नेपालमा माक्र्सवादको प्रवेश र प्रयोग

२०८१ कार्तिक १७ गते, शनिबार

हस्तबहादुर केसी

कार्ल माक्र्स (१८१८–१८८३) – फ्रेडरिक एंगेल्स (१८२०–१८९५) द्वारा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पहिलो कम्युनिस्ट पार्टी (संगठन) कम्युनिस्ट लिगको तर्फबाट सन् १८४८ फेब्रूअरी २१ का दिन लण्डनबाट कम्युनिस्ट घोषणापत्र जारी गरियो । जुन सैद्धान्तिक रुपमा माक्र्सवाद र उसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको अन्वेषण भयो र पहिलोपटक विश्व सर्वहारा वर्गले माक्र्सवाद र माक्र्सवादी दर्शनका रुपमा आफ्नो मुक्तिको सिद्धान्त प्राप्त ग¥यो सन् १८७१ मार्च २८ तारिखका दिन पेरिस कम्युनमा पहिलोपटक माक्र्सवादको प्रयोग ग¥यो ।

   “संसारका मजदुरहरु हो, एक होऔं” भन्ने मूल नाराका साथ माक्र्स–एंगेल्सद्वारा लण्डनबाट घोषणा गरिएको कम्युनिस्ट घोषणापत्रको प्रकाशन पश्चात् प्रथम, दोस्रो र तेस्रो अन्तर्राष्ट्रियको निर्माण गरियो । माक्र्सवादकै आलोक र मार्गदर्शनमा १८७१ महान् पेरिस कम्युनको निर्माण गरियो । ७२ दिनमा प्रतिक्रियावादी सत्ताले प्रतिक्रान्ति गरेर ७२ मा पेरिस कम्युन ढलेको भए पनि त्यसको विश्व सर्वहारा वर्गलाई सदाका लागि शिक्षा हुन पुग्यो । सन १९१७ अक्टोबर २५ तारिखक (रुसी नयाँ क्यालेन्डर अनुसार सन १९१७ नोभेम्बर ७) का दिन लेनिनको नेतृत्वमा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो ।

विश्वविख्यात कम्युनिस्ट घोषणापत्र जारी हुनु र रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न हुनु मानव जातिकै इतिहासमा एक युगान्तकारी परिघटना थियो । त्यसको प्रभाव विश्वभरमा परेको थियो र एशिया, युरोप, ल्याटिन अमेरिका, अफ्रिकी देशहरूमा कम्युनिस्ट पार्टीहरु निर्माण हुन पुगेका थिए ।

त्यसै सिलसिलामा सन् १९४५ मा उत्तर कोरिया र भियतनाममा जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न भएका थिए भने सन् १९४९ अक्टोबर १ तारिखका दिन कमरेड माओत्सेतुङको नेतृत्वमा महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गरिएको थियो र समाजवादमा प्रवेश गर्ने बाटो खुलेको थियो । कम्वोडिया, क्युवामा पनि क्रान्ति सम्पन्न गरिएको थियो भने पूर्वी युरोपका २० औं देशहरूमा रुसी मोडेलको समाजवाद लागु गरिएको थियो । यसरी विश्व जनसंख्याको आधा भन्दाबढी जनसंख्या कम्युनिस्ट विचार अर्थात् समाजवादी शासन वयवस्थाको झण्डामुनि गोलबन्द हुन पुगेका थिए । यद्यपि अहिले ती देशहरूमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनःस्थापना भएको भए पनि विश्व सर्वहारा वर्गसित ठूलो अनुभव र शिक्षा महत्वपूर्ण विषय बनेको छ र भविष्यमा पनि बनिरहनेछ ।

नेपालमा पनि महान् रुसी अक्टोबर समाजवादी क्रान्ति, महान् चिनियाँ नयाँ जनवादी क्रान्तिको ठूलो प्रभाव परेको थियो । त्यसैक्रममा विक्रम सम्वत २००५ सालमा कमरेड पुष्पलालले माक्र्स–एंगेल्सद्वारा लिखित “कम्युनिस्ट घोषणापत्र” पहिलोपटक नेपाली भाषामा उल्था गरेर व्यापक प्रचारप्रसारमा ल्याउनु भएको थियो । कमरेड पुष्पलालको त्यस ऐतिहासिक कमदले नेपालमा माक्र्सवाद अर्थात् “कम्युनिज्म” को प्रभाव फैलाउन महत्वपूर्ण योगदान गरेको थियो । पुष्पलालको त्यस ऐतिहासिक कदमले नेपालमा कम्युनिस्ट पार्टी निर्माणको लागि महत्वपूर्ण आधार तयार पा¥यो । र, त्यही प्रक्रियामा कमरेड पुष्पलाल कै नेतृत्वमा वि. संं. २००६ साल वैशाख १० गते (सन् १९४९ अप्रिल २२ तारिखका दिन विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको जन्म दिवसको अवसर पारेर) नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टीका अन्य संस्थापक सदस्यहरुमा नारायण विलास जोसी, निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्मचार्य र मोतिदेवी श्रेष्ठ थिए ।

 नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापनासंगै देश अर्ध सामन्ती र अर्ध आौपनिवेशिक अवस्थामा रहेकाले नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादमा प्रवेश गर्ने रणनीति तथा नयाँ जनवादी क्रान्तिको कार्यदिशा ठोस गरेको थियो र नेपाल कम्युनिस्ट पार्टीको २००६ साल बैशाख १२ गते प्रकाशित पहिलो घोषणापत्रमा भनिएको छ– “नेपाल कम्युनिस्ट पार्टी माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा अघि बढेको पार्टीले क्रान्तिको आँधीबेरीमा जनताको साथ दिनेछ र यसले के प्रतिज्ञा गर्दछ भने सच्चा स्वतन्त्रता तथा लोकजनवादका लागि संघर्षको अघिल्लो पंक्तिमा सदा अडिग भई लडिरहने छ ।”– पुष्पलाल, छानिएका रचनाहरु, भाग १, पृष्ठ ६६,मदन–आश्रति स्मृति प्रतिष्ठान नेपाल, २०५३ ।

कम्युनिस्ट पार्टीको स्थापना पश्चात् नेपालमा पनि माक्र्सवाद र पछिल्लो अबधिमा माक्र्सवाद–लेनिनवाद–माओवादको समेत व्यापक रुपमा प्रचारप्रसार हुँदै आएको छ, भइरहेको छ । आज भनिन्छ नेपालमा जनसंख्याको ८० प्रतिशत जनता कम्युनिस्टहरुको प्रभावमा छन् ।

नेपालमा यसरी माक्र्सवादले प्रवेश गरेको ७६ वर्ष पुरा भइरहेको छ भने नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पुरा भएर पनि ५ महिना पार गर्दैछ । तर नेपाली कम्युनिस्ट आन्दोलनले ७५–७६ वर्ष पार गरिसक्दा समेत पनि महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न भएको छैन । देश अहिलेसम्म पनि अर्ध सामन्ती र नवऔपनिवेशिक अवस्थामै रहेको छ । नवउदारवादी आर्थिक नीति लागु गरिए कै कारण देशमा दलाल संसदीय व्यवस्था चलिरहेको छ । सामन्तवाद र साम्राज्यवादमा नियन्त्रणमा देश चलिरहेको छ । यहाँको शासक वर्ग दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र सामन्त नेपाली जनता महान् नेपाली नयाँ जनवादी क्रान्तिको मुख्य दुश्मनका रुपमा रहेका छन् बाह्य दुश्मनका रुपमा साम्राज्यवाद र विस्तारवाद रहेका छन् । यी अजङ्गका दुईवटा पहाडलाई नभत्काई कन महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्भव छैन । महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न नगरी वैज्ञानिक समाजवादमा प्रवेश गर्ने ढोका बन्द नै रहनेछ ।

हाम्रो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास लामो र समृद्धशाली छ । यो आन्दोलन वैचारिक संघर्ष (कम्युनिस्ट पार्टी भित्र चल्ने दुईलाइन संघर्ष), जनआन्दोलन, जनसंघर्ष, वर्गसंघर्ष, जनयुद्ध (वर्ग युद्ध) समेतका ऐतिहासिक परिघटनाका अनुभव र शिक्षा तथा हजारौं शहिदहरुको बलिदान तथा लाखौं जनताको लगानी, त्याग, बलिदानीका बाबजुद पनि नेपाली क्रान्ति हुन सकिरहेको छैन । के कति कारणले नेपाली क्रान्ति सम्पन्न हुन सकिरहेको छैन त ? भन्ने प्रश्न र जिज्ञा नै आजको ज्वलन्त प्रश्न र समस्या हो ।

 क्रान्ति नहुनुको मुख्य कारणः

(१) नेपाली कम्युनिष्ट आन्दोलन भित्र वाम अवसरवाद र दक्षिणपन्थी संशोधनवाद हावी भइरनु ।

(२) कार्यदिशाका कारण कम्युनिस्ट पार्टी भित्र फुटविभाजन भइरहनु अर्थात् लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामा रहनु ।

(३) शुरुको अवस्थादेखि नै नेपाली कम्युनिस्ट आन्दोलन भित्र संसदीय व्यवस्थाको छाप र प्रभाव परिरहनु । संसदीय व्यवस्थामा प्राप्त हुने सुखसुबिधा, धनदौलत, ऐसआराम, पद–प्रतिष्ठा, पैसो र भ्रष्टिकरणले नेतृत्वलाई लठ्ठ पार्नु ।

(४) नेपाली कम्युनिस्ट आन्दोलनमा नेतृत्व भित्र हिन्दु–सामन्तवादी (ब्रह्मावादी) संस्कार, संस्कृतिले घर जमाई राख्नु, जसका कारण नेतृत्वप्रति श्रद्धावाद, व्यक्तिपूजा, दलाली, चाकडी, चुक्ली प्रथा हावी बनाइराख्नु र व्यक्तिवादलाई बढवा दिइरहनु । नेतृत्व तथा नेताहरुले आपूmलाई चाकडी, च्याप्लुसी गर्ने, दलाली गर्ने, स्वार्थी तथा लम्पड कार्यकर्ता निर्माण गर्ने प्रवृत्ति कायमै राख्नुले ।

(५) सशस्त्र झापा विद्रोह र महान् दस वर्षे जनयुद्धको मुख्य नेतृत्वमा वैचारिक विचलन आउनु र ती महान् विद्रोहमाथि प्रतिक्रान्ति भई सबै उपलब्धिहरु गुमाएपछि कम्युनिस्ट आन्दोलन र नेतृत्व प्रति घृणा पैदा भइ विश्वास गुमाउनु ।

(६) झापा विद्रोह र दश वर्षे जनयुद्धको नेतृत्व गरेर आएको मुख्य नेतृत्व दक्षिणपन्थी संशोधनवाद, नवसंशोधनवाद हुँदै प्रतिक्रियावादी शक्तिमा परिणत भई साम्राज्यवाद र विस्तारवादका सामु लम्पसार परेर आत्मसमर्पण गर्दै राष्ट्रघाति एमसीसी तथा महाकाली सन्धि गरेर राष्ट्रघातको कलंकको टीका लगाउन पुगेर जनविश्वास गुमाउनु ।

(७) नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) समेतका संसदीय कम्युनिस्ट पार्टीहरु सत्ता स्वार्थका कारण देशीविदेशी प्रतिक्रियावादी शक्तिको दलाल, चाकड र गोटी बन्नु ।

(८) बुर्जुवा तथा प्रतिक्रियावादी पार्टीहरुलाई समेत उछिनेर नामधारी कम्युनिस्टहरूले सत्ताको नेतृत्व गर्न पुगेर अरबौं, खरबौंको भ्रष्टाचार गरेको मात्र होइन, भ्रष्टाचारीहरुलाई संरक्षण गर्नु ।

(९) ऐतिहासिक झापा विद्रोह र दश वर्षे जनयुद्धको बाटो परित्याग मात्र होइन एकातिर देश, जनता र क्रान्तिप्रति गद्धारी गर्नु, अर्कोतिर ती ऐतिहासिक विद्रोहहरुको व्याज खाइरहनु ।

(१०) पार्टी स्कुलिङ नचलाउनु, उल्टै कार्यकर्ताहरुलाई नोकर, चाकर जस्तो बनाइराख्नु ।

(११) गैर संसदीय कम्युनिस्ट पार्टीहरु, जसलाई क्रान्तिकारी धारा भनिन्छ, त्यो धारा पनि विभाजित अवस्थामा भइरनु ।

(१२) क्रान्तिकारी धाराका कम्युनिस्ट पार्टीहरुले पनि मुलुकको ठोस वर्ग विश्लेषण गरेर क्रान्तिको सही र क्रान्तिकारी कार्यदिशा ठोस गर्ने मामिलामा अलमलमा परिरहनु ।

(१३) नेपाली कम्युनिस्ट आन्दोलनले क्रान्तिकारी वैचारिक (विचार वाण) र फौजी क्षमता भएको नेता निर्माण गर्न नसक्नु ।

(१४) पुष्पलाल बाहेक नेपाली कम्युनिस्ट आन्दोलनको विभिन्न कालखण्डमा नेतृत्वमा पुगेका नेताहरुमा माक्र्सवाद, हाल आएर माक्र्सवाद–लेनिनवाद–माओवादको गहन अध्ययन नहुनु र मालेमावादलाई जीवन व्यवहारमा लागु गर्न नसक्नु ।

 (१५) नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो स्थापनाको शैशवकालदेखि नै दक्षिणपन्थी संशोधनवादको शिकार बन्दै आएको छ । र, नेपालमा दक्षिणपन्थी संशोधनवाद नै महान् नेपाली क्रान्तिको बाधकका रुपमा खडा हुँदै आउनु ।

 यी बाहेक तमाम प्रकारका समस्याहरु छन्, न्युनतम रुपमा माथि उल्लेखित सर्तहरु पालना गर्ने र प्रयोगमा ल्याउने हो भने पनि क्रान्तिका कामहरुलाई अगाडि बढाउन “कोसेढुङ्गा” काम बन्न सक्छ भन्ने लाग्दछ ।

क्रान्तिका लागि आवश्यक सर्त ः

 (१) दक्षिणपन्थी संशोधनवादी धारा नै नेपालमा माक्र्सवाद–लेनिनवाद–माओवादको प्रयोग गर्ने सवालमा मुख्य बाधक बन्दै आएको छ । यही दक्षिणपन्थी संशोधनवादलाई परास्त गरेर क्रान्तिकारी धारालाई स्थापित गर्नु पर्ने पहिलो सर्त ।

(२) क्रान्तिकारी धारालाई माक्र्सवाद–लेनिनवाद–माओवादका सैद्धान्तिक मान्यताहरुले लैस गर्नु दोस्रो सर्त ।

(३) पार्टी स्कुलिङलाई योजनावद्ध र वैज्ञानिक ढंगले सञ्चालन गरिरहनु पर्ने तेस्रो सर्त ।

(४) विभाजित अवस्थामा रहेको क्रान्तिकारी कम्युनिस्ट धारालाई नयाँ ढंगको कम्युनिस्ट पार्टीको रुपमा एकीकृत गर्नुपर्ने चौथो सर्त ।

(५) मुलुकको ठोस वर्ग विश्लेषण गरी क्रान्तिकारी कार्यदिशा निर्माण गर्ने र त्यसलाई सफल प्रयोग गर्नुुु पर्ने पाँचौं सर्त ।

(६) पार्टी पंक्ति भित्र “श्रद्धावाद र व्यक्तिपूजा” संस्कृति (सामन्ती) लाई पूर्णरूपमा निर्मूल गर्नुपर्ने छैठौं सर्त ।

(७) पार्टी नेतृत्वलाई सर्वहाराकरण गरिनुपर्ने सर्त ।

  यी बाहेक अन्य महत्वपूर्ण सर्तहरु पुरा गर्नु आवश्यक हुन्छ ।

निचोड ः

 नेपाल कम्युनिस्ट पार्टीले यस लामो ऐतिहासिक अबधिमा अवश्यै पनि विभिन्न उकाली, ओह्राली, दुई लाईन संघर्ष, भीषण वर्गसंघर्ष जस्तैः जनयुद्ध, जनसंघर्ष, जनआन्दोलन आदि संघर्षहरुमा अग्रपंक्तिमा खडा भएर वीरताको इतिहास कायम गर्दै आएको छ ।

२००५ सालमा कमरेड पुष्पलालले विश्व विख्यात कम्युनिस्ट घोषणापत्र पत्र नेपाली भाषामा पहिलोपटक उल्था गरेर माक्र्सवाद र माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई नेपाल भित्र भित्र्याएर प्रचारप्रसारमा ल्याउनु भएको सानो जिल्को रापले आज नेपाली जनताको जनसंख्याको ७०–८० जनताको समर्थन नेपाल कम्युनिस्ट पार्टी र महान् नेपाली क्रान्ति प्रति रहेको छ । यस यथार्थतालाई कसैले नकार्न सक्दैन । तर यति हुँदाहुँदै पनि क्रान्तिकारी माक्र्सवाद र दक्षिणपन्थी संशोधनवादका बीच र क्रान्तिकारी कार्यदिशा र दक्षिणपन्थी संशोधनवादी एवं नवसंशोधनवादी कार्यदिशाका बीच पार्टी स्थापनाकालको शैसवकालदेखि भीषण संघर्ष चल्दै आएको भएपनि सधँै दक्षिणपन्थी संशोधनवाद हावी हँुदै आएकै कारण लामो समय देखि नेपाली कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामै रहनुले पनि महान् नेपाली क्रान्तिलाई गंभीर प्रकारको बाधा पु¥याउँदै आएको छ । नेपाली कम्युनिस्ट आन्दोलनले आफ्नो लक्ष्य पुरा गर्न सकिरहेको छैन ।

महान् नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्नका लागि वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराले यही दक्षिणपन्थी संशोधनवाद एवं नवसंशोधनवादी धारालाई धाराशाही पार्न आवश्यक छ ।

– लेखक ः वरिष्ठ माक्र्सवादी चिन्तक–लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।

प्रतिक्रियाहरु

[anycomment]