वैज्ञानिक विकासमा इतिहासको भूमिका
वैज्ञानिक क्रान्तिहरुको सबभन्दा सुस्पष्ट उदाहरण वैज्ञानिक विकासका ती प्रसिद्ध घटनाहरु हुन्, जसलाई पहिले पनि क्रान्तिकारीहरुको संज्ञा दिइएको छ । अतः अध्याय नौ र दसमा, जहाँ वैज्ञानिक क्रान्तिहरुको पहिलोपटक प्रत्यक्ष रुप्ले सुक्ष्म परीक्षा गरीएको छ, हामी पटक–पटक कोपरनिकस, न्यूटन, ल्यावोयजिए र आइन्सटाइनका नामहरुसँग जोडिएका वैज्ञानिक विकासको निर्णायक घटनाहरुमा विचार गर्नेछौँ । कम्तीमा भौतिक विज्ञानहरुको इतिहासको सन्दर्भमा भने, यो भन्न सकिन्छ कि अन्य घटनाहरुको अपेक्षा यी घटनाहरु वैज्ञानिक क्रान्तिहरुको चरित्र स्पष्ट गर्नमा कैयौँ धेरै सफल हुन्छन् । यिनीहरुमध्ये हरेकको कारण वैज्ञानिक समुदायको लागि यो अनिवार्य हुनगयो कि त्यसले कुनै चिर–सम्मानित वैज्ञानिक सिद्धान्तलाई अस्वीकार गरेर त्यसबाट अनुसन्धानको लागि उपलब्ध समस्याहरुमा महत्वपूर्ण परिवर्तन सम्पन्न गरे, साथै ती मापदण्डहरुमा पनि आधारभूत परिवर्तन भयो, जसको माध्यमले वैज्ञानिक कुनै समस्या वा त्यसको हलको बैधताको विषयमा निर्णय गर्दछन् । र, हरेक क्रान्तिको कारण वैज्ञानिकको कल्पना–जगत्मा यस्तो भौतिक परिवर्तन भयो, जसको बर्णन अन्तत्वगत्वा हामी यो भनेर गर्ने छौँ कि वैज्ञानिक व्यवसायको दुनियाँ नै रुपान्तरित हुनगयो । यस्त परिवर्तन र प्रायः हमेसा नै तिनीहरुसँग घटित हुने विचार वैज्ञानिक क्रान्तिहरुको विशेषतासूचक लक्षण हुन् ।
उदाहरणस्वरुप, न्यूटनीय क्रान्ति वा रासायनिक क्रान्तिको अध्ययनको क्रममा त यी लक्षण धेरै स्पष्ट रुपले अगाडि आउँदछन् । तर यस पुस्तकको आधारभूत स्थापना यो हो कि स्पष्टतः क्रान्तिकारी प्रतीत नहुने धेरै अन्य घटनाहरुको पनि अध्ययन गर्दा यी लक्षण खोजेर निकाल्न सकिन्छ । जस्तो म्याक्सबेलका समीकरणहरुको उदाहरण लिऊँ । यद्यपि ती आइन्स्टाइनका समीकरणहरुका जसरी नै क्रान्तिकारी थिए, तर तिनीहरुद्वारा प्रभावित वैज्ञानिहरुको दल कैयाँै धेरै सानो थियो । त्यसकारण यस प्रभावित दलले तिनको उति नै तीव्रतापूर्वक विरोध गरेको थियो । यो कुरा हरेक नयाँ सिद्धान्तको आविष्कारसँगै हुन्छ कि त्यसबाट प्रभावित विशेषज्ञहरुको क्षेत्रमा तीव्र विरोध व्यक्त हुन्छ । यी मानिसहरुको लागि नयाँ सिद्धान्तको निहितार्थ, सामान्य विज्ञानको पछिल्लो व्यवहारलाई नियन्त्रित गर्ने नियमहरुमा परिवर्तन ल्याउनु हुन्छ । अतः नयाँ सिद्धान्तको स्वीकृतिको यो अनिवार्य परिणाम हुनजान्छ कि त्यसको कारण पहिले सफलतापूर्वक सम्पन्न गरिसकिएका वैज्ञानिक कामको महत्व र प्रतिष्ठा घटोस् । यसैकारण यस्तोय संभव छैन कि कुनै नयाँ सिद्धान्तको परिणाम वैज्ञानिक समुदायको पहिलेदेखि संचित ज्ञान भण्डारमा बृद्धिको रुपमा नै होस् । यो महत्वहिन छ कि त्यस नयाँ सिद्धान्तको अनुप्रयोगको दायरा कति ठूलो छ । नयाँ सिद्धान्त आत्मसाथ हुनको लागि पहिले देखि विद्यमान सिद्धान्तको पुनर्निमाणको र पहिलेका तथ्यहरुको पुनर्मूल्याङ्कनको आवश्यकता हुन्छ । यो मौलिक रुपले एक यस्तो क्रान्तिकारी प्रतिक्रिया हुन्छ जुन एक्लै एउटा व्यक्तिद्वारा वा धेरै कम समयमा सम्पन्न गर्न सकिदैन । यद्यपि इतिहासकार आफ्नो शब्दावलीबाट बाध्य भएर यस विस्तृत प्रक्रियाको व्याख्या एक अलग्गै घटित घटनाको रुपमा गर्दछन्, त्यसकारण यो आश्चर्यको कुरा होइन कि त्यसको सुनिश्चित तिथि निर्धारित गर्नमा उनीहरुलाई यति कठिनाई हुन्छ ।
वैज्ञानिक विशेषज्ञहरुको कामको क्षेत्रमा घटित हुने घटनाहरुमा केवल नयाँ सिद्धान्तहरुको आविष्कारको मात्र क्रान्तिकारी प्रभाव हुँदैन । सामान्य विज्ञानलाई नियन्त्रित गर्ने प्रतिवद्धताहरुले केवल यही निर्धारित गर्दैन कि विश्व कुन प्रकारका तत्वहरुलाई लिएर बनेको छ, बरु निहित रुपले तिनीहरुले यो पनि निश्चित गर्छन् कि त्यसमा कुन तत्वहरु विद्यमान हुनु सम्भव छैन । यद्यपी आफ्नो तर्कको पुष्टिको लागि विस्तृत बहसको आवश्यकता हुनेछ, तर पनि हामी यो भन्ने छांै कि उपरोक्त कुराको आशय यो हो कि अक्सीजन वा एक्सरे जस्ता तत्वहरुको खोजको परिणाम वैज्ञानिकको विचार–जगतमा केवल एक अर्काे तत्व जोड्नुभर हुँदैन । एक अर्काे तत्वको रुपमा त्यसलाई जोड्न तबसम्म संभव हुन पाउँदैन, जबसम्म वैज्ञानिक समुदाय आफ्नो परम्परागत कार्यविधिहरुको पुनर्मूल्याङ्कन गर्दैनन, आफ्नो व्यवसायीक काममा लामो समयदेखि प्रयुक्त विश्वको संघटक तत्वहरुको आफ्नो सुपरिचित धारणाहरुलाई बदल्दैनन्, र यसप्रकार दुनियाँको व्याख्या गर्ने आफ्नो सिद्धान्तहरुको जटिल ढाँचालाई रुपान्तरित गर्दैनन् । संभवतः सामान्य वैज्ञानिक कामको परम्पराको कारण हुने अनुसनधानको कामलाई छोडेर अन्य कुनै परिस्थितिमा वैज्ञानिक तथ्य र वैज्ञानिक सिद्धान्तलाई एक अर्काेबाट पूर्ण रुपले अलग गर्न सकिँदैन । यही कारण हो कि अप्रत्याशित खोजको महत्व केवल तथ्यात्मक मात्र हुँदैन र त्यसकारण वैज्ञानिकको दुनियाँ तथ्य र सिद्धान्त दुबै प्रकारको नै मूलभूत नविनताहरुद्वारा गुणात्मक रुपले रुपान्तरित र परिभाषात्मक रुपले समृद्धि हुन्छ ।
अगाडि आउने पृष्ठहरुमा वैज्ञानिक क्रान्तिहरुको प्रकृतिको यसै विस्तारित धारणाको रुपमा प्रस्तुत गरिएको छ । यस धारणाअनुसार नयाँ सिद्धान्त र नयाँ खोजहरु, दुबै क्रान्तिकारी वैज्ञानिक विकासको लागि अनिवार्य छ । हामी यो स्वीकार गर्दछौं कि यो विस्तारण शब्दहरुको प्रचलित प्रयोगको हिसाबले जटिल लाग्दछ । तर, पनि हामी खोजहरुलाई पनि क्रान्तिकारी भन्ने धारणामा निरन्तर जोड दिनेछौ किनकी हाम्रो यो मत छ कि खोजहरु र क्रान्तिहरुको ढाँचाहरुको परस्परिक सम्बन्धकै आधारमा क्रान्तिको विस्तारित धारणा बनाउन सकिन्छ । कोपरनिकसीय क्रान्ति उपरोक्त तर्कको राम्रो उदाहरण हो । उपरोक्त विश्लेषणबाट यो स्पष्ट हुनजान्छ कि आउँदो नौ अध्यायहरुको सामान्य विज्ञान र वैज्ञानिक क्रान्तिहरुको धारणाहरुलाई कसरी एक–अर्काेको पूरकको रुपमा प्रस्तुत गरिनेछ । त्यसपछिका अध्याहरुमा तिन केन्द्रिय सवालहरुको व्याख्या गर्ने प्रयास गरिने छ । अध्याय एघारमा पाठ्य–पुस्तक परम्परालाई आधार बनाएर यस कुरामाथि चर्चा गरिएको छ कि वैज्ञानिक क्रान्तिहरुलाई हेर्न यसभन्दा पहिले यति कठिन किन रहेको छ । अध्याय बाह्रमा पुरानो सामान्य वैज्ञानिक परम्पराको समर्थकहरु र नयाँ परम्पराको अनुयायीहरुको बीचको क्रान्तिकारी प्रतिस्पर्धाको वर्णन गरिएको छ ।
अर्काे शब्दमा, विज्ञानको सामान्य स्वीकृत धारणाअनुसार जुन पुिष्टकरण र अन्यथाकरणको प्रणालीहरु वैज्ञानिक व्यवसायमा सुपरिचत छ, तिनको स्थानमा वैज्ञानिक प्रणाली–विज्ञानको एक बैकल्पीक कार्यविधिलाई प्रस्तुत गरिएको छ । कुनै पुरानो मान्य सिद्धान्तको अस्वीकृति वा कुनै नयाँ सिद्धान्तको स्थापित हुनु, यथार्थमा यी दुबै प्रक्रियाहरु वैज्ञानिक समुदायका अलग–अलग हिस्साहरुको बीचको प्रतिस्पर्धाको परिणामस्वरुप नै सम्पन्न हुन्छ । अन्तमा अध्याय तेह्रमा यस प्रश्नमाथि चर्चा गरिनेछ कि क्रान्तिहरुको माध्यमबाट वैज्ञानिक विकासको धारणा वैज्ञानिक प्रगतिको लक्षण र अनौठो प्रकृतिअनुरुप कसरी हुन सक्दछ । स्पष्ट छ कि यस प्रश्नको उत्तरको मोटो रुपरेखा इंगित गर्नूभन्दा अधिक गहिराइमा जानु संभव छैन, किनकी यो उत्तर वैज्ञानिक समुदायको जुन विशेषताहरुमा निर्भर गर्दछ, त्यसको अन्वेषण गर्नको लागि धेरै छानविन र अध्ययनको आवश्यकता पर्दछ ।
निसन्देह, उपरोक्त विचारहरुबाट केही पाठकहरुलाई यो कुरा अविश्वसनीय लागिरहेको हुनेछ कि केवल ऐतिहाँसिक अध्ययनको माध्यमबाट मात्र विज्ञानको धारणामाथि प्रस्तावित रुपान्तरण सम्पन्न हुनसक्दछ । तर्कहरुको पूरा एक भण्डार सुलभ छ जसको आधारमा भन्न सकिन्छ कि इतिहासको लागि यो भूमिका निभाउन संभव छैन । उदाहरणस्वरुप, बिशेषगरी यो भन्न सकिन्छ कि इतिहास एक वर्णनात्मक विद्याशाखा हो, जब कि उपरोक्त स्थापनाहरु प्रायः व्याख्यात्मक र कहिलेकाहीँ मानवीय पनि हुन्छन् । यसै प्रकार, मेरा सामान्यीकरणहरुमध्येबाट अनेक, वैज्ञानिकहरुको समाज–विज्ञान वा सामाजिक मनोविज्ञानसँग सम्बन्धित छ तर मेरा केही निष्कर्ष विशेषगरी तर्कशास्त्र वा ज्ञानमीमांसका क्षेत्रमा आउँदछन् । यो पनि संभव छ कि केही पाठकहरुलाई यस्तो प्रतित भएको होस् कि पछिल्लो अध्यायमा मैले “खोजको प्रसंग” र “औचित्य प्रतिपादनको प्रसंग” को बीचको सामन्यः स्वीकृत अत्यन्त महत्वपूर्ण विभाजन रेखाको उल्लघन गरेको छु, त्यसकारण यस्तो स्वभाविक छ कि केही पाठकगण यो निष्कर्ष निकालेर बसे कि लेखक भयंकर भ्रमको शिकार छ र त्यसकारण उसले भिन्न–भिन्न क्षेत्रहरुलाई अलग–अलग सन्दर्भहरुको प्रश्नहरुलाई कृत्रिम ढंगले जोड्ने प्रयास गरेको छ ।
मेरो सूरुको बौद्धिक विकास त्यही परम्पराको कारण भएको छ, जसमा यी पृथकीरणहरुलाई बैध मानिन्छ, अतः यिनको महत्व र संभावनाहरुको विषयमा म पूर्ण रुपले आश्वस्त छु । धेरै वर्षसम्म म यी विभाजनहरुलाई ज्ञानको प्रकृतिसँग सम्बन्धित बुझ्दथे र अझै पनि मेरो विचार छ कि उपयुक्त रुपले यिनको ब्याख्या गर्दा हामी धेरै कुरा सिक्ने गर्दछौ । अर्काेतिर, मैले आफ्नो अनुभवले देखेको छु कि बैधताको कसौटीहरुको आधारमा ज्ञान आर्जित गर्ने र त्यसलाई आत्मसात गर्ने वास्तविक प्रक्रिया यदि ‘खोजको सन्दर्भ’र ‘औचित्य प्रतिपादनको सन्दर्भ’ को बीचमा कुनै प्रकारको विभाजन गरिन्छ भने, असाधारण समस्याहरु उत्पन्न हुनजान्छन् । जब मलाई यस्तो प्रतीत हुन्छ कि यो विभेदीकरण उत्पन्न हुनजान्छन् । अब मलाई यस्तो प्रतित हुन्छ कि यो विभेदीकरण कुनै तर्कशास्त्रीय वा प्रणाली–वैज्ञानिक समस्या होइन, किनकी यदि यस्तो हुन्थ्यो भने, यो पृथक्करणको कठिनाई वैज्ञानिक ज्ञानको विश्लेषणको प्रक्रिया शुरु हुनुभन्दा पहिले नै उठेर खडा भएको हुन्थ्यो । यसप्रकारका पृथक्करणहरुको विषयमा मेरो धारणा यो छ कि यी पृथक्करणहरुलाई नस्वीकारीकन केही प्रश्न त सोध्ने नै संभव छैन । प्रचलित पद्धतिहरुको अनुप्रयोग (व्यवहार)बाट जब यी प्रश्नहरुको उत्तर मिल्दछ, तब हामी पाउँदछौँ कि यी पृथक्करण यी उत्तरहरुको अभिन्न अंग हुन्छन् । प्रश्नबाट शुरु गरी उत्तरमा प्रकट भएर यी पृथक्करले एक चक्रियतालाई जन्म दिन्छन, जसको कारण ती अवैध हुनजाँदैनन् । यो अवश्य हो कि यिनलाई एक विशेष सिद्धान्तको अंगको रुपमा बुझ्नुपर्दछ । अर्थात् यी पृथक्करणहरुको बैधताको समस्याको हल पनि सिद्धान्तहरुको मूल्यांकन गर्नको लागि समान्यः प्रयुक्त प्रणालीद्वारा नै गरीनुपर्दछ । कुनै सिद्धान्तको अंग हूँदा –हुँदै पनि यदि यी पृथक्करणहरुका कुनै ठोस अन्तर्वस्तु छन् भने, वैज्ञानिक तथ्यहरु र वैज्ञानिक विकासक्रमको विश्लेषणमा तिनको अनुप्रयोग गरेर नै हामी यस अन्र्तवस्तुलाई जान्न सक्दछौ । हाम्रो यो दृढ मत छ कि सहि दृष्टिबाट विज्ञानको इतिहासको विश्लेषण गरेपछि हामीलाई यस्ता परिघटनाहरु अवश्य मिल्नेछन्, जसको व्याख्या गर्नको लागि ज्ञान –मीमांसको सिद्धान्तहरुको अनुप्रयोग अनिवार्य हुने छ ।
टी.एस.कुनको पुस्तक ‘वैज्ञानिक सिद्धान्तको विकास प्रक्रिया’बाट