भ्रष्टाचारका काण्ड र जेन जी पुस्ताको आन्दोलन

२०८२ आश्विन १ गते, बुधबार
चिरन सी

२०४६ साल पछि मल्लिक आयोगको प्रतिवेदनलाइ रद्दीको टोकरीमा फालियो, त्यसले अपराधी ठहराएका कैयौं मानिसहरु पछि सत्तामा हालिमुहाली गरे । २०६२ / ६३ मा रायमाझी आयोगको प्रतिबेदन पुन त्यही गरियो । कैयौं आयोगहरु बने त्यसका दोषीलाई कारवाही गर्नुको सट्टा सरकारकै मिलेमतोमा उल्टै प्रतिबेदन नै गायब पारियो । यस्तो भएपछि कसरी भ्रष्टाचार निर्मुल हुन्छ र देश बन्छ ।
२०४६ साल पछिको भ्रस्टाचारका ठुला काण्ड –
१) लालपूर्जा काण्ड,
२) टोप्सी काण्ड,
३) लोटस काण्ड,
४) महेन्द्र बहुमुखी क्याम्पस काण्ड,
५) जिप्सी काण्ड,
६) पजेरो काण्ड,
७) लिक्विडेशन (माछापोखरी) काण्ड,
८) दक्षिण कोरिया श्रम घोटाला काण्ड,
९) लालमोहन श्रेष्ठ ७ करोड घोटाला काण्ड,
१०) भ्रष्टाचार निवारण कोष काण्ड,
११) नेपाल टेलिकम उपकरण खरिद काण्ड,
१२) सूडान काण्ड काण्ड,
१३) बालुवाटार जग्गा काण्ड,
१४) ओम्नी काण्ड,
१५) वाइडबडी विमान खरिद काण्ड,
१६) सरुवा–बढुवा काण्डहरु,
१७) एमसीसी/ठूलो परियोजना टेन्डर काण्डहरू
१८) सुन काण्डहरु,
१९) टनकपुर काण्ड,
२०) सुत्केरी भत्ता काण्ड,
२१) लाउडा काण्ड,
२२) ठेक्का पट्टा काण्ड,
२३) सीसी टिवी काण्ड,
२४) यार्सागुम्बा तस्करी काण्ड,
२५) अदुवा तस्करी काण्ड,
२६) यार्सागुम्बा तस्करी काण्ड,
२७) मल / बिउ काण्ड,
२८) आयल निगम घोटाला काण्ड,
२९) चेलिबेटी बेचबिखन काण्ड,
३०) सासद खरिद / बिक्री काण्ड,
३१) बुद्धचित्त काण्ड,
३२) रातो पासपोर्ट दुरुपयोग काण्ड,
३३) सर्प काण्ड / बाख्रा काण्ड,
३४) पतन्जली जग्गा प्रकरण काण्ड,
३५) निर्मला पन्त बलात्कार / हत्या काण्ड,
३६) N – cell करछली र घुस काण्ड,
३७) सरुवा / बढुवा काण्ड,
३८) आयाल निगम काण्ड,
३९) नकली नोट काण्ड,
४०) सहकारी ठगी काण्ड,
४१) भुटानी सरणार्थी काण्ड,
४२) गिरि बन्धु टि काण्ड,
४३) कमिसन/ कालोबजारी / तस्करी काण्ड,
४४) एयरपोर्ट कमिसन काण्ड – आदि आदि ।
जेन जी पुस्ताको आन्दोलनमा मुख्य २ माग मध्ये (एक) भ्रष्टाचार अन्त्य र (दोश्रो) स्थीर सरकारको थियो । यसैको जगमा शुसिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । के यो सरकारले भ्रष्टाचार विरुद्ध “शक्तिशाली स्वतन्त्र आयोग” बनाएर त्यसमा जोडिएका सम्वन्धित मानिसहरुलाई गिरफ्तार गरि पुर्पक्षमा राखी छानविन गर्ने र कार्वाही अगाडि बढाउन सक्छ ?
आज देशको अर्थतन्त्र डामाडोल हुनुमा भ्रष्टाचार मुख्य समस्या हो । सत्ताको लछाचुडी गर्दै – भ्रष्टाचार, कालोबजारी, कमिसन, तस्करी आदीमा देशका जिम्मेवार मानिसहरुनै सहभागी भएको कैयौं तथ्यहरुले स्पष्ट हुन्छ । त्यसैले उनिहरुको सम्पत्ति खोसेर रास्ट्रीयकरण गर्ने र भ्रष्टाचारीहरुलाई आजिवन जेल सजाय गर्न तयार हुन्छ यो सरकार ?
के आजसम्म राज्यका उच्च तहमा बसेका मानिसहरुको सम्पत्ति निस्पक्ष छनवीन हुन सक्छ ? पक्कै पनि भ्रष्टाचार गरेर देशलाई खोक्रो पार्नेहरु खोज्न धेरै टाढा जानुपर्ने छैन । सत्ताधारी पार्टीहरुमा झण्डाको खोल ओढेर बसेका नेता भनाउदाहरु, सत्ताधारी पार्टीलाई कमिसन बुझाएर नियुक्ति खाएका उच्च पदस्थ ब्याक्ती – ब्याक्तित्वहरु र उच्च ब्यापारीक घारानाहरु जसले विभिन्न समयमा सरकारमा बसेका पार्टीलाई कमिसन बुझाउदै सासद र मन्त्रीको नियुक्ति खाएकाहरु नै छ्न ।

के नेपालमा पनि एक हजार र पाँच सयका नोटहरु केही समय बन्द वा खारेज गर्न सक्छौ र एक हजार र पाँच सयको नोटलाई नयाँ डिजाईनमा संचालन गर्न सक्छौ ?
के नेपालमा बिचौलिया र कमिसन खोरहरुलाई आजिवन जेल हाल्न सक्छौ ?
के नेपालमा आत्म निर्भर उत्पादन प्रणालीलाई आत्मसात गर्दै, सबै मानिसलाई उत्पादनमा लगाउन सक्छौ ?
के नेपालमा बिदेश पलाएन भएका जनशक्तिलाई देशमै रोजगार शृजना गरेर काममा लगाउन सक्छौ ?
अब ठुला – ठुला आदर्श र रणनीतिक कुरा गरेर जनतालाई झुक्याउने दिन समाप्त भयो । आज जनताको मुख्य समस्या जे छ त्यसलाई पूरा गर्दै जनतालाई बिस्वासमा राख्दै जनतासङ्ग सङ्सङ्गै समृद्धिको दिशामा अघि बढ्नु पर्ने आजको आवस्यकता बनेको छ ।
राज्यसत्ता, सरकार, संविधान, सिङ्गो पार्टी, नेतृत्वको आमूल पुनर्संरचना अनिवार्य छ, त्यसमा जेन जी पुस्तालाई समावेश अनिवार्य गरिनु पर्दछ ।
पार्टी, नेतृत्व, राज्यको उच्च तह देखि तल्लो निकाय सम्म खुला प्रतिस्पर्धालाई आत्मसात गर्नु पर्दछ ।
हाम्रा निरङ्कुश शैली, अधिनायकवादी तौर तरिका, गुटिय चिन्तन, आत्म केन्द्रीत प्रवृत्तिलाई सबैले छोडौ ।
पार्टीलाई कर्मचारी शैली वा ब्यापारीक कामदार जस्तो गरि संचालन गर्ने बिधिलाई बदलौ ।
पार्टीहरुलाई बदलिँदो परिस्थिति, बिज्ञान, प्रबिधी, सूचना – सन्चार र जेन जी पुस्ताको मनोबिज्ञानिक र ब्यवहारीक दक्षता र अन्तरबिरोधलाई आत्मसाथ र गुणस्तरीय बनाउदै लैजाउ ।
सबै पार्टीहरुमा पुरानो पुस्ता र नयाँ पुस्ता बीच देखिएको अन्तर्बिरोधलाइ सबैको अपनत्व स्वीकार गर्ने, कसैले दिने वा छोड्ने, कसैले लिने वा खोस्ने प्रबृतीलाई बैज्ञानिक, वस्तुपरक, ब्यवहारिक र आजको आवस्यकतासङ्ग तालमेल मिलाउने ।
प्रारम्भ आलोचना, विश्लेषण आलोचना र सस्लेषण वा निस्कर्श पनि आलोचनाको गर्ने प्रवृत्तिलाई त्याग्ने र आजको आवस्यकता, जाने गन्तव्य र प्राप्त गर्ने वस्तुपरक आधार तय गरि एकतावद्ध कदम बढाउने ।
सबैले म नभै ससार डुब्छ भन्ने चिन्तन र प्रवृत्ति त्याग्ने ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु