राजावादी आन्दोलन र माओवादी दायित्व
राज्यव्यवस्थाहरू विभिन्न प्रकारका हुन्छन् । जुनसुकै राज्यव्यवस्थापनि त्यसका सञ्चालकहरूले आफू र आफ्नो वर्गअनुकूल निर्माण गरेका हुन्छन् । समाजविकासक्रम सँगै पुराना राज्यव्यवस्थाहरू जान्छन् र नयाँ आउँछन् । सत्तासीनवर्ग पुरानो राज्यव्यवस्था परिवर्तनको पक्षमा हुँदैन । तर,जनता क्रान्तिकारी हुन्छन ्। उनीहरू सधैँ परिवर्तन चाहन्छन् । यद्यपि समाजविकासको रथलाई अगाडि बढ्न कसैले रोक्न र छेक्न सक्दैन । तथापि पुरानो राज्यव्यवस्थाको सत्तामा रहेर जनतामाथि अत्याचारगर्दै सुख–सयल गरेर बसेका मुट्ठीभरका व्यक्ति र समूहहरूले नयाँ राज्यव्यवस्थाको आगमनलाई अवरोध गर्दछन् । निश्चय नै यहीक्रममा पुरानो राज्यव्यवस्थाको ध्वंसकानिम्ति कहिलेकाहीँ सचेत र सशस्त्र विद्रोहको आवश्यकता हुने गर्दछ । त्यो सचेत सशस्त्र विद्रोहले पुरानो राज्यव्यवस्थाको ध्वंस गरेर नयाँ राज्यव्यवस्थाको निर्माण गर्दछ । तर, पुरानो सत्ता र व्यवस्थामा ऐस–आरामका जिन्दगी बिताएर बसेका केही सीमित व्यक्तिहरू नयाँसत्ता र व्यवस्थामा अन्तरघुलन हुन सक्दैनन् । त्यसकारण उनीहरूले पुरानै शासन, सत्ता र व्यवस्था चाहन्छन् । र,त्यो प्राप्तिकानिम्ति लामो समयसम्म निरन्तर प्रयास गरिरहन्छन् ।
दशवर्षको महान् जनयुद्ध र १९ दिने जनआन्दोलनको रापतापले नारायणहिटीको राजगद्दीबाट च्यूतभएका ज्ञानेन्द ्रशाह र उनका समर्थक राजावादीहरूका पछिल्ला गतिविधिहरू हेर्नलायक छन् । तीमध्ये गत फागुन ७ गते ज्ञानेन्द्र शाहले पोखराबाट दिएको मुलुकको संविधान विपरीत अभिव्यक्ति, उनको त्यही अभिव्यक्तिबाट उत्साहितभएर उनी पोखराबाट काठमाडौँ फर्किंदा उनलाई स्वागतगर्ने नाममा राजावादीहरूले गरेको शक्तिप्रदर्शन, ज्ञानेन्द्रकै निर्देशनमा पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा गठन भएको कथित राजसंस्था पुनस्र्थापनाको निम्ति संयुक्त जनआन्दोलन समितिको गठन,चैत १४ गते ज्ञानेन्द्र शाह र विवादित व्यापारी तथा राजावादी व्यक्ति दुर्गा प्रसाईंको निर्मल निवासमा भएको संदिग्ध भेटघाट र त्यही भेटघाट लगत्तै दुर्गा प्रसाईंलाई राजावादीहरूको आन्दोलन समितिको कमान्डर ठोस गरिनु तथा चैत १५ गते तीनकुने क्षेत्रमा ज्ञानेन्द्र शाहको निर्देशनमा गठित राजावादी आन्दोलन समितिले आयोजना गरेको कथित आन्दोलनको कार्यक्रमकै बिच भएको हत्या, हिंसा,तोडफोड,आगजनी र लुटपाटका घटना मुख्य छन् ।
ज्ञानेन्द्र शाह र उनका समर्थक राजावादीहरूका यी क्रियाकलाप र गतिविधिहरू अप्रत्याशित चाहिँ होइनन् । किनकि हामीले माथिपनि उल्लेख गरेकाछौँकि दुनियाँभरका इतिहासका घटनाहरूले के देखाउँछन ्भने पुरानो राज्यव्यवस्थाका सत्तासीनवर्ग जबजब सत्ताबाट फ्याँकिन्छ; तबतब उसले आफ्नो पुरानो सत्ता र व्यवस्था पुनरागमनको निम्ति लामो समयसम्म टाउको उठाइरहन्छ । तर, जबजब ती पश्चगामी टाउकाहरू उठिरहन्छन्; तबतब अग्रगामी जनताले तिनलाई कहिल्यै नउठ्ने गरी पैँतालामुनि किचिदिन्छन् । निश्चय नै ज्ञानेन्द्र शाहको नेतृत्वमा भैरहेको राजावादी आन्दोलनको जगमा आज नेपालमा राजतन्त्रले टाउको उठाउने कोसिस गरिरहेकोछ । केकुरा निश्चित छ भने इतिहासले रछ्यानमा मिल्काईसकेको नेपालको राजतन्त्रले फेरि टाउको उठाउन खोज्छ भने नेपाली जनताले त्यसलाई टुलुटुलु हेरेर बस्नेवाला छैनन् । उनीहरूले त्यसलाई अब फेरि कहिल्यै नउठ्नेगरी आफ्ना पैँतलाले कच्याककिच्चिक परिदिनेछन् ।
लुकेको कुरा होइन, दक्षिणतिरका हिन्दु अतिवादीहरू नेपालको धर्म निरपेक्षताप्रति सकारात्मक छैनन् । उनीहरूको भित्री–मनसाय नेपाल हिन्दुराष्ट्र बनोस भन्नेनै हो । नेपालको निम्ति हिन्दुराष्ट्रको बलियो आधार भनेको हिन्दु राजसंस्था नै हो । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले त पटक–पटक नेपालमा हिन्दु राजसंस्था फर्काउने चाहना व्यक्त गरिरहेकाछन् । त्यसकारण ठोकेरनै भन्न सकिन्छ कि उनीहरू नेपालमा हिन्दु राजसंस्था सहितको हिन्दुराष्ट्र निर्माण भएको देख्न चाहन्छन । त्यसैले नै ती दक्षिणतिरका हिन्दु अतिवादीहरूका यो मनसाय बुझेका ज्ञानेन्द्र शाहले उनीहरूसामु आफूलाई नेपालको राजगद्दीमा पुनः बसालिदिन हारगुहार गरिरहेकाछन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई उनले यही प्रसङ्गमा पटक–पटक लखनउ पुगेर भेटिरहेकाछन् । आशीर्वादकानिम्ति स्वदेश,विदेशका जीवित र निर्जीव शक्तिकेन्द्र र शक्तिपीठहरू धाइरहेका छन् ।
अर्कोकुरा, गणतन्त्रपछिका प्रायःसरकारले जनअपेक्षा अनुरूपको काम नगर्नु,सरकार वाईड बडी जहाज काण्ड, यति काण्ड,ओम्नी काण्ड,गिरीबन्धु टी स्टेट काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड,भुटानी शरणार्थी काण्ड,सुन काण्ड,सरकारी जग्गा काण्ड आदि इत्यादि कैयौँ काण्डै काण्डमा फसेर दुर्गन्धित हुनुले पनि ज्ञानेन्द्र शाह तथा उनका समर्थक राजावादीहरूलाई उत्साहित बनाउँदै गणतन्त्रको विपक्षमा जनमत तयारगर्दै राजावादी आन्दोलन संगठितगर्न मद्दत गरेको थियो । तर,गलत चीजको विकल्प झन् गलतचीज हुनसक्दैन, त्यसको विकल्प राम्रो चीजहो । पुरानो र पिछडिएको प्रतिगामी सोंच र चिन्तनको विकल्प झन्पुरानो र झन्पिछडिएको, थोत्रिएको र लत्रिएको सोंच र चिन्तन हुनैसक्दैन;त्यसको विकल्प अग्रगामी सोंच र चिन्तन मात्र हुन्सक्दछ । गलतपात्र र प्रवृत्तिको विकल्प झन् गलत पात्र र प्रवृत्ति हुन सक्दैन;त्यसको विकल्प सही पात्र र सही प्रवृत्ति हो । गलत राज्यव्यवस्थाको विकल्प झन्गलत राज्यव्यवस्था होइन, त्यसको विकल्प उचित र वैज्ञानिक राज्यव्यवस्था हो । सामन्तवादको विकल्प दास युग हुनसक्दैन । त्यसको विकल्प पुँजीवाद हो । पुँजीवादको विकल्प सामन्तवाद हुनसक्दैन,त्यसको विकल्प समाजवाद हो । त्यस्तै, गणतन्त्रको विकल्प राजतन्त्र हुनसक्दैन,त्यसको विकल्प समाजवादी जनगणतन्त्र हो ।
आज संसद्को पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेकपा (एमाले) सरकारमा छन तर उनीहरूले देश,जनता र गणतन्त्रको पक्षमा सकारात्मक सन्देश दिन सकिरहेका छैनन् । देश,जनता र गणतन्त्रले यिनीहरूबाट भोलिका निम्तिपनि केही आशा, अपेक्षा गरेको देखिँदैन । किनकि देश,जनता र गणतन्त्रको पक्षमा हिजोपनि उनीहरूको उल्लेख्य भूमिका थिएन । कथित राष्ट्रिय मेलमिलापको नीति अन्तर्गत राजतन्त्र मान्ने सर्तमा नेपाली कांग्रेसका तत्कालीन सभापति विश्वेश्वर प्रसाद कोइराला २०३३ पुस १६ मा भारतबाट नेपाल फर्केकाथिए । नेपाल फर्किनेक्रममा उनले भनेकाथिए– राजाको टाउको र मेरो टाउको एउटै अचानोमा छ । उनले नेपालमा कम्युनिस्टहरू बढिरहेकोतिर लक्षितगर्दै भनेका थिए– नेपालमा राजतन्त्र र प्रजातन्त्र दुवै खतरामा छन । उनले राजतन्त्र र प्रजातन्त्र एकअर्काको पूरक भन्दै राजतन्त्रबिना प्रजातन्त्र रहन नसक्ने र प्रजातन्त्रबिना राजतन्त्र रहन नसक्ने तर्क गरेका थिए । नेपाली राजतन्त्रको पछिल्लो चरणमा शेरबहादुर देउवा सरकारको विरुद्धमा ज्ञानेन्द्र शाहको कू र त्यसपश्चात पुनः शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्तगरे लगत्तै प्रतिगमन पूरै सच्चियो भन्ने सिंगो नेपाली कांग्रेस र देउवाको अभिव्यक्तिले नेपाली कांग्रेसको तत्कालीन राजतन्त्रप्रतिको दृष्टिकोणलाई प्रस्ट पारेकै थियो ।
२०६२÷०६३ को जनआन्दोलनको बेला गणतन्त्रको पक्षमा जनलहर सिर्जना भैरहँदा विस्तारै नेपाली कांग्रेसको मन गणतन्त्रतिर आकर्षित भैरहेको अवस्थामापनि नेकपा (एमाले) राजतन्त्रको पक्षमा अडिग देखिन्थ्यो । देउवाको पुनस्र्थापनालाई उसले प्रतिगमन आधा सच्चिएको दावीगर्दै प्रधानमन्त्रीको निम्ति दरखास्तदिन राजदरबार धाइरहन्थ्यो । त्यतिनै बेला कमरेड केपी ओली एउटा सिद्धान्त प्रतिपादनगर्दै भन्नुहुन्थ्यो–‘नेपालमा गणतन्त्र स्थापनागर्न सकिन्छ भन्नु र बयल गाडा चढेर अमेरिका पुग्न सकिन्छ भन्नु उस्ता उस्तै हो ।’त्यसकारण,यीतथ्यहरूको आधारमा भन्न सकिन्छ–हिजो गणतन्त्र स्थापनागर्दा नेपाली कांग्रेस र नेकपा (एमाले) को भूमिका सुस्पस्ट थिएन । जनता र जनआन्दोलनको आँधीबेहेरीले उनीहरूलाई गणतन्त्रको घेराभित्र जबर्जस्त धकेलिदिएको मात्र हो । तसर्थ,आज गणतन्त्रप्रति उनीहरूको प्रतिबद्धता कस्तो छ ? भोलि गणतन्त्रमाथि आक्रमण भैरहँदा त्यसको रक्षार्थ उनीहरूको भूमिका कस्तो रहन्छ ? कुनैदिन गणतन्त्र र राजतन्त्रबिच फेरि एक पटक निर्णायक लडाइँ भइहाल्योभने उनीहरू के गर्लान्, यसै भन्न सकिने स्थिति छैन । तथापि,नेपाली कांग्रेस र नेकपा (एमाले) लाई पनि सहभागी गराएर गणतन्त्रवादी मोर्चा बलियो बनाउनका निम्ति माओवादी लगायत गणतन्त्रवादीहरू सधैँ लचिलो हुनु आजको आवश्यकता हो ।
राजावादी आन्दोलनको मुख्य मक्सद गणतन्त्रलार्इ विस्थापित गरेर राजतन्त्र पुनस्र्थापना गर्नु हो । राजतन्त्र पुनस्र्थापनागर्नु भनेको पछाडि फर्किनु हो, आजको भन्दापनि झन् गलत राज्यव्यवस्था पुनस्र्थापना गर्नु हो । गणतन्त्रको एजेन्डा माओवादीको हो । त्यसकारण नै नेपालमा गणतन्त्र स्थापनाका निम्ति माओवादीका हजारौँ नेता तथा कार्यकर्ताहरू सहिद भएकाहुन् । हजारौँ नेता तथा कार्यकर्ताहरू अङ्गभङ्ग अवस्थाका जिउँदा सहिद भएकाछन् । हजारौँ नेता तथा कार्यकर्ताहरू बेपत्ता भएकाछन् । हजारौँ नेता तथा कार्यकर्ताहरूले आफ्ना व्यक्तिगत जीवन बर्बाद पारेकाछन् । तसर्थ,हिजो नेपालमा गणतन्त्र स्थापनाको निम्ति सबभन्दा बढी योगदान माओवादीकै थियो भन्ने कुरा कतै लुकेको र छिपेको चीज होइन । त्यसैगरी,आज त्यसको रक्षा र आवश्यकता अनुसार विकास गर्ने मुख्य दायित्वपनि माओवादीकै हो । हो, माओवादीका पनि कैयौँ कमीकमजोरी र सीमाहरूरहेका छन् । यसबारे स्वयम् माओवादीभित्रै बहस र छलफल चलिरहेकाछन् । तर,कैयौँ कमीकमजोरी र सीमाहरूको बाबजुद पनि माओवादीको विकल्प माओवादी नै हो किनकि गणतन्त्रको रक्षा र विकासगर्दै मुलुकको आमूल परिवर्तनगर्ने शक्ति माओवादी नै हो । माओवादी भन्दा क्रान्तिकारी शक्ति आज नेपालमा अर्को छँदै छैन,हुनै सक्दैन ।