मालेमावादको विकासको प्रश्न
“माक्र्सवाद संघर्षद्वारा मात्र विकसित हुन सक्छ, र यो कुरा विगत र वर्तमानका सन्दर्भमा मात्र नभई भविष्यका सन्दर्भमा पनि त्यत्तिकै सत्य हो ।”
– माओ त्सेतुङ
माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारा वर्गको मार्गदर्शक सिद्धान्त हो । यसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो ।
यस दार्शनिक आलेखमा माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक तथा दार्शनिक विकास कसरी हुँदै आएको छ भन्ने विषय संक्षेपमा प्रस्तुत गरिनेछ ।
माक्र्सवादको संक्षिप्त परिचय ः
माक्र्सवादको प्रतिपादन कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्सद्वारा विश्वविख्यात कम्युनिस्ट घोषणापत्र मार्फत् सन् १८४८ मा गरिएको हो । यसलाई कम्युनिस्ट लिग मार्फत् सन् १८४८ फेब्रुअरी २१ दिन लण्डनबाट गरिएको हो । माक्र्स–एंगेल्स माक्र्सवादका प्रवर्तक हुनुहुन्छ । जर्मन शास्त्रीय दर्शन, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादको गहन अध्ययन– विश्लेषण र संश्लेषण पश्चात् विश्व सर्वहारा वर्गको मुक्तिको सिद्धान्त र पथप्रदर्शक सिद्धान्तका रूपमा माक्र्स–एंगेल्सद्वारा माक्र्सवाद र माक्र्सवादी दर्शनको अनुसन्धान गरिएको थियो ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सवाद गतिशील सिद्धान्त हो । वर्गसंघर्ष र विचार संघर्षको बीचबाट माक्र्सवादको जन्म र विकास हुँदै आएको छ । आज माक्र्सवादले आफ्नो विकासको क्रममा माक्र्सवादी चरण, लेनिनवादी चरण र माओवादी चरणसम्म गुणात्मक रूपमा विकास भएको छ, माक्र्सवादका विकासका यी तीन गुणात्मक चरणबारे छोटो रूपमा विषय प्रस्तुत यसरी गरिएको छ ः–
माक्र्सवादको विकासको चरण ः
माक्र्सवाद एक विज्ञान हो, अर्थात् माक्र्सवाद विश्व सर्वहारा क्रान्तिको विज्ञान हो । समाज विकासका क्रममा यसको पुँजीवादको प्रारम्भिक अवस्थामा जन्म र विकास भएको हो । माक्र्सवादको मुख्य उद्देश्य लक्ष्य के हो भन्ने कुरा नै महत्वपूर्ण विषय हो । यसको दार्शनिक, आर्थिक, राजनीतिक मान्यता को हो भन्ने विषय नै प्रमुख विषय हुन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धन्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता र लक्ष्य–उद्देश्य हुन् । लेनिनले माक्र्सवादबारे “माक्र्सवाद भनेको माक्र्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृङखला हो” भन्नुभएको छ । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वहरूको संश्लेषणबाट भएको छ ।
माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो । यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । यसले चेतनालाई वस्तजगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । यो दर्शनको पद्धति द्वन्द्ववाद हो ।
फ्रेडरिक एंगेल्सले द्वन्द्ववादका तीन नियम अर्थात् विपरीतहरूको एकता र संघर्षको नियम, मात्रको गुण र गुणको मात्रामा रूपान्तरणको नियम र निषेधको निषेधको नियमको उल्लेख गर्नुभएको छ ।
साथै कार्ल माक्र्सले ऐतिहासिक भौतिकवादमा सामाजिक सत्ता र सामाजिक चेतना, उत्पादन शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरि संरचना तथा उत्पीडक र उत्पीडित वर्गहरूका बीचको संघर्षको मान्यता प्रस्तुत गर्नुभयो छ । माक्र्सको राजनीतिक अर्थशास्त्र श्रम मूल्यको सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ । माक्र्सको वैज्ञानिक समाजवाद वर्गसंघर्ष, इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक साम्यवादका आधारभूत मान्यताहरूद्वारा निर्मित भएको छ ।
लेनिनवादको विकासको चरण ः
सन् १८८३ मा प्लेखानोवको नेतृत्वमा गठन गरिएको मजदुर मुक्ति दलद रुसमा पहिलो माक्र्सवादी समुह थियो । प्लेखनोवकै नेतृत्वमा त्यसलाई विकास गरिएको थियो । त्यही नै रुसमा स्थापित कम्युनिस्ट पार्टी थियो र त्यसैलाई नै लेनिन (१८७० – १९२४) ले नयाँ ढंगले विकसित गर्नुभएको थियो ।
माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । लेनिनवादको विकास कुन कारणले भयो भन्ने कुरा ज्यादै महत्वपूर्ण विषय हो । लेनिनको समयमा पुगेर पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका क्षेत्रमा थप खोज– आविष्कार हुँदै जानू र त्यसप्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको थियो ।
त्यही परिस्थितिमा प्रकृति विज्ञानका क्षेत्रमा दु्रतगतिले प्रगति हुँदै गयो । इलेक्ट्रोनको क्षेत्रमा विसत खोज भयो, सापेक्षतावादको सिद्धान्त प्रकाशमा आयो । त्यो स्थितिमा कैयौं आदर्शवादी प्रकृति वैज्ञानिक र दार्शनिकहरूले पदार्थ लोप भयो भन्दै भौतिकवादमाथि प्रहार गर्न थाले । एकातिर यो स्थिति र अर्कोतिर साम्राज्यवादको जन्मको कारण मजदुर आन्दोलनमा अभिजातवर्गको प्रादूर्भावबाट संशोधनवाद प्रकट भयो र त्यसले माक्र्सवादको गंभीर तोडमरोड गर्न थाल्यो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरूलाई अगाडि बढाउनु पर्ने आवश्यकताको परिपुर्ति लेनिनबाट भएको थियो । लेनिनले आफ्नै नेतृत्वमा सन १९१७ मा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेर माक्र्सवादको सफल प्रयोग गर्नुभई विश्वमै पहिलोपटक सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नुभएको थियो ।
त्यसै प्रक्रियामा लेनिनले सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभएको थियो । र पार्टी संगठनका क्षेत्रमा जनवादी केन्द्रीयताको सिद्धान्त प्रतिपादन गर्गु भयो । यिनै समग्रतालाई लेनिनवाद भनिन्छ । लेनिनवादका बारेमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गका अर्का नेता स्टालिनले भन्नुभएको छ, “लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । अझ खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति र विशेषतः सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्त र कार्यनीति हो ।“
त्यस्तै लेनिनवादी सिद्धान्त, विश्वदृष्टिकोण र उहाँका शिक्षाकाबारेमा माओ त्सेतुङले भन्नुभएको छ, “लेनिनवादको सिद्धान्तले माक्र्सवादको विकास गरेको छ । यो कुन सन्दर्भमा भनिएको छ ? प्रथम, विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा र द्वितीय क्रान्तिको सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व र सर्वहारा वर्गको राजनीतिक पार्टीका प्रश्नहरूमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरू रहेका छन् ।“
लेनिनद्वारा प्रतिपादित लेनिनवादले माक्र्सवादको विकासमा थपेको उँचाइबारे स्टालिन र माओ त्सेतुङका भनाइहरूले सटिक र सूत्रबद्ध रूपमा राम्रो प्रकाश पारेका छन् । लेनिनले माक्र्सवादी विश्वदृष्टिकोणमा जुन नयाँ उँचाई थप्नु भएको छ त्यसका मूल विशेषताहरू यसप्रकार रहेका छन् ः
(१) पदार्थको लोप भयो भन्ने आदर्शवादी प्रकृति वैज्ञानिक तथा दार्शनिकहरू र संशोधनवादीहरूका विरुद्ध लेनिनले विज्ञानका थप विकसित सामाग्रीका आधारमा द्वन्द्वात्मक भौतिकवादको दार्शनिक मौलिक प्रश्नमा नयाँ आयाम प्रदान गर्नु भएको छ । लेनिनको यो योगदान अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अतुलनीय रहेको छ ।
(२) महान् लेनिनले द्वन्द्ववादी पद्धतिको व्याख्या, विश्लेषण र परिमार्जन गरी त्यसमा अग्रिम विकास र मूर्तिकरण गर्नुभएको छ । लेनिनले भँडुवा विकासवादका विरुद्ध संघर्ष गरि द्वन्द्ववादको विपरीतहरूको एकता र गुणात्मक छलाङको सिद्धान्तमा नयाँ आयाम थप्नु भएको छ ।
(३) लेनिनले द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्तमा प्रतिबिम्बनको सिद्धान्त, ज्ञानको वक्रता तथा बहुविधताबारे लेनिनले कैयौं नयाँ नयाँ कुराहरूको उजागर गर्नुभएको छ ।
(४) लेनिनले ऐतिहासिक भौतिकवादको क्षेत्रमा समाज विकासका उत्प्रेरक शक्तिको अवमूल्यन गर्ने आत्मपरतावाद, चेतनाको भूमिकालाई नकार्ने संवतःस्पूmर्तवाद, जनताको भूमिकालाई निषेध गर्ने अराजकतावाद, सामाजिक चिन्तन र सामाजिक सत्तालाई एउटै ठान्ने तथा उत्पादक शक्तिको सिद्धान्तको पूजा गर्ने संशोधनवादका विरुद्ध कडा संघर्ष चलाउनु भएको थियो ।
साम्राज्यवादको सारतत्वलाई एकाधिकार पुँजीवादका रूपमा आौंल्याउँदै सर्वहारा क्रान्तिको सिद्धान्तलाई विकसित गर्ने, सर्वहारा अधिनायकत्वको सिद्धान्तलाई परिमार्जन गर्ने, साम्राज्यवादको युगमा युद्धको अपरिहार्यता र हिंसापूर्ण क्रान्तिको अनिवार्यतालाई व्यवस्थित रूपमा सैद्धान्तिकरण गर्ने काममा लेनिनको उल्लेखनीय भूमिका रहेको छ ।
(५) माकर्सवादी– लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासंग गाँस्ने, वर्गदुश्मन तथा संशोधनवादका विरुद्ध वर्गसंघर्ष र दुईलाइन संघर्षका समस्याहरूको समाधान गर्दै ।
वैज्ञानिक समाजवादको स्थापना तथा निर्माण गर्ने काममा लेनिनको भूमिका अद्वितीय रहेको छ ।
के गर्ने ? भौतिकवादः अनुभवसिद्ध आलोचना, सोह्र बुँदे दार्शनिक नोट, एक पाइला अगाडि दुई पाइला पछाडि, राज्य र क्रान्ति, साम्राज्यवाद पुँजीवादको उच्चतम चरण, वामपन्थी साम्यवाद ः एक बालरोग, माक्र्सवाद र संशोधनवाद जस्ता दार्शनिक तथा सैद्धान्तिक पुस्तकहर लेखेर माक्र्सवादी ज्ञान सिद्धान्तको भण्डारमा महत्वपूर्ण योगदान थपेर समृद्ध तुल्याउनु भएको छ ।
माओवादको विकासको चरण ः
माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । माओ त्सेतसङ (१८९३–१९७६) माओवादका प्रवर्तक हुनुहुन्छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा के आवश्यकताले माओवादको विकास गरियो भन्ने विषय ज्यादै महत्वपूर्ण विषय हो । खासगरी सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, विश्व सर्वहारा वर्गका महान् नेता तथा सोभियत सत्ताका प्रमुख स्टालिनको सन १९५३ मा मृत्यु भयो । त्यतिबेला अन्तर्राष्ट्रिय पनि थिएन । त्यसपश्चात सोभियत रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा प्रतिक्रान्ति भई पुँजीवादको पुनस्र्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने र ख्रूश्चोवी आधुनिक संशोधनवाद विरुद्धको लडाइँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओत्सेतुङद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेस्रो, नयाँ र गुणात्मक उँचाइमा पु¥याउने काम भएको थियो । माक्र्सवाद–लेनिनवादलाई माओवादमा विकसित तुल्याउने काममा माओ त्सेतुङको अतुलनीय योगदान रहेको छ ।
सर्वहारा क्रान्तिको विज्ञानको माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा भएको गुणात्मक विकासको प्रक्रियालाई हामीले यसरी बुझ्न आवश्यक हुन्छ कि वर्गसंघर्षको ऐतिहासिक अनुभव र विकासको क्रममा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको क्रान्तिको विज्ञानको रूपमा माक्र्सद्वारा माक्र्सवादको अनुसन्धान भएको हो । अनवरत संघर्ष र महान् प्रतिभाको परिचयका साथ कार्ल माक्र्सद्वारा उद्घाटित माक्र्सवादी विज्ञानको दर्शन, राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवाद गरी तीन प्रमुख अंग रहेको कुरा सर्वविधितैै छ । स्वयं एउटा विज्ञान भएको कारणले माक्र्सवादको निरन्तर विकास हुनु स्वाभाविक प्रक्रिया हो ।
तत्कालीन समयमा वर्गसंघर्षका नयाँ अनुभव र समस्याहरूका सन्दर्भमा लेनिनद्वारा माक्र्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादको चरणमा पु¥याउने कामले माक्र्सवादलाई दार्शनिक क्षेत्रका साथै माक्र्सवादका तीनवटै अंगमा एक महत्वपूर्ण उपलब्धि थियो । आज यो विज्ञान संघर्षको विकासको तेस्रो, नयाँ र उच्च चरण साथै माक्र्सवादको तेस्रो, नयाँ र उच्च चरण माओ त्सेतुङद्वारा विकास गरिएको छ ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य ईकाइका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवादलाई आजको माक्र्सवाद–लेनिनवादको रूपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तिन । आजको विश्वको माक्र्सवाद–लेनिनवाद भएकोले नै संसारभरका प्रतिक्रियावादी तथा संशोधनवादीहरूले माओवाद एवम् माओवादीहरूमाथि भीषण हमला गरिरहेका छन् । जसरी माक्र्सवाद–लेनिनवादको स्थापना क्रान्तिकारी कम्युनिस्टहरूद्वारा सबैखाले प्रतिक्रियावाद, संशोधनवाद, अवसरवादका विरुद्ध भीषण संघर्षका क्रममा भएको थियो, त्यसरी नै आज माओवादको स्थापना पनि निर्मम संघर्षका बीचबाट भइरहेको छ ।
माओवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यस माओवादी विश्वदृष्टिकोणका मूल विशेषताहरू यसप्रकार रहेका छन् ः
(१) दर्शन अर्थात् द्वन्द्वात्मक भौतिकवादको सारतत्वका रूपमा अन्तर्विरोधको नियम, विपरीतहरूको एकताको नियमको उद्घाटन र व्याख्या, एकको दुईमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध व्याख्या र प्रयोग ।
(२) द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको क्षेत्रमा पदार्थको चेतनामा र चेचनाको पदार्थमा रूपान्तरणको दुई छलाङको सिद्धान्तको रूपमा विकास र व्याख्या ।
(३) आधार र उपरिसंरचना, उत्पादक शक्ति र उत्पादन सम्बन्ध, सिद्धान्त र व्यवहारबीचको द्वन्द्वात्मक सम्बन्धको व्याख्या, विवेचना र परिमार्जन, नयाँ जनवाद , दीर्घकालीन जनयुद्ध, नोकरशाही पुँजीवाद, सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त तथा महान् सर्वहारा साँस्कृतिक क्रान्तिको सिद्धान्तको प्रतिपादन तथा प्रयोग, वर्गसंघर्षलाई मुख्य कडी मान्ने, राजनीतिलाई कमान्डमा राख्ने, क्रान्तिलाई पकड्ने र उत्पादनमा जोड दिने, मुख्यतः लाल बन्दै निपुण समेत बन्नुपर्ने जस्ता मान्नेता अघि सारी सामाजिक चिन्तन, आर्थिक तथा साँस्कृतिक गतिविधिहरूको सञ्चालन र इतिहास निर्माणमा जनसमुदायको भूमिका उच्च मूल्यांकन सहित जनदिशाको मान्नेता निर्धारणसहितका विचारद्वारा ऐतिहासिक भौतिकवादका क्षेत्रमा महत्वपूर्ण योगदान । दर्शनलाई जनसमुदायमा पु¥याउनुपर्ने कुरामा जोड ।
(४) विश्वदृष्टिकोण र कार्यदिशा बीचको अन्तःसम्बन्धको प्रस्तुति । वर्गसंघर्ष तथा दुई लाईन संघर्षका समस्याहरूको समाधानका लागि कार्यनीतिको विकास र संशोधनवादका विरुद्ध निर्मम संघर्ष । आदि ।
यस अतिरिक्त माओ त्सेतुङले व्यवहारबारे, अन्तर्विरोधबारे, नौलो जनवाद, सही विचार कहाँबाट आउँछ ?, मनोगतवादको विरोध गर, घिसेपिटे पार्टी लेखन, युवा आन्दोलनको दिशा, दर्शनलाई जनताका बीचमा पु¥याउ, जनदिशा, जनताका बीचको अन्तर्विरोध सही ढंगले सञ्चालन गर्नेबारे, ठूलो माछाले सानो माछा खान्छ, दर्शनमा एकको दुई हुन्छ, ज्ञन सिद्धान्तको क्षेत्रमा दुई छलाङको सिद्धान्त, वैज्ञानिक समाजवाद अर्थात् वर्गसंघर्षको क्षेत्रमा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त, संगठनको क्षेत्रमा तीन गर, तीन नगरको सिद्धान्त, पार्टीको कार्यशैली सुधार जस्ता महत्वपूर्ण दार्शनिक, सैद्धान्तिक तथा राजनीतिक लेखहर लेखेर माक्र्सवादी– लेनिनवादी ज्ञान सिद्धान्तको भण्डारमा थप योगदान पु¥याउनु भएको छ ।
माक्र्सवाद–लेनिनवाद–माओवादको ऐतिहासिक कार्यभार ः
माक्र्सवाद एक वैज्ञानिक तथा परिवर्तनशील सिद्धान्त हो । यो निरन्तर विकासको चरणको प्रक्रिया पार गर्दै आज यसले पहिलो माक्र्सवादको विकासको चरण, दोस्रो लेनिनवादको विकासको चरण र तेस्रो नयाँ र उच्च चरणमा माओवादको विकासको चरणसम्म पार गरिसकेको छ । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य ईकाइको रूपमा रहेको माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारा वर्गको पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ ।
माक्र्सवाद–लेनिनवाद–माओवादको ऐतिहासिक कार्यभार के हो ? भन्ने प्रश्न आजको ज्वलन्त प्रश्न हो । यसको ऐतिहासिक कार्यभार भनेको विश्व मानव समाजलाई नयाँ जनवाद, वैज्ञानिक समाजवाद हुँदै वर्गबिहिन, राज्यबिहिन समानतामूलक सभ्य र सुन्दर नयाँ संसारको निर्माण गर्नु रहेको छ । नयाँ संसार भनेको वर्गबिहिन, राज्यबिहिन वैज्ञानिक साम्यवाद हो ।
– लेखक ः वरिष्ठ माक्र्सवादी चिन्तक, लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन ।