कम्युनिष्ट राजनीतिमा मौलाएको व्यक्ति पुजा र आत्मप्रशंसा
नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भनेर एकातिर कतिपयकाबीचमा मन्थन भैरहेको छभने अर्कातिर कतिपय पार्टीमा व्यक्तिपूजा र आत्मप्रशंसा पनि तीब्रढंगले बढेर गएको देखिएको छ । खासगरी जो संसदीय राजनीति र हालको सत्ता बाहिर रहेका छन्, उनीहरूकाबीचमा कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि बढाउनेभन्ने मन्थन हुनेगरेको छ । जो संसदीय राजनीति, सत्ता र शक्तिमा चुर्लुम्म डुबेका छन्, कोही डुब्ने अभ्यासमा छन्, उनीहरूका बीचमा ब्यक्ति पूजा र आत्मप्रशंसा बढेर गएको देखिएको हो । ब्यक्तिपूजा र आत्मप्रशंसा आफैमा सामन्तवादी संस्कार हो, जुन अवसरवादी राजनीतिबाट संरक्षित र प्रोत्साहित रहेको हुन्छ । जसले मुख्यत कम्युनिष्ट राजनीतिलाई उन्मूलन गर्न–गराउन भूमिका खेल्छ । नेपालमा पछिल्ला बर्षहरूमा यस्ता दृश्य बाक्लै र हाम्रै अगाडि प्रत्यक्ष देखिनथालेका छन् । एकजना नेताले हालै कम्युनिष्ट पार्टीहरूबीच एकताको आह्वान गरे । तर त्यसका लागि प्रयासभने गरेनन् । बरु कतिपय कम्युनिष्ट घटकहरूलाई सत्तोसराप गरेर मिल्न नदिने भूमिका निर्वाह गरे । जसबाट अन्तर्राष्ट्रिय क्षेत्रमासमेत नेपालका कम्युनिष्टहरू एकापसमा मिल्दैनन्–मिलेका छैनन्भन्ने सन्देश प्रवाह गराउने काम पनि भएको छ । गत कात्तिकमा भएको नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक बैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कतिपय नेताहरूले कम्युनिष्ट आन्दोलनको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएको सुनिएको थियो । उक्त नेताको भनाई थियो ‘हामी एक ठाउँमा बसौँ, मिलेर अघिबढौँ भनेर आदर्शको कुरा गरेरमात्रै हुँदैन । त्यसका लागि प्रत्येक कम्युनिष्ट नेता कार्यकर्ताले आत्मसमीक्षा गर्नुप¥यो ।’ तर तिनै नेताले आत्मसमीक्षा नभएर आत्मप्रशंसा बढी गर्नेगरेको देखिएको छ । बुद्ध धर्माबलम्बीहरूका माझमा पुग्दा आपूmसँग सम्राट अशोककैजस्ता गुण भएको बताउने, कम्युनिष्ट नेता तथा कार्यकर्ताका माझमा पुग्दा आपूmलाई नेपालको नयाँ माओत्सेतुङ भएको बताउन पनि नचुक्ने, एमालेसँग एकताहुँदा नयाँ मदन भण्डारीभन्ने, बीपी जयन्तीमा पुग्दा आपूmलाई बीपीकै अनुयायी भएको बताउन पनि पछिनपर्ने गरेको देखिएको छ । खासमा व्यक्तिपूजा, पुस्तकको पूजा, र आत्मप्रशंसालाई विश्व कम्युनिष्ट आन्दोलनका नेताहरूलेनै सयौंवर्ष अघि खारेज गरिसकेको विषय हो । विश्व कम्युनिष्ट आन्दोलनका नेता माओत्सेतुङले त व्यक्ति पूजा र पुस्तक पूजाका विरुद्ध विभिन्न समयमा लेखहरू समेत लेखिसक्नु भएको थियो । त्यसैले उहाँले आफैले स्थापना गरेको कम्युनिष्ट पार्टीमार्फत् आफ्नै समयमा बिशाल चीनलाई मुक्त गराउन सक्नुभयो ।
नेपालको कम्युनिष्ट राजनीतिमा फुटको जुन लामो सिलसिला छ, त्यो आजसम्म कायमै छ र त्यसका पछाडि व्यक्ति पूजा–शक्ति पूजा र आत्मप्रशंसानै प्रमुख कारण बनेको देखिएको छ । कतिपयले कथनीमा पाण्डित्य र आदर्श, करनीमा अराजकतावादी व्यवहार नै नेपालका कतिपय कम्युनिष्टहरूको चरित्र रहेको टिप्पणी पनि गर्नेगरेका छन् । ०२५ सालमा भएको नेपाल कम्युनिष्ट पार्टीको फुट, ०४१ सालमा नेकपा (चौथो महाधिवेशन), ०४२ सालमा नेकपा (मशाल), ०५१ मा नेकपा (एकता केन्द्र), ०६५ मा नेकपा (एकता केन्द्र–मसाल) र ०६९ असारमा भएको माओवादीको विभाजन र ०७७ फागुन २३ गते भएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फुट र ०७८ मा एमालेमा भएको विभाजनका पछाडि पनि बताउँदा अन्य कारण देखाउने गरिएपनि त्यसमा कुनै न कुनैरूपमा ब्यक्तिपूजा र नेताहरूमा देखिएको आत्मप्रशंसानै मुख्य कारण रहेको थियो । त्यसपछि पनि नेपालको कम्युनिष्ट राजनीतिमा फुट र एकताका श्रृंखलाहरू अद्यापि कायमै रहेका छन् । जसले प्रायः पार्टीहरूमा आया राम, गया रामभन्ने प्रवृत्तिलाई उजागर पनि गरेको छ । नेपालका प्रायः कम्युनिष्ट पार्टीले कम्युनिष्ट सिद्धान्त, नीति र आचारको पालना छाडिसकेको देखिएको छ । नारा चर्का छन्, तर त्यसलाई ब्यवहारमा उतार्ने कामहरू भैरहेका छैनन् । खासमा उनीहरूको पहिचान नाम र झण्डामामात्र बाँकी रहेको छ । जो, जो कम्युनिष्ट पार्टीको नामसहित संसदीय राजनीतिमा प्रबेश गरे, उनीहरू संसदीय राजनीतिप्रति पनि निष्ठावान हुनसकेको देखिएको छैन । संसदीय ब्यवस्थाका पनि आफ्नै खालका मूल्य, मान्यता र आदर्शहरू रहेका हुन्छन् । तर कम्युनिष्टका नाममा संसदीय राजनीति अपनाएकाहरूले त्यसलाई समेत कुल्चने प्रयास गरेको देखिएको छ । न त आचरणमा कम्युनिष्ट न त व्यवहारमै बहुदलीयताको अवस्था देखिने गरेको छ । कतै पनि स्पष्ट पहिचान बनाउन नसकेपछि उनीहरूलाई समाजले अराजक र अवसरवादीको संज्ञा दिएको देखिन्छ । कुनैपनि देशका राजनीतिक पार्टीहरूले आफ्नो सीमाको ख्याल गर्न र बिचारमा अडिग रहन छाडेपछि विदेशीको चंगुलमा पर्छनभन्ने कुरा पनि नेपालमै चरितार्थ भएको छ । भारतको राष्ट्रिय राजनीतिमा हेर्दाहेर्दै कतिपय संसदवादी कम्युनिष्टहरू लोप हुँदैगएको उदाहारण पनि छ । नेकपाका संस्थापक पुष्पलालले कुनैबेला कम्युनिष्टमैत्री समाजको चर्चा गरेको देखिएको थियो । तर उहाँलाई केही कम्युनिष्ट समूहबाटै कुनैबेला गद्धारको पगरी गुथाउने काम भएको थियो । गद्धार पुष्पलाल पुस्तकका रचनाकारले सार्बजनिकरूपमै माफि मागिसकेकाले पछिल्ला वर्षहरूमा गद्दारी गर्नेहरूले समेत त्यस्तो उपमाबाट मुक्ति पाएका छन् । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७५ वर्षहुँदा पनि राजनीतिमा व्यक्तिपूजाका विषयमा मिहीन ढंगले विचार विमर्श भएको पाइएको छैन । अन्तर्राष्ट्रियस्तरमा भने उपरोक्त विषयमा गम्भीर अध्ययन, विमर्श र लेखन हुँदैआएको पाइन्छ । व्यक्तिपूजाका कारण राजनीतिले उठाउनु परेको क्षति ज्यादै डरलाग्दो हुन्छ ।
राजनीतिमा व्यक्तिपूजा कम्युनिष्ट पार्टीमामात्र नभएर अन्य पार्टीका लागि पनि घातक रहेको छ । पूजक र पूजितबाहेक अरुले यसलाई उचितभनेको सुनिएको छैन । लोकतान्त्रिक वा कम्युनिष्ट शासनप्रणाली जुनसुकैमा पनि व्यक्तिपूजा डरलाग्दो संक्रामक रोग हो जसलाई कोरोनाभन्दा पनि डरलाग्दो मानिन्छ । जसको अन्तरसम्बन्ध अवसरवादसँग रहेको हुन्छ । नेपालका कतिपय अवसरवादी नेताहरूले ब्यक्तिपूजा र आत्मप्रशंसालाई कसरी अपनाइरहेका छन्भन्ने कतिपय ताजा उदाहारणहरू पनि रहेका छन् । जसलाई महत्वपूर्ण अध्ययन र अनुसन्धानको विषय बनाउन सकिन्छ । जसले राजनीति र व्यक्ति दुबैलाई कुरूप बनाउँदै अन्तत समाप्त गराउँछ । इतिहासकार र अन्वेषकहरूकाअनुसार ब्यक्तिपूजाको शुरुवात दास युगबाटै भएको हो । त्यसपछि सामन्तवादी युगमा यसले झाङ्गिने र जरा गाड्ने अवसर पायो । राजा महाराजाका विषयमा लेखिएका प्रशस्तीहरू यसका ताजा दृष्टान्त रहेका छन् । राजाहरू, सम्राटहरू आपूmलाई ईश्वरकै अवतार ठान्थे । हाल नेपालमा राजतन्त्रको उन्मूलन भएर गणतन्त्रको स्थापना भएको अवस्था छ । तर राजसी शोचमाभने परिवर्तन भएको छैन । सामन्तवादी युगमा राजा, महाराजाहरूको जयजयकार गरिन्थ्यो । हाल नेपालका नव धनाढ्यहरूले पनि आपूmलाई देशको राजानै ठान्ने गरेका छन् र जय जयकार गरेको मनपराउने गरेका छन् । अरुले आफ्नो प्रशंसा गरेको खुब मन पराउँछन् । भएनभने आपूmले आफ्नै प्रशंसा गरेर भएपनि आत्मरति लिनेगर्दछन् । ०६२ सालमा भारतको दिल्लीमा गएर १२ बूँदे सहमति गर्ने–गराउनेहरूले बेलाबखत आपूmलाई १२ बुँदेका संगठकनै भन्ने गरेका छन् । यद्यपि उनीहरूकै कारण १२ बुँदे सहमति गर्नेहरू नै छिन्न भिन्नभएको देखिएको छ । कतिपयले आपूmलाई ‘०७२ को संविधानका पिता’ भएको पनि घोषणा गरे । कतिपयले आपूmलाई ‘नेपालको गणतन्त्रका संस्थापक’ पनि भन्न भ्याए । त्यसपछि भाटहरूबाट प्रशस्ती गाउन लगाउने र पूmलमाला पहिरिनेलगायतका कामहरू पनि भैरहेका छन् । उनीहरूकै कारण गणतन्त्र डुब्नैलागेको अवस्थामा आपूmले आफैलाई गणतन्त्रमा सेनानी तोक्ने–तोकाउने काम पनि भएको छ । सामन्ती समाज र राजनीतिक प्रणालीमा व्यक्तिपूजाको तस्विर कस्तो हुन्थ्यो र हुँदो रहेछभनेर सबैले हालसम्म पनि प्रत्यक्ष अनुभव गर्न पाएका छन् । व्यक्तिपूजालाई नेपालमा हालसम्म पनि संस्कृतिकैरूपमा विकास गरिदै लगेको अवस्था छ । राजनीतिलाई बिचारको नभएर संभावनाको खेल ठान्ने, शत्रुशक्ति र मित्र शक्तिको खासै मतलव नगर्ने, जनादेशको उल्लंघन गर्न–गराउन पनि पछि नपर्ने, अल्पमत र बहुमतको ख्याल नगर्ने र कम्युनिष्ट राजनीतिका सीमाहरूलाई पनि बिर्सने कामहरू पनि भैरहेका छन् ।
आधुनिक युगको थालनीसँगै सामन्तवादी मूल्यकारूपमा रहेको व्यक्तिपूजालाई चुनौती दिनथालिएको देखिन्छ । वैज्ञानिक सोचाइ, स्वतन्त्रता, समानता, सामाजिक न्याय एवं मानवीय गरिमाप्रतिको आस्था आधुनिक युगका विशेषता मानिन्छन् । तरपनि सामन्तवादी प्रबृत्तिले टाउको उठाउन छाडेको छैन । जसले कुनै न कुनैरूपमा नेपाली समाजलाई दुखदिने काम गरिरहेको छ । सामन्तवादका विरुद्ध संघर्ष गर्दै विकसित भएको पूँजीवाद र उदारवादी राजनीतिनै व्यक्तिपूजा र आत्मप्रशंसाका आधार मानिन्छन् । पछिल्ला दिनमा आधुनिक मूल्य, मान्यता र आदर्शहरूमै स्खलन आउन थालेको देखिएको छ । नेपालमा राजनीति छेपाराले ठाउँ र परिस्थितिअनुसार रंग फेरेजस्तो हुनथालेको छ । फाँसीवाद, नाजीवादलगायतका विभिन्न किसिमका अतिवाद व्यक्तिपूजाका कारण मौलाएको देखिएको थियो । जसलाई हालसम्म पनि साम्राज्यवादी शक्तिहरूले अपनाउने गरेका छन् । त्यसैले नेपालमा विश्व साम्राज्यवादका लागि काम गरिरहेकाहरूमा व्यक्तिवादी प्रवृत्ति देखिनु कुनै आश्चर्यको विषय होइन । भनिन्छ व्यक्तिपूजा शब्दको प्रयोग रुसी नेता ख्रुश्चेबले सन् १९५६ तिर राम्रैसँग गरेका थिए । शुरुमा ख्रुश्चेब स्टालिनको नेतृत्वमा रहेको सोभियत कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा रहेको भएपनि उहाँको निधनपछि गम्भीर आलोचक बनेको इतिहास साक्षी रहेको छ । जसले सोभियत रुसमा झण्डै ७० वर्ष (सन् १९२२–१९९०) सम्म चलेको कम्युनिष्ट शासनलाई चकनाचुर बनाउने काम गरेको थियो । नेपालमा पनि कम्युनिष्ट राजनीतिकै खोल ओढेर कम्युनिष्ट राजनीतिलाई तितर बितर बनाउने कामहरू भैरहेका छन् । यस्ता छद्मभेषीहरूबाट सर्तक रहौं ।