नेकपाको अगाडिका चुनौति र अवसर
नेकपाको स्थापना नेपालको इतिहासमा एउटा महत्वपूर्ण ऐतिहासिक परिघटना हो । नेकपाको स्थापना नेपालमा नभएर विदेशी भूमि भारतको कलकत्तामा क. पुष्पलाल श्रेष्ठको नेतृत्वमा ४ जना नेवार युवाहरुले गरेका थिए । यो त्यस बेलाको बाध्यता थियो, किन कि त्यो बेला नेपालमा निरंकुश राणा शासन थियो । राणा शासन कालमा राजनीतिक दल खोल्ने कुरा धेरै परको कुरा थियो, सामान्य राजनीति, संगठनको कुरासम्म गर्न पाइदैनथ्यो । वाक स्वतन्त्रता थिएन । स्कूल थिएन, सामान्य शिक्षा–दिक्षासम्म पनि सामान्य नागरिकले पढ्न पाइदैनथ्यो । यस्तो अवस्थामा विदेशी भूमिमा भए पनि नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेर ४ जना संस्थापकहरुले नेपाली जनतालाई ठूलो गुण लगाए । यसर्थमा यो नेपालको इतिहासमा, ठूलो फड्को थियो । नेकपाको इतिहासमा त यो कोषेढुङ्गा नै सावित भयो । हेर्दा सामान्य मानिने यो ऐतिहासिक घटना आज विश्व क्रान्ति र विश्व कम्युनिस्ट आन्दोलनको एक अभिन्न अंग मात्र बनेको छैन कतिपय मामिलामा आज विश्व क्रान्तिलाई समेत गंभीर प्रभाव पार्ने भूमिकमा नेकपा आइपुगेको छ ।
आज अप्रिल २२ महान विचारक, अक्टुबर क्रान्तिका नायक, रसियन कम्युनिस्ट पार्टी बोल्शेभिकका नेता, विश्व सर्बहारा वर्गका ५ टाउका मध्येको तेस्रो टाउका, माक्र्सवादमा लेनिनवादको विकास गर्ने विश्व सर्वहार वर्गका महान नेता कमरेड लेनिनको १५६औं जन्मदिवस तथा नेकपाको ७७औं पार्टी स्थापना दिवस । यो अवसरमा सर्वपथम कमरेड लेनिनलाई संझन चाहान्छु । वहाँ नभएको भए नेकपाको स्थापनाले सायद भिन्नै मोड लिन सक्थ्यो । वहाँकै जन्मदिनको अवसर पारेर सायद हुन सक्छ वहाँको जन्मदिन मनाउने क्रममा नेकपाको पनि शुभमुहुर्त जोडिएको हुनुपर्छ । त्यसैले वहाँलाई हार्दिक श्रद्धाञ्जली । यसपछि यो साइत जुराएर नेकपाको स्थापना गर्ने ४ जना संस्थापकहरु क. पुष्पलाल सी, क. निरञ्जन गोविन्द सी, क. नारायण विलास सी र क. नरबहादुर सी लाई हार्दि सम्मानका साथ लाल सलाम । आज वहाँहरु चारैजना हाम्रा माझ भौतिक रुपमा उपस्थित हुनुहुन्न तर वहाँहरुले शुरु गर्नुभएको यो कम्युनिस्ट यात्रा, सी अभियान अद्यापि जारी छ । नेकपा रहुञ्जेल, विश्व साम्यवादको यात्रासम्म वहाँहरु युगयुग बाँचिरहनु हुनेछ । वहाँहरुलाई हार्दिक श्रद्धासुमन । वहाँहरुले स्थापना गरेर छोडि दिनुभएको यो सी अभियान आज ठिक ७६ बर्ष पुगेर ७७ बर्षमा प्रवेश गरेको छ । यो अवसरमा देश विदेशमा रहेर नेपाली क्रान्तिको लागि प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलीरहनु भएका कम्युनिस्ट मित्रहरु, सबै क्षेत्रमा क्रियाशील कमरेडहरु सबैलाई यो अवसरमा कम्युनिस्ट एकता, साम्राज्यवादका विरुद्ध एक बलियो मोर्चामा आवद्धता र विजय तथा सफलताको हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छु । साथै नेपाली कम्युनिस्ट आन्दोलनमा जीवनभरि बिताएर कम्युनिस्ट शिक्षाको प्रचार गर्ने अग्रजहरुप्रति पनि हार्दिक सम्मान व्यक्त गर्दछु ।
हामीले गर्व गर्नु पर्छ – अहिले हामीसंग नेपाल कम्युनिस्ट पार्टी छ । यो पुँजीवादसंग लड्ने अचुक हतियार हो । समग्र विश्व सर्वहारा वर्गलाई माक्र्स–ऐगेल्सले यो हतियार प्रदान गरेर जानु भयो । यहि हतियारले तत्कालीन पुँजीवादी रुसका जारको शासन पल्टाउन लेनिन–स्टालिन सफल हुनु भयो । त्यही हतियारमा सान लगाएर चीनमा कमरेड माओले त्यहाँको च्याङकाइसेको शासन पल्टाउनुभयो र चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुभयो । आज हामीसंग पनि आजको साम्राज्यवाद, निगम पुँजीवाद र नेपालका दलाल पुँजीवादी सत्तासंग लड्ने हतियार नेपाल कम्युनिस्ट पार्टी छ । त्यसलाई सान लगाउँदै आज नेपाली कम्युनिस्टहरु लडिरहेका छन् । लड्ने क्रममा हतियार भुटिन्छ, भुट्टे हुन्छ, टुट्छ, भाँचिन्छ, खजाना सकिन्छ तर यसलाई सान लगाउँदै नयाँ नयाँ ढंगले विकास गर्दै, खजाना भरेर निरन्तर लेडेर मात्रै वर्गबैरीलाई जित्न सकिन्छ । यो मालेमावादको शिक्षा हो । आज हामी त्यहि यात्रामा छौं र निरन्तर लडिरहने छौं, एक दिन नेपालमा जितेरै छाड्ने छौं, नेपाली विशेषताको समाजवाद स्थापना गरेरै छाड्ने छौं, हाम्रो पालामा भएन भने पनि आउँदो पुस्ताले यसलाई पूर्णता दिनेछन् । यो हाम्रो दृढ विश्वास हो, बचनबद्धता र प्रतिबद्धता हो ।
निश्चय नै नेकपाको ७६ बर्षको यात्रालाई फर्केर हेर्दा धेरै ठूलठूला उपलब्धीहरु हासिल भएका छन् र धेरै ठूला क्षतिहरु पनि बेहोरेका छौं । आन्दोलनले अंशअंशमा सफलताहरु हात पार्दै, अंशअंश गर्दै प्रतिक्रियावादी सत्तालाई निल्दै आएको छ । अझै शरीर निलेर पनि टाउको निल्न बाँकी छ । चीन, कोरिया, रुस जस्ता मुलुकहरुमा पुरानो सत्ता निल्ने प्रक्रिया “टाउकोबाट निल्ने” प्रक्रियामा भयो । नेपालमा यो प्रक्रिया ठिक उल्टो “पुच्छरबाट निल्ने प्रक्रिया” समातेको छ । नेपालमा नेपाली विशेषतामा अंशबाट समग्रतिर जाने प्रक्रियामा क्रान्ति अघि बढेको छ । नेपाली जनताको आन्दोलनले एक पटक राणा शासन निल्यो । यसले सत्ताको निरंकुशता मात्र निल्न सफल भयो, राजतन्त्रलाई निल्न सकेन । दोस्रो पटक नेपाली जनताले सत्ताको निर्दलीय निरंकुशतावादी चरित्रलाई निल्न सफल भयो तर राजतन्त्रको कँकाल निल्न सकेन । तेस्रो पटक नेपाली जनताले राजतन्त्रको कंकाललाई पनि निल्यो तर यसको टाउको निल्न सकेन । त्यसैले अझै पनि मुखबाट बीष ओकलिरहेको छ । अव चौथो पटक निल्न बाँकी यसको टाउको छ । पुच्छरबाट निल्न शुरु गरेको हुनाले नेपाली क्रान्तिले केही लामो समय लिएको छ । ढिलै होस सफल होस हाम्रो यहि कामना छ । अव टाउको निल्न केही समय अवश्य लाग्ने छ तर यो सफल हुने छ, किन कि क्रान्ति अव विजयको अन्तिम अवस्थामा पुगेको छ । सायद अवको हुने युद्ध जसले गरे पनि अन्तिम युद्ध हुने छ । यसरी नेपालमा गरिदै आएको क्रान्तिको तरिका अंशअंश गरेर समग्रता पूरा गर्ने तरिका – यो नेपाली क्रान्तिको विशेषता बन्न सक्छ । अव समाजवाद आउन बाँकी छ, साम्राज्यवाद ढल्न बाँकी छ । बाँकी सबै तन्त्रहरु आए, गए । अव एउटा तन्त्र आउन बाँकी छ त्यो हो समाजवाद, अर्थात समाजवादी संघीय गणतन्त्र छ । यो एकीकृत जनक्रान्तिबाट पूरा हुने छ ।
हो, यो ७६ बर्षको दौरानमा नेपाली कम्युनिस्ट आन्दोलनले कयौं उतार चडावहरु पार गरेर आएको छ । यसले हालसम्म घोषित रुपमा २, अघोषित रुपमा ३ ओटा सशस्त्र विद्रोह गरेको छ । ३ ओटा ठूलाठूला संयुक्त आन्दोलनहरुमा सहभागी बनेको छ । साना साना, क्षेत्रीय र स्थानीय कयौं जनसंघर्षहरु गरेको छ । यसले नै यो देशलाई गणतन्त्रको विन्दुसम्म ल्याइपु¥याएको हो । मुलुकलाई यहाँसम्म ल्याउन दशौं हजार सहिदहरुको बलिदानी भएको छ । अझै अजारौं योद्धाहरु बेपत्ता हुनुहुन्छ । हजारौं लाखौंको अंगभंग भएका छन् । कयौं साथीहरु अझै जेलबन्दी छन् । ती सबैलाई हार्दिक सम्मान व्यक्त गर्दछु । धनसम्पतिको लेखाजोखा गर्ने हो भने राज्यपक्षबाट खरबौं बराबरको क्षति भएको छ । कति घर, गोठ खरानी भए, कति चौपाया, पशुपंक्षीहरु मारिए, लुटिए, कति धनमाल, सनचाँडी, गरगहना, नगद लुटिए । कति महिला, आमा, छोरी, चेलीहरुको अस्मिता लुटिए । कतिलाई जिउँदै आगोमा डडाए, कतिलाई सामुहिक रुपमा चिहानमा गाडे, कतिलाई जिउदै गाडे, कतिको जिउँदै आँखा निकालिदिए । कतिलाई श्रीमानकै अगाडि श्रीमति र छोरीको अस्मिता लुटे । कतिलाई चौकी र व्यारेकमा कुटीकुटी मारे । के भएन, के भोगेन नेपाली जनले, के बेहोरेन नेपाली कम्युनिस्ट आन्दोलनले । ५ पटक त नेकपाले प्रतिबन्ध नै बेहोर्नु प¥यो । पहिलो पटक १ बर्ष, दोस्रो पटक ५ बर्ष, तेस्रो पटक ३० बर्ष, चौथो पटक १० बर्ष र पाचौं पटक २ बर्ष गरी कुल ४८ बर्ष त नेकपाले भूमिगत रुपमै काम गर्नु प¥यो । नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने क्रम पनि पाँचै पटक भयो । पहिलो प्रतिबन्ध विद्रोहद्वारा तोडियो । दोस्रो पटककाले प्रतिबन्ध आत्मसमर्पण गरेर फुकुवा गरियो । तेस्रो पटकको प्रतिबन्ध आन्दोलनद्वारा तोडियो । चौथो पटकको प्रतिबन्ध १२ बुदँे सहमतिमा १९ दिने आन्दोलनबाट तोडियो । ५औं पटकको प्रतिबन्ध ३ बुँदे सहमतिद्वारा तोडियो । यी मध्ये विना कुनै बाहिय दवाव र स्वतन्त्रतापूर्वक गरिएको सहमति अन्तिम प्रतिबन्ध फुकुवा गर्ने बेला गरिएको ३ बुँदे सहमति थियो ।
नेकपाले ५ पटकको प्रतिबन्धमा ४८ बर्ष भूमिगत बस्नु प¥यो भने २८ बर्ष मात्र खुला रुपमा काम गर्ने अवसर पाएको छ । । यसमा एमाले नामको कम्युनिस्ट समुहले ४७ सालपछि लगातार ३५ बर्ष खुला रुपमा प्रतिक्रियावादी सत्तासंग सत्ता साझेदारी गरेर सरकारी कम्युनिस्ट बनेको छ । यस्तै नेकपा माओवादी केन्द्र पनि ०६३ सालपछि निरन्तर १८ बर्ष खुला रुपमा एमाले काँग्रेससंग सत्ता साझेदारी गरेर आएको छ । स्मरण रहोस पछिल्लो २ बर्षको नेकपामाथिको प्रतिबन्ध नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको केपीओली नेतृत्वको कम्युनिस्ट नामको सरकारले गरेको थियो । यी दुई पार्टीहरु सत्ताको कुर्चीका लागि कहिले पार्टी एकता गर्ने, कहिले फुट्ने, कहिले गठबन्धन गरेर सरकारमा जाने, कहिले प्रतिपक्षमा बस्ने गर्दै आएका छन् ।
४७ यताको हिसाव गर्दा अहिलेसम्म एमालेबाट मनमोहन, झलनाथ, माधव, केपी ४ जना र माओवादी केन्द्रका प्रचण्ड र बाबुराम २ जना गरी जम्मा ६ जना कम्युनिस्ट भन्नेहरु प्रधानमन्त्री भएका छन् । ६ जना एमालेबाट मात्र ७ पटक प्रधानमन्त्री भएका छन् र माओवादीबाट ४ पटक गरी कम्युनिस्टको नाममा ११ पटक प्रधानमन्त्री खाएका छन् । ११ पटकमा उनीहरुले जम्मा जम्मी करीव १५ बर्ष सरकार चलाएका छन् । यी प्रधान मन्त्री हुनेहरु सबै बाहुन छन् । स्मरण रहोस २००७ सालपछिको ७५ बर्षको अवधिमा ५४ पटक पधानमन्त्री फेरिएका छन् तर मरिचमान बाहेक कोही पनि जनजाति, दलित समुदायवाट प्रधानमन्त्री भएका छैनन् । अहिलेसम्म ११ पटक कम्युनिस्ट नामबाट प्रधानमन्त्री बन्नुको कारण पनि कम्युनिस्ट पार्टीकै प्रभावले गर्दा हो । यो पनि आन्दोलनकै उपलब्धी हो ।
कम्युनिस्ट आन्दोलन र आम जनता तथा कार्यकर्तामा अहिलेसम्मको सबभन्दा नकारात्मक पक्ष भनेको कम्युनिट पाटीहरुको टुटफुट र विभाजन हो । अहिले जनतामा परेको सवभन्दा नकारात्मक असर यसैको छ । यसको मियो भनेको २००८ सालको राष्ट्रिय सम्मेलनबाट संस्थापक महासचिव क. पुष्पलाललाई षड्यन्त्रपूर्ण रुपबाट महासचिवबाट हटाउनु थियो । पार्टीमा गुट र फुटको बीजारोपण यहीँबाट शुरु भयो । वहाँलाई एउटा महाधिवेशनसम्म पनि जान दिइएन । एक ढंगले वहाँलाई अघोषित रुपले अपदस्त गरिएको थियो । यो नै विडम्बना बन्न पुग्यो । यसबाट शुरु भएको पार्टीभित्रको गुटले दुई लाइन संघर्ष हुँदै तेस्रो महाधिवेशनपछि त व्यक्तिपिच्छेको समुहमा विभाजन नै हुन पुगे । त्यसपछि पार्टी कहिले पनि एक हुन सकेन ।
यता आन्दोलनको दृष्टिले ३ प्रकृतिका संघर्षका रुपहरु नेपालमा प्रयोग भएका छन् –
ड्ड पहिलो – सशस्त्र संघर्ष,
ड्ड दोस्रो – जनआन्दोलन र
ड्ड तेस्रो – वैधानिक खालका संघर्षहरु ।
यी ३ खाले संघर्षहरुको आआफ्नै महत्व छ । सशस्त्र संघर्ष उत्तरको प्रभाव, शान्तिपूर्ण आन्दोलन दक्षिणको प्रभाव हो भन्दा पनि फरक पर्दैन । स्वभाविक रुपले कार्यनीतिक नेपाल दुई छिमेकी मुलुक चीन र भारतको बीचमा अवस्थित छ । चीनले सशस्त्र संघर्षको बलमा त्यहाँको सामन्ती शासन र बैदेशिक उपनिवेशबाट ग्रसित शासनको अन्त ग¥यो । भारतमा आन्दोलन र शान्तिपूर्ण संघर्ष भद्र अवज्ञा जस्ता आन्दोलनबाट करीव दुई सय बर्ष लामो बृटिश उपनिवेशको अन्त गरे । नेपालको अर्धसामन्ती र अर्धउपनिवेशमा रहेको व्यवस्थालाई कसरी अन्त गर्ने र त्यसको सट्टामा भारतको जस्ता व्यवस्था स्थापना गर्ने कि चीनको जस्तो व्यवस्था गर्ने भन्ने विषयमा नेपालका राजनैतिक दलहरु लामो समय अल्झे । आपसी संघर्षमा विताए अझै यसको निक्र्यौल गरेका छैनन् । दक्षिण प्रभावित राजनीतिले प्रजातान्त्रिक मुलुकको परिकल्पना गरेका छन् भने उत्तर प्रभाववित मुलुकले समाजवाद र साम्यवादी व्यवस्थाको परिकल्पना गरेका छन् । नेपालको राजनीतिक विवाद लामो समयदेखि यसैभित्र रुमलिएको छ । नेपाल कम्युनिस्ट पार्टीले समाजवाद र साम्यवादको परिकल्पना गरेको छ तर एमाले र माओवादी केन्द्र लगायतका पार्टीहरुको बीचौलिया बाटो अपनाउँदै नाममा कम्युनिस्ट उत्तरको देखाउने र काममा संसदीय प्रजातन्त्र अंगाल्ने काम गरेका छन् । यो भनेको रुप उत्तरको र सार दक्षिणको सारसंग्रहवादी, दुबैलाई खुशी पार्ने, नक्कलमा गरिने अवसरवादी सारतत्व बोकेको सारमा आफ्नो केही नभएको अलिअलि उत्तरको अलिअलि दक्षिण गरी सत्ता चलाउने र टिकाउने सोच र तरिका हो । यसले दुबैको नक्कल गर्दागर्दै अन्ततः आपूm रित्तै, आफ्नो भन्नु केही नभएको राजनीतिक कंगालिकरणतिर जान्छ । यहि सोचले नै आत्मनिर्भरता र विकास प्रक्रियालाई समाप्त गरिदिन्छ र दलाली र आत्मसर्मण गर्ने प्रबृत्ति जन्माउँछ । नेपालका राजनीतिकर्मीहरु नेताहरु किन अर्कोको देखासिकी र दलाली गर्छन भन्दा यसको राजनीतिक कारण यहि हो । त्यसैले आफ्नो मौलिकता र मोडेल खोज्नु पर्दछ जो विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोचिरहेको छ र गर्न खोजिरहेको छ । समग्र नेपाली कम्युनिस्टहरुले यो दिशाबाट सोच्नु पर्ने देखिन्छ ।
अहिलेसम्म नेपालका कम्युनिस्टहरुले कसरी नेपालमा क्रान्ति सम्पन्न गर्ने भन्ने विषयमा निकै बहसहरु छेडेका छन् । वहस गर्नु राम्रो हो तर अनन्त बहस ठिक छैन । बहसले निष्कर्ष र निचोड निकाल्न र प्रयोगसम्म जान सक्नु पर्छ र मात्र राजनीति र समाजले, समग्रमा राष्ट्रले गति लिन्छ । हाम्रो बहसबाट बहस र बहसबाट झगडा र झगडाबाट संकीर्णता, संकीर्णताबाट खुट्टा तान्ने प्रबृत्तितिर गइरहेको छ । पार्टीभित्र पनि यसको असर गुट, बहस, निषेध र फुटमा पुगेर फेरी उही संकीर्णता जोडिएर एकले अर्कालाई निषेध गर्ने, खुट्टा तान्ने असफल पार्ने, बरु विदेशीसंग मिलेर हुन्छ या दुश्मनसंग मिलेर हुन्छ आफ्ना सहकर्मी सहयात्रीहरुलाई असफल पार्ने गलत संस्कार छ, यसलाई बदल्नु पर्छ ।
तेस्रो महाधिवेशनपछि अर्थात ३० को दशकको शुरुवाबाट नेकपा टुटफुट र विभाजनको अनेक शिकार बन्यो । यो प्रक्रिया पञ्चायत कालभित्र भित्रभित्र चलिरह्यो । दर्जनौं टुक्रामा विभाजित कम्युनिस्टहरु ५० को मध्यतिरबाट फेरी जोडिने क्रम शुरु भयो । ४६ को जनआन्दोलनपछि एक चरण एकताको मौसम आयो । यसले आन्दोलनलाई दुई धारमा सोझ्यायो । एउटा क्रान्ति गर्नु पर्छ । यसकाले लागि सशस्त्र संघर्ष आवश्यक छ भन्ने कान्तिकारी धार र दोस्रो संसदमा गएर चुनावबाट बहुमत लिएर संविधान बदलेर शान्तिपूर्ण रुपमा समाज परिवर्तन गर्नुपछ, भन्ने ंसदवादी कम्युनिस्ट धार । यसले कम्युनिस्ट आन्दोलनलाई ठिक दुई धारारमा विभाजित ग¥यो । एउटा धार संसदवादी धार हुँदै सत्ता र सरकारमा गयो भने अर्को धार क्रान्ति गर्नु पर्छ भनेर सशस्त्र जनयुद्धमा गयो । यसरी कम्युनिस्टहरु आपसमै सरकार पक्ष र क्रान्तिपक्ष भएर लड्न थाले । दश बर्षको जनयुद्धमा सरकारमा जानेहरु सत्ता साझेदारीमा गएर दमनमा सहभागी भए भने ०६३ पछि विद्रोही माओवादी पक्षको एउटा घटक पनि त्यसैमा सामेल हुन गएपछि यसले अझ गंभीर रुप लियो । क्रान्ति धरासायी भयो । क्रान्ति करीव सकिसकेको अवस्थामा पुग्यो । यो बेला विप्लव कमरेडले पुरानो पार्टी, पुरानो नेता, पुरानो सोच, पुरानो शैली र तौरतरिका र पुरानो कार्यपद्धतिका विरुद्ध विद्रोह गर्नुभयो र नेकपाको पुनरगठन गर्नुभयो । यसले एकातिर निरासा र अकर्मण्यताको तुवाँलो चिर्दै समस्त देशवासी, न्यायप्रेमी र विश्व सर्वहारा वर्ग तथा आम परिवर्तन चाहने नेताकार्यकर्तामा एउटा आशावाद जगायो । अर्कोतिर फेरी अर्को युद्ध हुने हो कि, फेरी के के हुन्छ भनेर आतंकित र त्रसित भएर भाग्ने र यसको विरोध गर्नेहरु पनि कमी रहेनन् । सरकारमा पनि यसलाई दबाउन संसदवादीहरु एक ठाउँमा पुगे र अझ यसलाई दबाउन कम्युनिस्टकै सरकार बनाए । यसको उत्कर्ष २ बर्षको प्रतिबन्धसम्म पुग्यो । अन्तमा ३ बुँदे सहमति हुँदै अहिले विप्लवको राजनैतिक सुझबुझ र विनापूर्वाग्रह सवैसंगको छलफल, बहस, विमर्शले नेपाली कम्युनिस्ट आन्दोलनले नयाँ मोड लिएको छ । गएका बर्षहरु समाजवादी पक्षधरहरुलाई कसरी एक ठाउँमा लिने, कम्युनिस्ट नेताहरु बीचको फराकिलो दूरीहरु कसरी छोट्याउने र एक ठाउँमा लिने ? भन्ने कसरतमा वितेका छन् । केही आंशिक सफलताहरु पनि प्राप्त भएकाछन् । यसलाई नेपाली कम्युनिस्ट आन्दोलनको उपलब्धी ठान्नु पर्छ किन कि अवको आवश्यकता कम्युनिस्ट एकताको हो । नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलालदेखि यहाँसम्मको एउटा अध्याय अन्त भएको छ ।
अहिलेसम्मको हाम्रो इतिहास टुटफुट, विभाजन, षड्यन्त्र जालझेल, संकीर्णता, खुट्टा तान्ने, असहयोग, आपसी लडाइँ, बोल बाराबार, अहंकार, डम्ब आदिबाट गुज्रेको भद्दा इतिहास हो । यो धेरै भोग्यौं । अव यो चाहिँदैन । जनता यो हेर्न र सुन्नसम्म तयार छैनन् । यो अध्यायलाई अन्त (ऋयिकभ) गरेर नयाँ अध्यायको शुरुवात गर्ने बेला भएको छ । त्यसो त कार्लमाक्र्सले शुरु गर्नुभएको विश्व सर्वहारा वर्गको अभियानको पनि क. माओसम्म आउँदा एउटा अध्याय समाप्त भएको छ । अव विश्व कम्युनिस्ट आन्दोलनमै नयाँ कम्युनिस्ट घोषणा पत्र तयार गर्नुपर्ने आवश्यकता खड्किएको छ । नेपालमा पनि पुष्पलालले अगाडि सार्नुभएको नेपाल कम्युनिस्ट पार्टीको घोषणा पत्र अपुग भएको छ । यसको एउटा अध्याय पूरा भएको छ र अव नयाँ अध्याय शुरु गर्ने जिम्मा नयाँ पुस्तको काँधमा आएको छ । यो अध्याय पूरा गर्ने जिम्मा पुराना पुस्ताले नयाँ पुस्तालाई छोडि दिनुपर्छ र नयाँलाई सुम्पदै आफ्ना अनुभवहरुसति सकारात्मक सहयोग गर्नु पर्दछ । आफूहरु सम्मानित र बरिष्ठ भएर बस्नु पर्दछ । अनुभवहरुको संश्लेषण र पुस्तान्तरण गर्नु पर्छ । यसको लागि एक पटक नयाँ र पुराना सबै कम्युनिस्ट नेताहरु एउटा बृहत राष्ट्रिय गोलमेच बहसमा जुट्नु पर्छ र नयाँ युगको नयाँ कार्यभारसहितको नयाँ क्रान्तिको घोषणापत्र जारी गर्नु पर्दछ । पुराना पुस्ताका कमरेडले जे जे कमजोरी गरे पनि नेपालमा कम्युनिस्ट शिक्षाको राम्रो प्रचार गर्नु भयो । जति टुक्रमा फुटे पनि कम्युनिस्ट अभियान मै जीवन अर्पण गर्नु भयो । जुन समुह चलाए पनि कम्युनिस्ट नै उत्पादन गर्नु भयो । अव सबै नेताहरुको साना ठूला आर्जनहरुलाई एक ठाउँमा ल्याऔं र एउटा राजनीतिक, बैचारिक, साँगठनिक कम्युन खडा गरौ । तपाईहरुको सारा आर्जनलाई कम्युनिकरण गरौं । यो कार्य आफ्नै जीवन कालमा गरेर आफ्नो राजनीतिक जीवन र इतिहासलाई अझ उच्चता प्रदान गरेर सार्थक जीवन बाँचेर जाने चेस्ता अग्रजहरुबाट होस भन्ने हाम्रो अपेक्षा छ । हामीले पनि हाम्रा अग्रजहरुलाई अन्तिमसम्म सदाका लागि सकारात्मक समीक्षा र सम्मान गर्न पाऔं, आशा छ पुराना अग्रजहरुले आत्मसमीक्षा गर्दै यो भूमिका पूरा गर्नेतिर सोच्नु हुनेछ । ७६ बर्षको कम्युनिस्ट आन्दोलन र मेरो कम्युनिस्ट जीवनको ४५ बर्षको अविछिन्न भोगाई र कम्युनिस्ट पार्टीमा आबद्ध भएर गरेका व्यक्तिगत अनुभवको निष्कर्ष हो यो ।
खुशीको कुरा ०७ सालपछि नेपालमा सबै प्रकारका आन्दोलनहरुको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्दै आएको छ । नेपाली काँग्रेस पञ्चायत कालको ३० बर्ष बाहेक सधैं सत्तामा रहेर आयो । ३० बर्षको पञ्चायत कालमा पनि पञ्चे बनेर राजालाई ढोगेर सत्तामा बसिरहे । कम्युनिस्टको मूलधार जहिले पनि सत्ताको विपक्षमा रहिरहे र आन्दोलनको नेतृत्व कुनै न कुनै रुपमा र कुनै न कुनै तरिकाले कम्युनिस्टहरुले नै गरी रहे । त्यसैले त नेपालमा कम्युनिस्टहरु वामपन्थीको प्रायवाची बने । कम्युनिस्ट भनेपछि वाम, वामपन्थी भनेपछि कम्युनिस्ट, बुझिने एक प्रकारको संस्कार नै बसेको छ । यो कम्युनिस्टहरुले बनाएको नेपालको एक विशिष्ट परिचय हो । यो पनि ७६ बर्षको कम्युनिस्ट आन्दोलनको एक महत्वपूर्ण उपलब्धी हो ।
७६ बर्षको कम्युनिस्ट आन्दोलनले कम्युनिस्टहरुलाई सरकारसम्म पु¥याएको छ । जनसंख्याको एक तिहाईमा प्रभाव जमाउन सफल भएको छ । यो ज्यादै महत्वपूर्ण उपलब्धी हो । तथापि जनताले दिएको जनमतको संरक्षण र सदुपयोग गर्न नसक्नु हाम्रो कमजोरी हो । यसमा पनि विदेशी हस्तक्षेपको प्रभाव जवरजस्त छ । जनजनमा कम्युनिस्ट र समाजवादप्रतिको आशा अझै बढेर गइरहेको छ, मरेको छैन । एकथरी सरकारमा गएर सत्ताका सबै अंगहरुको अन्तरकुन्तर बुझ्ने अवसर पाउनु, विदेशी हस्तक्षेप, नोकरशाह, दलाल पुँजीपति वर्ग र उच्च, मध्यम वर्गको नियति र समस्याहरुसंग प्रत्यक्ष साक्षत हुनु सबैको मनोकाँक्षा र मनोविज्ञान बुझ्नु पनि नराम्रो होइन, यो पनि कम्युनिस्ट आन्दोलनको छुटेको कोर्ष हो । एकथरीले सडक संघर्षबाट नयाँ नेपालको परिकल्पनाका सैद्धान्तिक र बैचारिक आधार तयार पार्नु र वर्गसंघर्ष, अन्तरसंघर्ष, सडक संघर्ष, कानुनी संघर्ष, सशस्त्र संघर्ष, विभन्न प्रकारका आन्दोलनहरु, जनताका मनोविज्ञानहरु बुझ्नु, आधारभूत वर्गका समस्याहरुसंग साक्षतकार हुनु र यसबाट क्रान्तिको नयाँ विकासको आधार र कार्यदिशा तयार पार्नु पनि कम्युनिस्ट आन्दोलनको अर्को महत्वपूर्ण कार्य हो । यी दुई थरि अनुभवहरुलाई एक ठाउँमा मिलाएर अवको विश्व व्यवस्था, अवको युवा वर्गको चाहाना, जनचाहाना र आवश्यकतालाई मध्यनजर गर्दै यी अनुभवहरुसहित एक ठाउँमा जुटेर नयाँ क्रान्तिको खाका तयार पार्नु हाम्रो अगाडिको गर्नै पर्ने नयाँ चुनौती हो । यो चुनौती पार गर्ने ठूलो अवसर र संभावना पनि उतिकै प्रवल छ । यो अवसर हामीलाई मात्र छ । इतिहासले यो अवसर कम्युनिस्टहरुको काँधमा थमाउँदै छ ।
अन्तमा
सबै कमरेड, तथा मित्रहरु, अव आपसी विद्वेष, गालीगलौज त्यागौं, एकले अर्कालाई विश्वास र सम्मान गर्ने संस्कार बसालौं, कम्युनिस्ट संस्कार (सी संस्कार) अँगालौं । टुटफुटको संस्कार त्यागौं, बृहत कम्युनिस्ट एकतामा जोड गरौ । हाम्रै कारण आफै सिद्धिने वातावरणको अन्त गरौं । यसबाट हामी कसैलाई पनि फाइदा छैन । यदि हामी कम्युनिस्टहरु सच्चिने हो भने साम्राज्यावादी हस्तक्षेपको अन्त, स्वाधीनता र साम्यवादी व्यवस्था (समाजवाद) धेरै टाडाको विषय छैन । विजयको लक्ष नजिकै छ । पार्टी स्थापनाको ७७औं बर्षले हामी सबै कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याओस । भए पार्टी एकता नभए साझा दुश्मनका विरुद्ध एउटा बृहत मोर्चामा एक हुने तागत देओस । हाम्रा अन्तिम लक्ष चुम्न बाँकी छ । हाम्रो उद्देश्य महान छ । हामी लक्षको समीप पुग्दैछौं । यो चालु बर्षमा कम्तीमा सबै कम्युनिस्ट शक्तिहरु एउटा साझा गोलमेच राष्ट्रिय सभामा बसेर सकारात्मक छलफल गरौं र एउटा साझा निष्कर्षमा पुगौं । कम्युनिस्टहरुको एउटा बृहत मोर्चा निर्माण गरौं ता कि हामी हाम्रा साझा दुश्मनलाई पराजित गर्न सफल बनौं । नेपाली जनताको साझा आकाँक्षा नेपाली जनताको समस्या समाधान गर्न सक्ने नेपाली विशेषताको समाजवाद दिन सफल बनौं । सबैमा मेरो यहि शुभकामना ।
लेखक : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हुन्।