अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र क्रान्तिकारी महिलाहरुको वीरगाथाको इतिहास

२०८१ फाल्गुन २४ गते, शनिबार

हस्तबहादुर केसी

“महिलाहरुको व्यापक सहभागिताविना समाजवादको स्थापना असंभव छ ।”   

–भ्लादिभिर इलियच लेनिन

                सन् १८५७ मा अमेरिकी महिलाहरुले न्यूयोर्कमा रहेको कपडा मिलमा आपूmहरुलाई पनि पुरुष सरह समान श्रम र समान पारिश्रमिक पाउनु पर्ने माग राखि इतिहासमै पहिलो पटक हड्तालमा उत्रिएका थिए ।

                यो विश्वकै पहिलो सशक्त र सँगठित महिला विद्रोह थियो । र, त्यही संघर्षको निरन्तरता स्वरुप सोही मिलमा तीन वर्षपछि सन् १८३० को मार्च ८ मा पहिलो महिला सँगठन स्थापना गरेका

थिए । यसैक्रममा केही वर्ष पछि फ्रान्सको पेरिसमा सन् १८८९ मार्च ८ कै दिन भएको श्रमिक महिलाहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा सर्वप्रथम महिला नेतृ क्लारा जेट्किनले महिला पुरुष बीचको समानता र अधिकारबारे सम्बोधन गरेकी थिइन । यस्तै सन् १८९७ मार्च ८ कै दिन अमेरिकाको औद्योगिक शहर न्यूयोर्कमा ज्याला र दश घण्टा भन्दा बढि कामको विरोधमा जुलुस, आमसभा र हड्ताल गरेका थिए । यहानेर थोरै इतिहासको श्रृंखलाको कडीमा जोडौं ।

                विश्वमानव समाजको विकासको एउटा कालखण्ड यस्तो पनि थियो कि त्यो बेला समाजमा मातृ सत्ता थियो । श्रमविभाजन र निजि सम्पत्तिको थालनी सँगै क्रमशः मातृसत्ताको पितृ सत्ताले लियो । पितृ सत्ताले महिला जैविक हिसाबले कमजोर हुने भनि व्याख्या गर्न थाल्यो । यसका साथै महिलाहरु बौद्धिक हिसाबले पनि कमजोर हुन्छन् भनि दोस्रो तहमा राख्नु पर्ने भनि व्याख्या गरियो । त्यस पछि राजनीतिबाट बञ्चित गरिदै लगियो, आर्थिक गतिविधिमा होइन, घरेलु र अनुउत्पादक ठाउँमा सिमित गरिदै लगियो । र मताधिकारबाट समेत बञ्चित गरियो ।

                यसै क्रममा मताधिकारको माग गर्दै महिलाहरुले संगठित रुपमा आन्दोलनको शुरुवात गरे । सन् १९०८ तत्कालिन रुसमा गास, वास र कपासको नारा थपेर अरु आन्दोलनको उठान भयो । त्यसरी नै अन्तर्राष्ट्रिय महिला आन्दोलनको रुप ठूलो बन्दै गयो । अन्ततः सन् १९११ मा क्लारा जोट्किन रोजालम्जमवर्ग अगुवाइमा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय ग¥यो । सो सम्मेलनमा १७ देशका १०० भन्दा बढि महिलाहरु सहभागी रहेका

थिए ।   नेपालमा सन् १९७.५ देखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै आएको इतिहास छ ।

                यसरी आज अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलनले ८ मार्चलाई आफ्नो स्थापना दिवस मनाउने सन्दर्भमा १०७ वर्ष पुरा गरि १०८ औं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल लगायत विश्वभरका श्रमजीवि तथा उत्पीडित महिलाहरुले सन् २०१८ मार्च ८ लाई १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा भव्यताका साथ मनाएका छन् र थप अधिकार प्राप्तिका लागि निरन्तर रुपमा संघर्षरत रहने प्रतिबद्धताको उद्घोष गरेका छन् ।

                संसारको सम्पूर्ण जनसंख्याको आधा हिस्सा महिलाहरुले ओगटेका छन् । महिलाहरुको सहभागिता विना पुरुषहरुबाट मात्र मानव समाजको विकास संभव छैन । इतिहासदेखि आजसम्म मानव समाजको उथल पुथल, विकास, उन्नति र अबोन्नतिमा समेत महिलाहरुको ठूलो भूमिका रहँदै आएको छ । अतः मानव समाजको विकासको क्रममा पुरुष सरह महिलाहरुको पनि उत्तिकै दायित्व निर्वाह हुदै आएको इतिहास छ ।

                सन् १८७१ मा पेरिस कम्युनको स्थापनामा हजारौ महिलाहरु सहभागि बनेका थिए र पेरिस कम्युनको स्थापनाको ७२ दिनै मै प्रति क्रान्ति भएर पतन हुने क्रममा पनि प्रतिक्रियावादीका सेनाहरुबाट हजारौ महिलाहरुले पुरुषसँगै हत्या गरिएका थिए र वीरताको गौरवपूर्ण गाथा निर्माण गरेका थिए ।

                यस्तै सन् १९१७ अक्टुवर २५ मा सम्पन्न महान् रुसी अक्टुबर समाजवादी क्रान्तिमा रुसका श्रमिक महिलाहरुले अतुलनीय योगदान पु¥याएर क्रान्तिकारी तथा संघर्षशील महिलाहरुको इतिहासमा वीरताको गौरव गाथा बुन्न अग्रपंक्तिमा खडा हुन पुगेर संसारभरका श्रमजीवि महिला र आम शोषित, पीडित तथा उत्पीडित जनसमुदायलाई प्रेरणा प्रदान गरेका थिए ।

                महान् चीनीयाँ नयाँ जनवादी क्रान्ति तथा जापान विरोधी प्रतिरोध युद्धमा चीनीया श्रमिक तथा क्रान्तिकारी महिलाहरुले अतुलनीय योगदान पु¥याएका थिए । र बलिदानको अनुपम गौरवगाथा कोर्न अग्रपंक्तिमा खडा हुन पुगेका थिए । हजारौ चीनीया महिलाहरु लालसेनामा भर्ति भएर वीरतापूर्ण संघर्षमा सरिक भएका थिए ।

                कमरेड माओत्सेतुङको जीवन संगिनी समेत रहेकी याङकाई दुइलाई सन् १९३० मा च्याङकाई सेकको प्रतिक्रियावादी सरकारका सेनाले राजधानी बेइजिङमा जेलबाट बाहिर निकालेर गोली ठोकेर पाशविक ढंगले हत्या गरेका थिए । चीनीया महान वीरगांना याङकाई दुईले विश्वकै क्रान्तिकारी महिलाहरुको इतिहासमा आपूmलाई पहिलो नम्बरमा उत्पादन सफल हुनु भएको थियो ।

                महान् चिनीया सर्वहारा साँस्कृतिक क्रान्तिका क्रममा क्रान्तिकारी चिनीया महिलाहरुले चिनीया समाजको रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएका थिए । महान् चिनीया सर्वहारा साँस्कृतिक क्रान्तिकै एक योद्धा कमरेड माओकी जीवनसँगीनी च्याङचिङलाई माओको सन् १९७६ मा निधन पश्चात प्रतिक्रान्तिकारी देङमण्डली गुटले ग्याङफोरको सदस्य भएका कारण गिरफ्तार गरेर आजीवन कारावासको सजाय दिइएको थियो । र पछि षड्यन्त्रपूर्ण ढंगले उहाँलाई जेलमै आत्महत्या गरेर षड्यन्त्रको तानावाना बुनेर रहस्यमयी ढंगले हत्या गरियो ।

उत्तर कोरियाको जनमुक्ति युद्ध तथा विश्वविख्यात कोरियन युद्धमा पनि कोरियन महिला वीर वीरंगानाहरुले योगदान र बलिदानको अनुपम उदाहरण प्रस्तुत गरेका थिए ।           

यस्तै भियतनामी युद्ध र तथा अमेरिकी साम्राज्यवाद विरोधी राष्ट्रिय प्रतिरोध युद्धमा वीर भियतनामी महिला योद्धा तथा वीरंगानाहरुले संसारमै वीरता र बहादुरीको गौरव गाथा निर्माण गर्दै अमेरिकी साम्राज्यवादलाई कहिल्यै पनि भियतनामतिर फर्केर हेर्न नसक्ने बनाएर खरानीमा परिणत तुल्याएर धापाएर भियत नामलाई मुक्त तुल्याएका थिए ।

त्यस्तै कम्बोडिया, क्युवा लगायतका देशहरुमा संचालन गरिएका मुक्ति युद्धहरुमा त्यहाँका क्रान्तिकारी तथा श्रमिक महिलाहरुले पुरुष सरह अतुल्नीय योगदान र बलिदान गरेका थिए ।

हाम्रो देश नेपालमा समेत महान् दश वर्षे जनयुद्धको क्रममा हजारौ नेपाली महिलाहरु युद्धमा लामबद्ध मात्र नभएर जनमुक्ति सेनामा समेत सामेल भएर महत्वपूर्ण योगदान पु¥याएकार थिए र हजारौं नेपाली महिलाहरुले त्यस जनयुद्धको क्रममा साहदात प्राप्त गरेर नौलो संसार सृजना गर्ने महान यात्रामा आफ्नो गौरवपूर्ण वीरताको इतिहास निर्माण गर्न अग्रपंक्तिमा उभिएका थिए भने अन्य सामाजिक तथा राजनीतिक परिवर्तनहरुमा समेत नेपाल वीर वीरँगानाहरुले नयाँ इतिहास निर्माण गर्न सफल भएका छन् ।     

                त्यस्तै पेरुको जनमुक्ति आन्दोलनमा अर्थात पेरु भियाली जनयुद्धमा पनि हजारौं महिलाहरुले अतुलनीय योगदान र बलिदान पु¥याएको इतिहास विश्वजनताका सामु ताजै छ ।

                आजको युग साम्राज्यवाद तथा सर्वहारावर्ग बीचको भीषण संघर्षको युग हो । अर्थात विश्वसर्वहारा क्रान्तिको युग हो ।

                नेपाल लगायत विश्वका कैयौं देशहरु आजसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा रहेका छन् । यी देशहरुमा सर्वहारा वर्गले नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गरेर वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्ने दायित्व पुरा गर्नु पर्ने छ भने कतिपय पूँजीवादी तथा साम्राज्यवादी समाजव्यवस्थामा विकास गरिसकेका देशहरुले वैज्ञानिक समाजवाद हँुदै साम्यवादसम्म पुग्ने लक्ष्य राखेर अगाडि बढ्ने काम बाँकी नै छ । विश्वमानव समाज त्यहाँ नपुगुन्जेलसम्म फेरी पनि विश्वका लाखौं करोडौं श्रमिक तथा उत्पीडित महिलाहरुले पुरुष सरह वर्गयुद्धमा लामबद्ध भएर अरु योगदान र बलिदान गर्नु पर्ने छ नै ।

                वर्ग रहेसम्म वर्गीय समाजमा वर्गविभेद कायमै रहने कुरा निश्चित छ । यस प्रकारको वर्गविभेद र वर्गीय शोषण उत्पीडनलाई अन्त्य गरेर मानव–मानवबीच शोषणको अन्त्य गर्नको लागि वर्गयुद्धको विकल्प छैन ।     महिलाहरुमा अझै पनि एकातिर वर्गविभेद र अर्कोतिर पुरुषबाट समेत विभेद गरिने प्रचलन र संस्कार कायमै छ । महिलाहरु माथि हुने यो दोहोरो शोषणको अन्त्य पनि विश्वक्रान्तिले मात्र गर्ने भएकाले महिलाहरुको फेरी पनि वर्गयुद्धमा योगदान र बलिदान हुनु अनिवार्य छ ।

अतः वर्गीय विभेद र वर्गीय विभेदहरुलाई सदाको लागि अन्त्य गर्नका निम्ति श्रमि तथा क्रान्तिकारी महिलाहरु वर्गयुद्धमा लामबद्ध हुनुको विकल्प छैन । १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाउनुको सार्थकता पनि यसैमा निर्भर छ । अन्त्यमा वर्गीय तथा महिला मुक्ति जिन्दावाद ।

अन्तर्राष्ट्रिय श्रमि महिला आन्दोलन समाजवादी आन्दोलन तथा महिला मुक्ति आन्दोलनमा क्ला जेनी माक्र्स, नदिज्जा क्रुश्काप, याङकाई दुई रा जेट्किन, राजालग्नभवर्ग, अलेकजान्ड्रा कोलोन्ताई, नाताशा, मााक्र्सको कान्छी छोरी इलेनर माक्र्स आदिको संघर्षको गौरवगाथाबाट पाठ सिक्न जरुरी छ ।

लेखक वरिष्ठ मार्क्सवादी दार्शनिक, लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु