वैज्ञानिक समाजवादी र साम्यवादी समाज

२०८२ श्रावण ७ गते, मंगलवार
हस्तबहादुर केसी

“पूँजीवादी र वैज्ञानिक साम्यवादी समाजका बीच एमालेको अर्कोमा क्रान्तिकारी रुपान्तरणको काल हुन्छ । यसको समवर्ती एक राजनीतिक संक्रमणकाल पनि हुन्छ , जसमा राज्य सर्वहारा अधिनायकत्व बाहेक अरु केही होइन ।”

 – कार्ल माक्र्सवादी, माक्र्स–एंगेल्स संकलित रचनाएं, खण्ड ३, भाग १, पृष्ठ २७, प्रगति प्रकाशन, मास्को, १९८६ ।

सर्वहारा वर्गका महान् नेता, गुरु, माक्र्सवादका प्रवर्तक तथा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आविष्कारक कार्ल माक्र्सको मान्यता अनुसार मानव समाजमा पूँजीवादको अन्त्य पछि वैज्ञानिक समाजवादी समाजको स्थापना हुन्छ र एक विशेष स्थितिमा वैज्ञानिक समाजवादी समाज वैज्ञानिक साम्यवादी समाजमा विकसित हुन पुग्छ ।

यस दार्शनिक आलेखमा वैज्ञानिक समाजवादी समाज र वैज्ञानिक साम्यवादी समाजका बारेमा लेख्ने प्रयत्न गरिएको छ ।

 वैज्ञानिक समाजवादी समाज ः

 सर्वहारा वर्ग पूँजीपति वर्गको मलामी र उसको चिहान खन्ने वर्ग हो । त्यसैले सर्वहारा वर्गको नेतृत्वमा गरिने क्रान्ति वैज्ञानिक समाजवादी क्रान्ति हो र त्यसपछि निर्माण हुने समाज वैज्ञानिक समाजवादी समाज हो ।

 वैज्ञानिक समाजवादी समाज त्यो समाज हो जहाँ प्रमुख वर्गका रुपमा सर्वहारा वर्ग र पूँजीपति वर्ग हुन्छन् । यस प्रकारको समाजमा निम्न पूँजीपति वर्गका विभिन्न तहहरु पनि हुन्छन् । यो समाज पनि वर्गीय समाज भएकोले विभिन्न वर्गहरुका बीचमा वर्गसंघर्ष चल्दछ । यस समाजमा पनि पूँजीपति वर्ग र सर्वहारा वर्गका बीचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध हुन्छ । यस समाजमा सर्वहारा वर्गको नेतृत्व र सर्वहारा वर्गकै अधिनायकत्वमा राज्यसत्ता निर्मित भएको हुन्छ ।

 त्यस अवधिमा सर्वहारा वर्गले उत्पीडक वर्गलाई मुख्यतः पूँजीपति वर्गलाई आफ्नो राज्यसत्ता मार्फत् दमन गर्ने काम गर्दछ । त्यही अवधिमा उत्पादनका साधनहरुको सामाजिकरण गर्ने प्रक्रिया सशक्त रुपमा अगाडि बढाइन्छ । वैज्ञानिक समाजवादी समाजमा सामुहिक स्वामित्वको प्रणालीलाई स्थापित गर्ने काम हुन्छ । यस प्रकारको प्रणाली परिश्रमी जनताको वैज्ञानिक समाजवादी स्वामित्व र समस्त जनताको वैज्ञानिक समाजवादी स्वामित्वमा आधारित हुन्छ । आफ्नो विकासको प्रक्रियामा पहिलो प्रणालीले दोस्रो स्तरमा फड्को हाल्न पुग्छ ।

 पूँजीवादका विरुद्ध सर्वहारा वर्गको राज्यसत्ता स्थापित भएको समाजलाई वैज्ञानिक समाजवादी समाज भनिन्छ । यस समाजलाई कार्ल माक्र्सले वैज्ञानिक साम्यवादी समाजको निम्न अवस्था बताउनु भएको छ । त्यस बखत उत्पादनका साधनहरुको सामाजिकरण हुन्छ । यो समाज पूँजीवादी समाजको गर्भबाट जन्मिएको हुनाले यसमा पूँजीवादका कैयौं आर्थिक, राजनीतिक तथा साँस्कृतिक विशेषता कायमै रहेका हुन्छन् । पूँजीवादले आफ्नो पुनःस्थापनाको प्रयास अत्याधिक रुपमा गर्दछ । यो स्थितिमा सर्वहारा वर्गको अधिनायकत्व अति जरुरी र अनिवार्य हुन्छ ।

 वैज्ञानिक समाजवादी समाजमा माल उत्पादन, मुद्रा विनिमय व्यवस्था, पूँजीवादी अधिकारका अवशेष, मजदुरी प्रणाली, वर्ग, वर्गसंघर्ष, व्यक्तिगत सम्पत्ति सबैको अस्तित्व हुने गर्दछ । साथै वैज्ञानिक समाजवादी समाजमा गाउँ तथा शहर, भौतिक तथा मानसिक श्रमका बीचको अन्तर अझै समाधान भएको हुँदैन र त्यो अन्तरलाई अन्त्य गर्दै अघि बढ्ने काम हुन्छ ।

 वैज्ञानिक समाजवादी समाजमा प्रत्येकले काम गर्नु पर्छ र काम अनुसार मामको नियम लागु हुन्छ । र वैज्ञानिक समाजवादी समाजमा अझै पनि पूर्ण स्वतन्त्रता, समानता लागु हुन सक्दैन ।

 वैज्ञानिक समाजवादबाट वैज्ञानिक साम्यवादमा जानका लागि सर्वहारा वर्गको नेतृत्व र अधिनायकत्वमा विचारधारात्मक, । शैक्षिक तथा साँस्कृतिक क्षेत्रमा संघर्षको प्रक्रियालाई अगाडि बढनउनु आवश्यक हुन्छ ।

वैज्ञानिक साम्यवादी समाज ः

वैज्ञानिक समाजवादी समाजको विकासका बीचबाट वैज्ञानिक साम्यवादको स्थापना हुन्छ । वैज्ञानिक साम्यवाद एउटा यस्तो नयाँ मानवतावाद हो जहाँ शोषक र शोषित वर्ग हुँदैनन्, वर्गहरुको निषेध भइसकेको हुनाले त्यहाँ वर्गसंघर्ष हुँदैन र ठीक त्यसैले राज्यसत्ता पनि हुँदैन । यो एक वर्गबिहिन उत्पीडनविहिन तथा राज्यविहिन नयाँ तथा वैज्ञानिक समाज व्यवस्था हो । यो समाज व्यवस्थामा व्यक्तिगत सम्पत्तिको अन्त्य हुन्छ । साथै गाउँ र शहर तथा शारीरिक र मानसिक श्रमका बीचका सबै भेद पनि समाप्त हुन्छन् ।

 वैज्ञानिक साम्यवादी समाजमा उत्पादक शक्ति र सामाजिक उत्पादनमा अत्याधिक विकास हुनेछ । त्यसैले त्यो समाजमा माल उत्पादन बन्द हुनेछन् । त्यसका साथ साथै माल तथा मुद्रा व्यवस्थाको पनि अन्त्य हुनेछ । वैज्ञानिक साम्यवाद एउटा सामाजिक व्यवस्थाका साथ साथै विचारधारातणमक व्यवस्था पनि हो । यस विषयमा फ्रेडरिक एंगेल्सले भन्नुभएको छ, “कम्युनिज्म भनेको सर्वहाराको मुक्तिका सर्तहरुको सिध्दान्त हो ।” –. माक्र्स–एंगेल्स संकलित रचनाए, खण्ड १, भाग १, प्रगति प्रकाशन मास्को १९७८ ।

 वैज्ञानिक साम्यवादी समाजमा प्रवेश गर्नका लागि संस्कृति र विचारधाराका क्षेत्रमा आमूल क्रान्तिको आवश्यकता पर्दछ । वैज्ञानिक समाजवादी समाजमा यस प्रकारको क्रान्ति गर्दै गएपछि विश्व वैज्ञानिक साम्यवादको उदय हुनेछ र वर्गविहिन, राज्यविहिन सुन्दर र नौलो संसारको जन्म हुनेछ ।

– लेखक ः वरिष्ठ माक्र्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको अध्यक्ष हुन ।

प्रतिक्रियाहरु

[anycomment]