नेपालमा भ्रष्टाचारको मुख्य श्रोत संसदीय व्यवस्था
नेपाललाई आज संसार कै पहिलो भ्रष्टाचार गर्ने देशका रूपमा पु¥याइएको छ । पहिले संसारका मान्छेलेहरूले नेपाललाई सगरमाथा ९ःयगलत भ्खभचभकत० को देशका रूपमा चिन्थे भने अहिले संसारका मान्छेहरूले नेपाललाई भ्रष्टाचारीहरूको देशका रूपमा चिन्ने बनाइएको छ । पहिले कुनै नेपाली नेपाली ढाँका टोपी लगाएर संसारका कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो भने विदेशीहरूले ऊ नेपाली आयो, नेपाली आयो भन्ने गर्दथिए भने अहिले कुनै नेपाली संसारका जुनसुकै अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो भने विदेशीहरूले ऊ लौ हेर त भ्रष्टाचारी ओयो, भ्रष्टाचारी आयो भन्न थालेका छन् । म भरखरै युरोपको यात्रा सम्पन्न गरेर फर्केको छु । फ्रान्सको राजधानी पेरिस अन्तर्राष्ट्रिय विमानस्थल, जर्मनीको फ्रेन्कफुर्ट अन्तर्राष्ट्रिय विमानस्थल, फिनल्यान्डको राजधानी हेल्सिन्की अन्तर्राष्ट्रिय विमानस्थल, टर्कीको स्तानबुल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बेला मलाई कुनै विदेशी नागरिकले चिने भने ऊ हेर हेर नेपालको भ्रष्टाचारी भ्रष्टाचारी आयो भनेर क्राउँछन् कि भनेर ज्यादै डर लाग्यो । किनभने आज सूचना र प्रविधिको चरम विकासका कारण संसारको कुनै पनि देश टाढा र अपरिचित छैन । नेपालका संसदीय भ्रष्टाचारीहरूले एउटा त भ्रष्टाचारी भनेको छ, अर्कोले तँ मानव तस्करी भनेको छ, अर्कोले तँ सहकारी ठग भनेको छ, अर्कोले तँ भिजिट भिसा तस्करी भनेको छ, अर्कोले तँ मिटर व्याजी ठग भनेको छ, अर्कोले तँ गिरिबन्दु टि स्टेड भ्रष्टाचारी भनेको छ, अर्कोले तँ क्यान्टोनमेन्टको भ्रष्टाचारी भनेको छ, अर्कोले तँ बाल मन्दिरको जग ठग भनेको छ, अर्कोले तँ पतञ्जली जग्गा भ्रष्टाचारी भनेको, अर्कोले तँ ओम्निकाण्ड र यति काण्डको भ्रष्टाचारी भनेको छ, अर्कोले तँ ललिता निवास सरकारी जग्गा हिनामिनाको भ्रष्टाचारी भनेको छ, फेरि अर्कोले तँ सरकारी बाटो मिचेको भ्रष्टाचारी भनेको, अर्कोतिरले तँ सुन तस्कर भनेको छ, फेरि अर्कोले तँ नक्कली शरणार्थी भिसा प्रकरणको भ्रष्टाचारी भनेको छ, अर्कोले फेरि तँ कमिशनखोर, माफिया होस् भनेको छ, अर्कोले तँ टावर निर्माण भ्रष्टाचारी होस् भनेको छ, फेरि अर्कोले तँ बाख्रा खरिद, मल खरिदको भ्रष्टाचारी होस् भनेको छ, फेरि अर्कोले तँ असारे बजेटको कमिसनखोर होस् भनेको छ, अर्कोले तँ सरकारी रकम बेरुजु फच्र्योट नगरेको भ्रष्टाचाररी होस् भनेको छ, फेरि अर्कोले प्रधानमन्त्रीले स्पेन भ्रमणमा जाँदा संगै लगेका व्यक्तिहरू उतै हराएको मानव तस्कर होस् भनेको छ, यस्तै प्रकारका भ्रष्टाचार, मानव तस्कर, सुन तस्कर, कमिसनखोर, सहकारी ठगी जस्ता हजारौं भ्रष्टहरूको पोलखोला खोल गरेर संसदीय पार्टीहरू जो अहिले सत्ताधारी तथा गैर सत्ताधारी दुबैका सबै नेता कार्यकर्ता, सांसद, मन्त्रीहरू एकअर्कालाई आरोप प्रत्यारोप गरेर हल्लाखोर गरेर संसारका मान्छेहरूलाई हसाँइरहेका छन् । अब नेपाली जनताले को हो भ्रष्टाचारी ?, को हो तस्कर ?, को हो सहकारी ठग ? भनेर खोज्नु पर्ने छैन, किनभने भ्रष्टाचारीहरूले नै भ्रष्टाचारी आफैंले ऐना हेरे झै गरि छर्लङ्ग पारिरहेका छन् । तिनै नामूद भ्रष्टाचारीहरूले आपूmहरू नै नेपाली भ्रष्टाचारी भएको संसारभर हल्ला मच्चाइरहेका छन् ।
हाम्रो देश नेपाललाई संसदीय भ्रष्टाचारीहरूले कस्तो गरी निजी सम्पत्ति जस्तो बनाएका छन् भने पुलिस, सिआइबीले एकजना पनि भ्रष्टाचारी र तस्करलाई समात्दैन, बरु उसले ती नामूद भ्रष्टाचारी, तस्करी, अनैतिक, जनतामारा, देश बेचुवाहरूको फेसबुक, सामाजिक सञ्जालहरूमा आलोचना गरेका भाईबहिनी, केटाकेटीहरूलाई साईबर अपराध मुद्दामा पक्राउ गरेर जेल हालेर दर्जेनी पूmली थप्ने काम गरिरहेको देखिन्छ । अख्तियार दुरूपयोग निवारण आयोगले भ्रष्टाचारीहरूलाई उच्च अदालतमा मुद्दा दर्ता गराउँछ, सर्वोच्च अदालतले चोख्याउँछ ।
संसद भित्रका माननीय सांसद भनिनेहरूले प्रत्येक बैठकहरूमा तँ भ्रष्टाचारी, तँ मानव तस्कर, तँ सहकारी ठगी भन्दै संसदको बैठग अवरुद्ध गरेको देखिन्छ । उनीहरूले नै मुद्दा सामसुम पार्नलाई उच्चस्तरीय संसदीय समितिको माग गर्दछन् । संसद भित्र छिरेका सबै सांसद माननीय भनाउँदाहरू कुनै न कुनै भ्रष्ट संसदीय पार्टीको सदस्य भएको नाताले सबै मिलेर उच्च स्तर कै संसदीय समिति बनिहाल्छ । किनभने डाडु– पनियो उनीहरू कै हातमा छ । संसदीय व्यवस्था भएको देशहरूमा, अधिनायकवादी सामन्ती राजतन्त्र भएको देशहरूमा हुने नै यस्तै हो । १०४ वर्षे अधिनायकवादी जहानीय राणा शासनको पालामा पनि यस्तै थियो, हामीले इतिहासमा यस्तै यस्तै पढ्यौं । ३० वर्ष निरंकुश राजतन्त्रको निर्दलीय पञ्चायती व्यवस्थामा पनि यस्तै थियो भने २०४६ सालदेखि हाससम्म ३६ वर्षको अबधिमा ती भूपू भ्रष्ट व्यवस्था भन्दाभन्दै पचासौं गुणा बढेको देखि रहेका छौ । फरक यत्ति मात्रै हो । तर तरिका उहीँ हो ।
यो लेखमा आज मैले नेपालमा के कारणले भ्रष्टाचार यसरी मौलाइरहेको छ ? नेपालमा भ्रष्टाचारको मुख्य श्रोत के हो ? भन्ने बारेमा बिना पूर्वाग्रह, निस्पक्ष ढंगले अर्थात् वास्तविकताका आधारमा माक्र्सवादी–द्वन्द्ववादी ढंगले लेख्ने प्रयत्न गरेको छु ।
कुनै पनि चिजको जन्म र विकासका श्रोत र आधारहरू हुन्छन् । बिना आधार र विना श्रोतको कुनै पनि वस्तुको उत्थान र विकास हुँदैन । यो प्राकृतिक नियम हो, भौतिकवादी नियम हो । ती मध्ये पनि धेरै प्रकारका आधार र श्रोतहरू हुने गर्दछन् । तर, त्यसमा मुख्य आधार र मुख्य श्रोत प्रमुख कुरा हो र त्यसले नै साना आधार र श्रोतहरू छोपेर राखेको हुन्छ । त्यसैले यहाँ मुख्य श्रोतको बारेमा भन्ने शब्दावलीलाई प्रमुखकोताका सात माथि उठाउन खोजिएको छ ।
नेपालमा यत्तिको बिघ्न भ्रष्टाचार, अनैतिकता, कुशासन, तस्करीमातन्त्र, माफियातन्त्र, कालोबजारी आदि कुतन्त्र मौलाउनु र झांगिनुको मुख्य कारण र श्रोत नेपाली मौलिकताको संसदीय व्यवस्था हो । हुन त संसारका सैयौं देशहरूमा सञ्चालन भइरहेका सबै संसदीय व्यवस्थाहरू सबै भ्रष्ट देश हुन् । सबैलाई जानकारी भए कै कुरा संसदीय व्यवस्था भएका अधिकाँश देशहरूका राष्ट्रपतिहरू, प्रधानमन्त्री, मन्त्रीहरू, नेताहरू भ्रष्टाचारी, अनैतिक नभएका देशहरू शायदै पाइदैनन् । सामन्ती राजतन्त्र भएको र भएका देशहरू सबै महाभ्रष्ट छन् र थिए भने दोस्रो नम्बरमा अहिले संसदीय व्यवस्था भएका देशहरू भ्रष्टहरूको अग्रपंक्तिमा रहेका छन् । हाम्रै दक्षिण एशियाली देशहरू बंगलादेश, पाकिस्तान, श्रीलंका, भारतमा घटाइएका भ्रष्टाचार डर लाग्दा श्रृङखलाहरू दुनियाँका सामु छर्लङ्ग छन् । बंगलादेशकि निवर्तमान प्रधानमन्त्री शेख हसिना वाजेद ठूलो भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको र जनताले विरोध गरे पछि हजारौं जनताको हत्या गरेर देशबाट निकाला भएर भारतको शरणमा पाउ परेर बाँच्न बाध्य भए कि छिन् भने पाकिस्तानी भूपू प्रधानमन्त्री खान जेलमा सढाइएका छन् । श्रीलंकाका भ्रष्टाचारहरूका घर जलाएर जनताले लखाटेको घटना पुरानो भएको छैन । दक्षिण कोरियाका राष्ट्रपति खारेजीमा परेका छन् भने उता जापान र थाइल्यान्डका अनेकौं प्रधानमन्त्रीहरू भ्रष्टाचारको अभियोगमा जेलमा सढ्दै आएका छन् । अफ्रिकी, ल्याटिन अमेरिकी, उत्तरी अमेरिकी, युरोपेली देशहरूका संसदीय नेतृत्वहरू भ्रष्टाचारो नभएको पाउनलाई लाइट बालेर खोज्नु पर्ने हुन्छ ।
नेपाली संसदीय व्यवस्था भारत हुँदै वैदेशिक ल्यायतित् व्यवस्था हो । त्यसैले संसारभरका भ्रष्ट संसदीय भाइरससंगै आएका कारण अहिले नेपाल संसार कै पहिलो भ्रष्ट देश प्रमाणित हुन पुगेको छ । संसारका सैयौं भ्रष्ट संसदीय व्यवस्था भएका देशहरूबाट भारतको विहार हुँदै नेपाल भित्र्याएकोले नेपाली संसदीय व्यवस्था संसार कै पहिलो भ्रष्टाचारोहरूको देश बन्न सफल भएको छ ।
नेपालको जुन वर्तमान संसदीय व्यवस्था प्रणाली छ, त्यो नै भ्रष्टाचारको मुख्य श्रोत हो । यस व्यवस्थाले दार्शनिक रूपमा बहुलवादलाई अंगालेको छ । यसलाई बहुमतको सरकार, अल्पमतको विपक्ष रहने सिद्धान्तलाई अबलम्बन गर्दै आएको छ । अहिले नेपालमा आवधिक निर्वाचन प्रणाली अप्नानाएको छ । पाँच–पाँच वर्षमा संसदीय निर्वाचन गराइन्छ । एक संघीय र सात प्रदेशीक तथा ७४३ स्थानीय निकायहरू निर्वाचन गराइन्छ । एउटा वडा अध्यक्ष र पालिकाको अध्यक्ष तथा सदस्यले चुनाव जित्न करोडौं पैसा खर्च गर्नु पर्छ । एक जना संसदीय प्रखर नेता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा भूपू प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” स्वयंले एक जना गाउँ पाललिकाका अध्यक्षले चुनाव जित्न १० करोड खर्च गर्नु पर्छ । चुनावी प्रणाली महंगो भयो, सबै निकाय, सबै तहहरूमा समानुपातिक प्रणाली अपनाउँ भन्दै फलाक्दै हिड्नु भएको थियो ।
यसबाट के बुझिन्छ भने एक जना संघीय संसद वा प्रान्तीय संसदले चुनाव जित्न न्युनतम २५ करोड देखि अधिक्तम ५० करोडदेखि ८० करोडसम्म खर्च चाहिन्छ । उक्त खर्च संसदीय उम्मेदवारहले गर्दै आएको बुझिन्छ । त्यति खर्च गर्न नसक्ने उम्मेदवारले चुनाव जित्न सक्ने कुनै उपाय छैन, उसले खर्च गर्छ । चुनाव जितेपछि उसको कार्यावधि जम्मा पाँच वर्षको मात्रै हुन्छ । उसले चुनावमा खर्च गरेको करोडौं पैसा छिटै उठाउनु पर्ने हुन्छ । त्यसो भएर उ सभाषद वा पालिका भित्र छिर्ने बित्तिकै भ्रष्टाचार गर्न, कमिशन खान र कहाँ कहाँबाट पैसो आउँछ त्यहीँ त्यहीँ पुग्नु प¥यो र लाज, घिन, कुनै प्रकारको सरम नमानेर पैसो बटुल्नु प¥यो । सबै संसदीय पार्टीका प्रमुख नेतादेखि वडातहसम्मका उम्मेदवारहरूले अपनाउने तरिका एउटै हो । त्यसैले सबैले राष्ट्रको सम्पत्ति नलुटेर चुनावमा खर्च कहाँबाट उठाउने त ? सबैभन्दा ठूलो तरिका र सजिलो तरिका भने कै भ्रष्टाचार गर्ने, कमिशन खाने हो ।
त्यसो भएकाले त मन्त्रिपरिषदले गरेको निर्णयकाबारेमा कसैले आंैला उठाउन नपाउने कानुन बनाएका छन् । त्यति मात्र होइन मन्त्रिपरिषदले गरेको नितिगत निर्णयलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेर्न नपाउने, हात हाल्न नपाउने भन्ने कानुन सबै संसदीय पार्टीहरूले सर्वसम्मत रूपमा बनाएका छन् । जुन पार्टी सरकारमा जान्छ, उक्त दल (पार्टी) को प्रधानमन्त्रीले अरबौं, खरबौं भ्रष्टाचार काण्डको मन्त्रिपरिषदद्वारा नीतिगत निर्णय गराउँछ । बस कति सजिलो तरिका ।
बहुतको सरकार, अल्पमतको विपक्ष भनेको संसदीय पार्टीहरूको “हात्तीको देखाउने दाँत” मात्रै हो । भ्रष्टाचार गर्नु प¥यो भने, महाभ्रष्टचारीहरू, मानव तस्करहरू, सुन तस्कर लगायतका अपराधीहरूलाई संरक्षण, जोगाउनु परेको बेला देश बेच्ने बेला, उनीहरूले अबलम्बन गर्दै आएको “बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष भन्ने नारालाई रद्दिको टोकरीमा फ्याँकेर प्रमुख र दोस्रो दल मिलेर सरकार बनाउँछन् । जस्तो अहिले नेपालमा संसदको दल नेपाली काँग्रेस र दोस्रो सरकारको प्रतिपक्षमा बस्दै आएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिलेर झण्डै द्वितिहाइको सरकार चलाइरहेका छन् । त्यसैले भ्रष्ट र संसदीयहरूको कुनै अडान र नैतिकता हुँदैन ।
हामीले देखेका छौ कि महाकाली नदी भारतलाई बेच्ने बेला २०५३ साल असोज ४ गते तत्कालीन नेपाली काँग्रेसको सरकार र प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले) लगायत सम्पूर्ण संसदीय पार्टीहरू एउटै कित्तामा खडा हुन पुगेका थिए । त्यति मात्र होइन, सन् २७ फेब्रुअरी २०२२ मा राष्ट्रघाति एमसीसी सम्झौता सबै संसदीय दलहरू तत्कालीन अवस्थामा सत्ता पक्ष र प्रतिपक्ष भनिएकाहरू सबैले एक मतले संसदबाट पारित गरेका थिए । किनभने संसदीय पार्टीहरू सबै चरित्र एउटै हो । देश बेच्न र भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने बेला सत्ता पक्ष र प्रतिपक्ष भनिने सबै संसदीय पार्टीहरू एउटै मोर्चामा लामबद्ध हुन पुग्छन् । किनभने कमाउने ठाउँ एउटै छ । यो वर्तमान संसदीय व्यवस्था कसैबाट ढल्छ कि, खोसिन्छ भनेर सबै संसदीय पार्टीहरू शसंकित र सजग हुँदै आएका छन् । उनीहरूलाई एकातिर पश्चगामी, पुनरुत्थानवादी राजावादीहरूबाट उनीहरूलाई ठूलो खतरा भएको महसुुस गरिरहेका छन् । यही बेला पूर्व पञ्चहरूका नामले चिनिने राजावादीहरू “राजा आऊ, देश बचाऊ” भन्ने नारा दिएकाले अहिले सबै संसदवादी पार्टीहरू पूर्व राजा ज्ञानेन्द्र शाहबाट निकै शसंकित भएका छन् र सत्ता त खोसिने त होइन भन्ने डरले राजावादीहरूका सक्षम नेताहरूलाई खोजी खोजी देशद्रोह जस्तो जघन्य अपराधको मुद्दा लगाएर जेलमा कोचेका छन् ।
२०७७ सालमा तत्कालीन नेकपा (एमाले) प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि “केपी ओलीले संविधान मिच्यो“ भन्दै माओवादी केन्द्र, नेपाली काँग्रेस, एस समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका एमाले इतर सबै संसदीय पार्टीहरू संविधान बचाउने निहुँमा एउटै मोर्चामा लामबद्ध भएका थिए र २०७९ को संसदीय निर्वाचनमा पनि एउटै मोर्चा, एउटै चुनाव चिन्हबाट चुनाव लडेर केपी ओलीलाई घोक्रेठ्याक लगाउने चुनावी रणनीति बनाएका थिए । जति सकिन्छ त्यति भ्रष्टाचार गर्न पाइने, अकुत सम्पत्ति छोटै समयमा थोपार्न सकिने भएकोले सबै संसदीय पार्टीहरूले वर्तमान संसदीय व्यवस्थालाई माया गर्दछन्, प्यार गर्दछन् र संरक्षण पनि गर्दै आएका छन् । किनभने नेपालको वर्तमान संसदीय व्यवस्था सबै संसदीय पार्टीहरूको “माँगिखाने भाँडो“ हो, लैनोे गाई हो ।
अर्कोतिर गैर संसदीय माओवादी धारका केही कम्युनिस्ट पार्टीहरूले वर्तमान संसदीय व्यवस्थाको अन्त्य र जनगणतन्त्र तथा वैज्ञानिक समाजवादको स्थापनाको नारा दिन नछोडेकाले उनीहरूबाट सबै संसदीय पार्टीहरू माओवादी धारका गैर संसदीय पार्टीहरूदेखि ससंकित र सजक रहँदै आएको देखिन्छ । उनीहरूले नयाँ जनवाद र वैज्ञानिक समाजवादको स्थापना गर्ने भनिरहेका माओवादी धारका गैर संसदीय पार्टीहरूलाई अलमल्याउने र जनताको बीचमा भ्रम छर्ने उद्देश्यले समाजवादको नारा दिइरहेका छन् र “समाजवादी मोर्चा“ बनाएर भ्रमको खेती गरिरहेका छन् । त्यसो भएर नेपालका सबै संसदीय पार्टीहरूले विश्व ब्रह्माण्डमा जुन–तारा रहेसम्म यही भ्रष्ट संसदीय व्यवस्थालाई जोगाई राख्न, बचाई राख्न चाहन्छन् ।
– लेखक : वरिष्ठ माक्र्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन ।