एउटा जीवित सत्ताको खोजी गरौं
१. जीवित सत्ता र सरकारको बहस गरौं न – के हामी एउटा यस्तो सरकार कनाउन अयोग्य छौं, जसले देशभर जनताको हितलाई मात्र केन्द्रमा राखोस् ? के हामी यस्तो संविधान र व्यवस्था बनाउन योग्य छैनौ जसले मुलुकलाई स्थितरता दिन सकोस् ? के हामी यस्तो सरकार दिन सक्देनौँ जो भ्रष्टाचारलाई नियन्त्रण र घृणा गरोस् ? के हामीले युवाहरुको विदेश पलायनलाई रोक्ने दृष्टिकोण भएको नेतृत्व भेटाउन सक्दैनौँ ? के हामीले रित्तिँदै गएका गाउँ र पहाडलाई हराभरा बनाउने दृष्टिकोण बनाउन सक्दैनौँ ? के हामीले अन्तर्राष्ट्रिय जगतलाई नयाँ सन्देश दिने परराष्ट्र नीतिको विकास गर्न सक्दैनौँ ? गर्वका साथ आत्मसात गरौँ कि हामी बुद्ध जन्मेको देशमा छौं । हामी राजा महेन्द्र र विरेन्द्रको देशमा पनि छौं । यति त भन्नैपर्छ हामीले देशलाई तहसनहस बनाउने राजनीति बन्द गर्नैपर्छ । हामीले नेपालको इतिहासको समीक्षा गर्नुपर्छ । इतिहासले हमीलाई बहादुर बनायो तर वर्तमानले हामीलाई कायर बनायो । भीमसेन थापा, बलभद्र कुँवर र भक्ति थापाहरुले रचेको इतिहास हाम्रो ज्यूँदो इतिहास हो । पछिलो लम्परसारवाद र आत्मसमर्पणको इतिहास मूल इतिहास हो । आज हामी अरुको चौकीदारी गर्ने र अरुको लागि लडिदिने बहादुर बनेका छौं । आज हामी अरुको हतियार बोकेर अनि अरुको लागि लडिदिने बहादुरमा परिणत भएका छौं । एकथान जीवन निर्वाह गर्ने नाममा आफ्नो जग्गा, जमीन अनि उद्योगलाई छोडेर विदेशमा भौतारिने बहादुर बनेका छौं । आज हामी विदेशी लाम बन्न जाने छोरोछोरी अरुलाई माला र खादा ओडाएर विमानस्थलमा फोटो खिचाउने विजेता बनेका छौं । फ्रि भिसा, फ्रि टिकटको नारा दिन नेताहरुलाई अनि सरकारलाई बधाई दिइरहेका छौं । आजको मनोविज्ञान छ, जसरी हुन्छ म धनी बनौं ।
आज काठमाडौँका करोडपतिका छोराछोरी अमेरिका, अष्ट्रेलिया जाँदैछन् । यहाँ मालिक बन्न छाडेर उता दाश बन्न जाँदैछन् । कतिपय नेपाल सरकारका सचिव, सहसचिवहरु समेत डिभी परेर विदेश जाँदैछन् । आफ्नो ठाउँ वा देशमा काम नगर्ने वा श्रम गर्न नचाहने मुख्य प्रवृत्तिको विकास आजको मुख्य चुनौति हो । यसको मुख्य कारण दुईवटा छन्– १. काम नगरी पैसा कमाउने प्रवृत्ति अर्थात् भ्रष्टाचार, कालो बजारी, दलाली इत्यादि, २. अर्काेलाई विदेश पठाएर उसले पठाएको पैसाबाट आपूmले काम नगरी खाने इच्छा । ठूला–ठूला उद्योगपति, व्यापारीका छोराछोरी पनि विदेश, नेता कर्मचारीका छोराछोरी पनि विदेश अनि सबै शिक्षित प्रतिभाहरु प्नि विदेश । यसको मुख्य दोष वा समस्या कहाँ छ भनेर हामी बहस गर्न सकेनौ । यसको मुख्य दोष हाम्रो राजनीतिमा छ र त्यसको बहसमा हामी उत्रिन सकेनौं । व्यवस्था बदल्ने भनेको राजा वा राणा ल्याउने भन्ने पनि होइन र निरंकुश कम्युनिष्ट सत्ता ल्याउने भन्ने पनि होइन । आजको मानव जातिले कुनै पनि प्रकारको निरंकुशता वा तानाशाहीलाई स्वीकार गर्न सक्दैन । आजको मानव जातिले कुनै पनि प्रकारको साम्प्रदायिक, जातीय, क्षेत्रीय, धार्मिक वा सांस्कृतिक नारा वा सत्तालाई पनि स्वीकार गर्न सक्दैन ।
२. गाउ, पहाड हुँदै देशै रित्तिने त्रास वा आतंक – विमानस्थलमा गयो भने एउटा देशभक्त नागरिम बेहोस् हुनसक्छ । देश बनाउलान् भनेर आशा गरिएका युवाहरु दिनहुँ हूल लगाएर विदेश जाँदैछन् । विदेशको भिषा लागेकोमा वर्ग र विजेताको भावमा उनीहरु जाँदैछन् । बिहानदेखि रातिसम्म एयरपोर्ट खचाखच हुन्छ । छोराछोरीको भिषा लागेकामा अनि उनीहरुलाई बिदाइ गर्न जान पाउँदा अभिभावकहरु पनि ठूलै युद्ध जितेर फर्किएको महसुस गर्दैछन् । मान्छेहरु प्रश्न गर्दैछन् के गाउँघरहरु खाली, शून्य र मानवरहित नै हुने हुन् ? के पहाडहरु केवल बाँदर र जंगली जवावरका बस्ती बन्ने हुन् ? के गाउँका घरहरु र गोठहरुमा बाँदर र जंगली जनावरका बस्ती बन्ने हुन् ? के गाउँका घरहरु र कोठहरुमा बाँदर, बँदेल र बाघ भालुहरुले डेरा जमाउने हुन् ? मान्छेहरु पनि प्रश्न गर्दैछन्, के देशै रित्तिने त होइन ? वास्तवमा यो एउटा त्रास, आतंक र चिन्ता हो । के यसको बारेमा सरकारले चिन्ता गरेको छ ? के राजनीतिक दलहरुले चिन्ता गरेका छन् ? के कर्मचारीतन्त्र, संसद वा अदालतले चिन्ता गरेको छ ? मेरो विचारमा हाम्रा युवाहरुमा एउटा हलचल मच्चिएको छ । न त यहाँ युक्रेनमा जस्तो युद्ध वा लडाईं भएको छ र ज्यानको जोखिम छ । न त यहाँ जग्गा जमिन र घरहरुकै अभाव छ । न त यहाँ ठूला–ठूला प्राकृतिक प्रकोप, महामारी र विपत्तिहरुकै सम्भावना छ । तर पनि मान्छेहरु भागिरहेका छन् । म त भन्छु हाम्रोमा एउटा महामारी र विपत्तीहरुकै सम्भावना छ । तर, पनि मान्छेहरु भागिरहेका छन् । म त भन्छु हाम्रोमा एउटा महामारी र विपत्ति भएको छ, त्यो हो युवाहरुको विदेश पलायन, छोराछोरी र नातिनातिनाहरुको विदेश पलायन । नेपालमा एउटा एउटै मात्र आम बहस छ, त्यो हो विदेश नेपालीहरुले देखेको एउटा सपना, गन्तव्य र समाधान छ, त्यो हो विदेश । विदेशमा गएर आत्महत्या गरेको उसले देख्दैन । विदेशमा गएर डिप्रेसन भएको त देख्ने कुरै भएन । विदेशमा गएर छोराछोरी मेसिन वा दास भएको त कहाँबाट देख्नु । बाबुआमा बिरामी भएको बेला यहाँ आउन नसक्ने मात्र होइन उनीहरुको मृत्युपछि लाश हेर्न पनि आउन नसक्ने छोराछोरी पाउँदा हामी वर्ग गर्ने कि ग्लानी ? म भन्छु पहाडहरु रित्तिदैन र गाउँहरु पनि खाली हँुदैनन् । हामीले मधेश, पहाड र हिमालका बस्तीहरुलाई हराभरा बनाउनुपर्छ । आजसम्म संसारमा कुनै गाउँ र देश खाली भएको छैन । फेरि एक पटक गाउँ र जन्मभूमिको पालो आउँछ । फेरि पनि भन्छु तर त्यसका लागि चाहिन्छ जीवित सरकार ।
३ . भावी पुस्ताको चिन्ता– एउटा चिन्ताको विषय के छ भने आजको युवामा ठूलो हलचल मच्चिएको छ । उसको दिमागमा देशभक्ति मर्दै गइरहेको आभाष हुन्छ । आजको विश्वमा भएको आर्थिक असन्तुलन यसको मुख्य कारण हो । आज संसारभरका मान्छेहरुमा अमेरिका जाने सपना छ । तर, उसले संसारभरका प्रतिभाहरुलाई मात्र भिषा दिन्छ । यदि लोकतन्त्र र विश्वव्यापीकरणको अवधारणालाई स्वीकार गर्ने हो भने प्रत्येक मान्छेले आफ्नो इच्छा र सामथ्र्यअनुसार संसारका जुनसुकै देश वा ठाउँमा जान पाउनुपर्ने हो । यो असन्तुलको पराकाष्ठा हो र यसको समाधान भनेको तेस्रो विश्वयुद्ध नै हो । आजको विश्व विस्तारै शान्ति होइन, युद्धतर्फ धकेलिँदै छ । विस्तारै विश्वव्यापीरुपमा नै आर्थिक मन्दी, बेरोजगारी र आर्थिक संकटहरु बढ्दै छन् । आर्थिक संकटहरु क्षणिक हुन दीर्घकालीनरुपमा बढ्दै जाने संकेतहरु देखा पर्दैछन् । फेरि पनि बहस हाम्रै भावी पुस्ताको हो । भनिन्छ नि युवाहरु हो, देश तिमीहरुको हो । तर, युवाहरु देशप्रति विरक्त छ, विचार शून्य छ र अन्धाधुन्ध विदेशको यात्रामा तल्लीन छ । त्यसकारण यो तथ्य डरलाग्दो छ कि विदेशिएका युवाहरुबाट विदेशमै जन्मिएका नागरिकहरु अब हाम्रा वा नेपाली रहेनन् । उनीहरु त विदेशी नागरिक भइसके । हाम्रा बाउबाजेहरु नेपाली हुन् भन्ने मात्र ज्ञान उनीहरुसँग बाँकी रहन्छ ।
आपूm पनि विदेशी हुने र छोराछोरी पनि विदेशी बनाउने नागरिकबाट अब धेरै आशा गर्ने ठाउँ हुँदैन । एउटा मात्र सम्भावना छ, त्यो हो ः विदेशमा ठूला–ठूला आर्थिक संकट, प्रायः महाविपत्तिहरु आए भने फेरि उनीहरु नेपाल आउनेछन् र नेपालको नागरिकता खोज्नेछन् । यो एउटा डरलाग्दो वा कहालीलाग्दो तस्बीर होकी अधिकांश नेपाली युवाहरु विदेश पलायन हुँदैछन् । यस्तो परिवेशमा नेपालमै बस्ने युवाहरु र प्रतिभाहरुलाई राज्यले सम्मान र प्रोत्साहन गर्नुपर्ने हो । म त भन्छु हामीले जीवित सरकार वा सत्ता नै पाउन सकेनौ । चिमोट्दा, कोट्याउँदा र सियोले रोप्दा पनि ऐया भन्ने छैन र थाहा पाउँदैन । युवाहरुको विदेश पलायनले के सरकारलाई दुख्नुपर्ने होइन ? रेमिट्यान्स भनेको छ, आनन्द मानेको छ । त्यसकारण विश्व परिस्थितिमा ठूलो फेरबदल आएन भने हाम्रो पुस्ता पनि मर्दै अनि छोराछोरीहरुसँग विदेश पठाउँदै घट्दै जाने अनि नयाँ पुस्ता देशमै नबस्ने यो अन्र्तविरोधको परिणाम के होला ? एक पटक सोचौँ त अहिले विदेशमा पढ्न जाने र कामदार भएर जाने अवसरहरुमा गुणात्मक वृद्धि भएको छ । यसको परिणाम कस्तो होला ?
४. देशभित्र बस्यो कि लोपोन्मुख– देशमा कि त भ्रष्टहरुको राज छ, कि त दलाल, कालोबजारीया, तस्कर र माफियाको राज छ । इमान्दार बन्नुको अर्थ अस्तिव कै संकट वा डाइनोसर बन्ने दिशामा धकेलिनु हो । श्रम गर्नुको अर्थ समाजमा अपहेलित हुनु हो । देशलाई माया गर्नेहरु अपमानित र तिरस्कृत भएर बाँच्नुपर्ने आजको वास्तविकता हो । विदेश जानेले जित्ने र यहाँ बस्नेले हार्ने अवस्था छ । नेपालमै बस्नेहरुलाई धनी, समृद्ध र सुखी बनाउने विधिको खोजी गर्नु राज्यको दायित्व हो । रातारात धनी बन्ने आजको प्रवत्तिको मुख्य कारण राज्यहीनताको अवस्था हो । कर तिर्दा मात्र सरकार रहेछ भन्ने अनुभूति हुने तर अन्य अवस्थामा सरकार छ वा छैन भन्ने थाहा नै नहुने अवस्था छ । हाम्रो संसद उदेकलाग्दो छ, त्यहाँ सांसदहरु केवल आफ्ना कुण्ठाहरु मात्र अभिव्यक्त गर्ने ठाउँ बनेको छ । संसदमा सधैँ एउटै प्रकृतिको बहस हुन्छ र सरकारले सधैँ एउटै भाषण गर्छ । हामीबाहेकको बाँकी विश्व कहाँ छ र हामी कहाँ छौं भन्ने कुनै चिन्ता छैन । नेपालको विशिष्टता के हो र कुन क्षेत्रलाई माथि उठाएमा देश समृद्ध बन्छ भन्ने विषयमा कुनै योजना देखिएको छैन ।
५. देश बनाउने सत्ता वा सरकारको खोजी गरौँ – हामीले अझै पनि सय वर्ष प्रतिक्षा गरे पनि अहिलेको व्यवस्थाले देशलाई हित गर्न सक्दैन । अहिले व्यवस्थामा गर्छु भन्ने नेता सत्तामा पुग्नै सक्दैन र पुगिहाले पनि केही गर्न सक्दैन । राजनीतिक अस्थितरता र भ्रष्टीकरणका माध्यमबाट देशलाई विघटित गराउने स्वार्थ वा षड्यन्त्रका लागि मात्र यो व्यवस्था उपयुक्त छ । देश बनाउनका लागि सबैभन्दा पहिले राजनीतिक स्थिरता चाहिन्छ र कम्तीमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री चाहिन्छ । यो न्यूनतम शर्त हो र यसले मात्र केही गर्न सकिन्छ भन्ने उच्च मनोबलको विकास हुन्छ । अन्यथा केही गर्न थाल्यो कि सरकार ढल्छ ।
दोश्रो, नगरी नहुने विषय हो भ्रष्टाचारको अन्त्य, सम्पत्तिको शुद्धिकरण र कानूनी राज्य । तेस्रो विकल्प हो, रोजगारीको निर्माण । भएका सिण्डिकेटहरुलाई तोड्न सक्नुपर्छ । कोही आजीवन र राज्यकोषमा वा अवसरमा डुबिरहने अनि कोही त्यहाँ प्रवेश गर्नै नपाउने आजको अवस्थालाई अन्त्य गर्नुपर्छ । शिक्षा र स्वास्थ्यलाई राज्यले जिम्मा लिने योजना चाहिन्छ । देश बनाउनका लागि राज्यले कृषि र पर्यटनमा विशेष लगानी गर्नुपर्दछ । जडिबुटी र पानीलाई व्यापारिक परियोजनामा ढाल्न सक्नुपर्दछ । जमिनमाथिको अस्थायी स्वामित्व मात्र व्यक्तिसँग हुने र स्थायी स्वामित्व राज्यसँग हुने नीति चाहिन्छ । नेपाल, चीन र भारतको बीचमा भएकोले धार्मिक पर्यटन वा हिन्दु र बौद्ध धर्मको विकासमा जोड दिनुपर्दछ ।