सत्यको खोजीमा मानवजातिले पार गरेका लाखौं वर्षहरु

२०८१ माघ १४ गते, सोमबार

हस्तबहादुर केसी

आजको युग २१ औं शताब्दीको युग हो । यो युग विज्ञान र प्रविधिका साथै सूचना प्रविधिको क्षेत्रमा मानवजातिले अतुलनीय विकास गरिसकेको युग हो । विज्ञानका विभिन्न विधा र शाखाहरुका माध्यमले गरेका गहन अध्ययन, अनुसन्धान, खोजी, विश्लेषण तथा संश्लेषणबाट मानवले आधुनिक मानवको रुपमा करीब २० लाख वर्ष अघि मात्र लिएको हो भन्ने निष्कर्ष निकालिएको छ र त्यो भविष्यमा पनि निरन्तर अघि बढिरनेछ ।

पृथ्वीमा विकसित भएका सबै प्राणीहरु भन्दा मानवजाति नयाँ र भिन्न गुण तथा विशेषता भएको प्राणीका रुपमा देखापरेको थियो । त्यो नै सबैभन्दा ठूलो गुण हो र विशेषता भनेको विकसित मस्तिष्क चेतना शक्ति नै हो । श्रमले नै उसलाई चेतनशील बनाएको थियो । सर्वहारा वर्गका महान् नेता दार्शनिक फ्रेडरिक एंगेल्सले “श्रमकै आधारमा मानिस बाँदरबाट अलग भएको थियो” भन्नुभएको छ । त्यो सत्य हो ।

  शुरुमा चेतना स्तर विलकूल तल्लो र सामान्य अवस्थामा थियो । तर प्रकृतिसँगको निरन्तर संघर्ष र जिउनको लागि गरिने संघर्ष तथा सत्य र असत्यको बीचको संघर्षका क्रममा मानव चेतना लगातार उन्नत विस्तृत बन्दै गयो । मानव समाज र प्राकृतिक वातावरणबीचको अन्तर्सम्बन्ध जति फेरिदै गयो, आपूmभित्र र बाहिरको वस्तुगत परिस्थिति जति विकसित र परिवर्तन हुँदै गयो, मानव चेतना पनि त्यति नै उन्नत विकसित हुँदै गयो । मानव समाज र प्राकृतिक वातावरणबीचको अन्तर्सम्बन्ध जति फेरिँदै गयो, आपूmभित्र र बाहिरको वस्तुगत परिस्थिति जति विकसित परिवर्तन हुँदै गयो, मानव चेतना पनि त्यति नै उन्नत र विकसित हुँदै गयो ।

आधुनिक मानवको अवस्थामा उठिसकेपछि पनि लाखौं वर्षसम्म मानिसको एउटा आदिम रुपको सामुदायिक जीवन बिताउँदै आयो ।मानव समुदायभित्र वर्गहरुको भएका थिएनन् । त्यसवेला मानव जाति र प्रकृतिबीचको अन्तर्विरोध नै मुख्य थियो । तर पनि मानव समुदायभित्र असंख्य चिन्तन श्रृङखलाहरु प्रकट भइहाल्थे । तिनीहरूभित्र कुनै कल्पनावादी भ्रामक, अवस्तुवादी र गलत हुन्थे । कोही यथार्थवादी, ठीक वस्तुवादी र सही हुन्थे । त्यस्ता विपरीत विचारहरुकन बीचमा अन्तद्र्वन्द्वहरु चलिरन्थे । त्यस अन्तद्र्वन्द्वका क्रममा मानव जाति सत्यको खोजीमा लगातार अघि बढ्दै गयो ।

  मानव समाजको विकासमा लाखौं वर्ष ओगटेको आदि साम्यवादी कालखण्ड पार गरेपछि मानव समाजमा वर्गहरुको उदय भयो । समाजमा उत्पीडक र उत्पीडित, शोषक र शोषित वर्गहरुबोचको विकसित हुन थाल्यो ।सही र गलतकाबीचको संघर्ष मानव जाति प्रकृतिबीचको संघर्ष अब वर्ग– वर्गहरुबीचको संघर्षमा मिसियो । मानवजातिको विकासमा वर्गसंघर्षको निर्णायक भूमिका खेल्न थाल्यो । त्यो नै मानव विकासको चालक शक्ति बन्न पुग्यो । दास समाज, सामन्तवादी समाज र पुँजीवादी समाजमा मानवजातिको विकास क्रमशः वर्गसंघर्ष र सही र गलतबीचको संघर्ष र मानव जाति तथा प्रकृतिबीचको संघर्षको रुपमा विकसित हुँदै गयो ।

संघर्षको हजारौं वर्षको अवधिमा मानव चेतनाले अझ व्यवस्थित र ठोस रुप लिन थाल्यो । वस्तुजगतको विकासको क्रममा त्यस्तो विकास प्रक्रियालाई हेर्ने, बुझ्ने, विश्लेषण गर्ने चेतना शक्तिको पनि विकास हुँदै गयो । हजारौं वर्षका व्यवहारिक अनुभवहरुका ज्ञानको फड्को मार्न थाल्यो । विभिन्न आर्थिक, सामाजिक विकास प्रक्रियामा मानवजातिको साँस्कृतिक विकास उन्नत बन्दै गयो । विज्ञान र प्रविधिमा नयाँ–नयाँ विकास र क्रान्ति हुँदै गए । मानव समाजमा विभिन्न राजनीतिक प्रणाली, आर्थिक प्रणाली, दार्शनिक प्रणाली र अरु वैज्ञानिक प्रणालीहरु विकसित हुँदै गए ।

  ओवेन, लासाल, प्रिन्स क्रोपटकीन, टल्सटोय, आदि जस्ता समाजवादी चिन्तकहरु र समाजवादी विचारधाराहरु प्रकट हुँदै गए । यसरी नै रिकार्डो, माल्थस, कौटिल्य र अन्य अनेक अर्थशास्त्रीहरु तथा उनीहरूका अर्थशास्त्रीसम्बन्धी अवधारणाहरु समाजसमक्ष प्रस्तुत हुँदै गए । यसरी समाजको ऐतिहासिक विकासका क्रममा मानव ज्ञानको राशि लगातार चुलिदै गयो । तर त्यो ज्ञानको रुप लिइसकेको थिएन र मानवजातिले अझै वैज्ञानिक दृष्टिकोण प्राप्त गरिसकेको थिएन । अर्थात् मानवजातिले अझै त्यसलाई प्राप्त गरिसकेको थिएन । त्यसैले बितेका करीब २० लाख वर्षहरु मानिसले वस्तुजगतको ज्ञान र सत्यको खोजीको निम्ति पार गरेका लाखौं वर्ष रहरुका रुपमा हेर्न सकिन्छ ।

समाज विकासको क्रममा १९ औं शताब्दीको पूर्वाद्धमा आइपुग्दा मानव समाजमा पुँजीको विकासले नयाँ चरण प्राप्त गर्न थालेको थियो । पुँजीवादी सामाजिक आर्थिक ढाँचाको उदयपछि उत्पादक शक्ति अत्यन्त तीव्र गतिले विकसित हुन थाल्यो । उत्पादन सम्बन्धले पहिलो राष्ट्रिय स्वरुप र त्यसपछि अन्तर्राष्ट्रिय रुप लिदै गयो । त्यो प्रक्रियामा आधुनिक आौद्योगिक सर्वहारा वर्ग र पुँजीपति वर्गको विकासका साथ मानव समाजले अन्तर भूमण्डलीय समाजको रुप लिन थाल्यो । आधुनिक यन्त्रहरुको विकास भयो । यन्त्रजडित उद्योगहरुले पुँजीवादको विकासलाई विश्वस्तरमा अघि बढ्न मद्दत गरे । सूचना, सञ्चार यातायातका प्रणालीहरुमा आमूल परिवर्तन भयो । मानव चेतनाको क्षितिज हर प्रकारले व्यापक बन्दै गयो र त्यसले समग्ररुपमा नै फड्को मार्ने परिस्थिति देखाप¥यो ।

 ठीक त्यसैबेला वैज्ञानिक साम्यवादका सिद्धान्तकार तथा दार्शनिक कार्ल माक्र्स (सन् १८१८–१८८३) र फ्रेडरिक एंगेल्स (सन् १८२०–१८९५) ले त्यसबेलासम्मका विविध ज्ञानका राशिहरुको अध्ययन, विश्लेषण र संश्लेषण गर्ने क्रममा द्वन्द्वात्मक भौतिकवादको विकास गर्नु भयो । त्यस दर्शनको विकासले त्यतिबेलासम्म मानवजातिले प्राप्त गरेका ज्ञान, चेतना र दर्शनहरुलाई धेरै पछाडि छाडिदियो । मानव चेतना र सिँगो प्रकृतिलाई हेर्ने, बुझ्ने, विश्लेषण गर्ने, संश्लेषण र दुनियाँ बदल्ने सर्बथा नयाँ र वैज्ञानिक विश्वदृष्टिकोण प्रणाली र तरिकाहरु उपलब्ध गरायो । ठीक त्यही विश्वदृष्टिकोणले माक्र्स र एंगेल्सले सिँगो प्रकृतिलाई हेर्नु भयो र त्यो अनन्तदेखि विकसित हुँदै आएको छ, अनन्तसम्म त्यसको विकास जारी रहनेछ । र त्यो एउटा भौतिक प्रक्रिया हो, त्यो हाम्रो चेतना भन्दा स्वतन्त्र छ भन्ने कुरा पत्ता लगाउनु भयो । त्यही प्रकृतिको एउटा अलग मानव समाज हो ।

मानव समाज पनि एउटा खास अवस्थामा उदय भयो र त्यो विभिन्न ऐतिहासिक चरण पार गर्दै वर्तमान पुँजीवादी युगमा आइपुगेको छ । त्यो अब नयाँ सामाजिक क्रान्ति पछि अनिवार्य रुपले वैज्ञानिक समाजवाद र साम्यवादतिर अघि बढ्नेछ भन्ने कुरा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स विश्व सर्वहारा वर्गको मुक्तिको सिद्धान्त माक्र्स र माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको आविष्कार गरेर सन् १८४८ फेब्रुअरी २१ का दिन लण्डनबाट कम्युनिस्ट घोषणापत्र जारी गरेपछि त्यसले ठूलो क्रान्ति ल्याई दियो किनकि विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सिद्धान्त माक्र्सवादलाई प्राप्त गरेर ।

  सत्यको खोजीमा लाग्ने क्रममा मानव जातिले आर्जन क्रममा नै वैज्ञानिक साम्यवादको सिद्धान्त माक्र्स – एंगेल्सद्वारा प्रतिपादन हुन पुगेको छ र यसको विकासको चरणमा पहिलो माक्र्सवादको विकास, दोस्रो चरणमा लेनिनवादको विकासको चरण र तेस्रो, नयाँ र उच्च चरणमा माओवादको विकास भइसकेको छ । अतः मानव जातिले आजसम्म आर्जन गरेको उच्च चेतनाको प्रतिफल नै माक्र्सवाद–लेनिनवाद–माओवाद हो । र, यो प्रक्रिया निरन्तर जारी रहनेछ । यहाँ सत्यको खोजी भनेको नयाँ जनवाद, वैज्ञानिक समाजवाद हुँदै वैज्ञानिक साम्यवाद हो, जुन वैज्ञानिक साम्यवादी समाजमा वर्गहरु र राज्यहरुको निषेध भएको शोषण, उत्पीडनबिहिन समानतामूलक समाज व्यवस्था हुनेछ ।

(हस्तबहादुर केसीद्वारा लिखित द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद पुस्तकबाट)

प्रतिक्रियाहरु

[anycomment]