बिपत्ति र राजनीतिबीच के सम्बन्ध छ !
गत असोज ११ र १२ गते आएको भारी वर्षाले मध्य र पूर्वी नेपालमा धेरै धनजनको क्षति पु¥याएको छ । त्यसमा पनि यसपालि उपत्यका लगायत आसपासका २१ जिल्ला विशेष प्रभावित भएको छ । अरबौंको क्षति पु¥याएको छ । सरकारले दिएको सूचना अनुसार – देशैभरी २३६ नागरिकको ज्यान गएको, २२ बेपत्ता भएको, १६९ जना घाइते छन् र १७ अरबभन्दा बढी बराबरको भौतिक क्षति पु¥याएको छ । हालसम्म १७ हजार १२० जनाको उद्धार गरिएको जनाइएको छ ।
२०७२ साल बैशाख १२ गते शनिवारका दिन ७.८ रेक्टर स्केलको महाभूकम्प गयो । त्यसले ७,८८५ जना नेपाली नागरिकहरुको ज्यान लियो । १५,९४४ जनालाई अंगभंग बनाएर छोड्यो । खरबौंको आर्थिक भौतिक क्षति गरेर गयो । २०७७–७८ मा कोविढ १९ नामको महामारी विश्वभरी फैलियो । यसले नेपालमा पनि हाहाकार मच्चायो । ५ हजारभन्दा बढी नेपाली नागरिकहरुको ज्यान लियो । वर्षेनी वर्षायामसँगै हावा–हुरी, चट्याङ, बादी, पैरो, दुबानले हजारौंको ज्यान लिने गरेको छ र लाखौं, करोडौं क्षति पु¥याएर जान्छ । यस वर्ष वर्षायाम सकिने बेला नेपालको मध्य तथा पूर्वी क्षेत्रमा आएको आकस्मिक वर्षाले अकल्पनीय धनजनको क्षति पु¥याएर गएको छ ।
धेरैलाई लागिरहेको छ कि नेपालमा किन यस्ता महामारी र महाविपतिहरु घरीघरी फर्केर आइरहन्छन् ? संभवतः एउटा आदर्शवादीले भन्न सक्छ – मानिसहरुले धर्मनास गरिरहेका छन् र भगवानले सजाय दिइरहेकाछन् । अन्जान र पिछडिएको चेतनामा पछि परेका मानिसले भन्न सक्छन् – हामी अभागी, दुःखी गरिवको कर्मै खोटो । किन भगवानले पनि घरघरी हामी दुःखी गरिवलाई नै दुःख दिइरहेको होला ! यस्ता विपतिहरु किन फेरी हामीलाई नै आउँछ ? हाम्रो कर्म नै यस्तै । सत्तामा प्रतिपक्ष बेञ्चमा बस्नेले भनिरहेका छन्– सरकारको लापर्बाहीले गर्दा यतिका धनजनको नास भयो । कसैले भन्छन् यो आकस्मिक रुपले आउने प्राकृतिक नियम हो । कसैले भनिरहेका छन् कि किन खोलाको बहाव रोकेर खोलाका किनारा चापेर बस्छन् र, खोला त एक न एक दिन आफ्नो बाटो खोजेर आइहाल्छन नी । यी र यस्ता प्रश्नहरु र प्रतिक्रियाहरु सधैंँ जसो उठिरहने प्रश्न हुन् ।
हो, हुन पनि– भूकम्प आउँछ दुःखी गरीव मर्छन् किन कि उनीहरुको पक्की घर र सुरक्षित आवास हुँदैन । प्राकृतिक प्रकोपमा आउँछ बढी जसो गरिव र पिछडिएका नागरिकहरु नै बढी मर्छन् । महामारी आउँछ दुःखी गरीव नै बढी मर्छन्, खोलाका किनाराहरुमा बढीजसो घरबार नभएका सुकुम्बासीहरु नै बढी बस्ने गर्छन् । किन कि उनीहरु नै असुरक्षित र अव्यवस्थित स्थानमा बस्न बाध्य छन् । स्वास्थ्य उपचार गर्न असमर्थ छन् । पहाडमा चलाख मान्छेहरु सतर्कभएर जोखिमपूर्ण र संभावित घटना हुने ठाउँहरुमा बस्दैनन् । त्यहीँ ठाउँ खाली हुन्छ र त्यहीँ गाँसबाँसको ठेगान नभएका मानिसहरु गएर बस्छन् । आधुनिक सुविधा, प्रविधि र अवसरहरुबाट बञ्चित छन्, सूचना सञ्चारदेखि टाडा हुन्छन् र बेलैमा सचेत हुँदैनन् । चेतनामा पछि छन् र कुरा बुझ्दैनन् कतिपय बुझेर पनि बस्न बाध्य छन् । जोखिमपूर्ण कामहरुमा उनै हुन्छन् । शिक्षा–दीक्षाको कमी छ, त्यसले स्वभाविक रुपमा पूर्व सतर्कता र सुरक्षा क्षेत्रमा अनविज्ञ हुन्छन् । त्यसकारण जुनसुकै प्राकृतिक प्रकोप, महामारी आउँदा तिनै गरिव, निमुखा, अशिक्षित दिन–दुःखी नै बढी यसको शिकार भइरराखेका हुन्छन् ।
नेपाल सवभन्दा बढी राजनीति चल्ने देश हो किन कि नेपाल विकासोन्मुख, गरिव देश भएर पनि भौगोलिक रुपले विपरित राजनीतिक विचार अपनाएका देशहरु चीन र भारतको बीचमा अवस्थित छ । दुई विपरित राजनीति, विपरित विश्व दृष्टिकोण, विपरित, भाषा, धर्म, संस्कृति र जाति भएको देश, त्यसमा पनि हिमाल, पहाड, तराई जस्ता भौगोलिक विविधता भएको देश । यस्तो देशमा कहिले राजनीतिक घटना, कहिले प्राकृतिक घटना र कहिले सुनियोजित आपराधिक घटनाहरु निरन्तर घटिरहेका छन् र घटिरहन्छन् । यसको शिकार तिनै गरिव तथा निमुखा जनता बनिरहेका छन् । यो नेपालको र नेपाली जनताको नियति जस्तो बनेको छ । यसका खास कारणहरु छन् । के हुन् ती कारणहरु र किन घटिरहन्छन् यस्ता घटनाहरु ?
प्राकृतिक घटनाहरु जस्तै भूकम्प, बादी, पहिरो, आँधी–हुरी–हुण्डरी, दुबान, वर्षाद, चट्याङ आदि मौसम अनुसार भइरहने र आइरहने नियमित घटनाहरु हुन् । यिनका आफ्नै नियम र अनुशासन छ् जसलाई हामीले रोक्न र छेक्न सक्दैनौ तर सचेततापूर्वक पूर्व सतर्कता अपनाएर वा घटना भइसकेको अवस्थामा केही सुरक्षात्मक उपायहरु अपनाएर, समुचित व्यवस्थापन गरेर यसबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सकिन्छ । यो भन्दा अर्को विकल्प छैन । यो पहिलो कुरा हो । दोस्रो कुरा यसलाई रोकथाम गर्ने, सतर्कता अपनाउने, सचेत बनाउने र प्रकोप आइलागेपछि यसबाट बच्ने उपायहरुको बारेमा तयारीमा रहनुको सट्टा लापर्वाही गर्ने, १००–५० बर्षमा आउने महामारी र तथा प्राकृतिक प्रकोपलाई हाम्रो लापर्वाहीको कारण १०–५ वर्ष वा एकै वर्षमा निम्त्याउने कतिपय कारण चाहि प्राकृतिक कारण नभएर मानवीय क्रियाकलापका कारण हुने गर्दछन् । यसको मूल कारण राज्यसत्ता र राजनीतिक कारण प्रमुख हुन्छ । नेपालमा घटने घटनाहरुको बढी जिम्मेवार को हुने ? यसलाई न्यूनिकरण गर्न के गर्न सकिन्छ ? यसका प्राकृतिक र राजनैतिक कारणहरुमा राज्य–सरकार वा राजनीतिको के, कति जिम्मेवार छ ? यो आजको सोचनीय विषय बनेको छ ।
भनिन्छ पृथ्बी बन्दै आउने क्रममा करोडौ वर्ष अगाडि “वर्तमान नेपाल अवस्थित भू–भागमा एउटा ठूलो सागर थियो । यसको उत्तरमा विशाल स्थिर भू–भाग तिब्बतको पत्थार, जसलाई तिब्बतीय प्लेट ९त्ष्दभतबल एबितभ० भनिन्छ, थियो भने दक्षिणी भागमा समुद्रको बीचमा भारतीय उपमहादीप ९क्ष्लमष्बल एबितभ० अवस्थित थियो । पृथ्वीको निरन्तर आन्तरिक हलचल र समुद्री चापका कारण इन्दियन प्लेट उत्तरतिर धकेलिने क्रममा उत्तरतिर सर्दै सर्दै आउँदा दुई जमीन(प्लेट) बीचको सागरको पीँडको कमजोर भाग माथि उठ्न गई वर्तमानको हिमालय पर्वत बन्न गएको हो” भन्ने भूगर्भविदहरुको भनाई छ । त्यसकारणले अहिले पनि नेपाल स्थित प्लेट टुक्राटुक्रामा तिब्बेतीयन प्लेटसंग जोडिएर रहेको छ र बेला बेलामा ठोकिइरहन्छ, जसको असर नेपालमा घरी घरी भूकम्प आइरहन्छ । यसरी आन्तरिक हलचल पैदा हुँदा नेपालमा भूकम्पहरु गइरहन्छन्, प्राकृतिक प्रकोपहरु दोहोरिरहन्छन् । यो विश्वभरि नियमित चलिरहने प्रक्रिया हो, यो पृथ्वीको नियम हो ।
दोस्रो नेपाल हिमालयको काखमा अवस्थित छ । पूर्व पश्चिम लाम्चो, पूर्वमा यसको चौडाई सानो र पश्चिममा यसको चौडाई झण्डै डब्बल छ । पूर्वमा बँगालको खाडी नजिक छ । हिमालय र समुद्र बीचको दूरी कम छ । पश्चिममा फराकिलो छ र हिमालय श्रृँखला भित्र दूर दराजमा पर्दछन् । हिमाल र समुद्र बीचको दूरी धेरै टाडा छ । यसले नेपालको हावापानी र मौसममा पूर्व र पश्चिम, उत्तर दक्षिणमा धेरै अन्तर पारिदिन्छ ।
नेपालको भू–भाग १७ प्रतिशत हिमाल, १५ प्रतिशत तराई र ६३ प्रतिशत पहाडी क्षेत्र पर्दछ । यसमा पनि करीव ३ प्रतिशत भू–माग चुरे पर्वतमाला पर्दछ । चुरे पनि जति पश्चिम आयो यसको फैलावत बढी हुँदै आएको छ । पूर्वी नेपालमा चुरे एक दम कम छ । तराईबाट एकै चोटी महाभारत पर्वत माला सुरु हुन्छ र हिमालय श्रृँखलासँग जोडिन्छ । यसले मौसम प्रणालीलाई प्रभावित पार्दछ । हिन्द महासागरको बंगालको खाडी नेपालबाट सवभन्दा नजिक पर्दछ । पृथ्वीले सूर्यलाई फन्को मार्दा पृथ्वी उत्तरायण व दक्षिणायन जहाँ पुगे पनि भू–मध्य रेखामा सूर्यको किरण एक नासले परिहन्छ । पृथ्वीले सूर्यको चक्कर मार्ने क्रममा सूर्य उत्तरतिर सर्दै जाने क्रममामा भूमध्य रेखा नजिक पर्ने हिन्द महासागरको पानीको सतह तातिने हुँदा यसको प्रभाव बंगालको खाडी नजिक पर्ने भएकोले नेपालको पूर्वी पहाडी क्षेत्र छिटै प्रभावित हुन्छ र मनसुन पूर्वमा छिटो पस्ने गर्दछ र छिटै पानी पर्दछ । विस्तारै पश्चिम नेपाल सर्दै सुदूपश्चिम नेपाल पुग्दा यसको प्रभाव कम हुँदै जान्छ । कारण नेपालको पश्चिमतिरको भू–भाग फराकिलो हुँदै जानु र समुद्रसँग हिमालय पहाडहरुको दूरी टाडा हुँदै जानुले पानी पनि कम पर्दै जान्छ । तर हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रमा जति पानी पर्छ तल तराई र मैदानीभागमा कम पर्छ । हिँउदमा पश्चिमको भू–मध्य सागरबाट लाल सागर हुँदै वाष्प युक्त बायु पूर्व बहने भएकोले यसको प्रभाव पश्चिम नेपाललाई बढी पर्छ । यो पश्चिमबाट पूर्व आउने भएकोले पानी पर्ने मात्रा पनि पश्चिमबाट पूर्वतिर कम हुदै जान्छ । तर वर्षादमा पश्चिमबाट आउने वायु सुख्खा हुने हुनाले यसले पानी पार्दैन । यसले हावाहुरी चट्याङ पार्दछ । वर्षेनी यो नियम पछ्याउँदै आएको हामी नेपालीहरु हाम्रो देशको मौसमी प्रणालीलाई वार्षिक रुटीनमा आकाशे पानीमा भर पर्ने र त्यस अनुसारको बाली नाली, चाडपर्व, र अर्थ प्रणाली बनेका छन् । यो एक प्रकारले हामी नेपालीहरुको वार्षिक जीवन प्रणाली बनेको छ । यस बाहेक समुद्रमा कहिले काहीँ आकस्मिक रुपमा आउने समुद्री आँधी र चक्रवातले अचानक रुपमा मौसमलाई प्रभावित गर्दछ र आकस्मिक रुपमा भारी वर्षा गराउँछ र बाढी, पहिरो र डुबानका समस्याहरु आउँछन् । यसले नसोचेको क्षति पु¥याउने गर्दछ र महाविपतिहरु निम्त्याउँछ । अहिले भएको यहि हो ।
यसकारणले हुन सक्छ लामो समयको अनुभव र भोगाइका संश्लेषणहरु नपढेका, नलेखेका भए पनि हाम्रा पूर्खा र अग्रजहरु पछिल्लो पुस्तालाई सतर्क पार्दै भन्ने गर्दछन्– खोला किनारा घर नहाल्नु र भीर–पहिरो मुनी नबस्नु, हावा–हुरी, चट्याङ पर्दा घर बाहिर ननिस्कनु । यो वहाँहरुको लामो जीवन भोगाईको अनुभवहरुको संश्लेषण हो । अनि यो पनि भन्ने गर्छन्– १२ वर्षमा खोला पनि फर्किन्छ । आजभोली विज्ञहरु भन्छन् – हरेक ५०–१०० वर्ष वरिपरी हरेक प्राकृतिक महाविपति र महामारीहरु फर्किन्छन् । हामी बुढापुरानाहरुको यो अनुभव र विज्ञ–जानकारहरुका संश्लेषणहरुलाई चटक्कै विर्सेर जहाँ नदी खोला छ, त्यसको किनारामा जोडेर घर, टहरा बनाउँछौं । जहाँ पैह्रो झरेर मैदान भएको छ त्यही गाउँ बसाल्छौं । अनि अनावश्यक विपति निम्त्याउँछौं । यो हाम्रो अनविज्ञताको कारणले वा जानी जानी निम्त्याएको विपति हो । यो दोह¥याउनु हाम्रो गल्ती हो । यो गल्ती नजानेर पनि नगरौं ।
अर्को कुरा यसमा राजनीतिको के सम्बन्ध र भूमिका हुन्छ ? यो अर्को सोचनीय प्रश्न हो । कतिपय यस्ता विपतिहरु हामी जानी जानी निम्त्याउँछौं । जुन प्राकृतिक रुपले १०० वर्षमा फर्किन्छ त्यसलाई १०–२० वर्षमै निम्त्याउँछौं र आजको विज्ञान र प्रविधिको जमानामा त प्रविधिलाई दुरुपयोग गरेर वा गलत समय, स्थान र उद्देश्यमा प्रयोग गर्नाले यसले ६ महिनामै यस्ता विपतिहरु निम्त्याउँदै छौं । यो हाम्रो गल्तीको कारण हो । जानी जानी गरिने गल्तीमा राजनीतिको भूमिका रहन्छ । कतिपय यस्ता विपतिहरुसँग राजनीति र राज्यससत्ताका नीति र योजना पनि जिम्मेवार रहन्छ । यो राजनीतिक सुझबुझ भएकाहरुले गंभीरतापूर्वक सोच्ने विषय हो ।
माथि सुरुमा पनि उल्लेख गरिएको छ कि नेपाल दुई विशाल देशहरुको बीचमा अवस्थित छ । यी देशहरु चीन र भारत हुन् । चीन कम्युनिस्ट देश हो र भारत प्रजातान्त्रिक देश हो । यी दुबै राजनीतिको प्रभाव नेपालमा जवरजस्त छ । यसलाई हामी भूराजनीतिक अवस्था भन्ने गरेका छौं । नेपालमा कम्युनिस्ट राज्य स्थापना गर्ने कि प्रजातान्त्रिक शासन प्रणाली स्थापना गर्ने ? भन्ने विषयमा सताब्दीयौं देखि शक्ति संघर्ष जारी छ । अहिले नेपालमा त्रिकोणात्मक शक्ति संघर्ष जारी छ । चीन र भारतका अलावा विश्व साम्राज्यवादी अमेरिका र पश्चिमा पुँजीवादी साम्राज्यवादीहरुको गिद्धे दृष्टि पनि सुगौली सन्धी यता लगातार पर्दै आएको छ । यसले नेपालमा साम्यवाद र पुँजीवाद बीचको सत्ता संघर्ष हिँश्रक र अस्वस्थ प्रतिस्पर्धामा पुगेको छ । मदन भण्डारी हत्याकाण्डदेखि दरबार हत्याकाण्डसम्मका घटनाहरु सबैले बुझ्ने गरी छर्लङ्ग हुँदाहुँदै पनि यसको रहस्य अझै बाहिर ल्याइएको छैन । यसमा पश्चिमा पुँजीवादीहरु विशेषतः अमेरिकी साम्राज्यवादको विशेष हात रहेको छ । उनीहरुले पैसा, पदको प्रलोभन र धम्कीको बलमा नेपाली राजनीतिमा जवरजस्त हस्तक्षेप गर्दै आएका छन् । उनीहरु सबै राजनीतिक दलमा सके मुख्य नेतालाई किन्ने नसके दोस्रो तेस्रो नेता किनी दिने वा घुसाउने गरेर पार्टी नै किन्ने त्यो नभए फुटाएर भए पनि विश्वासिला दलाल–नोकर खडा गर्ने र यसलाई संसदीय सिष्टम (प्रणाली)मा जोडेर दीर्घकालसम्मको लागि सत्ता प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चलाउने गर्दै आएको छ । यसको लागि राजनीतिक व्यवस्था “संसदीय व्यवस्था” साम्राज्यवादको लागि अनुकुल व्यवस्था हो । यसको चरित्र र विशेषता दलाल पुँजीवादी छ । आर्थिक रुपले विभिन्न एनजीओ र आइएनजीओ मार्फत् गाउँगाउँमा पसेको छ । धार्मिक रुपले क्रिश्चियनीतिलाई अंगालेको छ, । यस माध्यमबाट उनीहरु गाउँ गाउँमा पस्न सफल भएका छन् र विपन्न र गरिव,, असाहाय, समुदाय र वर्गमा पस्न सफल भएका छन् । राजनीतिक, आर्थिक, धार्मिक–साँस्कृतिक आवरणमा नेपाली अनुहारका दलालहरु मार्फत् नेपालमा कठपुतली सरकार खडा गर्ने र सत्ता चलाउने प्रपञ्च पश्चिमा पुँजीवादी–साम्राज्यवादीहरुले अपनाउँदै आएका छन् । यसमा पश्चिमाहरुको हात अगाडि छ । यसैले नेपाल दलाल पुँजीवादी राज्यसत्ता र संसदीय प्रणाली जुन अमेरिकी साम्राज्यवाद र आजको भूमण्डलीकृत पँुजीवादको नवउपनिवेशवादी नीतिको एक भरपर्दो अंग हो । नेपाल यो नवउपनिवेशमा गंभीर रुपमा फसेको छ । यसले राजनीति वेतिथि, घोर अराजकता र अनियमिततालाई जन्म दिन्छ र दिएको छ । आज सबै क्षेत्रमा यो वेतिथि र अराजकता व्याप्त छ । यसले नै आजका विपति र महाविपतिहरु निम्त्याइरहेको छ । राजनीतिक विपति होस या प्राकृतिक विपतिहोस, हरेक घटना र विपतिको पछाडि गलत राजनीति र सिष्टमको धेरै हदसम्म हात छ ।
राजनीति भनेको सचेतनाको पक्ष हो र हुनुपर्छ । यो विचार राजनीति र पहलकदमीको हिसावले अग्रगामी हुनु पर्दछ । राजनीति आवश्यक छ तर गलत प्रयोग (मिसयुज) हुनु हुँदैन । गलत ठाउँ र उद्देश्यमा प्रयोग हुनु हुँदैन । यसले विपति निम्त्याउँछ । नेपालमा भएको यहि हो । यसमा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ तर गलत राजनीतिले शिक्षा प्रणालीलाई नै गलत दिशातिर मोडिदिन्छ । यो अवस्थामा शिक्षाले गर्ने विनाश झन महाविनाशमा जान्छ । सही शिक्षाको लागि सही राजनीति जरुरी छ । सही राजनीति र शिक्षाले मात्र राज्यलाई सही दिशा दिन्छ । गलत शिक्षा र राजनीतिले गलतै राज्यव्यवस्था स्थापना हुन्छ । सही राजनीति, सही शिक्षा, सही राज्यव्यस्था, सही राज्यसत्ता (व्युरोक्रेसी, कानून, संविधान, अद्दालत, सेना, पुलिस, धर्म संस्कृति–संस्कार) र सही नेतृत्व भइदियो भने बल्ल सामाजिक रुपमा हुने यस्ता विपतिहरुलाई धेरै हदसम्म रोक्न र न्यूनिकरण गर्न सकिन्छ । यसले प्राकृतिक विपति र महामारी जस्ता भयँकर विपतिहरुलाई पूर्व सचेतना र सचेतताबाट धनजन र क्षतिबाट धेरै हदसम्म बचाउन सकिन्छ । यसमा राज्यसत्ताको भूमिका प्रधान हुन्छ । राज्यसत्ता सही राजनीतिक दर्शनबाट निर्देशित हुनुपर्छ । सही राजनीतिले सही र जनउत्तरदायी सत्ता कायम गर्दछ । जसले शिक्षा, स्वास्थ्य, धर्म, संस्कृतिलाई सही ढंगले सन्तुलन र परिचालन गर्दछ र जनसेवामा प्रयोग गर्दछ । जव सत्ता सही ढंगले परिचालन हुन्छ जनता अर्थात नागरिक र सत्ता बीचको सम्बन्ध सुमधुर बन्छ, अनुशासित बन्छ, मर्यादित बन्छ र जनताले राज्यलाई दिलोज्यान दिएर सहयोग गर्दछन् । अनि देश बलियो र शक्तिशाली र समृद्ध बन्छ । जनता खुशी र सुखी बन्छन् । राज्य पनि जनताप्रति उत्तरदायी बन्छ र सही योजना तर्जुमा गर्दछ । जब गलत राजनीतिले राज्यसत्तालाई गाइड गर्दछ सत्ता जनउत्तरदायी हुँदैन । यो स्वच्छाचारी बन्दै जान्छ । मनपरी, मनोमानी, जथावावी र स्वार्थलिप्सामा जान्छ । यो अवस्थामा राज्यसत्ता एकातिर, जनता अर्कोतिर बन्न पुग्दछन् । राज्य कमजोर बन्दै जान्छ । विदेशीहरुले लुट्छन् । फुटाउँछन् र उपनिवेश बनाउँछन् । अहिले नेपालमा भएको यही हो ।
नेपालमा अहिले दलाल पुँजीवादी राज्यसत्ता छ । दलाल सत्ता रेमिट्यान्स, कमिशन, घुस, भ्रष्टाचार, अनियमितता र स्वार्थलिप्सामा बाँच्ने गर्दछ । आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न र सत्ता र कुर्चीमा बस्न जे पनि गर्न तयार हुन्छ । स्वार्थ र पदको लागि देश बेच्न तयार बन्छ । देशको साधन श्रोत, श्रमशक्ति, जल, जमिन सव बेच्न तयार हुन्छ । मालिकले जे भन्छ त्यो गर्न तयार हुन्छ । अहिलेको नेपालका दलालहरु यसका उदाहारण हुन् । यसमा संसदीय व्यवस्था पनि उतिकै जिम्मेवार छ । दलीय अस्वस्थ प्रतिस्पर्धाले झन अस्वस्थ बातावरण सिर्जना गर्दछ । जथाबाबी जंगल फडानी, चुरेको उत्खनन्, भावी चुनावलाई प्रभाव पार्ने गरी गरिने राजनीति, भूmठा आश्वासन, पैसाको चलखेल, असारे विकास, गरीव तथा अचेतन जनतालाई विकासको नाममा जताततै डोजर लाएर रणबन भट्काउँदै प्रकृतिको सन्तुलन भत्काइदिनु, भूमाफियाहरु लगाएर खोलाका किनाराहरु अतिक्रमण गुर्न, बेचेर खानु, खोलाको बहाव क्षेत्र अतिक्रमण गर्नु, खोलाको वहाव रोकेर अन्ततिर मोड्नु, साँगुरो खोल्सामा कैद गरेर वरपरका किनारामा भूमाफिया र कर्मचारी मिलेर प्लटिङ गरेर घरहरु ठड्याउनु, पानीका मुहानहरु छेकेर खोलाका जमिनहरु कब्जा गरी बस्नु, बेच्नु यी सारा बेतिथिहरु दलाल पुँजीवादका अनिवार्य विशेषता हुन् । जग्गा दलाल तथा, भूमाफियाहरुले गर्ने यस्ता अवैध धन्धाका परिणाम नै यस्ता विपतिका कारण हुन् जसका कारण यी क्षतिहरु भइरहेका छन् । दलाल सत्ताले जनताप्रति कुनै वास्ता गर्दैन । पूर्व सावधानी अपनाउनुको सत्ता बेवास्ता गर्ने र विपतिहरु निम्त्याउनुको पछाडि धेरै हदसम्म राज्यसत्ता नै जिम्मेवार हुन्छ । प्राकृतिक प्रकोपलाई कसैले रोक्न सक्दैन । यो कुरा सत्य हो तर यसबाट हुने क्षतिलाई धेरै हदसम्म न्यूनिकरण गर्न सकिन्छ । सचेतता, पहलकदमी र तदारुकता नै प्राकृतिक विपतिको प्राथमिक औषधि हो । जुन कुरा दलाल सत्ताबाट बनावती र देखावती मात्र हुन्छ, साँच्चै नै उनीहरुको योजना, भावना र विचारमा हुँदैन । अहिले नेपालमा भएको पनि यहि हो । जबसम्म दलाल सत्ता रहिरहन्छ यस्ता घटना घटने मात्र होइन अझ बढेर जाने छ । त्यसैले महाविपति रोल्न राजनीतिलाई पनि सल्ट्याउनु पर्छ र राज्यसत्तामा आमूल परिवर्तन जरुरी छ । यहाँका पुराना सिष्टम पूरै नबदलिकन यी प्रकोपहरुबाट बच्न र बचाउन पनि सकिदैन । यसको उत्तम उपाय भनेको राजनीतिक सचेतता, राजनीतिक पहलकदमी, पूर्व सतर्कता र सूचना प्रविधिको समुचित उपयोग, पूर्व तयारी र व्यवस्थापन, जनउत्तरदायी राज्यसत्ता आवश्यक हुन्छ । यो समाजवादी सत्ता र समाजवादी व्यवस्था र समाजवादी व्यवस्थापनबाट मात्र संभव छ । यो दलाल सत्ताबाट संभव छैन । जवसम्म यो व्यवस्था रहन्छ यस्ता विपतिहरु बार–बार दोहोरी रहन्छन् ।
पुँजीवादी सत्ता पुँँजीको लागि जे पनि गर्न तयार हुुन्छ । दलाल पुँजीवादले त मालिकका लागि जे पनि गर्न तयार हुन्छ । दलाल पुँजीवादी राज्यसत्तामा माथिदेखि तलसम्म दलालहरुको सेटिङ हुन्छ अर्थात राज्यसत्ता नै दलालहरुको सेटिङमा चल्छ । उपल्लोतहका एक नम्बरका दलालहरु विदेशी पुँजीपति वर्गको सेवा चाकडी र सहकार्यमा चल्छन् । विदेशी मालिकविना उनीहरु एक दिन पनि सत्तामा टिक्न सक्दैनन् अथवा बाँच्न सक्दैनन् । पुँजीवाद वा साम्राज्यवाद तेस्रो मुलुकको कच्चा पदार्थ र साधनस्रोतहरु आफ्ना दलालहरु मार्फत् बैधानिक, संस्थागत र खुलारुपले दोहन गर्दछ । हरेक बस्तुमा निगरानी अधिपत्य जमाउँछ, दलाल बदल्छ । पुरानोलाई साइड लगाउँछ र नयाँ दलाल ल्याउँछ । यसको लागि १, २, ३, ४, ५ नंम्बरमा दलालहरुलाई पंक्तिबद्ध गरेर राखेको हुन्छ । एक नभए दुई, दुई नभए ३ बाट आफ्नो स्वार्थपूर्ति गर्दै जान्छ र क्युमा राखेर भरणपोषण गरेर पालिरहेको हुन्छ । जनतामा लोकप्रिय गराउन अनेक गुलिया नारा दिइरहेको हुन्छ । नेपालमा यस्ता पात्रहरु जो हामीले, जनताले अचानक कहाँबाट आयो नामै नसुनिएको मान्छे, नाटकीय ढंगले आउँछ कसरी आयो ? यसको रहस्य कसैलाई थाहा हुँदैन । यो कुनै एलियन नभएर सुनियोजित रुपमा विदेशी मालिकहरुले भित्रभित्र कसैलाई विदेशी भूमिमा र कसैलाई स्वदेशी भूमिमा तयार पारेर पठाइरहेका हुन्छन् जुन कुरा हामी रहस्यमय देख्छौं । यो ती विदेशीहरुको चटक मात्र हो । नेपाली जनताले यो रहस्य र चटक नबुझ्दासम्म यहाँ धेरै चटक वा जादू देखाइरहने छन् । जुन कुरा चाहे प्राकृतिक विपतिमा होस, या सामाजिक विपतिमा होस् या राजनीतिक विपतिमा । राजनीतिको ठूलो भूमिका रहन्छ ।
तपाई हामीले देख्यौं कोभिड १९ को महामारीले करीव ३ वर्ष विश्वलाई लपेत्यो । चीनबाट फैलिएको भनिए पनि चीन, क्युवा, कोरिया जस्ता समाजवादी देशहरुमा कोविदको प्रभाव असाध्यै न्यून रह्यो । तर अमेरिका, बेलायत, जर्मनी, इटली, भारत जस्ता मुलुकहरुमा यसको प्रभाव कति भयंकर बन्यो । कसरी रातारात १००० शैयाको अस्पताल एक हप्ताभित्र तयार पा¥यो चीनले । अमेरिका जहाँ कोभिडबाट मरेका लासहरुलाई गाड्ने ठाउँ समेत पाइएनन् । पार्कहरु पनि केही खाली रहेन । भूकम्प र अन्य प्राकृतिक विपतिहरु आउँदा तुरुन्त यसको सुरक्षा र व्यवस्थापन हुन्छ । तर नेपालमा भूकम्प र कोभिडको महामारी कति भयंकर भयो । नेपाल जस्ता देशहरुको हालत पनि यस्तै छ । यसले सरकार बदलेर, पात्र फेरेर हुँदैन, व्यवस्था र सिष्टम बदल्नु पर्छ । सोच्ने तरिका बदल्नु पर्छ । त्यस अनुरुपको पात्र र नेतृत्व बदल्नु पर्छ । यसको लागि समाजवादी सत्ता आजको आवश्यकता हो । त्यसैले यस्ता विपति र महाविपतिहरुको पछाडि राज्यसत्ता र राजनीतिको भूमिका महत्वपूर्ण हुन्छ । यसतिर पनि सबैको ध्यान जाओस् ।
अन्तमा असोज ११ र १२ को वर्षाद र बाढीबाट ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना । घाइतेहरुको निशुल्क उपचारको र उपचारमा गंभीरता र वेपत्ताहरुको खोजी कार्यमा तदारुकता दिन, राहात र थप अवरुद्ध मार्गहरु खुलाएर यातायात छिटोभन्दा छिटो सुचारु गर्नका लागि जिम्मेवार निकाय तथा सरकारको गंभीर ध्यानाकर्षण गराउन चाहन्छु, साथै आगामी दिनमा आउने संभावित विपतिहरुको सामना गर्न पूर्व सचेतता र सतर्कताका लागि आम सबैमा मेरो अग्रिम आग्रह छ । सहयोगकर्ता, उद्दारकर्ताहरु सबैलाई धन्यवाद ।