अन्तरविरोधहरुको सही सञ्चालन ः एक सन्दर्भ
व्यक्ति, समाज, राष्ट्र र विश्व सबैतिर अन्तरविरोधहरु रहेका छन् । उक्त अन्तरविरोधकै आधारमा विश्व अगाडि बढिरहेको छ । यसैका आधारमा विश्वमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु पनि भैरहेका छन् । कुनैपनि राजनीतिक पार्टी सही ढंगले चल्छकि चल्दैन भन्ने कुरा उसले सञ्चालनगर्ने अन्तरविरोधका नीतिहरुले निर्धारणगर्ने पर्दछ । नेपालका मुख्यत कम्युनिष्ट पार्टीहरुले पछिल्ला दिनहरुमा यो अन्तरविरोधको सञ्चालन गर्ने कलालाई खासै ख्याल गर्न नसकेको देखिएको छ । अन्तरविरोध शत्रु शक्तिसँगको एकथरी रहेको छभने मित्र शक्तिहरुबीचको अर्कोथरी रहेको हुन्छ । शत्रु शक्तिसँगको अन्तरविरोध शत्रुतापूर्ण र मित्रशक्तिसँगको अन्तरविरोध मित्रतापूर्ण रहेको हुन्छ । त्यसलाई नछुट्याएसम्म सही ढंगले समस्याहरुको हल गर्न सकिंदैन । राजनीतिमा शत्रु शक्ति र मित्र शक्तिबीचको अन्तविरोधलाई राजनीतिकरुपले ठम्याउन सकिन्छ । नेपालको हालको अवस्थामा कम्युनिष्ट र गैह्रकम्युनिष्ट शक्तिबीचको भेदलाई बझ्नुपर्दछ । त्यसमा पनि सही कम्युनिष्ट र नाममात्रका कम्युनिष्ट पार्टीहरु बीचको भेदलाई पनि बुझ्नै पर्दछ । किनकी कम्युनिष्ट नामधारी पार्टी हुँदैमा उनीहरु शोषित पीडित जनताको पक्षमा परिचालित भएका हुँदैनन् । जस्तो नेपालमा कतिपय कम्युनिष्ट नामधारी पार्टीहरु स्वदेशमा नेपाली काँग्रेस र अन्तर्राष्ट्रियरुपमा साम्राज्यवादी शक्तिलाई आफ्नो अशली मित्र ठान्ने गर्दछन् । जुन कुरा उनीहरुको ब्यवहारले देखाएको छ । हाल नेपालमा कतिपयले जनवादी क्रान्ति सम्पन्न भएकाले अब समाजवादी क्रान्तिमा जाने भनिरहेका छन् । ०६३ को परिवर्तनबाट सत्तामा पुगेकाहरुले त्यस्तो नारा दिएको देखिएको छ । तर ०६३ को परिवर्तनले स्थापना गरेको भनिएको राजनीतिक व्यवस्थाको चरित्र र त्यसपछि सत्तामा पुगेका पार्टी एवं तिन्का नेताहरुको चरित्रलाई व्याख्या र विश्लेषण गर्ने हो भने नेपालको खास राजनीतिक अवस्था र स्थितिकाबारेमा धेरै कुराहरु स्पष्ट हुनपुग्दछन् । पछिल्लो समयमा स्थापना गरिएको राजनीतिक व्यवस्था आफैँमा नवसामन्तवादी र साम्राज्यवाद प्रभावित व्यवस्था हो । यो व्यवस्था पहिलेका व्यवस्थाहरुभन्दा कमजोर छ, तर बलियो हुने र जरा गाड्ने प्रयासमा रहेको छ । जसको उन्मूलन आजको आवश्यकता हो । विद्यमान राजनीतिक व्यवस्थाको सञ्चालन हाल चलन चल्तीको भाषामा भन्ने हो भने विचौलियाहरुले गरिरहेका छन् । जो विश्व साम्राज्यवादबाट प्रेरित रहेका छन् । ०७२ को संविधान र त्यसअनुसार देशमा लागू गराइएको राजनीतिक व्यवस्था मान्ने सबै बिचौलियाहरु हुन् । जसमा केही मात्रात्मक अन्तर होला । तर समग्रमा उनीहरुले संरक्षण गर्ने भनेको नव सामन्तवादी व्यवस्था कै हो । हाल संसद्मा भ्रष्टाचारलाई कसरी नियमन गर्ने भन्ने सम्वन्धमा विवाद चलेको छ । जसमा संसद्मा रहेका दलहरुकाबीचमा विभाजन देखिएको छ । त्यसैगरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्का दुबै सदनबाट बहुमतका आधारमा पारित गरिएपनि त्यसलाई सबै पक्षले स्वीकार गर्न सकिरहेका छैनन् । सो विधेयक एकातिर राष्ट्रपतिबाट प्रमाणित भएर कानून बन्ने क्रममा छ भने अर्कातिर कतिपय पार्टी र शक्तिहरुले बिमति जनाएका छन् । उक्त कानून पीडित मैत्री नहुने कुराहरु उठिरहेका छन् ।
यसरी सडकदेखि सदन र सरकारसम्मनै विभिन्न किसिमका बिवादहरु रहेका छन् । जसमा पक्षधरताको प्रश्न गंभिर रहेको छ । खासगरी जनपक्षीय राजनीति गर्ने पार्टी र शक्तिहरुले यस्ता राष्ट्रिय मुद्धाहरुमा आफ्नो पक्षधरता स्पष्ट ढंगले जनाउन सक्नुपर्दछ । तर पछिल्ला वर्षहरुमा खासगरी कम्युनिष्ट पार्टीहरुमा जनताका अन्तरविरोधहरुको सही सञ्चालन गर्ने कुरामा कतिपय कमजोरीहरु देखिएका छन् । जनपक्षीय शक्तिहरुबीचको अन्तरविरोध मित्रवत हुनुपर्छ भने जनविरोधीहरुसँगको अन्तरविरोध शत्रुतापूर्ण हुन्छ । जसका लागि उचित र अनुचित कुराहरुको भेद गर्न जान्ने कलाको पनि विकास गरिएको हुनुपर्दछ । त्यसो भएन भने कहिलेकाँही उल्टा व्यवहारहरु पनि हुन जान्छन् । अन्तरविरोधहरुको सही सञ्चालनका बारेमा पार्टीहरुले आ–आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विभिन्न समय र सन्दर्भमा प्रशिक्षित गर्न सक्नुपर्दछ । जस्तो केही कम्युनिष्ट पार्टीहरुले सत्ता र शक्तिको लोभमा दक्षिणपन्थी र जनविरोधी राजनीतिक पार्टी र शक्तिहरुसँग एकता गरे । हाल आएर उनीहरुले आफ्नो कित्ता अलग गरिदिँदा ति पार्टीहरु संकटमा परेका छन् । उनीहरुले जनमानसमा आफ्नो विश्वास गुमाउन पुगेको अवस्था छ । उनीहरुको मूलचाहना भनेको सत्ता र शक्ति हो । त्यसैले उनीहरुको पक्षधरता बारम्बार परिवर्तन हुने गरेको छ । सर्वहारा वर्गको क्रान्तिकारी सिद्धान्तः माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ बिचारधारा हो र व्यवहार भनेको वर्गसंघर्ष हो । उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगसंँग सम्बन्धित तीन महत्वपूर्ण क्रान्तिकारी आन्दोलनको मूर्त व्यवहार पनि हो । सिद्धान्तलाई व्यवहारसँंग जोड्नेभन्नुको अर्थनै माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ बिचारधाराको अडान, दृष्टिकोण र विधिलाई प्रयोग गरेर क्रान्ति र निर्माणको प्रक्रियामा आईपर्ने व्यावहारिक समस्याहरुलाई अध्ययन तथा समाधान गर्नु हो । जसलाई अध्यक्ष माओले आफ्ना आलेख र विभिन्न भाषणहरुमा ‘निशानामा तीर हान्ने’ भनेर परिभाषित गर्नुभएको पाइन्छ । यहाँ बुझ्नुपर्ने कुरा के छभने निशानासँंग तीरको जस्तो सम्बन्ध हुन्छ, त्यस्तै सम्बन्ध व्यवहार सिद्धान्तका बीचमा पनि हुन्छ । यदि हामीले सिद्धान्तलाई भुल्यौं अथवा बेवास्ता ग¥यौंभने हाम्रो निशाना पनि गलत हुन्छ । गलत निशाननले निश्चय नै गलत परिणति दिन्छ । निश्चित उद्देश्यका निमित्त माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई अध्ययन गर्न व्यवहारलाई प्रस्थान विन्दु बनाइएको हुनुपर्दछ । निश्चित कुरा हो कि सिद्धान्त र व्यवहारलाई अलग गराइयो भने हामीले अन्धकारमा गोली हाने सरह हुन्छ । सही सिद्धान्तलाई केवल पढ्ने र गफमात्र गर्ने विषय बनाइयो भने त्यो सिद्धान्त जतिसुकै राम्रो भएपनि त्यसको कुनै खास उपादेयता रहँदैन । माक्र्सवादी शिक्षाको निचोड के छभने यदि हामीले क्रान्तिकारी व्यवहारका क्रममा पैदाभएका समस्याको सामना ग¥यौं र माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक हतियारलाई प्रयोग गरेर तीनको विश्लेषण, अध्ययन र समाधान ग¥यौं भनेमात्र हामीले सिद्धान्तलाई व्यवहारसंँग जोडेको ठहरिने छ ।
त्यसो भएमामात्र तीरले सही निशानामा मार हान्ने छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्तको नेपाली क्रान्तिको व्यवहारसँंग भएको घनिष्ट मेलनै खासमा वैचारिक सिद्धान्त हो । कम्युनिष्ट पार्टीहरुले जहिले पनि दक्षिणपन्थी तथा वामपन्थी अवसरवादीहरुका विरुद्धमा आफ्ना सम्पूर्ण प्रयासहरुलाई केन्द्रित गर्नु जरुरी छ । यदि क्रान्तिलाई दीर्घकालीन र सही ढंगले अगाडि बढाउने नै होभने नेपाली समाजका विशेषताहरु र हरेक बर्गको स्थितिको विस्तृत अनुसन्धान र गहिरो विश्लेषण गर्नु आवश्यक छ । कम्युनिष्ट पार्टीले राजनीतिक दिशा, कार्यदिशा र सिद्धान्तहरु निर्धारित गर्नु पर्दछ । जसमा पार्टीका ऐतिहासिक अनुभवहरुलाई पनि आधार बनाउन सकिन्छ । सिद्धान्त र व्यवहारलाई जोडेर निर्माण गरेको क्रान्तिकारी कार्यदिशाअनुसार अगाडि बढेर मात्र विजय अभियानलाई अगाडि बढाउन सकिन्छ । यदि हामीले सिद्धान्तलाई व्यवहारबाट अलग ग¥यौं र क्रान्तिकारी कार्यदिशाबाट अलग भयौंभने निश्चित छ, पार्टीले धक्का खान्छ । यस्ता गतिबिधिबाट सधैँ असफलताहरुमात्र हातलाग्ने हुन्छ । यसलाई पुष्टि गर्ने नेपालमै अनेकांै दृष्टान्तहरु रहेका छन् । ७५ वर्षभन्दा लामो नेपालको कम्युनिष्ट आन्दोलनको सही ढंगले समीक्षा गर्ने होभने उपरोक्त कुराहरु प्रमाणित हुन सक्दछन् । नेपाली क्रान्तिको विजय भनेकै माक्र्सवादी–लेनिनवादी सिद्धान्तको विजय हो भन्ने ढंगले अगाडि बढेको हुनुपर्दछ । तर पछिल्लो समयमा नेपालका कतिपय कम्युनिष्ट नामधारी पार्टीहरु संसदीय राजनीतिको चास्नीमा डुबेका छन् । सहज ढंगले सुख सुबिधा प्राप्त हुने भएकाले उनीहरु जहिले पनि चर्को क्रान्तिकारी नारा दिने तर व्यवहारमा भने त्यसलाई वेवास्ता गर्ने गर्दछन् । अझ कतिपय अवस्थामा उनीहरुले क्रान्तिकारी नैतिकता र व्यवहारलाई नकार्ने गरेको देखिएको छ । त्यसैले नेपालका कम्युनिष्ट पार्टीहरुले आन्तरिक समीक्षा गरेर अन्तरपार्टी सम्पर्क विभागको ब्यवस्थाका साथै आपूmभित्र र बाहिरकोसमेत समयसापेक्षा समीक्षा गर्ने गर्नुपर्दछ । त्योभनेको छाटो शब्दमा अन्तरविरोधहरुको सही सञ्चालनको प्रश्न हो । यदि सिद्धान्तलाई व्यवहारसँंग मिलाउने होभने सर्वहारावादी क्रान्तिकारी अध्ययन शैलीको पनि विकास गरेको हुनुपर्दछ । माक्र्सवादी–लेनिनवादी विश्व दृष्टिकोणअनुसार परिस्थितिको व्यवस्थित र विस्तृत अध्ययन तथा अनुसन्धान गर्न र क्रान्तिकारी उत्साहलाई व्यावहारिकतासँग मिलाउन माक्र्सवादी–लेनिनवादी सिद्धान्त र विधिलाई प्रयोग गर्नुपर्दछ । पछिल्लो समयमा कतिपयको नारा क्रान्तिकारी र व्यवहार दक्षिणपन्थी भैदिँदा जनतामा विभिन्न भ्रमहरुको सिर्जना भएको छ । त्यसलाई निर्ममतापूर्वक चिर्ने प्रयत्ननै आजको खास आवश्यकता हो ।