माओवादी केन्द्रको पार्टी एकताको निर्णय र यसले उब्जाएका प्रश्नहरु
२०८२ साउनको तेस्रो हप्तामा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्यो । बैठकले नेकपासंग पार्टी एकता गर्ने निर्णय गरेको कुरा माओवादी केन्द्रका प्रबक्ता अग्नीप्रसाद सापकोटाले बैठकको निर्णय सार्वजनिक गरेसंगै यो विषयले निकै चर्चा पायो । पत्रकारहरुको जिज्ञासा र ध्यान पनि बढी यसैमा गएको देखियो । यसले यो विषय कति संवेदनशील रहेछ भन्ने स्पष्ट गर्दछ । यसले सार्वजनिक रुपमा केही आशंंका र केही भ्रमहरु पनि पैदा गरेको छ । त्यसैले यस बारे केही लेख्न आवश्यक ठानेको छु ।
ठिक त्यही बेला अर्थात श्रावण १९ गते नेकपाको पनि स्थायी समिति बस्यो । दुबै पार्टीका स्थायी समिति बैठकहरु संगसंगै जसो सकियो । यसले पनि केही भ्रम सिर्जना ग¥यो र केही जिज्ञासाहरु जन्मायो तर यी दुई पार्टी बीचको बैठकका बीच कुनै साइनो–सम्बन्ध थिएन । दुबै बैठकका आआफ्ना विषय र एजेण्डाहरु थिए । हाम्रो पार्टी नेकपाको एजेण्डामा भने पार्टी एकता प्राथमिक एजेण्डा थिएन । यसको छेउछाउसम्म पनि कुरा उठेन । हाम्रो लागि यो विषय धेरै पुराना र बासी बनेको थियो । उनीहरु के के विषयमा छलफल गरे त्यो हाम्रो चासोको विषय पनि भएन तर बैठक सकेर बाहिर आउने वितिकै यो विषयमा निकै चर्चा भइरहेको पाइयो । मलाई पनि ३÷४ जना पत्रकारहरु, केही माकेका साथीहरु, केही जना एमालेकै साथीहरु एउटै प्रश्न दोह¥याए, केहीले प्रश्नको रुपमा त केहीले जिज्ञासाको रुपमा । हाम्रै पार्टीभित्रबाट पनि साथीहरुले फोनबाट उही जिज्ञासाहरु प्रकट गरे । मैले पनि जुन विषयमा छलफलै भएको थिएन त्यसै विषयमा जवाफ दिनु पर्ने भयो ।
अहिलेसम्म यो विषयमा माकेको पार्टीभित्र कुनै संस्थागत निर्णय नभएको अवस्थामा यदि वहाँहरुले स्वच्छ मनले, सकारात्मक सोचका साथ संस्थागत निर्णय गरेको भए यो सकारात्मक र स्वागतयोग्य नै भएको कुरा बताएँ । किन कि कुनै पनि राजनीतिक पार्टीहरु आफ्नो सिद्धान्त, विचार, रणनीति र कार्यनीति अनुरुप कुनै पनि निर्णय लिन स्वतन्त्र हुन्छन् र पार्टी निर्णय अनुसार उनीहरु को संग पार्टी एकता गर्ने को संग नगर्ने, भन्ने निर्णय लिन पनि उनीहरु स्वतन्त्र हुन्छन् । त्यसैले निर्णय यदि माकेको बैठकले गरेको रहेछ भने यो त्यो पार्टीको स्वनिर्णय हुन सक्छ, भन्ने कुरा वताएँ ।
माकेको यो निर्णय सामान्य रुपले हेर्दा यो सामान्य नै देखिन्छ । अलि गहिरिएर हेर्दा यसभित्र केही चीज छ भन्ने देखिन्छ । यसले तत्काल सकारात्मक वा नकारात्मक रुपमा तीन क्षेत्रमा बढी प्रभाव पा¥यो र केहीलाई सशंकित पनि बनायो । पहिलो माओवादी केन्द्रभित्र सशक्त प्रभाव रह्यो, दोस्रो हाम्रो पार्टी नेकपाभित्र पनि केही प्रभाव पा¥यो, तेस्रो यी दुई पार्टीभन्दा बाहिरको पंक्तिमा अलि बेसी प्रभाव पा¥यो ।
यो निर्णयले माकेभित्रको ठूलो पंक्तिमा सकारात्मक प्रभाव पा¥यो र उत्साही पनि बनायो । हाम्रोभित्र ठूलै पंक्तिलाई झस्कायो । किन कि अघिल्लो केन्द्रीय समितिको बैठकमा हामी यो निर्णयबाट पछि हटेका थियौं । त्यस बेलामा पनि माकेभित्र ठूलै तरंग पैदा भएको थियो । यतिखेर माकेले यो निर्णय गर्दै गर्दा हामी अलि पर र भिन्दै ठाउँमा पुगिसकेको अवस्था हो । त्यसैले एकै समयमा हाम्रो स्थायी समिति र माकेको स्थायी समिति बसेर एकै दिन एकै समयमा सकिएको समयमा माकेको प्रबक्ताले एक्कासी पार्टी एकता र बार्ता टोली समेत बनाउने निर्णय सार्वजनिक गर्दा कसरी माके एकै चोटी त्यो ठाउँमा पुगेको ? भनेर सबै सशंकित हुनु स्वभाविकै थियो । हुन पनि बुझ्नेलाई प्रचण्ड र विप्लव बीचको एकता त्यति सरल र सहज छैन जसरी सामान्य मानिसहरुले सोचिरहेका हुन्छन् । किन प्रचण्डबाट विप्लव अलग्गिए ? किन विप्लवलाई “महापतन”सम्म पुग्नु प¥यो ? किन फेरी विप्लवले फेरी सबै कम्युनिस्टहरु मित्र शक्ति हुन् र माओवादी सबैभन्दा नजिकको मित्र शक्ति हो, भन्ने संश्लेषणमा पुग्नुपर्ने भयो र नयाँ ढंगले पार्टी एकताका लागि पहल गर्नु प¥यो ? किन फेरी विप्लव आफ्नो निर्णयबाट पछि हट्नु प¥यो ? यसरी हेर्दा पार्टी एकताको कुरा सामान्य छैन । धेरै कुराहरु छन् । ती कुरा र प्रक्रियाहरु मिलेमा फेरी पार्टी एकता मात्र होइन कम्युनिस्ट एकता संभव पनि छ । तर माके यो निर्णयमा पुग्दै गर्दा समय अलि पर नयाँ ठाउँमा पुगेको छ । पुरानै सोच, शैली र परंपरागत रुपले एकता संभव छ्रैन । एकतामा आउन माके धेरै माथि उठ्नु पर्छ नयाँ ठाउँमा आउनु पर्छ तव मात्र संभव छ जो कुरा अझै धेरैले बुझ्न बाँकी छ । यो बुझेपछि बल्ल एकताको बारेमा बुझ्न सजिलो हुने छ । हिजो प्रचण्ड माओवादी जनयुद्धताका पार्टीका सर्बोच्च नेता थिए । तर आज प्रचण्ड त्यो ठाउँमा छैन । आजको एकीकृत जनक्रान्तिको नेता विप्लव हो । जनयुद्ध र एकीकृत जनक्रान्ति एउटै होइनन् । प्रचण्डले एमसीसी पास गर्छ, विप्लव त्यसका विरुद्ध संघर्ष गर्छ, प्रचण्ड यही संसदीय व्यवस्थामै फेरी चौथो पटक प्रधानमन्त्री हुन चाहन्छ, विप्लव यो दलाल संसदीय व्यवस्थाबाट देश र जनताको स्वाधीनता र मुक्ति संभव देख्दैन । प्रचण्ड कुर्ची र पदको लागि एकता चाहन्छ, विप्लव अधुरो क्रान्ति सम्पन्न गर्न एकता चाहन्छ । विप्लव सर्वहारा वर्ग र मध्यम वर्गसंगको सहकार्य र सहयोगमा क्रान्तिको संभावना देख्छ, प्रचण्ड दलाल पुँजीपति वर्गको सहयोग विना अस्तित्व देख्दैन । विप्लव सबै कम्युनिस्टहरुको एकतामा जोड दिन्छ, प्रचण्ड मात्र पार्टी एकतामा जोड दिन्छ । प्रचण्ड पार्टीमा जहिले पनि गुटहरुको चलाएर पार्टी चलाउँछ, विप्लवले कम्युनिस्ट सिद्धान्त र अनुशासनमा आधारित एकताबद्ध पार्टी चलाउँछन् । प्रचण्डले पार्टी एकता गरेर विप्लवलाई माकेभित्रको छैटौं समुह (गुट) बनाउन चाहन्छ । विप्लव ती सबै गुटहरुको अन्त्य गरेर एउटै कम्युनिस्ट पार्टी बनाउन चाहन्छ । प्रचण्ड अझै १० बर्ष पार्टीको नेतृत्व आफै गर्छु भन्छ विप्लव नयाँ पुस्तामा नेतृत्व दिनु पर्छ भन्ने मान्यता राख्दछ । विप्लव विना पूर्वाग्रह र खुला मनले, विना छलछाम र षड्यन्त्र पार्टी एकता र कम्ययुनिस्टहरुका बीचको एकतामा जोड दिन्छ तर प्रचण्ड अझै पुरानै छलछाम र षड्यन्त्र, जालझलेको शैलीमा पार्टी एकता गर्न खोज्दछ । यी यावत चीजहरु छन् । यसलाई न्युट्रल नबनाई, एकै चोटी झ्याम्म पार्टी एकता गर्ने भन्ने जस्तो सतही र अपरिपक्व, एकता दिगो हुँदैन । केपीसंगको एकताको पुनराबृत्ति सिवाय केही हुँदैन ।

त्यसैले पार्टी एकता कुनै होटल र भट्टीमा चिया र दारुको चुस्कीसंगै गरिने एकता होइन र त्यस्तो हुनुहुँदैन । यसका पछाडि सिद्धान्त छ, विचार छ, कार्यदिशा छ, संगठन छ, नेतृत्व छ र आजको साम्राज्यवाद र दलाल पुँजीवादलाई हेर्ने, बुझ्ने, त्यो संग लड्ने र जित्ने विश्व दृष्टिकोण छ । दलाल, आत्मसमर्पणवाद, विसर्जनवाद, गुटवाद, झुठ, तिकधमवाद, छलकपट, षड्यन्त्र, अहँमता, पदलोलुपता, ललिपपवाद र तमामखाले अवसरवादहरुलाई हेर्ने, बुझ्ने विचार–दृष्टिकोण छ । यसका बीचबाट विकास भएको मालेमावादको नयाँ विचार–दृष्टिकोण छ । यसैले केपी प्रचण्डको जस्तो कुर्ची र पदका लागि एकता गर्ने र नमिलेपछि फुट्ने एकताको कुनै अर्थ छैन । १० बर्षको महान जनयुद्धको जगमा उभिएको नयाँ विचारको नेतृत्वमा एकीकृत जनक्रान्ति पूरा गर्ने क्रान्तिकारी सिद्धान्त र अठोट तथा आजको आवश्यकतामा गरिने सामाजिक, साँस्कृतिक, आर्थिक क्रान्तिको दर्शनमा आधारित सिद्धान्तको आलोकमा मात्र पार्टी एकता संभव छ । तर एकता संभव छ र गर्नै पर्छ यो आजको इतिहासको आवश्यकता हो ।
पार्टी एकताको सन्दर्भमा माकेको तल्लो तहमा सफा नियतले पार्टी एकता गर्नु पर्छ भन्ने इमान्दार पंक्ति ठूलो छ । वहाँहरुको सदासयताप्रति हाम्रो सलाम छ र यसलाई हामी हृदयदेखि स्वागत गर्दछौं तर पार्टी एकताका लागि आत्तिनु हुन्न । हत्तपत्तमा गरेको काम लत्तपत्त हुन्छ भन्छन् । धैर्यताका साथ पार्टीभित्रका गलत विचार, विकारहरुलाई स्क्यान गर्न पहिले जोड दिउँँन सबैले आआफ्नो पार्टीलाई स्क्यान गरौं । एन्टीभाइरस बलियो बनाऔं । सकिन्न भने जो राम्रो छ त्यताबाट जोड गरौं । सहकार्य र मोर्चालाई बलियो बनाऔं न । मोर्चामै ध्यान नदिनेले कसरी पार्टी एकता सफल पार्छ ? हो पार्टी एकता हामी सबैको चाहाना हो । एकता सबैलाई प्रिय लाग्छ । हामी पनि एकताका विरोधी होइनौं । तर सबै एकताहरु जनताको पक्षमा हुन्छन् भन्ने छैन । सबै एकताहरुले क्रान्तिलाई सघाउन पु¥याउँछ भन्ने पनि छैन र सबै एकताहरु नराम्रा पनि हुँदैनन् । मुख्यतः यसको उद्देश्य र लक्षमा निर्भर रहन्छ । जनसमुदायले सोच्ने र चाहने एकता स्वच्छ र सदभावपूर्ण हुन्छ र यो स्वागतयोग्य हुन्छ तर कतिपय अवस्थामा नेताहरुले सोच्ने एकता र जनताले सोच्ने एकतामा मेल खाँदैन । नेताहरु स्वार्थ केन्द्रित एकता चाहान्छन् । जनताहरु स्वच्छ, निर्मल र सादा एकताको चाहाना राख्छन् । यो मेल खानु पर्छ नत्र जनताले धोका खान्छन् । यसमा सुझबुझपूर्ण एकता सवभन्दा महत्वपूर्ण हुन्छ । तर एकता हुनुपर्छ भन्ने कुरा सामान्य अर्थमा ठिक छ । त्यो जनताको निम्ति, देशको निम्ति, परिवर्तनको निम्ति र सामाजिक सदभावको निम्ति हुनुपर्छ । यो कसैको स्वार्थ र कसैलाई कुर्चीमा पु¥याउन र कसैको सत्ता र कुर्ची टिकाउनका लागि हुनुहुँदैन ।
मित्र शक्तिका दृष्टिले माके नै नेकपाको सवभन्दा नजिकको मित्रशक्ति हो भन्ने नेकपाको निर्णय पनि छ र नजिकको मित्र शक्तिको नाताले नेकपाको पार्टी एकताको पहिलो पहल पनि माकेसंगै हुनु पनि स्वभाविक छ तर व्यवहारमा के देखिदै आएको छ भने माके नै नेकपाप्रति सभन्दा पूर्वाग्रही र दूराग्रही देखिन्छ र इमान्दार देखिदैन । कतिपय सवालहरुमा नेकपासंगको सम्बन्धहरुमा छलछाम र औपचारिकतावादमा देखा पर्छ । यद्यपि माकेभित्रका इमान्दार पंक्तिमा भने यो भन्ने ठाउँछैन तर मुख्य नेतृत्व र कतिपय नेताहरुमा भने यो स्पष्ट देखिन्छ र पार्टी एकताको हल्लामा र औपचारिकतामा देखिन्छ । कतिपय एकता नगर्ने सन्दर्भमा पनि सकारात्मक भाव छ किन कि यस्तो अवस्थामा एकता गरेर यसले राम्रो गर्दैन भन्ने पनि छ । यसलाई हामी द्वन्दात्मक कोणबाट नै हेरिरहेका छौं । किन कि हरेक नकारभित्र सकार र सकारभित्र नकार पक्ष हुन्छ भन्ने हामीलाई राम्ररी थाहा छ । त्यसैले माकेभित्रका इमान्दार साथीहरु एकता गर्ने हो तर आत्तिनु हुँदैन । राम्रो सोचविचार गरेर मात्र गर्नु पर्छ । केपी प्रचण्डको पार्टी एकता अर्थात एमाले माके एकताको तीतो यथार्त तपाईहरुले भोगी नै सक्नु भएको छ । त्यसबाट पाठ सिक्न जरुरी छ । हामी आत्तिएका छैनौं, सहकार्य राम्रो बनाऔं, सकारात्मक सोचका साथ गरौं, विस्तारै चिज एक ठाउँमा पुग्छ । हतारमा गरिने र विना सोचबुझ, विना विचार र सिद्धान्तको एकता दिगो हुँदैन । यो कुराको अभावमा माकेभित्रका इमान्दार साथीहरुको सदासयतालाई कदर गर्दै के भनौं भने एकताको अन्तर्य र नेताहरुभित्रको अन्तर्य नबुझीकन एकताको सहिपनालाई बुझ्न सकिदैन र यसविना बाहिर सतहमा हुने हल्लाहरुले सवभन्दा बढी प्रभाव इमान्दार पंक्तिलाई नै पार्दछ र सशंकित र आतंकित पनि यसै पक्तिलाई बनाउँछ । किन कि इतिहासमा सबैभन्दा धेरै धोखा पाउँदै आउने पंक्ति पनि यहि नै वर्ग पर्दछ । अर्को अवसरवादी तप्का पनि सशंकित हुुन्छन् तर ती मौका अुनुसार रंग र भाका फेर्छन् । अहिले माकेभित्र यहि दुई तप्कामा पर्ने आशंका र उत्साह यसैको कारण हो ।
माके र हामी बाहेक नेकपा र माकेको एकता वा एकताको निर्णयले निम्न क्षेत्रहरुमा प्रभावित पार्दछ –
यसले निर्बाचन प्ररिणाममा प्रभाव पार्दछ ।
यसले राज्यसत्ता र सरकारको काम कार्यमा पनि प्रभाव पार्दछ ।
यसले सामाजिक रुपान्तरणको क्षेत्रमा प्रभाव पार्दछ ।
नेपाली कम्युनिस्ट आन्दोलनको सुदृढीकरण प्रक्रियामा प्रभाव पार्दछ ।
जनमनोविज्ञानमा ठूलो प्रभाव पार्दछ ।
यसरी विभिन्न राजनीतिक दलहरुमा, राज्यसत्तामा, कर्मचारी तन्त्रमा, पत्रकारिता र सञ्चार क्षेत्रमा, शक्तिकेन्द्रहरुमा, सुरक्षा क्षेत्रमा, समर्थक जनपंक्तिमा आदिमा यसले सिधै प्रभाव पार्ने भएकोले यो नेकपा र माके बीचको एकताको निर्णय अरु पार्टीहरुसंग गरिने एकता जस्तो हुँदैन र बन्दैन । यस अर्थमा यो निर्णय सामान्य छैन । निकै सम्वेदनशील छ भनेको हो । यसो हेर्दा सामान्य झैैं लाग्ने यो निर्णयभित्र केही छ भन्नुको अर्थ यहि हो ।
यस कारणले कतिपय यी दुई पार्टी मिल्न लागे भनेपछि आतंकित हुन्छन्, समर्थक पंक्ति खुशी हुन्छन् । नमिल्ने भए भनेपछि केही खुशी हुन्छन् केही निरास हुन्छन् । त्यसले पार्टी एकताको हल्ला र सकारात्मक तथा नकारात्मक कोण प्रतिकोणबाट हल्ला हुनु स्वभाविक छ । सशंकित र आतंकित हुनु पनि स्वभाविक छ ।
यसरी माकेको पार्टी एकताको निर्णयले धेरै क्षेत्रमा प्रभाव पार्नु स्वभाविक थियो र त्यसकारण त्यो राजनीतिक फाइदाको लागि पनि माकेले यसलाई बढी हाइलाइट गरेको हुनसक्छ ।
भर्खरै माओवादी केन्द्रको स्थायी समितिले गरेको पार्टी एकताको निर्णय बारे हामी र हाम्रो पार्टीलाई मिडियाहरुमा बाहेक आधिकारिकता बारे केही थाहा छैन । यो वहाँहरुको बैठकको निर्णय होला । बैठकले निर्णय जे पनि गर्न पाउँछ, पाइन्छ, यसमा पार्टीहरु स्वतन्त्र छन् । वहाँहरुको पार्टी एकताको निर्णय यदि सत्य हो, आधिकारिक हो र त्यो सफा नियतले गरिएको छ, भने त्यसलाई स्वागत नै गर्नु पर्छ । किन कि पार्टी एकता गर्ने कुरा राम्रो कुरा होइन । हामी पनि पार्टी एकताको विरोधी होइनौं ।
हरेक राजनीतिक पार्टीका आफ्ना लक्ष्य, उद्देश्य र गन्तव्य हुन्छ । उसको सैद्धान्तिक प्रतिबद्धता हुन्छ । त्यस अनुरुप राष्ट्रिय परिस्थितिको आवश्यकता, जनता र कार्यकर्ताको चाहाना, देश र जनताको हित अनुकुल र उद्देश्य प्राप्तीको निम्ति पार्टीहरुले आफ्ना मित्रशक्ति, दुश्मन शक्ति छुट्याउँछन् र तिनीहरुसंग गरिने विरोध वा समर्थन बारे नीतिगत र सैद्धान्तिक निर्णयहरु लिने गर्दछन् । यसमा उनीहरु स्वतन्त्र हुन्छन् । त्यस अनुरुप माकेले आफ्नो बैठकबाट के निर्णय लिन्छ, त्यो उनीहरुको कुरा हो र जे निर्णय लिन पनि उनीहरु स्वतन्त्र छन् । जहाँसम्म पार्टी एकताको प्रश्न छ – नीतिगत रुपले गरिने यस्ता निर्णयहरु सबै पार्टीले गरेका हुन्छन् वा गर्छन् । हाम्रो पार्टी नेकपाले नवौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट यो निर्णय लिएको थियो । त्यतिबेला हामीले नेपालमा सिधै साम्राज्यवाद आएको सन्दर्भमा “हाम्रो मुख्य दुश्मन साम्राज्यवाद हो” भन्ने किटान ग¥यौं र साम्राज्यवाद विरोधी सबै हाम्रा मित्र शक्ति हुन् भन्नेमा हाम्रो निष्कर्षमा पुग्यौं र हामीले प्रमुख दुश्मन र मित्र शक्तिहरु किटान ग¥यौं । मित्र शक्तिहरुमा कम्युनिस्ट पार्टीहरु, बामपन्थीहरु, देशभक्तहरु, सच्चा लोकतन्त्रवादीहरु, गणतन्त्रवादीहरुको अलग अलग विश्लेषण गर्दै सबैलाई मित्र शक्ति घोषणा गरेका थियौं । यो हाम्रो आधिकारिक पार्टी निर्णय थियो र हामी यो नीतिगत निर्णयसंगै “विचार मिल्नेसंग पार्टी एकता गर्ने, मुद्दा मिल्नेसंग मोर्चा बनाएर जाने” निर्णय ग¥यौं । यो निर्णयसंगै तत्काल सवभन्दा निजिकको र पार्टी एकता गर्न सकिने पार्टीको सम्बन्धमा “पूर्व माओवादी घटक दलहरुसंग यो छलफल अघि बढाउने र यसमा पनि सवभन्दा नजिकबाट माओवादी केन्द्रसंग यो छलफल चलाउने” भनेर ठोस निर्णय नै गरियो । यस अनुसार झण्डै आधा दर्जन पार्टी एकता र सयौं ध्रुवीकरणहरु पनि भए । हाम्रो यो निर्णय आएपछि त्यति बेला माओवादी केन्द्रमा ठूलो खैलाबैला पनि भयो । शीर्ष तहमा केही अनौपचारिक छलफलहरु पनि भए तर माकेको शीर्ष तहको नेतृत्वले यसलाई हल्का र आफ्नो अनुकुल प्रयोग गरे । अनौपचारिक भेट हुँदा छिट्टै एकता गरौं, झ्याम्मै एकता गरिहालौं, भन्ने जस्ता एकदम काचो र सतही कुराहरुबाट पार्टी एकताको कुरा (विषय होइन) शुरु भयो । यो अत्यन्त हल्का र हेपाहा पारा थियो । उनका पार्टी पंक्तिभित्रका केही समुह र नेताहरु एकताको विरोधमा बोल्न थाले । केही भन्न थाले – विप्लवले आत्मालोचित भएर आउनु पर्छ, कोही भन्न थाले प्रयाश्चित गरेर आउनु पर्छ, कसैले एकता होइन प्रवेश गरे हुन्छ, भने, कसैले पार्टी चलाउन नसकेर एकतामा आउन खोजेको हो भने । यस्ता एकता विरोधी अभिव्यक्तिहरुप्रति मुख्य नेतृत्व मौण बस्नु र एकताको बारेमा पार्टीमा कुनै संस्थागत निर्णय नगर्नु, आदिले माके एकताको पक्षमा नभएको र यो प्रचारात्मक एकताको अन्तर्यमा जनतालाई र कार्यकर्तालाई रणभूल्लमा पार्ने षड्यन्त्र भएको स्पष्ट बुझ्न सकिन्थ्यो । भित्र एकताको पक्षमा नभएको र कुनै सँस्थागत कदम नचालेको तर बाहिर जनता र कार्यकर्तामा आजै हुँदैछ भोली नै हुँदै छ । विप्लव जी हरु छिटै आउँदै हुनुहुन्छ जस्ता अभिव्यक्ति मूल नेतृत्वबाट भइरहने कुराले हामीलाई सोच्न बाध्य बनायो र हामी पनि नयाँ ढंगले सोच्ने ठाउँमा पु¥यायो र गत छैटौं केसको बैठकमा हामीले पार्टी एकतालाई छलफलको विषय बनाउने र छलफल गर्दै जाने तत्काल ध्रुवीकरण र सहकार्यमा जोड दिने, भनी निर्णय ग¥यौं । यो निर्णय नै अहिले पनि हाम्रो संस्थागत निर्णय हो । यो निर्णयबारे पुनरावलोकन गर्नु परेमा आगामी केसको बैठकले थप निर्णय लिन सक्छ । अहिले निर्णय भइनसकेको तर स्थायी समितिमा छलफल भएको विषय के छ भने पार्टी एकताको पुरानो भद्दा तरिका पनि अव पुरानो भइसक्यो । अहिलेसम्मको पार्टी एकताको शैली, तरिका अव परंपरागत भइसकेको छ र नयाँ ढंगले सोच्नु पर्छ । अव केवल माके वा कुनै एबीसीडी पार्टीसंगको एकताभन्दा पनि सिङ्गो कम्युनिस्ष्टहरुलाई कसरी एक ढिको बनाउने, कसरी सबै कम्युनिस्ट पार्टीहरुलाई एउटै केन्द्रमा ल्याउन सकिन्छ ? यसतर्फ सोच्नु पर्ने भएको र अव सिङ्गो विश्व कम्युनिस्ट पार्टीमा पनि नयाँ घोषणापत्र आवश्यक भएको र नेपाली कम्युनिस्ट आन्दोलनमा पनि २००६ सालको नेपाली कम्युनिस्ट पार्टी घोषणा पत्रले अवस्थालाई यहाँसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्यो । अव नेपालको समाजिक, आर्थिक, साँस्कृतिक, राजनीतिक परिस्थिति र अवस्था नितान्त भिन्न ठाउँमा आइपुगेको र नयाँ पुस्ता आइपुगेको सन्दर्भ र विश्व साम्राज्यवादको विशेषता र भूमिका पनि नयाँ ठाउँमा आएको अवस्थालाई मध्यनजर गरी अव नेपालमा पनि कम्युनिस्ट पार्टीको नयाँ घोषणापत्र आवश्यक भएको, नयाँ विचार र नयाँ नेतृत्वको खाँचो परेको अवस्थामा अव नयाँ कम्युनिस्टहरुको नयाँ केन्द्र बनाउने र नयाँ पुस्ताबाट नयाँ नेतृत्व आवश्यक भएको, यसमा हाम्रो पार्टी र नेतृत्वले पहल गर्नु पर्नें बारे गंभीरतापूर्वक छलफल चलेको छ र अव पुरानो पुस्ताको नेतृत्वबाट अवको युवा पुस्ता र आजको जनचाहाना र अपेक्षा पुरा हुन नसक्ने निष्कर्षमा पुगेका छौं ं। यो अवस्थामा परंपरागत एकताको कुुनै अर्थ र औचित्य नरहने विषयमा पनि गंभीरतापूर्वक छलफल चल्दै आएको छ ।
पार्टी एकता बारे हामी विगतमा लामा लामा लेखहरु लेख्यौं, छलफलहरु भए तर यसले कुनै अपेक्षित परिणाम हासिल गर्न सकेन । पार्टी विभाजन र एकताको भद्दा तरिका यो अव परंपरागत भइसकेको छ । व्यक्तिवादी महत्वाकाँक्षा, सबैले माथि पद मात्र ताक्ने, त्यसको लागि चाप्लुसी, चाकडीवाज गर्ने प्रवृत्ति पनि उतिकै बढेको छ । त्यसको लागि कुनै निहँु बनाएर पार्टीबाट दुई चारजना निस्केर पार्टी बनाएको घोषणा गर्ने, दुई चारदिन साम्राज्यावादको प्रचारको साधन बन्ने र पछि फेरी एकताको प्रस्ताव लिएर डौडने, एकताको कुरा गर्दा पद र हैसियतमा बार्गेनिङ गर्ने जस्ता ऐजेरु परंपराले कम्युनिस्ट पार्टीलाई धुजाधुजा पारेको छ । यो ऐजेरु प्रबृत्तिले विगतका एकताहरु पनि खासै फलदायी नबनेको र पार्टी एकतालाई आफ्नो गुटगत स्वार्थ पूरा गर्ने साधनको रुपमा प्रयोग गरी क्रान्तिकारीहरुलाई अल्पमतमा पार्ने र पार्टीमा अवसरवादीहरुको हालीमुहाली बनाउने चिन्तन प्रवृत्ति मौलाउँदै गयो त्यो अझै सुद्रिन सकेको छैन् । पार्टी एकता पनि पुरै भ्रष्टिकरण बनेको छ । विकृति बढेको छ । कोही कोही धु्रबीकरण नाममा एकै जनाको हातबाट ४÷५ पटक टिको लगाइसकेको उदाहारणहरु छन् । यी सवैले कम्युनिस्टहरुलाई सवक दिएको छ । अहिलेको संसदीय राजनीतिमा एकता र ध्रुवीकरणहरु क्रान्तिको लागि नभएर भोट बटुल्ने साधनको रुपमा प्रयोग भइरहेका छन् । हाम्रो चाहाना हो हामी भोट बैंक बन्नका लागि नभएर क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी एकता चाहन्छौं । कम्युनिस्टहरुलाई साम्राज्यावाद र पुँजीवादीहरुले विरालोले मुसा खेलाए झैं खेलाइरहेको बेला कतै साम्राज्यवादको साधन नबनौं, यसमा सतर्क छौं । त्यसै कसरी सबै कम्युनिस्टहरुलाई एक ठाउँमा लिने ? कम्युनिस्ट एकता कसरी सार्थक बनाउने र माक्र्सवादको सही प्रयोग र विकास कसरी गर्ने ? किन क्रान्तिहरु असफल भए, किन पार्टीहरु टुक्रिरहन्छन् भन्नेतिरभन्दा पनि दुई चारजनालाई एकताको नाममा पार्टीमा भिœयाएर पार्टी ठूलो भएको आत्मरति गर्ने संसदवादी प्रबृत्ति मौलाउँदो छ । यस बारे पनि सतर्क छौं । माकेको पार्टी एकताको हल्ला बारे पनि हामी सतर्कतापूर्वक ध्यान दिएका छौं । परंपरागत “पार्टी एकताको निर्णय” जति स्वच्च आत्माले गरे पनि त्यसले अवको नेपाली कम्युनिस्ट आन्दोलनको विग्रदो अवस्था र क्षतविच्छेद भएको अवस्थालाई सुधार्न वा समाधान दिन सक्दैन । एकताको शैलीले पनि ड्राष्टिक चेन्ज खोजेको छ । सानोतिनो सुधारले विग्रेको कम्युनिस्ट आन्दोलन सुध्रने अवस्था देखिदैन ।
त्यसैले माओवादी केन्द्रले नेकपासंग पार्टी एकता गर्न खोज्नुको नियत के हो ? बुझ्नु पर्छ । यसका लागि नयाँ विधिहरु खोज्नु पर्छ । आवश्यकताको दृष्टिकोणले पनि आजको आवश्यकता के हो ? समयको माग के हो ? देश के चाहन्छ ? जनता के चाहन्छन् ? साम्राज्यवाद के चाहन्छ ? यी सबै कुरामा ध्यान दिनु पर्छ । राष्ट्रिय स्वाधीनता, एमसीसी बारे केही बोल्नु भएको छैन । समाजवादी मोर्चा र कम्युनिस्ट एकताको बारेमा, क्रान्ति र प्रतिक्रान्तिको समीक्षा आदि बारेमा गंभीर छलफल जरुरी छ । संसदीय व्यवस्था, नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण र नयाँ विचार, आजको साम्राज्यवाद, नयाँ क्रान्ति विश्व कम्युनिस्ट आन्दालन र नेपाली कम्युनिस्ट आन्दोलन बारेका बुझाईहरु एक ठाउँमा नलिइकन झ्याम्मै पार्टी एकता संभव देखिदैन । छलफल गरौं । सहकार्यमा जोड गरौं । यो नै नेकपाको पार्टी एकता बारेको हालसम्मको आधिकारिक निर्णय हो ।