बृहत बाम एकताका न्युनतम सर्तहरु

२०८१ भाद्र ११ गते, मंगलवार

डा. केशव देवकोटा

नेपालमा बृहत् बाम एकता सधै एक आकर्षक नारा हुनेगरेको छ । यस्तै नारादिँदै कतिपयले कम्युनिष्ट पार्टीको आवरणमा कम्युनिष्टहरुलाई नै सखाव बनाउने खेल पनि खेलिरहेका छन् । कतिपयको प्रयास नेपाललाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा अस्तब्यस्त बनाउँदै बिघटनमा पु¥याउने र दोेश्रो सिक्किम बनाउनेमा पनि केन्द्रित रहेको देखिन्छ । यस्तो अवस्थामा को के भन्छ होइन के गर्छभन्ने आधारमा मूल्यांकन हुनु आवश्यक छ । कम्युनिष्टहरु देशभक्त हुन्छन्भन्ने मान्यता रहँदै आएको थियो । तर पछिल्लो समयमा आमरुपमा नेपालमा त्यो अवस्था रहेन । कम्युनिष्ट नामधारी कतिपय समूहहरुले ‘विदेशी पहिलो’ भन्ने नीति अवलम्बन गरेको देखियो । तर कम्युनिष्टहरु देशभक्त हुनैपर्छ भन्ने मान्यता भने हालसम्म पनि कायमनै छ । हुनुपर्ने पनि त्यही नै हो । त्यसैले आजको अवस्थामा बृहत् बाम एकताका लागि निम्न शर्तहरु अगाडि सारिनु आवश्यक देखिन्छ ः

जनयुद्धका मागमा दृढता ः तत्कालीन नेकपा(माओवादी) ले ४० सूत्रीय माग अगाडि सारेर जनयुद्ध गरेको थियो । भलै जनयुद्धका नेतृत्वकर्ताहरु चारपटक सरकारमा पुग्दा पनि ति मागहरु पूरा गरिएनन् । हाल आएर उक्त मागको नामसमेत लिन छाडिएको छ । तर ति मागको सान्दर्भिकता आज पनि छ । पछिल्लो समयमा बाम एकताको नारा दिने तर ब्यवहारमा नेपालको बाम आन्दोलनलाई छिन्न भिन्न बनाउन लागि परेकाहरुले ति मागलाई एकपल्ट दोहो¥याएर पढुन । उक्त मागहरु पूरा गर्न–गराउनकै लागि नेपालमा बृहत् बाम एकताको आवश्यकता रहेको छ । उक्त मागहरुमा सन् १९५० को नेपाल–भारत सन्धिसहित सबै भेदभावपूर्ण सन्धिहरु खारेज गरिनुपर्छ । विनासकारी टनकपुर सन्धिलाई लुकाउन र नेपालको जलश्रोतमा भारतीय साम्राज्यवादी एकाधिकारलाई अनुमति दिनेभएकाले एकीकृत महाकाली सन्धिलाई तत्काल खारेज गर्नुपर्छ । नेपाल र भारतबीचको खुला सीमानालाई नियमन, नियन्त्रण र व्यवस्थित गरिनुपर्छ । भारतीय लाइसेन्स प्लेटभएका सबै सवारी साधनलाई नेपालबाट निषेध गर्नुपर्छ । गोर्खा भर्तीकेन्द्र बन्द गरिनुपर्छ । नेपाली नागरिकलाई स्वदेशमै सम्मानजनक रोजगारी दिनुपर्छ । विभिन्न क्षेत्रमा नेपाली कामदारलाई प्राथमिकता दिनुपर्छ । स्वदेशमा विदेशी कामदार आवश्यक परेमा ‘वर्क परमिट’ प्रणाली कड्याइकासाथ लागू गरिनुपर्छ । नेपाली उद्योग, व्यवसाय र वित्तमा विदेशी पूँजीको आधिपत्य रोक्नुपर्छ । साम्राज्यवादी र औपनिवेशिक संस्कृतिको आक्रमणलाई प्रतिबन्ध लगाउनुपर्छ । अश्लिल हिन्दी चलचित्र, भिडियो र पत्रिकालाई तुरुन्त प्रतिबन्ध लगाउनुपर्छ । गैरसरकारी संस्था र आईएनजीओको नाममा औपनिवेशिक र साम्राज्यवादी तत्वहरुको आक्रमण बन्द गर्नुपर्छ । सबै भूmटा मुद्धाहरु तुरुन्त फिर्ता लिनुपर्छ । राज्य प्रायोजित आतंक तुरुन्त बन्द गर्नुपर्छ । सरकारी सञ्चारमाध्यम पूर्ण स्वायत्त हुनुपर्छ । बिचौलिया र दलाल पूँजीपतिहरुको सम्पत्ति जफतगरी राष्ट्रियकरण गर्नुपर्छ । सबैका लागि रोजगारीको ग्यारेन्टी हुनुपर्छ । रोजगारीको व्यवस्था नहुन्जेल बेरोजगार भत्ता दिनुपर्छ । घरबार विहीनहरुको पुनस्र्थापना हुनुपर्छ । गरिब किसानहरुलाई ऋण चुक्ताबाट छुट दिनुपर्छ । साना किसानले कृषि विकास बैंकबाट लिएको ऋण मिनाहा गर्नुपर्छ । साना किसानका लागि ऋण उपलब्ध गराउन उपयुक्त व्यवस्था गरिनुपर्छ । मल र बीउ सजिलै र सस्तो दरमा उपलब्ध हुनुपर्छ । कृषकहरुलाई उनीहरुको उत्पादनको उचित मूल्य र बजार उपलब्ध गराउनु पर्दछ । निःशुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षा सबैका लागि उपलब्ध हुनुपर्छ । शिक्षाको व्यावसायीकरण बन्द गर्नुपर्छ । सबै गाउँलेहरुलाई खानेपानी, सडक र बिजुली उपलब्ध गराउनुपर्छ । भ्रष्टाचार, तस्करी, कालोबजारी, घुसखोरी, बिचौलियाको प्रचलन आदिको अन्त्य गरिनुपर्छ लगायत रहेका छन् । जसमा नेपालमा बढ्दैगएको विदेशी हस्तक्षेपको बन्द गर्ने र विभिन्न आवरणमा साम्राज्यवादीहरुका लागि काम गरिरहेकाहरुमाथि कारवाही गरिनुपर्ने लगायतका मागहरु समेत थप्न सकिने अवस्था छ ।

एमसीसीका बिरुद्ध देशब्यापि आन्दोलन ः विवादास्पद अमेरिकी योजना एमसीसी बिरुद्ध एकीकृत आन्दोलन आजको मुख्य आवश्यकता भएको छ । जसमार्फत् नेपालमा अमेरिकाको एसपीपी लगायतका बिवादास्पद र घातक योजनाहरुको समेत भित्रभित्रै कार्यान्वयन भैरहेको छ । एमसीसी नेपाललाई अमेरिकी उपनिवेश बनाउने मुख्य योजना भएको बिभिन्न घटनाक्रमहरुले स्पष्ट गरेका छन् । एमसीसी अमेरिकाको इन्डो–प्यासिफिक रणनीति (आईपीएस)सँग सम्बद्ध योजना भएको स्पष्ट छ । ०७८ सालको फागुन १५ गते नेपालको संसद्ले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीको अनुमोदन गरेको भनिएको थियो । तर उक्त बैठकमा कुन पार्टीका कतिजना सांसदले हस्ताक्षर गरेर एमसीसी पारित गरिएको होभन्ने हालसम्म खुलेको छैन । त्यसैगरी संसद्ले पारित गरेका हरेक प्रस्तावहरुमा राष्ट्रपतिले स्वीकृत गरेको हुनुपर्छ तर हालसम्म नेपालका कुनैपनि राष्ट्रपतिले एमसीसी सम्बन्धी प्रस्तावमा स्वीकृत गरेको देखिएको छैन । त्यसैले नेपालमा सन्दर्भमा एमसीसी अवैधानिक हो । त्यसका बिरुद्ध एकीकृत आन्दोलन हुनेगरी बाम एकता हुनुपर्दछ । एमसीसी पारित गराउन जोरजुलुमगर्ने नेताहरु को हुन्भन्ने सबैले चिनेका छन् । उनीहरुका बिरुद्ध सार्बजनिक कारवाही हुनुपर्दछ । बेलायतमा मस्यौदा भएर आएको र एमसीसीसँगै नेपालको संसदबाट पारित भएको भनिएको १२ बुँदे प्रतिबद्धतापत्र हाल कहाँको रद्धिको टोकरीमा फालिएको छ ? त्यसको पनि खोजी हुनुपर्दछ । नेपालको संसदले जारीगरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाले सार्वजनिक प्रतिक्रिया जनाएको छैन । तर त्यससँगै पारित भएको भनिएको एमसीसीको कार्यान्वयन गराउन जोरजुलुम भैरहेको छ । जसमा नेपालको झण्डै २० अर्ब खर्च भैसकेको छभने अमेरिकी अनुदान प्राप्त हुने कुनै संकेतसमेत देखिएको छैन । एमसीसी अन्तर्गत कूल ६९ करोड ७० लाख अमेरिकी डलर खर्च हुने भनिएको छ । त्यो भनेको झण्डै ९२ अर्ब रुपैयाँ हो । त्यसमा अमेरिकी सरकारले ५० करोड डलर (करिव ६५ अर्ब) अनुदान दिने र नेपाल सरकारले झन्डै २६ अर्ब हाल्नुपर्ने भनिएकोमा नेपालले कबुल गरेकोभन्दा बढी रकम खर्च भैसकेको छ । तत्काल एमसीसी फिर्ता नगरिए त्यसले नेपालको अस्थित्वनै समाप्तगर्न सक्ने अवस्था छ । त्यसैले कुरा बाम एकताको र समर्थन एमसीसीको गर्नेहरुले यसतर्फ ध्यान दिउन ।

विदेशी हस्तक्षेपविरुद्ध आन्दोलन ः नेपालमा विदेशी हस्तक्षेप चरमरुपमा बढेर गएको देखिएको छ । यसअघि राजनीतिकरुपमा मात्र विदेशी हस्तक्षेप भएको चर्चा हुने गरेको थियोभने पछिल्ला दिनमा विदेशी हस्तक्षेप आर्थिक, सामाजिक र सांस्कृतिकरुपमा समेत विस्तार भएर गएको स्पष्ट छ । त्यो भनेको नेपालको समग्र अस्थित्वमाथिकै चुनौती हो । त्यसैले देशकै अस्थित्वका लागि पनि नेपालमा भैरहेका विदेशी गतिविधिका बिरुद्ध बाम पार्टीहरुले एकीकृत संयुक्त आन्दोलन थाल्नु जरुरी भएको छ । ०७२ को संविधानका अधिकांश प्रावधानहरु अमेरिकालगायतका पश्चिमा शक्तिबाट प्रायोजित रहेको स्पष्ट हुँदैगएको छ । कतिपयले ०६३ का उपलब्धी भन्ने गरेका कुराहरु हालको अवस्थामा नेपालीका मुख्य समस्या भएका छन् । झण्डै साँढे सातवर्षको समय र ३० अर्ब रुपैया खर्च गरेर बनाइएको संविधान शुरुमै त्रुटीपूर्ण रहेको भनिन्थ्यो । हाल आएर फेरी केही साम्राज्यवादी र बिस्तारवादीका एजेण्डाहरु थपरे संशोधन गर्ने प्रयास भैरहेको छ । उक्त संविधान र त्यस अनुसार नेपालमा लागूगराइएको राजनीतिक व्यवस्था देशका सबै समस्याको मूल जड बन्दैगएको देखिएको छ । त्यसैले ०७२ को संविधान खारेज गरेर जनपक्षीय संविधान र राजनीतिक व्यवस्थाको स्थापनाका लागि बृहत् बाम एकताको आवश्यकता छ । उपरोक्त कुराका अतिरिक्त कम्युनिष्ट पार्टीमा मित्रशक्ति र शत्रुशक्ति छुट्याउने र बर्ग संघर्षमा आधारित राजनीति गर्ने लगायतका कुराहरु पनि रहेका छन् । पछिल्लो समयमा नेपालका कतिपय कम्युनिष्ट घटकहरुले संयुक्त राष्ट्रसंघका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्ने प्रयास गरिरहेको देखिएको छ । संयुक्त राष्ट्रसंघ भनेको कम्युनिष्ट इन्टरनेशनल होइन । जसको ख्याल हुन आवश्यक छ । नेपाललाई अमेरिकी सैन्य संगठन नेटोको समर्थक बनाउने प्रयासहरु पनि तीब्र पारिएका छन् । नेपालको प्रचलित असंलग्न परराष्ट्र नीति र अशल छिमेकी नीतिलाई समाप्त पार्दैलगिएको छ । यस्तो अवस्थामा ०४६ अघि नेपालका कम्युनिष्टहरुले अवलम्बन गरेका नीति र संगठनात्मक प्रणालीको संझना गर्नुपर्ने अवस्था छ । पछिल्लो समयमा राम्रा कुरा अगाडि सारेर नराम्रा कामगर्ने जुन प्रवृत्ति बढिरहेको छ, त्यसका बिरुद्ध मुख्यत सही कम्युनिष्ट पार्टीहरु अग्रसर हुनुपर्दछ । जे भनिन्छ त्यो नगर्ने, जे गरिन्छ त्यो नभन्ने अवसरवादीहरुको भण्डाफोर आजको आवश्यकता हो । यसमा बाम एकता चाहानेहरुका बीचमा छलफल होस् ।

प्रतिक्रियाहरु

[anycomment]