व्यवहारवाद, अनुभववाद र श्रद्धावाद
व्यवहारवाद, अनुभववाद र श्रद्धावाद यी तीनवटै शब्दावलीहरु दर्शनशीत अन्र्तसम्बन्धित रहेका छन् यिनै तीनवटै शब्दावलीहरु दर्शन अन्तर्गत पनि माक्र्सवादी दर्शन विरोधी धारा अन्तर्गत रहेका छन् । दर्शनका क्षेत्रमा यी तीनवटै शब्दावलीहरु आदर्शवादी धारा अन्तर्गत पर्दछन् ।
श्रद्धावाद ः नेपाली शब्दकोषमा श्रद्धा भनेको देवीदेवता वा मान्यजनप्रतिको आस्था, निष्ठा तथा भक्तिलाई जनाउने भन्ने उल्लेख गरिएको छ । यसै श्रद्धा शब्दावलीबाट श्रद्धावाद हुन गएको हो । यो चरम सामन्तवादी संस्कृति र चिन्तनको पराकाष्ठा हो । यसले आपूmभन्दा माथिका व्यक्तिकाबारेमा गुणगान गाउने, उसले कुनै गलती नै गर्दैन, गलती नै गरिहाले पनि उसले आलोचना वा विरोध गर्न हुन्न भन्ने ईश्वरीय चिन्तनमा आधारित रहेको छ । देवी, देवता, राजा–महाराजा र ठूला वडा एवं मान्यजनहरुलाई पुजेर राख्नु पर्दछ, उनीहरूको विरोध र आलोचना गर्दा पाप लाग्दछ भन्ने ईश्वरीय चिन्तन प्रवृत्तिबाट श्रद्धावादको विकास हुन पुगेको हो ।
श्रद्धावाद व्यक्तिपूजासँग अन्र्तसम्बन्धित रहँदै आएको छ जस्तो कि कुनै वरिष्ठ नेता वा व्यक्तिको अन्धभक्ति, उसका गुणहरुको अतिशयोक्तिपूर्ण मूल्यांकन, ऐतिहासिक व्यक्तित्वको आवश्यकता भन्दा बढी सम्मान र प्रसंशा गर्ने कुरामा जोड दिने प्रवृत्ति नै व्यक्तिपूजावादी प्रवृत्ति हो यो व्यक्तिवादको सबैभन्दा चरम रुप हो । व्यक्तिपूजावादी प्रवृत्तिको सैद्धान्तिक आधार आदर्शवादी र संकल्पवादी हुन्छ । यसले व्यक्तिका नकारात्मक पक्षहरु लुकाउने, सकारात्मक पक्षहरु मात्रै देखाउन जोड दिने काम गर्दछ । जस्तो १० वर्षको जनयुद्धको प्रक्रिया अन्तर्गत नेकपा (माओवादी) ले तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई प्रचण्ड पथको पगरी गुथाइदिएको थियो र प्रचण्डका सबै नकारात्मक पक्षहरुलाई लुकाइदिएर उनको गुणगान गाउने काम मात्र भएको थियो, श्रद्धावादी, व्यक्तिवादी पूजाको पराकाष्ठा थियो र देवत्वकरणको एक नमूना थियो । यसले व्यक्तिलाई तथाकथित ईश्वर बनाउने प्रवृत्तिको विकास गर्दछ । पछि प्रचण्ड वैचारिक धरातलबाट विचलित भएर खस्दै गएर रुपान्तरण हुनै नसक्ने अवस्थामा पुगेपछि २०६९ असार २– ५ मा सम्पन्न नेकपा–माओवादीको भेलाले पारित गरेको राजनीतिक प्रतिवेदनमा तत्कालीन अवस्थामा प्रचण्डप्रति गरिएको श्रद्धावाद गलती थियो भनेर स्वाीकार गरिएको छ । माओले “व्यक्तिपूजा र पुस्तक पूजाको विरोध गर” भन्ने उर्दी समेत जारी गरेका थिए ।
इतिहासका निर्माता जनता हुन् भन्ने कुरा भुलेर इतिहासका लस्तुगत नियमहरुमाथि पर्दा हालेर महापुरुषले इतिहासको निर्माण गर्दछ भन्ने धारणा फैलाउनु व्यक्तिपूजाको मुख्य विशेषता हो । दश वर्षे जनयुद्धकालिन अवस्थामाथि यही प्रवृत्ति र चिन्तन फैलाइएको थियो तर समयक्रममा त्यो गलत सावित हुन पुग्यो ।
श्रद्धावादको सम्बन्ध आदर्शवादी बुद्धिवाद र अनुभववाद रहेको हुन्छ । बुद्धिवादले वस्तुगत जगतलाई ज्ञानको भरपर्दो र मुख्य श्रोत मान्दैन । ज्ञान सिद्धान्तका दुई हांगा हुन् ः बुद्धिवाद र अनुभववाद । बुद्धिवाद र अनुभववाद आदर्शवाद र भौतिकवाद दुबै हुन्छन् । बुद्धिवादी ज्ञान सिद्धान्त अनुसार आत्मपरक चेतना नै ज्ञानको भरपर्दो श्रोत हो । जडसूत्रवादको जन्म पनि बुद्धिवादबाट नै हुन्छ ।
कम्युनिस्ट पार्टी भित्रका श्रद्धावादीहरुले सर्वहारा वर्गको क्रान्तिकारी चरित्र अगाडि बढ्न । चाहँदैनन् र क्रान्तिकारीहरुको एकतामा पूmट पारी अवसरवादी तत्वहरुको हितलाई जोगाइराख्न खोज्दछन् । यिनैले दिमागमा आदर्शवादी दर्शनलाई लुकाएर मुखले माक्र्सवादी दर्शन वा क्रान्तिकारी विचारधाराको वकालत गर्दछन् ।
श्रद्धावमदले अवैज्ञानिक र भूmट कुराहरुलाई फल्न फुल्न जोगाएर राख्दछन् । श्रद्धावादले ग्रस्त मानिसहरु यस्ता हुन्छन् जसमा द्वन्द्वात्मक ढंगले होइन यान्त्रिक ढंगले सोच्ने र माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्तलाई किताबी सूत्रको रुपमा सम्झने प्रवृत्ति देखाउछन् । श्रद्धावादीहरु व्यक्तिवादी र अन्तमा तानाशाही बन्न पुग्छन् । उनीहरूबाट संगठन सम्बन्धी माक्र्सवादी परिवेश अर्थात् जनवादी केन्द्रीयता र आलोचना–आत्मालोचना गर्ने प्रक्रियाबाट क्रमशः लोप हुँदै जान्छन् उनीहरू भ्रष्ट बन्दै जाने या ज्यादै निराश तथा पलायनवादी भएर हराउन सक्छन् । श्रद्धावादले कम्युनिस्ट पार्टी तथा क्रान्तिलाई समेत ठूलो धोका दिन्छन् र क्षति पु¥याउछन् ।

व्यवहारवाद ः दर्शनका क्षेत्रमा प्रयोग हुने गरेको चर्चित शब्दावली हो । दर्शनको क्षेत्रमा व्यवहार शब्दावलीको विशेष अर्थ र महत्व हुन्छ माक्र्सवादले व्यवहारलाई ज्ञानको श्रोत र कसौंटी मान्दछ । कमरेड माओले “व्यवहारबारे” शीर्षकमा एउटा महत्वपूर्ण दार्शनिक निबन्ध पनि लेखेमा छन् । तर व्यवहारवाद माक्र्सवादी ज्ञान सिद्धान्तको विपरीत ध्रूवमा खडा भएको छ । यहाँनिर बुझ्नु पर्ने वास्तविक कुरा के हो भने व्यवहार र व्यवहारवादबारे ठूलो अन्तर छ ।
व्यवहारवाद उसको सारतत्वमा आदर्शवादको एउटा विशिष्ट रुप हो । दार्शनिक फाँटमा व्यवहारवादका मुख प्रवर्तक अमेरिकी चिन्तक विलियम जेम्स हुन् । व्यवहारवादलाई अंग्रेजीमा प्राग्म्याजिटिज्म अर्थात् व्यवहारिक क्रियाकलापको दर्शन भनिन्छ । कतिपय विचारकहरुले यसलाई प्रयोजनवाद पनि भनेका छन् ।
व्यवहारवादले सिद्धान्तको महत्वलाई अस्वीकार गर्दछ र केवल व्यवहारमा मात्रै जोड दिन्छ । सारतः यसले आदर्शवादप्रतिकै पक्षधरतामा जोड दिन्छ । व्यवहारवादले भन्ने गरेको व्यवहार वस्तुगत यथार्थ नभई मनोगत अनुभव हो । व्यवहारवादी मान्यता अनुसार सत्यको कसौटी व्यवहार होइन, उपयोगीता हो । व्यवहारवादी दर्शनका अनुसार जुन वस्तु उपयोगी छ, त्यो सत्य हुन्छ, जुन वस्तु सत्य छ त्यो उपयोगी हुन्छ । व्यवहारवादी दर्शन अनुसार सत्यको कसौटी व्यवहार होइन भन्ने मान्दछ ।
व्यवहारवादले व्यक्तिवाद र उदारवादको पक्षपोषण गर्दछ । यो जनताको जनवाद, वैज्ञानिक समाजवाद एवं साम्यवादको पूर्णविरोधी रहेको छ । व्यवहारवादीहरुका दृष्टिमा समाजलाई बदल्न सकिदैन भन्ने मान्यता रहँदै आएको छ । किनकि उनीहरूका लागि यो संसार, जीवन र जगत सबै अज्ञेय छन्, संसार, समाज र त्यसका नियमहरु बोधगम्य छैनन् भन्ने दृष्टिकोण व्यवहारवादीहरुले राख्ने गर्दछन् । यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने व्यवहारवाद पुँजीवादी दर्शनको एउटा रुप हो । दक्षिणपन्थी संशोधनवादीहरु, सुधारवादीहरु र वर्गसमन्वयवादीहरुले माक्र्सवादी सिद्धान्तलाई जडसूत्रवाद र त्यसको पक्षपोषण गर्ने क्रान्तिकारी कम्युनिस्टहरु माथि जडसूत्रवादी भएको आरोप लगाउने गर्दछन् । उनीहरूले माक्र्सवाद–लेनिनकोवाद–माओवाद, वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व, सशस्त्र संघर्ष आदि विषयको सैद्धान्तिक महत्वको कुरालाई निस्तेज पार्दै लैजान्छन् । त्यही व्यवहारवादी चिन्तन प्रवृत्तिले नै बाबुरामलाई त्यो स्थानमा पु¥याएको घटनाक्रमहरु ताजै छन् । यो प्रवृत्ति र चिन्तन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र स्वयं नेपाली कम्युनिस्ट आन्दोलनमा प्रभावी बन्दै आएको छ ।
माक्र्सवादी मान्यता अनुसार सिद्धान्त र व्यवहार दुबैको विशिष्ट अर्थ छ । समग्रमातामा ज्ञान सिद्धान्त व्यवहार र सिद्धान्तको द्वन्द्वात्मक एकत्वमा आधारित रहेको हुन्छ । व्यवहारवाद माक्र्सवादी ज्ञान सिद्धान्तको पुरै विरोधी रहेको छ । ज्ञान सिद्धान्तको क्षेत्रमा सिद्धान्तलाई जडसूत्र र व्यवहारलाई मनोगत क्रियाकलापको अर्थमा ग्रहण गर्नु नितान्त गलत र अवैज्ञानिक चिन्तन हो र सच्चा माक्र्सवादी कम्युनिस्ट क्रान्तिकारीहरु जडसूत्रवाद र व्यवहनरवाद दुबैका विरोधी हुन्छन् । माक्र्सवादी क्रान्तिकारीहरुले यसको डटेर विरोध गर्नु पर्दछ । अनुभववाद ज्ञान सिद्धान्तको एउटा धारा हो । यसले इन्द्रियजन्य ज्ञानलाई नै ज्ञानको एक मात्र श्रोत मान्दछ र इन्द्रियजन्य ज्ञानको विवेकजन्य ज्ञानमा रुपान्तरण हुने र त्यसलाई व्यवहारद्वारा पुष्टि गर्नुपर्ने आवश्यकतालाई अस्वीकार गर्दछ । यसले सम्पूर्ण ज्ञान अनुभवमाथि निर्भर गर्दछ भन्ने मान्यता राख्दछ । आदर्शवादी अनुभववाद, जसलाई अतर्कबुद्धिवाद पनि भन्दछन् । यसका प्रवक्ता मुख्यतः बर्कले र ह्युम हुन् । उनीहरूका दृष्टिमा ज्ञानको श्रोत अनुभव हो ।
अनुभववाद यान्त्रिक भौतिकवादी ज्ञान सिद्धान्तसित अन्तर्सम्बन्धित छ । यान्त्रिक भौतिकवाद भौ अनुभववादीहरु अनुभवलाई ज्ञानको अन्य आधार मान्दछन् । अनुभवादको विकसित रुप व्यवहारवाद हो । अनुभववादमा अन्धनक्कल वा यान्त्रिक अनुसरणको चिन्तन पनि पाइन्छ । अनुभववाद वा व्यवहारवादले संशोधनवादी वा पुँजीवादी विचार र सिद्धान्तहरुको भद्धा अनुकरण गर्दछ ।
अनुभववादको विकृतिको रुपमा कम्युनिस्ट आन्दोलनमा श्रद्धावाद र शंकावाद प्रकट हुने गर्दछ । श्रद्धावाद अतिविस्वास वा अन्धविश्वासमा आधारित रही आस्थावादी बन्न पुग्दछ । अन्ततः यसको क्रमशः नियतिवाद र अज्ञेयवादमा पतन हुन पुग्दछ । अनुभववादका कम्जोरीहरु हुन्– इन्द्रियजन्य समवेदन र अनुभवको भूमिकालाई एकपक्षीय रुपले अतिरञ्जित पारेर पेस गर्नु, वैज्ञानिक अवधारणा र सिद्धान्तको भूमिकाको अवमूल्यन गर्नु, चिन्तनको सक्रिय भूमिकालाई नकार्नु र एकपटक अनुभव गरेको कुरा सबै परिस्थिति, सबै अवस्था र जुनसुकै बेलामा पनि लागु हुन्छ भनेर जोड गर्नु तथा ठोस परिस्थितिको ठोस विश्लेषणको आवश्यकतालाई नकार्नु हो । अनुभववादको शाब्दिक अर्थ हो– इन्द्रियजन्य ज्ञान र समवेदनालाई सबैथोक मान्नु र सिद्धान्तको महत्व अस्वीकार गर्नु ।
(हस्तबहादुर केसीद्वारा लिखित “जनविद्रोह र सिद्धान्त” नामक पुस्तकबाट)