नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सी बिना परिवर्तन असम्भव
नेपाल आज पुनः एक निर्णायक मोडमा उभिएको छ। बिभिन्न जनआन्दोलन, जनयुद्ध र त्यसपछिका राजनीतिक परिवर्तनहरूले हामीलाई संघीय गणतन्त्रसम्म ल्यायो। तर, के जनता त्यो परिवर्तनको अनुभूति गर्न सकेका छन्? नियन्त्रणमा पुगेको राज्य, बन्द कोठामा बनाइएका नीति, अझै दलाल पूँजीवादले चलाइरहेको शासन गरिरहेको छ। यी सबै कुराले आज जनताको मनमा गहिरो निराशा र आक्रोश सृजना गरिरहेको छ। जब क्रान्तिकारीहरू सम्झौतामा विलीन भए, क्रान्तिको नाममा उठेका नेताहरू सत्तामा पुगेपछि जनताको अपेक्षा भुले। शासकीय कुर्सीहरूमा पुगेका नेताहरूको प्राथमिकता जनगुनासो होइन, शक्ति सन्तुलन, गठबन्धनको राजनीति र आफन्तपार्तीकरण बन्न गयो।
नेताहरू बुलेटको इतिहास बोक्छन्,तर आज ‘ब्यालेट’को बजारमा आफ्नै सिद्धान्त बेच्छन्। यस्ता नेतृत्वबाट अब राष्ट्रको पुनर्निर्माण सम्भव छैन। त्यसैले जनता चाहन्छन नेतृत्व केवल पार्टीको होइन, विचार र व्यवहारको प्रतिबद्धताको आधारमा होस्। आवको वैकल्पिक बाटो नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सीको नेतृत्व मात्रै रहेको छ । वर्तमानको यो संकटपूर्ण अवस्था एक वैकल्पिक नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सीको नेतृत्वको आह्वान गर्दैछ। यो विकल्प कुनै सजिलो बाटो होइन। यो त्यो नेता हो जसले जनताको पसिना, उत्पादन र सपना बुझ्दछ। नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सीको को नेतृत्वले उत्पादनमुखी समाजको परिकल्पना गर्छ, राष्ट्रको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न चाहन्छ, गाउँ–गाउँमा जनसत्ता स्थापना गर्ने दिशामा संगठन विस्तार गर्छ र राष्ट्रियताको पक्षमा कठोर अडान राख्छ। नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सीको नेतृत्व न सत्ताको दलाल बन्ने छन्, न जनताका सपना साट्ने सौदागर नै बन्ने छन।
नेपाली जनताले थुप्रै आन्दोलन देखे, थुप्रै चुनाव भोगे र अनेकौँ नेतृत्वहरूलाई विश्वास गरेर फेरि-पनि लाचार बने। राणा शासनको अन्त्य, पञ्चायती निरंकुशताको पतन, राजतन्त्रको विघटन, अनि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना—यी सबै परिवर्तनका क्रममा जनताले निरन्तर बलिदान गरे। तर ती बलिदानहरूका फल जनतासम्म पुग्न सकेनन्।
आज प्रश्न उठ्छ, के परिवर्तन केवल संरचनागत रुपान्तरण थियो? कि त्यो एउटा अधुरो क्रान्ति थियो? र यदि अधुरो थियो भने, अब त्यसलाई पूर्णता दिने नेतृत्व को हो? यो प्रश्नको जवाफ स्पष्ट हुँदै गइरहेको छ। नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सी बिनाको परिवर्तन सम्भव छैन।
नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सीको उदय
नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सीको नाम नेपाली राजनीतिक इतिहासमा केवल एक नेताको नाम होइन—यो एउटा धार, एक दृष्टिकोण र वैचारिक निरन्तरताको प्रतीक हो। २०६३ सालको जनआन्दोलनपछि माओवादी आन्दोलनले जब मूल क्रान्तिकारी मार्ग छाडेर संसदीय राजनीतिमा गाभिन थाल्यो, तब त्यो आन्दोलनको गर्भभित्रैबाट एक असन्तुष्ट स्वर गुञ्जिएको थियो—”क्रान्ति सम्झौतामा समाप्त हुँदैन, पूर्णताको लागि निरन्तरता चाहिन्छ।”
नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सी यही निरन्तरताको प्रतिनिधित्व गर्छन्। प्रचण्ड नेतृत्वको बाटो संसदीय दलदलमा फसेको बेला, नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सीले सैद्धान्तिक दृष्टि, वर्गीय धारण र राजनीतिक इमानदारीको झण्डा उठाए।
नेपाली कम्युनिस्ट आन्दोलन: पतन र पुनर्जागरण
नेपालको कम्युनिस्ट आन्दोलनले गौरवशाली इतिहास बोकेको छ। तर आज त्यो इतिहास केवल स्मृतिमा सीमित छ। विभिन्न चरणमा भएका विभाजनहरूले आन्दोलनको ऊर्जा सत्तालोलुपतामा बिलायो। आज एमाले एउटा व्यवस्थागत पार्टी बनिसकेको छ भने माओवादी केन्द्र सत्ताको खेलाडी मात्र छ। अन्य पार्टीहरू भ्रम र अवसरवादको दलदलमा छन्। यो अवस्था देख्दा क्रान्तिकारी आन्दोलनले आत्मा गुमाएको देखिन्छ ।
तर जब देशभरि किसान, मजदुर, सुकुम्बासी, आदिवासी, दलित र उत्पीडित समुदायहरूको आवाज बेवास्ता भइरहेको छ, नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सीको नेतृत्वले मात्र उनीहरूलाई पुनः आवाज दिन सक्छ।
नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सी विचार, चरित्र र संघर्षको समन्वय
नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सी केवल राजनीतिज्ञ होइनन्; उनी विचारका योद्धा हुन्। मार्क्सवादी-लेनिनवादी-माओवादी दर्शनमा आधारित वर्गीय विश्लेषण, केन्द्रदेखि गाउँसम्मको सशक्त संगठन निर्माण, सैद्धान्तिक स्पष्टीकरणमा अडिग रहन सक्ने धैर्य, र राज्य दमनका बीच पनि जनसङ्गठनलाई वैचारिक र राजनीतिकरूपमा गतिशील बनाउने क्षमता यी सबै गुण एकै साथ देखिन्छ।
नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सीमाथि राज्यले पटक-पटक प्रतिबन्ध लगायो, गिरफ्तारी गर्यो, संवादलाई अस्वीकार गर्यो, तर उनी झुकेनन्। किनभने बिप्लबको यात्राको गन्तव्य कुर्सी होइन , जनताको मुक्तिको सपना हो।
आजको यथार्थमा नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सीको आवश्यकता
नेपालमा आज राजनीतिक आस्थाप्रति जनताको भरोसा घटेको छ, संविधान कार्यान्वयन अपूर्ण छ, भ्रष्टाचार संस्थागत भएको छ, बेरोजगारी, गरिबी र असमानता बढ्दो छ र युवाहरू पलायनको बाध्यतामा छन्।
यस्तो बेला “व्यवस्थाको सुधार” होइन, “पूर्ण रुपान्तरण” आवश्यक छर यो कार्य संघर्षशील, वैचारिक, र निडर नेतृत्व बिना सम्भव छैन। यसका लागि नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सी विकल्प मात्र होइन, एकमात्र आशा हुन्।
नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सीलाई नेतृत्व किन दिने?
नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सीमा व्यवस्था विरोधी स्पष्ट विचार छ, जस्का आधारमा नयाँ समाज बनाउने खाका पनि छ। जीवन संघर्षशील छ, जहाँ सिद्धान्तमाथि सम्झौता छैन। नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सी जनजनमा पुग्ने आन्दोलनकर्ता हुन्, जो किताब मात्रै होइन, सडक र जेल दुबै बुझेका छन्। यो नेतृत्व अब बहसको विषय होइन, यो आन्दोलनको आवश्यकता हो।
निष्कर्ष
नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सी बिनाको परिवर्तन असम्भव छ भन्ने भनाइ केवल नारास्वरूप होइन, यो नेपाली समाजको ऐतिहासिक, राजनीतिक र वर्गीय अवस्थाको विश्लेषण हो। यदि हामी साँच्चै परिवर्तन चाहन्छौं , वर्गीय मुक्तिको सपना देख्छौं, भ्रष्टाचार, दलालवाद र सामन्तवादको अन्त्य चाहन्छौं, र जनताको शासन स्थापना गर्न चाहन्छौं, त्यसको मार्ग नेतृत्व परिवर्तनबाट सुरु हुन्छ।
र त्यो नेतृत्व नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सी हुन्। अबको युग पुस्ता परिवर्तनको युग हो। पुराना शक्तिहरूबाट निराश भइसकेका जनताले विकल्प खोजिरहेका छन्। त्यसैले अब न कम्युनिस्ट नाममा होइन, काममा विश्वास गरौँ।, नेतृत्व अब नेपाल कम्युनिस्ट पार्टी र बिप्लब सीलाई दिऔँ र अधुरो क्रान्तिलाई पूर्णता तर्फ लैजाऔँ।