दर्शनको ऐतिहासिक विकासको प्रकिया
विषय प्रवेश
दर्शनको जन्म कहिले भएको हो भने उत्पादनको विकास, सामाजिक श्रमविभाजन, व्यक्तिगत सम्पत्तिको उदय, विज्ञानको प्रयोग र वर्गसंघर्षको विकासको प्रक्रियासगँ ै दर्शनको जन्म भएको हो भन्ने कुरा ऐतिहासिक तथ्यहरुबाट पुष्टि हुँदै गएको छ । दर्शनको ऐतिहासिक विकासप्रक्रियाको अध्ययन दर्शन इतिहाससँग सम्बन्धित रहेको छ ।
दर्शनको इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्वन्द्ववाद र अधिभूतवाद सहित विभिन्न धारा तथा पन्थहरुका बीचको संघर्ष, दर्शनको विकास र वर्गसंघर्षमा दार्शनिक पक्षधरता जस्ता विषयहरुबारे व्यवस्थित रुपमा अध्ययन गरिन्छ । दर्शनको इतिहासको अध्ययनले दर्शनको विकास प्रक्रियाको नियमसँगतिलाई बुझ्न मद्दत पुग्दछ ।
खासगरी दर्शनशास्त्रको इतिहासबारे माक्र्स, एंगेल्स र लेनिनले आफ्ना विभिन्न रचनाहरुमा आवश्यक उल्लेख गर्नुभएको छ । चिन्तनको विकास प्रक्रियाबारे एंगेल्स भन्नुहुन्छ– “हरेक युगमा र त्यसैले हाम्रो युगमा पनि सैद्धान्तिक चिन्तन ऐतिहासिक विकासको परिणाम हुन्छ, जसले अलग अलग समयमा धेरै भिन्न प्रकारका रुप धारण गर्छ र रुपका साथ साथै जसको अन्तर्वस्तु पनि परिवर्तित भइरहन्छ । अतः अरु हरेक विज्ञानको जस्तै चिन्तनको ऐतिहासिक विकासको विज्ञान हो । यहाँ एंगेल्सले एकातिर चिन्तनलाई ऐतिहासिक विकासको विज्ञानका रुपमा प्रस्तुत गर्नुभएको छ भने अर्कोतिर चिन्तनको विकास प्रक्रियामा त्यसको अन्तर्वस्तु र रुपमा पनि परिवर्तन हुँदै जाने कुरा बनाउनु भएको कुरा स्पष्ट छ ।
वास्तवमा दर्शनको ऐतिहासिक विकास प्रक्रियाबारे उल्लेख गर्ने काम अत्यन्तै जटिल र कठीन काम हो । यहाँ दर्शनको समग्र ऐतिहासिक विकासको प्रक्रियालाई मूलतः यसरी प्रस्तुत गर्न सकिन्छ । जस्तै दासस्वामी समाज वा प्रारम्भिक कालमा दर्शन, सामन्तवादी समाजमा दर्शन, पुँजीवादी समाजमा दर्शन र साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगमा दर्शन । यी विभिन्न दर्शनबारे यहाँ संक्षिप्त चर्चा गर्न आवश्यक छ ।
दासस्वामी समाज वा प्रारम्भिक कालमा दर्शन दासस्वामी युगको दर्शन सबैभन्दा पहिलेको दर्शन हो । समाज विकासको प्रक्रियामा दर्शन सबै देशमा एक समाज ढंगले अगाडि बढेको पाइँदैन । प्रारम्भिक युगको दर्शनलाई प्राचीन दर्शन पनि भनिन्छ । यो दर्शन प्राचीन युनान तथा रोम, नेपाल तथा भारत र चीनमा विकसित भएको पाइन्छ ।
(क) युनान तथा रोमको दर्शन
मानव समाजको विकास प्रक्रियामा प्राचीन युनानी दर्शन युनान नगरको विकास प्रक्रिया, वैभव र उत्कर्ष कालसँग सम्बन्धित रहेको थियो । त्यहाँ सर्वप्रथम भौतिकवादी दर्शन देखापरेको थियो । त्यसपछि आदर्शवाद प्रकट भयो र अनि यी दुवै धाराहरुबीच समन्वय कायम गरिएका थिए तर भौतिकवाद र आदर्शवादका बीचको संघर्ष नै युनानी दर्शनको मूल विशेषता रहेको पाइन्छ । युनानी नगरराज्यको विघटनसँगै युनानी दर्शनको पनि विघटन शुरु भएको थियो र रोममा दर्शनको प्रादुर्भाव भएको पाइन्छ । यसको अन्तिम परिणति ईसाई धर्ममा गएर भएको थियो ।
युनानका भौतिकवादी दार्शनिकहरुमा पानीलाई पहिलो मान्ने थेल्स (६४० – ५०० ई.पु.), वायुलाई पहिलो मान्ने एनेक्जिमेनिज (५९९ – ५२४ ई. पु.), आगालाई पहिलो मान्ने हेरेक्लाइटस् (५३० – ४७० ई.पू.), परमाणुलाई पहिलो मान्ने डेमोक्राइटस (४६०–३०७ ई.पू.) तथा एरिक्युरस (३४१–२७० ई.पू.), आदि पम्र ुख रहेका छन् । यी सबैले जगतलाई बोधगम्य अर्थमा ग्रहण गरे र वस्तु जगतलाई ज्ञानको स्रोत माने । यसै अवधिमा पाइथागोरस (५०० ई.पू.) ले संख्या अर्थात् आकारलाई पारमेनाइडिजले शुद्ध सत्ता ९एगचभ द्यभष्लन० लाई र सुकरात (४७०–३९९ ई.पू.) ले सामान्य आकार वा विचारलाई प्राथमिक तत्व बताए । यो आदर्शवाद प्लेटो (४२७–३४८ ई.पू.) मा आएर चरम रुपमा विकसित भयो । प्लेटोले परमात्मा, परमशुभ वा परम सौन्दर्यलाई अन्तिम सत्य मान्दै वस्तुगत जगत्लाई त्यस
परमतत्व, ईश्वर वा आकारको छाया, प्रतिबिम्ब बताए । उनले परम सामान्यलाई प्राथमिक तत्व मान्दै भौतिक पदार्थलाई त्यसै सामान्यको अनुकृति बताएका थिए । उनले त्यसै परमतत्वलाई ज्ञानको सा्र ेत बताए र इन्द्रियजन्य ज्ञानको महत्वलाई नकारे । अरस्तु (३८४–३२२ ई.पू.) ले भौतिवादीहरुको पदार्थ र आदर्शवादीहरुको ईश्वर, सामान्य वा आकार दुवैलाई प्राथमिकता दिई समन्वयवादको पक्षपोषण गरेका थिए ।
अतः युनानी दार्शनिकहरु प्रायशः द्वन्द्ववादी थिए । पाइथागोरसले संख्यालाई सम–विषम तथा सीसित असीमितमा विभाजित र संगीतपूर्ण हुने हुने कुरा बताएका थिए । उनले सँगीतलाई विपरीत स्वरहरुको सँगति ९ज्बचmयलथ० बताए । पश्चिममा ‘फिलोसोफी’ का रुपमा दर्शनको नामांकन गर्ने पहिलो दार्शनिक पाइथागोरस हुन् । हेरेक्लाइटसले गति तथा परिवर्तनमा आधारित क्षणभंगवाद तथा परिणामवादको मान्यता पेश गरेका थिए ।
यसैगरी सुकरात जस्ता दार्शनिकहरुले वाद–विवाद–संवादको तर्कपद्धति विकसित गरे र अरस्तुले त्यसलाई अघि बढाएका थिए । यद्यपि युनानमा पार्मेनाइडिज (५०० ई.पू.) जस्ता दार्शनिकहरुले क्षणभंगवाद र परिमाणवादको विरोध गर्दै स्थिरतावादको पक्षपोषण अवश्यै गरे र प्लेटोले त्यसलाई प्रश्रय पनि दिएका थिए तर सारतः युनानमा द्वन्द्ववाद नै प्रभावी रहेको थियो ।
मूलतः युनानी दार्शनिकहरु वैज्ञानिक पनि थिए । थेल्स र पाइथागोरस गणितज्ञ थिए । थेल्सले ३६५ दिनको एक वर्ष हुने कुरा बताएका र सूर्यग्रहणको भविष्यवाणी गरेका थिए । एनाक्जिमेण्डर (६१०– ५४६ ई.पू.) ले सूर्य घडी, पृथ्वी र समुद्रको नक्सा, ज्योतिषका कैयौं उपकरणहरु बनाएका थिए र मानिस माछाबाट बनेको हो भनेका थिए । डेमोक्राइटस र एपिक्युरसको परमाणुवाद विज्ञानमा आधारित महत्वपूर्ण अवधारणा थियो । अरस्तुले भौतिक तथा जीवविधान, राजनीतिशास्त्र, सौन्दर्यशास्त्र, आदिको विकासमा मद्दत पु¥याए । युनानमा तर्कशास्त्र, नीतिशास्त्र जस्ता ज्ञानका विविध धारा विकसित भए । यी सबैमा भौतिकवादीहरुले वस्तुपरकता र सापेक्षतामा जोड दिएका थिए । यसको ठीक विपरीत आदर्शवादीहरुले आत्मपरकता र निरपेक्षताको पक्षपोषण गरेका थिए । तर्कशास्त्रमा द्वन्द्ववाद, नीतिशास्त्रमा सुखवाद र निरपेक्षताको पक्षपोषण गरे । तर्कशास्त्रमा द्वन्द्ववाद, नीतिशास्त्रमा सुखवाद र सौन्दर्यशास्त्रमा सँगति सिद्धान्त युनानका दार्शनिक योगदान हुन् ।
यसका अतिरिक्त प्राचीन युनानी दर्शनमा सन्देशवाद, अज्ञेयवाद, सारसँग्रहवाद, वैराग्यवाद, वितण्डवाद जस्ता प्रवृत्तिहरु पनि विकसित भए । सन्देहवाद ९क्अभउतष्अष्कm० र अज्ञेयवाद ९ब्नलयकतष्अष्कm० एकैखाले प्रवृत्ति हुन् । यी प्रवृत्ति सुकरातबाटै विकासित भएको पाइन्छ ।
सारसंग्रहवाद ९भ्अभिअतष्अष्कm० फिलो (२५–४० ई.पू.) जस्ता विचारकहरुको चिन्तन थियो । यो विभिन्न अनमेल विचार, मत र सिद्धान्तहरुको सारसंकलन गर्ने प्रवृत्ति हो । फिलोले प्लेटो र यहुदी धर्मका विचारलाई मिलाउने काम गरे । सारसँग्रहवादलाई असंस्कृति मान्छेको विचार वा सबै चीच चाल्न खोज्ने भ्रमर वाद पनि भनिन्छ । वितण्डावाद ९क्यउदष्कतचथ० मा सन्देहवाद, अज्ञेयवाद पनि पाइन्छन् । यो सुकरात सहित युनानी सोफिष्टहरुको प्रवृत्ति हो ।
यिनले कुतर्क गरेर असत्यलाई सत्य देखाउने प्रयास गरे । वैराग्यवाद भनेको सुखवादविरोधी प्रवृि त्त हो । जेनो (३३६–२६४ ई.पू.) सहितका स्टोइकहरु वैराग्यवादी थिए । उनीहरुले ईश्वर, सदाचार, नैतिक जीवनमा जोड दिए । यिनले कामना वा इच्छाको दमनलाई जीवनको लक्ष्य बताए । युनानी नगरराज्यको पतन र रोमन प्रभुत्वसँगै संसयवाद, सारसँग्रहवाद र वैराग्यवाद निकै प्रभावी बनेर गएका थिए ।
यहाँनेर समग्रमा भन्नुपर्दा युनानी दर्शनमा स्वतःस्पूmर्त भौतिकवाद र द्वन्द्ववादको महत्वपूर्ण भूमिका रह्यो । यस्ता दार्शनिकहरुमा हेरेक्लाइटस र ठेमोक्राइटस प्रमुख रहे । द्वन्द्ववादको विकास र परिणाम महत्वपूर्ण भूमिका रह्यो । युनानी दर्शनले संसारलाई गति, विकास र परिणाममा देखेको थियो । युनानीहरुले दर्शनलाई विज्ञानको विज्ञानका रुपमा ग्रहण गरे । एंगेल्सको भनाई अनुसार युनानमा भविष्यका विविध दार्शनिक प्रवृत्तिहरुका बीजाणुहरु थिए ।
प्राचीन युनानी दर्शनको समीक्षा गर्दै जार्ज थाम्सन भन्दछन् ः “शुरुमा युनानीदार्शनिकहरुको अवस्थालाई आदिम भौतिकवाद या आद्य भौतिकवाद भन्न सकिन्छ । हेरेक्लाइट्सका शब्दहरुमा त्यसको समाहा यसरी गर्न सकिन्छः यो हो र यो होइन । … प्राचीन युनानमा दास समाजको सुदृढीकरणका साथै, शासकवर्ग उत्पादनको श्रमबाट कट्यो र त्यसले एक यस्तो दृष्टिकोण विकसित ग¥यो जुन प्रभावी रुपमा आदर्शवादी र अधिभूतवादी थियो अर्थात् यसमा पदार्थमाथि चेतनाको प्राथमिकताको दाबी गरियो र परिवर्तनको वास्तविकतालाई इन्कार गरिएको थियो । यो नयाँ प्रवृत्ति प्लेटो र अरस्तुमा आफ्नो चरमोत्कर्षमा पुगेको थियो । जसका रचनाहरुले युटोपिया चिन्तनको परवर्ती इतिहासमाथि एक दीर्घकालीन प्रभाव छोडेका थिए । प्लेटो दार्शनिक आदर्शवादका जनक थिए र अरस्तु औपचारिक तर्कशास्त्रका । अतः प्राचीन युनानमा हेरेक्लाइटसमा आदिम भौतिकवाद र सहज द्वन्द्ववादको विकास सशक्त रुपमा भएको थियो । पार्मेनाइडिजले त्यसलाई उल्टो पारेका थिए । त्यहींबाट आदर्शवाद र अधिभूतवाद अघि बढेका थिए । प्लेटोमा त्यो आदर्शवादले चरम रुप लिन पुग्यो र यसै प्रक्रियामा अरस्तुको औपचारिक तर्कशास्त्र विकसित भएको थियो । तर पनि युनानी भौतिकवाद र द्वन्द्ववादको दार्शनिक योगदान भावी युरोपका लागि विशेष महत्वको रहेको पाइन्छ ।
(ख) नेपाली दर्शन
विशेषतः पितृसत्तात्मक समाजको विकास प्रक्रियादेखि सामन्तवादको उदय हुनु पूर्वको अवधिमा नेपालमा दर्शनको प्रारम्भ भएको पाइन्छ । नेपालको दार्शनिक प्रभात उर्वर रहेको थियो ।
गौतम बुद्ध (५६३–४८३ ई.पू.) नेपाली दार्शनिक हुन् । उनको उपनिवेषवादविरोधी अनात्म–अभौतिक तटस्थतावाद र अधिभूतवाद विरोधी क्षणभंगवाद नेपालकै दार्शनिक उपज हुन् । पौराणिक वृत्तान्तमा के कुरा उल्लेख भएको पाइन्छ भने राजा जनकको आश्रयमा याज्ञवल्क्य जस्ता वेदान्ती दार्शनिकहरु पनि रहेको पाइन्छ । यज्ञबल्क्य नेपाली दार्शनिक हुन् । नेपालमा बुद्धभन्दा ठीक अघिको भौतिकवादी दर्शनमा एउटा प्रमुख दर्शन सांख्य पनि थियो । यी सबै कुराबाट के अनुमान गर्न सकिन्छ भने प्राचीन नेपालमा बुद्ध दर्शनका साथै सांख्य, चार्वाक र वेदान्त दर्शनको पनि आधारभूमि थियो ।
हामीले प्राचीन नेपालमा दार्शनिक सिद्धान्तको क्षेत्रमा मूलतः तीन धारा पाउछँ ौं । भौतिकवाद, आदर्शवाद, आदर्शवाद र तटस्थतावाद । भौतिकवादी धाराका मूल प्िर तनिधि कपिल थिए । उनको भनाईमा विश्वको प्राथमिक तत्व प्रकृति हो । उनले प्रकृतिलाई मूल प्रकृति तथा चेतनालाई सहायक तत्वका रुपमा प्रस्तुत गरेका थिए र ईश्वर सिद्ध हुन सक्तैन भन्ने कुरा बताएका थिए । आदर्शवादी धाराको मूल प्रतिनिधि याज्ञबल्क्य थिए । उनले परमचेतना वा परब्रह्मलाई मूल तत्व मान्दथे र त्यसैबाट समस्त संसारको सृष्टि भएको कुरा बताउँथे । यी दुई धाराका बीचमा गौतमबुद्ध थिए । उनले पदार्थ र चेतनामा कुनै पनि तत्वलाई प्राथमिक स्थानमा राख्दैनथे । दर्शनशास्त्रको मौलिक प्रश्नमा बुद्ध तटस्थतावादी थिए ।
बुद्धको दर्शन चार आर्य सत्यको आधारशीलामा खडा रहेको छ । ती हुन्– दुःख, दुःख हेतु, दुःख विनाश र दुःख विनाशका मार्ग । दुःख विनाशका मार्गलाई अष्टाङ्गिक मार्ग भनिन्छ । ती हुन्– (क) सम्यक दृष्टि, (ख) सम्यक संकल्प (ग) सम्यक बचन (घ) सम्यक कर्म (ङ) सम्यक जीविका (च) सम्यक प्रयत्न (छ) सम्यक स्मृति (ज) सम्यक समाधि । आधार दर्शनको क्षेत्रमा बुद्ध मध्यमार्गी रहेका छन् राजनीतिक दर्शनको क्षेत्रमा उनी ‘बहुजनहिताय’ का पक्षपाती हुन् ।
त्यतिबेला दार्शनिक पद्धतिको क्षेत्रमा द्वन्द्ववाद र अधिभूतवादका बीच संघर्ष चल्ने गर्दथ्यो । द्वन्द्ववादको क्षेत्रमा सांख्य दर्शनको परिणामवाद र बुद्ध दर्शनको क्षणभंगवादको उल्लेखनीय भूमिका रहेको पाइन्छ । अर्कोतिर याज्ञवल्क्यले परिवर्तनको विरोधमा स्थिरता, नित्यता र परिवर्तनविहीनताको पक्षपोषण गरेको पाइन्छ ।
भारतीय दर्शन
मूलतः भारतीय दर्शनको मूलदिशा भौतिकवाद र आदर्शवादबीचको संघर्षको प्रक्रियाबाट आदर्शवादतर्फ प्रवाहित हुँदै गएको पाइन्छ । थालनीको यो काल पितसृ त्तात्मक गणसमाजवाट मूलतः दासस्वामी समाज र त्यसबाट सामन्तवादतर्फ संक्रमणको प्रक्रियाका बीचमा रहेको पाइन्छ । साथै भारतमा दर्शनको शुरु आरम्भिक उपनिषदकाल (ई.पू. ७००) बाट भएको पाइन्छ । सबैभन्दा प्राचीन उपनिषदहरुमा ईश र छान्दोग्य लगायतका उपनिषद आउछँ न् ईश उपनिषदमा संसारलाई ईश्वरको अभिव्यक्ति मानिएको छ र ईश्वरलाई सर्वव्यापक बताइएको छ । छान्दोग्य उपनिषदमा संसारमा सबैभन्दा पहिले अद्वितीय सत्क ो अस्तित्व स्वीकार गरिएको छ । सो उपनिषदमा यो समस्त जगतलाई सबै ब्रम्ह हो भनेर प्रस्तुत गरिएको पाइन्छ ।
प्राचीन भारतमा दर्शनको वर्गीकरण आस्तिक र नास्तिकका रुपमा गरिएको पाइन्छ । त्यहाँ आस्तिक र नास्तिक बीचको भेदलाई ईश्वर मान्ने वा नमान्ने अर्थमा नभई वेदलाई मान्ने वा नमान्ने अर्थमा लिइएको थियो ।
वास्तविक अर्थमा दर्शनको वर्गीकरण दर्शनशास्त्रको मौलिक प्रश्नका आधारमा गर्न सकिन्छ । यसरी हेर्दा भारतीय दर्शनलाई तीन धारामा विभाजित गर्नु उपयुक्त हुन्छ, ती हुन्– भौतिकवाद, आदर्शवाद र मध्यवर्ती पक्ष वा तटस्थतावाद ।
प्राचीन भारतीय दर्शनको भौतिकवादी धाराको नाम चार्वाक, लोकायत वा वार्हस्यपत्य दर्शन हो । चारु वाक् अर्थात् मीठो बोलबाट चार्वाक र लोकमा व्याप्त भन्ने अर्थबाट लोकायत नाम रहेका हुन् ।
चार्वाक वा लोकायत मतबारे रामायण, महाभारत, उपनिषद, पुराणसहित जैन तथा बौद्ध दर्शन र कोटिल्यको अर्थशास्त्र समेतमा उल्लेख भएको पाइन्छ ।
प्राचीन भारतमा चार्वाक मत सहित भौतिकवादविरोधी धारा अद्वैत वेदान्त आदर्शवाद हो । या आदर्शवाद उपनिषदमा उल्लिखित वेदान्ती अद्वैतवादी परब्रह्मको सिद्धान्त तथा वादरायणको ब्रह्मवाद र महायानी मतमा आधारित बौद्ध दर्शनमा आधारित रहेको छ । वादरायण करिब १०० ई. देखि ३०० ई. सम्मका मानिन्छन् । यिनलाई वेदव्यास पनि भन्ने गरिएको छ । यिनले ब्रह्मलाई सृष्टिको आदि र अन्तिम तत्व मान्दछन् । यिनको विचारमा परब्रह्म विश्वको सृष्टिकर्ता हो ।
महायानी मतमा आधारित बौद्ध दर्शनका दुई शाखा छन् । ती हुन्– शून्यवाद र भोगाचार । बौद्ध नागार्जुन (१७५ ई.) माध्यमिक शुन्यवादका संस्थापक हुन् । यो मत अनुसार सबैलाई शून्य अर्थात् ‘सर्वम् शून्यम्’ मानिन्छ । यो मतका अनुसार वस्तुजगत दुवै मिथ्या हुन् ।
जैन दर्शनका प्रणेता महावीर स्वामी (५६९–४८५ ई.पू.) हुन् । उनी गौतम बुद्धभन्दा केही वर्ष अगाडिका हुन् यो मत धार्मिक रुपमा श्वेताम्बर र दिगम्बर गरी दुई शाखामा विभाजित भएको छ । यो मतमा उमास्वाती लगायतका अनेकौं चिन्तक रहेका छन् । जैन मतमा द्रव्यलाई जीव र अजीवका रुपमा विभाजित गरिएको । जीवलाई आत्मा भनिन्छ र यहाँ आत्माको पुनर्जन्म मानिएको छ ।

जैन मतको पद्धतिलाई स्याद्वात भनिन्छ । तदनुरुप कुनैपनि वस्तुलाई यो मतमा सायद हुन सक्तछ, सायद हुन सक्दैन, सायद हुनसक्छ र हुन सक्तैन पनि भनिन्छ । यसमा द्वन्द्ववादका केही अङ्कुरहरु पाइन्छन् । योग दर्शनका प्रणेता पतञ्जली (ई.पू. २००) हुन् । यिनलाई कैयौले सांख्य दार्शनिक कपिलकै आसपासका मान्ने गर्दछन् । यिनको दर्शन साख्य दर्शन जस्तै छ । फरक यत्ति हो कि यिनले सांख्य दर्शनमा बताइएका तत्वहरुमा ‘ईश्वर’ लाई थप गरोक थिए । त्यसैले यिनको दर्शनलाई सेश्वर सांख्य अर्थात् ईश्वर सहितको सांख्य पनि भनिन्छ । ममांसा दर्शनका प्रवर्तक जैमिनी (सम्भवतः ई.पू. २००) हुन् । उनले ईश्वर वा सृष्टिकर्ताको अस्तित्व मान्दैनन् । त्यसैले ती अनीश्वरवादी हुन् । वैशेषिक दर्शनका प्रणेता कणाद (सम्भवतः ई.पू. १००) हुन् ।
‘विशेष’ पदार्थको परिकल्पना गरेकोले यो दर्शनको नाम वैशेषिक रहन गएको हो । न्याय दर्शनका प्रणेता अक्षपाद गौतम (सम्भवतः ई. १००) हुन् । वैशेषिक र न्याय दुवै दर्शनलेमन वा चेतना भन्दा बाहिर पदार्थको स्वतन्त्र अस्तित्व स्वीकार गर्दछन् । यी दुवैले पृथ्वी, जल, तेज, र वायुका परमाणुलाई जगतका आधार मान्दछन् । पछिल्लो कालमा यी दुवै दर्शनले पदार्थ र ईश्वरका बीच समन्वय कायम गरेको पाइन्छ ।
बुद्धका उपदेशहरुको संकलन गरिएको ग्रन्थ “सुत्रपिटक” प्रमाणिक मान्ने मतलाई सौत्रान्तिक मत मानिन्छ । यो मतका संस्थापक तथा प्रवर्तक कुमारलब्ध हुन् । सौत्रान्तिक मतमा पदार्थ र चेतना दुवैको स्वतन्त्र अस्तित्व मानिन्छ । यसले चेतनालाई वस्तुको प्रतिलिपीका रुपमा ग्रहण गर्दछ । यो मतमा वस्तुको ज्ञान र अनुमान प्रमाणका आधारमा हुन्छ । ज्ञानसिद्धान्तको क्षेत्रमा यो दर्शनलाई बाह्यानुमेयवादी दर्शन भनिन्छ । उनी शून्यवादी दार्शनिक नागार्जुनका समकालीन मानिन्छन् । बुद्धका उपदेशहरुको संकलन “अभिधम्मपिटक” माथि गरिएको “विभाषा” भाष्यको नामबाट वैभाषिक मतको विकास भएको पाइन्छ । वैभाषिक मतमा प्रकृति र चेतना दुवैको स्वतन्त्र सत्ता स्वीकार गरिन्छ । वैभाषिक मत परमाणुवादी र बहुलवादी रहेको छ । वैभाषिक मतलाई बाह्य प्रत्यक्षवादी भनिन्छ । सौत्रान्तिक र वैभाषिक दुवै मत हीनयान सम्प्रदायसगँ सम्बन्धित छन् । शून्यवाद तथा योगाचार मतका विरुद्ध वस्तुको स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्ने हुनाले यी दुवै मतलाई सर्वास्तिवादी भनिन्छ ।
भारतीय दर्शनमा ज्ञानसिद्धान्तको क्षेत्रमा ज्ञानप्राप्तिका साधनका रुपमा प्रत्यक्ष, अनुमान, शब्द लगायतका प्रमाणहरुको व्यवस्था गरिएको छ । भौतिकवादी चार्वाक दर्शनमा प्रत्यक्ष प्रमाणलाई प्रमुखता दिइएको छ । सांख्य दर्शनमा प्रत्यक्ष, अनुमान र शब्दप्रमाणलाई मानिएको छ । मीमांसा र वेदान्त दर्शनमा शब्दप्रमाणलाई प्रधानता दिइएको छ । न्याय– वैशेषिकहरु प्रत्यक्ष, अनुमान, उपमान र शब्द चारथरि प्रमाण मान्दछन् । यिनले प्रत्यक्षलाई प्राथमिकता दिंदै अनुमानको महत्वमाथि विशेष जोड दिएका छन् र यस अर्थमा दर्शनलाई आन्वीक्षिकी पनि भनिएको थियो ।
प्राचीन भारतीय दर्शनमा पद्धतिको क्षेत्रमा द्वन्द्ववाद र अधिभूतवादका बीचमा तीव्र संघर्ष चल्दै आएको छ । बौद्ध तर्कशास्त्रीहरुको मान्यता क्षणभंगवादी, हेतुसमूहवादी रहेको छ । उनीहरुका दृष्टिमा कुनैपनि वस्तु एउटा मात्र हैन धेरै हेतु अर्थात् कारणबाट बन्दछ र वस्तुको विकास निरन्तरताको क्रममा नभै हरेक क्षमा त्यसप्रकारको क्रमभंग गरेर नै हुन सक्छ । सांख्य दर्शन परिणामवादी छ, त्यसका दृष्टिमा यो सम्पूर्ण जगत प्रकृतिकै परिणाम हो, जसरी दूधको परिणाम दही हो, त्यसरी नै प्रकृतिको परिणाम संसार हो । न्याय वैशेषिकको तर्कशास्त्रमा वाद–विवादको पद्धति र तार्किक प्रवर्गहरुको रामा्र े विकास भएको पाइन्छ ।
त्यतिबेला भारतीय उपमहाद्वीपको दार्शनिक परम्परामा भौतिकवादले उल्लेखनीय भूमिका खेलेको छ । चार्वाक, लोकायत, बहृ स्पति मात्र होइन उपनिषदका दार्शनिक उद्दालक पनि भौतिकवादी रहेका छन् । साथै, प्रारम्भिक सांख्य दर्शन पनि भौतिकवादी नै रहेको छ । भौतिकवादको विकासमा ब्राह्मणवादी आदर्शवादी दर्शन प्रमुख अवरोधक बन्न गएको छ ।
अतः प्राचीन हिमाली उपमहाद्वीपमा गणित तथा आयुर्विज्ञान (ई.पू.), ज्योतिषशास्त्र आदि प्रकृतिविज्ञान क्षेत्रमा राम्रो प्रगति हुन थालेको पाइन्छ ।
प्राचीन भारतमा नीतिशास्त्र, सौन्दर्य चिन्तन लगायत सामाजिक विज्ञान र प्रकृति विज्ञान दुवैका शाखाहरु सँगसँगै विकसित हुन खोजेको देखिन्छ । तर यी सबैको केन्द्रविन्दु धर्म र मोक्ष नै बन्न गएको स्थितिमा प्रकृतिविज्ञानको प्रगतिमा गम्भीर व्यवधान पैदा हुन गएको पाइन्छ ।
चीनको दर्शन
प्राचीन चीनमा दर्शनको थालनी ई.पू. १००० बाट भएको मानिन्छ । ई.पू. प्रथम शताश्दीमा रचित शिह ची (ऐतिहासिक अभिलेख) अनुसार त्यो बेलासम्ममा यिन–याङ्गग, च्व, मो, यिङ्ग र ताओ–दे नामका छ दार्शनिक सम्प्रदाय रहेको पाइन्छ । तर त्यहाँ प्राचीन कालमा व्यवस्थित रुपमा ताओवाद, कन्फुसियसवाद र पछि बौद्ध दर्शन नै अस्तित्वशील रहेका देखिन्छन् । ताओवादका मुख्य प्रवर्तक लाओ त्से (छैटौं–पाँचौ शताब्दी ई.पू.) र त्यसपछि यांग चु जस्ता दार्शनिक रहेका छन् ।
चीनी ताओवादी दार्शनिक लाओ त्सेले मानिसलाई प्रकृतिको उपज बताएका थिए । उनले भनेका थिए– “सबैभन्दा पहिलो धर्ती र स्वर्ग अस्तित्जमा थिए त्यसपछि धर्तीमा अनेकौं चिजहरु पैदा भए अनि लोग्ने मानिस र स्वास्नी मानिस देखा परे, त्यसपछि युग्म परिवार पैदा भए ।”
कन्फुसियसवादको प्रवर्तन कन्फुसियसबाट भयो । चीनमा कन्फुसियसलाई च्व अर्थात् विद्वान भनिन्थ्यो । कन्फुसियस (५५१–४७९ ई.पू.) को दर्शन दास– स्वामी समाजको मान्यतामा आधारित छ । उनले तत्वमीमांसा भन्दा आचारमीमांसामा जोड दिएका छन् । उनका विचारलाई लुन यु (कन्फुसियसका सूक्तिहरु) मा पनि संग्रहित गरिएको छ । उनले स्वर्ग र शुभलाई परमसत्ता मान्दछन् । उनको दर्शनमा ताओ आध्यात्मिक नीतिशास्त्रको मार्ग बन्दछ । उनी उच्च वर्गीय नैतिकताका पोषक हुन् । उनले स्वर्गको आदेशलाई विशेष महत्व दिन्छन् ।
कन्फुसियसले मानवसम्बन्धबारे नीतिशास्त्रको कुरा त खुबै गरे, तर उनी सामाजिक सम्बन्धको रुपान्तरणको समय थियो । त्यो बेला उनले सामन्तवादका विरुद्ध दासस्वामी व्यवस्थाको समर्थन र परिवर्तनको पूरै विरोध गरी पुरातनतर्फ फर्कने कुरामा जोड दिए । कन्फुसियसका एक प्रमुख शिष्य मेन्सेसिस (३७४–२४७ ई.पू.) हुन् । चीनमा ताओवाद र कन्फुसियसवादका बीच संघर्ष चलेको पाइन्छ । कन्फुसियसवाद चीनको आदर्शवादी तथा अधिभूतवादी विश्वदृष्टिकोण हो ।
चीनमा बौद्ध मतको प्रचार प्रसार ई.पू. को पहिलो शताब्दीबाट भएको थियो । पाँचौदेखि दशौं शताब्दीसम्म बौद्धमत चीनी दर्शनको एक प्रमुख धारा बनेको थियो । चीनमा बौद्धमत महायानको वोधिसत्वको मान्यतासगँ सम्बन्धित छ । चीनमा बौद्ध दर्शन विभिन्न सम्प्रदायहरुमा विभाजित रहेको पाइन्छ । सामन्तवादको विकासप्रक्रियासँगै चीनी ताओवाद अर्थात् सहज भौतिकवादले मूलतः कन्फुसियसवाद र बौद्ध दर्शन सहितका आदर्शवादी तथा अधिभूतवादी धाराबाट विस्थापित हुनुपरेको थियो ।
सामन्तवादी समाजको दर्शन
सामन्तवादी समाजको दर्शनलाई मध्ययुगको दर्शन पनि भनिन्छ । यसको प्रारम्भ पश्चिममा रोमन सामा्र ज्यको पतन र भारतीय उपमहाद्वीपमा गुप्त साम्राज्यको थालनीदेखि हुन्छ । यो युगको दर्शनलाई धर्म दर्शन पनि भन्ने गरिन्छ । खासगरी मान्छेको आपूm र प्रकृतिको धारणा नै धर्म हो । धर्मको उत्पत्ति आदि कालम भएको थियो र विस्तारै यसले विचारधाराकै रुप लिन पुग्यो । पहिले यसको अस्तित्व स्थानीय रुपमा थियो, पछि त्यो व्यापक बन्दै गयो र त्यसले एकेश्वरवादको रुप लियो । मध्ययुगमा दर्शनले धर्मको रुप लियो र एकेश्वरवादको प्रबल हैकम जमाएको थियो । सामन्तवादी युगमा धर्मको हैकम चलेको पाइन्छ ।
(क) युरोपको दर्शन
पाँचौ शताब्दीमा रोमन साम्राज्यको पतनपछि युरोपमा सामन्तवादको थालनी भएको पाइन्छ । युरोपीय सामन्तीवादी युगको दर्शन मूलतः ईसाई धर्मसँग सम्बन्धित दर्शन हो । ईसाई धर्मका संस्थापक ईसामसिह हुन् । यस धर्मको मूल धर्मग्रन्थ बाइबल हो । पश्चिममा मध्ययुगको दर्शनमा मूलतः तीन प्रवृत्ति थिए, ती हुन् – सामान्यवाद, नामवाद र समन्वयवाद ।
सामान्यवाद प्लेटोको परमसामान्य अर्थात् परमचेतना र ईसाई धर्मको ईश्वरलाई मिलाई बनेको सिद्धान्त थियो । यसले सामान्यको मात्र सत्ता मान्दथ्यो र विशेषको विरोध गर्दथ्यो । नामवाद युवानी दर्शनको विशेष वा पदार्थलाई परमसत्ता मान्ने भौतिकवादमा आधारित थियो । समन्वयवाद– यी दुवैको समन्वय गर्ने मान्यताको पक्षधर जे.एस. एरिजना (८१०–८८०) र क्यान्टेनबरीका सन्त एन्सेल्म (१०५५–११०९) थिए । उनीहरुले ईसाई धर्मको त्रिपुटी– पिता, पुत्र र जीव सम्बन्धी मान्यतालाई व्यवस्थित रुप दिए । त्रिपुटीमा पिता भनेको परमेश्वर, पुत्र भनेको ईसा मसिह र जीव भनेको जीवात्माहरु पर्दछन् । यो मान्यताले सामन्तवादको सोपान क्रमलाई दार्शनिक पुष्टि गर्दछ । एरिजेनाले नामवादलाई जडवाद बताई सामान्यवादको पक्षपोषण गरे र त्यसै परम सामान्यको सत्ता स्वीकारे । एन्सेल्मले यी कुरा स्वीकार्दै तर्कको आधारमा परमेश्वरको सत्ता सिद्ध गरे । यी दुवैले संसार परमेश्वरले सृष्टि गरेको हो, परमेश्वर र जीवात्माहरुका बीचमा ईसा मसिह छन् । चर्चको भक्तिभाव गरे मात्र मानिस मुक्त हुन सक्छ भन्ने कुराको पुष्टि गर्ने काम गरेका थिए ।
नामवादका पक्षधर दार्शनिकहरुमा फ्र ान्सका रोस्सेलिन (१०५०–११२२), स्काटल्याण्डका डांस स्कट (१२६५–१३०) र इङ्गल्याण्डका विलियम ओखम (१२२५–१४४९) हुन् । यी सबैले सामान्यको अवधारणालाई कल्पनामात्र हो भनेर विरोध गरे र नामवादको पक्ष लिए । युरोपको मध्ययुगीन दर्शनमा नामवाद नै माक्र्सका शब्दमा त्यो बेलाको भौतिकवादको प्रथम रुप थियो ।
(ख) अरबी दर्शन
अरबी दर्शनको इस्लाम धर्मसँग सम्बन्ध रहेको छ । अरब देशहरुमा सातौं शताब्दिमा इल्लामी धर्मको प्रादुर्भाव भएको हो । यो एङ्गेल्सका अनुसार एकातिर व्यापार तथा उद्योगमा लागेका नगरबासीहरु र अर्कोतिर घुमन्तु बुद्धु जनजातिहरुको प्रयासमा आधारित थियो इस्लाम धर्मका संस्थापम पैगम्बर मुहम्मद (ई. ५७०) हुन् र यो धर्म एकेश्वरवादमा आधारित छ । यो धर्ममा अल्लाह अर्थात् ईश्वरलाई न्यायदाता, संरक्षक, सर्वशक्तिमान, ज्ञानमय र पूज्य मानिन्छ । इस्लामको अर्थ हो– अल्लाहप्रति आत्मसमर्पण । यस धर्ममा अनगिन्ती शाखा– उपशाखाहरु छन,् जसमा शुन्नी, शिया र सुफी सम्प्रदाय प्रमुख रहेका छन् । इस्लामको पहिलो धर्मग्रन्थ ‘कुरान’ र त्यसपछिको ‘शुन्ना’ हो । शुन्नीहरु यी दुवैलाई मान्दछन् तर पछि फाटेका शियाले शुन्नालाई धर्मग्रन्थका रुपमा मान्दैनन् । सुफी सम्पद्र ाय पहिलो चरणमा सर्वेश्वरवादी र पछि रहस्यवादी बन्दै आएको छ । इस्लाम धर्मको प्रसारण टाढा–टाढासम्म भयो र हिमाली उपमहाद्वीपमा पनि यो इस्लामी शासनसत्ताको स्थापनासँगै पूरै फैलिएको छ ।
(ग) भारतीय दर्शन
भारतमा सामन्तवादी दर्शनको विकास गुप्त राजवंशको उदय (३२० ई.) पछि भएको पाइन्छ । यो बेलाको भारतीय सामन्तवादी दर्शनको विकास र उत्कर्षको प्रक्रियामा न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदान्त दर्शनका साथै बौद्ध दर्शनका वैभाषिक, सौत्रान्तिक, माध्यमिक र योगाचारवादी धाराहरु समेत क्रियाशील रहेका पाइन्छन् । यी सबै दर्शनमा अद्वैतवादी वेदान्त दर्शन प्रभावी र शक्तिशाली रहेको देखिन्छ । अद्वैत वेदान्त दर्शन यस्तो दर्शन हो जसमा धर्म र दर्शनका बीच समुचित सामञ्जस्य पाइन्छ । ठीक त्यसैले सामन्तवादी भारतीय दर्शनमा अद्वैत वेदान्तको हैकम जम्न पुगेको थियो ।
सामन्तवादी भारतीय दर्शन वेद, उपनिषद र धर्मशास्त्रमा आधारित दर्शन हो । यद्यपि यसलाई पछि आएर हिन्दु धर्मको नाम पनि दिइयो, तर प्राचीन र मध्यकालको अन्त्यसम्म पनि हिन्दु धर्मको विशेष उल्लेख पाइन्न । भारतमा ब्राह्मणवादी वा धर्मदर्शनको थालनी र विकासप्रक्रिया तीन चरणमा सम्पन्न भएको पाइन्छ । प्रारम्भमा यो उपनिषद, पुराण र स्मृति शास्त्रको सामान्य स्थापनाका रुपमा शुरु भयो र यसले वर्णाश्रम धर्म, जातपात, एकेश्वरवादको मान्यता अंगाल्दै अगाडि बढय् ो । दोस्रो चरणमा यो विस्तृ र व्यापक बन्दै गयो । बौद्ध धर्ममा महायान र बज्रयान सम्प्रदाय, हिन्दुधर्ममा शैव, वैष्णव र शाक्त सम्पद्र ायको विकासलाई यसरी नै लिनुपर्दछ । तेस्रो चरणमा गौडपाद (करिब सातौं शताब्दीको अन्त्य) तथा शंकराचार्य (ई. आठौं शताब्दिको आसपास) को अद्वैतवाद, रामानुज (ई. एघारौं शताब्दिको मध्य) को विशिष्टाद्वैतवाद, निम्र्वाक (एघारौं शताब्दी) को द्वैताद्वैतवाद र माध्व (तेह्रौं शताब्दीको आरम्भ) को छत्रछायाँमा ब्राह्मणवादी धार्मिक सम्प्रदायहरुको विकास चरम रुपमा हुँदै गयो ।
भारतीय आदर्शवादी दर्शनको इतिहासमा शंकराचार्यको अद्वैतवादको विशेष भूमिका रहेको छ । उनले हिन्दु धर्मलाई स्थापित तुल्याउने काममा विशेष भूमिका खेलेका थिए । उनले मैसुरमा श्रगृ ेरी मठ, उडिसामा पुरी मठ, काठियावादमा द्वारका मठ र पश्चिम हिमाली क्षेत्रमा बद्रीनाथ मठको स्थापना गरे । उनले दार्शनिक क्षेत्रमा ‘उपनिषद’, ‘भागवत गीता’ र वादरायणको ‘ब्रह्मसुत्र’ माथि भाष्य लेखे । शंकराचार्यद्वारा विकसित अद्वैत वेदान्त दर्शनको मूल निष्कर्ष भनेको बह््र
म सत्य र जगत मिथ्या हो, जीव नै बह््म हो अर्को होइन– ब्रह्म सत्यम जगत् मिथ्या, शंकराचार्यको मूल सिद्धान्त भनेको मायावाद हो । गुप्तकालपछि शंकराचार्यको समयसम्म न्याय दर्शन र बौद्ध दर्शनको तर्कशास्त्र सशक्तरुपमा विकसित भए । न्याय दर्शन तर्कशास्त्र भएपनि वेद र ईश्वरप्रति त्यसको सकारात्मक दृष्टिकोण नै रह्यो । तर बौद्ध तर्कशास्त्रले भने मूढवाद वा अन्धविश्वासका विरुद्ध सशक्त आवाज उठायो ।
भारतीय दर्शनको समग्र इतिहास आदर्शवाद र भौतिकवादका बीचको द्वन्द्वमा आधारित रहेको छ । भारतीय दर्शनको इतिहासमा सामन्तवादको उत्तरकालीन अवस्थामा इस्लाम धर्म र अरबी दर्शनको प्रभाव फैलंदै गयो । स्लाम धर्म र अरबी दर्शनबाट भारतीय हिन्दु धर्ममाथि गम्भीर पह्र काम भएको थियो ।
र गर्ने मध्ययुगमा दर्शन सामन्तवाद, निरंकुश राजतन्त्र, एकेश्वरवाद, भाग्यवाद, पुनः जन्म, स्वर्ग–नर्क जस्ता कुराको औचित्यसिद्ध गर्ने साधन बन्यो । तर पनि बीच बीचमा र मुख्यतः यस युगको अन्त्यतिर विकसित हुँदै गएका तमाम धार्मिक आन्दोलनहरुले सामन्तवाद तथा ब्राह्मणवाद विरोधी संघर्षमा सक्दो भूमिका खेले । यस सन्दर्भमा विभिन्न भक्तिवादी धारा र सुफी मत विशेष उल्लेखनीय रहेका छन् ।
(घ) नेपाली दर्शन
नेपालमा सामन्तवादको थालनी लिच्छविकालका राजा मानदेवको राज्यरोहण (वि.स. ५२२) काल यता भएको हो । लिच्छवी काल दार्शनिक अध्ययन र परिचर्चाका दृष्टिले उर्वर नै रहेको थियो । त्यो वेला वेदाङ्गको अध्ययन गर्ने तैत्तिरीय शाखा गोष्ठीहरुमात्र थिएनन,् धर्म र दर्शनको अध्यापन गर्ने अन्य गोष्ठीहरु पनि थिए । त्यो वेला वौद्व दर्शनका वैभाषिक, सौत्रान्तिक, माध्यमिक र योगाचार चारवटै शाखाको अध्ययन हुने गर्दथ्यो बौद्विकविहारहरुमा । त्यो वेला दार्शनिक फाँटमा आस्तिक र नास्तिक वीच वेदान्त र वौद्व दर्शका वीच तीव्र अन्तर्विरोध रहेको थियो । अतःलिच्छिविकालमा नेपालमा वेदान्त दर्शन र वौद्व दर्शन अथवा भनौ आस्तिक र नास्तिक दर्शनका वीचको संघर्ष विशेष ध्यान दिन योग्य छ ।
नेपालमा बहुदेवतावाद र एकेश्वरवाद प्रभावी रहिआएका छन् । यहाँ बोन, शाक्त, वैदिक, बौद्व, शैव, वैष्णव, गाणपत, सौर लगायतका धर्म र तिनका दार्शनिक मान्यता विविध रुपमा क्रियाशिल रहिआएको पाइन्छ । साथै, ब्राह्मणवादमा आधारित हिन्दुधर्मद्वारा जनसमुदायमाथि हुँदै आएको उत्पीडनकारी भूमिकाको विरोध गर्ने काममा उल्लेखनीय विकास भएको छ ।
(ङ) चीनमा बौद्ध–कन्प्mयुसियस–ताओवादी दर्शन यो दर्शन बौद्ध, कन्प्mयुसियस र ताओ धर्मको समन्वयमा आधारित रहेको छ । चीनमा यस पक्र ारको दर्शनको विकास कन्प्mयुसियसवाद तथा बौद्ध धर्मको विस्तारसँगै एघारौ शदीको त्यो अवधिबाट भएको थियो । जसलेकन्प्mयुसियसवादको पुनरुत्थान गरिएको थियो । चाँग त्साई (१०२०–१०५५) नव कन्प्mयुसियसवादका प्रवर्तक मानिन्छन् । नव कन्प्mयुसियसवादका मुल विशेषता हुन– सत्यत्वप्राप्ती, आदर्श राजा, स्वर्ग र धर्ती बीच समन्वय । यसले बौद्ध दर्शनको पारलौकिक निर्वाण तथा अमूर्त मानसिक परिशुद्विको विरोध गर्दछ र ताओवादका भौतिकवाद सम्बन्धी केही कुरालाई पनि मान्दछ । नव–कन्प्mयुसियसवादले ली (अमूर्त आदर्श, शाश्वत शुभ वा चेतना) लाई प्रथमिक र छी (पदार्थ र गति) लाई द्वितीय स्थानमा राख्दै दुवैको समन्वय गर्दछ । समग्रमा भन्नुपर्दा मध्ययुगीन चीनमा बौद्व दर्शन र कन्प्mयुसियस–नवकन्प्mयुसियसवाद प्रभावी रहेको पाइन्छ ।
मध्ययुगमा पुर्वजन्म, भाग्य, दैव, कर्म, स्वर्ग–नर्क, पाप–पुण्य जस्ता कुरालाई अत्यन्तै बढाएर चढाएर पेश गरिएको थियो । मानवीय आचारशास्त्रलाई दैवी रुप दिइएको थियो । स्वर्गमा परमेश्वर र धर्तीमा राजा–चर्च पुरोहितलाई मान्नु र तिनको सेवा गर्नु नै धार्मिक दर्शनको प्रमुख लक्ष्य बनाइएको थियो । मान्छेको स्वतन्त्रता र भौतिक मुक्तिको प्रश्नलाई कुनैपनि स्थान दिइएन । उत्पीडित जनसमुदायमा धार्मिक नियतिवादको कडा विष पिलाइएको थियो । मध्ययुगमा हिमाली उपमहाद्वीपको दर्शनमा तन्त्रवादको प्रभाव रहेको थियो । तन्त्रवाद एकातिर जाति–जनजातिका स्थानीय र परम्परागत मूल्य मान्यतामा आधारित रहेको छ भने अर्कोतिर त्यो आदर्शवादको अतिवादी आचारसंहिता र मूल्य मान्यताका विरुद्ध समेत परिलक्षित रहेको छ । भारत, चीन र नेपालमा यो तन्त्रवाद निकै विकसित र साथै विकृत रुपमा प्रस्तुत भएको पाइन्छ ।
यो समग्र सन्दर्भमा ध्यान दिन योग्य कुरा के छ भने यो युगमा धर्मका विरुद्धको संघर्ष पनि र साथै उत्पीडनका विरुद्धको आवाज पनि धर्मकै नाममा मुखरित भयो । तमाम् प्राकृतिक धर्म, जनजातिहरुका वैचारिक मान्यता र धार्मिक आन्दोलनहरुलाई हामीले यसै अर्थमा बुझ्नु पर्दछ । मध्ययुगमा भौतिकवादका बीजाणुहरु यहींनेरै सन्निहित रहेका थिए ।
युरोपमा करिब पन्ध्रौं शताब्दीबाट पुनर्जागरणको प्रक्रिया अघि बढेको पाइन्छ तर एसियामा त्यसो हुँदैन । चीन र भारतीय उपमहाद्वीपको पुनर्जागरण पश्चिममा पुँजीवादले साम्राज्यवादको रुप लिइसकेको स्थितिमा, सामन्ती र अद्र्धऔपनिवेशिक अवस्थाका बीचबाट केही शताब्दी पछि मात्रै हुन गएको थियो ।
चीनमा प्रारम्भदेखि नै विज्ञान र प्रविधिको क्षेत्रमा महत्वपूर्ण प्रगति हुँदै आएको पाइन्छ चीनमा ई.पू. २०६ देखि नै कागज बनाउने काम हुँदै आएको पाइन्छ र एघारौं शताब्दीसम्म आउँदा छपाईको काम पनि व्यवस्थित रुपमा अगाडि बढन् थालेको देखिन्छ । त्यहाँ पहिले देखि नै बारुदको आविष्कार गरिए पनि तेह्रौ शताब्दिदेखि बासँ को नलीमा त्यसको प्रयोग गर्ने र चौधौ शताब्दीसम्म आउँदा धातुको नलीमा तोपका रुपमा ढुंगा र फलामको गोला हालेर पडक् ाउने काम भएको पाइन्छ । साथै चीनमा चुम्बक र कम्पासको पनि आविष्कार भएको थियो । एघारा शताब्दिमा चीनका नाभिकहरुले कम्पास अर्थात् दिग्सुचक यन्त्र पय्र ल्याएका थिए भन्ने इतिहास छ ।
पुँजीवादी समाजमा दर्शन योगमा नयाँ उत्पादक शक्तिको सशक्त विकास, शहरीया मध्यम वर्गको उदय, सामन्तवादी राज्यसत्ता एवम् धार्मिक सत्ताबीच चर्को अन्तर्विरोध, सामन्तवादका विरुद्ध जनसमुदायको तीव्र आक्रोश, ज्ञान विज्ञानको क्षेत्रमा नयाँ पग्र त, आदिका बीचबाट युरोपमा पुनर्जागरण कालको जन्म भएको थियो ।
यो पक्रियामा कोपरनिकस (१४७४–१५४३) द्वारा प्रस्तुत सूर्यलाई पृथ्वीको केन्द्र मान्दै पृथ्वीलाई गोल बताई त्यो सूर्यलाई केन्द्र मानेर घुम्दछ भन्ने परिकल्पना प्रस्तुत हुनु र त्यसलाई ग्यालिलियो (१५६४–१६४२) द्वारा पुष्टि गरिनु, बारुदको खोज, छापाका मशीनको ज्ञान तथा कम्पासको आविष्कार हुनु, कोलम्बसद्वारा १४९२ मा अमेरिका तथा वास्को द गामाद्वारा १४९८ मा भारतीय मार्गको खोज गरिनु, सामन्तवादका विरुद्ध युरोपका विभिन्न देशमा विविध प्रकारका सांस्कृि तक आन्दोलन सम्पन्न हुनु लगायतका परिघटना विशेष महत्वपूर्ण रहे । यसै प्रक्रियामा कैयौं दार्शनिकहरुद्वारा धर्ममाथि प्रहार गर्ने र तार्किक चिन्तनमाथि जोड दिने काम पनि सम्पन्न हुँदै गए । यी सबै कुराबाट भौतिकवादी दर्शनको विकासका लागि आवश्यक पूर्वाधार तयार हुँदै गएको थियो ।
पुँजीवादी समाजमा विकसित दर्शनलाई दुई भागमा विकसित गर्न सकिन्छ । पुँजीवादी दर्शन र सर्वहारावादी दर्शन । सर्वहारावादी दर्शन भनेको माक्र्सवादी दर्शन हो । माक्र्सवादी दर्शनका प्रतिपादकमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स हुनुहुन्छ ।
पुँजीवादी दर्शन
पुँजीवादी युगको दर्शन आदर्शवाद र भौतिकवाद, अधिभूतवाद र द्वन्द्ववाद, अधिभूतवाद भौतिकवाद र आदर्शवादी द्वन्द्ववादका बीचको संघर्षको प्रक्रियाबाट विकसित हुँदै आएको छ । पुँजीवादी युगको मुख्य दार्शनिक प्रवृत्ति यान्त्रिक भौतिकवाद हो । अर्कोतिर, प्रकृतिविज्ञानको क्षेत्रमा यसै अवधिमा लगातार प्रगति हुँदै गएको पाइन्छ । काण्टको निहारिका सिद्धान्तले खगोल विज्ञानमा मात्र होइन, ज्ञान विज्ञानका समस्त हाँगाहरुमा राम्रोसँग सोच्नका लागि नयाँ आधार प्रस्तुत गर्दछ । यस अतिरिक्त ऊर्जाको संरक्षण तथा रुपान्तरणको सिद्धान्त, कोशिकाको खोज र डार्विनको विकासवादले–दर्शनबारे नयाँ ढंगले सोच्नका लागि घच्घच्याइरहेका हुन्छन् । तर यी कुरातर्फ पनि पुँजीवादी दार्शनिकहरुको कुनै खास ध्यान गएको पाइन्न । ठीक यसै पृष्ठभूमिमा माक्र्सवादको जन्म भएको थियो ।
माक्र्सवादको जन्म हुनुभन्दा ठीक अघि वा सँगसगँ ै रुसमा क्रान्तिकारी जनवादीहरुले भौतिकवाद र द्वन्द्ववादको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस सन्दर्भमा बेलिन्स्की (१८११–१८४८), हर्जेन (१८९२–१८७०), चेर्निशेव्स्की (१८२२–१८८९), दोब्रोल्यूबोब (१८३६–१८६१) उल्लेखनीय रहेका छन् । बेलिन्स्की भौतिकवादको सन्निकट रहेका थिए । हर्जेनमा भौतिकवाद र द्वन्द्ववाद परिष्कृत बन्दै गएको पाइन्छ । हर्जेनले द्वन्द्ववादलाई क्रान्तिको बीचगणित बताएका थिए । चेर्निशेव्स्कीमा आउँदा भौतिकवाद निकै प्रखर बनेको थियो । उनले सौन्दर्य चिन्तनको क्षेत्रमा आदर्शवादमाथि भीषण प्रहार गरेका थिए । साथै, उनले अज्ञेयवादको पनि विरोध गरेका थिए । दोब्रोल्यूबोबले द्वैतवाद र अज्ञेयवादको विरोध गर्दै भौतिकवादलाई विकसित तुल्याउने पय्र ास गरेका थिए । तर यति भएर पनि यी यान्त्रिक भौतिकवादको सीमाभन्दा माथि उठ्न भने सकेका थिएनन् ।
माक्र्सवादी दर्शन
कार्लमाक्र्स र फ्रेडरिक एंगेल्स माक्र्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । पुँजीवादी समाजमा पुँजीपति र सर्वहारा वर्ग बीचको वर्गसंघर्षको अवस्था, प्रकृति विज्ञानका नयाँ खोजहरु र जर्मन शास्त्रीय दर्शन, इङ्गलैण्डको राजनीतिक अर्थशास्त्रको र फ्रान्सको समाजवाद माक्र्सवादको जन्मका भौतिक तथा सैद्धान्तिक आधार बन्न पुग्छन् ।
पुँजीवादी दर्शनमा काण्टदेखि लिएर हेगेल एवम् फायरवाखसम्म आउँदा दर्शनमा जुन समस्या पैदा भएका थिए, माक्र्स–एंगेल्सले तिनको समाधान गर्नुभयो । माक्र्सवादी दर्शनको नाम द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद हो । माक्र्सवाद सर्वहारा वर्गको समग्र विचारधारा हो । दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीन तत्व मिलेर माक्र्सवाद बन्दछ ।
वर्गसंघर्ष, इतिहासमा बल पय्र ोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व, साम्यवाद– यी माक्र्सवादको इतिहासमीमांसाका मूल विषय हुन् ।
दर्शनलाई विज्ञानको एउटा विशिष्ट विज्ञानको अर्थमा विश्वदृष्टिकोणका रुपमा परिभाषित गर्नु, दर्शनशास्त्रको वैज्ञानिक अध्ययनका लागि मौलिक प्रश्नको समस्या सही ढंगले हल गर्नु, द्वन्द्ववाद र भौतिकवादलाई एकै ठाउँमा मिलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु, समाजवादको विचारधारालाई केन्द्रविन्दुमा राखी भौतिकवादको सिद्धान्त र द्वन्द्ववादको पद्धति अवलम्बन गरी नयाँ दार्शनिक प्रणालीको निर्माण गर्नु माक्र्सवादी दर्शनका मूलभूत विशेषताहरु रहन गएका छन् ।
माक्र्स–एंगेल्सको समकालीन सन्दर्भमा र त्यसयता दर्शनमा निकै विकास हुँदै आएको छ । यो अवधि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको अवधि हो । यस अवधिमा दर्शनको विकासका मूलतः तीन धारा रहेका छन् । ती हुन्– साम्राज्यवादी युगको पुँजीवादी दर्शन, संशोधनवादी दर्शन र माक्र्सवादी–लेनिनवादी–माओवादी दर्शन ।