भ्रष्ट संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी व्यवस्था
जमिन जोत्नेको, घर पोत्नेको
– पुष्पलाल
कमरेड पुष्पलालको पहलकदमी र नेतृत्वमा २००६ साल बैशाख ९ (सन् १९४९ अप्रिल २२) का दिन भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । आज नेपाल कम्युनिस्ट आन्दोलनले ७६ वर्ष पुरा गरिसकेको छ । तर यति लामो ऐतिहासिक अवधि पार गर्दासम्प पनि महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न भएको छैन ।
स्थापना काल मै नेपाल कम्युनिस्ट पार्टीको लक्ष्य, उद्देश्य अर्थात् महान् नेपाली क्रान्तिको रणनीति र कार्यनीति किटान किटान गर्दै भनिएको थियो कि “देश अर्ध सामन्ती र अर्ध आौपनिवेशिक अवस्थामा छ, यस अवस्थामा रहेको हाम्रो देशमा गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति हो “किटान गरिएको थियो, अहिलेसम्म पनि यद्यपि विवाद विषयमा सिमित मात्रामा परिवर्तन त भएको छ, त्यो अवस्था कायमै छ । अर्थात् नेपाल अहिले पनि अर्ध सामन्ती र अर्धआौपनिवेशिब अवस्थामै छ । त्यसैले आज पनि नेपालमा गरिने क्रान्ति भनेकै नयाँ जनवादी क्रान्ति हो । त्यसका नयाँ ढंगको कम्युनिस्ट पार्टी आवश्यक पर्दछ । किनभने कम्युनिस्ट पार्टी भनेको सर्वहारा वर्गको संगठित अग्रदस्ता हो ।
नयाँ जनवादी क्रान्ति सम्पन्न भएपश्चात् मजदुर– किसान एकताको आधारमा जनताको जनवादी अधिनायकत्व कायम गरिन्छ । सर्वहारा वर्गको संगठित राजनीतिक अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा राज्य सञ्चालन गरिन्छ । अर्थात् सर्वहारा वर्ग सत्ताको नेतृत्व बन्न पुग्दछ ।
सामन्तवर्ग, जमिनदार वर्गको जमिन खोसेर किसानलाई वितरण गरिन्छ । किसान जमिनका मालिक बन्न पुग्दछ । साथै देशका कलकारखाना, उद्योग– धन्दाहरुलाई राष्ट्रियकरण गरिन्छ । बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्रियकरण गरिन्छ । सम्पूर्ण राष्ट्रिय सम्पत्तिलाई राष्ट्रियकरण गरिन्छ । मजदुरहरु कलकारखाना, उद्योग–धन्दाहरु मजदुरहरुको हातमा आउँछ । अर्थात् मजदुरहरु राष्ट्रिय सम्पत्तिका संरक्षक र मालिक बन्न पुग्छन् । यसरी किसानहरु जमिनका मालिक बन्न पुग्छन् भने मजदुरहरु कलकारखाना, उद्योग–धन्दा र राष्ट्रिय सम्पत्तिका मालिक बन्न पुग्छन् । यसरी जनता देशका मालिक बन्न पुग्छन् र, जसलाई “जमिन जोत्नेको, घर पोत्नेको” भन्ने नारा संस्थापक महासचिव कमरेड पुष्पलाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको थियो । तर, पार्टीको लक्ष्य पुरा भइनसकेको अर्थात् महान् नयाँ जनवादी क्रान्ति पुरा भइनसकेकै कारण “जमिन जोत्नेको, घर पोत्नेको” भन्ने कमरेड पुष्पलालले अगाडि सारेको र नेपाल कम्युनिस्ट पार्टीको रणनीतिक कार्यक्रम बनेको नेपाली जनताको उक्त माग पुरा भएको छैन । त्यसैले महान् नेपाली नयाँ जनवादी क्रान्ति आवश्यक छ । नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्न आवश्यक छ । त्यसले मात्र जनताको जनवादी अधिनायकत्व कायम गर्न सक्छ र निश्चित अबधि पार गरिसकेपछि वैज्ञानिक समाजवादमा प्रवेश गर्ने बाटो खुल्दछ ।
क्रान्तिका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी चाहिन्छ, माथि पनि भनिएको छ, किनभने त्यसप्रकारको संगठित, एकतावद्ध, अनुशासित, लडाकुको र मिलिट्यान्ट कम्युनिस्ट पार्टी आवश्यक पर्दछ । क्रान्तिका लागि पार्टी नीतिसम्बन्धी यो अनिवार्य सर्त हो । तर, आज नेपाली कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामा मात्रै होइन, नेपाली कम्युनिस्ट आन्दोलन दुई विपरीत धारामा रहेको छ । पहिलो धारा संसदवादी कम्युनिस्ट बनेको छ र बुर्जुवा संसदीय कार्यदिशा आत्मसात गरेर प्रतिक्रियावादी सरकार समेत सञ्चालन गर्न पुगेको छ । संसदवादी धाराले आपूmलाई कम्युनिस्ट हुँ पनि भन्दै र भनाउँदै हिँडेको छ । त्यस नक्कली, नामधारी कम्युनिस्ट धाराले जनताका बीचमा भ्रमको खेती गर्ने, भोट बटुल्ने र बहुमत ल्याएर प्रतिक्रियावादी भ्रष्ट सरकार चलाउने, भ्रष्टचारीहरु, तस्करहरुलगायत सम्पूर्ण अपराधीहरुलाई संरक्षण गर्ने र राष्ट्रिय सम्पत्ति लुट्ने खेलमा छ र हाल उसले वामपन्थी एकता, माओवादी एकताका गुलिया नारा दिएको र मिसन ८४ को नारा दिइरहेको छ ।
अर्को क्रान्तिकारी धारा छ, उसले वर्तमान नेपाली समाजको वर्गविश्लेषण ठिकै किटान गरेको, क्रान्तिको कार्यनीतिक कार्यदिशा पनि ठिकै किटान गरेको छ । तर त्यो धारा पनि एकातिर विभाजित अवस्थामा छ भने अर्कोतिर क्रान्तिका लागि तयारी गर्ने विछट्टै आँट र हिम्मत भएको देखिदैन । नारा क्रान्तिकारी दिने तर काम र व्यवहार अन्य बुर्जुवा तथा संशोधनवादीहरूकै सरह रहेको देखिन्छ । कोठाभित्र ठूला–ठूला क्रान्तिका गफ मात्रै छाँटेर क्रान्ति हुँदैन । क्रान्ति गर्ने मुलुकको वस्तुगत अवस्था तयार भइसके पछि क्रान्तिका निम्ति आँट नगर्नु, क्रान्तिमा, हाम फाल्ने होइन भने त्यो पनि दक्षिणपन्थी संशोधनको बाटो हुँदै प्रतिक्रियावादमा पतन हुन पुग्दछ भन्ने लेनिनको भनाई छ, उहाँको उक्त भनाई ठीक । नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी भनेका र भनाइएकाहरुको छाँट पनि त्यस्तै छ ।
अहिले सत्ताको नेतृत्व गरिरहेका र सत्ता बाहिर रहेका प्रतिपक्ष भनिएका संसदवादी पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) राप्रपा लगायत अन्य ससाना पार्टीहरु भित्र अन्तर कलह, आन्तरिक झगडा, विरोध, भण्डाफोर चलिरहेको छ । ती पार्टीहरुका बीचमा “बिलोको लडाइँ” कुकुरे कलह चलिरहेको छ । तिनीहरूका बीचमा किन यस प्रकारको लडाइँ भइरहेको छ भन्ने कुरामा स्पष्ट हुन जरुरी छ । अहिले भ्रष्ट संसदवादी पार्टीहरुले सरकारमा जाने व्यापक रुपमा भ्रष्टाचार गर्ने, मानव तस्करी लगायतका विविध कालका अपराध गरेर राष्ट्रको सम्पत्ति लुट्ने र पुस्तौ पुस्तासम्म पुग्ने गरी राष्ट्रिय सम्पत्ति लुट्ने पुलिस, न्यायलय, अख्तियार, कर्मचारीतन्त्र, शिक्षा, स्वास्थ्य, यातायात, बजार, व्यवसाय लगायत क्षेत्रमा आफ्नो लगाम कायम गरेको छ, आफ्नो पकडमा राखेको छ, अर्थात् आ–आफ्ना कार्यकर्ताहरु भर्ना गरेका छन् । उनीहरू मार्फत संरक्षित भएर राष्ट्रिय सम्पत्ति सत्तामा बसेको हरेक नेतृत्वले गरिरहेको छ । पुरानो नेतृत्वले नयाँहरुलाई नेतृत्व हस्तान्तरण गर्न मरिकाट्य तयार छैन । हरेक पार्टीमा सिट सीमित छ, त्यसैले दोस्रो, पुस्ताको नेतृत्व नेतृत्वमा छिटै पुग्ने र राष्ट्रिय सम्पत्ति लुट्न लालायित मात्रै छैन र ¥याल काटेर बस्न नसकेर आतुर छ । त्यसले नेतृत्वको आलोचना गर्दछ । कमिकमजोरीको विरोध गर्दछ र भ्रष्टाचारमा चुर्लुमब डुबेको पुरानो नेतृत्वले आफ्नो विरोध, आलोचना गर्नेहरु माथि डण्डा बर्साउने र पार्टीबाटै निस्कासन गर्नेछ घृणित कार्य गरिरहेको छ, जसका कारण सबै पार्टीहरुमा कलह, झगडा मच्चिरहेको छ ।
यी सबै कारणले गर्दा वर्तमान संसदीय व्यवस्था बदनाम मात्र भएको छैन कम्ज समेत भइरहेको छ । र, यसरी नेपालको संसदीय व्यवस्था असफल भइसकेको छ ।
यस्तो अवस्थामा अब संसदीय व्यवस्थाको विकल्प यही संसदीय व्यवस्थाले दिने कुरै भएन । कम्युनिस्टहरू मात्र विकल्प हुन् । त्यसो भएर वर्तमान भ्रष्ट संसदीय व्यवस्थापनको एक मात्र वैज्ञानिक विकल्प महान् नयाँ नेपाली जनवादी क्रान्ति हो । नयाँ जनवादी राज्य व्यवस्था हो । त्यसमा पनि जनताको जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी व्यवस्था हो जसले नेपालमा वैज्ञानिक समाजवादमा प्रवेश गर्ने बाटो खोल्दछ ।
(लेखक ः वरिष्ठ माक्र्सवादी दार्शनिक एव अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)