जेन जी पुस्तासङ्ग मिलेर देश निर्माण गर्ने संकल्प गरौँ

२०८२ भाद्र २५ गते, बुधबार
चिरन सी



जब शासकहरु निरङ्कुश, दमनकारी, अत्याचारी, विभेदकारी हुन्छ्न त्यहाँ जनता जाग्छ्न र खुनी शासनलाई पल्टाई दिन्छ्न । विस्वका तानाशाह हिटलर खरानी भयो, मुसोलिनो खरानी भयो, जार खरानी भयो, नेपालमा राणा खरानी भयो, पन्चायत खरानी भयो, र आज दलाल पुजिवाद पनि खरानी भयो । भ्रस्टाचारमा रमेर जनता को खुन, पसिना र आशुमा होली खेलिरहेका शासकहरुको अन्त्य कसरी हुनेरहेछ, यो आजको इतिहास बिस्वभरका जनताले युगयुगसम्म पढिरहेको हुनेछ्न र भ्रस्टाचारीहरुले मात्र होइन, उनका आगामी कैयौं पुस्ताले झसङ्ग हुँदै यो ईतिहास पढिरहेका हुनेछ्न ।
चप्पल लगाएर कथित कम्युनिस्ट र काङ्ग्रेसको राजनितिको साहारामा देश र जनतालाई लुट्दै जनताको आशुमाथी आफू रातारात अरबौ, खरबौको सम्पत्तिमा ढल्किएर मोजमस्ती गर्ने भ्रस्टाचारीहरुको सम्पुर्ण सम्पत्ति खोसेर रास्ट्रीयकरण गरिनु पर्दछ र भ्रस्टाचारीहरुलाई आजिवन कारावासको ब्यवस्था गरिनु पर्दछ । नमर्दासम्म पार्टी र देशको शासन, सत्ता आफैले लिएर कुर्सी स्वार्थमा केन्द्रीत हुने भ्रस्टाचारीहरु, तस्करहरु, रास्ट्रघातिहरु, जनघातिहरु, गुटवादीहरु, फुटवादीहरु र असक्षम आफ्ना आसेपासेहरुलाई काखी च्यापेर तिम्रो कथित बिरासदको नाटक गर्दै देशको सत्ता र पार्टी सत्तामा हालिमुहाली गर्न खोज्ने प्रविर्तिको पर्दा भताभुङ्ग च्यातिएको छ अब । कि आफैले जान्नु, कि भनेको मान्नु, कि यस्तै सधै खरानी हुन तयार भैरहनु तिमिहरु । बिस्वमा आजका बिकशित देशहरु यस्तै खरानीबाट उठेका हुन र निकै कष्टपुर्ण काम गरेर समृद्धिमा पुगेका हुन ।
एउटा कलाकारको हिसाबले सयौं गीत – सङ्गीत लेख्यौ, सयौं लेख लेख्यौ, सयौं भाषण गर्यौ, सयौं बैठकहरुमा कराईरहेका हौ हामी, चिच्याईरहेका छौ हामी, सयौं फेसबुक पोस्टहरुमा हार गुहार गर्यौ परिस्थिति बुझ भनेर अपील गरेका हौ हामीले । नसुन्नेहरु र नबुझे झै गर्नेहरुले अब पक्कै बुझ्नेछ्न, सुन्नेछ्न, मनन गर्नेछ्न सायद, र पल्टाईरहनेछ्न यो खरानीको इतिहास । कि नयाँ शिराबाट समानताको बिरासद बनाउन उठ्नेछ्न नत्र यस्तै इतिहास दोहोराई रहनेछ्न । खरानीमाथी उभिएर हेर, मनन गर र अनुभुती गर तिम्रा कथित बिरासतका लेखाजोखाहरु र अरुलाइ दास र घोडा बनाउने तिम्रा काला, खुनी र निरङ्कुश कदमहरु ।
हाम्रो देश गरिब होइन, गरिब बनाईएको हो, मुलुक र जनतालाई गरिब बनाउने आर्थिक प्रणाली, पात्र र प्रविर्तीको अन्त्य हुनु पर्थ्यो भयो, अब नयाँ शिराबाट अघि बढ्नुपर्छ । आतिनु र निरास हुनुपर्ने केही कारण छैन । जेन – जी पुस्ताले जे गरे सहि गरे किनकी भत्काउनु थियो लुटको स्वर्गलाई, च्यात्नु थियो भ्रस्टाचारको पर्दालाई र उदाङ्गो देखाउनु थियो तिम्रो नाटकी षड्यन्त्रका मुकुण्डोलाई । अब समानता, आर्थिक समृद्धि र मानव मुक्तिको लागि खरानी माथी उभिएर समाजवादी कदम अघि बढाउनु पर्छ, मानव शोषणमुक्त, विभेद मुक्त, समृद्धिको बिगुल फुक्नु पर्छ र जेन जी पुस्तासङ्गै मिलेर देश निर्माण गर्ने संकल्प गर्नुपर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु