मंसिर ८ : नेकपाको इतिहासमा ऐतिहासिक दिन

२०८१ मंसिर १० गते, सोमबार
सन्तोष सी (विषम)



मंसिर ८ नेकपाको इतिहासमा एक ऐतिहासिक दिनको रुपमा स्थापित भएको छ । मंसिर ८ लाई नेकपाले पार्टी पूनर्गठन दिवसको रुपमा मनाउँदै आएको छ । कमरेड विप्लवको नेतृत्वमा नेकपाको पुनरगठन गरेको यहि २०८१ मंसिर ८ मा ठिक १० बर्ष पुगेर एघारौं बर्षमा प्रवेश गरेको छ । पार्टी पुनरगठन सफलतापूर्वक एक दशक पूरा भएको उपलक्षमा सर्वप्रथमतः यसको सफलतापूर्वक नेतृत्व गरेर आउनुहुने पार्टी महासचिव कमरेड विप्लव सी लाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहान्छु साथै उद्देश्यलाई सकुशल महान लक्षसम्म पु¥याउन सुभेच्छासहित प्रगति र सफलताको हार्दिक शुभकामना दिन चाहान्छु । यस्तै पार्टी पुनरगठन पश्चात यो एक दशकमा पार्टीलाई यो ठाउँसम्म आउन आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण सहयोगी, समर्थक, शुभचिन्तक सबैमा धन्यवाद ज्ञापन गर्न चाहान्छु । संगै एकीकृत जनक्रान्तिमा समर्पित सहयात्री, सहयोद्धा कमरेडहरु सबैमा लाल सलाम । यस क्रममा सहादात प्राप्त गर्नुहुने महान सहिदहरु कमरेडहरु सबैलाई हार्दिक श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना ।
सबैलाई थाहा छ – हामी कम्युनिस्ट हौ । हामी माओवादी पनि हौं । हामी माओवादी भएर १० बर्ष सामन्तवाद र साम्राज्यवादका विरुद्ध भीषण जनयुद्ध लड्यौं । दशौं हजार होनहार कमरेडहरु, सर्व साधारण समर्थक, शुभचिन्तक जनताले प्राणको आहुती दिए । हजारौं अझैं पनि बेपत्ता छन् । लाखौं लाख जनताले साथ र समर्थन दिए र नेपालबाट सामन्तवादलाई विदाई गर्न सफल भयौं र देशलाई गणतन्त्रात्मक मुलुक बनाउन सफल भयौं । यो दश बर्षको जनयुद्धको महान देन हो । यसको लागि जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरुलाई सम्मान प्रकट गर्दछु । साथ, समर्थन र सहयोग गर्ने जनता तथा मित्रजनहरुप्रति आभार प्रकट गर्दछु साथै अझै पनि क्रान्ति सकिएको छैन, जनयुद्धले रुप परिवर्तन गरेको छ । लक्षमा पुग्न बाँकी छ, अन्तिम विजय बाँकी नै छ । अधुरो कार्य सम्पन्न गर्नको लागि फेरी अर्को कुर्वानी जरुरी छ । यसको लागि निरन्तर साथ, समर्थन र सहयोग गरिरहनुहुने छ भन्ने आशा छ ।
निश्चय नै लाग्न सक्छ मंसिर ८ विप्लवको एकलौटी निर्णय हो, यो विप्लवको हो । कसैलाई यो लाग्नु स्वभाविक पनि छ कि कि अफ्ठेरो अवस्थाबाट क्रान्तिको उद्दार गर्नु सजिलो थिएन र जो कोहीले आँट गर्न सक्ने अवस्था थिएन । यो अवस्थामा आँटिला र दूर दृष्टि भएका एक हिस्साले मात्र यो पहलकदमी गरेको कुरा सत्य हो । यसरी कसैलाई लागेको छ भने पनि यो त्यस बेलाको अवस्थाको आवश्यकताको निर्णय थियो जो आज सहि सावित भएको छ । यो क्रान्तिलाई निरतरता दिने क्रममा क्रान्तिको विकासका चरणहरुमा अनिवार्य रुपले आउने राजनीतिक परिघटनाको एउटा खुड्किलो हो । हामी कम्युनिस्टहरुले क्रान्तिसम्पन्न गर्न अनेक खुड्किलाहरु पार गर्नुपर्ने हुन्छ, अनेक घुम्तीहरु छिचोल्नु पर्ने हुन्छ । केही घुम्तीहरु सापेक्षिक रुपले अलि सहज र सरल हुने गर्दछ् तर केही भने निकै अफ्ठेरा र जटिल हुने गर्दछन् । हामीले छिचोलेको घुम्ती ती कठिन घुम्तीहरुमध्येको एक थियो जो अझै पनि छिचोल्न बाँकी छ । यसमा केही भित्री घुम्तीहरु हुन्छन्, केही बाहिरका घुम्तीहरु हुन्छन् । हामीले बाहिर र भित्री दुबै घुम्तीहरुको भुमरीमा प¥यौं र त्यो भूमरी काट्न समय लागेको हो ।
नेपाली कम्युनिस्ट आन्दोलनमा २००६ साल बैशाख १० गते ९अप्रिल २२० एटा महत्वपूर्ण परिघटना हो । यो नेकपाको पार्टी स्थापना गरिएको दिन हो । यो दिन समस्त नेपाली कम्युनिस्टहरुको लागि एउटा खुशीयालीको दिन हो । यस्तै २०५२ फागुन १ गते अर्को महत्वपूर्ण परिघटना हो । यो ९नेकपा माओवादी०को नेतृत्वमा नेपालमा १० बर्षको महान जनयुद्ध सुरु गरिको दिन हो । यो दिन समस्त माओवादीहरुका लागि अर्को खुशियालीको दिन हो । नेपाली कम्युनिस्ट आन्दोलनमा तेस्रो महत्वपूर्ण दिन २०७१ साल मंसिर ८ गते बन्न आएको छ । दिन कोमामा गएको जनयुद्धको क्रान्तिकारी आत्मालाई जीवित राख्दै क्रातिकारी कम्युनिस्टहरुले क्रान्तिको झण्डा उठाएको दिन हो । ढलिसकेको कम्युनिस्टको झण्डालाई पुनः फहराएको दिन हो । त्यसैले हामी क्रातिकारी कम्युनिस्टहरुले यो दिनलाई तेस्रो महत्वपूूूर्ण दिनको रुपमा मान्दै आएका छौं । यसरी नेकपाको इतिहासमा हामी कम्युनिस्टहरुले एउटा अप्रिल २२ ९बैशाख ९÷१०० गतेलाई पार्टी स्थापना दिवस, फागुन १ गते लाई जनयुद्ध दिवस र मंसिर ८ लाई पार्टी पुनरगठन दिवसको रुपमा मनाउँदै आएका छौं ।
यी तीनै तिथिहरुलाई हामी खुशीयाली, उमङ्ग र उत्सवको रुपमा विभिन्न रचनात्मक कार्यक्रमहरुसहित मनाउने गरिदै आएको छ । यसपाली नेकपाले यो मंसिर ८ लाई विकेद्रित रुपमा माउने निर्णय गरेको थियो । काठ्माण्डौमा उपत्यका स्तरीय रुपमा केद्रित गर्ने र अन्यत्र जिल्ला र पालिका स्तरमा विकेद्रित गरी आआफ्नो सापेक्षता र मौलिकतामा मनाउने निर्णय अनुसार देशैभरि र विदेशमा समेत मनाउने काम भएको छ । राजधानीमा भने उपत्यका स्तरीय रुपमा केन्द्रित गरी जनसभाकै रुपमा कार्यक्रमको आयोजना गरियो । जसमा महासचिव कमरेड विप्लव र प्रवक्ता कमरेड प्रकाण्डले सम्बोधन गर्नु भयो । म दाङ जिल्लाको कार्यक्रममा सहभागी बने । अन्य सबै स्थायी समिति, पीवीएम, सीसीएमहरु आआफ्नो क्षेत्र र जिल्लाहरुमा सहभागी बने ।
यस बीचमा काठ्माण्डौंमा खुल्ला मञ्चमा मंसिर ८ सम्म आउँदा तीन ओटा कम्यनिस्ट पार्टीहरुले सार्वजनिक कार्यक्रमको आयोजना गरे । केही समय अगाडि प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केद्र०ले शक्ति प्रदर्शन गरे र भृकुटी मण्डपमा सभा गरे । त्यो कार्यक्रमलाई कमरेड प्रचण्डले सम्बोधन गरे । त्यसको काउण्टरमा सरकारको नेतृत्वमा रहेको दल नेकपा ९एमाले०ले यहि मंसिर ८ गते दरबारमार्गमा शक्ति प्रदर्शन र सभा गरे । यो सभालाई प्रधानमन्त्री समेत रहेका नेकपा ९एमाले०का अध्यक्ष कमरेड केपीओलीले सम्बोधन गरे । एक लाख मान्छे उतार्ने भनी निकै हल्ला मच्चाएको सरकारवादी कम्युनिस्ट पार्टी एमालेले अन्तिममा उपत्यका स्तरीय जागरण सभा भनेर ५–७ हजार मासमा चित्त बुुझाउनु प¥यो । सरकार पक्ष र प्रतिपक्षका यी दुई नेताहरुले आफ्ना पुराना शैली दोहो¥याउँदै आरोप पत्यारोप र खण्डन मण्डनमै समय विताए । नेकपा ९एमाले०ले केही समय अगाडिदेखि राजधानीमा एक लाख जना मान्छे ओइराउने हल्ला बेस्सरी गरे तर त्यो संभव नदेखेपछि उनीहरुले त्यसलाई जागरण सभाको नाम दिएर इज्जत ढाक्ने प्रयास गरे । उनीहरुले ७ गते नै त्यो कार्यक्रम राख्नुको पछाडि दुई ओटा नियति देखिन्थ्यो । पहिलो प्रचण्डको कार्यक्रमलाई प्रचण्डभदा कायौ गुणा ठुलो मास ओइराएर धुलो चटाउने र नाकाम सावित गर्ने र दोस्रो लगतै भोली पल्ट मंसिर ८ गते हुने हाम्रो कार्यक्रमलाई प्रभावित पार्ने रहेको थियो तर यी दुबैमा एमाले असफल सावित भए । किन रु एमालेलाई ७ गते नै कार्यक्रम राख्नु पर्ने आतुर प¥यो रु ७ गते कुुन विशेष तिथि प¥यो एमालेको लागि रु जव कि ८ गते हाम्रो कार्यक्रम सधैं भइरहेको कुरा पूर्व घोषित कार्यक्रम थियो । ८ गतेपछि पनि दिनमा राखे पनि फरक पर्दैनथ्यो होला १ किन कि उनीहरुकै भाषामा यो जागरण सभा भने पनि, काउन्टर सभा भने पनि यो जहिले राखे पनि हुने कार्यक्रम थियो, ७ गते नै नराखी नहुुने थिएनन होला । त्यसले के देखाउँछ भने यसको पछाडि केही नियत अवश्य थियो । संयोग के बन्न पुग्यो भने हाम्रो कार्यक्रम यी दुई कार्यक्रमपछि पर्न गयो र प्रचण्ड र केपीको सम्बोधनपछि हाम्रो महासचिवको सम्बोधन पर्न गयो र आम जनताको ध्यान पनि प्रचण्ड र केपी पछि विप्लवले के बोल्छ रु भन्नेमा पर्न गयो । सरकारपक्ष र प्रतिपक्षको जुहारी पछि सडकको आवाजको रुपमा हाम्रो पार्टी महासचिवको सम्बोधन पर्न जानुले सेड्युल मास केन्द्रित र विषय प्रसङ्ग पनि सबै कुराहरु स्वतः प्राकृतिक रुपमै मिल्न गयो । यो संयोग मात्र होइन नियम पनि हो । छायाँमा पार्ने भनेको कार्यक्रम सवभन्दा चासो र सार्वजनिक चासोको विषय बन्न गयो ।
हाम्रो भने हरेक मंसिर ८ गते हाम्रो क्यालेण्डरमा घोषित कार्यक्रम हो । काठ्माण्डौंको जुुलुुश–प्रदर्शनन र सभा भने उपत्यका केन्द्रित कार्यक्रम थियो । हाम्रो पार्टीले पार्टी क्यालेण्डरमा केही तिथिहरुलाई सार्वजनिक विदा, उत्सव, दिवसको रुपमा घोषणा गरेको छ । जस अनुसार बैशाख ९ या १० गते ९अप्रिल २२०लाई पार्टी स्थापना दिवस, असार १० देखि ३० गतेसम्म कृषि –उत्पादन० विदा, असोज २५ गते सी दिवस ९मृत आफन्तजनहरुका संझनामा मनाइने दिवस०, असोज २६ देखि २९ गतेसम्म पारिवारिक वा व्यक्तिगत भेटघाट र भ्रमण विदा, मसिर ८ पार्टी पुनरगठन दिवस भनेर पूर्व घोषणा गरिएका तिथिहरु हुन् । यस अतिरिक्त माओ दिवस, माक्र्स जयन्ती, ऐगेल्स जयन्ती, लेनिन जयन्ती र पार्टी स्थापना दिवस एकै दिन, स्टालिन जयन्ती आदि वहाँहरुको जन्मदिनको तिथिमा केही न केही कार्यक्रमसहित मनाउने हाम्रो सँस्कार बनेको छ ।
जहाँसम्म पाटीरगठन दिवसको प्रसङ्ग छ – यो केही बहससहित छ । बहस यस मानेमा छ कि यो हाम्रो सवभदा पछिल्लो पार्टी विद्रोहको दिन पनि हो । यसको सार पक्ष तत्कालिक सदर्भमा कमरेड प्रचण्डको विचलन, आत्मसमर्पणका विरुद्धको विद्रोह थियो भने रुप पक्ष कमरेड किरणको अकर्मण्यतावाद, मध्यपन्थी–धुलमुले संकीर्णतावादी चिन्तनसंगको निर्णायक सम्बन्ध विच्छेद थियो । संयोगबस यो दिन जनसेना दिवसको दिन पनि पर्न गएको छ । यी कारणले मसिर ८ मानिनदै आएको छ । १० बर्षको जनयुद्धको सन्दर्भमा होस या क्रान्तिकारी आन्दोलनको संघटन र विघटन, उतार–चडावका बीचमा निभीसकेको क्रान्तिलाई जगाउने र पुनरजीवन दिने सन्दर्भमा होस यो निकै ऐतिहासिक दिन सावित भएको छ । यदि यो दिन हुँदैनथ्यो भने आज देशले, जनताले र सिङ्गो क्रान्तिकारी कार्यकर्ताहरुले आशा गर्ने दियो नै निभ्ने रहेछ । कम्तीमा आज केहीले नमाने पनि सबै राजनीतिक दल तथा नेताहरुप्रति जनताको आशा मरेको अवस्थामा विप्लव र नेकपा सबैको अगाडि एउटा भरपर्दो आशाको दियो बनेको छ । सबैको आशा–भरोसा, देश र जनताको भविष्य अव विप्लव र नेकपामा केन्द्रित भएको छ । साम्राज्यवादको निशाना पनि अव नेकपा र यसका नेता कार्यकर्तामाथि परेको छ । उदाहारणका लागि नेकपाका नेता तथा कार्यकर्ताहरुलाई अझै पनि जेलबाट नछोड्नु र उनीहरु माथिका गंभीर मुद्दाहरु राज्यले ३ बुँदे सहमति गरेपछिको ४ बर्ष वित्दा पनि सहमति कार्यान्वयन नगर्नु, सहमति गर्ने व्यक्ति पटक पटक प्रधानमन्त्री बन्दा पनि यो कार्यान्वयन नगर्नु, बचन र निर्णयहरुप्रति इमान्दारी नबन्नु, यसको पछाडि बाहिय दवाव रहेको जस्ता आत्मसमर्पणवादी भाषा प्रयोग गर्नु, हुन्छहुन्छ गर्छुगर्छु भनेर पटक पटक ढाँट्नु यसैका प्रमाण हुन् । यसरी साम्राज्यवादी योजनामा निभाइएको क्रान्तिलाई पुनरजीवित गराएको दिनलाई पूर्वाग्रही आँखाले हेर्दा यो दिनलाई निर्विविवाद भन्न सकिदैन तर निर्विकल्प चाहिँ अवश्य हो । यसरी यो दिनलाई निर्विवाद होइन निर्विकल्पको दिन भन्न सकिन्छ ।
यस पालीको मंसिर ८ लाई आआफ्नो सापेक्षतामा मनाउने क्रममा हामीले लुम्बिनी प्रदेशमा विविध कार्यक्रमसहित विकेन्द्रित रुपमा मनाइयो । यसलाई लुम्बिनी प्रदेशमा रुपन्देहीमा नेता कार्यकर्ताहरुले रक्तदान र चियापान कार्यक्रमसहित, कपिलबस्तुमा अघिल्लो दिन स्वास्थ्य शिवीर सञ्चालन गरेर र ८ गते शिवराज र कपिलबस्तु नगरपालिकामा चियापान र सहिद परिवार भेटघाट गरेर, दाङमा एकै ठाउँमा पश्चिम दाङको हँशपुुरमा एकीकृ जनक्रान्तिका सहिद कमरेड महान ९गोकुल राना मगर०को शालिक शिलान्यास गरेर, अर्घाखाँचीले सदरमुुकाम सधीखर्कमा चियापान कार्यक्रम गरेर, रोल्पाले ७ ओटा गाउँ पालिकामा ९थबाङ, सदरमुुुकाम लिबाङ, सुुुनिलस्मृति, सुुनछहरी, माडी, गंगादेव, परिवर्तन गाउँपालिका०हरुमा पालिका स्तरीय जनतासहितका कार्यक्रम गरेर मनाइएको छ भने गुल्मीमा धुुर्कोट, सत्यावती र मदानेमा भेटघाट चियापान र प्रशिक्षणसहित। पाल्पामा रामपुुर र रिब्दीकोटमा भोजभटेर र चियापानसहित, बाँकेको कोहलपुरमा सहिद परिवारको सम्मान र चियापानसहित, बर्दियाको सदरमुुुकाम गुलरियामा चियापान र भेटघाटसहित, नवलपरासी र प्युठानले सामान्य शुभकामना आदानप्रदान गरेर प्रदेशव्यापी रुपमा मनाउने काम भएको छ । रुपन्देही, कपिलबस्तुु र गुुल्मीले दीपावली समेत गरेको छ । यसै क्रममा रुपदेही र रोल्पा नगरपालिकामा कार्यकर्ताले रक्तदान समेत गरेका छन् । यस क्रममा मैले यो पाली दाङ जिल्लामा सहभागी बने । सदि महानको शालिक शिलान्याससगै गरिएको कार्यक्रम समापन पश्चात सहिद महानको घरमा सहिदका परिवार र आमासंगको भेटघाट, बेलुुकी बबरपुरमा स्थानीय जनता र पुुराना जनयुुद्धकालीन कार्यकर्ताहरुसंगका भलाकुसारीहरु निकै महत्वपूूूूर्ण रह्यो । यसै क्रमममा अर्को दिन संभावित पर्यटकीय क्षेत्र, हाल पिकनिक स्पटको रुपमा चर्चित पुरन्धराको रमनीय पुुरधारा झरना अवलोकन, हेकुलीको चिरेगाड किनारामा निर्मित थारु साँस्कृतिक संग्रहालय अवलोकन, दाङ हेमन्तपुर स्थित सहिद स्कूल अवलोकन आदि ज्यादै महत्वपूर्ण रहे ।
जहाँसम्म पार्टी पूनर्गठन र पार्टी स्थापना दिवसको प्रसङ्ग छ । यो दश बर्षको एकीकृत जनक्रान्तिको निरन्तरता र विकासको नयाँ आयाम हो । यो जनयुद्धको रक्षा र विकासको उपज पनि हो । यो विजय र सफलताको सकेत पनि हो । यो नयाँ आशाको दियो पनि हो । यो अग्रगमनप्रतिको र उज्वल भविष्यप्रतिको आशावाद पनि हो । यति बेला अन्य पार्टीका कार्यकर्ता र नेताहरु क्रान्तिको उज्यालो भविष्य नदेखेर मुर्झाएको बेला नेकपाका नेता कार्यकर्ताहरु नयाँ भविष्य, नयाँ आशावाद, नयाँ विजयको उत्साह र उमङ्गको उत्सव मनाइरहेका छनन् । खुशीयाली र शुुभकामनना सातासात गरिरहेका छनन् । यो त्यो दिन हो जुन दिनबाट हाम्रो नेतृत्वले नयाँ क्रान्तिको बाटो ऐलान गर्नु भयो, नयाँ पार्टीको घोषणा गर्नुभयो र विजय र सफलताको नयाँ बाटो र कार्यदिशा देखाइदिनु भयो । निरास जनतालाई आशा भरिदिनुुुभयो । हो त्यो दिनदेखि अविराम संघर्ष गर्दै, दुई बर्ष प्रतिबन्ध बेहोर्दै, त्यसलाई पनि साहसका साथ जित्दै आज दशौ बर्ष सफलतापूर्वक पार गरेर एघारौ बर्षमा प्रवेश गरेको छ । यसले आगामी दिनहरु सन्नीकट क्रान्तिको विजयका दिनको रुपमा संकेत गरिहेको छ । एकीकृत जनक्रान्ति समाजवादको लक्ष चुम्न सफल रहोस यहि शुभेक्षाका साथ सम्पूर्ण मित्रजन, सहयात्री कमरेडहरु र आम जनतामा पुनः उत्तरोत्तर प्रगति र सफलता हार्दिक शुभकामना ।

प्रतिक्रियाहरु

[anycomment]