नक्कली कम्युनिस्ट हुनुको परिणाम
“कम्युनिस्ट पार्टी– संगठनमा जनवादी केन्द्रीयता एउटा वास्तविक संश्लेषण, केन्द्रीयता र सर्वहारा जनवादको समिश्रण हुनुपर्छ ।” – लेनिन
“जनवादबिना हामीले समस्या निराकरण गर्न सक्दैनौं । साँच्चै भन्ने हो भने यो कुरा केन्द्रीयता बिना अझ कठिन हुन्छ, फेरि जनवाद बिनाको केन्द्रीयता हुनै सक्तैन ।“ – माओ त्सेतुङ
– जनवादी केन्द्रीयता भनेको, मुख्यतः जनवादी केन्द्रीयको सिद्धान्त भनेको के हो ? जनवादी केन्द्रीयताको सिद्धान्त कसले प्रतिपादन गरेको हो ? र, जनवादी केन्द्रीयताको सिद्धान्त कसले र कुन बेला प्रयोग गर्दछ भन्नेबारेमा यस लेख मार्फत् प्रस्ट्याउने प्रयास गरिएको छ ।
नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीको संगठन परिचालन गर्ने संगठनात्मक सिद्धान्तलाई जनवादी केन्द्रीयताको सिद्धान्त भनिन्छ । विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले जनवादी केन्द्रीयताको सिद्धान्त प्रतिपादन गर्नु भएको हो । त्यसैले जनवादी केन्द्रीयताको सिद्धान्तलाई लेनिनवादी संगठनात्मक सिद्धान्त भनिन्छ ।
यहाँ स्पष्ट रुपमा भन्न सकिन्छ कि माक्र्सवादी– लेनिनवादी– माओवादी पार्टीको संगठन सञ्चालन गर्ने तरिकालाई जनवादी केन्द्रीयता भनिन्छ । अल्पमत बहुमतको अधिनस्त रहने, बहुमतले अल्पमतको कदर गर्नुपर्ने, सबै पार्टी सदस्यहरु र सबै पार्टीका संगठनहरु पार्टीको केन्द्रीय कमिटीको मातहतमा रहने, सिंगो केन्द्रीय कमिटी महाधिवेशनको अधिनस्त रहने माक्र्सवादी–लेनिनवादी–माओवादी संगठनात्मक पद्धतिलाई जनवादी केन्द्रीयता भनिन्छ ।
जनवादी केन्द्रीयताको सिद्धान्तलाई अंगीकार गर्न नसकेको, जनवादी केन्द्रीयताको सिद्धान्तलाई आत्मसात र परिपालना गर्न नसक्ने कम्युनिस्ट पार्टीले देश र जनताको मुक्ति आन्दोलनको नेतृत्व गर्न सक्दैन । त्यसैले नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी जनवादी केन्द्रीयताबिना जीवन्त रहन सक्दैन । जनवादी केन्द्रीयताको सिद्धान्तलाई उल्लंघन गर्ने कम्युनिस्ट पार्टी अनुशासनहिन पार्टीको रुपमा परिणत हुन पुग्छ र विसर्जन हुन पुग्छ । त्यसपछि पनि त्यस किसिमको कम्युनिस्ट पार्टी आपूmलाई कम्युनिस्ट पार्टी नै भएको भन्छ भने त्यो कम्युनिस्ट पार्टी दक्षिणपन्थी संशोधनवादी पार्टीमा गिर्न पुग्दछ । ऊ नक्कली, नामधारी कम्युनिस्ट पार्टी बन्न पुग्दछ र जनतालाई झुक्याउने षड्यन्त्रको छलछामपूर्ण खेती गर्न थाल्छ र अन्ततः त्यस किसिमको कम्युनिस्ट पार्टी दक्षिणपन्थी संशोधनवादको बाटो हुँदै प्रतिक्रियावादीमा परिणत हुन पुग्दछ ।
जनवाद र केन्द्रीयता तथा स्वतन्त्रता र अनुशासनको एकीकृत रुप जनवादी केन्द्रीयता भएकोले जनवादको स्वतन्त्रताशीत र केन्द्रीयताको अनुशासनशीत सम्बन्ध हुन्छ । त्यसैले जनवाद र केन्द्रीयताको द्वन्द्वात्मक एकताबाट जनवादी केन्द्रीयता बन्दछ । र, क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र छलफल, बहसमा स्वतन्त्रता र कार्यमा एकरुपताले जनवादी केन्द्रीयतालाई स्थापित गर्दछ । यसको प्रयोग नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी र त्यसका नेता, कार्यकर्तनहरुले मात्र गर्न सक्छन् ।
कुनै पनि विषयको छलफलको बेलामा आफ्ना कुरा राख्न, तिनको पक्षमा तर्कहरु गर्न र अरुका तर्कहरुको खण्डन गर्न व्यापक अवसर प्राप्त हुनु तथा ती चलाउनु कुनै अवरोध नहुनु नै छलफलको स्वतन्त्रता हो भने बहुमतद्वारा निर्णय भइसकेपछि आफ्नो विचारको प्रतिकूल निर्णय भए पनि तदारुकताका साथ व्यवहारमा उतार्नु र संगठनात्मक निर्णयबिना गोपनियता नखोल्नु, संगठनात्मक निर्णयहरु पालना गर्नु अनुशासन हो ।
जनवादी केन्द्रीयतामा समस्या आइपर्दा पक्ष–विपक्षबाट तर्क–वितर्क, वादविवाद गर्न पाउनु, नेताहरुको आलोचना र निर्वाचन गर्न पाउनु, जस्ता अधिकारलाई जनवाद भनिन्छ । पार्टी भित्र अल्पमत, बहुमतको अधिनस्त रहनु तर अल्पमतको कदर गर्नु, तल्लो कमिटीले माथिल्लो कमिटीको आदेश मान्नु, तल्लो कमिटीको रायमा ध्यान दिनु, सम्पूर्ण सदस्य केन्द्रीय कमिटीको मातहतमा रहनु जस्ता कामलाई केन्द्रीय भनिन्छ । जनवाद र केन्द्रीयता दुबै भएकोलाई जनवादी केन्द्रीयता भनिने भएकोले सबै पार्टी सदस्यहरुले आफ्ना सबै कुराहरु केन्द्रीय कमिटीमा राख्ने र तल सम्पूर्ण पार्टी सदस्य तथा कार्यकर्ताहरुबाट आएका फरक विचार, आलोचना र राय–सुझावहरुलाई नेता, नेतृत्वले गंभीर रुपले सुन्ने र लागु गर्न सक्ने क्षमता र पद्धति बसालेको कम्युनिस्ट पार्टी मात्रै सच्चा तथा नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी मान्न सकिन्छ र उसले मात्र देश र जनताको मुक्ति आन्दोलनको नेतृत्व प्रदान गर्न सक्दछ ।
यसको विपरीत तल पार्टी सदस्यहरुबाट आएका फरक विचार र आलोचना सुन्नै नचाहने, पार्टी भित्र कुरा नपाउने कार्य केन्द्रीय कमिटी, केन्द्रीय नेताहरूले गर्न थाले भने नेतृत्व निरंकुश र तानाशाही बन्न पुग्छ भने आपूmलाई लागेका सबै कुरा पार्टी भित्र नराखी बाहिर भन्न थाले भने तल्ला कमिटीहरु र कार्यकर्ता एवं पार्टी सदस्यहरु अराजकको कोटि भित्र पर्दछन् र अनुशासनहिन बन्न पुग्दछन् । त्यसपछि कम्युनिस्ट पार्टी अराजक, अनुशासनहिन तथा निरंकुश एवं तानाशाहीहरुमा परिणत हुन पुग्छ र त्यो कम्युनिस्टको रुपमा रहँदैन र भिडतन्त्रहरुको एउटा जमातको रुपमा परिणत हुन पुग्छ ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासबाट हामीले पाठ सिकिसकेका छौं कि जब महान् लेनिनले नेतृत्व गरेको रसियन कम्युनिस्ट पार्टी (बोल्सेविक) लेनिनवादी संगठनात्मक जनवादी केन्द्रीयताको सिद्धान्तको मापदण्ड भित्र बनेको नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको बेला महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो र त्यसपछि ७२ वर्षसम्म रुसमा सोभियत संघ थियो, वैज्ञानिक समाजवादको वैज्ञानिक ढंगले विकास र स्थापित गरेको थियो । जब रसियन कम्युनिस्ट पार्टी (बोल्सेविक) ले खासगरी सन् १९५३ स्टालिनको मृत्यु पश्चात् लेनिनवादी संगठनात्मक सिद्धान्त सहितको जनवादी केन्द्रीयताको आधारमा कम्युनिस्ट पार्टी चलाइएन, त्यहाँ ख्रुश्चेवी आधुनिक संशोधनवाद घुस्यो । प्रतिक्रान्ति भयो । कम्युनिस्ट पार्टी नै विसर्जन भए पछि सोभियत मोडलको समाजवाद पनि पतन हुन पुग्यो र रुसमा पूँजीवादको पुनःस्थापना भयो ।
त्यस्तै चीनमा माओ त्सेतुङले नेतृत्व गरेको चिनियाँ कम्युनिस्ट पार्टी लेनिनवादी संगठनात्मक सिद्धान्तमा आधारित जनवादी केन्द्रीयको सिद्धान्तमा परिचालित, लडाकु, अनुशासनबद्धा तथा मिलिट्यान्ट पार्टी भएको बेला सन् १९४९ महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर चीनलाई, चिनियाँ समाजलाई वैज्ञानिक समाजवादमा प्रवेश गराइएको थियो, जब चिनियाँ कम्युनिस्ट पार्टी भित्र सन् १९५६ मा आयोजना गरिएको आठौं महाधिवेशन मै ल्यु शाओ चि, देङ श्याओ पिङद्वारा ख्रुश्चेवपन्थी आधुनिक संशोधनवाद घुस्न सफल भयो, त्यसपछि चीनमा माओकै नेतृत्वमा सन् १९६६ देखि १९७६ सम्म दश वर्षे महान् सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरियो । सन् १९७६ नोभेम्बर ९ दिन माओ त्सेतुङको निधन भयो । त्यसको ठिक एक महिना पछि चीनमा पनि प्रतिक्रान्ति भयो र पूँजीवादको पुनस्र्थापना हुन पुग्यो । साथै विगतमा विभिन्न मुलुकमा सञ्चालनमा रहेका समाजवादी मुलुकहरु पनि रुस र चीन जस्तै प्रतिक्रान्तिको शिकार बन्न बाध्य भएको इतिहास हाम्रो सामु ताजै छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास पनि त्यस्तै छ । हिजो ऐतिहासिक झापा विद्रोहको जग टेकेर निर्माण भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले, एमाले) ले जुन बेला लेनिनवादी संगठनात्मक सिद्धान्तमा आधारित जनवादी केन्द्रीयताको मापदण्ड भित्र पार्टी चलेको बेला क्रान्तिकारी कम्युनिस्ट पार्टी थियो । तर, आज उसले ती सिद्धान्तहरुलाई परित्याग गरिसकेपछि दक्षिणपन्थी संशोधनवादको बाटो हुदै प्रतिक्रियावादमा परिणत हुन पुगेको छ । तर, पनि उसले जनतालाई झुक्याउने उद्देश्यले आपूmलाई कम्युनिस्ट पार्टी भनाउँदै आएको छ । त्यस्तै दश वर्षे जनयुद्धको नेतृत्व गरिरहेको बेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)लेनिनवादी संगठनात्मक सिद्धान्त सहित जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तका आधारमा माओवादी चलाएको बेला ऊ क्रान्तिकारी भएकोले महान् दश वर्षे जनयुद्धको सफल नेतृत्व गरिरहेको थियो । जब शान्ति प्रक्रियामा प्रवेश गर्ने क्रममै ती पार्टी संगठन परिचालनसम्बन्धी सिद्धान्तहरुलाई तिलाञ्जली दिइसकेपछि अहिले ऊ पनि नवसंशोधनको बाटो हुदै दक्षिणपन्थी संशोधनवादको बाटो हुँदै प्रतिक्रियावादमा परिणत भएको छ । तर जनता झुक्याउने उद्देश्यले आपूmलाई माओवादी कम्युनिस्ट पार्टी भन्दै र भनाउँदै आएको छ । यस प्रकारका उदाहरणहरु आज संसारभर छताछुल्ल छ ।
अहिले नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भित्र आन्तरिक किचलो, झगडामा, अन्तर्विरोधहरु चर्किरहेका छन् । ती तीनवटै पार्टीभित्र नेतृत्वको विरुद्ध व्यापक विरोध र खुलेआम रुपमा विरोध चण्डाफोर भइरहेको छ । कार्यकर्ताहरुबाट नेतृत्व छोड भनेर खुलेआम मैदानमा उत्रिएका छन र विरोध गर्नेहरु “भीम रावल” बनाइएका छन् ।
ती पार्टीहरुमा किन त्यस्तो भइरहेको छ त भन्ने प्रश्न नै मुख्य प्रश्न हो । यसको सही उत्तर (जवाफ) एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता पार्टीहरु कम्युनिस्ट पार्टी नै नभएकोले जे हुनुपर्ने हो, त्यही भइरहेको छ । त्यस किसिमका बुर्जुवा संसदवादी कम्युनिस्ट पार्टीहरुमा आन्तरिक जनवादको वातावरण नहुने भएको र नेतृत्व निरंकुश र तानाशाही हुने भएकोले नेताहरुको देवत्वकरण गर्नुपर्ने, श्रद्धावाद लागू गर्नुपर्ने भएकोले कार्यकर्ताहरु झोले, चम्चे, दलाल र दास हुनुपर्ने र नेताहरु मालिक बन्नुपर्ने नियम करार गरिएको छ ।
तल्लो कमिटिका कार्यकर्ताहरुले आफ्ना कुरा पार्टीभित्र राख्न नपाउने, नेताहरुको आलोचना र विरोध गर्न नपाइने नियम करार गरिएको छ । यही कारण अन्तिम अवस्थामा पुगेका कार्यकर्ताले खुलेरै पार्टी बाहिरबाट विरोध भण्डाफोर गरिरहेका छन्, जसका कारण संसदवादी कम्युनिस्ट पार्टीहरुमा साउने बाढी झै गडगडाहट गरेर झगडाहरु उर्लिरहेको देखिन्छ ।
नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आत्मआलोचना र आलोचनाको सिद्धान्त र परिपाटी अपनाइएको हुन्छ । पार्टी सदस्यहरु कार्यकर्ताहरुले पार्टी भित्रै बसेर नेताहरुलाई आलोचना गर्ने र नेताले आत्मआलोचना गर्ने पद्धति हुन्छ र त्यो क्रान्तिकारी कम्युनिस्ट पार्टी हुन्छ । र, नेतृत्व गलती गर्ने कार्यबाट जोगिएको हुन्छ । कार्यकर्ताहरुमा आलोचनात्मक चेतको विकास र अभ्यास भएको हुन्छ । जसका कारण कम्युनिस्ट पार्टी अनुशासित र लडाकु तथा देश र जनताप्रति उत्तरदायी बनेको हुन्छ भने कार्यकर्ता तथा पार्टी सदस्यहरु देश र जनताको मुक्तिका निम्ति समर्पित भएका हुन्छन् ।
लेनिनवादी संगठनात्मक सिद्धान्त सहितको जनवादी केन्द्रीयताको सिद्धान्तलाई त्यागिसकेर पनि आपूmलाई कम्युनिस्ट भनाइरहने नक्कली तथा नामधारी कम्युनिस्ट पार्टीहरुको काम र व्यवहार कस्तो हुन्छ भन्ने कुरा मुख्य कुरा हो ।
उनीहरूको व्यवहार र दायित्व कस्तो हुन्छ होला भनेर संसारभर खोज्न जानू पर्दैन । यही हाम्रै आगन नेपाल मै छन्– एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता नक्कली, नामधारी कम्युनिस्ट पार्टी । यी पार्टीका कार्यकरर्ताहरु एकातिर नेताका झोले, चम्चे, चाकडीबाज, दास जस्ता छन् भने अर्कोतिर भ्रष्ट, अनैतिक, तस्कर आदि छन् भने नेताहरू पनि संसार कै पहिलो नम्बरका भ्रष्टाचारी, अनैतिक, तस्कर, अपराधी मात्रै होइन भ्रष्ट, अनैतिक, तस्कर, बलत्कारी लगायतका अपराधीहरुका संरक्षक बनेका छन् । नाम कम्युनिस्ट पार्टी कै राखेका छन् । काम र व्यवहार भने नेपाली काँग्रेस, राप्रपा लगायतका भ्रष्टाचारी, तस्कर, अपराधीहरुको संरक्षण गर्ने र उनीहरूलाई बलियो बनाउने “क” नम्बरका ठेकेदार बनेका छन् । र, नेपाली जनता झुक्याउने र उल्लु बनाई राख्ने उद्देश्यले आपूmहरुलाई कम्युनिस्ट भनाइरहेका छन् । परिणाम यही नै हो ।
त्यति मात्रै होइन, जनताले विरोध गरे, सामाजिक सञ्जालहरुबाट समेत सरकारमा बस्ने, मुलुकलाई संसार कै पहिलो भ्रष्टाचार हुने देश नेपाल भन्ने विश्वव्यापी रुपमा दुर्नाम भएपछि जनताले विरोध गरेकोले गल्तीमा आलोचित हुने, सच्चिने नभएर जनतालाई कडा कार्यवाही गर्ने उद्देश्यले कम्युनिस्ट नामधारी नक्कली कम्युनिस्ट पार्टी एमालेको नेतृत्व गरेको वर्तमान ओली सरकारले जनताको फोन ट्याप गर्ने कानुन बनाउन विधेयक संसदमा पेस गरेको छ, नक्कली कम्युनिस्ट हुनुको परिणाम यही हो ।
“संसदवादी दलहरुभित्र आन्तरिक लोकतन्त्र हराएको, लोप भएको, नेतृत्वले पार्टीभित्र निरंकुशता लाद्ने गरेको, विरोध गर्ने कार्यकर्ताहरुलाई समाप्तै पार्दै गरेको” भनेर व्यापक हल्ला भइरहेको छ । यो कुरा साँचो हो कि बुर्जुवा प्रतिक्रियावादी र संशोधनवादीहरुमा लोकतान्त्रिक संस्कार र संस्कृति हुँदैन । उनीहरू निरंकुश र तानाशाही प्रवृत्तिका हुन्छन् । त्यसैले वर्तमान नेपालका संसदवादी दलहरू बुर्जुवा प्रतिक्रियावादमा परिवर्तन भइसकेकाले उनीहरूद्वारा आन्तरिक लोकतन्त्र नहुनु स्वाभाविक हो । जो वर्तमान नेपालका संसदवादी दलहरुले प्रदर्शन गरिरहेका छन् ।
त्यसैले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शन र मार्गदर्शनमा निर्माण र परिचालन भइरहेको नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी र त्यसका नेता, कार्यकर्ताहरुले मात्र जनवादी केन्द्रीयताको सिद्धान्तलाई व्यवहारिक रुपमा प्रयोग गर्न सक्छ । लेनिनवादी संगठनात्मक सिद्धान्त सहितको जनवादी केन्द्रीयतासम्बन्धी माक्र्सवादी–लेनिनवादी–माओवादी मान्यता यही नै हो ।
– लेखक ः वरिष्ठ माक्र्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।