हिंसा प्रेमी अमेरिकी संस्कृति र प्रतिरोधको प्रश्न
भूमण्डलीकृत विश्व अर्थ व्यवस्थासँगै संस्कृति पनि स्वभाविक रुपमा भूमण्डलीकृत भएर गएको छ । सत्य, शिव र सुन्दरताका विरुद्ध हिंसा अनि कुरुपताको पक्षमा साम्राज्यवादी संस्कृतिको नेतृत्व अमेरिकी पाश्चात्य संस्कृतिको रुपमा उभिएको छ । त्यसैले पाश्चात्य उपभोक्तावादी संस्कृतिका विरुद्धको लडाइँ नै राम्राज्यवादी संस्कृतिका विरुद्धको प्रतिरोधको रुपमा अभिव्यक्त हुन्छ ।
पाश्चात्य उपभोक्तवादका नेपाली प्रतिनिधिहरुले साम्राज्यावादी संस्कृतिलाई जसरी पेश गरुन, स्वाभिमानी अमेरिकी संस्कृतिकर्मीहरुले नै त्यसको धज्जी उडाई रहेका छन् । वासिंगटनको ‘विदेश नीति’ र बेलायतको ‘प्रोस्पेक्ट म्याग्जिन’ द्वारा केही समय अगाडि बुद्धिजीवीहरुको बौद्धिक प्रभावको विषयमा गराइएको मत–सर्वेक्षणमा नोमचोमस्कीलाई विश्वका सबैभन्दा प्रभावशाली बुद्धिजीवी घोषणा गरिएको थियो । तीनै चोमस्कीले हार्वडबाट प्रकाशित भएको ‘हावर्ड एजुकेशनल रिभ्यू’ सँगको बातचित्तमा भनेका थिए– “अमेरिकाको सम्पूर्ण इतिहास हिंसाद्वारा परिचालित छ । आदिबासीहरुलाई वर्वाद गरेर बाहिरबाट दासहरु आयात गर्नु यहाँको अर्थव्यवस्था र सत्ताको मूल आधार रहेको छ ।” हिरो सीमा, नामासाकी भियतनाम, अफगानिस्तान, इराक हुँदै नेपाली जनताको आत्मनिर्णयको अधिकार र आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेप कसले देखेको छैन र ! अमेरिकी गोरा सुरक्षाकर्मीहरुले काला जातिमाथि गर्ने व्यवहार र गरिब बस्तीको दयनीय अवस्थाले उनीहरु कति पतनशील र कुरुप छन् सहजै बुझ्न सकिन्छ । नोमचोमस्किले अमेरिकी सत्ताको आधार र परिचालक केन्द्र बारे भनेका छन् “वास्तविक पूँजीवादी समाजमा मान्छेको अधिकार बजारको नियन्त्रणमा हुन्छ । त्यसभन्दा बाहिर कुनै पनि अधिकार सम्भव छैन ।” हो अमेरिकी कथित स्वतन्त्र समाजमा व्यक्ति होइन बजार स्वतन्त्र पूँजी स्वतन्त्र छ । पूँजी बजारको विरुद्ध सोच्ने कुनै हक र अवसर छैन । बजारको लागि नाङ्गो नारी शरीर चाहिन्छ, तिमीलाई नाङ्गिने स्वतन्त्रता छ । पूँजीलाई खाडीको सस्तो तेल चाहियो, तिमीलाई हमला गर्ने स्वतन्त्रता छ । यूरोपका औद्योगिक देशहरुमा भन्दा दुईगुणा बढी बेरोजगारीको समस्या अमेरिकामा छ तर बाहिरबाट अघोषित दासहरु झिकाऊ, किनकी पूँजीपतिहरुलाई सस्ता मजदुरहरु चाहिएको छ । मान्छेका मनहरुलाई, इच्छाहरुलाई विकृत गर्नु, भ्रमित पार्नु र भ्रमित यथार्थलाई सत्यको रुपमा प्रस्तुत गर्नु अनि त्यसैलाई कथित सभ्य संस्कृतिको नाममा स्थापित गर्न खोज्नु अमेरिकी संस्कृतिको मेरुदण्ड हो । मान्छेमा रहेको जैविक यौन चाहनालाई संयमित गर्नुको सट्टा, व्यवस्थित गर्नुको सट्टा उत्तेजित गराउनु, गरिब र मजदुरलाई समयमा विवाह गर्न र परिवारसँग रहने भौतिक वातावरणबाट वञ्चित गर्नु, आर्थिक, समस्याका कारण पारिवारिक तनाब र वेमेल हुनु र त्यसको योगको रुपा पैदा हुने यौन कुण्ठालाई अश्लिल चलचित्र, दुर्गन्धित साहित्य र देह व्यापारको माध्यमबाट थप लुटपाट गर्नु, बजार निर्माण गर्नु अमेरिकी संस्कृतिको लक्ष्य हो । यही पतित संस्कृतिलाई विश्वव्यापीकरण गरिएको छ । जसलाई साइबर र तरङ्ग माध्यमहरुले शक्तिशाली औजारको भूमिका खेलिदिएका छन् । अमेरिकामा स्कुले बच्चाहरुले गोली चलाउँछन् । विद्यालयभित्र नै १२ देखि १४ वर्षभित्रकै कलिलो उमेरमा अधिकांश कलिला बालबालिकहरु यौन सम्बन्ध राख्छन् । अधिकांश बालिकाहरु तीनका दाजुभाई, पिता, हजुरवा र शिक्षकद्वारा यौन शिकारबाट पीडित हुन्छन् । बिजुली बत्ति जाँदा शहरमा भयावह लुटपाट र बलात्कार हुन्छ । यही भयावह संस्कृति अर्थतन्त्रसँगै भूमण्डिलीकृत भइरहेको छ । वेश्यावृत्ति, अपराध र पशुवतः मनोविज्ञानले प्रश्रय पाइरहेको छ । सुन्दरता र सत्यको मापदण्ड बजारद्वारा निर्धारित हुन्छ । विकाउ माल बाहेक बसथोक अस्वीकार गरिन्छ । कृत्रिम, भ्रम, मिथ्या, ढोगीपन र स्खलन त्यसका सारतत्व हुन । उभोगक्तावादी विज्ञापन नीति अमेरिकी समाजको अश्लिल अनुहार मात्र होइन, त्यही नै त अमेरिकी बजारतन्त्रको वास्तविकता पनि हो ।
फर्जी लेखकहरु तयार गर्नु, कृत्रिम सनसनीपूर्ण रचना गर्नु र बजारको उद्देश्य सहित बनिबनाउ ढङ्गले तिनको धुँवाधार प्रचार गर्नु र पाठक, दर्शक र स्रोताको मनमा कृत्रिम स्थान बनाएर सडेगलेको माल (साहित्य) बेच्नु तिनको रणनीति हो । अमेरिकी साहित्यकर्मी नोमचोमस्कीले भनेका छन् “जनसम्र्पक उद्योगको उत्पत्ति अमेरिकामा भएको हो । जनतालाई नियन्त्रणमा राख्नु ती उद्योगको कार्य हो । यहाँ मत सर्भेक्षण धेरै हुन्छन् । धेरैजसो मत–सर्भेक्षणहरु व्यवसायको लागि गरिन्छन ।” बच्चाहरु अधिकांश समय टेलिभिनमा हिंसा, वर्वरता र कामूकता दृश्यपान गर्छन । त्यही संस्कृतिलाई यथार्थ ठान्छन र अनुशरण गर्छन । त्यसैले गर्दा अमेरिका संसारको सबैभन्दा बढी एड्स पीडित र सामाजिक हिंसा पीडित समाजभित्र पर्दछ । त्यसैले त आजभोलि अमेरिकी संस्कृतिलाई एड्स संस्कृति भन्न थालिएको छ । अमेरिकी संस्कृति भन्नाले हिंसा संस्कृति भन्ने बुझिन्छ ।
छिमेकी भारतमा आर्थिक गद्दारीकरणलाई प्राथमिकता दिन थालेपछि अमेरिकी पूँजीसँगै सांस्कृतिक उदारिकरण समेत प्रवेश ग¥यो । धोती र कुर्तामा अमेरिकी संस्कृति भित्रियो । पूर्वीय संस्कृतिमा आधारित मानवीय मापदण्डहरु दब्न थाले । बजारको स्वार्थ अनुरुपका मूल्यलाई मानवीय प्रतिष्ठा र श्रेष्ठता ठान्न थालियो । भारतीय हिन्दी भाषी लेखक हृदयनारायण दीक्षित “संस्कृतिमाथि हमला शिलशिला लेखमा भन्छन् “भारतको गाउँ–गाउँमा विज्ञापनमा कपाल, गाला र छाला सम्हाल्नुलाई नै सामाजिक प्रतिष्ठा ठानिन्छ ।” अमेरिकी संस्कृतको होडबाजीमा अग्रस्थानमा रहेको भारतको राजधानी दिल्लीलाई हेरेपछि अमेरिकी समाजको चित्र देखिन्छ । आज दिल्लीलाई यूरोपीय देशहरु बलात्कारी शहर (रेफसिटी) भन्ने गर्छन । अमेरिकी संस्कृति दिल्ली हुँदै हिन्दी भाषा र संस्कृति हुँदै नेपालतिर भित्रिएको छ ।
संयुक्त राष्ट्रसंघ पश्चिम विशेषत अमेरिकाको कयले यन्त्र (माउथस्पीकर)को रुपमा रहेको छ । पश्चिमा संस्कृति नै विश्वको संस्कृति हुनसक्दैन । पूँजीको संस्कृति जनसंस्कृति त हुनैसक्दैन । संयुक्त राष्ट्र संघको माध्यमबाट पश्चिमी संस्कृतिको पश्रय जनमत बनाउने दुश्प्रयास भइरहेको छ । अमेरिकाको हार्डवर्ड विश्व विद्यालयका प्रोफेक्स स्यामुयल हङ्टिंगटनले केही वर्ष पहिले ‘फरेन अफेयर्स’ पत्रिकामा ‘संस्कृतिहरुको संघर्ष’ शीर्षक लेखमा भनेका छन्– “पश्चिमी देशहरु आफ्ना आर्थिक हितहरुका लागि वैयक्तिक स्वतन्त्रता, लोकतन्त्र तथा उदारवादको आफ्नो मान्यातालाई दोस्रो संस्कृतिमाथि लादिरहेका छन् । द्वितीय देशहरु यो आर्थिक दादागिरीको विरोध राजनीतिक स्तरमा गर्न सकिरहेका छैनन । त्यसैले गर्दा उनीहरु धार्मिक र सांस्कृतिकको आधारमा गठबन्धन बनाइरहेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद् एवं अन्तर्राष्ट्रिय मुद्राकोषमा पश्चिमी हितको विस्तार गर्ने उद्देश्यलाई लिएर भएका निर्णयहरुलाई विश्व समुदायको समक्ष विश्व समुदायको लागि लिइएका निर्णयहरुका रपमा प्रस्तुत गर्ने गरिन्छ ।” वैयक्तिक स्वतन्त्रताको नाममा व्यक्तिगत अराजकता लोकतन्त्रको नाममा श्रममाथि दमन र पूँजीको स्वतन्त्रता र उदारवादको नाममा अमेरिकी पूँजीलाई निर्वाध रुपमा प्रवेश गर्ने, अन्य देशलाई लुट्ने छुटको माग नै पश्चिमी संस्कृतिको सारतत्व हो । त्यसैले अमेरिकी संस्कृतिको प्रतिरोध भनेको साम्राज्यवादी संस्कृतिका विरुद्धको संघर्ष हो ।
नेपालमा यतिबेला स्थायी शान्तिको लागि राज्यको पुनसंरचना हुनुपर्ने र नयाँ अन्तरविरोधहरुको सम्वोधनको ठोस नीति निर्धारणको विधि निर्धारण गर्नुपर्ने प्रश्न उठिरहेको छ । भारतकी सामान्तवाद–साम्राज्यवाद विरोधी लेखिका अरुन्धती राय भन्छिन् । “न्यायलाई वास्तविक शान्ति हुन सक्दैन र प्रतिरोध नगरी न्याय हुनै सक्दैन ।” त्यसैले न्याय र शान्तिको कुरा गर्दा संघर्ष, आन्दोलन र प्रतिरोध बिर्सने र प्रतिरोधको कुरा गर्दा भावी न्यायपूर्ण समाज बिर्सनु हुँदैन । हामीलाई थाहा छ । लेखिका रायकै शब्दमा ‘आज न्यायमाथि मात्र होइन न्यायको आवाजमाथि पनि आक्रमण भइरकेको छ ।” हो अमेरिकी उपभोक्तावादी संस्कृतिद्वारा न्यायको आवाजमाथि, जनसंस्कृतिमाथि हमला गरिरहेका छन् । टेलिभिजन, रेडियो, छापा र संस्कार हुँदै आक्रमण गरिरहेका छन् । उनीरुले सुकिलो पोशाक र चिल्ला मोटरमा चढेर हिंसा गरिहेका छन् । जूठो हाडका टुक्रा फालेर होस् या धम्की दिएर हमला गरिहेका छन् । हामी सबै संसारका मान्छेहरु जो उपभोक्तावादका विरुद्ध लडिरहेका छौं । त्यसैले २१ औं शताब्दिमा धार्मिक र सांस्कृतिक रुपमा मात्र होइन उपभोक्तावादका विरुद्ध, पश्चिमी साम्र्राज्यवादी संस्कृतिक भूमण्डलीकरण गर्नैपर्छ । समाजवादी भुमण्डलीकरणले मात्रै हिंसाप्रेमी अमेरिकी संस्कृतिको प्रतिरोध सम्भव छ ।