ“गनमा देखा परेको आकृति आगनको छेउमा उभिएर नमस्कार गरेको सजिव चित्र अहिले पनि मेरो मानसपटलमा अहिले पनि झलझली याद आउछ । त्यसरी चिनजान भएको रेशम शाह आखिरमा थबाङ आएर संगै राजनीतिमा लागौंला, संगै सास्कृतिक टोलीको नेतृत्व गरौंला, संगसंगै शिक्षण पेशामा लागौंला र गाउ र देश निर्माणको नया उद्देश्य बोकेर यति लामो सहयात्रा संगै गरौंला भन्ने चिताइएकै थिएन । मैले मेरो व्यक्तिगत र राजनीतिक जीवनमा यति धेरै साथीभाईहरुसंग साथसंगत गरें ती मध्ये कतिपय बोलाका असाध्यै निर्णायक र महत्वपूर्ण क्षणहरुमा कमरेड रेशम शाहसंग संगत भएको छ । धेरै कुरामा सहयोग गर्नु भएको छ । म धर्मेन्द्र बुढा मगरबाट सन्तोष बुढा मगर बनेर नया राजनीतिक जीवनमा आउनुमा पनि अप्रत्यक्ष रुपले दिवंगत मेरो कलाससाथी बीरेन्द्र घले (लुगुम), रेशम शाह मावि कोलको शिक्षक, कुलानन्द गिरी थबाङको हेडसर र मस्तबहादुर श्रेष्ठ मावि रुकुमकोटका हेडसरको ठूलो भूमिका र सकारात्मक सल्लाह सुझाव रहेको छ । यस्तै केही नकारात्मक गुरुहरुमा हाल दिवंगत) केशवराज श्रेष्ठ र तत्कालिन स्कूल अध्यक्ष तथा कावा प्रधानपञ्च बर्मान रोका, रोल्पाका काग्रेसका नेताहरु, नारायण प्रसाद बस्नेत र पछिल्लो समयमा तत्कालिन सीडीओ सानुबाबु खत्री हुनुहुन्थ्यो । यी सकारात्मक र नकारात्मक गुरुहरुमा सकारात्मक भूमिका खेल्नेमा कमरेड रेशम शाह एक जना हुनुहुन्थ्यो ।
सामान्य किसान परिवारमा बुवा बीरबहादुर शाह र आमा मोतीकुमारी शाहको कोखबाट पहिलो सन्तानको रुपमा क. रेशम शाह वि.स. २०२३ कार्तिक ९ गते तत्कालिन शोभा गाउ पंञ्चायत वडा नं १ बाहुनथानामा जन्मनु भएको थियो । कमरेड रेशम शाहले बेलैमा १७ बर्षकै उमेरमा २०४० सालको एसएलसी बोर्ड परीक्षा उतीर्ण गरी थबाङमा मास्तर हुन आउनु हाम्रो लागि संयोगको कुरा थियो । वहाले शिक्षण कार्य गर्दा गर्दै मावि थबाङकै शिक्षिका मूल्ज्योति रोकासंग प्रेम विवाह गर्नुभयो । वहाले थबाङमै विवाह गरी स्थायी रुपले घरजम गरी बस्नु भयो र अव वहा कहिल्यै रुकुम फर्किनु भएन, वहा अव रुकुमे होइन थबाङ्गी भएर बस्नु भयो । यसपछि वहाले आफ्नो बाकी जीवन थबाङमै विताउनु भयो । रुकुमबाट शुरु गर्नुभएको छिपछिपे राजनीतिले थबाङमा आएर पूर्णता र परिपक्वता प्राप्त ग¥यो । वहाले थबाङमै नेपाल कम्युनिस्ट पार्टी मशालको सदस्य हुदै थबाङकै राजनीतिसंग हेलिदै आउदा मशाल, एकताकेन्द्र, माओवादी र पछिल्लो समयमा नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध हुनुहुन्थ्यो । वहाले लामो समय शिक्षण पेशामा रहेर राजनीति र शिक्षण पेशालाई संगसंगै अगाल्दै पछिल्ला टुटफूटहरुमा पनि प्रचण्ड र किरणहरुको राजनीतिले वहालाई प्रभाव पारेन र क. विप्लव नेतृत्वको नेकपामै रहेर समाज सेवा गर्दै आउनु भएको थियो ।
वहाले २०४० देखि २०६८ सम्म विभिन्न स्कूल चाहार्नु भयो । वहाले शुरुमा मावि थबाङबाटै शैक्षणिक यात्रा शुरु गर्नुभयो । त्यहाबाट गोबाङ, दहबाङ, मरान्थान, बीचमा मावि कोलमा श्रीमान श्रीमतिनै गएर पढाउनु भयो । अन्तिममा हामी वहा“हरुसंगै पञ्चायतको अन्त पश्चात मात्र २०४६ सालमा संगसंगै स्थायी नियुक्ति पायौं । यसपछि मात्र यो घुमन्तु शिक्षण पेशाले अलि स्थायित्व पायो । हाम्रो त्यो घुमन्तु शिक्षणको एउटै कारण राजनीतिक पूर्वाग्रह थियो । यस बीचमा वहाले जनयुद्धका कठिन क्षणमा पनि वहाले निकै यातना र सास्ती भोग्नु भयो तर आस्था ढाल्नु भएन । वहा“लाई पढाउदा पढाउदै गिरफ्तार गरेर ९ महिना जेल यातना दिए । जागीरबाट बर्खास्त समेत गरे । वहाले क्रान्तिकारी राजनीतिसंगै न राजनीति छोड्नु भयो न जागिर । २०४० देखि अटुट रुपमा २०६८ सम्म शिक्षण पेशामै रहनु भयो भलै कहिले सरुवा, कहिले बर्खास्ती किन नगरुन । वहाले ४० देखि ४६ का कुल २८ बर्षहरुमा ६ बर्ष अस्थायी शिक्षकको रुपमा र ४६ पछि स्थायी शिक्षकको रुपमा पढाउनु भयो । जनयुद्धका कठिन अवधिमा अरु शिक्षकहरु जस्तै वहापनि बर्खास्तीमा पर्नु भयो । यस बीचमा वहाले व्यापार विजिनेश पनि सफलतापूर्वक गर्नुभयो । समाज सेवा लाग्नुभयो । एक अवधि मावि थबाङको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि बन्नु भयो । २०४७ देखि २०५२ को बीचमा जनयुद्धको तयारीको क्रममा हामी संगै जनता जगाउन स्कूलका केटाकेटीहरुलाई लिएर जनचेतना अभियान चलायौं । गाउ गाउमा महिनौंसम्म सास्कृतिक अभियानहरु चलायौं । वहामा राम्रा राम्रा गीत रचना गर्ने, शब्दहरुको चयन र त्यसलाई लोक लयमा ढाल्ने राम्रो कला र प्रतिभा थियो । वहाले गीत पनि गाउनुहुन्थ्यो राम्रो हार्मोनियम बाधक पनि हुन् । वहा एक जना कुशल आर्टिष्ट पनि हुन् । २०४७ मा जनतचेतना अभियान, २०४८÷४९ का संसदीय र स्थानीय चुनावताका भण्डाफोर अभियानहरुमा वहाले पूरै समय संगै हिड्यौं । २०५० पछि प्रतिरोधको चेतना जगाउन र २०५१÷५२ तिर विद्रोहको गीत गाउदै गाउ गाउमा संगै हिड्यौं । यसरी जनयुद्धको तयारीमा वहाले सागितिक क्षेत्रबाट खेल्नु भएको भूमिका महत्पपूर्ण छ ।
कमरेड रेशम शाहका परिवार सानो परिवार सुखी परिवार थियो । एक छोरी अणु र एक छोरा आलोक । हाल दुबै छोरा छोरीले विवाह गरी दुबै नाती नातिना छन् । वहालाई जागिरबाट बर्खास्त गरेपछि घरमै पसल राखेर व्यापार विजिनेश गरेर केटाकेटी हुर्काउनु भयो, पढाउनु भयो । संगसंगै सामाजिक सेवामा पनि लागि रहनुभयो र गाउमा स्थानीय राजनीति पनि छोड्नु भएन । । यसै क्रममा गत दुई बर्ष अगाडि वहालाई पक्षघात भयो । अहिले वहा गंभीर प्रकृतिका पक्षघातबाट पीडित हुनुहुन्थ्यो । यसैमा सुगर प्रेसर पनि थपिएपछि रोगले च्यापेर ल्यायो र परिवारहरुले वहालाई थप उपचारको निम्ति नेपालगंञ्ज लैजानु भयो तर सबै प्रयासहरु असफल भएपश्चात वहा“लाई घरफिर्ता ल्याउनु भयो । यस बीच हिजो मात्रै वहाको घरमै निधन भएको छ । वहाले पार्टी, क्रान्ति र समाज सेवामा गरेको महत्वपूर्ण योगदानको हाम्रो पार्टी उच्च कदर गर्दछ । वहाले गरेका यी कार्यहरु अनुकरणीय र शिक्षाप्रद छन् । यी सकारात्मक कार्यहरु सबैले सिक्नयोग्य छन् ।
एउटा यथार्त जब जो कोही थबाङ पस्छ, पस्ने वितिकै सबैको विसाउने र ठहरिने थलो बनेको हुन्थ्यो वहा“को घर, घर आगनमा पाइलो टेक्ने वितिकै नमस्कार गर्दै स्वाग–सम्मान गर्ने रेशम शाहको घरमा एउटा चीज सधैं खड्कीरहने छ, त्यो हो नमस्कार सर भनेर मुस्कुराउदै स्वागत र सम्मान गर्ने व्यक्ति रेशम शाह । एक ढंगले पश्चिमबाट गाउ पस्दा गाउकै प्रवेशद्वारमै भएकोले, अर्को भौतिक रुपले आधारभूत सुविधाहरु उपलब्ध भएकोले पनि र तेस्रो शिक्षित र सभ्य परिवार हुनाले पनि वहा“को घर नै एक प्रकारले सार्वजनिक अतिथिगृह जस्तै आकर्षणको केन्द्र बनेको थियो वहाको घर । यो आगामी दिनमा पनि कायम रहोस मेरो कामना । अव त्यहा पुग्दा वितिकै रेशम सर भनेर बोलाउने र नदेख्दा पनि रेशम सर खै ? भन्ने बानी परेको जिब्रोलाई केही समय रोक्न निकै गाह्रो हुने छ जो कसैलाई पनि । अव यो अभाव सधैं खट्की रहने छ । यो भाव पक्ष भयो । यति हुदाहुदै पनि विज्ञानलाई, विचार पक्ष र यथार्त पक्षलाई मन थिचेर पनि सहन गर्न करै लाग्छ । मृत्यु जन्मको अर्को नाम हो । यो संसारमा अजम्बरी बाच्ने कोही पनि छैन । आज जो चीज छ भोली छैन । हिजो जो थियो आज छैन । यति हो कसको कुन दिन हो ? भनेर दिन पर्खिने कुरा मात्र हो । यो यथार्तलाई आत्मसात गर्दै मृत्युलाई सबैले स्वभाविक प्रक्रिया ठानेर परिवारजनमा धैर्यधारणको कामना गर्दछु । फेरी पनि क्रान्तिकारीहरु समाज बदल्ने सर्जकहरु अलि बाचिदिए त्यो समाज र परिवर्तनलाई फाइदा हुने थियो । वहाको ५७ बर्षकै उमेरमा भएको असामयिक निधनले हामीलाई जरुर दखित बनाएको छ फेरी पनि त्यसलाई सहन गर्नुको विकल्प छैन । वहाको यो निधनले हाम्रो क्रान्ति र थबाङको राजनीतिमा अपूर्णीय क्षति हुन गएको छ । वहाको अभावको क्षतिपूर्ति गर्न सबैले कडा मेहनत गरौं ।
अन्तमा गत केही बर्ष यता खास गरी कोविद १९ यता मात्र थबाङले बर्मन बुढा, पूर्णजी रोका (गोरे दाई), फर्कबहादुर बुढा क. (उज्वल), हितजी झाकृ (क. झङ) लगायतका निकै महत्वपूर्ण खम्बाहरुलाई गुमाउन पुगेका छ । त्यसमा फेरी अर्को एक खम्बा ढल्न पुगेको छ कमरेड रेशम । कमरेड रेशमलाई श्रद्धासुमन । शोकसन्तप्त परिवारमा समवेदना । बहुप्रतिभाशाली व्यक्ति, एक बौद्धिक व्यक्तित्व र कलाप्रतिभाका धनी कमरेड रेशमकुमार शाह (रेकुशा) अव हाम्रो माझ रहनुभएन । वहा विचार, कला, संगीत क्षेत्रमा सधैं हाम्रो माझ रहीरहनु हुनेछन् । वहा हाम्रो मानसपटलमा सधैं बाचीरहनु हुनेछ । कमरेड रेशम अलविदा ।