पञ्चायत कालका मण्डले र बुर्जुवा गणतन्त्रका झोले

२०८२ जेष्ठ २७ गते, सोमबार

डा. केशव देवकोटा

नेपालमा राजनीतिक विकृति यति हदसम्म बढेर गएको छ कि हालका शासकहरुले पञ्चायती काललाईसमेत बिर्साउने गरी काम गर्न थालेका छन् । हालको शासन सत्तामा चल्ने पहिलो शर्त पैसा हो । हरेक पद र अवसरका लागि पहिलो शर्त रकमको हुनेगरेको देखिएको छ । त्यसपछि दोश्रो शर्त आफ्ना आफन्तहरु हुन् । तेश्रो र अन्तिम शर्त पार्टीका नेता तथा कार्यकर्ता रहने गरेका छन् । उपरोक्त तिन अवस्था बाहिरकाहरुले कुनैपनि अवसर पाउने संभावना छैन । न्याय, समानता र स्वतन्त्रता भन्ने कुरा टाडाको विषयवस्तु बन्दैगएको छ । देशमा गणतन्त्रजस्तो विश्वको उत्कृष्ट व्यवस्था हुँदाहुँदै राजतन्त्रको माग हुनुले पनि वर्तमान शासकहरुको अशली गतिविधि प्रष्ट भएको छ । यसरी सिधै गणतन्त्रको बिरोध हुँदा पनि सत्ता र शक्तिमा रहेकाहरु अलिकति पनि चिन्तित देखिएका छैनन् । बरु निहित स्वार्थका लागि आपसमै लडिरहेका छन् । हुँदाहुँदा हालैमात्र देशका कार्यकारी प्रमुख प्रधानमन्त्री समेत रहनु भएका एमालेका अध्यक्ष केपी ओलीले झोले दर्शननै घोषणा गरिदिनु भएको छ । उहाँले एमालेमा आफ्नो झोला बोक्ने बाहेक अरुले कुनैपनि काम र अवसरहरुमा प्रश्रय नपाउनेभन्ने जानकारी दिनका लागि उक्त घोषणा गर्नुभएको स्पष्ट छ । ओलीको उक्त झोले दर्शन अन्य बुर्जुवा पार्टीका हकमा पनि लागू हुने प्रवल संभावना रहेको छ । अनौपचारिकरुपमा लागू पनि भैरहेको छ । ओली आफैँले फेसबुकमा झोले युगको शुरुवात भएको जुन उद्घोष गर्नुभयो, त्यसले उहाँको सार्वजनिक कदलाई धेरै घटाउने काम गरेको छ ।

ओलीले अब कुनैपनि दिन आफ्नो पार्टीको नामनै एमालेबाट झोले बनाउनु भयोभने आश्चर्य नमाने हुनेभएको छ । त्यसो त उहाँले गत ०७८ मा चितवनमा भएको पार्टीको महाधिवेशनमा खुलेरै आफ्नो पार्टी सैद्धान्तिक नभएर पपुलिष्ट कम्युनिष्ट पार्टी अर्थात नाममात्रको कम्युनिष्ट पार्टी रहेको बताउनु भएको थियो । त्यसले पनि एमाले पार्टीका लागि दक्षिणपन्थी राजनीतिक गतिविधिहरु स्वाभाविक ठानिन्छन् । ०४६ सालको आन्दोलनका सन्दर्भमा तत्कालीन मालेले जब नेपाली कांग्रेससँग सहकार्यको घोषणा गरेको थियो, त्यसपछिबाटै सो समूहमा बैचारिक स्खलन शुरुभएको हो । त्यसो त ०६३ को परिवर्तनपछि नेपाली कांग्रेसलाई मित्रशक्ति मान्ने अरु पनि छद्मभोषि क्रान्तिकारीहरु नदेखिएका होइनन् । उनीहरुको हबिगत पनि सबैले देखेका छन् । ०४६ सालको परिवर्तनपछि माले तत्कालीन मनमोहन समूहसँग मिलेर एमाले बन्यो । नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा गयो । आफ्नो पार्टीबाट औपचारिक निर्णय गरेर माओ बिचारधारा हटाएर जनताको बुहदलीय जनवादको रचना ग¥यो । त्यो भनेको उसले जनवादलाई छाडेर बहुदलीय संसदीय राजनीतिलाई पूर्णरुपमा स्वीकार गरेकोभन्ने थियो । त्यसपछि काठमाडौंस्थित अमेरिकी राजदूतलाई आफ्नो पार्टीको केन्द्रीय कार्यालयमा भ्रमण गराउने बहानामा माक्र्स, ऐङ्गेल्स र माओलगायतका अन्तर्राष्ट्रिय कम्युनिष्ट नेताहरुको तस्वीर पनि हटायो । हाल उक्त नेताहरुको नामसमेत उच्चारणगर्न छाडेको छ । मालेमावाद एमालेका नेता तथा कार्यकर्ताहरुका लागि कुन चराको नाम होभन्ने थाहा पनि हुन छाडेको छ । ०४६ सालको परिवर्तनबाट नेपालमा बहुदलीय संसदीय व्यवस्था पुनस्र्थापना भएपछि कांग्रेसजनले पूर्व पञ्चहरुको सिको गरेका थिएभने एमालेहरुले नेपाली कांग्रेसको सिको गरेका थिए । बीचमा नेकपा एमालेको नामै परिवर्तन गरेर सामाजिक जावादी पार्टी घोषणा गर्ने प्रयासहरु पनि भएका थिए । ०४६ सालको परिवर्तनपछि माधव नेपालले विकृत बनाउन शुरुगरेको एमाले पार्टी यति विकृत भयो कि सो पार्टीबाट माधवले नै हट्नुपर्ने अवस्था आयो ।

हाल आएर केपी ओलीले घोषणा गरेको झोले दर्शनले पनि सो पार्टीबाट ओलीलाई समर्थन गर्ने बाहेकहरुलाई पार्टी छाड्न संकेत गरेको छ । एमालेभित्र झोले प्रणाली धेरै पुरानो, स्थायी र प्रिय हुँदैगएको प्रणाली हो । जसलाई सो पार्टीका अध्यक्ष ओलीले हालै औपचारिकरुपमा सार्वजनिक गरेर स्थायित्व प्रदान गर्नुभएको मात्र हो । एमालेमा ओलीको उदयपश्चात झोले प्रणालीले राम्रैसँग जरागाडेको धेरैले अनुभव गरेका छन् । भनिन्छ ओलीको झोला बोक्नेलाई बैठक र बेडरुमसम्म पनि छुट छभने नबोक्ने र आलोचना गर्नेलाई पदच्यूत गर्ने परिपाटीको पनि राम्रैसँग विकास र बिस्तार भैसकेको अवस्था छ । हालैमात्र अर्को संसदवादी कम्युनिष्ट पार्टीका अध्यक्षले एक सार्वजनिक कार्यक्रममा आपूmहरुमा कांग्रेस र एमालेको रोग सल्किसकेको स्वीकार गर्नुभएको थियो । उहाँ पनि झण्डै ३६ वर्षदेखि पार्टीमा एकछत्र राज गर्दैआउनु भएको छ । सो पार्टीमा पनि झोले दर्शन यसअघि नै लागू भैसकेको छ । क्रान्तिकारी र आफ्नो झोला बोक्न नमान्नेलाई किनारा लगाउने उहाँको कलाको बेलाबखत संश्लेषण पनि हुने गर्दछ । हुँदाहुँदा उहाँले आफैले स्थापना गराएको विद्यमान गणतान्त्रिक राजनीतिक व्यवस्थालाई बुर्जुवा गणतन्त्रमा आधारित रहेको बताउँदै आपूm अझै पनि क्रान्तिकारी रहेको देखाउने प्रयास गर्नुभएको छ । जनगणतन्त्रको स्थापनाका लागि कठीन संघर्षमा होमिएकाहरुलाई उहाँले कसरी झुक्याएर बुर्जुवा गणतन्त्रमा पु¥याउनु भएको रहेछभन्ने कुराको रहस्य पनि खुल्दैगएको छ । नेपालमा आफ्नो निहित स्वार्थ पूर्तिका लागि संसारमा भएभरका राम्रा शब्दको उच्चारण गर्ने र सकेसम्म नराम्रा काम गर्ने परिपाटीको स्थापना त्यतिकै भएको रहेनछभन्ने कुरा पनि विभिन्न घटनाक्रमहरुले स्पष्ट गरेका छन् । नेपालमा लागूगराइएको संघीयता, जातीय समावेशी, धर्मनिरपेक्षता र समानुपातिक निर्वाचन प्रणाली सुन्दा कर्णप्रिय भएपनि त्यो नेपालका सन्दर्भमा घातक रहेको कुरा पछिल्ला घटनाक्रमहरुले स्पष्ट गर्दै लगेका छन् । हुँदाहुँदा आपूmलाई संघीयता र गणतन्त्रको पक्षधर रहेको बताउनेहरुले नै सच्चा संघीयता र गणतन्त्र नरहेको स्वीकार गर्दै नेपालमा संघीयता र गणतन्त्रको कंकालमात्र रहेको बताउन थालेका छन् । नभन्दै नेपालमा लोकतन्त्रसमेत नरहेको स्पष्ट भएको छ । खासमा ०६३ पछि नेपालमा जुन राजनीतिक ब्यवस्था लागू गराइयो, त्यो ०४६ साल अघिको पञ्चायती तानाशाही भनिएको ब्यवस्थाकै पुनरावृत्ति भएको खुल्दैगएको छ । त्यतिबेला पनि नातावाद र कृपावाद चरमरुपमा बढेको थियो । जहानियाँ शासनको बोलवाला थियो । त्यतिबेला ‘सहबरण’का नाममा पञ्च बाहेक अरुले शासन सत्तामा स्थान नपाउने प्रबन्ध गरिएको थियो । हाल त्यसलाई शब्द फेरेर ‘समानुपातिक’ भनिएको छ । अझ कतिपयले त पूर्ण समानुपातिक निर्वाचन पद्धति र देशमा कार्यकारी राष्ट्र प्रमुखको हठ पनि प्रदर्शन गरिरहेका छन् । त्यो भनेको नेपालको राष्ट्रिय राजनीतिमा फेरी राणा शासनको पुनरावृत्ति गराउने कुरा हो । यो देशमा कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन पद्धतिको व्यवस्था गरियोभने सबैले बुझ्दाहुँदा नेपाल र नेपाली भन्ने कुरा इतिहासमामात्र अंकित हुने छ । ०६३ को परिवर्तनपछि नेपालको अस्थित्व समाप्त पार्न पटक–पटक अनेक प्रयासहरु हुँदैआएका छन् । समानुपातिक निर्वाचन पद्धतिमा पार्टीका अध्यक्षहरुको तजबिजी अधिकारहरुको प्रयोग हुनेगरेको छ । जसबाट कस्ता, कस्ता ब्यक्तिहरु संसद र शासन सत्तामा पुगेभन्ने कुरा सबैका सामु दिनको घाम जतिकै छर्लङ्ग छ । कोही ३६–३६ वर्षदेखि पार्टीको नेतृत्वमा रहँदै आएका छन् । कोही झोले सिद्धान्तको प्रतिपादन गरेर आजीवन नेतृत्वमा रहने सपना देख्दैछन् ।

एमालेका अध्यक्ष ओलीको झोलेवादको मुख्यत सामाजिक सञ्जालमा राम्रैसँग खिल्ली उडाइएको देखिन्छ । सबैतिर सो सिद्धान्तको विरोध भएपछि एमालेका महासचिव शंकर पोखरेलले एमालेको ‘म झोले हुँ’ अभियानको विरोध गर्नेहरुलाई सात बुँदामा जवाफ दिएको देखिएको छ । उहाँले पनि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्नका लागि एमालेको झोला गौरवका साथ बोक्न पनि आग्रह गर्नुभएको छ । उहाँको भनाईमा एमालेका नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरुका लागिभन्दै माक्र्सवादी दर्शन ः द्वन्दात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद, माक्र्सवादको सिर्जनात्मक विकासकाक्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त, जबजको प्रयोग र विकासकाक्रममा विकसित परिपूर्ण लोकतन्त्रको मान्यता, नेपालको राष्ट्रिय हितमा आधारित असंलग्नता र पञ्चशीलको सन्तुलित परराष्ट्र नीति, जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको नयाँ मान्यता, जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको परम्परा र प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र रहेको दाबी गर्ने प्रयास गर्नुभएको छ । उहाँले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि एमालेको झोला गौरवका साथ बोकौँ पनि भन्नुभएको छ । यसरी पञ्चायत कालका मण्डले र बुर्जुवा गणतन्त्र कालका झोले एकै रहेको र उनीहरुबाट देशको विकास र परिवर्तन पनि नहुने तथा विद्यमान राजनीतिक व्यवस्थाको पनि संरक्षण नहुने स्पष्ट भएको छ । नेपालमा गणतन्त्रवादी पार्टीहरुबीच बिवाद बढ्दै र राजावादी आन्दोलन चर्कदै गएका कारण राजनीतिक परिवर्तन सन्निकट बनेको राजनीतिक क्षेत्रमा चर्चाको विषय भएको छ । नेकां, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको सिंहदरबारमा भएका पछिल्ला बैठकहरु निष्कर्षविहीन भएपछि सरकार ढल्ने संकेत देखिएका छन् । सत्ता पक्षले जसरी पनि संसदको बैठक सुचारु गर्ने प्रयास गरिरहेको छभने प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म चल्न नदिने भनेका छन् । यसरी राष्ट्रिय एकता र सहमतीय राजनीतिलाई अगाडि बढ्न नदिएर देशमा चौतर्फी बिवाद र विभाजनको अवस्था सिर्जना गराउने प्रयास भैरहेको छ । यस्तो अवस्थामा एमालेका अध्यक्ष ओलीको झोले सिद्धान्तको चौतर्फी भण्डाफोर हुनु आजको प्रमुख आवश्यकता भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]