नेता र इतिहासमा उनीहरुको भूमिका
“आम रुपमा र अधिकतर स्थानहरुमा, कम्तीमा पनि आधुनिक सभ्य देशहरूमा वर्गहरुको नेतृत्व राजनीतिक पार्टीहरुले गर्दछन्, राजनीतिक पार्टीहरुको सञ्चालन प्रायः तिनका सबैभन्दा अधिक मान्य प्रभावशाली र अनुभवी सदस्यहरुका कमवेशी स्थायी समुह, जसलाई पार्टीको सबैभन्दा जिम्मेवार पदमा चुनिन्छ र उसलाई नेता भनिन्छ ।”
– लेनिन, संकलित रचनाएँँ, खण्ड– ९, पृष्ठ २७४, प्रगति प्रकाशन मास्को, १९८५ ।
यस आलेखमा नेता भनेको के हो ? कस्तो व्यक्तिलाई नेता भनिन्छ ? नेताको जन्म कसरी हुन्छ ? नेताले के कस्ता कार्यहरु गर्नुपर्छ ? इतिहासमा नेताहरूको भूमिका कस्तो हुनुुु पर्दछ ? कस्तो नेतालाई वास्तविक ( साँच्चिकै) नेता भनिन्छ ? आदि महत्वपूर्ण विषयमा सबैले बुझ्ने गरी सरल भाषा र शैलीमा संक्षिप्तमा प्रकाश पार्ने प्रयास गरिएको छ ।
मानवजातिको विकासको इतिहास ज्यादै लामो र समृद्धशाली छ । आदिम साम्यवाद (जंगली अवस्था) लाई छोडेर त्यसपछि यताको मानवजातिको वर्गीय समाजको रुपमा कायम हँुदै आएको छ र वैज्ञानिक साम्यवादका सिद्धान्तकार एवं द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दार्शनिक कार्लमाक्र्सको व्याख्या अनुसार मानव समाज वैज्ञानिक साम्यवादमा पुगेपछि मात्र वर्गबिहीन र राज्यबिहीन मानव समाजको स्थापना हुनेछ । उहाँले व्याख्या गर्नुभएको र मानव समाजले विकास ( परिवर्तन ) गरे अनुसार आजसम्म मानव समाजले दास युग, सामन्ती युग हुँदै पुँजीवादी युगसम्म आइपुगेको छ । साथै विश्व सर्वहारा वर्षका महान् नेता लेनिनले व्याख्या गर्नुभयो विश्लेषण अनुसार आजको साम्राज्यवाद र सर्वहारा वर्ग बीचको भीषण संघर्षको युग हो । र, आजको सढेगलेको अर्थात् मरनासन्न पुँजीवाद साम्राज्यवादमा पतन भइसकेको छ । त्यसैले आजको पुँजीवादी युग भनेको वैज्ञानिक समाजवादी क्रान्तिको युग हो ।
जब मानव समाजले दासमालिक समाजमा प्रवेश ग¥यो, त्यसपछि वर्गको जन्म भयो । त्यसदेखि यता आजसम्मको मानव समाज वर्गीय समाजबाट गुज्रिदै आएको छ र, वैज्ञानिक साम्यवादमा पुगेपछि मात्र मानव समाजले वर्गीय समाजका फलाम साङ्ला र जञ्जिरहरुलाई तोडेर वर्गबिहीन, राज्यबिहीन समानतामूलक नौलो साम्यवादी समाजमा प्रवेश गर्नेछ ।
वैज्ञानिक एवं दार्शनिक कार्ल माक्र्स (२८१८–१८८३) ले “आजसम्मको मानवजातिको इतिहास वर्गसंघर्षको इतिहास हो” भन्नुभएको छ । त्यसै नियम अनुसार नै मानव समाजले विकास परिवर्तन (क्रान्ति) गर्दै आएको छ ।
दासकालिन समाजमा ईशाको ७१ वर्ष पहिले राोमन दास स्पार्टकसले पहिलोपटक दासमालिक समाजको अन्त्यको विद्रोह गरेका थिए र लड्दालड्दै उनले वीरगति प्राप्त गरेका थिए । त्यसपश्चात दिन गन्ति शुरु भएको दासकालिन समाजको अन्त्य भई सामन्तवादी समाज अर्थात् सामन्तवादी युगको उदय भयो । वर्गसंघर्ष कै नियमानुसार पहिलोपटक बेलायतबाट शुरु फ्रान्स, जर्मनी हँुदै संसारका विभिन्न देशहरूमा पुँजीवादी व्यवस्थाको स्थापना भयो ।
पुँजीवादकै गर्र्भबाट आौद्योगिक मजदुर तथा श्रमजिवी सर्वहारा वर्गको जन्म भयो । त्यसपछि बेलायत, फ्रान्स, जर्मनी, अमेरिका हुँदै संसारका विभिन्न देशहरूमा पुँजीपतिवर्ग र उसको राज्यसत्ता पुँजीवादी राज्यसत्ताका विरुद्ध ठूला–ठूला मजदुर आन्दोलनहरु भए । शुरुका दिनहरुमा मजदुर आन्दोलनलाई पथप्रदर्शन दिशानिर्देश गर्ने सिद्धान्त, विचार पनि थिएन र मजदुर आन्दोलनलाई नेतृत्व गर्ने राजनीतिक पार्टी (राजनीतिक दल) पनि थिएनन् । परन्तु सन १८४८ मा कम्युनिस्ट लिगको तर्फबाट कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५) द्वारा कम्युनिस्ट घोषणापत्र जारी गरिए पश्चात् मजदुर वर्ग अर्थात् विश्व सर्वहारा वर्गले आफ्नो वर्गीय मुक्ति आन्दोलनको मार्गदर्शक (पथप्रदर्शक सिद्धान्त) सिद्धान्त माक्र्सवाद र उसको विश्वदृष्टिकोणका रुपमा माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन प्राप्त ग¥यो र नेतृत्वदायी संगठन कम्युनिस्ट पार्टी प्राप्त ग¥यो । विश्व सर्वहारा वर्गका निम्ति यो एक युगान्तकारी परिघटना थियो ।
माक्र्सवाद र माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शनको निर्देशन र पथप्रदर्शनमा सन् १८७१ मा पेरिसका मजदुर (कम्युनार्डो) हरुले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पहिलोपटक सशस्त्र रुपमा संगठित ढंगले विद्रोह गरेर ७२ दिनसम्म सर्वहारा वर्गको नेतृत्वमा सत्ता सञ्चालन गरे । ७२ पछि प्रतिक्रान्ति हुनु अर्को नकारात्मक परिघटना थियो ।
सन् १९१७ अक्टोबर २५ (रुसी नयाँ क्यालेन्डर अनुसार ७ नोभेम्बर) का दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो र पहिलोपटक विश्वमा सर्वहारा अधिनायकत्व कायम गरियो । पूर्वी युरोपका बीसौं देशहरूमा सोभियत मोडलको समाजवाद लागू गरिएको थियो । ७२ वर्ष पछि प्रतिक्रान्ति हुनु अर्को नकारात्मक परिघटना थियो ।
अक्टोबर क्रान्ति पश्चात् त्यसको प्रभाव विश्वप्यापी रुपमा पर्न गयो । एशिया, युरोप, अफ्रिका, ल्याटिन अमेरिका लगायत संसारका दर्जनौं देशहरूमा कम्युनिस्ट पार्टीहरु निर्माण हुन पुगे र त्यसै सिलसिलामा चीन, कोरिया, भियतनाम, कम्वोडिया, क्युवा लगायतका देशहरुमा नयाँ जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न हुन पुगेपछि ती देशहरूमा प्रतिक्रान्ति हुनु त्यो इतिहासको अर्को नकारात्मक परिघटना थियो ।
यो इतिहासको सामान्य जानकारी मात्र भयो, लेख्न खोजिएको मुख्य विषय चाहिँ इतिहासमा नेताहरुको जन्म कसरी हुन्छ, नेता भनेको के हो ? र नेता कसलाई भन्ने ? इतिहासमा नेताहरु भूमिका के हुन्छ ? आदि
मानव समाजको विकासको नियमलाई हेर्दा के पाइएको छ भने वर्गीय समाजमा वर्गीय राजनीति प्रमुख हुन्छ र विभिन्न वर्गको राजनीति विचारको प्रतिनिधित्व ती वर्षका पार्टीहरु (राजनीतिक) दलहरुद्वारा अभिव्यक्त गरिन्छ । तर दासमालिक समाज अर्थात् दासयुगिन राज्य व्यवस्थामा राजनीतिक दलहरु खोल्ने अधिकार थिएन । समाज वर्गमा विभाजित र भौगोलिक रुपमा विभाजन हुन पुगेपछि दासमालिकहरु नै आफ्ना देश र स्थान विशेषका शासक हुन्थे र कानुन पनि उनीहरू कै इच्छा कमोजिम बनाउने र लागु गरिने गरिन्थ्यो ।
सामन्ती राज्यव्यवस्था कालमा पनि सामन्ती अधिनायकवादी तथा निरंकुश शासन सत्ता सञ्चालन गरिन्थ्यो र त्यहाँ पनि राजनीतिक दल खोल्ने अधिकार जनतालाई थिएन । राजामहाराजाहरुद्वारा शासन गरिन्थ्यो । सामन्त वर्गको नेता वा शासक राजामहाराजाहरु हुने र उनीहरू आफैँले कानून बनाएर जनतामाथि अधिनायकवाद लाद्थे ।
जब मानव समाजले पुँजीवादी व्यवस्थामा प्रवेश गरेसंगै विविध विचारका आधारमा राजनीतिक दल (पार्टी) खोल्ने अधिकार दिइयो । त्यसयता दलगत राजनीति शुरु भयो र पुँजीपतिवर्गले शासन प्रणालीको ढाँचा र स्वरुप संसदीय व्यवस्थालाई बनाउँदै आएका छन् । पुँजी वादमा आइसकेपछि मात्र नेताको आवश्यकता परेकाले नेता जन्म भयो ।
इतिहासमा के पाइन्छ भने तथाकथित महापुरुषहरु खडा गरिने गरिन्थ्यो, त्यो शासक बन्द थियो । हामीले इतिहासमा तथाकथित महापुरुषहरु अर्थात् नेताको कसरी हुन्थ्यो भन्ने बारेमा त्यसलाई आवश्यकता र आकस्मिकताको द्वन्द्वात्मक सम्बन्धको बीचबाट हुन्छ भन्ने कुरा बुझ्नु पर्ने हुन्छ । यसबारेमा सर्वहारा वर्गका महान् नेता फ्रेडरिक एंगेल्सले स्पष्ट पार्दै अगाडि भन्नुभएको छ, “यो कुरा कि कुनै देश विशेषमा अमुक व्यक्ति प्रकट हुन्छ र अर्को होइन निःसन्देह आकस्मिकता हो । तर त्यसलाई अलग गरिदिनुहोस् अनि त्यसको ठाउँमा अर्को माग हुन्छ र त्यो दोस्रो व्यक्ति पाइन्छ, त्यो असल होस् या खराब, तर अन्त्यमा पक्कै पाइन्छ । नेपोलियन नै, ठीक त्यो कोर्सिका निवासी नै फौजी तानाशाह बन्यो, जसको आविर्भावलाई आफ्नै लडाइँहरुमा कथित जर्जर फ्रान्सेली जनतन्त्रले आवश्यक बनाइदिएको थियो, यो आकस्मिकताको कुरा थियो, परन्तु यदि एउटा नेपोलियन हुँदैनथ्यो भने त्यो अभावको पूर्ति अर्को नेपोलिनले गथ्र्याे, यसको प्रमाण के हो भने जुन व्यक्तिको आवश्यकता पैदा भयो, त्यो पाइयो पनि, जस्तै सिजर, आगस्टस, क्रामबेल आदि । यदि माक्र्सले इतिहासको भौतिकवादी अवधारणाको खोज गर्नु भयो भने त्येर्री, मिन्ने, गिजो र १८५० सम्मका सबै अंग्रेज इतिहासका यस कुराका प्रमाणपत्र हुन् कि यो अवधारणाको खोज हुनेवाला थियो र मौर्गनद्वारा गरिएको यसै आवश्यकताको खोजबाट कुन कुरा सावित भयो भने त्यसको समय आएको थियो र त्यसको खोज हुनै पथ्र्याे ।– माक्र्स–एंगेलस, संकलित रचनाएँ, खण्ड– ३, भाग– २, पृष्ठ ४२४, प्रगति प्रकाशन, मास्को, १९७८ ।
जो माथि एंगेल्सले भन्नुभएको कुराबाट नै यो कुरा स्पष्ट हुन्छ कि यहाँ आवश्यकता र आकस्मिकताको द्वन्द्ववाद सशक्त रुपमा मुखरित भएको छ । यसको तात्पर्य यो हो कि नेताहरुको जन्म इतिहासको आवश्यकता अनुसार हुने गर्दछ, तर अमुक व्यक्ति नै नेता बन्ने कुरा भने आकस्मिकतामा आधारित हुन्छ ।
विश्व राजनीतिक इतिहासमा बुर्जुवा (पुँजीवादी) राजनीतिक इतिहासमा भारतमा महात्मागान्धी, दक्षिण अफ्रिकामा नेलसन मण्डडेला, अमेरिकामा जर्ज वासिङ्टन, अब्राहम लिंकन जस्ता नेताहरुको आवश्यकताले जन्म भएको थियो ।
त्यस्तै साम्यवादी आन्दोलनमा अर्थात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा कार्ल माक्र्स– फ्रेडरिक एंगेल्सको इतिहासको आवश्यकताले जन्म भएको थियो । साथै विश्व क्रान्तिको इतिहासमा रुसमा लेनिन–स्टालिन, चीनमा माओत्सेतुङ, कोरियामा किम इल सङ, भियतनाममा हो चि मिन्ह, क्युवामा फिडेल क्रास्ट्रो र चे ग्वेय भारा जस्ता नेताहरुको आवश्यकताले जन्म भएको थियो ।
भारतमा चारु मजुदार, नेपालमा पुष्पलाल, पेरुमा गोञ्जालोको जन्म भएको थियो । आदि आदि ।
नेता कस्ता हुनुपर्छ भन्ने विषयमा लेनिनले भन्नुभएको छ, “खारिएका र प्रभावशाली नेताहरु (प्रतिभाशाली मानिसहरु सयकडौंको संख्यामा जन्मिदैन), जसलाई आफ्ना कामको पुरै प्रशिक्षा मिलेको होस्, जुन लामो समयसम्म अनुभव प्राप्त गरिसकेका होऊन, – का अभावमा आधुनिक समाजमा कुनै पनि वर्गले दृढताका साथ संघर्ष गर्न सक्तैन । – लेनिन, संकलित रचनाएँ, १० खण्डो मे खण्ड– २, पृष्ठ १७०, प्रकाशन मास्को १९८१ ।
यहाँ देश, जनता र क्रान्तिका निम्ति कस्तो नेताको आवश्यकता पर्छ र नेता कस्तो हुनुपर्छ भन्ने विषयको महत्वमाथि लेनिन राम्रोसँग प्रकाश पार्नु भएको छ । यही नै सत्य हो ।
नेता भनेको के हो ? र, त्यसको जनतासँग के सम्बन्ध हुन्छ ? यो ज्यादै महत्वपूर्ण विषय हो । उसले जनतासँग गर्ने सम्बन्धका आधारमा उसको योग्यता निर्धारण हुने हो । नेता भनेको के हो र त्यसको जनतासँग के सम्बन्ध हुन्छ भन्ने विषयमा लेनिनले अगाडि भन्नुभएको छ, “आम रुपमा र अधिकतर स्थानहरूमा, कम्तीमा पनि आधुनिक सभ्य देशहरूमा वर्गहरुको नेतृत्व राजनीतिक पार्टीहरुले गर्दछन्, राजनीतिक पार्टीहरुको सञ्चालन प्रायः तिनका सबैभन्दा अधिक मान्य, प्रभावशाली र अनुभवी सदस्यहरुका कमबेसी स्थायी समुहले गर्दछन्, जसलाई पार्टीको सबैभन्दा जिम्मेवार पदहरुमा चुनिन्छ र जसलाई नेता भनिन्छ ।– लेनिन, संकलित रचनाएँ, खण्ड– ९, पृष्ठ २७४, प्रगति प्रकाशन मास्को, १९८५ । यहाँ लेनिनले वर्ग, राजनीतिक पार्टीहरु र नेतृत्वको बीचको सम्बन्धलाई राम्रोसँग प्रस्तुत गर्नुभएको छ ।
लेनिनका यी भनाइमाबाट क्रान्तिका लागि नेतृत्व अनिवार्य रुपले आवश्यक हुने र नेताहरू वर्ग विशेष वा जनताको बीचबाट जन्मने तथा तिनीहरूको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका अनुभवी तथा आधिकारिक सदस्य हुन् भन्नेमा कुरा स्पष्ट हुन्छ ।
नेताहरु कस्ता हुन्छन् भन्ने सवालमा अझै अगाडि स्पस्ट पार्न आवश्यक हुन्छ । नेताहरु प्रतिगामी र क्रान्तिकारी दुबै वर्गका हुन्छन् । साथै ती सही र गलत दुबै प्रकारका हुन्छन् । नेताहरु गद्धार र देशद्रोही तथा जनघाति र राष्ट्रघाति दुबै वर्गका हुन्छन् । जहाँसम्म कम्युनिस्ट आन्दोलनमा नेताहरुको स्थितिको प्रश्न हो त्यसमा क्रान्तिकारी तथा अवसरवादी एवं दुबै वर्गका नेताहरु हुन्छन् । क्रान्तिकारीहरुले अवसरवादी तथा गद्धार नेताहरुको विरोध तथा भण्डाफोर र क्रान्तिकारी नेताहरुको रक्षा, सम्मान तथा स्थापित गर्न जरुरी हुन्छ ।
नेता अर्थात् जनसमुदायका बीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयलाई अझै अगाडि थप स्पष्ट पार्न जरुरी हुन्छ । यस विषयमा विश्व सर्वहारा वर्गका महान् नेता माओत्सेतुङले भन्नुभएको छ, “जनतालाई इतिहासको निर्माता बताउँनु हुँदै उहाँले नेतृत्व र जनसमुदाय बीच अभिन्न सम्बन्ध हुनुपर्ने कुरामाथि प्रकाश पार्दै जनदिशाको मान्यता विकसित तुल्याउनु भएकोमा छ ।
नयाँ ढंगको कम्युनिस्ट पार्टी जुन पार्टीभित्र नेतृत्वको केन्द्रीकरण गरिएको हुन्छ, त्यस किसिमको पार्टीले गर्ने र कार्यान्वयन गर्ने कामको बढी महत्वपूर्ण हुन्छ । पार्टी नेतृत्वको काम तरिका क्रान्तिकारी र वैज्ञानिक दुबै हुन जरुरी हुन्छ । नेतृत्वको कामको आधारभूत तरिका कस्तो हुनुपर्छ त ? यस विषयमा माओत्सेतुङले भन्नुभएको छ, “जनसमुहका विचारहरु ग्रहण गर्नु, तिनलाई एकत्रित गर्नु र तिनको सार खिच्नु, त्यसपछि जनसमुहको माझमा जानू । ती विचारमा अडिग रहनु र तिनलाई कार्यान्वयन गर्नु, जसबाट नेतृत्वको लागि विचारहरु निर्माण गर्न सकियोस्– नेतृत्वको आधारभूत तरिका यस्तो छ ।”– माओत्सेतुङका संकलित रचनाहरु, पृष्ठ ९०, भाग ३, सिर्जनशील प्रकाशन, काठमाडौं, २०५७ । माओत्सेतुङद्वारा विकसित जनदिशाको मूल मर्म यही हो ।
नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्ना विचारलाई विकसित तुल्याउन सही कार्यदिशा र नीति तथा योजनाको निर्माणका लागि जनताबाट लिएर जनतालाई दिने मान्यता अर्थात् जनदिशाको विशेष महत्व छ । यसप्रकारको जनदिशाको महत्व विचारधारा एवं कार्यदिशाका दृष्टिले मात्र होइन सांगठनिक सिद्धान्त तथा कार्यशैली र ज्ञानको सिद्धान्तका दृष्टिले पनि विशिष्ट महत्व रहन गएको छ ।
– लेखक ः वरिष्ठ माक्र्सवादी चिन्तक–लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन ।