नेपाल युक्रेन बन्ने संभाबना !
अमेरिकी योजना एमसीसीले नेपाललाई युक्रेन बनाउँदैछ । हिजो भाद्र १३ गते नेपाल सरकारले अमेरिकी एमसीसी कम्प्याक्ट उपाध्यक्ष क्यामरुन अल्फोर्ड र अर्थमन्त्री डा प्रकाशशरण महतबीच अमरिकी योजना मिलेनियम च्यालेन्ज कर्पोरेशन कार्यान्वयनको लागि पास गरिसकेकोछ । यसरी नेपालीहरुका लागि भाद्र १३ गते कालो दिन साबित भएको छ । पाँच वर्षको लागि यो संझौता गरिएको हो । ०८५ साल भाद्र १४ गते यसको म्याद सकिने छ । तर, एमसीसी कार्यान्वयन हुनेमा आशंकाको वादल मडारिएको छ । जग्गा अधिकरण र मुअब्जाको सवाल पनि खडाभएको छ । सबभन्दा ठूलो कुरा त जनताले यसलाई बहिष्कार गरेका छन् ।
एमसीसी परियोजना नेपालको संबिधानभन्दा माथि छ । यो नेपालको सार्वभौमिकता माथि हस्तक्षेप हो । भोलि नेपालमा अमेरिकी सेना खुल्लेआम परेड खेल्ने छन् । दिदीबहिनीको अस्मिता लुटिने डर र त्रास हुनेछ । छिमेकी देशमा अमेरिकी सेना चलखेल गरेको कुरा चीनलाई सैह्य हुनेछैन । चीनले आफ्नो प्रतिरक्षा गर्नेछ । यसबेला नेपाल लडाइँको क्रीडास्थल बन्नेछ । कम्युनिष्ट नामधारी नेताको कारण नेपालको राष्ट्रियता खस्किँदै गएको छ । दलाल नेताहरुले देशलाई अप्रत्यक्ष वा प्रत्यक्ष बिदेशी मालिकलाई बुझाइसकेको अवस्था छ । सांसदहरुलाई नेपालीहरुले एमसीसी पास गर्न चुनेर पठाएका होइनन् । अधिकांश कार्यकर्ता पनि सुरक्षा तथा जागिरको प्रलाभनमा यिनै दलाल नेताहरुको दास बनेका हुन्छन् । के गर्ने अको विकल्प नभए पछि जनता पनि यिनैको पछि दगुरेका हुन्छन् । अब देश स्वतन्त्र हुन र श्रीलंका हुनबाट जोगिन नेपालीले यो असफल व्यवस्थालाई बहिष्कार गर्नुको विकल्प छैन । यसको ठाउँमा वैज्ञानिक समाजवाद प्रतिस्थापना गर्नुपर्छ ।
अहिले विश्वमा दुई ठूला शक्तिबीच तनाब रहेको छ । महाशक्तिमा रहेका अमेरिका र चीनबीच तनाब रहेको छ । अमेरिकी सभामुख न्यान्सी पलोसीले चीनको अधिनस्थ क्षेत्र ताईवानमा भ्रमण गरेकी छिन् । उनले राजधानी ताइपेईँमा उच्च नेताहरुसँग भेटघाट गरेकी छिन् । यस भ्रमणलाई लिएर बेइजिङ् क्रुद्ध भएको छ । चीनका राष्ट्रपति सिजिन पिङ्ले अमेरिकालाई आगोसँग खेले खरानी भइन्छ भनेका छन् । ताईवान चीनको स्वशासित क्षेत्र हो । तर, अमेरिकाले तालिवानलाई उकासेर चीनविरुद्ध लड्न चाहन्छ ।
नेपालका नेताहरुले अमेरिकी योजना एमसीसी पास गरेर पठाएको कुरा चीनलाई सह्य भएको छैन । अमेरिकाले नेपाललाई हात लिएर चीन घेर्न चाहन्छ । नेपालमा बहुमूल्य सम्पदा छन् । हीरा खानी यहीँ छन् । पेट्रोल, अभ्रक आदि खानीहरु नेपालमा पाइन्छन् । यसैले पनि अमेरिकाले नेपाललाई आँखा लगाई रहेको छ । अमेरिकी अधिकारीहरु नेपालमा बारबार आइरहन्छन् । पछिल्लो समय अमेरिकी बिदेश मन्त्री नेपालमा आइरहेको अवस्था छ । अमेरिकाबाट किनिएका दलाल नेताहरुले एमसीसीलाई ब्याख्यात्मक भनेर पास गरेका छन् । यो नेपालको कालो दिन हो । नेकपालगायत १६ पार्टीहरुले एमसीसीको विरोध गरिरहेका छन् । यसलाई खारेज गर्न सरकारलार्ई दबाब दिइरहेका छन् । एसपीपी पनि एमसीसीको शृंखला हो । यो अमेरिकासँग राज्य साझेदारी गर्ने योजना हो । यसको विरोधमा कहिले एक्लै त कहिले ४ पार्टीहरुसँग साझेदारी गरेर नेकपा अगाडि बढिरहेको छ । यसैको परिणाम दलाल सरकारले दुई वर्षसम्म प्रतिबन्ध लगाएको हो । नेकपाका महासचिब विप्लव तथा अन्य नेताहरुले त बरु खरानी भइन्छ तर आत्मसमर्पण गरिँदैन भन्ने उद्घोष गरेको सुनिन्छ । अहिले कहिले त रात बडा, कहिले दिन बडा । एक दिन जनसरकारले यी दलालहरुलाई वारेण्ट काट्नेछ । जनताको विजय सुनिश्चित छ । यो दलाल सरकारले गर्दा देश श्रीलंकाको बाटोमा जाँदैछ । प्रतेक नेपालीको ऋणभार ६२ हजार छ । महंगीले आकाश छोएको छ । संसदमा केही सांसदले जनताको आवाज त राखेका छन् तर उनीहरुको आवाज हावाले उडाएर लगेको हुन्छ । अन्य सांसदहरु भेँडा बनेका हुन्छन् । बहस चलिरहँदा मस्त निदाएका हुन्छन् । यस प्रकारको दलाल संसदीय व्यवस्थाले देश र जनताका समस्याहरु हल हुँदैनन्, अझ बल्झेर आउँछन् । भारतीय एसएसपीले नेपाली युवा जयसिंह धामी चढेको तुईन काटेर नदीमा खसालेर मार्दा पनि रमिते बन्छ सरकार । निर्मला पन्तको हत्यारा पाँच वर्ष बितिसक्दा पनि पत्ता लाग्दैन । पक्ष प्रतिपक्ष खाने बेला मिलेका हुन्छन् । अरबौं अरबौं देशको सम्पत्ति लुटिएको हुन्छ । कालापानी, लिपुलेकमा भारतीय सेना मार्चपास गरिरहेका हुन्छन् । चुच्चे नक्सा अझ बन्न सकेको छैन । प्रधानसेनापति प्रभुराम शर्मा मेलबर्नमा सेनाहरुको सम्मेलनमा १० दिन बसेर आएका छन् तर के–के भयो सार्वजनिक भएको छैन । असमान नागरिकता बिधेयकको विरोधको बाबजुद पास गरिएको छ । यसको विरुद्ध राजनैतिक दलहरुले विरोध गरिरहेका छन् । परमादेशी गठबन्धन सरकारले राष्ट्रयता माथि खेलबाड गरिरहेको छ ।
अब देश भक्त नागरिकहरु मिलेर वैज्ञानिक समाजवाद ल्याउनुको विकल्प छैन । अहिले फलाम तातो छ । अमेरिकाले हस्तक्षेप गरिरहेको बेला सच्चा नागरिक सचेत हुँदैछन् । नेतृत्वको खाँचो छ । यसको लागि नेकपासहित अन्य चार दलले अग्रणी भूमिका खेल्नुपर्छ ।