माओवादी एकता कि धुब्रिकरण ?
बर्तमान परिबेशमा माओवादी एकता र धुब्रिकरण सम्बन्धी ठुला ठुला बहस भएका छन् । विश्व कम्युनिष्ट अान्दोलनका शिक्षा सहित नेपाली कम्युनिष्ट आन्दोलन मा एकता को बहस चलिरहेको छ । तिब्र गतीमा बदलिएका अन्तर बिरोधहरुले पनि समाधानका लागि ठुला ठुला बहस को आबश्यक्ता अौल्याएको छ र यो आबश्यक पनि छ । यदी समयमै देश र जनताको पक्षमा सकारात्मक पहल कदमी चाल्ने होईन भने प्राप्त उपलब्धी गुम्ने मात्र होईन साम्राज्यवादी शक्ति को आडमा प्रतिगामी शक्तिले टाउको उठाउने खराव सम्भावना पनि देखिन्छ । राष्ट राष्टियता निकै खतरामा छ । कतिबेला देशको बर्तमान संकट पुर्ण अबस्था कुनरुपमा विस्फोट हुन्छ भन्न सकिन्न । अग्रगामी शक्तिले नेतृत्व गरेर पहल लिने हो भने असल संभानाहरु क्षितिजमा देखिएका पनि छन । तसर्थ एकता, धुब्रिकरण र मोर्चा सम्बन्धी नेकपाले समयमै आफ्नो सुस्पस्ट धारणा राख्दै आएको र ब्यवहारिकरुपमा धुब्रिकरण र मोर्चाको प्रायस कार्यन्वयनमा पनि गएको अबस्था छ । यसलाई क्रान्तीकारी समाजवादी शक्तीमा एक प्रकारको उत्साह पनि छाएको छ । यसैलाई पचाउन नसकेर पार्टी एकता धुब्रिकरण सम्बन्धी कही कतै जानेर वा अन्जानमा कुर्तकहरु पनि गरिएको पाईन्छ । तर, ती नितान्तै सानो आकार र ब्याक्तीगात ईश्या र कुण्ठा बाहेक केही होईन। तथापी भ्रमदिन भने क्षणिक रुपमा काम गर्न सक्छ । क्रान्तीकारी शक्ति भ्रमित नहुनका लागि एकता धुब्रिकरण र मोर्चा सम्बन्धी नेकपाको धारणाको बिषयमा बेला बेला सुस्पस्ट ढंगले छलफल हुन जरुरी छ यही आबश्यक्ता लाई मध्यनजर गर्दै यो लेखमा एकता र ध्रब्रिकरण सम्धन्धी छलफल गर्न खोजिएको छ ।
माओवादी शक्तिका बिच पार्टी एकता बारे
पार्टी एकता सम्बन्धी क माओले सु स्पस्ट ढंगले भन्नू भएको छ -” बिचार धारात्मक स्पस्टता बिनाको एकता दीर्घकालिन हुदैन ” यसैमा थप्नु भएको छ – राजनितिक , दर्शन ,क्रान्तीकारी रणनिती , संगठन र कार्यदिशा संग गहिरो रुपमा जोडिएको हुन्छ। बिरोधाभाषहरुको एकता जनताको एकता र मोर्चा निर्माणको कुरालाई जोडदिदै विभिन्न बर्ग, समूह र राजनितिक शक्तीहरुसंग मिलेर साझा उदेश्यका लागि मोर्चा निर्माणमा पनि निकै जोडदिनु भयो । चिनियाँ कम्युनिष्ट पार्टी ले साम्राज्यवादका बिरुद्ध राष्ट्रिय बुर्जुवाहरु , श्रमिक किसान, र अन्यशक्तीहरु संग मिलेर शसक्त मोर्चा निर्माणको नीति लियो र जसले क्रान्ति सफल बनाउन ठूलो भुमिका खेल्यो । क माओले एकताको बिचमा पनि अन्तरबिरोध रहन्छन भन्ने मान्यता राख्नु भयो र कम्युनिष्ट पार्टीमा बिचारधारात्मक संघर्ष निरन्तर हुनु पर्ने बताउनु भयो। साथै उहाँले ” एकता भनेको स्थिर अबस्था होईन बरु निरन्तर प्रकृया हो । बिरोधाभाषहरुलाई सही ढंगले हल गर्दै जनतालाई शसक्त पार्दै मोर्चा निर्माण गरेर मात्र वास्तविक एकता सम्भव हुन्छ।” भन्ने धारणा राख्नु भयो ।
यदी पार्टीलाई सुदृढ र एकताबद्द गर्न चाहान्छौ भने बिचारधारात्मक स्पस्टता , संगठनात्मक अनुसासन र दृढ एकता भएको पार्टीसंगको एकता आबश्यक हुने र मात्रासंग कुनै सम्बन्ध नहुने कुरा बुझिन्छ । क लेनिनले पनि पार्टी एकताका बारेमा धेरै भनाईहरु सार्बजनिक गर्नु भएको छ । माक्सवादी पार्टीलाई क्रान्ती सम्पन्न गर्न दृढ, संगठित र एकताबद्द गर्ने सम्बन्धमा विशेष जोडदिनु भएको छ र भन्नू भएको छ- ” क्रान्तीकारी पार्टीको शक्ति यसको एकतामा हुन्छ । यदी पार्टी बिखण्डित हुन्छ ,भित्रैबाट कम्जोर पारिन्छ भने बर्गसंघर्षको नेतृत्व गर्न असम्भव हुन्छ ।” एकता भन्दापनि भएका पार्टीहरु बिचमा नै सुदृढ एकता छकी छैन बिचारगर्नु पर्छ। लथालिङ्ग घरको भताभिङ्ग चाला जस्तो पार्टीसंग एकता भएपनि बर्गसंघर्षको नेतृत्व गर्न लायकको पार्टी हुदैन भन्ने कुरामा लेनिन को यो भनाई निकै महत्वपुर्ण छ । नेकपाले माओवादी एकता वा अन्य जुनसुकै घटकसंगको एकताबारे आफ्नो सुस्पस्ट धारणा राख्दै आएको छ । पहिलो कुरा त सैद्धान्तिक स्पस्टता , क्रान्तिकारी उदेश्य ( समाजवादी मिसन) कुसल नेतृत्व , असल संगठन र आत्मनिर्भर उत्पादनसहितको ब्यवहारीक कार्यनितीमा आधारित एकता हुनुपर्छ भनेको छ । पार्टीको एकता कुनै कागजमा सम्झौता गरेर हस्ताक्षर गर्दैमा एकता नहुने र त्यो केवल अबसरवादमा आधारित हुने कुरा प्रष्टै बोलेको छ र नवौ केन्द्रीय समितीको चौथो बैठकबाट माथी उल्लेखित उद्देश्यमा आधारित रहेर पहिला माओवादी र पछि अन्य कम्युनिष्ट र सच्चा लोकतन्त्रबादी शक्तीहरुसंग एकता गर्ने अौपचारिक निर्णय समेत गरि सकेको छ । जुनबेला नेकपा माके पार्टी एकता संभव नहुने धारणा राख्दै हिड्यो र यदी एकता हुने हो भने आत्मालोचित हुनुपर्ने , दिएको पदमा चित्त बुझाउनु पर्ने र पदको बिज्ञापन गर्दै हिड्यो । देशैभरीका नेता कार्यकर्ताको र जनता ,शहिदपरिवार सम्पुर्णको चाहाना , भावना र राष्ट्रिय तथा अन्तरास्ट्रियरुपमा बिकसित अन्तरबिरोध र घटनाक्रम लाई ध्यान दिदै नेकपाले अघि सारेको एकताको प्रस्तावमा माके उदासिन देखिएपछि नेकपाको छैठौ पूर्ण बैठकले तत्काल माकेको उदासिनताका कारण एकता सम्भव नहुने , मोर्चा र धुब्रिकरणलाई जोड दिने र एकताका लागि ढोका बन्द नगरिने निर्णय गरेको स्पस्ट छ ।
माहासचिवले छैठौ बैठकमा प्रस्तुत दस्तावेजको पृष्ठ १५ मा भनिएको छ -‘ हामी एकताको पक्षमा हो तर माअोवादी केन्द्र ले कस्तो धारणा बनाउछ भन्ने बिषय मुख्य छ। हामीले एकताको कुरा उठाउदा जहिले पनि क्रान्तिकारी पार्टी , यसको बिचार ,उद्देश्य र संगठनलाई केन्द्रमा राख्दै आएका छौ ।” भनिएको कुरालाई कहि कतै पनि शंका गर्नु पर्ने छैन तर पनि बिप्लब नेकपाले झुक्याउनका लागि एकताको कुरा गरिरहेको एकताको कुरा गरेर माकेलाई फसाईरहेको जस्ता निराधार कपोकल्पित र भ्रामक कुरा किन गरिरहेका छन । बरु नेकपा माओवादी केन्द्रले पो भ्रम दिईरहेको छ । जे भन्छन त्यो गर्दैनन, जे गर्दैनन त्यो भन्छनको प्रतिक्रियावादी मनोबैज्ञानिक लडाई पो लडिरहेको प्रष्टै बुझिन्छ । जतिबेला नेकपाले पार्टी एकतालाई अौपचारिक निर्णय गरेर प्रस्ताव ग-यो त्यो बेला एकताअसंभव, आलोचित हुनुपर्छ , एकीकृत जनक्रान्तीबाट असफल भएपछि एकताको निम्ति हतारिएको , मन्त्री खान मेयर / अध्यक्ष हत्याउन हतारिएको र अाज एकताको निम्ति हतार गर्नेले हिजो किन पार्टी फुटाएको जस्ता कपोकल्पित निराधार कुरा गर्ने नेकपाले माओवादी एकताको निम्ति तत्काल उदासिन देखिएकाले तत्काल पार्टी एकता नहुने तर धुब्रिकरण र मोर्चालाई जोडदिने निर्णय गरिसकेपछि एकता भरेभोलि नै भैहाल्छ जस्ता भ्रम दिनुले एकता सम्बन्धी कसको दृष्टीकोण केहो भन्ने प्रष्टै छ । कतिपय माके निकट कमरेडहरुले उल्टै प्रबिधिक कुरालाई लिर पखण्डीपुर्ण घमण्ड देखाउदै आफु बसेको भुगोल र माओवादीको अबस्थाको विश्लेषण गर्दै एकता बिरोधी तर्क गरेका छन दावीका साथ भन्न सकिन्छ काठमाण्डौको जनताले माकेलाई जतिछिटो साथ छोड्यो, त्यतिकै ढिलो तर अनिबार्य ग्रमिण ईलाकाका जनताले माकेलाई छोड्ने छन् । महामारी कुनै एक ठाउलाई मात्र आउदैन भाईरल भएर ढिलो चाडो देशबिदेशका कुनाकन्दरामा पुग्छ र माओवादी आन्दोलनमाथी ठुला ठुला हमलाहरु हुने छन । ईतिहासको रक्षा र बिकासको ऐतिहासीक जिम्मेवारीलाई मध्यनजर गरि नेकपाले माओवादी धारा बिच एकताको कुरा अघि सारेको कुरा दिनको घामझै छर्लङ्गै छ ।
धुब्रकरणको सवालबारे नेकपाको धारणा र बास्तबिक्ता
नेकपाले तत्कालका लागि पार्टी एकता भन्दा धुब्रिकरणलाई जोड दिदै एकताको ढोका खुला राख्ने र मोर्चालाई फराकिलो बनाई सयुक्त कार्यक्रमको बिकास गर्ने निर्णय गरि सकेको परिप्रेक्षमा देशैभरी पार्टी लाई र जनतालाई प्रशिक्षित गर्दै अघि बढीरहेको छ । प्रबेश भन्ने शब्दावली भन्दा धुब्रिकरण भन्ने शब्द फरक मात्र होईन नयाँ र ओझपुर्ण पनि छ र किन पनि छ भने राष्टघाती र राष्टवादी क्रान्तीकारी र गैरक्रान्तीकारी जनताप्रती उत्तरदायी हुने र उदाशिन वा जनबिरोधी समाजवादी र दलाल पुजिवादीहरुको बिचमा धुब्रिकरण हुने भाव र सच्चाई यसभित्र छ। यस अर्थमा धुब्रिकरणको शब्दावली नयाँ र ओझपुर्ण छ भन्निएको हो, आज त्यही भैरहेको छ। आफुरहेको पार्टी कति जनताका समस्या र दुखप्रति जिम्मेवार छ , कति निश्पक्ष ढंगले पार्टी संचालन गरिरहेको छ, नेतृत्व कार्यकर्ता र कार्यकर्ता जनताप्रति कति उत्तरदायी छ, पार्टीमा हुने थुप्रै खाले विभेद र असमानताहरु कति छन् , चुप्प लागेर दासी हुने वा बिद्रोह गरेर आफुरहेको पार्टीभन्दा उन्नत बिचार बोकेको पार्टीमा धुब्रिकरण हुने कुरा सही हो । यही कुरा नेकपाले प्रष्ट भनिरहेको कुरा हो । यसमा कहिकतै लुकाछिपी र झुक्याउने कुरा छैन । लोभी र पापीहरुका कतिपय भ्रम भोलि पर्सि नै पार्टी एकता भैहाल्छ आज किन जाने र लिने कुरा गरिरहेका छन । यदी सुस्पस्ट दृष्टिकोण छ भने गए पनि नगए पनि पार्टी एकता भयो भने जो जहाँ गएपनि हाम्रै त हुन किन भन्न सक्दैनन् ? धुब्रिकरण कुनै अमुक पार्टीको मात्र सवालको कुरा होर ? धुब्रिकरण हुँदैमा एकतामा असर पर्छ भन्नु कतिको सही बुझाई हो ? के हिजो कार्यकर्ताले फुट्न बाध्य पारेको र फुटेको कुरा हो ? के जनताले दवाव दिएर पार्टी फुटाएको होर ? बिल्कुल होईन। तत्कालिन नेकपा माओवादी पार्टीका लिडरहरुले पार्टीलाई सहि ढंगले हाँक्न नसक्दा पार्टी फुटको अबस्थामा पुगेको र पार्टी फुटले क्रान्तिकारी बिचारको रक्षा मात्र होईन नयाँ खोज अनुसन्धान र नयाँ नयाँ सस्लेषण गर्ने क्रान्तीकारी बिचार र नेतृत्वको रक्षा र बिकास पनि त गरेको छ । सदनमा रुझेको बिरालो झै हुने माओवादीलाई सडकबाट डिफेन्स दिने पार्टी र नेतृत्व कसरी भयो सजिलै बुझ्न सकिन्छ । जहाँसम्म चुनावसम्बन्धि नेकपाले पछिल्लो निर्णय गरेको छ, यसवाट पनि अत्तालिएर उफ्रेको जस्तो पाईन्छ। चुनाव सम्वन्धी अाफ्नो धारणा नेकपाले स्पस्टसंग भनिसकेको छ कि एकीकृत जनक्रान्तीको मोर्चाको रुपमा चुनावलाई उपयोग गर्ने र जनतासंग पार्टीलाई एकाकार गर्ने भनिसकेको छ । सके एकता गरेर लड्ने, भएन मोर्चा कसेर लड्ने , त्यो पनि भएन वडादेखि केन्द्रमा एकल लड्ने भनिनै सकेको छ। त्यहा कहि कतै भ्रममा रहनु पर्ने छैन । पार्टी निर्माण कसैको भर र आर्शिवादमा भएकै होईन । यस कुरामा गौतम बुद्दले भने झै अप्पो दिप्पो भव: अर्थात आफ्नो बत्ती अाफै बाल ” नेकपा राजनितिक , अार्थिक र संगठनिक हिसाबले आत्मनिर्भर हुनुपर्छ भन्ने नीति लिएको छ। यसमा पनि कहि कतै झुक्याउने कुरा छैन । अनि महाशयहरुलाई कुन कुराले पिरलेको छ त? दीर्घकालिन सुखका लागि तत्कालिन सुख परित्याग गरेर जोखिम मोलिरहेको नेकपालाई तथानामका कुरा हालेर पापी कुकर्ममा पर्दा हाल्ने काम नगरौ र निरन्तर गतिका साथ पार्टीले लिएको बाटोमा अगाडि बढौ भन्ने कुरा हो । यति मात्र होईन , चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष क माओको निधन पछि बिश्वमा बिचार बिकासको अबरुद्दता जुन छ, यसलाई एकीकृत जनक्रान्ती बाट हल गर्नु पर्छ भन्ने महान उद्देश्य लिएर गतिमा बढीरहेको नेकपालाई सजिलै भ्रम दिएर कमजोर हुन्छ र गरिन्छ भन्नू मुर्खता मात्र हुने छ । यही बुझाई भयो भने बिकसित राष्ट्रिय , अन्तर्राष्ट्रिय घटनाक्रम र अन्तरबिरोधको सिकार सिङ्गो माओवादी आन्दोलन हुने निश्चित प्राय छ बिना आग्रह, पुर्बाग्रह आन्दलनको आवश्यकता परिपुर्ति गरौ जित समाजवादी को नै हुनेछ । एकता , कार्यगत एकता , धुब्रिकरण र मोर्चा जे भएपनि उद्देश्य समाजवाद नै हुनेछ। भागबण्डा लेनदेन सब कुरा मनोगत र व्यक्तिगत कुरा हुन् । सबै सक्रियरुपमा राष्ट्रिय बहसमा सहभागी हौ, जित निश्चित छ ।