सशस्त्र जनयुद्ध र वैज्ञानिक साम्यवाद
आदिम साम्यवादलाई छाडेर आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो । – कार्ल माक्र्सवाद
“राज्यसत्ता बाहेक सबै भ्रम हो ।” – लेनिन
“ राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ ।“ – माओ त्सेतुङ
फागुन १ गते नेपालको राजनीतिक इतिहासमा एक ऐतिहासिक दिन हो । आजकै दिन अर्थात् बिक्रम सम्वत २०५२ साल फागुन १ गतेदेखि “माक्र्सवाद–लेनिनवाद–माओवाद–जिन्दावाद, प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं, विद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दावाद “को मूल नाराका साथ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) को नेतृत्वमा महान् दश वर्षे जनयुद्धको थालनी गरिएको थियोे । महान् दश वर्षे जनयुद्ध २०५२ देखि २०६२ सालसम्म सञ्चालन भएको थियोे ।
२०५१ साल फागुन २ गतेदेखि ४ गतेसम्म गोर्खामा बसेकको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को तेस्रो विस्तारित बैठकले नेपाली नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा ठोस गरेको थियो । र २०५२ साल असारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिको पूर्ण बैठकले ऐतिहासिक जनयुद्धको पहिलो योजना पारित गरेको थियो । र “जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिबद्धताहरु” नाम दिइएको क्रान्ति पुरा नभएसम्म हतियार बिसाउने छैनौं भनेर १७ केन्द्रीय समितिले एकमतकासाथ निम्न ७ बुँदे प्रतिवद्धता जाहेर गरिएको थियो ।
७ बुँदे प्रतिवद्धताहरु ः
(१) हाम्रो यो योजना क्रान्तिकारी हिंसा सम्बन्धी माक्र्सवाद–लेनिनवमद–माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्न रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रुपमा अघि बढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
(२) जनयुद्धको थालनीको हाम्रो यो योजना “राज्यसत्ता बाहेक अरु सबै भ्रम हो” भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निम्ति राजनीतिक सत्ताकब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।
(३) हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरि नयाँ जनवादी क्रान्ति पुरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरु चलाउँदै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्श्येमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढता बिना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य संझौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्म पुँजीवादी, संकीर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त रहनेछ ।
(४) हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति सर्वहारा विश्व क्रान्तिकाको अभिन्न अंग हो र यसले विश्व क्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनमा विश्व क्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको क्रान्तिकारी अन्तर्राष्ट्रियस्तरमा यतावादी आन्दोलन (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पु¥याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
(५) हाम्रो यो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तर्विरोधको नियमको सार्वभौमिकता अनुसार पार्टी भित्री संघर्षलाई द्वन्द्वात्मक ढंगले ग्रहण र त्यसलाई सञ्चालन गर्नु र पार्टीलाई त्यसरी सजीव राखि हरे क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु, पुरा ह्रदयले जनताको सेवा गर्न जनतासँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टी कटिबद्ध छ ।
(६) हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्ने छ पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिनेछ कृषि क्रान्तिकालाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवी जनसमुदाय मुख्यतः गरीब किसानहरुमाथि भर परेर चल्नेछ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् प्रतिक्रियावादी गुटहरुको दबाब, धम्की र प्रलोभनमा पर्ने छैन ।
(७) युद्धका आफ्नै नियम अनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्नेछ । लेनिनको “क्रान्ति आफैंले आफ्नो विकासक्रममा सधैं नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरुरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरु पार गरेर नै जनयुद्ध विजयी बन्नेछ खराब कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठीक ढंगले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्ने छौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का ऐतिहासिक दस्तावेजहरु, पेज १३ र १४, प्रसवि प्रकाशन, नेकपा (माओवादी) मेची–कोसी क्षेत्रीय ब्यूरो, पूर्वी कमाण्ड, २०६३ कार्तिक ।
यी ७ प्रतिवद्धता सहित पार्टीले क्रान्तिका चार तयारी रहरु (१) वैचारिक तयारी (२) संगठनात्मक तयारी (३) संघर्षसम्बन्धी काम र (४) प्राविधिक काममा सम्बन्धमा गरि चार तयारी समेत ठोस गरेर रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको राडिजिउला प्रहरी चौकी, गोर्खाको कृषि विकास बैंक र सिन्धुलीगडी प्रहरी चौकीमाथि एकैसात समयमा फौजी आक्रमण गरी महान् दश वर्षे सशस्त्र जनयुद्धको थालनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गरेको थियो ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पुरानो प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गरी त्यसको ठाउँमा नयाँ जनवादी राज्यसत्ता स्थापना गरी वैज्ञानिक समाजवाद हुँदै वैज्ञानिक साम्यवादसम्म पुग्ने महान् उद्देश्यका साथ थालनी गरिएको उक्त सशस्त्र जनयुद्ध नेपालको राजनीतिक इतिहासमा एक ऐतिहासिक परिघटना थियो, जो अनन्तकालसम्म जीवन्त रहनेछ ।
२०५२ साल फागुन १ गतेदेखि थालनी गरिएको सशस्त्र जनयुद्धले छापामार दस्ता, जनमिलिसिया हुँदै जनमुक्ति सेना (लाल सेना) सम्म निर्माण गरेर २०५८ साल मंसिर ८ गते दाङ जिल्लाको सदरमुकाम घोराहीमा रहेको तत्कालीन शाही नेपाली सेनाको क्याम्प ध्वस्त पारेर अगाडि बढ्ने क्रममा डोल्पा, अर्घाखाँची, म्याग्दी, पाल्पाका जिल्ला सदरमुकामहरु र सोलुखुम्बुको सल्लेरी सैनिक क्याम्प कब्जा गरेर अत्याधुनिक हतियार समेत कब्जा गर्न सफल भएको थियो । र, गाउँ गाउँबाट नेपाल प्रहरीलाई लखेटेर जिल्ला सदरमुकामहरुमा खुम्चिन बाध्य मात्र तुल्याएको थिएन कि ग्रामीण ईदाकाहरुबाट शुरु गरेर देशका विभिन्न भागहरुमा स्थानीय नयाँ जनसत्ता, जनअदालत, जन कम्यन र जन सरकारहरु निर्माण गरेर सञ्चालनमा ल्याउनेछ काम समेत गरेको थियो ।
२०५७ मा माओवादीद्वारा आयोजना गरिएको दोस्रो राष्ट्रिय सम्मेलनले मुलुकको संकटको निकासका निम्ति तत्कालीन प्रतिक्रियावादी सत्ताशीत गोलमेच सम्मेलन, अन्तिम सरकार र संविधानसभाको आयोजना गर्ने सहित तीन विकल्प अगाडि सारेको थियो । र दुई दुईपटकसम्म तत्कालीन प्रतिक्रियावादी सत्ताशीत शान्ति वार्तामा सहभागी पनि भएको थियोे । तर प्रतिक्रियावादी सत्ता शान्ति वार्तामार्फत् राष्ट्रको संकट निकास दिन तयार नभए पछि माओवादीले “ढाडमा टेकेर टाउकोमा हान्ने” नीति अगाडि सारेर अगाडि बढ्ने योजना बनाएको थियो । र रणनैतिक प्रत्याक्रमण अवस्थामा पुगेर भारतीय विस्तारवादीहरुको आक्रमणलाई विफल तुल्याउने उद्देश्यले स्रुङयुद्ध लड्ने सम्मको तयारी समेत गरेको थियो ।
यसरी उक्त महान् दश वर्षेनि सशस्त्र जनयुद्ध मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायत जातीय, क्षेत्रीय, लिंगीय सबै प्रकारका विभेद र असमानताहरुलाई समूल नष्ट गर्ने आमूल परिवर्तनकारी संघर्ष अर्थात् समग्र वर्गयुद्ध थियो ।
त्यस बखत माओवादी जनयुद्धले नेपाली जनसंख्याको ८० प्रतिशत भू–भाग आफ्नो पकटमा लिइसकेको अवस्था थियोे । मुलुकमा द्वैत सत्ता सञ्चालनमा आइसकेको अवस्था थियो । यसरी उक्त माओवादीद्वारा सञ्चालन गरिएको दस वर्षे सशस्त्र जनयुद्ध माओवादीको मात्रै युद्ध नभएर आम नेपाली जनताको साझा वर्गीय युद्धमा परिणत भइसकेका थियो
यसरी रणनैतिक प्रत्याक्रमणको अवस्थामा पुगी सकेकै अवस्थामा २०६२ असोज–कार्तिक सम्पन्न माओवादीको चुनवाङ बैठकले नयाँ जनवादी क्रान्तिको कार्यक्रम स्थगित गरी लोकतान्त्रिक गणतन्त्रको नारालाई तात्कालिक कार्यदिशा अप्नाउन पुग्यो । र माओवादीको क्रान्तिको यात्रा ओह्रालो यात्रा शुरु भयो । २०६२ मंसिर ७ गते नेपाली काँग्रेस, एमाले लगायत ७ संसदवादी राजनीतिक दलहरुसित भारतको नयाँ दिल्लीमा भारतीय विस्तारवादी शासकहरुको मध्यस्थतामा १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्न पुग्यो । र महान् दश वर्षे जनयुद्धको जगमा २०६२ २०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलन निरंकुश राजतन्त्रले घुँडा टेक्यो । सीमित राजनीतिक अधिकार सहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।
माओवादीको ओह्रालो यात्राको सिलसिला अगाडि बढ्ने क्रममा २०६३ साल मंसिर ५ गते तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डका बीच विस्तृत शान्ति सम्झौता पत्रमा हस्ताक्षर भयो । यो दश वर्षे जनयुद्धको नेतृत्व गरेर आएको मुख्य नेतृत्वमा पैदा भएको वैचारिक विचलनको परिणाम थियो ।
२०६४ साल चैत २८ गते माओवादी कै एजेन्डा बमोजिम पहिलो संविधानसभाको निर्वाचन भयो । त्यस निर्वाचनमा माओवादी संसद्मा सबैभन्दा ठूलो दलका रुपमा उपस्थित भएकोले ९ सम्म सरकार सञ्चालन समेत ग¥यो ।
तर माओवादी पार्टीको मुख्य नेतृत्वमा जुन वैचारिक विचलन पैदा हुन पुग्यो, त्यसले त्यस नेतृत्वले महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न नभएसम्म हतियार नबिसाउने, देशीविदेशी शक्तिका सामु कहिल्यै नझुक्ने लगायतका ७ प्रतिवद्धतालाई लत्याउदै देशीविदेशी शक्ति अर्थात् साम्राज्यवाद, विस्तारवादका सामु लम्पसार परेर आत्मसमर्पण गर्न पुग्यो ।
परिणामस्वरूप त्यस महान् दश वर्षे जनयुद्धको नेतृत्व गरेर आएको त्यस नेतृत्वले दशौ हजार सहिद, बेपत्ता, घाइते र आम मुक्तिकामी जनताको रगत र पसिनाबाट निर्माण भएको संविधानसभालाई विघटन गरेर प्रतिक्रियावादीहरुलाई बुझायो । जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेनाका सामु आत्मसमर्पण गर्न बाध्य तुल्यायो । हतियार बुझायो, जनमुक्ति सेनाको विघटन गरायो ।
त्यति मात्र होइन महान् दश वर्ये जनयुद्धको प्रक्रियामा जनताको रगत र पसिनाबाट निर्माण गरिए रका नयाँ जनसत्ता, जनअदालत, जनकम्युन, जन सरकारहरु विघटन गराइयो । पार्टीले कब्जा गरेको सामन्त जमिनदारहरुको जग्गा फिर्ता गराइयो । महान् दश वर्षे जनयुद्ध बलमा निर्माण गरिएका विरासतहरु सबै गुमाइसकेपछि २०७२ सालको यथास्थितिवादी र पश्चगामी कालो संविधान निर्माण गर्न मुख्य भूमिका खेल्न पुग्यो र प्रतिक्रियावादी संसदीय व्यवस्थालाई संस्थागत र बलियो बनाउने काम लाग्यो । प्रतिक्रियावादी कित्ताका काँग्रेस, एमाले लगायतका दलाल तथा नोकरशाही पुँजीपति वर्ग, सामन्तवर्गको मलजल गर्ने र मोटाउने कार्यमा लागि पर्दै आयो । त्यति मात्र होइन पटक–पटक प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्न पुगेर पुरै संसदीय व्यवस्थाको भाषामा डुप्न पुगेर देशीविदेशी शक्तिहरुलाई खुसी तुल्याउने काम गर्दै आयो ।
तर त्यस नेतृत्वले प्रतिक्रान्तिको नेतृत्व गरेर आएपनि माओवादी जनयुद्धको अन्त्य भएकोमा छैन । फरक ढंगले अगाडि बढिरहेको छ । किनभने अहिले वैचारिक विचलनको प्राकाष्ठामा पुगेको माओवादीको एउटा नामधारी नक्कली माओवादी, एमाले लगायतका संसदीय नामधारी कम्युनिस्ट पार्टी रहरु नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो । समाजवादी क्रान्ति यही संसदीय व्यवस्था भित्रबाट गर्ने भनेर मिलेराँवादी विचार नेपाली समाजमा फैफाएर जनताका बीचमा भ्रम पैदा गर्ने र महान् नेपाली नयाँ जनवादी क्रान्तिलाई अलमल्याउने कोसिस गरिरहेका छन् ।
तर नेपाल अझैसम्म पनि अर्ध सामन्ती र नवउपनिवेशिक अवस्थामै छ । यसप्रकारको वर्गीय संरचना भएको मुलुकमा गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति नै हो । अब नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद हुँदै वैज्ञानिक साम्यवादमासम्म पुग्ने नेपाली सर्वहारा वर्गको ऐतिहासिक कार्यभार बाँकी नै छ । अहिले हाम्रो देशमा साम्राज्यवाद र विस्तारितवादको आडभरोसामा दलाल संसदीय व्यवस्था सञ्चालन भइरहेको छ । यसलाई नै संघीय लोकतान्त्रिक गणतन्त्र भनिरहेका छन् ।
महान् दश वर्षे जनयुद्धको लक्ष्य नयाँ जनवादी क्रान्ति सम्पन्न गरि वैज्ञानिक समाजवादमा पुगेर वर्गविहिन, राज्यविहिन समानतामूलक वैज्ञानिक साम्यवादसम्म पुग्नु हो । त्यसैले महान् दश वर्षे सशस्त्र जनयुद्धको लक्ष्य आजकै लोकतान्त्रिक गणतन्त्रसम्म मात्र होइन, धेरै पर वैज्ञानिक साम्यवादसम्मको क्रान्तिको यात्रा भएकोले क्रान्ति जारी छ । वर्गसंघर्ष जारी छ । रुपमा मात्र फरक छ, सारमा क्रान्तिकारी जनयुद्ध जारी छ । यसलाई कसैले रोक्न सक्दैन । अहिले देशीविदेशी सबै खाले प्रतिक्रियावादीहरु, कम्युनिस्ट नामधारी दक्षिणपन्थी संशोधनवमदमा पतन भइसकेका नक्कली कम्युनिस्टहरू, नवसंशोधनवादीहरु, छद्म संशोधनवादीहरु यो र ऊ कोणबाट माओवादी जनयुद्धको बदनाम गर्ने, यसको इतिहास र विरासतलाई मेटाउने षड्यन्त्रमा लागि परेका छन् । फेरि पनि नेपालमा वर्गयुद्ध सञ्चालन हुनेछ । किनभने माक्र्सवाद–लेनिनवाद–माओवादको मुख्य कडी भनेकै वर्गसंघर्ष हो । त्यसले मात्र मानव समाजलाई बदल्ने हो । त्यसैले कार्ल माक्र्स (सन् २८१८–१८८३) ले आदिम साम्यवादलाई छोडेर आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो । भन्नुभएको छ । आदिम साम्यवाद वर्गविहिन समाज व्यवस्था थियो र दास युगको उदयसंगै वर्गको जन्म भएको र त्यसपछि शुरु भएकोमा वर्गसंघर्ष जारी छ । यो प्रक्रिया वैज्ञानिक साम्यवादमा पुगेर मात्र समाप्त हुनेछ ।
मिलेराँवादी तथा ख्रुश्चोवपन्थी कम्युनिस्टहरूले शान्तिपूर्ण ढंगले नेपालमा समाजवाद स्थापना गर्ने हुइयाँमा हुइयाँ थप्दै आएका छन् । यस षड्यन्त्रबाट क्रान्तिकारी माओवादी शक्ति र आम मुक्तिकामी नेपाली जनता झुक्किने भ्रममा पर्ने खतराबाट मुक्त हुन जरुरी छ ।
किनभने कमरेड माओ “राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ ।” भन्नुभएको हो । जारी वर्गसंघर्षले मात्र महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न हुनेछ । त्यसपछि मात्र वैज्ञानिक समाजवाद हुँदै वैज्ञानिक साम्यवादसम्म पुग्ने बाटो तय हुनेछ । महान् नेपाली क्रान्ति अवश्यम्भावी छ ।
( लेखक ः वरिष्ठ माक्र्सवादी चिन्तक, लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)